-विजय ज्ञवाली-
राम थापा (नाम परिवर्तन) को घर स्थिति राम्रो थिएन। विवाह भएको २ वर्षमा छोरी पनि थपिएपछि अर्थिक अभाव पूर्ति गर्न मलेसिया लागे। छोरीको भविष्य राम्रो होस् भनेर श्रीमती र छोरीलाई नेपालगञ्ज बजारमा कोठा लिएर राखेका थिए। मलेसियाको कमाईबाट मासिक केही हजार बचाएर श्रीमतीलाई पठाउँथे। ३ वर्ष मलेसिया बसेर बचाएको पैसाले नेपालगंजमा सानोतिनो व्यवसाय गर्ने उनको सपना थियो। नेपाल फर्कँदा पो थाहा भो, उनकी श्रीमतीले त दुई वर्षअघि नै अरुसित विवाह गरिसकेकी रहिछन्। श्रीमतीले छोरी जिम्मा लगाएर आधा सम्पति लिएर सम्वन्ध विच्छेदको बाटो समातिन्। आफूले कमाएको पैसा फिर्ता नपाएपछि राम यति बेला छोरीलाई अरुको जिम्मामा छोडेर फेरि मलेसिया हिँडेका छन्।
लोग्नेमान्छे भएर रुनु हुन्न.. गीतले पुरुषहरु जन्मजात बलियो र कठोर मनका हुन्छन् भन्ने आम मानिसको विचार चित्रण गर्छ। त्यसैले होला, समाजमा पुरुषविरुद्ध हिंसा बारे खासै चर्चा सुनिँदैन। हुनत घरेलु हिंसा पीडित हुने महिलाको तुलनामा पुरुषको संख्या निकै कम छ। तर हिंसा यस्तो विषय हो जसमा तुलना हुनु हुँदैन। हिंसा जुन रुप र जुन किसिमले आए पनि यसको निन्दा हुनुपर्छ। महिला हिंसाको समाचार हामी प्रत्येक दिन पत्रपत्रिकामा देख्छौँ तर पुरुष हिंसाको बारेमा खासै चर्चा सुनिँदैन। के पुरुषहरु हिंसाबाट पीडित छैनन् होला त?
जापानको प्रसिद्ध पत्रिका जापान टाइम्समा परदेशीहरुको मानसिक स्वास्थ्य सम्बन्धी लेख छापिएपछि मलाई धेरै इमेलहरु आए। ती इमेलमध्ये एकजना जापानमा बस्ने अमेरिकन पुरुषले इमेलमा आफ्नो पीडा पोखेका थिए। जापानी महिलासँग विवाह गरेका उनले लगातार ५ वर्षसम्म श्रीमती र ससुराले दिएको मानसिक र शारीरिक पीडा उल्लेख गरेका छन्। जापानको कानुनी प्रक्रियाको जटिलता र त्यसमा पर्दा आफ्नी छोरीसित अलग हुनु पर्ने अवस्था आउने डरका कारण उनले यो पारिवारिक हिंसा सहेर बसेका रहेछन्।
हुँदाखाँदाको अमेरिकाको जागिर छोडेर छोरीको लागि जापानमा आएर बसेका उनले २ पेज लामो इमेलमा आफ्नो पीडा र सन्तान मोहबारे उल्लेख गरेका छन्।
विज्ञान (नाम परिवर्तन)ले खासै पढेका थिएनन्। त्यसैले सामान्य व्यवसाय गरेर जीवन चलाउँथे। घर परिवारको सल्लाहमा उनको एक जना निजी कार्यालयमा काम गर्ने केटीसित विवाह भयो। उनको व्यवसाय राम्रो थिएन तसर्थ उनको कमाई भन्दा श्रीमतीको कमाई बढी थियो।
सुरुमा जीवन राम्रै चलेको थियो। कहिलेकाहीँ श्रीमतीको मुखबाट रक्सीको गन्ध आए पनि यसलाई उनले सामान्य रुपमा लिएका थिए। तर पछि त्यो क्रम बढेर गयो। श्रीमतीको गर्भ रहेकोमा खुसी भएका उनी त्यति बेला झस्किए जब उनले थाहा नपाई श्रीमतीले गर्भपतन गराइन्।
पछि स्थिति झन् बिग्रेर गयो। राति ढिलो आउने, रक्सी खाएर आउने, थाहा नदिइकन २/४ दिन हराउने क्रम सुरु भयो। उनले स्थिति सम्हाल्ने क्रममा काठमाडौँको एउटा नाम चलेको गैर सरकारी संस्थाको सल्लाह लिए । त्यो संस्थामा दुवैलाई बोलाएर सम्झाउने प्रयास गरियो। तर परिणाम उल्टो निस्कियो। मेरो सार्वजनिक बेइज्जत गर्ने भन्दै उनी हिंसामा उत्रिन्।
केटा मान्छेले सम्बन्धविच्छेद गर्ने कुरा सारै लामो प्रक्रिया देखेपछि उनी विरक्तिए र अध्यात्मक क्षेत्रमा उनको प्रवेश भयो। उनी आजकाल योग गुरु भएका छन्। श्रीमती आजकल विदेशमा बस्छिन्। पछिल्लो पटक मसँग कुरा हुँदा उनले गुनासो पोखे- न श्रीमती फर्कन्छिन् न सम्बन्ध टुक्र्याउनेमा राजी छिन्। बरु तैँले बिहे गरे जेल हाल्छु भनेर धम्की फोनबाट दिन्छिन्।
पुरुषविरुद्ध हिंसाको पहिचान
पुरुषविरुद्ध हिंसालाई शारीरिक र मानसिक हिंसा गरी विभाजन गरेर हेर्न सकिन्छ। पुरुषमाथि हुने भौतिक रुपको हिंसालाई शारीरिक हिंसाको रुपमा लिन सकिन्छ।
शारीरिक हिंसाको पहिचान सजिलो भएतापनि मानसिक हिंसाको पहिचान गर्न सजिलो छैन। सरल रुपमा भन्नु पर्दा पुरुषलाई मानसिक वा मनोवैज्ञानिक रुपमा आघात पुराउने हिंसालाई मानसिक हिंसाको रुपमा लिनु पर्छ।
नेपालको परिप्रेक्ष्यमा भन्नुपर्दा कानुनले दिएको अधिकारलाई प्रयोग गरी दिने मानसिक हिंसालाई एउटा उदाहरणको रुपमा लिन सकिन्छ। यस बाहेक नामर्द , नपुंसक, जोइटिङ्ग्रे, हुत्तिहारा जस्ता शब्दको प्रयोगलाई पनि पुरुषविरुद्धको हिंसाको रुपमा लिन सकिन्छ। यस प्रकारको हिंसा सधै महिलाबाट नै हुनु पर्छ भन्ने छैन, पुरुषले पुरुषलाई गर्ने हिंसा पनि पुरुषविरुद्धको हिंसा हो।
किन आउँदैन पुरुष हिंसा बाहिर ?
१. कानुनको जटिलता – नेपालमा महिलाको निम्ति सम्बन्धविच्छेदको प्रक्रिया जति सजिलो छ पुरुषको निम्ति त्यति सजिलो छैन। कानुनले महिलालाई दिएको कानुनी अधिकारको पक्ष पुरुषको भन्दा बलियो छ। कानुनले पुरुष हिंसाको बारेमा प्रस्ट उल्लेख गरेको छैन। पुरुषले सम्बन्ध विच्छेद गर्न चाहेको अवस्था मा गा. बि .स कार्यालयबाट सुरु गर्नु पर्ने हुन्छ। महिलाको हकमा भने त्यो लागु हुदैन। महिलालाई कानुनी रुपमा सहयोग गर्ने धेरै संघसंगठन भएता पनि पुरुषको हकमा भने सारै कम छन्। महिलाले दायर गरेका मुद्दाहरुमा फैसलाहरु छिटो भएको तर पुरुषको हकमा भने एक वर्ष भन्दा बढी लाग्ने कुरा कानुन विदनै स्वीकार गर्छन।
२. पुरुष अहम र लोकलाज – नेपालमा पुरुष हरु सामाजिक रुपमा बलियो छन। महिलाहरु पुरुषको नियन्त्रणमा छन् भने आम मानसिकताका कारण म पत्नी पिडित छु र म पत्नीबाट हुने हिंसाबाट पिडित छु भन्न नेपाली पुरुष तयार हुदैनन। यसलाई पुरुष प्रधान समाजमा लोक लाज को रुपमा लिन सकिन्छ। समाजले पत्नीबाट नियन्त्रित पुरुष लाई जोइटिग्रे जस्ता शव्दले सम्वोधन गर्ने परिपाटीका कारण यस्ता घटनाहरु बाहिर आउन पाउदैनन।
३. छोराछोरीसित टाढा हुनुपर्ने त्रास –पुरुष हिंसाका घटना बाहिर नआउनुमा अर्को कारण परिवारको बिखन्डन पश्चात छोरा छोरी सित अलग हुनु पर्ने डरलाई पनि लिन सकिन्छ। कानुनत : छोरा छोरीमा बाबुको भन्दा आमाको बढी हक लाग्ने भएकाले छोरा छोरीको मायाको कारणले पनि यस्ता घटना बाहिर आउन पाउदैनन।
४. पुरुष हिंसा बारे जानकारीको अभाव- कस्तो प्रकारको हिंसालाई पुरुष विरुद्धको हिंसा भन्ने बारेमा चेतनाको अभाब मात्र होइन कानुनी रुपमा नै परिभाषा को अभाब छ। शारीरिक हिंसाको बारेमा केहि हद सम्मको चेतना भएता पनि धेरै पुरुष हरुमा मानसिक हिंसाको बारेमा जानकारी पाईदैन। हिंसा पहिचानको अभाबमा पनि धेरै पुरुष विरुद्धको हिंसा बाहिर आउन पाउदैन।
५. पुरुषलाई सजिलै दोष जान सक्ने सामाजिक वातावरण -नेपाली ग्रामिण क्षेत्रमा महिला हिंसाको विरुद्धका कार्यक्रम पुग्न नसकेता पनि सहरी क्षेत्रमा यस्ता कार्यक्रमहरु व्यापक रुपमा गरिने गरिन्छ। महिला हिंसाको बारेमा सहरी क्षेत्र यति धेरै संवेदनशील देखिछन् कि कुनै पनि घटनामा सजिलै पुरुषप्रति दोष जाने अवस्था छ। कुराको गम्भीरतामा नपसी सजिलै पुरुष नै सर्बमान्य दोषी हुनु पर्ने डरका कारण पनि यस्ता घटना बाहिर आउन पाउदैनन।
पुरुषविरुद्ध हिंसाको मानसिक प्रभाव
पुरुषविरुद्ध हिंसाबाट पिडित पुरुषहरु विभिन्न प्रकारका मानसिक बिचलनबाट पिडित हुन्छन। जस्तो कि आत्मा विश्वासको कमि , अनिन्द्रा,लज्जा बोध ,आफु दोषीको अनुभव गर्नु ,बेचैनी ,डर ,एक्लोपन र रित्तो पन ,रक्शि र लागु पदार्थ को कुलत , टोलाउने, यौन अरुचि ,काममा अल्छि पन र काममा तल्लो स्तरको प्रदर्शन आदि। गम्भीर अवस्थामा अपराध गर्ने र आत्महत्याको बाटो रोज्ने गर्छन। पुरुष विरुद्धको हिंसाको मानसिक प्रभाव परिवारभित्र छोरा छोरीलाई पनि पर्दछ। यस्ता पुरुष विरुद्धको हिंसालाई नजिकबाट हेरेका बालकहरु पछि गएर हिंसा र बलात्कारका घटनामा संलग्न भनेको कुरा खोजले पुस्टि गरेको छ।
लैगिक समानता अपरिहार्य छ। तर धेरै मनिस हरु मा यसको बुझाई मा प्रस्टता पाईदैन। महिला अधिकार र महिला विरुद्ध को हिंसा को नारा को अगाडी लैगिक समानताको सहि अर्थ छाया मा परेको देखिन्छ। महिला हिंसा विरुद्ध को लडाई र पुरुष हिंसा विरुद्ध को लडाई एक अर्को विरुद्ध को लडाई होइन। यो सिंगो हिंसा विरुद्ध को लडाई हो। हिंसा सधै निन्दनीय छ तसर्थ यसको अन्त हुनु पर्छ।
(क्लिनिकल साइकोलोजिस्ट ज्ञवाली हाल जापानमा अध्ययनरत छन्। उनलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ)
[तपाईँले पनि हिंसाबाट पीडित पुरुष कोही देख्नुभएको वा चिन्नुभएको छ ? पुरुषको नाम नखुलाई आफ्नो अनुभव सुनाउने मन भए तल कमेन्टा लेख्नुस्]
यसै बदनाम उसै बदनाम..एक्लो ज्यान सरकार ले पाल्छ …हिंशा लै हिंशा ले समाप्त पार्छ…नेपाल मा के कानुन ….येह सबै पिडित..जे मा नि हाकिम देखि पिउन सम्म बुस देखि साइकल सम्म तारे होटल देखि फुत्पट सम्म नेता देखि हाली सम्म कहाँ कहाँ छैन हिंशा ५ जना केटा ले १ जना केटि लै एक्लै जबर्जस्ति गरेको बलात्कार रे ५ जना केटि मिलेर १ जना केटा लै जबर्जस्ति गरौना लगायो भने बलात्कार होइन झुटो रे.के भनेर साध्य छैन …..न्याय पाऊ..जो कोहि पिडित पक्ष्य ले.पुरुस होस् या महिला…
एकदमै अचम्मको, संसारमै नभएको कानुन छ नेपालमा / पुरुस महिलाबाट जतिसुकै पिडित भएपनि विभिन्न कारणले आफ्नो पीडालाई बाहिर ल्याउन सकेको छैन / लेखक ज्यु ले माथिनै दर्सैसक्नु भएको छ, ति बिबिध कारणले गर्दा दुष्टमहिलाहरुले गरिरहेको कानुनको दुरुपयोग समयेमै रोकिएन भने पिडित पतिहरुले दुष्ट महिलाहरुको बिरुद्ध मा “पुरुष हिंसा महिला बिरोधि आन्दोलन” नै चलाउनु बाध्य हुनुपर्ने छ / तेसैले अब बन्ने संबिधानमा एस्तो कुरालाई कडा भन्दा कडा ढंगले सम्बोधन गरिनु पर्दछ /
मेरो एक जना साथी पनि विगत सात वर्षदेखि स्वास्नी पिडित भएर बसिरहेका छन् । विवाह भएको करिव केही महिनामात्र संगै बसेर आफ्नो श्रीमानलाई परिवारबाट अलग गराई भिन्नै बस्ने मनसाय लिएकी महिलाले नसक्ने भएपछि पतिको घरमा दिनहुँ झै-झगडा गराउने तथा अन्य अप्रिय घटना घटाएर पतिको घरबाट एकाएक माइती गएर बसेको अवस्था छ । झण्डै ६-७ वर्ष सम्म पनि श्रीमानले बोलाउँदा समेत नआई अलग भई बस्नु परेको वाध्यताले मानसिक रूपमा निकै विचलित भएको अवस्था छ । हाल आएर उल्टै झुठा व्यहोरा सहित दाईजोको विषयको कुरा उठाएर केटी पक्षबाट अनावश्यक दुःख दिन जिल्ला अदालतमा मानाचामल तथा अंश पाउन भनी मुद्दा हालेको अवस्थाले अझ झन् केटा लगायत केटा पक्षका परिवार समेत मानसिक तनावमा परेको छ । केटी र केटा दुवैको राम्रो जागिर भई तलब समेत बराबरी भएको अवस्थामा पनि केटाको स्थायी र केटीको अस्थायी भनेर जिल्ला अदालतले केटा पक्षको तलबबाट मानाचामल भराउँदा केटा झन् झन् मानसिक सन्तुलन नै गुम्ने अवस्थामा पुगेको छ । यस्तो अवस्थामा केटा पक्ष न्यायको लागि सर्वोच्च अदालत सम्म नै मुद्दा लड्ने सोचमा रहेको छ भने वकिललाई तिर्ने पैसा¸ जीवन निर्वाहको लागि चाहिने खर्च लगायत मानाचामल भराउनु पर्ने वाध्यताले ग्रसित भएर बसेको अवस्था छ । केटी पक्षलाई भने वकिलको वन्दोवस्ती एक गैरसरकारी संस्थाले गरेको बुझिएको छ जसको बहस फी नलाग्ने भनिएको छ । तर साथीको कुरा अनुसार केटी पक्षले अंश मुद्दामा समेत जित हासिल भएमा कति प्रतिशत हो बहस गर्नेलाई दिने भनेर कुरा भएको छ रे । हो वा होइन भगवान जानुन् । तर जस्तै भए पनि अदालतले न्याय दिनेछ भनेर साथी लागि परेको छ । सर्वोच्च अदालतमा पुग्दा समेत न्याय नपाएमा आफ्नै मनभित्रको अदालतले आफ्नो विपक्षी विरूद्द जस्तो सुकै निर्णय लिएर भए पनि दण्डित गर्ने र सो-न्याय पाउने भनी बसेको छ ।
यस्तो अवस्थामा महिला-पिडीत पुरूषले न्यायालयबाट समेत न्याय नपाउँदा महिला विरूद्द झन् हिंस्रक हुन सक्ने संभावना बढ्दै जान सक्ने अनुमान लगाउन सकिन्छ । देशको महिलामुखी कानुन तथा महिलामुखी न्यायालयका पदाधिकारीहरूलाई अबको संविधान लेखन तथा कानुनमा पुरूषमाथि महिलाले गर्ने हिंसाका विषयमा समेत उल्लेख गर्नु पर्ने र देशमा हरेक परिवारमा खुशी ल्याउने प्रकृतिको कानुन बन्नेछ भन्ने आशा गरेको छु । साथै¸ पुरूष र महिला तथा महिला र पुरूष विच हुने शारिरीक¸ मानसिक¸ भौतिक र आर्थिक हिंसामा सही के हो र गलत के हो भनी प्रष्ट बुझेरमात्र सही निर्णय लिन सम्बन्धित सबैलाई अनुरोध गर्न चाहन्छु । हचुवाको भरमा महिलामुखी गैर सरकारी संस्थाहरू पनि तपाईंले साथ दिइरहेका महिलाको नियत त खराब छैन भनी बुझेरमात्र साथ दिनु होला नभए तपाईंको संस्था कै ईमेजमाथि नै सबैले शंका गर्नेछ ।
Though i partially agree with this situation.But Almost men are damaging females life.They rule with very traditional way forgetting male and female both are of the same generation.In the beginning they treat very well for their wife but later on they show very indifferent character to wife.may be its not true for all but maximum are due to careless and irresponsible habit of husband most of wife start alternative way for their living life.in fact independent wife are also facing these type of problem so better relation should not be mixed with gender,wealth from the beginning otherwise it will change in any bad situation either for husband or for wife.But my question is always how we made our relational ground with each other.fact i believe maximum women are victim till date but ofcourse ther are male are also victim
सपना जी,
तपाईको भनाई Almost men are damaging females life भन्ने विषयमा म विल्कुल सहमत छैन आजको महिला वा पुरुष लगायत प्राय सबैजना पढेलेखेका हुने भएकोले अहिलेको समाजमा महिलाको जीवन विगार्ने पुरुष विल्कुल हुन सक्दैन । बरु अहिले महिलाको हक र अधिकारको कुराले गर्दा घरायसी साना तिना कुराहरु पनि बाहिर ल्याई अधिकारका कुरा गर्ने भएकोले प्राय जसो परिवार विखण्डन हुन पुगेको अवस्था छ । महिला आफू स्वयंले आफ्नो जीवन विगार्ने गरेको पाइन्छ । ग्रामीण भेग वा समाज जहाँ अशिक्षाको कारणले गर्दा केही महिला प्रति शारिरीक वा मानसिक हिंसा भएको पक्कै होला र त्यस्तोमा गल्ती गर्ने पक्कै पनि सजायँको भागिदार नै हुन्छ र हुनपर्छ । तर प्राय सहरी जीवनमा आफ्नो ईज्जत र प्रतिष्ठाको कारण पनि अहिलेको समयमा महिलाप्रति हुने हिंसामा कमी आएको पाइन्छ । बरु सहरी जीवनमा महिलाहरु अधिकार र हकको कुरा गरेर पारिवारीक जीवन ध्वस्त पार्ने काम आफूस्वयंले अधिकारवादी संघसंस्थाको सहयोगमा गर्ने गरेको अवस्था छ । त्यस्तोमा अधिकारवादी संघसंस्थाहरु समेत सत्यतथ्य नबुझी थप मसला थपेर द्वन्द्द सिर्जना गर्ने गरेको पाइन्छ । उदाहरणको लागि तपाई हेर्न सक्नु हुन्छ आफ्नै छिमेकमा समेत महिला भन्दा बढी पुरुष नै पिडीत भएको पाइन्छ । अदालतमा समेत पुरषलाई मानसिक, शारिरीक, आर्थिक हिंसा गर्न महिलाहरु लागि परेका हुन्छन् । महिलाले जस्तै गल्ती गरेपनि आजको केही महिलामुखी पदाधिकारीहरु र कानुन महिलाकै पक्षमा भएको पाइन्छ ।
नेपालमा महिला हिंसा प्रतिको चर्को कानुन रहेको तर पुरुषमाथि महिलाले गर्ने आर्थिक, मानसिक र शारिरीक हिंसा प्रतिको कानुन नहुनाले आजको समाजमा पुरुषले महिलाको होइन महिलाले पुरुषको Almost females are damaging mens life
धेरै वर्ष अघिको कुरा हो आफ्नो घरखेत बेचेर विदेशमा कमाउन गएको पतिको सम्पूर्ण कमाई नेपालमा रहेकी पत्नीले अर्कै पतीसंगको रासलिलामा खर्च गरेपछि नेपाल फर्केर आफ्नो कमाई फिर्ता गराउन अनेक कानुनी उपचार गरेपनि नपाएपछि पत्नीलाई अन्तिम पटक भेट्ने भनी बोलाई हत्या गरी आफैं प्रहरीकोमा हत्या स्वीकारेको खबर पनि नआएको होइन । त्यसैले देशमा कानुन यस्तो बन्नु पर्दछ कि पुरूषले महिलाप्रति गर्ने हिंसा होस् वा महिलाले पुरुषलाई गरिने आर्थिक, मानसिक वा शारिरीक हिंसा होस् कानुन समान हुनु जरुरी छ । त्यसैले त न्यायालयमा समेत न्यायको प्रतिकको रुपमा समान न्यायको लागि पत्ती बाँधिएकी व्यक्तीको हातमा तराजु राखिएको हुन्छ ।
माथि उलेख गरीयको कुरा हरु हिन्म्सा होइनन धोका हुन्,हिम्न्साको परिभासा त अर्कै पो छ त नि लेखक जू,त्यो नर नारी दुवै मा हुञ्छ,अलि कम र बढी मात्र हो र नारी अलि नाजुक हुन्छन नर बज्र