मधुसूदन आचार्य, क्यानडा
क्रिसमस क्रिश्चियन धर्मावलम्बीहरु तथा पश्चिमीदेशका वासिन्दाहरुको प्रमुख चाड हो । यो चाड हरेक बर्ष डिसेम्बर महिनाको २५ तारिखका दिन मनाईन्छ । सबैलाई थाहा भएकै कुराहो कि क्रिश्चियन धर्मावलम्बीहरु भगवान् जिसस क्राइस्टको जन्मको रुपमा क्रिसमस चाड धुमधामका साथ मनाउने गर्दछ्न । पश्चिमी देशहरुमा २४ तारिखका दिन अधिकांश अफिसहरु आधा दिनमा नै विदा हुन्छ । २५ तारिखका दिन अत्यावश्यक सेवाबाहेकका सबै पसल तथा कार्यालयहरु विदा हुन्छन् । स्कूल तथा विश्वविद्यालयहरु केहिदिन अघिदेखि नै एक वा दुईहप्ताको लागि जाडोको विदादिई बन्द हुन्छ र नयाँ बर्ष लागेपछि खुल्छ । धेरैजसो कर्मचारिहरु यसैसमयमा आफ्नो संचित विदा लिई आफ्नो मातापिता भएको ठाउंमा वा अन्यत्र घुम्न जान्छन् । कतिपय देश, प्रान्त तथा राज्यहरुमा कार्यालयहरु २६ तारिखका दिन पनि विदा हुन्छ । बेलायत लगायत कमनवेल्थ राष्ट्रमा २६ तारिखलाई बक्सिड.डे भनेर भनिन्छ र सो दिन अधिकांश पसलहरुले अत्याधिक मात्रामा सामानहरुको भाउमा छुट दिई बर्षको अन्त्यमा पुराना मोडेका सामानहरु बेच्ने हुँदा मानिसहरुको पसलहरुमा विहानै देखि घुइचो लाग्दछ ।
साना कम्पनीहरु देखि ठूला कम्पनिहरुले बर्षमा एकपटक डिसेम्बर लाग्नासाथ आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई रात्रिभोज वा दिवाभोजमा निम्त्याई हर्षोल्लासका साथ खानपिन, नाचगान, एक आपसमा भलाकुसारी गरी मनाउंदछन् । त्यस्तै कतिपय साना कम्पनीहरुले रात्रिभोज वा दिवाभोज नगरे तापनि आफ्ना कर्मचारीहरुलाई क्रिसमस वोनस भनि केहि रकम दिन्छ्न । क्रिसमसमा गरिएको खर्चलाई अफिसको खर्चमा देखाउन मिल्ने कर सम्बन्धि नियमहरु सबैजसो पश्चिमि देशहरुमा छ ।
अक्टोवर ३१ तारिखका दिन हेलोइन मनाएको भोलिपल्ट नोभेम्बर एक तारिखका दिन देखि नै पसहरुमा, मलहरुमा क्रिसमसका सजाउने आदि सबैखालका सामान बिक्रिका लागि राखिन्छ । एक महिना अगाडि देखि नै कतिपय घरमा रंगी चंगी बिजुलीबाली तथा अन्य सजावटका सामानहरु प्रयोगगरी सजाइन्छ । घरभित्र क्रिसमस ट्रि सजाएर राखिन्छ । क्रिसमस ट्रि का लागि साल वा धुपिको सानो रुख वा प्लास्टिकबाट बनेको हरियो रुख प्रयोग गरिन्छ । यो रुखलाई बिभिन्न रंगी चङ्गी चिजहरुबाट सजावट गरिन्छ । आफ्ना नातेदार, इष्टमित्र, बन्धुबान्धवहरु एक आफसमा उपहार दिने गर्दछन् र आफुले पाएको उपहार क्रिसमस ट्रिको बरपर राख्दछन् ।
हामी नेपालीहरुले दशैंमा सबै परिवारजन एक ठाउँमा भेलाभई खानपिन गरे जस्तै क्रिसमस चाडमा पनि कतिपय परिवारहरु डिसेम्बर २४ तारिखका दिन नै भेलाभई विभिन्न परिकारहरु बनाई पारिवारिक रात्रीभोज गर्दछन् । तर कतिपय परिवारहरु भने डिसेम्बर २५ तारिखका दिन पारिवारिक रात्रिभोज गर्दछन् । कतिपय ठाउँमा डिसेम्बर २५ तारिखका दिन नै आफुले पाएको उपहारको प्याकेट खोल्दछन् भने कतिपय ठाउँमा भने भोलिपल्ट २६ तारिखका दिन विहान मात्रै खोल्दछन् ।
पश्चिमी धर्मनिरपेक्ष देशहरुमा क्रिसमसको विदा धार्मिकरुपमा नभई बार्षिक चाडका रुपमा दिइन्छ । अहिलेको क्रिसमस चाड व्यापारिक रुपमा बदलिएको छ । सबै उद्योग व्यवसायीहरु यसै समयमा आफ्ना विभिन्न सामानहरु बेच्ने प्रयास गर्दछन् । पश्चिमीदेशहरुमा कुनै पनि धर्मनमान्नेहरुको संख्या बढदो छ । यस्ता व्यक्तिहरुपनि क्रिसमसको बेलामा बार्षिक विदाको रुपमा क्रिसमस मनाउँदछन् । यही समयमा मानिसहरुले नयाँ ठाउँमा घुम्नजाने, मिठो खान पिन गर्ने, एक आपसमा उपहार लिनेदिने तथा व्यक्तिगत सामानकालागि अत्यधिक रकम खर्च गर्दछन् । सन् २००७ मा बेलायतम गरिएको एक सर्वेक्षण अनुसार सरदर एक व्यक्तिले झण्डै चारसय पाउण्ड क्रिसमसको बेलामा खर्च गर्दछ ।
अहिले क्रिसमस चाड संसारका दुई बिलियन मानिसहरुले मनाउँदछन् । क्रिश्चियन धर्मको कुनै इतिहास वा कुनै परम्परा नभएका देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ । इन्टरनेटको बढीभन्दा बढी प्रयोग तथा संचारको सुबिधाले गर्दा अहिलेको ग्लोवल इकोनोमिको जमानमा विविध कारण तथा देखा सिखीले वा एक आपसमा सम्पन्न देखाउन वा आफु पनि विदेशी परम्पराको ज्ञाता भएको देखाउनेआदि कारणले गर्दा नेपाल लगायत अन्य देशहरुमा पनि क्रिसमस मनाउनेहरुको संख्या बढदो छ ।
पश्चिमी देशमा बस्ने नेपालीहरुले कसरी मनाउँदछन् क्रिसमस ?
विदेशमा बसोबास गर्ने कतिपय क्रिश्चियन धर्म नमान्ने नेपालीहरुपनि क्रिश्चियनहरु जस्तै घर घरमा क्रिसमस ट्रि राख्ने र सजाउने गर्दछन् । पहिलो पुस्ताका नेपालीहरुले समेत आफ्ना बच्चाहरुलाई यो हाम्रो चाड हैन तर हामी यहाबसोबास गरेको हुनाले, घुमौ फिरौं, नयां लुगा कपडा, सामान किनौं, साथीभाई आफन्त मिली संगै खाना खाऔं तर क्रिसमस ट्रि चाई घरमा ल्याउन हुन्न भन्न सक्दैनन । आफ्नो धर्म संस्कृति बच्चाहरुलाई सिकाउन दशैंको टिकाको एक दिन विदालिई यसको महत्ववारेमा बच्चाहरुलाई सिकाउन सक्दैनन । तर क्रिसमस ट्रि घरमा ल्याएमा विदेशी भइन्छ भन्ने त्यस्ता नेपालीहरुलाई भ्रम परेको हुन सक्छ । दुईचार बर्ष नेपाल छोडेर बिदेशमा बस्नेहरुको यो चाल छ भने विदेशमा जन्मेका वा यहिं हुर्केका दोश्रो पुस्तादेखि के हुनेहो अचम्म लाग्दछ ।
बेलायत, क्यानडा, अमेरिका लगायत अन्य पश्चिमि मुलुकमा धेरै संख्यामा विदेशीहरु विभिन्न धर्मालम्बीहरु बस्ने भएकाले धेरैजसो पसलमा ह्याप्पी होलिडेज भन्ने लेखिन्छ, मेरि क्रिसमस भनिंदैन । त्यस्तै अफिसको पार्टिलाई पनि क्रिसमस पार्टि भनिंदैन, एनुअल होलिडेज पार्टि भनिन्छ । सहकर्मिलाई भन्दा मेरि क्रिसमस भनिंदैन, ह्याप्पी होलिडेज, सिजन्स ग्रिटिड. भनिन्छ । तर, बिडम्बना नेपाली नेपालीहरु बिचमा नै मेरी क्रिसमस भन्दछन । विदेशी गोराले चाहिं ह्याप्पी होलिडेज भनिरहेको हुन्छ तर हामी नेपाली भने मेरी क्रिसमस भन्दछौ, कस्तो दुःखको कुरा । इमेल तथा फेसवुकमा सबै नेपाली नेपालीबिचमा मेरी क्रिसमस भनी ग्रिटिड. आदान प्रदान हुन्छ, के गर्नु यस्तो देख्दा नेपालीहरुमा देखा सिखीको सोच तथा छेपारोले रड. बदले जस्तै कति चाडै नेपालीले रड. फेरेको भनी दुःख लाग्दछ । तर उहाहरुलाई लाग्ला मेरि क्रिसमस भनेर के भयो र ? घरमा क्रिसमस ट्रि ल्याएर के भयो र ? हुनत केहि भएन तर तपाईले आफ्नो पहिचान मेटाउंदै हुनुहुन्छ । पश्चिमी संस्कारमा तपाई आफ्नै पहिलो पुस्तामा घुलमिल भएर बिलाउंदै हुनुहुन्छ ।
हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु दशैं, तिहार, ल्होसार, बुद्धपूर्णिमा, शिवरात्री, रामनवमी, कृष्णाष्टमि, छैठ, गठेमंगल, इन्द्रजात्रा, फागु पूर्णिमा लगायत अन्य नेपालमा मनाइने चाड पर्वहरुका वारेमा बिदेशमा बसेपनि आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो । अर्काको देखासिखी गरेर आफ्नो रुटलाई लत्याउनु हुन्न, आफ्नो पहिचान भनेको आफ्नो रुट, आफ्नो संस्कृति, आफ्नो भाषा हो । अरुको धर्म संस्कृतिलाई आदर गरौं र आफ्नो धर्म संस्कृतिको जगेर्ना गरौं यहि नै सबै बुद्धिमानीको कर्तव्यहो जस्तो लाग्दछ ।
यो लेख लेख्नुको अर्थ क्रिसमस चाडको यथार्थ नेपालीभाषीलाई जानकारी गराउने उद्देश्यले लेखिएको हो । यो लेख कुनै धर्म तथा संस्कृतिको प्रचारगर्न वा कुनै धर्म संस्कृतिको निन्दा गर्नका लागि हैन । यो लेखलाई तोडमोड वा अन्य अर्थ नलगाई पढन सबैमा हार्दिक निवेदन गर्दछु । लेखको मूल उद्देश्य अरुको धर्म, चाड, परम्पराबारे जानकारी राखौं । तिनलाई आदर गर्दै आफ्नो चाड, परम्परा, धर्म (यदि तपाई कुनै धर्म मान्नुहुन्छ भन मात्र, हैन भने मानवसेवा नै ठूलो धर्म हो) आफ्ना सन्ततीहरुलाई सिकाऔं भन्ने हो ।
धन्यवाद ।
I like Christmas. It is a colorful festival. We should promote our own Nepalese culture and respect others also. Though it is called Christian festival, it is not. The Christmas comes from German Pagan practice of worshiping the winter solstice as the day of Sun, and the decorated tree as the symbol of fertility and rejuvenation. It is close to our ‘Indra jatra’ pole. On the other hand, no body knew when Jesus was actually born. Church took over the Pagan festival and declared it the birth of Jesus much later. By the way, even the title ‘Pope’ and the ‘Vatican’ were Pagan title and temple, taken over by Church. That is why, there are many Christian sects, which do not celebrate Christmas.
Very intresting article. I live in London and have been celebrating Christmas. However, it is not the religion I celebrate but the culture of this place. I feel it should be the way forward if one feels comfortable then we should not hesitate celebrating each others culture. For example celebrate culture of Dashain by non Hindu and vice versa celbrate Loshar, Eid etc by Hindu.
There should be no guilt for celebrating Culture of where you live it should be a good thing for cultural integration. This is my personal belief which I just wanted to share.
अस्ति मैले यस्तै आशय भएको स्टाटस फेसबुकमा प्रसारण गरेर Happy holidays भन्ने बानी हामी नेपालीले पनि बसाल्नु पर्छ मात्र भनेको थिएँ, मलाइ तातो न छारोसंग दशैँ बिरोधि र हिन्दु बिरोधि भनि आक्षेप लगाइयो| अस्ति दशैंको द पनि उच्चारण गरेको थिइन| अब त भन्ने पर्ने भयो| देशको परिवर्तित् अवस्थामा “नेपालको एकमात्र महान चाड बिजया दशमी’ भन्न अब मिल्यो र ? ल्होसार,साकेला,योमरी पुन्ही आदि के नेपाली चाड होइन ? हिजो देश हिन्दू राज्य हुँदा हिन्दूहरुको बोलावाला थियो,यो कुरा मान्य थियो| अब देशै धर्म निरपेक्ष भैसकेपछि ‘एकमात्र महान चाड’ भन्न मिल्यो र ? त्यसैले अब समाबेशी भाषातिर उन्मुख भै “शुभ दसैं’ शुभ तिहार ‘शुभ ल्होसार’ सुभ साकेला ‘शुभ योमरी पुन्ही’ भन्न थाल्ने पो हो कि ! हामी ओठे सदभाव खुबै गरिटोपल्छौँ| अब ब्यवहाँरिक रुपमै सदभाव प्रकट नगरि सदभाव अक्षुण्ण नरहला जस्तो भयो|कसैले पनि कसैलाई अल्मल्याउने जमाना गयो अब ! क्रिस्मस र नयाँबर्षको उपलक्ष्यमा Happy Holidays !!!!
ंन्युयोर्कस्थित हाम्रो टोलमा अहिले घरैपिछे झिलिमिली बत्ती बालिएको छ|मैले पनि घर अगाडि यसो मेन्जो बत्ती बालेर ल्याएको छु | तर मेरो छिमेकी,गुजरातीको घर अन्धकार छ | उ अमेरिका आएको लगभग २३ बर्ष भयो|क्रिसमस मान भनेर उसलाई कसैले जोर्जबर्जस्ती गर्दैन,तर सारा अमेरिका झिलिक्क भएको बेला,उ मात्र किन झ्याप्प! घर अगाडि दुई चारवटा बती बालेर एक्यबद्वता जनाउन किन कन्जुस्याइँ गर्या होला ? कति साह्रो धार्मिक अहं र कट्टरता!!!!!!!!!जबकी त्यही देशले उसलाई सबैचिज दिएको छ !!!
” हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु….का वारेमा … आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो” | हो, पक्कैपनि| आफ्नो संस्कृति र भाषालाइ जहाँ सुकै गए पनि वा बसेपनि जगेर्ना गर्न सकिन्छ| ख्यातिप्राप्त अंग्रेजी र फ्रेन्च गायिका सिलिन डिओंले १४ वर्षको उमेरमा बल्ल अंग्रेजी सिकेकी रहिछन, क्यानाडामा जन्मेर पनि!
तर यसो भनिरहँदा उहाँको दोश्रो परिच्छेद चाही अलि अतिसयोक्तिपूर्ण लाग्यो| केहि दिन अघि मात्र मैले एक हूल बिदेशी नेपाली पोशाकमा सजिएर र ति मध्ये एक जोडी बेहुला बेहुलीको नेपाली पहिरन लगाएर बिहेको तैयारी गरेको देखेको थिएँ, माइक्रो बस बाट| नाटक हो कि जस्तो लागेको थियो तर आजकल यसरि नेपालि संस्कार अनुसार विवाह गर्ने बिदेशी जोडी हरु धेरै रहेछन| आफ्नो जीवनको यति महत्वपुर्ण दिन समेत आफ्नो भन्दा बिल्कुल फरक संस्कार अनुसार गर्नुलाई तपाईं हामी कसैले नराम्रो टिप्पणी गर्दैनम, उल्टो ” वाहवाह! क्याबात” भन्छम | यदि पश्चिमेलीले पूर्वीय संस्कृति मानिदींदा त्यसलाई एउटा गर्वको उदाहारणको रूपमा प्रस्तूत गर्ने हामीले के ख्रिसमसिय रुख राख्दैमा आफ्नो संस्कृति बिर्सेको भन्न मिल्छ र? चाडपर्व हरु आदान प्रदान हुनुमा म केहि नराम्रो देख्दिन है| बिस्तारै छठ पाहाड तिर पनि मनाइदै छ ; मधेसी मुलकाले पनि दशैं मान्छन| भोलि उधौली उभौली वा ल्होसार मा बाहुन छेत्री साथ् मुसलमान र ख्रिस्तियाली सबै मिलेर नाच्लान– यस्तो पो हो त आइडियल समाज|
सांस्कृतिक, अझ भाषिक जगेर्नामा सचेत हुनु पर्छ, तर साथ् साथ् सांस्कृतिक सान्कुचिकताबाट पनि माथि उठ्न सक्नु पर्छ ||
संजिव जी र मेरो कुरा त ठ्याक्क मिल्दो रैछ – अक्षर अक्षर !!! क्या गजब छ बा, मेरो कमेन्ट कोट गर्न खोज्दा यस्तो भा त हैन?
म सधै (भी. ओ. ए.) भोईस अफ अमेरिका सुन्ने गर्छु / भी ओ ए रेडियोको कार्यक्रम संचालकले त मेर्री क्रिसमस भन्दैनन त / उनीहरु हप्पी होली डे नै भन्दा रहेछन / यहाँ चै किन मेर्री क्रिसमस नै भन्नु पर्ने हो भन्दै बिबाद गर्या बुझ्न सकीएन / सायद ज्यदा जसो मेर्री क्रिसमस भन्नु भन्ने प्रतिक्रीया दिनेहरु चाही भ्याटिकन सिटिका नेपाली दुत होलान भन्ने हाम्लाई लागिराछ /
लेख सारै सान्धर्विक लग्यो,
केहि कमेन्ट हेर्दा हामी नेपाली देख्दा अचम्म लग्यो !!! हामी सारै उदार हो, या पटमुर्ख…..??
उदार हुनु, मोडर्न हुनु भनेर अर्काको संस्कार पुरै निल्नु बिष सेबन गर्नु हो !
अरुको संस्कार अंगाल्नु भनेको पराधीन अगाल्नु हो, जहाँ आत्मा सामानको साथ जिउने ठाउँ हुन्न !!
जागौ, जागौ !!!
हामीपनि येहिँ क्यानाडामा नै बस्छौ हे लेखक ज्यु , विदेशमा बस्ने हामि नेपालीहरुलाई दुवै चाड पर्व ( दशैंतिहार वा अन्य नेपाली पर्व र क्रिसमस वा अन्य बिदेसी पर्व ) रमाइलो गरि मनाउन पाइएकोमा धेरै खुसि छ. कुवाबाट बाहिर निस्कनु पर्यो. तपाई जस्तो negative sense भएकाहरु बाट यो समग्र बिश्वको ( ग्लोबल विलेज को कन्सेप्ट मा विश्व हिडी रहेको बेला) भलो हुने देखिदैन.common wake up now ,कनेडिअन नेपालीलाई संकीर्णता घेरामा बाध्ने प्रयास नगरौ. चेतना भया.
लेखकले आफ्नो धर्म र सस्कृति को जगेर्ना गर्नु पर्छ भनेको मा सायद दुइ मत नहोला तर जुनसुकै चाडपर्ब मनाउदै मा आफ्नो धर्म सस्कृतिमा आंच आउछ भन्नु भने अत्युक्ति नहोला /अझ बिदेसमा बस्नेले आफ्नो धर्म सस्कृतिमा बिर्सेको भन्नु भनको सरासर गलत हो / हो मानिस बाध्यता बस बिदेसमा बस्न परेपनि उनीहरुमा आफ्नो देशमा बस्दाको भन्दा बढी आफ्नो धर्म सस्कृतिमा प्रति चासो हुन्छा र आफ्ना केटाकेटी हरुलाई खुसि पर्न र समय सापेक्ष हुन पनि बिदेसी चाडपर्ब पनि मनाउनु पर्ने हुन्छा यो त केवल संस्कृति को आदान प्रदान मात्र हो / र यो पनि बुझी रख्नु पर्ने हुन्छा कि आफ्नो संस्कृति लाई मजबुत बनौन आर्काको संस्कृति लाई पनि बिर्सनु हुदाना / आन्तामा सबै लाई Happy Holiday
बिष्णु अधिकारी
साह्रै कन्जुस बिचार पोख्नुभयो साथीले!
तेस्तो आफ्नो संस्कृति र संस्कारमा या हुन्थ्यो भने क्यानडा तिर नाभासियाकै राम्रो हुन्थ्यो होला!
होलिडे भनेको एउटाकुरा हो भने क्रिस्टमस भनेको अर्को कुरा! हप्पी होलिडे भन्नु र मेरी क्रिस्टमस भन्नु नितान्त फरक कुरा हो! मेरी क्रिस्टमस भनेर भन्दा क्रिस्चियन हरुको एउटा ठुलो चाडलाई सम्बोधन गरिन्छ भने हाप्पी होलिडे भन्दा छुट्टी र बिदा सुखद रहोस भन्ने! अब मेरी क्रिस्टमस नभनेर हप्पी होलिडे भन्ने हो भने, हप्पी होलिडे भन्दा ‘छुट्टी मजाहोस’ भनेर भने हुन्छ नि बरु. इङ्गलिस पो किन बोल्नु हो अरुको भाषा!
क्रिस्टमस भयकोले तेसलाई सम्बोधन गर्ने हो मेरी क्रिस्टमस भनेर अनि तेसैसंग होलिडे जोडियाकोले हाप्पी होलिडे भन्ने हो!
अरुको लाइ पनि सम्मान गरे आफ्नो पनि अवसर आउछ!
अनि कुरा क्रिस्टमस ट्रिको
यो धर्म भन्दा पनि एउटा उत्सबको सजावटको रुपमा प्रयोग गरिन्छ! हामि नेपालि र हिन्दुहरुले राखेको देवताको मुर्ति जस्तो होइन जुन सिधा धर्म र प्राथना संग जोडिन्छ!
घरको छेउमा क्रिसमस त्रि राख्दा तेसले घरमा रौनक र केटाकेटीलाई मनोरंजन दिदै उत्साह रमाइलो बाताबरण सिर्जना गर्दछ! तेस्मा ढोग्नु जानु पर्दैन न फुल अबिर अक्षेता र प्रसाद चडाउदै हरेक दिन छेउ बसी प्रणाम गर्दै धुप बत्ति बालि आराधाना गर्नु पर्छ! तेसो त रुख राख्नु प्रकृतिलाई सम्मान गर्नु पनि हो जुन कुनै धर्मको आफ्नो बपौति होइन!
तपाइँ अरुको धर्म र सस्कृतिको खेदो काट्नु भन्दा आफ्नो धर्म र संकृति अनि संस्कार र समाजिकतालाई कसरि उनीहरुको हाराहारी प्रतिस्पर्धात्मक उचाइमा पुर्याउन सकिन्छ भनेर सोच्नुस! हाम्रो धर्म र चाडमा के परिवर्तन र समायोजन आबस्यक छ कसरि यसलाई उच्च बनाउन सकिन्छ कसरि राम्रो ब्याबस्थापन गर्न सकिन्छ भनेर लेख्नुस बरु!
गोलमटोल डामांडोळ भन्या जस्तो!
बराबरी बनाउने दुइ तरिका हुन्छ!
एउटा उचाइकोलाइ काटेर वा गिरायर!
अर्को होचोलाई उचालेर बढ़ायर!
जहासम्म सकिन्छ पछिल्लो उपाय अपनाउनुस कोशिस तेस्मा गर्नुस अघिल्लो मा भन्दा!
जदौ
लेखको मुख्य उद्देश्य सायद जाहाँ गएपनि मौलिक संस्कृति नभुलौं भन्ने रहेछ,
तर लेखकज्यु, केहि दिनको लागि “फर”को रुख घरमा राख्न तुलसी, पिपल वा “बर”लाइ मिल्काउनु पर्दैन !!
मलाई त लाग्छ एउतै कुरा याद राख्न पर्छ ‘ When you are in Rome act like a Roman’
आफू त जन्मले बुद्ध अनुयायी नै हो , तर आदर्श को हिसाबले ‘नास्तिक’ मै पर्छु.
नास्तिक को अर्थ हो – कुनै पनि ग्रन्थ स्वत: प्रमाण नमान्ने र अनीश्वरवादी …
अतएव , स्वदेशी वा विदेशी संस्कारहरुमा मानवतावादी संस्कृतिको पक्षपाती हुँ .
सबै जात्रा , पर्व , उत्सव र चाडवादलाइ तटस्थ र साक्षी भावले हेर्ने अभ्यास थालेको छु .
एकचोटी जान्ने भएर MERRY CHRISTMAS भनेको एउटा गोरो लै झन्डै मारेन, भरे गोरे पर्यो JEWISH , आफु लाई गोरो जति सब क्रिस्टियन लाग्ने / यता गोरा हरु पनि चाड भन्दा एउटा बिदा को रुप मा हेर्चन/ आफु त सनातन धर्म परियो चाड मानिन्न र christmas tree पनि लेरौना किन भने हाम्रो एक जना दाई को छोरा छोरि लाई यता आए देखि रमाइलो को लागि tree लेर आए तर छोरा छोरि भने पछि क्रिस्टियन भए / HAPPY HOLIDAYS सब नेपाली दाजु भाई जो गोरो को देश मा बस्चन/
अरुले चाही फेसबुकमा मात्र मेरी क्रिसमस भन्दा टाउको दुख्ने र आफु चाही सिङ्गै ज्यान सहित मेरी क्रिसमसको देशमा अपडेट हुदा केहि नदुख्ने | वाहियात …
पोइल आउने अनि लोग्ने को घर को रिति रिवाज मान्दिन भन्न आली मिल्दैन होला |
देश अनुसार को भेष गर्नुपर्छ . बिकशित देश मा पलायन भएर मेरो देश मेरो संस्कृति भनेर भाषण गर्ने हरु देख्दा मलाई हासो उठेर आउछ.
समिप
होइन हाम्रा मधुसूदनजी क्यानाडाको कुन चाही कोप्चेरामा बस्नु हुदो रहेछ अहिले सम्म मेरी क्रिसमस भनेको सुन्नु भाको रहेनछ/ मेरी क्रिसमस भन्दैमा आफ्नो संस्कार भुलेको हुदैन अलिकति माथि उठेर सोच्ने हो कि मधुजी
मलाई मधुसुदन जी ले भन्न्लागेको कुरा ले येही माइसंसारमा तेही क्यानाडाको उदहारण दिएर लेखेको कथा ” जम्मरकट्टेल भाउजु …” को कथा को सम्झना गरायो
सबै धर्मको सम्मान गरौँ जानौ तर छेपाराले झैँ रंग नफेरौं
मधुजी को आशय येही हो
ह्याप्पी होलिडे अनि अंग्रेजी नब बर्षको शुभकामना !
मेरो नितान्त व्यक्तिगत वुझाइमा धर्म भनेको ज्ञान, स्थान, देश, समय र परिस्थिति र आवस्यकता अनुसार चल्छ । आ-आफ्नो उपलब्धता (आर्थिक, सामाजिक वा अन्य जे पनि हुनसक्छन्) र गक्ष अनुसार मनाउने हो र त्यसैलाई चलनको रुपमा स्थापित गर्छन् । धर्म सहजता, भाइचारा, बन्धुत्व र अपनत्वकालागि स्थापित एक किसिमको अलिखित सामाजिक नियम स्थापित गर्छ । तर यसैमा राजनीति मिसाइ दियो भने र लोभ थपिदियो भने त्यही धर्म व्यापार बन्छ, राजनीतिक उग्रता थपिदिए क्रुर बन्छ जुन हाल चलिरहेको छ ।
मौलिकताकै कुरा गर्ने हो भने दियो वा बत्ति बालेर गरिने हाम्रो मौलिक परमपरा मैन बत्ति निभाएर गरिनेमा ढालिदैछ । मेरो व्यक्तिगत वुझाइमा नभएको सम्पन्नता देखाउन मानिसले अरुको चलन नक्कल गर्छ । यदि उ आफैँ सम्मपन्न बन्न गयो भने आफ्नै पुरानो परम्परामा बाँच्न खोज्छ त्यही ठूलो हो भन्छ । यही आफैँ भित्रको अन्तरद्वन्दका बीचमा स्वदेशमा होस् वा विदेशमा नेपाली मन बाँचिरहेको छ आ-आफ्नै हैसियतका आधारमा ।
मलाई यो लेखमा भएका कतिपय कुराहरु त्यति मन परेन | यसमा भएका धेरै जसो कुराहरु लेखकका ब्यतिगत र मनोगत विचारहरु मात्र हुन् । अझ तेस्मा पनि आफै बिदेशमा बसेर अरु बिदेशमै बस्ने नेपाली हरुको बारेमा टिप्पणी गर्नु त झनै वाहियात कुरा हो । पश्चिमा देशमा धेरै जसो मान्छेहरु अरुको तौर तरिकामा टिप्पणी गर्न त्यति रुचाउदैनन् वा भनौन अलिक बडी सकारात्मक सोच राख्छन ( कम्तिमा बाहिरबाट केख्दा त्यस्तो लाग्छ, येथार्थामा के गर्छन, कसले पो भन्न सक्छ र) तर लेखक आफ्नै नेपाली दाजुभाइहरु प्रति संकीर्ण सोच राख्नु हुदो रहेछ र आफु चाही पानी माथिको ओभानो बन्न खोज्नु भएको रहेछ ।
मधुसुदनजी को अन्धो हिन्दुत्वको कुनै तुक मा देख्दिन . चाहे ह्याप्पी होलिडेज भनियोस या मेरी क्रिश्मस त्यो केवल शुभकामना आदान प्रदान मात्र हो . नेपाली क्रिश्चियनहरुले या बाइबलको नेपाली अनुवादले भगवान येशु भन्दैनन, हामी येशुलाइ प्रभु येशु भन्ने सव्द चलाउछौ . कुरा रह्यो क्रिश्मस ट्रीको, देशनै छोडेर क्यानाडामा बसेर ह्याम बर्गर खानु छ, भो धेरै आदर्शको नारा हामी पलायन भएका हरुको मुख बाट उचित सुनिदैन . हो देशमा नै भएकाहरु सम्मले भन्दा जायजनै मान्नु पर्छ, तर देशमा बस्न सक्ने अवस्थानै छैन भन्दै दुनिया नौटंकी गरेर बिदेसिने, अनि देशमा बस्न सकिन, सक्ने अवस्थानै छैन भन्दै एसाइलाम लिने अनि राष्ट्रवादको नारा लगाउने, जुन हामि पलायनवादीको निम्ति सुहाउदैन .
२५ दिसम्बर मा येशु को जन्म भएको कही उल्लेख छैन| यो त हामी हिन्दु हरु जस्तै प्रकृति को पुजा गर्ने पगान सम्प्रदाय का मानिस हरु ले मनाउने प्राचिन काल देखि मनाउने सुर्य देवता को नया जन्म भएको दिन अर्थात् दक्षिण अयनांत (Winter Solstice) हो|
के को धर्म, के राष्ट्र, कहाँ को रास्ट्रियता …….मैले विदेश मा रहेर सिकेको एउटै कुरा छ. जहाँ बस जसरि बस रमाएर बस. कसैको थाप्लो मा जबर्जस्ति केहि नालाद . नया पुस्ता ले आफै चुन्ने छ आफ्नो पात्रो मा आफ्ना रमाइला दिन हरु.
दुइ दिने जिबन मा रमाइलो गर्न कुनै नियम , तथा, सिमा नकोर.
सकिन्छ भने बिस्व कै सबै चाडपर्ब मनाउ…. जिन्दगि को प्रत्यक दिन चाडपर्वमय हुनेछ.
लेखक जी अलि कुवाको भय्गुतो पर्नु भयो जस्तो लाग्यो / लेखमा आफ्नो नाम पछाडी canada लेख्न भ्याउनु भएको छ, अनि कुरा चै देशभक्त गर्नु भएको छ/ हो कि त आफु विदेशमा बसेको छु भनेर फुर्ति लगाउने परम्परा तोड्न सक्नु पर्यो, हैन भने when in rome, do as romans do भन्ने कुरा लागु हुन्छ / तपाइलाई ठिक लाग्छ भने दौरा सुरुवाल / धोति कछाड लगाएर काममा जना सक्नु हुन्छ canada मा भएपनि, आफ्नो संस्कृतिको पहिचान को नाममा /
संस्कृति भनेको समय अनुसार बदलिने कुरा हो, श्राद्धमा बाध्न बिरालो खोज्न जाने कामलाइ आफ्नो संस्कृति र परम्परा भन्ने हो भने तपाइको मर्जी / त्यसो त नेपाल पनि christmas मानिन्छ, के गर्ने होला हो गाइ खनेको परम्पराले नेपालमा पनि सत्यानाश पार्ने हो कि 🙂 / संस्कृति र परम्परा भनेको देखावटी गरेर हुने काम हैन/ तर के गर्नु दशैंमा खसी बोका राँगा काट्ने काम संस्कृति बनिसकेको छ/
आखिर जे सुकै भए पनि बिदा त पाइयो नि त्यो क्रिस्मस,नया वर्ष ,eid ,राष्ट्र को बिशेस दिन किन नहोस विदेश मा त बिदा भए भैहाल्यो नि आराम त गर्न पाइन्छ नत्र काम नै गर्नु परे पनि overtime त पाइन्छ नि अनि मित्र हरु आफ्नो पहिचान को गफ चाही नदीम बिदेश मा बसेर नेपाली हू भन्नुस बुझ्ने बिदेशी ले हाम्रो पहिचान के हो भन्ने अनुमान गरिसकेको हुन्छ जुन सुकै देश मा भए पनि कि कसो सान्त भएर विचार गरम
लेखको आशय बुझ्नु पर्छ पाठक हो खाली नकारात्मक कमेन्ट मात्र गर्न आउछ नेपाली बुद्धि .
लेखकको भनाइ र आशय शत प्रतिशत सहि छ
Masdhusudhan ji, Please be more liberal in your thinking. Nothing is wrong with having a Christmas tree at your home and telling Children about its importance. I am sure there are many good things children can learn from this culture. And what’s wrong with saying Merry Christmas? I am sure you will be very happy to learn foreigners getting married in our traditional way but why get pissed off when someone from our culture wants to embrace their way. Who are we to judge how people from our culture should live their life. It will be wise not to give up your culture and tradition but common on it’s personal choice. I don’t know if you have any children or not but if you have then tell then about Santa and the purpose of Christmas tree. Give them gifts so that they won’t feel sad when their friends tell them about what they got from parents during Christmas. Learn to appreciate others culture then others will appreciate ours.
I don’t understand why the same person who becomes elated to hear the news about people from different culture celebrating our way becomes so worried and sad when people from ours embrace theirs.
Anyway, who am I to tell what you should think…..its your choice Madhusudhan ji….Happy Holidays!:)
To all reading this commet: Cheers Bro/Sis! Jai Nepal! BTW, I don’t have Christmas tree at my apartment and I don’t celebrate Christmas but am not opposed to people celebrating it. Enjoy life!
जमाना देखि लडाई झगडा को मुख्य कारण भनेको नै येही धर्म हो. यी सबै धर्म हरु लाइ सखाप पारेर एउटा मात्र धर्म – “मानवता को धर्म” मान्ने हो भने यो संसार को धेरै समस्याहरु समाधान हुने थियो. के गर्दा आफ्नो मन लाइ खुसि लाग्छ (अरु लाइ हानि न हुने गरि), तेही गर्नुस, यसै मा सबै को भलाइ छ.
जय नेपाल.
ओबामाले happy Dipawali भन्दा खुशी हुने, अनि नेपालीले Merry Chritmas भन्दा नेपाली संस्कृति छोड्यो भन्न अलि मिलेन !
म पनि टोरोन्टो बस्छु| देश अनुसार को भेष भने जस्तै Christmas मा Chritmas Tree घरमा राख्दैमा मैले नेपालीपन बिर्सेको होइन| र तपाइले तेस्तो निस्कर्षमा निकाल्नु भएकोमा दुख: लग्यो |
Just My Two Cents.
कुरा त राम्रै गर्नु भयो तर पश्चिमा संसार मा बस्न आइ सके पछि नेपाल को सबै चाड पर्वहरु सम्जिने र मनाउने कोसै लै फुर्षद होला जस्तो लाग्दैन | अब कुरा आयो किन मेरी क्रिस्समस भंचन भनेर त्यो त जोसलाई भन्न मन लाग्छ उष ले भन्छ तेश मा हामीले किन टाउको दुखाउने|
नेपाल मा पनि त सबै लाइ समेट्ने भनेर पचासौ विधा दिन्चन अनि सबै ले तेश मा सुभकामना आदान प्रधान गर्छन येहा किन गर्न नहुने|
आफ्नु सन्तति लाइ आफ्नु संस्कार सिकाउनु राम्रो हो, गर्नु पनि पर्च तर विदेश मा बस्छु भनेर आइसके पछि हिंग बाडेको टालो छ आझै भनेर चल्दैन |
ओ हो त्यो बिदेशी ले त नेपाली बोल्यो, नेपाली लुगा लगायो, टिका लगायो भनेर दंघ पर्ने अनि आफ्नै ले बिदेसेको रिति रिवाज विदेश मा यो भनेर मनायो भनेर कि न टाउको दुखाउने |
पोइल आउने अनि लोग्ने को घर को रिति रिवाज मान्दिन भन्न आली मिल्दैन होला |
यो मेरो नितान्त बक्तिगत सोच हो |
नेपाली को पचिहन खोइ ?? नेपाली को डान्स इन्डियनको कापी गरेजस्तो लाग्छ, नेपाली को खान इन्डियन को खान भन्दा कति फरक छ ??
म पनि विदेशमा बस्छु, नेपालीसमाजले संचालन गर्ने नयबर्सा र दशैँको पार्टीमा गयो, इन्डियनको bollywood गीतमा डान्स र इन्डियनको रेस्तुरांतबाट लागेको catering को खान बाध्य हुन्छु |
केहि अनविज्ञ इन्डियन हरुलॆ नेपाल इंडिया को स्टेट हो, वा धेरै नेपाली हरुलॆ पनि नेपाल त इंडियाले लागे हुन्थ्यो बिकाश गरिदिन्थ्यो इंडियाले भनेको सुन्दा, रीशले कन्सरी तथ्ठेयो, तर ऐले नेपालीको पहेचानहिन अवस्था र मौलिकताको कमि देख्दा के नेपाली सचिकै मौलिक राष्ट्र हो त भनेर कहिले कहिँ सोच्न बाध्य हुन्छु !
मधुसुधन दाई को लेख विदेशमा बस्ने हरु को लागि सान्दर्भिक छ, तर वहाको यो वाक्य “सहकर्मिलाई भन्दा मेरि क्रिसमस भनिंदैन, ह्याप्पी होलिडेज, सिजन्स ग्रिटिड. भनिन्छ” अलिक नमिले झैँ लग्यो किन कि Christmas लग्गतै New year पर्ने हुदा प्राय जसो: चाहे स्वदेशी वा बिदेशी साथी भाईहरु बीच ग्रिटिड. आदान प्रदान हुदा Merry Christmas and Happy Holiday’s or Merry christmas and Happy New Year भन्ने चलन-चल्ती विदेशमा बडी पाएको छु!
किन र नेपालमा हिन्दु बाहेक अरु धर्मावलम्बी छैनन् र? अरु सबैले तपाइको हिन्दु धर्मको हरेक चाड मनिदिनु पर्ने, सहिस्नुता देखाउनु पर्ने| तर तपैहरुले चै अरु धर्मको चै केहि पनि गर्न नहुने| यस्तो दोहोरो मानसिकता छोडौ मित्र|
झरना जी,
अरु धर्माबलम्बी छन्, र सबैले आफ्नो आफ्नो चाड मनाउन, खुसिसाथ् मिलेर बसुन, टनटै सकिन्थ्यो नि होइन र? नेपाल मा पहिले देखि नै ओमकार धर्म हरु मानिएको तपाई लाइ थाहा नै होला. यी ओमकार भित्र हिन्दु, बौद्ध, किराँती तथा अन्य प्राकृतिक धर्म हरु पर्छन. कुरा के भने हालै एउटा धर्म ले अचाक्ली गरेको छ, रातदिन आर्मी खटाएर प्रचार गर्छ, प्रचार गर्दा झुटो आश्वाशन, झुटो तरिका, झुटो सपना र झुटो सिद्दान्त मात्र नबाडेर अन्य धर्म शैतान को धर्म हो भनेर पनि सिकाउछ. नत्र तपैले इंगित गर्नु भएका हिन्दु हरु बुद्ध पुर्णिमामा पनि बुद्ध लाइ ढोग्ने नै हुन्, क्रिस्ट्मस मा पनि merry christmas भन्दै सुभकामना दिने पनि हुन्. तर यो नया धर्मको अचाक्ली पछि हिन्दु हरु पनि अलि अलि सजग हुन थालेका हुन्. त्यसरी बुझ्नु होला.
हो सुर्य जी! नेपालमा बरु सहिस्नुता पुर्वक अरु धर्मावलम्बीहरुले हिन्दुहरुको चाड मनाउदै आएका थिए, आहिले आएर हिन्दु हरुले पनि अरु लाई सम्मान गरि मनाउन थाल्या छन्| तर बिदेशका केहि नेपाली मूलका उपबुज्रुक टपर्टुईयाहरु खोर्क्रो रास्त्रियता, धर्म संस्कृति फलाकेर पो हैरान गरे| बिदेशमै हुने दशैंको कार्यक्रमहरुमा कति गोराहरु सपरिवार आएर टिका लागौचन, रमाइलो गर्छन, दशैंको सुभकामना आदानप्रदान गर्छन| यसको मतलब यो होइन कि उनीहरु हिन्दु भए| उनीहरुले अरुधर्मको सम्मान गर्न जानेको हो| अझ कति त दौरा सुरवाल, साडी लाएर आउचन| त्यो बेला सबै नेपालीहरु खुसि हुन्छन, गोराले पनि हाम्रो संस्कार, परम्परा मानिदिएको मा| त्यहि भावना आफुले पनि अरु धर्मलाई राख्न सक्नु पर्यो| क्रिस्त्मसमा क्रिस्टियनलाइ मेरी क्रिश्मस भनिदिदा उ पनि त खुसि हुन्छ नि| रह्यो कुरो घरमा क्रिस्त्मस रुख ल्याउने कुरो| त्यो त हेर्नुस सबैले आफ्ना लाला बालाको रहर ले ल्याउने हो| तिहारको जस्तो झिलिमिली, गिफ्टहरु अरु सबै को घरमा हुदा तर आफ्नो घरमा नहुदा कुन्चाई बालक खुसि हुन्छ होला| बच्चाको खुसीको लागि घरमा झिलिमिली पार्नु कुनै ठुलो कुरो होइन| तर मुख्य कुरो चै आफ्नो बच्चा बच्चीलै आफ्नो रितिरिवाज, परम्परा पनि सिकाउनु पर्चा| यदि त्यो गरिएन भने त्यो चै गल्ति हो, मेरी क्रिस्त्मस भन्नु र रुख ठड्याउनु गल्ति होइन|
क्यानाडामा बस्ने नेपालीहरुको लागि यो आँखाले देखे सम्म दसैं अझै पनि महान चाड हो।
खै किन हो साथीलाई बिरक्त लागेर दसैंलाई X-mas सँग दाज्नु भयो?
बरु नेपाल बस्दा दसैंमा आफ्नै घरमा टिका लायो खायो सुत्यो गरिन्थियो यहाँ खोजी खोजी आफु भन्दा ठुलाकोमा टिका लगाउन गइन्छ।
नेपालीले बिदेशमा Marry X-mas भने पनि happy holidays भने पनि के फरक पर्छ।
के के न छोरा छोरीको अंग्रेजी फरर पार्ने र भाबि सन्ततीको भबिस्य उज्वल पार्ने भनेर लाला बाला बोकेर अंग्रेजी बोल्ने देश आफैं लाग्ने अनि नेपाली भाषा धर्म संस्कृती चैं बिर्सिने भए भनेर टेन्सन लिने ? चिचीको पनि लोभ पापाको पनि लोभ गरेर त कता हुन्छ हौ लेखक ज्यु ? कि त छोराछोरीको अंग्रेजी फरर पार्ने र बिदेशियो भने मात्रै भबिस्य उज्वल हुन्छ भन्ने सपना छोड्नु परो कि त जता भिजे तेतैको सिक्छन भनेर चित्त बुझाउनु पारो | गोहीको आँसु झारेर काम छैन |
सोरै आना सहि . येस्ता सोच भएका हरु आफुलाई धेरै जान्ने हु भन्छन . होला पनि ..
हास्न पो मन लाग्यो.
आफ्नो त अब अंग्रेजी सुध्रे न बोल्नु ?
लेख को आसय राम्रो छ | तर क्रिसमस ट्री बिसेस गरेर बिदेस मा छोरा छोरीको कर काप मा नेपालि बाउआमा ले लेउने हुन् | नत्र उनीहरुलाई त्यो न सुन्तला फल्ने , न आँम फल्ने रुख किन्न किन खस खस ?
म लाइ एस्तो लाग्छ |
ब्लग लेख्नेलाई आफ्नो पहिचान को निकै माया लागेको बुझियो, गथे मंगल समेत सम्झनु भयो, सायद क्यानाडा मा बस्नु भएकोले होला / यस्तै नेपाली को पहिचान को मर्म नेपालमा पनि सबैले बुझेको भए संबिधान उहिले बनिसक्थ्यो/
I disagree. Bringing christmas tree and keeping at home doesn’t make you christian, its a symbol of family and unity. Also when you send kids to school in canada they will teach these tradition and values. So its nothing wrong about it. Also merry christmas is a greeting for christmas and happy holidays include christmas and new year. Remember the favourate song they play everywhere this time of the year..feliz navidad…which means happy holidays.
What I am trying to say is if you are living abroad like canada and USA its a culture and tradition here and its nothing wrong to celebrate your own way…by the way we do celebrate dashain,tihar and other important hindu festivals too…
Nothing wrong with appreciating other religions if you like them. Don’t know about Cananda, but here in England (London), I see everywhere Merry Christmas rather than Happy Holidays.
धन्यवाद आचार्य जी र सालोक्य जी लाई पनि. मेरो मनमा पनि यो कुरा खेलिरहन्थ्यो / आफ्नो धर्म र रिति रिवाज लाई भुल्नु राम्रोहोइन / अबदेखि सबैले happy होलिडे नै भन्नु होस् येदि त्यसो नभनी अन्यथा भनेको भए. मेरो पनि “सुखमय बिदा र नब बर्षको शुभकामना”.
मधुसुधन ज्युको लेखको दोश्रो अंशको तेश्रो परिच्छेदसंग म पूर्ण रूपमा सहमत छु –
” हामी बिदेशमा बस्ने नेपालीहरुले आफ्नो मौलिक चाडहरु….का वारेमा … आफ्ना सन्ततिहरुलाई सिकाएमा, जानकारी गराएमा हाम्रो परम्परा, संस्कृतिको जगेर्ना केहि पुस्ताकालागि भएपनि रहने थियो” | हो, पक्कैपनि| आफ्नो संस्कृति र भाषालाइ जहाँ सुकै गए पनि वा बसेपनि जगेर्ना गर्न सकिन्छ| ख्यातिप्राप्त अंग्रेजी र फ्रेन्च गायिका सिलिन डिओंले १४ वर्षको उमेरमा बल्ल अंग्रेजी सिकेकी रहिछन, क्यानाडामा जन्मेर पनि!
तर यसो भनिरहँदा उहाँको दोश्रो परिच्छेद चाही अलि अतिसयोक्तिपूर्ण लाग्यो| केहि दिन अघि मात्र मैले एक हूल बिदेशी नेपाली पोशाकमा सजिएर र ति मध्ये एक जोडी बेहुला बेहुलीको नेपाली पहिरन लगाएर बिहेको तैयारी गरेको देखेको थिएँ, माइक्रो बस बाट| नाटक हो कि जस्तो लागेको थियो तर आजकल यसरि नेपालि संस्कार अनुसार विवाह गर्ने बिदेशी जोडी हरु धेरै रहेछन| आफ्नो जीवनको यति महत्वपुर्ण दिन समेत आफ्नो भन्दा बिल्कुल फरक संस्कार अनुसार गर्नुलाई तपाईं हामी कसैले नराम्रो टिप्पणी गर्दैनम, उल्टो ” वाहवाह! क्याबात” भन्छम | यदि पश्चिमेलीले पूर्वीय संस्कृति मानिदींदा त्यसलाई एउटा गर्वको उदाहारणको रूपमा प्रस्तूत गर्ने हामीले के ख्रिसमसिय रुख राख्दैमा आफ्नो संस्कृति बिर्सेको भन्न मिल्छ र? चाडपर्व हरु आदान प्रदान हुनुमा म केहि नराम्रो देख्दिन है| बिस्तारै छठ पाहाड तिर पनि मनाइदै छ ; मधेसी मुलकाले पनि दशैं मान्छन| भोलि उधौली उभौली वा ल्होसार मा बाहुन छेत्री साथ् मुसलमान र ख्रिस्तियाली सबै मिलेर नाच्लान– यस्तो पो हो त आइडियल समाज|
सांस्कृतिक, अझ भाषिक जगेर्नामा सचेत हुनु पर्छ, तर साथ् साथ् सांस्कृतिक सान्कुचिकताबाट पनि माथि उठ्न सक्नु पर्छ ||
Canadaमा बसेर सम्पूर्ण पश्चिमि मुलुकको प्रतिनिधि गरेर लेख्नु भएकोमा धन्यवाद तर लेख पढ्दा लग्छ ‘आज बिदा छ येसो तिमे pass गरम न’ भनेर लेखेको जस्तो देखिन छ । म चाही लण्डनमा बस्छु यो सहरलाई मानिस हरु Cosmopolitan सहर भन्छन , संसार भरि क मानिसहरु बस छन्, तेसै ले मलाई चाही Christmas मा Merry Christmas , Eid मा Eid मुबारक (आदि ) भन्न खासै बोलि को सत्यानास जस्तो लाग्दैन. तपाईलाई चै happy Holidays है 🙂