-सूर्यराज गिरी-
म आम्स्टरडाममा सानो रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेको को छु। नेपाली गोर्खा बियरको बिक्री वितरण पनि गर्ने गरेको छु। तर आज एक गोराले निकै नरमाइलो लाग्ने गरी भन्यो।
वस्तुको मूल्य अभावमा थाहा हुन्छ, एक मूठी पानीको मूल्य सुनसान मरुभूमिमा उभिएको बेला थाहा हुन्छ भनेर एक लेखकले लेखेका थिए। नेपाली र नेपालसँग सरोकार राख्ने वस्तुहरु विदेशमा बस्ने नेपालीहरुका लागि महत्वको विषय मात्र नभई शान पनि हो। नेपालले सियो पनि उत्पादन गर्न सक्दैन भन्ने उखान सबै नेपाली या विदेशी जनजिब्रोमा छ। यसो हुँदैमा नेपालमा केही हुन्न भन्ने भ्रम चाहीँ गलत हो। नेपालमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु विश्वभर पाइन्छ। नेपाली कला र सिपले धेरैलाई मन्त्रमुग्ध पनि पारेको छ।
नेपालमा उत्पादित गोर्खा बियरले यूरोप वा अमेरिकी बजारमा स्थान पाएको सुन्दा जो कसैको मन पनि प्रफूल्लित हुन्छ। तर हामीले आफ्ना सामग्रीहरु निर्यात गर्दा धेरै कुरामा ध्यान दिनु अति नै जरुरी छ।
यहाँहरु मध्ये कतिलाई थाहा छ कि गोर्खा बियरमा अल्कोहलको मात्रा कति छ ?
आज हिमालयन किचन आम्स्टरडामको रेष्टुरेन्टमा आउने एक पाहुनाले नेपाली बियरको फर्मान गरे, सिधा हिसाबले दिइयो, नेपालबाट सिल बन्द गरेर आएको बियर हो। तर ती महाशयले सोधे यसमा अल्कोहलको मात्रा कति छ?
अब आफूले पनि हेरिएन खरिद गर्ने बखत। अक्क न बक्क भइयो, फेरि भनेँ- हेर्नैपर्छ कति छ भन्ने। अलि पर गएर बोतल चारैतिर घुमाएर हेरेँ त्यस्तो केही लेखिएको पाइएन।
अब पर्यो आपत्। लेख्दै नलेखेको कुरा के भनेर विश्वास दिलाउने? मैले भनेँ- महाशय यसमा उल्लेख छैन, म यसै भन्न सक्दिनँ।
त्यसपछि उनले नेपाली गोर्खा बियर नपिउने बरु भारतीय किङफिसर वा कोब्रा पिउने निर्णय गरे। भारतीय बियरमा भने 4.8% अल्कोहल भनेर उल्लेख छ।
अब नेपालले विदेशमा निर्यात गर्ने वस्तुहरुमा सम्पूर्ण जानकारी नदिने हो भने त्यस्ता वस्तुहरुको उत्पादन बन्द गरे पनि हुन्छ जस्तो लाग्यो। सारै लाजमर्दो भइयो नेपाली हुनुमा आज।
[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]
नेपाली हुनुमा होइन , ब्यापारी हुनुमा लाज लागेको होला …..
अलि विचार गर्नुस है भोलि अर्को गोरा ले तपाई ले बेच्ने नान र करी मा कति केलोरी छ सोध्ला र फेरि नेपाली हुनु मा पश्चाताप गर्नु पर्ला !
नेपालमा उत्पादन भएको समानको अन्तरास्ट्रिय बजार मा business गर्ने हो भने ब्यापारीले उत्पादक कम्पनी संग आफ्नो र अन्तरास्ट्रिय मापदण्ड अनुसार terms and condition राखेर सम्झौता गर्नु पर्छ. सम्झौता गर्यो भने दुवै side ले गल्तिहरु गर्दैन . त्यो सम्झौता अनुसार दुवै side बाट कुनै गल्ति भएमा छलफल गरि मिलाउनु पर्छ . नभए कानुनी प्रक्रिया बाट समाधान गर्नु पर्छ. तेस्तो सम्झौता भयो भने दुवै पच्छ्य साबधान हुन्छन
साथि हो नेपाल कै बेइज्जत भयो नभनौ. केहि साथी ले नेपाली बियर र बिदेशी बियर एउतै भएको कुरा सुनाउनु भयो. तर बिदेशी रक्सि हरु पनि तेस्तै हो. खास मा बियर जहाँ को पनि उस्तै स्वाद आउछ. त्यति हो कि कुनै बीर अलि बढी तितो हुञ्छ कुनै हुदैन.
सूर्यराज गिरी जी नमस्कार !!!
आफ्नो अनुभव बाढ्नुभएकोमा धन्नेबाध | मपनि तपाइजस्तै सानो रेस्टुरेन्ट वेबसाइ भएको नाताले मेरो बिचार राख्दै छु, अन्नेथा नलिनुहोला ल |
प्रथमत तपाइलेपनि आफ्नो गहराख लाइ बिस्वासमालिन सामान्ने सोजखोज
जानकारी राख्नु भएन भने सफलतालिन मुस्किल होलाजस्तो मलाई लाग्छ |
तपाइले भन्नुभयेपछी फेरि १पतक तेही माथि फोटो को Gorkha Beer झिकेर हेरे तेसमा Alc 5.5 % लेखेकै पाए | अछेर भने सानोछहै , सायेद तपाइले ठम्याउनु भएन |
माथि तपाइको Photo मा ङ्ग्लिसमा GORKHA लेखिएको तल देखिएको
सेतो (Bar-cod को) दाहिनेपटि भएको 330 ml को तल हेर्नुसत तपाइलेपनि देख्नुहुन्छ |
असाब्धानीका कुराहरु मबाटपनि धेरै हुनेगरेको पाएको छु , आफैमा | तरपनि सोजखोज अलि अलि पनि नगरी अरु साथिहरुपनि धेरैले नकारात्मक टिप्पणीमै अल्मलिएको देख्दाभने अलि नमजालाग्यो |
राजेश बाबु श्रेष्ठ
सप्पोरो , जापान
ठुलो बोत्तलको बीयर त अहिले छैन तर सानो मा चाही अति सानो अक्छारमा ५.५% लेखिएको छ.
बरु लेख्दै लेखेंन अल्कोहोलको percentage, राम्रै भयो|
लेखेर पनि मात्रा अझ उल्टो पर्न गएको लाज मात्र होइन कानुन पनि भारी परने थियो|
साह्रै लज्जालु हुनुहँदो रहेछ|
नेपाल आउँदा जाँदा एयरपोर्टको बाथरुम प्रयोग गर्न नजानु होला| त्यंहा पनि लाजको भारी छ नाकले थामि नसक्नुको |
यसरि नेपालीले दुर दराजको देशमा व्यवसायी भएर आफ्नो देशको बस्तुलाई राखेको देख्दा गर्व लाग्यो| धन्नेवाद|
गोर्खा ब्रुवारीले जवाफदेही होला कि?
यदी बियरको सिसीमै अल्कोहोलको मात्रा नलेखिएको भए त्यो देशले त्यस्तो बियर आयात गर्ने स्वीकृति किन दियो त? मलाई यसबारेको प्रक्रिया राम्रो थाहा छैन तर कुनै देशले (त्यो पनि युरोपियन देशले) ब्यापारिक प्रयोजनको लागि अन्य देशबाट सामान आयात गर्नु अघि त्यो सामानको sample हेर्नु पर्ने होइन र? त्यसमाथि पनि खानेकुरा जस्तो संबेदनसिल कुरामा. यसमा त उनीहरुकै पनि कमजोरी देख्छु म.
मैले पनि यता आउदा नेपालको प्रसिद्ध Green Tea लिएर आएको थिए, एउटा बट्टा अफिसमा दिए/ तर मैले यसमा के लेखेको छ भनेर याद गरेको थिइन, पछि अफिसमा एक जना सहकर्मीले देखाए/ कति लाज भो, कुरै छोडौ/
According to Green Tea Researcher: Eating six grams (0.2 pounds) of tea each day, the same amount as used in three cups of tea, you can get 50% of your daily vitamin E requirement and 20% of your daily vitamin A requirement.
गल्ति:
१- Eating six grams of tea…….नेपाली मा चिया खाने भने जस्तै 🙂
२- 6 grams (0.2 pounds) ……….जब कि 6 gram भनेको 0.0132277 gram हुन्छ
चियाको स्वाद मिठो छ, मलाई मन परेरै ल्याएको हो/ इलाममा यो चियाको बगान जादा मोहनी लगायो/अब चिया जति मिठो भए पनि यो लेखन ले गर्दा चिया माथि को बिश्वाश नै हराएको जस्तो भयो यहाँ 🙂
If possible, I would have posted the picture with it 🙂
6 gram भनेको 0.0132277 Pound 🙂
खुरु खुरु ५ प्रतिसत छ भंदेकोभए भैहाल्थ्यो नि | के बेक्कार टेन्सन लिराको
मैले यो बियर मगाएर अस्ट्रिया साथी संग पिएl बियर भित्र पानी देखि सबै बिदेशी l नाम मात्र गोर्खा राखेर हामी नेपाली झुकाएर खेतान ले व्यापार गरे जसो लाग्यो l
सबैभन्दा पहिले त लेखकलाई धन्यवाद सबैको आँखा खोलिदिनु भएकोमा, यो लेख पढेपछि कतिपय साथीहरु संग कुरा पनि चल्यो, मेरो बुझाइमा कुने गोरेले गल्ति औंल्याई दियो भने मनमा अलिकति झस्को पसेर सरम आउनु त स्वाभाविक नै हो, कहिले कहिँ एउतै कक्षा मा पढ्ने साथीको अगाडी आफ्नो हिसाब मिलेन भने पनि अलि अप्ठ्यारो महसुस हुन्छ, बत्ति मुनि अध्यारो भने झैं लेखकलाई पनि अरुले देखाएर लाज लागेको होला, यसमा अनौठो कुरो भएन र अर्को कुरो कतिपय साथीहरुले EU मापदण्ड भन्दै कुर्लिनु भो यसको मतलब हामी नेपालीहरुले गुणस्तर युक्त बस्तुको उपभोग गर्न सक्दैनौ/हुँदैन र ? यो गोर्खा बियर धेरै मुलुकमा पाइन्छ त्यसैले कम्पनीले नै बढी जिम्मेवारी अपनाउने हो कि ?
अस्ट्रेलियामा त रक्सीको सेवा र बेचबिखनका लागि Responsible Service of Alcohol (RSA) सर्टिफिकेट नभैहुदैन . यसको सर्भ या बिक्रि गर्दा RSA सर्टिफिकेट भएन भने गैरकानुनी हुन्छ . रक्सी सेवक/सेविका या बिक्रेतालाई रक्सीमा कति अल्कोहोल छ, कति पुरानो रक्सि हो, कहा बनेको हो, कति तापक्रममा भण्डार गर्नुपर्ने हो, कति standard ड्रिंक हो, आदि कुराहरु को जानकारी हुनै पर्छ. अस्ट्रेलियामा रक्सीको लेबलमा के के हुनुपर्छ त भनेर येसरी लेखिएको छ :
Labels must include the following information:
Name
Lot identification
Name and address of supplier
Date marking (if shelf life is less than two years)
Directions for use and storage
Allergen information
Declaration of alcohol by volume:
If over 1.15% alcohol, this should be expressed in mL/100mL or X% alcohol by volume
If content is between 0.5 and 1.15%, label should state “contains not more than X% alcohol by volume”
Labeling must be accurate to within 0.3% for beer; 1.5% for wine; and 0.5% for spirits
Number of standard drinks per container:
One standard drink is the amount of the beverage that contains 10 grams ethanol, measured at 20˚C. If container holds fewer than 10 standard drinks, this estimage should be accurate to one decimal place; above 10 drinks, accurate to the nearest whole number.
Country of origin (for wine)
हुन त के कमेन्ट लेख्नु र तर अब युरोप नै आयात गर्ने व्यक्तिले बोतलमा यस्तो किसिमको लेबल चाहियो भनेर अर्डर दिंदा भन्नु पर्नेहो ..हामीसंग जब बिदेशी कम्पनी हरुले सामान किन्छन उनि हरु सधै यस्तो किसिमको लेबल राखिदिनु भन्ने गर्दछन …
भनेपछि तपाईंको रेस्टुरेन्टमा EU को अल्कोहल मापदण्ड बुझेका , र अल्कोहल लाइसेन्स भएका कुनै व्यक्ति रहेनछन भन्ने बुझें मैले .
यो बियर को बोतल मा ” Gorkha ” लेखेको देखे ! यो भन्दा पहिला कुनै पनि नेपाली उत्पादनमा ” Gurkha ” मात्र लेखेको देख्या थिए ! बिदेशी हरुले आजसम्म ” Gurkha ” नै भन्छन र लेख्छन, बिदेशमा निर्यात गर्ने हो भने उक्त कुरा पनि सच्याए हुने थियो कि ?
यो त झ्यामपुतली बियर हो, अस्ति अरु बियर छैन भनेर मलेखुको एउटा होटेलले यहि बियर दया’थ्यो, लेबल गोर्खा, भित्र को झोल पनि गोर्खै तर शिशि भने टुबोर्गको | धन्न विदेश मा यस्तो शिशि पुग्या रैनछ | नत्र त तपाइलाइ ३ पटक लाज लाग्थ्यो !
गोर्खा बियरलाइ तुरुन्त जानकारी गराउनुस अनि यौटा बियर कम्पनिको सानो भुलमा नेपालीकै बेइजत भएको नसोच्नुस…….अर्को चोटी त्यो मान्छे आयो भने उसको अगाडिको कमेन्ट को लागि धन्यवाद दिंदै सुधारिएको गोर्खा बियर टकरौनुस….कुरो मिलि गो नि!
सबैभन्दा पहिले त लेखकलाई धन्यवाद सबैको आँखा खोलिदिनु भएकोमा, यो लेख पढेपछि कतिपय साथीहरु संग कुरा पनि चल्यो, मेरो बुझाइमा कुने गोरेले गल्ति औंल्याई दियो भने मनमा अलिकति झस्को पसेर सरम आउनु त स्वाभाविक नै हो, कहिले कहिँ एउतै कक्षा मा पढ्ने साथीको अगाडी आफ्नो हिसाब मिलेन भने पनि अलि अप्ठ्यारो महसुस हुन्छ, बत्ति मुनि अध्यारो भने झैं लेखकलाई पनि अरुले देखाएर लाज लागेको होला, यसमा अनौठो कुरो भएन र अर्को कुरो कतिपय साथीहरुले EU मापदण्ड भन्दै कुर्लिनु भो यसको मतलब हामी नेपालीहरुले गुणस्तर युक्त बस्तुको उपभोग गर्न सक्दैनौ/हुँदैन र ? यो गोर्खा बियर धेरै मुलुकमा पाइन्छ त्यसैले कम्पनीले नै बढी जिम्मेवारी अपनाउने हो कि ?
मैले पनि आज भन्दा करिब ९ वर्ष पहिले नेपाल को प्रख्यात वाई वाई चाउ चाउ आधा कन्टेनर क्यानाडा को एउटा सहरमा चौधिरी ग्रुप बाट एलसी खोलेर पुरै पेमेन्ट गरि मगाये . पानि जहाज बाट आयो . तर करिब १०० कार्टून पानि ले भिजेको ले बेच्न सकिन . आफै खाजा लन्च गरि खाइयो केहि साथि हरुलै दियीयो . प्याकेज राम्रो नगरे को ले . चौधरी ग्रुप लै एसबारे इमेल पठाउदा रेस्पोन्स गरेन . व्यापार को च्याखे खेलेको परेन . त्यस पछि व्यापार को भुत ले पनि छोड्यो . पहिलो चोटी व्यापार गर्न खोजेको साउ पनि फुत्कियो . आफ्नो काम छदै थियो, काम मै लागियो .
कुरा गर्ने लाइ कुरै को दुख
तेस्तो लाजै मान्नु पर्ने कुरा त केहि थिएन.
हो, अन्तर-रास्ट्रीय मान्यता अनुसार लेखिनु पर्ने थियो, तर लाज मान्नु पर्ने गोर्खा ब्रेवेरी हो,
गोर्खाली पारा संग नाता गास्नु कुनै हिसाबले पनि सान्दर्विक छैन
बरु ‘ गोर्खा ब्रेवेरी को feature नै येही हो कि येस्मा alcohol मात्रा लेखिएको हुन्न ‘ पो भन्ने हो कि
हाम्रो गाउँ मा उहिले आमाले रक्सि बनाउनु हुदा पनि count गर्दा पनि कहिले एकदम कडा (High percentage of alcohol), कहिले एकदम नरम हुन्थ्यो. गोर्खा बियर को पनि तेस्तै भएर alcohol percentage नलेखेको हो कि ?
झुक्किएर पनि नेपाली समान को प्रयोग र बेच बिखन नगरोउ! समस्या पर्ला ! जुन दिन गुणस्तर को उत्पादन हुन्छा त्येही दिन प्रयोग गरौला ! नेपाली समान लाएर खाएर मात्रै रास्ट्रबादि भैदैन !
वाइयात यस्ता कुरा पनि गर्ने? बरु गल्ति कहाँ छ त्यहाँ पो सच्याउने हो, तेस्तो कुरा गरियो भने तिम्रो बारीको तरकारी पनि नबिक्ने भो, अनि खान्छौ भात मासु..
मैले यो लेख गोर्खा ब्रुअरी को प्रोडक्सन म्यानेजरलाई उहाँको फेसबुकमा पोष्ट गरिदिएको छु। हेरौ के प्रतिकृया आउँछ।
बिदेशमा प्राय सबै खाने पिउने कुराहरुमा तेस्मा प्रयोग गरिएका तत्वो हरुको मात्रा तोकेको हुन्छ र ग्राहकले पनि खुब नियालेर किन्ने गर्दछ यो भने साचो हो तर नेपालमा NS मार्क सहितको खानेकुरा हरुमा पनि ति केहि पनि उल्लेखित प्राय छैन भन्दा हुन्छ ….यी कुराहरुमा कम्पनि वा सम्भंधित निकायले ध्यान दिनु पर्ने कुरा हो किनकि जनताको स्वास्थ्यसंग सम्भंदित हुन आउछ …..तर त्यो एउटा छयनिक घटनाले तपाइलाई नेपाली हुन मै लाज मान्नु पर्ने अवस्था भने छ जस्तो लगियेना …
सूर्यराज जीले त्यो बियरमा इयु लेबल नलगाई विदेश मा लगेर बिक्रि गर्नु भएको रहेछ यो उहाँ को गल्ति हो तर बिदेशमा निर्यात हुने सामानमा मात्र यी कुराहरु लेख्नु पर्ने, नेपालमा खपत हुने मा लेख्नु नपर्ने जस्ता कमेन्ट हरु लेख्ने साथीहरु तपाईं हरुको सोचाइ र हाम्रा पुराना नेता हरुको सोचाइ एउटै रहेछ जस्तो लाग्यो होइन भने नेपालमा नै खपत हुने बस्तुहरुमा पनि त्यो समान मा के के कुराहरु मिसाएर बनाइएको, कति तापक्रम सम्म मा भण्डार गरेर राख्न मिल्छ, कति वर्ष सम्म पिउन लाएक छ जस्ता कुरा हरु अनिबार्य लेखिनु पर्छ .
होइन एउटा बिअरको बोतलले नेपाली भननै लाज भन्नु चाही अलि पचेन | तेसो भए आफैलाई यूरोपेली भन्नुस | जे होस् उत्पादकको ध्यान आकर्षण गर्ने कुरो चाही सहि नै हो |
लेखकको सब्द, शैली जे जस्तो भए पनि एउटा तथ्य के देखियो भने हाम्रो देशबाट बिदेशमा निर्यात हुने एउटा उपभोग्य बस्तुमा हुनुपर्ने जानकारी रहेनछ| अब यसको समाधान भनेको त्यसमा हुनुपर्ने उचित सूचना टासेर मात्र बिदेशमा बेच्न पठाउने| त्यसो भएपछि समस्याको समाधान हुन्छ| त्यसको लागि सम्बन्धित उत्पादन/आयात/निर्यात कर्तालाई जानकारी गराउ| यहाँ अनावस्यक छलफल गरेर किन टाउको दुखाउनु|
नेपालमा पो नेपाली ले फ़ुर्त्टिमा लेदो भेटिओस, समोसा मा मुसा, कोक फेन्टामा या चाउचाउ जे सुकै भेटिओस मतलब हुदैन, विदेश मा खेलबाड चल्दैन.
कसैले ये अल्कोहल % को कारणले कोटमा लग्यो भने ठुलो समस्या पर्छ !!!
अमेरिकामा macdonald मा किनेको coffee ले ओठ पोल्दा मिलियन डलर fine तिरेको थियो !!
कृपया नेपालमा जे गरेनी विदेश पठाउने समान मा अलि होस् पुराऊ !
यदि यो बियर गोर्खा ब्रुवरीले युरोप मा निर्यात गर्न लाई export गरेको होइन रहेछ भने त तपाई लाई गैरकानुनी तरिका ले अबैध खाद्य बस्तु बिक्रि वितरण गरेको मुद्दा लग्न सक्छ .
ल साथि,
तपाइँ पनि! बेइज्जतै गर्नु भयछ गोर्खालीको अनि नेपालीको पनि!
तेसरी सोध्नेलाई त टक्क छाती फुलाएर गोर्खाली पारामा ट्याक्क जवाफ दिनु पर्ने नि!
” अरे क्यानाम, यो गोर्खा बिएर हो नि त हो, यो गोर्खा बिएरमा अल्कोहोल कति भनेर लेख्दैनन गोर्खाली हरुले, किनकि यो खानेले खाएर आफै थाहा पाउनुपर्छ!” “अरे क्यानाम, सर, यसैमा त यो गोर्खा बिएरको बात छ त्!, अरु बिएरमा जस्तो खानेले जाच्ने होइन गोर्खा बिएरमा त गोर्खा बिएरले खानेलाई जाच्दछ!, अरे क्यानाम तेसैले त यो गोर्खा बिएर भयो त हो!”
भनेर ट्याक्क भन्द्या भय, क्या बात हुन्थ्यो अनि आफु पनि लाजले टाउको लुकाएर खुसुक्क जानु नपर्ने हाम्लाई पनि क्या मजा हुने, गोर्खा र नेपालीको नाम झन् रोशन हुने!
वा साउजी, धेरै नाफा कमाउन भनेर नक्कली र चोरेको सामान मुन्तिर बाट किन्ने र मास्तिर बाट बेच्ने अनि अहिले नेपालिहुनुमा लाजमर्दो भैयो भनेर भन्ने? किन्दैमा वा बेच्नु अघि नै आफुले किनेको र बेच्ने सामानको लेखाजोखा गर्नु पर्थ्यो अनि आबस्यक परे सल्लाह दिने वा उजुरी गर्नु पर्थ्यो नि त तेस्तो लाज भरिएको मान्छेले!
नेपालमा उत्पादन र खपत हुने बस्तुमा नेपालको कानुन बमोजिम को सुचना राखिएको हुन्छ,तेसकारण नेपाली बस्तु युरोपको बजारमा सिधै बिक्रि गर्न मिल्दैन ,
आम्स्टरडाममा भएको तपाइको resturantमा गोर्खा beer कसरी आइपुग्यो र कुन तरिका ले बिक्रि गरि राख्नु भाको छ त्यो चाही तपाईले कतै लेख्नु भाको छैन , नेपाली हुनमा लाज लागेको कुरा मात्र भूमिका बानेर लेख्नु भाको छ,
यूरोपान union को कानुन आनुसार तपाईले बिक्रि गर्नु भाको बस्तुमा eu standard label छ छैन त्यो विचार गर्नु होला, येदि छैन भने बिक्रेता अनि आयातकर्ता को जिमेवारी हो,
तपाइको गाहक ले केस गरे बिना कारण तपाई कानुनी चपेटा मा पर्नु हुनेछ , दोस कसको हो भन्दा त्यो बस्तु तेहा आयात गर्ने को हो, कारण तेहा eu rule अनसार को extra label नराखी बिक्रि गरिएको रहेछ, गोर्खा बियर कम्पनीलाई यो कुरामा केहि हुने वाला छैन , युरोप को बजार मा बिक्रि गर्ने हो bhane आयातकर्ता को काम हो extra label गर्ने…………लाज त तपाईलाई लग्नु पर्ने त्रुटीपूर्ण तरिकाले सामान बिक्रि गर्नलाई, अनि नेपाल र नेपालीको बारेमा गलत कुरा लेख्न l
अमेरिकामा बीयेर को अल्कोहोल को मात्र उल्लेख गर्नु कानुनी रुपले अनिवार्य छ, फुल अल्कोहोल र हाफ अल्कोहोल भन्ने पनि यहाँ नियेम छ, तर त्यहाको नियेम चै थाहा छैन, मुख्येकुरो भ नसार बाट छिर्र्यो कसरि? सचे त् हुनु जरुरि छ.
मलाई जब कुनै खैरे ले तेरो देश को राम्रो पक्ष्य को बारे मा भन ? भन्यो भने …०…उही बुद्ध को देश …सगरमाथा को देश…गोर्खाली ????( भन्नु कि….?? न भन्नु भनेर भन्दिन …) l त्येस बाहेक आफ्नो नाक खैरे को अगाडी ठाडो गर्ने लायक अरु कुनै कुरा छन् भने plz comments गर्नुहोस न ….ल ..
कृष्णजी, यांहाले भूपी शेरचनको कविता “बहादुर” पढ्नु भएको छ? उनले ४०/५० वर्ष पहिले लेखेको कविता अहिले चरितार्थ भैररेको छ/ बुझ्न गार्हो छ, हामी नेपाली गोर्खाली हो कि गोरु खाली/
हामीले “गोरा” भनेर इन्डियन ले जस्तो किन भन्ने? हाम्रो आफ्नै पुरानो “कुइरे” भन्ने शब्द छैन र?
रमेश जी कुइरे पनि होइन गोरे पनि होइन । हाम्रो आफ्नो शब्द छ यिनलाई भन्ने । त्यो हो फिरिगीँ ।
उपभोक्ताले पैसा तिरेर समान किन्ने हुनाले बस्तुको बारेमा सम्पूर्ण जानकारी लिनु उसको अधिकार हो! बस्तुको बारेमा जानकारी नदिनु उत्पादकको बेइमानी हो!
हाम्रो नेपाली बजारमा धेरै नेपाली उपभोक्ताहरुले बस्तुको उत्पादन मिति, मूल्य र बस्तुको उपयोगिता नहेरी बस्तु खरिद गर्दा date expire भएको र तोकिएको भन्दा बढी मूल्य तिरेर समान किन्ने गरेको पाइएको छ!
नेपाली उत्पादकहरुले देश भित्र र देश बाहिर आफ्नो व्यापार बढाउनु छ भने उपभोक्ताहरुलाई
बस्तुको बारेमा सम्पूर्ण जानकारीहरु दिनै पर्छ!
तपाँइले सहि प्रश्न उठाउनुभयो । तपाँइले के बेच्दै हुनुहुन्छ थाह पाउनुपर्छ । यूरोपमा सबै मानिसले प्रश्न उठाउँदैनन तर जव उठाउँछन् निश्चयनै जानकारी दिन तपाँइ सक्षम हुनुपर्छ । आँफूले बेच्ने चिजको बारेमा उपभोक्तालाई जानकारी गराउनु गोर्खाको दायित्व हो । फ्रान्सका केहि नेपाली रेष्टुरेन्टले बिचरा हाम्रो बियर भन्दै बेचिदिन्छन् । गुणस्तरको कारणले होइन कि मायाको कारणले । गोर्खाले आफ्नो शाखलाई माथि उठाउने काम गर्दा के नराम्रो हुन्छ र ।
I think in US it becomes illegal to sell alcoholic beverages without declaring that it contains alcohol. It could be subjected to lawsuits because one can consume it and legally claim of having no knowledge of alcoholic content upon traffic violations/ DUI (मापसे) and of course there are teenagers below legal drinking age who can always abuse it. So yes, if Nepal wants to export their products it should be aware of local consumer laws before allowing anyone to do so.
It should not be overlooked like allowing चौदरी ग्रुप to sell noodles cooked in कुहिएको तेल
मलाई लाग्दैन budwesier मा पनि अल्कोहोल को percent हुन्छ 🙂
लाजै लाग्नु पर्ने कुरो त केहि देख्दिन तर उपभोक्ताले पाउनु पर्ने information चाहि हुनु पर्ने हो product मा. नेपाली हुनुमा लाज लाग्यो भन्नु चाहि अलि बढि नै भयो कि?
एउटा गोराले सोद्धैमा त्यत्रो आकाशै खस्ने गरेर लाज त नलाग्नु पर्ने । यस्तो महान व्यापारीले Consumer Feedback भनेर ब्रुअरीलाई अवगत गराए पो सपोर्ट त , यो त आफ्नै विज्ञापन जस्तो भएन र ।
त्यो बियर मा अल्कोहल पर्सेन्ट नलेख्दै मा “सारै लाजमर्दो भइयो नेपाली हुनुमा” लेख्नु पर्ने चै केहि छैन !
वास्तबमा तपाई आफै बिएर नपिउने मान्छे जस्तो लाग्यो…जे चिज पनि किन्दा बेच्दा पहिला आफुले हेरिन्छा चखिन्छ अनि पर्योग गरिन्छ ..अझ तपाइत यूरोपमा ब्यबसाय गर्ने मान्छे
. कस्तो अचम्म …….?…
असोकजी,
यसो गरौं, यो लेखका निम्ती लेखकलाई धन्यबाद दिऊं| यसमा वहांले गंभीर बिषय उठाउनु भएको छ| पसलका सबै सामान पसलेले चाखेको हुनुपर्छ भन्ने तपाईको कुरोमा तपाई आफैं कति कन्भिन्स हुनुहुन्छ भन्ने कुरो चाँही बिस्तारै सोच्दै गरौला! है?
अशोक जी,
तपाई ले झुकिएर पनि बिषादी कुरा को पसल नखोल्नु होला है, नत्र फेरि चाख्द चाख्दै फेरि चिलिम हुनु होला नि !
अब चै गोर्खा बियर ले तुरुन्त ध्यान दिनु जरुरि छ| कि बिदेस निर्यात न गरौ कि प्रक्रिया पुर्याएर गरम | नेपाल मा भोक लागेको झोक मा बोतल पड्ने फुर्सत कसैलाई हुन्न, तर युरोप अमरिकामा खान को लागि बाचेका हरु पनि हुन्छन , पहिलेइ अघाएका हुन्छन , उनीहरु बोतल पिउने मात्र न भै पढ्ने पनि गर्छन |