(भाग १ दृश्य १ ) (पृष्ठभूमिमा )
हजारौ पूर्व गोर्खा र तिनका सन्तानहरु अनि कैयन अरु नेपालीहरुले आफ्नो कर्म भुमि बनाएको संसारकै शान्त र सम्बृद राष्ट्र मध्ये एक हो हंग कंग, यहाँ कैयन प्रबासी सपनाहरु पिल्सिएका छन् त कैयन सपनाहरु फुलेका पनि छन्।
( टिरिंग टिरिंग)
भिषणको मोबाइलमा कल आउछ येशिनको
भिषण : हाई येशिन के छ?
येशिन : हेइ भिषण यहाँ सुन्त आज तलाई एउटा सर्प्राइज दिन्छु ल नेपाल क्लबमा आइजन बेलुका है , स्योर आइज है ल बाइ।
भिषण :सुन्न यहाँ ओइ किन के को सरप्राइज ? हेल्लो !!
फोन राखी सकी येशिनले ।
भिषण एक्लै बोल्दैछ , “अब १२ घन्टे गार्ड ड्युटी बस्दा बस्दा थाकेर मर्न लागि सके अब जानुकी नजानु। नजाम्नि तेस्को रिस कस्तो छ, हुनत भोलि छुट्टी हो ”
गाडी पिलिक पिलिक साइड बत्ति बाल्दै बसेको देखेर सिटि फ़ुक्छ टिर टिर..
टिर टिर … उस्तै धुन्मा टिर टिर…. क्लब म्युजिक बज्छ…(नेपाल क्लब ) मा , येशिन अघिनै अरु एक दुइ जना युवतीहरु संग नाच्दै हुञ्छे ।
भिषण प्रबेश हुन्छ
येशिन: ओइ आइज ल एक शट हान पैला
३-४ जनाले एकै स्वाट्मा टकिला निलछन्….
येशिन: नाउ सर्प्राइज… सी माई न्यु मम जेनी …जेनी (जेनी तिर हेर्दै ) सी माई बेस्ट फ्रेन्ड भिषण
जेंनि : हेल्लो भिषण I am jenny from Philippince…nice meeting you
भिषण : हाई जेनी
कुनातिर छक्क पर्दै भिषण कुना पटि येशिन्को अनुहार फर्काएर बोल्छ “ह्वाट द हेल इज गोइंग अन यार !ओइ के गरेको यार तेरो बाउले ? आर यु ह्याप्पी?
येशिन :अफ कर्स यार आइ एम ह्याप्पी वि आर लाइक फ्रेन्ड्स यार
सी इज सो ग्रेट, फ्रेन्डली एंड सपोर्ट्स एभ्रिथिंग आइ डु यार। अनलाइक माइ रियल मम …याक्क्…
चुरोट ओठमा च्याप्छे येशिन ले भिषण लाइटर सल्काई दिन्छ अनि एउटा आफुनी सल्काउछ
धुवाको मुस्लो निस्किन्छ
म्युजिक बज्दैछ (—–$ $ $ # )
सबै म्युजिक को तालमा हल्लिदै
येशिन: यु नो भिषण माइ ओल्ड मम इस सो बोरिङ्ग। शि इज अ बीच (सिनमा येशिनको वास्तविक मम पुजा गर्दै फ्यामिली फोटो किस गर्दै हुन्छे पतिले त अर्की बिदेशी केटि लेराए अझ किशोरी छोरी को समेत मन भाड़ेर संगै लिएर गएको मा बिक्षित्प्त छिन ,
येशिन्को लुज स्वेटर मिलाउदै छिन ताकी उनको खुल्ला ड्रेस बाट वक्ष स्थल राम्ररी छोपियोस (क्लब म्युजिकमा हरे राम फ्युजन मिसिन्छ)
येशिन भन्दै जान्छे पैला त यार ममको किच किच यो गर त्यो नगर रातदिन ड्याड संग फाइट
तैत हो यार मेरो कुरा बुझ्ने सानै देखिको साथी यार अरुत सालेहरू कोइ जोइन्ट तान्ने कोइ फिक्स हान्ने , हामी आजकल म , ड्याड र जेनी नया फ्ल्याट मा बस्छु यार वि अल आर ह्याप्पी नाउ
(हल्लिदै )सो चियर अप म्यान
(येशिनको आउटफिट हेर्दा झल्किन्छ उनको अहिलेको व्यक्तित्व कलर्ड हेयर हरियो निलो ….पंक ….कानमा अनगिन्ति रिंग हरु ….हिप हप फेशन )…टिपिकल इमो पंक गल ..
येशिन: ओइ मासाले हेर्न त्यो केटा क्या हट हेइ हेल्लो…. अर्को नाच्दै गरेको केटालाई देखाउदै
येस्तैमा येशिनले ह्वाक गर्दै हल्का भोमिट गर्न लाग्छे भिसन उसलाई सम्हाल्छ …
धुवाको मुस्लो संगै चर्को संगीत मत्थर हुदै जान्छ …………………………….
उही म्युजिक्कै तालमा ट्याक्सी भिषणको फ्ल्याट को गेट नजिकै रोकिन्छ र भिषण ओर्लेर ओइ कल गर ल दिउसो बाइ भन्दै हिद्छ भिषण कि मम बाहिरै हुनाले भिषण आउदै गरेको र येशिंन लाई ट्याक्सीमा जादै गरेको देखेर भन्छे “ये येशिंन बिहानै कता , कलेज हिडेको?
येशिन :यस आँटी (ह्यांग ओवर र ढाटेको हासो) मिश्रित मुद्रामा बोलिन “बाइ आन्टी”
भिषण र मम (ममता) दुवै घर भित्रै पुगिसकेको हुन्छ भिषण आफ्नो रुम तिर पस्छ।
ममता -हैन आजकल के भाको यिनीहरु बाउछोरालाइ घरमात बस्नै मन गर्दैन त।
भिषण: मम आज मेरो छुटी होनित तेइ भएर साथीहरु संग बाहिर निस्केको नि राती
येतिकैमा भिषण को ड्याड (यज्ञ बहादुर) आइपुग्छ (यज्ञ बहादुर जो एन आर एन हंग कंग, हंग कंग नेपाली महा संघ, गुरुङ समाज लगायत अन्य अनगिन्ति टोले संगठन मा आबद्द छन्, हुण्डी , समाज सेवा, केहि रेस्टुरेन्ट मा शेयर उसको काम , नेपालमा राम्रै राजनीतिक पहुच छ)
यज्ञ बहादुर: गुड मार्निंग गाइज ..हैन सबै बिहानै उठिसकेको?
ममता: मर्निंग मर्निंग ..अनि हजुर २ दिन सम्म कता बेपत्तानी के भाको बाउ छोरा आजकल हँ?
यज्ञ बहादुर : ए म मकाउमा नेपाल पठाउने पैसा उठाउन गको हिजो कसै कसैको तलब न आइसकेकोले पर्खेको नि खै म शावर गर्छु है बरु भन्दै सिटिंग रुम तिर टावल लिन जान्छ ,
बैठक कोठाको झ्याल खुल्ला देखेर यज्ञ बहादुर शेर सिंह (भिषण को हजुरबुबा )लाई अलि चर्को स्वरमा भन्छ ,
“बुबा तपाइलाई कति चोटी भन्नु मैले यहाँ चोर लाग्छ झ्याल खुल्ला नराख्नु भनेर किन नसुन्नुभाको, यो नेपाल हैन हंग कंग हो” (शेर सिंह धेरै पहिला बाट हंग कंग बस्छन परिवार संग तर बुढेस कालमा नेपाल छाड्नु पर्दा दिक्क छन् )बिहान सबेरै उठेर बुढा बुढी गफ गर्दैछन,
शेर सिंह रिसाउदै बोल्छ, ” कति नि बस्नु मन छैन हाम्लाई यहाँ, कति बस्नु यो कोठामा निसासिएर ? न कहिलेइ परिवार संगै बसेर हासेको खाएको छ, न छरछिकेमी, न आफन्त, ! अबत लाउरे बा लाउरिनि आमै भनेको सुन्ननि रहरै भयो!
कस्तो थियो हाम्रो गाउ नेपालमा छदा खादाको घर पनि बेची हाल्योता नत्र एक छिननी बस्न मन छैन हामीलाई यहाँ ”
यज्ञ बहादुर: अब घर जग्गा भन्दा धेरै चन्दा दिएर कति राख्नु तपाईहरुलाई त्यहाँ गाउमा ? अब जहाँ परिवार तेही घर हो बा येही खुसि हुनुस ! पछी हेरौला
भिषण :किनर बोजु तपैहरु खुसि हुनुहुन्नर? हजुर आमा तिर हेर्दै भिषण बोल्छ ,
बोजु:खै बाबु के खुसि के बेखुसी, सन्तानकै खुसीको लागि हामी यहाँ तर आफ्नो देश र समाजको माया त बिदेसिए पछि थाहा हुने रैछ , सब कुरात उही छ बाबु त्यो हिमाल पहाड तराई त्यहाको प्रकृति, बरु तिमि एक फेर जसरिनि जाऊ
त्यहाँ आफ्नो माटो अनि त्यहाको सुन्दर प्रकृतिलाई सजाएर लेराउ आफ्नो मनमा!
भिषण:हजुर बोजेइ येस्पाली एनुअल होलिडेमा जान्छु म नेपाल मलाइ नी पोखरा र जोम्सोंग घुम्न सारै मन छ
(यज्ञ बहादुर र ममता अर्को रूममा )
ममता: बिचार ससुरा सारै दुखि हुनुभाछा आजकल तपाई नि के भाको येसो बा आमालाई बाहिर घुमाउन खान खान लानु , तपाइको साथी प्रदिप दाई लाई हेर्नुस कति सोझो हुनुहुन्छा
यज्ञ बहादुर: छ नि सोझो हसिया भन्दानी सोझो (बाथरुम तिर छिर्छ)
(उता येशिंनको घरमा )
(प्रदिप उहा यज्ञ बहादुरको साथी अनि बिजिनेस पार्टनर पनि अनि थुप्रै संगठनमा आबद्द )
प्रदिप: यु नो हसिया इट्ज अ कर्वड नाइफ़ युज्ड तु कट ग्रास इन माई कन्ट्री साइड होम , डु यु वान्ट टु गो दियर ?
जेनी: इन्ट्रेस्टिङ्ग बट नट नाउ (नजिकिन्छ )
एशिन टाढै बाट आवाज निकाल्दै
येशिं:ड्याड ! जेनी ! सी सो मेनी लाइक्स एण्ड कमेंट्स इन आवर लास्ट नाइट पिक्चर इन फेसबुक
जेनी: रियल्लि…आई सी दयाट्स रियल्ली फन्नी …दुवै जना ल्यापटप मा घोप्टिन्छन….
प्रदिप: ओके गाइज गोटा गेट फ्रेश है भन्दै बाथरूम जाने तरखर गर्छ .
भाग २ दृश्य १
संगीत बज्दैछ पृष्ठभूमिमा .
#$ # $ $ यो देश मेरो हो यो देश मेरो हो $##$ ## $$
प्लेन उद्दैछ काठमाडौँ, पोखरा अनि जोम्सोंग मुक्तिनाथको मन्दिर जोम्सोंग अनि मार्फा त्यहाको सुन्दरता हिमाल अनि अलि भिन्दै भूबनोट भिषण गाडी मा देखिन्छ, कालि गण्डकीको तिरै तिर तल तिर जाँदैछ गाडी जोम्सोंग को मान्छे उडाउला जस्तो हावा
दुवै तिर सेता हिमाल धवला गिरि र अन्न पूर्ण अनि निलगिरी हिमाल हिऊटल्के का पाखा पखेरा कच्ची सडक गाडी अब म्याग्दीको सानो बजार तातोपानी बजार निर आइपुग्छ ,
गाडीवाला बोल्छ “ल तातो पानी आइपुग्यो यहाँ बास बस्न चाहनेहरु ओर्लनुस यहाको तातो पानी कुण्डमा नुहायो भने शरीरको बिकार जान्छ होटल नि राम्रा राम्रा छन् अनि मान्छे नि राम्रा राम्रा छन् है
भिषण को सहयोगी गाइड रामबिर र भिसन ओर्लनछन
काली गण्डकीको किनारमा रहेको यो सानो बजार तातो पानि बजार म्याग्दी जिल्लामा पर्छ, संसारकै गहिरो खोच होरे यो, दुइ तिर अग्ला हिमालहरु धवलागिरी र अन्नपुर्ण अनि निलगिरी , दुवै तिर हरिया रुख , लहरा र घास ले ढाकेको, बिचमा काली गण्डकी
नदि बेजोडले सुसाउदै बग्दैछ, एक हुल भेडा बाख्राहरु पखेरा बाट तल झरे जस्तै लहराउदै दाया बाया पहराहरुमा ठोक्किदै अनि फेरी कोप्चेराहरुमा बजारिदै बग्दैछ तलतिर निरन्तर अन्जान यात्रामा , काली गण्डकीको छेवैमा साना साना दुइटा तातोपानीको कुण्ड छन्, यहाँ टाढा टाढा बाट देशी बिदेशी हरु नुहाउन आउछन , दुइटा कुण्डको बीच भागमा एउटा सानो पसल छ , चिसा पेय पदार्थ अनि बियर , रेड बुल आदि बेचिन्छ यहाँ , पसलको भित्र पटि टेबलमा अलि ठुलो आकारको क्यासेट प्लेयर छ ,
सेतो ऊनको जाली रुमालले छोपिएको छ टेप लाइ अनि त्यसबाट हिन्दि तथा नेपाली संगीत घंकिदै छ …….शिलाकी जवानी……पसलको अगाडी भागमा एउटा २२-२४ बर्से युवक हातमा मोबाइल खेल्दैछ क्यान्डी क्रस या अरु कुनै गेम खेल्दै होला सायद
कुनाको कुण्डमा बिदेशी ३ जना केटा र २ जना केटीहरु एन्ग्लिश मा गफिदै गललल हास्दै अनि बियर को चुस्की मार्दै छन्, तिनका आधा जसो जिउ कुण्डको पानि भित्र छन् भने आधा जिउ पानि बाहिर, कुण्डको अर्को छेउमा २-३ जना ब्राम्हण जस्ता लाग्ने अधबैसे आइमाई हरु फ्यात्त बसेका छन पानी भित्र घाटी माथि टाउकाको भाग मात्र पानि बाहिर, रातो निलो पेटिकोट लगाएका छन् आइमाइहरुले
भिषण चाही सूचना पाटीमा लेखे जस्तै छेवैको तल्लो धारमा नुहाएर माथिल्लो धारामा छ , “कृपया धारामा साबुन पानीले नुहाएर मात्र कुण्डमा प्रवेश गर्नु होला धन्यबाद ” त्यहाँ लेखिएको छ , भक भकि उम्ले जस्तो तातो पानीमा अर्को पटि बाट झरेको चिसो पानि मिसायर
गरम पारिएको छ, २ दिन पछिको न्यानो मौसम अनि तातो पानीमा मग्न खेल्न पाउदा उ दङ्ग छ
अर्ध नग्न महिलाहरु अनि बिदेशीहरु देखेर उसलाई कता कता अफ्ठेरोनी लाग्दैछ तर रमाइलो नि मान्दैछ, २ मध्ये कुन कुण्डमा पस्ने भन्ने सोची उ आखा नचाउदै छ, येस्तैमा उसको आखा अलि पर बाट नजिकिदै गरेको २ जनामा पर्छ,
एउटा ८-९ बर्सिया बालिका अनि १८ – १९ जस्तो देखिने युवती कुण्ड तिरै आउदैछन , बालिकाले पिंक कलरको टिशर्ट अनि निलो जिन्स र चप्पल लगाएकि छिन भने युवतीले सेतो कलरको कुर्ता र अलि बाक्लो हिल भएको चप्पल लगाएकी छिन, युवतीले कपाल माथि तिर गाठो पारेकी छिन , सर्लक्क परेकी उनले कम्मरमा केहि कपडा राखेको प्लास्टिकको बाटा बोकेकी छिन , युवती पसल नजिकै आएर मोटे युवक संग केहि कुरा गर्छे, तर भिषण ले निधो पाउदैन, युवती अझ नजिक आउछे भिषण घरि घरि युवती तिर नजर फ्याक्छ एक छिनको लागि युवतीको आँखा भिषण को आँखा संग जुध्छन् तर चार आँखा मा ताल्चा लाग्नु अगावै युवती छेवैको सानो २ कोठे छाप्रो तिर लम्किन्छे , पूर्व पट्टिको त्यो छाप्रो टिनले बारेको र टिनकै छानो छ, तेसैको पछाडी बिलाउछे युवती , छाप्रोको बाहिर भित्तोमा मसाज रुम र चेंजिंग रुम भनेर अंग्रेजीमा लेखिएको छ,
अब भिषण को आँखा युवती बिलायेकै स्थानतिर अड्किन्छ , उ घरि घरि युवतीको पुनरागमनको पुजा गर्दैछ, उसको मन मनै ढ्यांग्रो ठोकिएको छ, बत्ति बालिएको छ र प्रार्थना गरिएको छ, थुप्रै दिन भयो उसले यस्ती राम्री केटि देख्न नपाएको ,
माथि जोम्सोंग तिर चिसो मौसम अनि तेताको लवाई अलि भिन्दै छ , उता काठमाडौँ हंग कंग तिर त राम्रा केटीहरु कति कति पाईलै पिच्छे देख्न पाईन्छ, यस्तोमा भर्खरै झुल्किएकी केटि त असाधारण राम्री लाग्छ उसलाई, उसको प्रार्थना सफल भएको छ उही युवती फुत्त देखा पर्छे तर अहिले बिल्कुल भिन्न स्वरुपमा भिषण हेरेको हेरेई हुन्छ , उसले रातो रंगको पेटिकोट ले आफ्नो सुन्दर शरीर लाइ लुकाएकी छे, भनौ झन् सुन्दरता निखारिएको छ , उनको पेटिकोट ले मुस्किलले घुडा
छोपिएका छन्, अनि छाती अलि खुल्लानै छाडेकी छिन , सुन्दरता भनेको तेही होला सायद जसलाई पुरै बाध्दा पनि देखिन्न र पुरै स्वतन्त्र छाड्दानि देखिन्न, येस्पली उनले आफ्नो लामो कपाल पुरै छाडेकी छिन, लहराएका छन् कपालहरु उनको
शरीर मा , युवती तल्लो धारा तिर लाग्छे, एउटा अधबैसे मानिस मैला जुत्ता र कपडाहरु धुदैछ अनि युवती संगै आएकी बालिका नि छेवैमा कपडा माड्दै छे, भिषण अब युवतीको पछाडिको भाग बाट हेर्दैछ अनि मन मनै सोच्दैछ, कति सुन्दर आहा …
भिषण माथिल्लो धारामा अझै न्यानो पानी संग लुकामारी गर्दैछ, अनि घरी घरि तल्लो धारा तिर नजर फ्याक्दैछ, युवतीले अब आफ्नो शरीर , कपाल सबै पानीमा भिजाउछे र हल्का श्यामपो दल्छे, अनि साबुन दल्छे शरीरमा अनि केहि बेर धाराको पानी संग लुकामारी गर्छे, कति कन्चन छ उनको शरीर अनि कति उज्यालो उनको मुहार मानौकी स्वर्ग बाट झरेकी परि , भिजेको पेटिकोट बाट उसको सुन्दरता झनै फक्रेको छ,
भिषण घरि घरि आफ्नो आँखा तल्लो धारा तिर नचाउदै छ, उनलाई अझ नजिक बाट हेर्न पाए , एक फेर बोल्न पाए कस्तो हुन्थ्यो होला जस्ता विभिन्न खाले तर्कनाको बढी आएको छ उसको मनमा र केहि बहाना खोज्दैछ, ये साँची अघि तल्लो धारमा नुहाउदा साबुन तेही छाडेको छ तेही टिप्ने बहानमा अब उ युवती नजिक जाने हिम्मत गर्छ, नचिनेको मान्छे, नजानेको ठाउँ कसैले केहि भनि हाल्ने गरि हाल्ने पो हो कि आदि तर्कना गर्दै उ अघि बढ्छ, येस्तैमा उसको खुट्टा अनि भिरालोमा परेर लर्खारिन्छ र दाया हात नराम्ररी पूलको छेउको भागमा बजारिन्छ, हत्तन पत्त उठ्छ , दुखाइ र लाजले उ रातो निलो हुन्छा अनि दाया बाया टाउको घुमाउछ, एक छिनको लागि थुप्रै आखाहरू उही तिर फर्केको छ,
ह हाहा हाहाह हाहा हाहा ………हैन हौ तपाईले त यहाँ माछा मार्न लाग्नु भाको? यहाँ माछा हैन सुकुटी चाहि पाइन्छ युवती बोल्छे
भिषण अलि हिम्मत गर्छ कारण युवती ठटटेउली पारामा बोल्दैछे, “ए यहाँ साबुन लिन आको चिप्लियेछ ” भन्दै भिषण हात पखाल्छ र साबुन टिप्छ, छेवैको अधबैसे बोल्छ “यहाँ चिसो पानीमा माछा हैन अग्नि देउता बस्छ भाइ देख्नु भएन कस्तो आगो’ लगाको छ (पुलको कुनामा उम्लिरहेको तातो पानीलाई देखाउदै तर उसले इशारा चाही युवतीको जवानी तिर गर्दैछ)
ये होर दाई……भिषण बोल्छ अब उ संग त्यहाँ अरु बसी रहने बहाना हुदैन र साबुन लिएर पुल तिर लाग्छ अनि पानी भित्र चुर्लुम्मै दुब्छ र हराउछ……
माथि निलगिरीले मुख रगताम्य पादै सूर्यलाई निल्दैछ, झ्याउकिरिहरु झ्याउँ झ्याउँ गर्दै गोधुलीको स्वागत गर्दैछ्न
भाग २ (सिन् ३)
दाया पटि हिमालय होटल अनि देब्रे पटि धवलागिरी होटेल, पर्यटक हरुको आवत जावत , बजारको दुवै तर्फ पर्यटकका लागि बिक्रीमा राखिएका विभिन्न सामानहरु , कतै खाजा तथा चिया पसल त कतै दाल भात अनि रक्सि भट्टी, आउने जाने को ओहोरो दोहोर छ
कतै एन्ग्लिश कतै हिन्दि त कतै नेपाली लोक गित ले बजार थर्केको छ अनि कुनै पसल बाट ओम माने पद्मे हुम को मधुर आवाज नि गुन्जिरहेको छ, कोहि भने सौ साझै बाटै मेरो भन्दै रक्सीको तालमा हिडेका छन् बजारको अलि तल्लो भागमा पुल हाउस रहेछ भित्र पटि
पछाडी अलि लामो कान् मा दुवै तिर कपाल सिधा झुन्डेका तर कान् चाही देखिने हेयर स्टाइल भएका २-३ जना अल्लारेहरु देखिन्छ्न, छेवैमा फोन गर्ने सानो साइबर कम्युनिकेशन नि रहेछ देब्रे पटीको सानो तिनको छानो भएको भट्टी पसलबाट आवाज आयो हेल्लो सर !
साझको बेला क्याजुअल ड्रेसमा घुम्दै गर्दा भिषण झस्कन्छ र हेर्छ आवाज आएतिर, रामबिर दाई रहेछ , उसको सहयोगी गाइड आउनुस सर यता तर भिषण को मनमा अर्को खुसीको ओइरो लाग्छ अघि तल पुल मा देखिएको युवती त्यहि सेतो प्लास्टिकको कुर्चीमा बस्दै रहेछ,
भिषण को पाइला सहजै भट्टी तिर लम्किन्छ ,ए अघि तल माछा मार्ने वहा हैन त ह हाहा हाहा आउनुस बस्नुस के लिनुहुन्छ सुकुटी म म युवती कुर्ची बाट उठ्दै बोल्छिन, बस्नुस सर ल के लिनु हुन्छ ल बैनी वहालाई स्पेसल कार्ल्सबर्ग बियर लेरौनुस कि वाइन मगाम सर माथि होटल बाट?
म त यी लोकल लिरा सर हातको ग्लास उठाउदै राम बिर बोल्छ
हैन लोकल रक्सि मलाई नि मन पर्छ दाई पैला पोखरामा खुब खाको थिए भिषण बोल्छ्,
रामबिर : ल बैनी वहालाई पनि लोकल नै अनि आज खाजा खाना एतै लिम है सर
ये हुन्छानी दाई भिषण ले बोल्छ, अब उसको आखा डुल्छ दाया बाया युवती भित्र खाजा बनाउन ब्यस्त भइ, छेवैमा सानो कोठा , सलमान खान राजेश हमाल कट्रिना आदि हिरो हेरोइनको पोस्टर टालेको रहेछ भित्तामा अनि खाटमा अलि पुरानो र सस्तो लाग्ने गितार उभ्याएको रहेछ गितारमा बब मार्ले अनि एप्पल को स्टिकर तासेको रहेछ, गितार देख्न साथ भिषण लै छोई हाल्नु पर्छा , उसलाई केहि अंग्रेजी, हिन्दि अनि थुप्रै नेपाली गीतहरु बजाएर गाउन आउछ, उता हंग कंग मा २-३ जना केटा साथीहरु संग पहिला अन्डर ग्राउन्ड ब्याण्ड नि बनाको थियो तर साथीहरु कोहि यु के लागे कोहि ड्रगिस्ट भए अनि उ आफै पनि अहिलेको १२ घन्टे सेक्युरिटी पेशाले गर्दा खासै फुर्सद छैन तर उसलाई बजाउन गाउन रमाइलो लाग्छ
यति बेला सम्म युवती हावाको गतिमा आफ्ना सुकोमल हातहरुलाई भाडा कुडा, सुकुटी , प्याज, रक्सीको जर्किन आदि संग खेलाउदैछे, भिषण दङ्ग पर्छ, कस्तो अचम्म, “हैन बाहिर कतै गएर ट्रेनिंग लिएकी जस्ती छ “भिषण मनमनै भनछ ”
धिंग धिंग टिंग टिंग भिषण ले गितार ट्युन गर्दैछ ! “ल यो पनि लिनुस” भन्दै बनमा पाइने साँधेको च्याउ टेबलमा राख्दै बोल्छे युवती एउटा हात कम्मरमा राखेर, “दाईको हो कहिले कहिँ बजाउनु हुन्छ, तपाइहरुलाई आउछ भने गाएर बजाउनुस, रमाइलो हुन्छ नि “तुम हि हो $ $ $ # …..
युवतीको मोबाइलमा कल आउछ, “ओइ हेल्लो के छ भन भोलि आउने हो क्या पर्सि भेटुमलानी होइ मत अलि अलि बिजी रे क्या राख्छु ल बाई” युवती फेरी भान्छा तिरै लाग्छे”
जहाँ छन बुद्धका आँखा,स्निग्ध शान्त र सुन्दर।
त्यहाँ छ शान्तीको छेत्र मेरो राष्ट्र मनोहर।
प्राण भन्दा प्यारो लाग्छ मेरो देश कता कता।
झुल्किन्छ ममता मेरो भाव गंगा जता जता।
जसै गाउदै जान्छ भिषण गितारका फ्रेट हरुमा उसका औलाहरु नाच्दैछन…
माया नेपालको लाग्छ, नेपाली इतिहासको।
माया प्रकृतिको लाग्छ,……………………(खानाबनाउदै गरेकी युवती नजानिदो पाराले मख्ख पर्छे र अलि नजिकै गएर सुन्छे उभिएर , चम्चा हातमै लिएर , गीतका शब्दहरु ले उनलाई केहि छोए जस्तो केहि साइनो छ जस्तो उनि मुसकुराउछे)
कला भाषा र भेषको।
पुर्खाको मन्त्र यो जप्छु चौतारी मा बसी।
जननी जन्म भुमिस्च स्वर्गादपि गरियसी।
जहाँ छन बुद्धका आँखा।………………..”
वाह वाह दामी दामी सर ……..रामबिर ले मजैले ताली ठोक्छ , कुना तिर रक्सि तान्दै गरेका तन्नेरीहरूले नि परर ताली ठोक्छन “वाह हरिप दिनु भोत ल दामी है दामी “युवती अलि वर आएर बोलि ,
अनि नारायण गोपाल को सङ् हैनत ?
भिषण : हैन भक्त राज आचार्य को , अनि तिर्म्रो नाम चाही के होला ? ” मौका मिल्नासाथ भिषण ले सोधिहाल्छ,
युवती मुस्कुराउदै “ल अघित मेरो माया लाग्छ भनेको हैन संङ् मा हाहा माया प्रकृतिको लाग्छ भन्नु भाको के त ”
भिषण : ओह तिम्रो नाम प्रकृति ! दामी धेरै राम्रो नाम रैछ,
युवती मुस्कुराउदै भित्र जान्छे र ट्रे मा केहि खाना लेराउछे
ल लिम है भन्दै राम्बिर भात भकुर्न थाल्छ,
मान्छेहरु पातलिदै छन् ,
प्रकृति: अनि तपाई हरु २ जना मात्रै आउनु भाको ?
भिषण : वहा रामबिर दाई मेरो सहयोगी गाइड
प्रकृति :रामबिर दाइलाई त म पैलानी चिन्छु नि
भिषण :अनि म चाही भिषण है खासमा मा हंग कंग बस्छु, पहिला हाम्रो घर पोखरा माथि घान्द्रुक भन्ने ठाउमा हो तेस्तै पर्यो अनि हामी पुरै फ्यामिली उतै बस्छौ
तर खासमा मलाई एतै नेपालमा बस्न मन पर्छ, अझ पोखरा साइट त सारै रमाइलो लाग्छ, कति लक्की छौ है प्रकृति तिमीहरु, एती राम्रो हावा पानी अनि यहाको सबथोक स्वच्छ र सुध्द छ , कति खुसि छौ तिमीहरु यहाँ है ”
प्रकृति: खै के खुसि के बेखुसी भन्नु खासमा हाम्रो घर पैला गोर्खा हो, हाम्रो बाबा पैला यहाँ माथि हिमालय होटलमा काम गर्नु हुन्थ्यो , एक साल बर्खाको बेला बाबा हरु उता मनांग जिल्लाको नार फु भन्ने ठाउमा यार्सा गुम्बा भन्ने जडिबुटी टिप्न जानु भाको रे बाहिरी जिल्लाको मान्छे यार्सा गुम्बा टिप्न आयो भनेर त्यहाको मान्छेले लखेटेछन , भिर बाट लडेर अरु ७ जनासंगै बाबा नि बित्नु भयो , अनि पछि होटेलको अंकलको सहयोगमा हामी यहाँ पसल राखेर यतै बसाई सरेको , मलाई बाबाको अझै याद आउछ यहाँ बाट गाउ जादा स्याउ सुन्तला र अरु कति खाने कुराहरु लानु हुन्थ्यो ” युवतीको मुहार मलिन हुन्छ !
भिषण:ओह सरि है एस्तै हो प्रकृति जिन्दगि ,भाग्यले जता घुमाउछ उतै घुम्ने त होनी हामी , आज कता भोलि कता मलाई नै हेरन आज यहाँ छु भोलि पोखरा अनि पर्सि कहाँ
प्रकृति :ए तपाई हरुनी भोलि पोखरै पुग्ने हो?
बैनी र म नि भोलि जाने हो पोखरा उतै कलेज पढ्छु म फुपुको घर तेही छ,
पर्सि बाट कलेज छ मेरो अहिले छुटिमा आको, येसो ममलाइ हेल्प नि हुने र परिवार साथी भाइ नि भेटिने भनेर आकोनी
भोलि हामी त ७ बजेको गाडीमा हिड्ने हो (येसो भन्दै गर्दा नजानिदो खुसि र आग्रह देखिन्छ प्रकृतिको अनुहारमा सायद संगै जाउँन भनेकी हो कि )
प्रकृति एती भन्दै बाहिर तिर हेर्छे,
( अघि तल तातोपानी पुलको पसलमा मोबाइल खेल्ने मोटे युवक भट्टी तिर आउछ ” प्रकृति बोल्छे
आमा ल दाई आउनु भयो
आमा:(भित्रै बाट ) खाना तयार भैसक्यो हौ नानी
भट्टीमा मान्छेहरु पातलिदै छन्, येसरी कुरा गरिरहेको देख्दा उनको दाइले केहिपो भन्छ कि भन्ने सोचेको त मोटे केहि नबोली सरासर पछाडी ढोका तिर लाग्छ
भिषण :ए तिम्रो दाई हो वहा ? ल अहिले हामी हिड्छौ है त ढिला नि हुन लाग्यो
ल दाई हिसाब मिलाएर आउनु ल म जादै गर्छु ल जान्छु ल प्रकृति
थ्यांक यु फर एभ्रिथिंग (रामबिर लाइ केहि हजार का नोट हरु दिदै हिड्छ)
आमा बोल्छे “बैनी भोलि पोखरा जानेरे बाबु”, ए ल ल भन्दै अर्जुन (प्रकृतिको दाई ) आफ्नो कोठा तिर लाग्छ (माओबादी द्वन्द ताका तातोपानी एरिया कमान्डर थिए उनि माओबादी सेनाले बेनी आक्रमण गर्दा उसको रणनीतिले ठुलो सफलता पाएको थियो रे यो गाउँ ठाउँ मा उसको ठुलै चर्चा र नाम थियो कमरेड अर्जुन ज्वाला , पछी माओबादी शान्ति प्रक्रियामा आएपछि स्वेच्छिक अवकासमा आएका हुन्, उसले सपना देखेको नया नेपालत उस्तै छ पुरानै र अझै भताभुङ्ग भएको अबस्थामै , उसले बर्षौ पहिला छाडेर गएको टिनको छाप्रोनी अझै उस्तै छ, प्राय आजकल उ मानिसहरु संग बात गर्दैन, तेही तातोपानीको कुण्डमा सानो पसल चलाउछ, ३-४ लाख कति पैसा पायेथ्यो रे फर्किदा , आजकाल काठमाडौँ तिर घरि घरि फोन गर्छ, माथि मुस्तांग तिरको एक जना दिपक मुस्तांगी भन्नेको केटाहरु साथी छरे , अरु बेला एकोहोरो सोचेर बस्छ !
भिषण अलि अलि लर्खरिदै होटल पुग्छ र होटलमा बिल तिर्छ, येस्तैमा रामबिर नि आइपुग्छ, रामबिर दाई भोलि हामी चाडै हिड्ने ल एक्ज्याकट सेवेन ओ कलक है
“रामबिर ले कुरा बुझी हाल्छ ए भै हाल्छ्नी सर जति बेला भन्नु हुन्छ उति बेला हस सर गूड नाइट ”
होटल वाला लाइ हेर्दै भिषण रक्सीको तालमा “के गर्नु दाई यो ठाउँ अलि बस्न त मन थियो सारै राम्रो छ यो ठाउँ यहाको तातो पनि यहाको नेचर
नेचर मिन्स प्रकृति क्या इट्स बिउटीफुल आइ लाइक तातो पनि ओके गुड नाइट ब्रो
ओके सर गुड नाइट होटल वाला मोटे मुस्कुराउछ
खुट्टा लर्खराउदै भिषण भर्यांग माथि तिर बिलाउछ!
(यो मेरो उपन्यास माया “प्रकृतिको” बाट सम्पादन नगरिएको एक अंश हो पूर्ण उपन्यास छिट्टै प्रकाशित हुदैछ, ब्याकरण मा व्यापक गल्ति होलान बिषय बस्तुलाई हेरेर माफ गर्नुहोला भन्ने आसा गरेको छु, धन्यवाद- नवीनजंग )
[तपाईँ आफ्ना कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी पठाउनुस्। कविता भने माइसंसारमा छापिँदैन]
नविन जी को कथामा हालसम्म एउटा मात्र कमेन्ट देखे , घोर आश्चर्य लाग्यो , किन होला कमेन्ट हरु नआएका ? माथि सुनिल जी ले भनेझै केहि नबुझियेर त हैन ? बुझ्दै नबुझी के कमेन्ट लेख्नु त फेरी ? मैले पनि पहिलो पटक त केहि नै बुझिन , ३-४ पटक पढे पछि केहि मात्रामा बुझ्न सफल भए, शायद यो माइसंसार को पहिलो रेकर्ड होला (सबभन्दा थोरै कमेन्ट आउने सामग्री मा ) ! नविन जी र माइसंसार दुबैलाई एउटा सानो सल्लाह “नविन जी लेख्नु पहिला सोच्ने गरौ , माइसंसार छाप्नु पहिला सोच्ने गरौ !
(यो मेरो उपन्यास माया “प्रकृतिको” बाट सम्पादन नगरिएको एक अंश हो पूर्ण उपन्यास छिट्टै प्रकाशित हुदैछ, ब्याकरण मा व्यापक गल्ति होलान बिषय बस्तुलाई हेरेर माफ गर्नुहोला भन्ने आसा गरेको छु, धन्यवाद- नवीनजंग)
खोइ म त छक्कै परे यो कथा पढेर , हुन त लेखक जी ले त माथि नै स्वीकार गर्नु भा छ, व्यापक गल्ति होला भनेर !
म पनि नेपाली राम्ररी नै बुझ्छु , तर कति जटिल भाषा ? दृश्य परिवर्तन भाको पनि मुश्किल ले नै थाहा पाइने ! माथि भनेझै बरु सम्पादन गरेर नै प्रकाशन गर्या भए हुनेथियोकि ?
माइसंसार ले पनि यसो भाषागत त्रुटी सच्याउने चेस्टा नगरेझै लाग्यो !!!
नविन जी लाई एउटा सानो अनुरोध , कुनै पनि कथा वा लेख लेख्दा सरल भाषा मा लेखिदिए हामीजस्ता पाठकको कल्याण हुनेथियोकि ?