-विष्णुबाबु पौडेल/चीन-
दक्षिणी छिमेकीका फिल्महरुमा त नेपाल प्रशस्तै देखाइसकेका छन्। उत्तरी छिमेकीका फिल्ममा भने खासै छैन भन्दा हुन्छ। अहिले चिनियाँ पर्यटकहरु बढेसँगै चिनियाँ फिल्ममा पनि नेपाल देखिन थालेको छ। चिनियाँ नयाँ वर्षको अवसर पारेर रिलिज गरिएको एउटा फिल्म 等风来 जसलाई अङ्ग्रेजीमा Up in the wind भनिएको छ, त्यसको कथा नेपालमा आधारित हो। कमेडी र रोमान्स मिसिएको यो फिल्म नेपाल घुम्न आएका चिनियाँ जोडीको कथामा आधारित छ। फिल्म राजधानी काठमाडौँ, पोखरा र चितवनमा सुटिङ गरिएको हो। चीनका धेरैलाई आफ्नो छिमेकी देश नेपाल बारे जानकारी नभएको अवस्थामा यो फिल्मले नेपाललाई चिनाउने आशा गरिएको छ।
फिल्मको ट्रेलर हेर्नुस्, जसमा नेपाली डाइलग समेत रहेको छ-
फिल्मको नगरकोटमा भएको सुटिङको दृश्य-
सुटिङको फोटोलाई न्युज फोटो भन्दै फोटो प्रतियोगितामा सहभागी गराइएको थियो।
फिल्मको अर्को प्रोमो-
फिल्मको १० मिनेट दृश्य यहाँ क्लिक गरी हेर्न सकिन्छ
इन्टरनेटको गतिले भ्याउने ठाउँमा तलको लिंकबाट अंग्रेजी subtitle सहित पूरा चलचित्र हेर्न सकिन्छ
http://www.dnvod.eu/Movie/Readyplay.aspx?id=59528
这个电影很好
ल अभ कस्तो फिल्म बनायो कोनि
केहि राम्रो पक्ष्य पनि देखायो कि, स्पेनिश फिल्म ” काठमाडौँ ” जस्तो खाली नेपालको नराम्रो कुरा मात्रै देखायो?
खाहेर जस्तो भए नि नेपालमा छायांकन त गर्यो