-विजय ज्ञवाली, क्लिनिकल मनोविज्ञ-
समयमा उचित कदम नचाल्ने तर पछि त्यसको चर्चा गर्ने बानी भएका हाम्रो लागि प्रवेशिका परीक्षा एउटा राम्रो उदाहरण हो। प्रत्येक वर्षको परिणाम आएपछि विद्यार्थीले परिणाम कै कारण आफनो जीवन समाप्त गरेका समाचारले पत्रपत्रिकामा प्रमुखता पाउने गरेका छन्। जससँगै यसको औचित्यको चर्चा पनि हुने गरेको छ। चर्चा ठोस कदम को अभावमा फेरि अर्को वर्षसम्म हराउने गरेको छ। यो वर्ष पनि परीक्षा नियन्त्रण कार्यालयले एसएलसीको तालिका प्रकाशित गरिसकेको छ। तसर्थ समय नै यसको औचित्यमाथि विचार हुनु आवश्यक छ।
विगतको २ वर्षको परिणाम हेर्ने हो भने पनि कूल परिक्षार्थीको आधा प्रतिशत पनि उत्तीर्ण हुन नसकेको परीक्षाका कारण हामीले यो दुई वर्षमा १० जना विद्यार्थी गुमाइसकेका छौँ। यसबाट उनीहरुमा परेको मानसिक आघात र तनावको त कुनै लेखाजोखा छैन।
धेरैजसो विद्यार्थीहरुले आफ़्ना अभिभावकको आशामा खरो नउत्रिँदा सामाजिक दबाब र आफूप्रतिको हिनताबोधबाट टाढा हुनको लागि पनि आफ्नो जीवनको अन्त्य गर्ने गरेको देखिन्छ। एसएलसी सामाजिक प्रतिष्ठाको रुपमा प्रचारित भएको छ। मिडियाले एसएलसीलाई दिने उच्च प्राथमिकता र केही व्यवसायिक शैक्षिक संस्थाले सिर्जना गरेको अनावश्यक डरका कारण विद्यार्थीमा अनावश्यक दबाब सिर्जना भएको छ। अभिभावक स्वयमले पनि एसएलसीलाई प्रतिष्ठाको रुपमा लिइदिंदा अबोध बालबालिकाहरुले कठोर निर्णय लिनु पर्ने वातावरण बढाइदिएको छ।
अन्तर्राष्ट्रिय शैक्षिक कार्य तालिकालाई हेर्ने हो भने एकेडेमिक रुपमा एसएलसीको कुनै विशेष औचित्य छैन। औचित्यहीन एसएलसीले आवश्यकभन्दा बढी महत्त्व पाउँदा हामीले हरेक वर्ष हाम्रा बालबालिका गुमाउदै आएका छौँ। यसको तत्काल अन्त्य हुन आवस्यक छ। नेपाल सरकारले एसएलसी बोर्डलाई हटाई उच्च माध्यमिक शिक्षा परिषद्मा परिणत गर्ने भनिए तापनि अझैसम्म यो प्रक्रिया कार्यान्वयन नहुँदा विद्यार्थीहरुमा फलामको ढोका भनिने एसएलसी परीक्षाले सँधै एक किसिमको डर र त्रासको वातावरण सिर्जना गरिदिने गरेको छ जसको कारण विद्यार्थीहरुको मनोविज्ञानमा समेत विचलन आउनुको साथै आत्महत्या जस्तो गम्भीर समस्या पनि आउने गरेको कुरा अवगत हुँदाहुँदै पनि शिक्षा मन्त्रालय र सरोकार राख्ने अभिभावकसँग संगठनले कुनै कदम चालेको देखिँदैन। राजनीतिक घटनाहरुमा तुरुन्त नेपाल बन्द र आन्दोलनको घोषणा गर्ने विद्यार्थी संगठनहरुले पनि लाखौँ विद्यार्थीको जीवनसित प्रत्यक्ष सरोकार राख्ने यो विषयमा कुनै कदम चालेको देखिँदैन।
परीक्षाको मिति घोषणा भैसकेको छ। यदि यो वर्ष पनि हामीले हाम्रो बालबालिकालाई जीवन अन्त्य गर्ने प्रकारको मानसिक तनावको पुनरावृत्ति गरेका छौँ भने यसको अन्त्य हुनु पर्छ। समय अझै बाँकी छ यसको स्वरुपमा अझै पनि विचार गर्न सकिने समय छ।
तसर्थ सरकार ,शिक्षाविद र अन्य समन्धित निकाय बसेर यसको बारेमा कदम चाल्नु पर्ने देखिन्छ। यो वर्ष पनि परिणामको कारणले कुनै विद्यार्थीले जीवन लीला समाप्त गरे भने त्यसको सिङ्गो दोष हाम्रो हुनेछ।
(लेखक International university of health and welfare जापानमा विद्यावारिधि गर्दैछन् )
The main reason behind this problem is cropping up in our country is mostly because of the way education is put to the children. They are told that if they don’t study well they are totally screwed up, they will ruin their life and it’s just the end of the world. So, those who are not able to focus on study due to lack of motivation get further disheartened and choose the alternate (no matter how bad it is) ways out like suicide and things like that.
But as a matter of fact, we all are gifted with different talents and inclined towards different things. And education is not the destination, however it is a weapon which does make our journey to the destination easier. Suppose somebody has a great potential to be a singer,s/he is not supposed to be over the top in maths & Sciences. Students should firstly taught to find out and set the goal. If they do so they will absorb every topic being taught they think would be important to reach their goal. It creates intellectual curiosity within them and reinforce the learning mechanism. Secondly they should be shown the myriad of career choices available in the market, so they would never loose hope, and If plan A doesn’t work out there will be plan B, C & so on for them.
Nobody is born dumb. It’s just about he environment, some seeds thrive well in one environment while other thrive in other. We should end our culture of judging everyone with our own set of standards viz. a fish should not be judged by it’s ability of climbing trees and monkey with its ability of swimming. It’s as simple as that.
अन्तर्राष्ट्रिय शैक्षिक कार्य तालिकालाई हेर्ने हो भने एकेडेमिक रुपमा एसएलसीको कुनै विशेष औचित्य छैन। औचित्यहीन एसएलसीले आवश्यकभन्दा बढी महत्त्व पाउँदा हामीले हरेक वर्ष हाम्रा बालबालिका गुमाउदै आएका छौँ। यसको तत्काल अन्त्य हुन आवस्यक छ। ”
सर्ब सत्य कुरा लेख्नु भो | यो कुरालाई (एस.एल.सी) खारेज गर्ने कुरा पनि बिगतमा कुनै राजनैतिक संस्थाले अघि ल्याएको कुरा सुन्नमा आएको थियो …तेसै हरायो | यो कुराको अन्त्य हुनु जरुरि छ र बिशेस गरि देश विदेश घुमेका नेतृत्व वर्गले यसमा ध्यान दिएर एसको अन्त्य गर्नु जरुरि छ
Thank you for the writer who raised this issue. But for the school good opportunity for money making. And then who will raise this serious issue.
शिक्षा निति देशको भबिश्य निर्देशित गर्ने कुरा हो! तर हामिकहा युग र युगान्तकारी परिवर्तन् हुदापनी हाम्रो शिक्षा निति र सन्यन्त्र चाँही उही राणाछोरोले खेलाको राणी कै तालको छ!अनी त्यो राणाछोरोले चलायको राणीको कोखबाट जन्मेको सन्तान बाउसे र भारदार सुसारे भन्दा अरु के पो होला र खै! हामिले अब शिक्षा निति पद्दती र सन्यत्र पुरापुर बदलेर समय र युग अनुरुपको बनाइहाल्नु जरुरी छ!
निजि विद्यालयहरुलाई अभिभावक हरुसंग बढी भन्दा बढी पैसा धुत्ने बाटो …/
Hats off to the writer. This is called prevention is better than cure.
सर्बप्रथम लेखकलाइ धन्यवाद यो कुरा कोट्याउनु भएकोमा |
“अन्तर्राष्ट्रिय शैक्षिक कार्य तालिकालाई हेर्ने हो भने एकेडेमिक रुपमा एसएलसीको कुनै विशेष औचित्य छैन। औचित्यहीन एसएलसीले आवश्यकभन्दा बढी महत्त्व पाउँदा हामीले हरेक वर्ष हाम्रा बालबालिका गुमाउदै आएका छौँ। यसको तत्काल अन्त्य हुन आवस्यक छ। ”
सर्ब सत्य कुरा लेख्नु भो | यो कुरालाई (एस.एल.सी) खारेज गर्ने कुरा पनि बिगतमा कुनै राजनैतिक संस्थाले अघि ल्याएको कुरा सुन्नमा आएको थियो …तेसै हरायो | यो कुराको अन्त्य हुनु जरुरि छ र बिशेस गरि देश विदेश घुमेका नेतृत्व वर्गले यसमा ध्यान दिएर एसको अन्त्य गर्नु जरुरि छ | सबैको यसमा भलो छ |