Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

निःशुल्क भनेर हजार रुपियाँ जरिवाना तिर्नुपर्दा

Posted on January 5, 2014January 5, 2014 by mysansar

-अभिनव-

केही दिनअघिदेखि काठमाडौँ महानगरपालिकाले निःशुल्क पार्किङ योजना लागू गरेको छ। तर यो बेथितिमुक्त छैन। मैले मेरो बाइक दरबार मार्गको केएफसी अगाडि पार्क गरेको थिएँ। फर्केर आउँदा त बाइक गायब ! परेन त फसाद ? कहाँ गयो भनेर यताउति सोधेँ। नगरपालिकाको गाडीले लिएर गयो भने। मैले बाइक सिङ्गल लाइनमा मिलाएर राखेको थिएँ। तर साइडको बाइक निकाल्ने बेलामा मेरो बाइक सारिएको रहेछ। नगरपालिकाले बाइक बग्गिखाना पुर्यासएको रहेछ। जरिवाना हजार रुपियाँ रे। त्यहाँका कर्मचारीलाई मेरो गल्ती नभएको स्पष्ट पारेँ। तर उनीहरुले तपाईँले गल्ती नगरे पनि जरिवाना तिरेर बाइकल लाने भए लानुस् नभए जानुस् भने।

पाखण्डीहरु, कमिसन खान पल्केका। स्मरण रहोस्, जरिवाना वापत् प्राप्त रकमको २० प्रतिशत उनीहरुले पाउने व्यवस्था कानुनी रुप मै गरिएको छ।
के गर्ने ? आखिर विवश भएर पैसा तिर्न गएँ। फोटोकपी ब्लुबुक नोटरी स्टायम्प भएको नहुने रे। सबै ठाउँमा यही चलाइराछु भनेको नहुने रे। ओरिजिनल नै चाहिने रे।

फेरि अफिस ४ बजे बन्द हुने रे। घर गएर ब्ल्यु बुक ल्याउन नि नभ्याइने।

अनि एउटा चिनेको डिएसपीलाई फोन गरेर त्यही ब्लुबुक चलाउन लगाएँ।

यस्तो बेथिति छ अहिले फ्रि भनिएको पार्किङमा। महानगरपालिकालाई केही सुझाव
• पार्किङ व्यवस्थित गर्न पर्याप्त जनशक्ति परिचालन गर्नुपर्यो
• अन द स्पट जरिवानाको व्यवस्था हुनुपर्यो
• बाइक लिएर गएको हामीले कसरी थाहा पाउने ? चोरी भएको हो कि नगरपालिकाले लगेको हो? केही सूचना छाड्नु पर्यो
• कमिसनको खेल हटाउने

[यो ब्लग माइसंसारका पाठकले पठाएका हुन्। तपाईँ पनि विविध विषयमा आफ्नो भोगाइ यहाँ क्लिक गरी पठाउन सक्नुहुन्छ]

21 thoughts on “निःशुल्क भनेर हजार रुपियाँ जरिवाना तिर्नुपर्दा”

  1. khusi poudel says:
    January 6, 2014 at 4:23 pm

    हजुर ले त आफ्नो औकात देखाएर पनि आफ्नो काम पुरा गर्नु अरु अझै धेरै मार परेका त कति छन् कति जहाँ कोहि ठुला मान्छे को साठ गाथ गर्न नसक्ने हरु

    Reply
    1. abhinab says:
      January 6, 2014 at 10:39 pm

      फोकट मा १००० रुपिया चुना,३ घण्टा बर्बाद …डि एस पी को सोर्स नलाए २४ घण्टा बर्बाद ,,आफुले गर्दै नगरेको गल्ति मा पनि .

      Reply
  2. khuman pdl says:
    January 6, 2014 at 4:19 pm

    हजुर त डिएसपी सम्म को सोर्स फोर्स लगाउन सक्ने मान्छे, डिएसपी को सोर्स लगाएर तपाइले आफ्नो मोटर साइकल लिनु भो हामी जस्ता सिधा साधा यात्रु ले त सबै document तयार पर्दा आफ्नो सामना को जरिवाना तिरेर पनि समय मा पाउन नसकिने भयो नि हैन

    Reply
  3. Khaire says:
    January 6, 2014 at 7:41 am

    एक पार्किंग स्पट मा त मलाई हाँस उठ्यो | तर सहानुभूति पनि | पुलिस ले लोकल गुन्डा बेरोजगार लाई जागिर दिएछ क्या रे | म संग प्रमाण त छैन | तर म चाही त्यो पार्किंग मा बाइक राखेर कफी पिउन थाले पार्किंग का बाइक हरु सबै देखिने गरि बसेको छु | साथी ले त लगातार सबै बाइक लाई मज्जाले लाइन बाट बाहिर पुर्याएर राखिदियो | सबै बाइक लाई | हेर्दैछु उसले येसो मोबाइल उठायो र फोन गर्न थाल्यो | १० मिनट मा त आउनुभो बर्दिवाला ट्राफिक महासय | अनि सबै बाइक उठाउनुभयो | क्या मज्जा गुन्डा भै ले जागिर पाउनु भएछ | सायद त्यहि २० प्रतिसत बाट वहाको थोरै तिनो मिल्छ होला |

    Reply
    1. Bimal says:
      January 6, 2014 at 8:34 pm

      कुरो ठिकै लेख्नुभो|
      यसो हेर्दा तपाई जान्ने बुझ्ने जस्तो लाग्छ| त्यस्तो जान्ने बुझ्नेले ठ्याक्क मोवैलबाट
      फोटो खिचेर यँहा हालिदिएको भए फोटोले हजार गुणा बोल्ने थियो|
      बाइक चढे पछि हाताँ क्यामेरा जडित मोबाएल साथमा थिएन भन्न मिल्दैन|
      कफी खान बस्दा त्यति चेतना हुनपर्ने|
      बाईक, मोबाएल, कफी र निशुल्क पार्किङ्ग….क्या मिलेको!

      Reply
  4. anmol says:
    January 6, 2014 at 6:45 am

    अभिनव जी यिनीहरु लै सुझाव नदिनु होला किनकि यिनी हरुलाई सुझाव दिनु भनेको त उल्टो भनेको सरह हो. एस्तो सुझाव त यिनीहरु को पोल्टा मा कति हो कति होला ठंक्यौन्दै गरेको. यिनी हरु अटेर हुन् अटेर ल जत्ति भनेपनि हुदैन आफ्नै एकोहोरो ढिपी मा काम गर्छ. जसको मतलब यिनीहरुको मनोमानी कसैको केहि चल्दैन .येदि अर्को व्यक्ति र जनताको लागि स्वछ भावना मा काम गर्ने हो भने एस्त धेरै सुझाव हरु छन् जो स्वयम् को अन्तरात्मा बाट आउछ.
    यिनी हरु उही खन्चुवा मात्र हुन नेपाल मा धेरै येस्ता व्यक्ति हरु छन् जो जन भावना मा काम गर्छन तर lime light मा छैन . जब सम्ममा देश मा दल हरुको बिगबिगी चल्छ केहि हुनेवाला छैन जस्तो लाग्छ मलाई. बाँकि भबिस्य को कुरा . भबिस्य मा

    Reply
  5. anmol says:
    January 6, 2014 at 4:58 am

    नेपाल मा घुसखोरी हाकाहाकी बढेको जन आन्दोलन पछि हो मलाई थाहा छ उ जमाना मा चिया खानु पनि कर्मचारी हरु लाइ भन्नु गार्हो हुन्थ्यो तर जन आन्दोलन पछि उही कर्मचरी ले मलाई १० रुपिया दिनुस चिया खानु भनेर मागेको थियो अब पाठक ज्यु आफै भन्नुस नेपाल को हबिगत कल्ले बनायो. अनि अर्को कुरा जन सेवक जो कोहि होस् के लै १५ पर्तिशत र २० प्रतिशत दिनु पर्यो ? चोर को सुराकी दिएको होइन ज्यान मार लै समातेको होइन? जुन काम मा खटिएको हो तेही काम को मान्छेलाई किन कमिसन . तेसो हो भनेको बैंक क कर्मचारी जसले interest लगाउछन उनि हरु लै पनि कमिसन दिनु पर्यो. येदि स्व स्फुर्त सरकार ले गर्ने नै हो भने जन सेवकलाइ बढुवा र थप भत्ता जस्ता पुरस्कार दिएर सम्मान गर्नु पर्छ . यो त लुच्चा हरुलाइ मात्रै खुवाउन दिने काम भयो . जो सोझो अनि इमान्दार छन् तीनीहरुले त केहि पनि पाउदैनन. यो केहि होइन देश लै निकम्मा बनाउने नेता हरु को खेल मात्रै हो. तेसै पूर्व राजा ज्ञानेन्द्र शेर बहादुरलाइ असक्ष्यम अथवा incompetent भनेका होइनन . अब त हाम्लाई थाहा भयो.
    बास्तव मा नै नेपाल मा अहिलेको प्रमुख ३ दल मा कोहि पनि सक्क्षम छैन केहि युवा नेता हरु ( कांग्रेस र एमाले ) का बाहेक. / तर मेरो विचार मा येही केहि युवा नेता हरु ले या त आफ्ना नेता हरुलाइ तह लगाएर देश बनाउनु पर्छ या त यी नेता हरु मिलेर नया प्रजान्त्रिक देशप्रति अनि जनता प्रति बफादार पार्टी खोल्नु पर्चा अनि मात्र देश कमिसन को खेल बाट हट्ने छ नत्र भोलि यो दिन न आऊला भन्न सक्किन अदालत ले गरेको हरेक जरिवाना मा पनि वकिल हरुलाइ कमिसन चाहियोस.

    Reply
  6. Basant says:
    January 6, 2014 at 4:44 am

    भर्खरै सुलसुले बाट प्राप्त जानकारी
    “मिलाएर पार्किंग गरेको बाइक यता उति सरिदिने काम २०% कमिसन पाउने महानगर प्रहरीका भाई, भतिज, सालाहरु रे अनि तिनीहरुले ५% पाउछ रे”.
    होश गर्नुहोस पार्किंग गरेको एउटा फोटो खिची हाल्नुस अनि साथीभाई लाइ पठाई हाल्नुस मुद्दा हाल्नु पर्छ

    Reply
  7. बशन्त राज says:
    January 5, 2014 at 11:04 pm

    दुबईमा पनि गलत स्थानमा पार्किंग गर्नेलाई, जथाभाबी बाटो काटनेलाई जरिवाना गरिन्छ / जरिवानाको केहि हिस्षा त्यो प्रहरीलाई दीईन्छ/ तसर्थ जरिवानाको केहि हिस्सा प्रहरीलाई दिनु राम्रो हो / एसबाट प्रहरी भित्र केहि मात्र भय पनि भ्रस्त्राचार कम हुन्छ /

    Reply
    1. Ale says:
      January 6, 2014 at 3:19 am

      “……. तसर्थ, जरिवाना को केहि हिस्सा त्यो प्रहरी लाइ दिनु राम्रो हो / ….”
      दुबई मा जे हुन्छ त्यो राम्रो हुन्छ र तेसैलाई नेपालमा पनि लागु गर्नु पर्छ भन्न खोज्नु भएको हो बसन्त जी ले? येदि तेसो हो भने तपाई गलत सोच्दै हुनुहुन्छा

      Reply
      1. बशन्त राज says:
        January 6, 2014 at 2:07 pm

        आले जी मेरो तपाईलाई केहि प्रस्न सोध्छु ?
        (१) तपाई नागरिकता बनौन गा बि स या त नगरपालिका सचिप मार्फत नागरिकताको फर्म भरेर जिल्लामा जानु भो / त्यहा लाईन बसेर नागरिकता लिनु पर्ने भो / तपाई सबभन्दा पछिडी आऊनु भो / त्यो जिल्ला विकास समितिमा तपाईको नातेदार काम गर्छन / अब मेरो प्रस्न तपाई लाईनमा बसेर नारिकता लिनुहुन्छा कि नातेदार भनेर सोर्ष फोर्स लगाएर अरुको पालो मिचेर नागरिकता लिनु हुन्छ ????
        (२) तपाई मोटरसाईकल चालाएर अफिश जादै हुनुहुन्छ / बाटोमा जाम भो / तपाई सडक पेटी पेटी (जहाँ पदयात्री मात्र हिड्ने गर्छन ) मोटरबाईक टीटी टी टी गर्दै बाटो छोड भन्दै चलाउनु हुन्छ कि हुन्न ?
        (३) तपाईलाई एक्कासि होस्पितल जनापर्यो / सबारी चालक प्रमाण पत्र घरमानै छुट्यो / तपाई सबारी चालक प्रमाणपत्र जाचमा पर्नु भो / अब घर गयर सबारी चालक् प्रमाणपत्र ल्याउनु हुन्छ कि त्यो जाच कर्ता लाई रु २०० ५०० दीयर अस्पताल तर्फ लाग्नु हुन्छ?

        Reply
    2. सागर says:
      January 6, 2014 at 9:09 am

      बेथिति होइन थिति नै जस्तो लाग्यो ! नियम सबै ले मान्नु पर्छ ! डि यस पी लाइ फोन गर्न भन्दा अर्को दिन ब्लु बुक को ओरिजनल लिएर जानु भएको भए राम्रो हुने थियो ! यहा अख्तियार को दुरुपयोग भएको छ यो पनि एक किसिम को भ्रस्टाचार हो ! नगर पालिका ले गरेको राम्रो कुरा लाइ प्रोत्साहन गर्नु पर्छ ! तपाइँ हामि ले नियम मानिदिने हो भने भोलि को दिन मा सबै लाइ सजिलो हुने थियो !

      Reply
  8. कमल says:
    January 5, 2014 at 9:03 pm

    पहिला हुँदै हुँदैन भन्ने अनि डी. एस. पी. ले भन्दा चै हुने?
    हाम्रो नेपालको व्यवस्थाको खराबी त्यही हो| नियमले नहुने हो भने कसैलाई र कसैले भन्दैमा पनि हुनु हुँदैन| एउटा नियम सबैलाई लागु हुनपर्छ चाहे सचिव होस्, आई. जी. वा साधारण जनता|
    अब पार्क गरेर फोटो पनि राख्न पर्ने भयो|
    काठमान्डौ महानगर पालिकामा घुसखोरी को छैन भनेर खोज्नु हो भने दिम्सै हेडलाईट बालेर हेर्दा पनि पाइंदैन|
    करिब दश बर्ष अघि होला, त्यंहाका कार्यकारी सिलवाल थिए| उनलाई गएर आफुलाई परेको अन्याय र मर्का बिसाए| कर्मचारीले दुख दिएको बेली विस्तार लगाए| ढिला सुस्ती र फाइल पाइएन भन्ने बिरामी लागेको कामनपा को फाँटले छिटो काम गर्न पैसा (घुस) मागेको पनि बताए| घुस पनि हजारौ रु. दिनपर्ने रे|
    उनले औपचारिकता देखाएर हुन्छ हुन्छ भने तर काम केही गरेनन| एकजना कांग्रेसी मित्रले कांग्रेस नेताको सिफारिश लिएर जानुस काम हुन्छ भने| नचाहदा नचाहदै पनि त्यसो गर्न वाध्य भए| सिलवालले यसपाला धेरै चाख देखाएर यो काम एकदिनमै भईहाल्छ, पहिले त्यसो भनेको भे भैहाल्थ्यो भनेर सद्भावना देखाए| उनले यसपाला फाँटका पौडेल सरलाई रिफर गरे| पौडेल सर ले पनि फाईल हेरेर भईहाल्छ भने अनि फेरी फलो अप गर्न अर्का एकजना नारायण भन्ने लाई सुम्पिए| नारायणले तुरन्त काम गर्नु कंहा हो कंहा उल्टो तपाईको काम लाइनमा छ, हुन्छ र भैहाल्छ भने| मलाई जब थाहा लाग्यो नारायण कामनपा का कर्मचारी होइन रहेछन उनी त् दलाल पो रहेछन, तत्काल उनलाई भेटेर सोधे|| मैले भने, कार्यकारीज्युले हुन्छ भनीसक्नु भएको छ| उनले सोझै भने, “बाँच्नु पर्यो नी| यंहाको सेटिंग यस्तै छ|”
    लौ भएन भनेर चिनाजाना सहायक मन्त्रीलाई सबै व्यहोरा जनाएर गुहारे| उनले सोझै सचिवलाई फोन गरे, सचिवले कार्यकारीलाई| मलाई दिम्सो आउँन भनियो|
    काम सबै गरिदिएका रहेछन| एक पैसा पनि घुस खुवाउन परेन|
    यस्तो स्थितिमा जनसाधारणले कसरि सेवा पाउने?
    अब फेरी कामनपा मा जाने काम नपरोस भन्छु|

    Reply
  9. avash rimal says:
    January 5, 2014 at 7:55 pm

    डिएसपी को सोर्स लगाएर तपाइले पनि आफ्नो चरित्र देखाऊनु भएछ …. आफु सच्चिनु पर्यो पहिला ..

    Reply
    1. Sushil Pradhan says:
      January 6, 2014 at 8:33 am

      अभिनवजीको लेख पढ्नासाथ अधिकांस पाठकको मनमा लागेको कुरा तपाइले उठाई दिनु भयो . धेरै धन्यबाद.

      Reply
  10. aashish says:
    January 5, 2014 at 7:00 pm

    यो ताल ले त सारै गार्हो नि, आफुले ठाउ मा राखेर के गर्ने अर्को ले सारिदिए पछि दुख पाएको त पढी हालियो … यो देश बिगार्ने हाम्रै समाज का मान्छे हुन्, साले हरुलाई हामी सबै ले बहिस्कार गर्न थाल्नु पर्यो अनि केहि होला कि..

    Reply
  11. Ale says:
    January 5, 2014 at 6:22 pm

    अरु बिकशित देश को सिखो गर्न खोजेको होला, राम्रै हो | तर पुरा रुपमा गर्नु पर्छ | जस्तै, जरिवाना तिर्दा रेख देख गर्ने व्यक्ति लाइ पैसा दिने होइन, सिधै बैंक मा deposit गर्न लगाउनु पर्छ, र एसको लागि online banking को पनि व्यवस्था गर्नु पर्छ | येदि तोकेको दिन भित्रमा fine बुझायेना भने अरु पेनाल्टी गरिनु पर्छ | होइन भने यो नियेम जनता लाइ दुख दिने र भ्रस्टाचार लै बढावा दिने परिपाटी हो |

    Reply
  12. bijay says:
    January 5, 2014 at 4:43 pm

    मलाई लागेको त थियो ,,आफुले त ठिक ठाउँमै पार्क गरौंला बाइक, अरुले यताउता सरिदियो भने के होला भनेर/ नेपाल त्यस्तै हो / यहाँ ट्राफिक वान वे को अगाडी सचेत गराउन हैन, वान वे सकेपछिको कुनामा लुकेर बसेको हुन्छ, कहिले माछा मारौला जस्तो गरेर/ त्यसैले तपाइको बाइक सारिएकोमा कुनै आस्चर्य लागेन /नेपालमा सब चिज पैसा र पावर हो /

    Reply
    1. bijay says:
      January 5, 2014 at 4:45 pm

      अनि on the spot जरिवानाको व्यवस्था हुने हो भने त झनै पल्किने छन् यी पार्किंग ब्यस्बस्था रेखदेखवालाहरु, पैसा खायो कसैलाई हिसाब पनि पुरा देखाउनु पर्दैन/

      Reply
  13. Techno geek says:
    January 5, 2014 at 4:32 pm

    नेपाल फ्रहरी को ठुलो पदकोलाई हाम्रो Japanese Baba Traffic ले सप्पै जनताको आगाडी समात्दा हप्तौं नाटक गरेर पछि पचास रुपैया जरिवाना रे| आम नागरिक ले कहिलेइ तेती कम पैसा जरिवाना गरिन्दैन |

    येस्तई हो यहाँ को चलन |

    Reply
  14. xyz says:
    January 5, 2014 at 4:01 pm

    Dr. Babu Ram is the guy who introduced this corrupted 15 percent commissioning system. Please, suggest Dr. Bhattarai to read this blog.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme