Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हाम्रो यात्रा कति असुरक्षित

Posted on January 7, 2014January 9, 2014 by mysansar

-मो.अब्बास अलि-

मानिसको जीवन नै संघर्ष र यात्रा रहेछ । कहिले एक्लै कहिले साथीभाइ र कहिले अरुको साहरामा गर्नुपर्ने जीवनाका यात्रा कुनै मोडहरुमा अविष्मरणीय बन्दा रहेछन् । आखिर जीवन के का लागि लम्पसार परिरहेछ यसको उत्तर म जस्तै धेरै व्यक्तिहरुसँग छैन होला ? सयौँ पटक काठमाडौँ पोखरा गर्दा ममा कुनै त्यस्तो उतारचढाव, अत्यन्तै त्रासदी र विपत्ति आएन तर गत हप्ता रात्री बसमा पोखरा फर्कँदा भने निकै त्रासै त्रासमा यात्रा पुरा भयो । तर जे होस् यो संस्मरण यो वर्ष मेरो काठमाडौँ पोखरा यात्रा धेरै भएर भन्दा पनि सडक यात्रामा देखिएको एउटा घटनाक्रमसँग सम्बन्धित रहेको छ । डिग्रीको थेसिस गर्ने क्रममा कुनै हप्तामा दुई पटकसम्म पोखरा काठमाडौँ आवातजावत थेसिस नसक्दासम्म चलिरह्यो । गत वर्ष नै पेपर पास गरेपनि कार्यव्यस्तताले सम्पन्न हुन नसकेको थेसिसलाई अन्तिम रुप दिन म यस वर्ष घनीभूत रुपमा लागिपरेको थिएँ । वर्षाको समय पृथ्वी राजमार्ग जहाँ हजारौँ सवारी सधानहरु दैनिक ओहोरदोहोर गरिरहन्छन्। मस्र्याङ्दी र त्रिशुलीको किनारै किनार ठाउँठाउँमा भत्किएको बाटो पार गर्दै यात्रा गर्नु निकै कठिनपूर्ण हुन्छ।

हुचिलमा सरर यात्रा गर्न दैनिक पहुँच नपुग्ने हामी जस्ता मध्यमवर्गीय मानिसहरुका लागि सडक यातयात नै उपादेयता बन्ने गर्छ । मन परोस् या नपरोस् चाहना होस् या नहोस् आवश्यकतासँगै यात्रामा पुराना नयाँ, मध्यम जस्ता सुकै सवारी साधानमा हुँइकिने पर्ने बाध्यता सबैमा पर्ने गर्छ ।

यात्राकै क्रममा गत हप्ता त्रि.वि सेन्ट्रल लाईब्रेरीबाट हतार हतार म आफ्नो थेसिसको भाइवा सकेर बेलुकी पाँचबजेतिर पोखरातर्फ लम्किरहेको थिएँ । कलङ्कीमा आएर काठमाडौँ पोखरा हुँदै स्याङ्जा जाने बसमा चढेँ । बस चढेर म आफ्नो गन्तव्यलाई पुरा गर्ने र भोलिपल्टको कार्यव्यस्ततालाई सहज बनाउने धुनमा थिएँ । बसमा अगाडिको पहिलो सिट नै एक जनाको लागि खाली थियो तर म दोस्रो सिटमा बसेँ जहाँ उमेरले ६५(७० वर्षको एक वृद्ध बसिरहनुभएको थियो । पहिलो सिटमा एक युवती बसीरहेकी थिइन् । बस आफ्नो समय भएपछि पोखरातर्फ हानियो । तर थानकोटबाटै सुरु भएको जाम नागढुङ्गाको ओरालो पार गर्दा रातिको लगभग ९ बजेको थियो । बसको अघिल्तिर बसेकी युवती जसलाई बस धनीले नै ल्याएको थियो भन्ने कुरा मैले थानकोटको जाममा नै अड्कल काटिसकेको थिएँ छेवैमा बस्नुभएका ती वृद्धाले खुसुक्क कानमा मलाई भन्नुभयो गाडीवालाले केटी ल्याएको रहेछ । डूाइभर पनि भर्खरकै छ गाडी पो कसरी पु¥याउँछन पोखरा । निकै चिन्तित बनेका वृद्धासँगै मेरो मन पनि कता कता अमिलो भएको थियो ।

बाटामा काँक्रो, लेज, कुरकुरे र अन्य खानेकुराहरु किनेर बस धनी ती युवतीलाई फकाउन भरमग्दुर प्रयासमा जुटिरहेको थियो । मायालु पारामा लाडिएर घरीघरी टासिँएर अनावश्यक स्पर्शमा उसका क्रियाकलाप अघि बढिरहेका थिए । बस चालक पनि चुरोट पिउँदै उनीहरुकै क्रियाकलापमा नजरको प्यास मेटिरहेको भान हुन्थ्यो । लाग्छ कुनै रङ्गमञ्चमा नायक नायिका र दर्शकहरुको तालमेलले नाटकघर रोमाञ्चित भैरहेको छ ।

दिनहुँ जसो दुर्घटना हुने पृथ्वी राजमार्ग त्यो पनि वर्खाको समय, रात्रीकालीन यात्रा मनमा डर हुनु स्वाभाविक नै थियो । बस जाम हुँदा खेरि नै घरिघरि लाडिएर बोल्ने बस धनीका कुरा र उनीहरुकै चर्तिकला हेर्दै स्टेरिङ घुमाइरहेका चालकलाई देख्दा हामीमा कताकता दुर्घटनामा परिने हो कि भन्ने चिन्ताले सताइरहेको थियो । जब नागढुङ्गाको ओरालो र जाम सकियो बस नैबिसे हुँदै पोखरातर्फ आफ्नै गतिमा अघि बढिरह्यो । बस धनीले बसभित्रका सबै बत्ति कन्डक्टरलाई निभाउन लगाए र सुरु भयो उनीहरु बीचको काहानी । १८(२० वर्षकी जस्ती देखिने मङ्गोलियन अनुहारकी ती महिलासँग तागाधारी बस धनीले कुन सर्तमा बस चढाएका थिए, हामीलाई थाहा हुने कुरा भएन । न उनले ती युवतीलाई भाडा मागे न उनले कहाँ जाने हो भनेर सोधे । तर उनीहरुको बीचको वार्तालाप सुन्दा युवतीसँग अन्तिम मोलमोलाईमा कुरा नमिले जस्तो वा बसभित्रै गरिएका क्रियाकलामा आपत्ति जनाएको जस्तो भान भैरहेको थियो । डूाइभर पनि उनीहरुकै चर्तिकला हेर्दै बस चलाउनमा मख्ख थियो । यात्रा कस्तो हुने हो भन्ने चिन्ताले ती वृद्धा र मलाई खानाखाने बेलासम्म झनै त्रसित बनाइरहेको थियो ।

पृथ्वीनारायण क्याम्पसमा ३४ वर्ष जागिर गरेर रिटायर्ड लाईफ बिताइरहेका ती वृद्धले उनीहरुको हाउभाउ र बस भित्रको क्रियाकलापले यात्रामा झनझन त्रास थपेको बताइरहेका थिए । पछि एक्कासी के कुरामा विवाद भयो ती युवतीले गाडी धनीलाई दुई थप्पड लागाइन् र गाडीको पछिल्लो सिटमा पुगेर बसिन् । त्यसपछि हामीलाई पनि केही राहात मिले जस्तो भयो । कसैले पिटाई खाँदामा रमाउनुपर्ने यो कुनै हासीमजाक नभएर परिस्थितिको बाध्यता थियो हाम्रो लागि । जे होस् अब यात्रा अलि सुरक्षित हुन्छ भन्ने कुरामा हामी अलि ढुक्क भने पक्कै भएका थियौँ ।

बस सत्रसय फाँटमा आएर रोकियो । सबैले खाना खाए तर युवती खाना खान मानिन् । बस धनी घुर्की लगाउँदै उनलाई मनाउने प्रयासमा थिए तर सफल नभएपछि कुरकुरे र पानीको बोत्तल लिएर उनलाई खुशी पार्नमा उनी व्यस्त देखिन्थे । बस पोखरातर्फ आउँदै थियो पानी पर्न सुरु भैसकेको थियो । खाल्डा खुल्डी परेको बाटो कयौँ घुम्तीहरु पार गर्दैै बस अघि बढिरहेको थियो । बसभित्र भएको यो घटनाले कता कता यात्रालाई असुरक्षित र प्रभावित बनाइरहेको थियो । यो त एउटा प्रतिनिधि घटना मात्र हो । यस्ता घटनाहरु दैनिक सडक यात्रामा हुने गर्दछन् । कयौँ नेपालीहरु यस्तै समस्याबाट गुज्रिरहनुपर्ने बाध्यता छ । सवारी चालक जस्ले थुप्रै यात्रुहरुको गन्तव्यको जिम्मा लिनुभएको छ तपाईँलाई अनुरोध गर्दछु डूाइभिङ्लाई खेलाँचीको रुपमा नलिईदिनुहोला । तपाईँ पनि यात्रामा गाडी चलाउँदै हुनुहुन्छ भने विशेष गरी यात्रुको जीवन र आफ्नो घरपरिवारको बारेमा सोचिदिनुहोला । तपाईँको सानो गल्तिले कयौँको अकालमा ज्यान जान सक्छ, अकल्पनीय दुर्घटना हुन सक्छ र ठूलो धनजनको क्षति समेत हुन सक्छ । नेपाल जस्तो पहाडै पहाडले घेरिएको मुलुकमा निकै डरलाग्दा र कठिन सडकखण्डहरुका यात्रामा विशेष गरी सवारी चालकले अपनाउनुु पर्ने सांवधनी महत्वपूर्ण हुने गर्दछ । वर्षेनी कयौँ दुर्घटनाहरु सवारी चालककै लापरवाहीले हुने तथ्यहरु सार्वजनिक भैरहेका बेला यस्ता घटनाहरुबाट पाठ सिक्न सकिएन भने तपार्इँ हाम्रो जीवन अकालमै जान सक्छ । तसर्थ असावधानीबाट हुन सक्ने दुर्घटना र खतरालाई हामीले आफ्नोतर्फबाट कम गरौँ । यसैमा सबैको कल्याण रहने गर्दछ ।

[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

6 thoughts on “हाम्रो यात्रा कति असुरक्षित”

  1. Yam Koirala says:
    January 9, 2014 at 12:02 pm

    यो लेख देख्दा मलाई नि कै लेखौ लेखौ लग्यो किन कि नेपाल मा हुने सबै जस्तो दुर्घटना सबारी चालक को लापर बहि ले हुने अनुसन्धान बाट हुने कुरा बारम्बार समाचार बाट सुनिएको पढिएको हुन्छ, यो हुदा हुदै पनि नेपाल मा एस्लाई निराकरण गर्नु को सत्ता अरु नै कुरा बाट बढावा दिने काम भै रहेको छ ! म आज विदेश मा बस्छु मैले येहा धेरै यात्रा गरेको छु र येहा को यात्रा मा मलाई डर भन्ने कुरा मन मा उठ्दैन किन कि येहा दुर्घटना नै कम हुन्छ एसको श्रेय नियम र रोड को होइन कि येहा को सबारी साधन मा सबारी चालक बस्ने ठाउँ लै अलग क्याबिन बनाएको हुन्छ ! एस्तो हुनुले सबै लाई थाहा हुन्छ कि चालक को ध्यान सधै उस्को गन्तब्य र बाटो मा पर्छ! येदि नेपाल मा हुने सबारी साधन लाई पनि येश्तो सुबिधा मा विकास गर्न सक्यो भने कै हद सम्म दुर्घटना नियन्त्रण हुन्छ कि भन्ने लाग्छ !

    मित्र हरु तपाईहरु को मत येस्मा कस्तो लग्छ खण्डन गर्न अनुरोध गर्दछु !

    हाल – हेल्मंद अफगानिस्तान

    Reply
  2. Bikash Tamang says:
    January 8, 2014 at 6:27 pm

    I hope this video will give a clear picture of the road accidents in Nepal and how it has been neglected.

    http://www.youtube.com/watch?v=MCN3fWPo8nw

    Reply
  3. मेक says:
    January 8, 2014 at 10:21 am

    गत भदौ बाईस गते बुटुवल बाट पाल्पा हुंदै स्यांग्जा जाँदै थिए वर्तुन मा खाजा खाना रोकेको बस एक घंटा सम्म हिड़ने मुड नगरे पछि एक जना आमै ले ड्राइभर साप लाई सोधी “बाबु हतार छ छिट्टै जान पाए आजै घर पुगिन्थ्यो की” ड्राइभर सापले ठुले पारा ले प्वाक्क जवाफ फर्काई हाल्यो ” तपाई हिड्दै गर्नुस हामी आउँदै गर्छौ” यस्तो छ यात्री हरु प्रति यातायात ब्याब्सयीको जवाफदेहिता।

    Reply
  4. ekraj says:
    January 8, 2014 at 7:06 am

    धेरै सान्धर्बिक ! आशा छ, ति बस मालिक र चालक ले यस्ता लेख पढून र केहि सिकुन|

    Reply
  5. बशन्त राज says:
    January 8, 2014 at 2:45 am

    केहि समय अगाडी बि बि सी साझा सबालमा सडक दुर्घटना बारे बहस चलेको थियो / त्यो बहसमा प्रहरी, बस ब्यबसाही, अनि सडक बिभाग बीच चलेको थियो / त्यहा उठेका केहि प्रमुख बुदा हरु यस्ता थिए /
    १) लामोदुरीको बसमा एक मात्र सबारी चालक हुने जसले गर्दा १६ घण्टा भन्दा बादी एकै सबारी चालकले बस चलाउदा दुर्घटना हुनेगरेको छ /
    २)सडक साघुरो अनि समय समयमा मर्मत नगरेको, वर्षामा भत्केको बाटो मर्मत नहुनु, बर्षाको पानि उचित निकास नहुनु, सडक फराकिलो नहुनु /
    ३)सबरिचालकले मादक पदार्थ सेबन गरेर गाडी चलाउनु /
    ४) पुराना गाडी हुनु अनि गाडी चलाउनु पूर्व गाडीको अवस्थाको पुर्ब जाच नहुनु / आदि आदि

    Reply
  6. ramu says:
    January 7, 2014 at 11:55 pm

    नेपाल को कैयुँन ठाउँ हरु मा एकदमै खतरनाक दुर्घटना भै सकेका छन् l
    एस्मा हामीले कस्तो किसिम को बिरोध गर्ने भन्ने हामीलाई थाहा नै छैन | तर बसको अघिल्तिर बसेर युवती बस चालक अनाआवस्यक हर्कत गर्ने र मादक पदार्थ खाएर अरुको
    जिन्दगी सग खल्वाड गर्ने लाई कस्तो कारवाही गर्ने भन्ने कुरा यो संम्बिदान मा उल्लेख गर्न जरुरि छ मेरो नजरमा ……..

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme