-डा. रन्जनकुमार दाहाल-
अर्मला क्षेत्रमा कुनै पनि हालतमा घर बनाउन हुँदैन। चुनढुंगे सिल्ट माटोमा पानी नहुँदा यो अति कडा हुन्छ र सजिलै खन्न पनि सकिन्न। अनि यसले बनेको जमिन अति कडा पनि हुन्छ। त्यसैले जनमानसले भूलवश यसलाई बलियो जमिनको रुपमा लिन्छन् र घर बनाउने गर्छन्। तर, वास्तवमा त्यस्ता घरहरु अन्डामाथि लागेको पातलो तहमा बनाइने घर जस्तो मात्र हुनेछ। अब मानवीय क्षतिलाई रोक्न तत्काल सिङ्कहोल भएका क्षेत्रमा बस्तिलाई हटाउन जरुरी छ। पूजाआजा गरेर, कालो र रातो कपडा चढाएर यो प्राकृतिक प्रकोप रोकिन्न।
अर्मलामा जमिन किन भासियो ?
-डा. रन्जनकुमार दाहाल-
पोखराको जमिनको बारेमा वैज्ञानिक कुरा गर्न भूगर्भविद् नै सक्षम हुनुपर्ने व्यवसायिक मान्यता अनुरुप र अहिलेसम्म बुझेको वैज्ञानिक कारणहरु र तिनीहरुको सूक्ष्म अध्ययनबाट प्राप्त जानकारीको आधारमा यो लेख तयार पारिएको छ।
सेतीको पानी किन सेतो?
मध्य नेपालको अति सुन्दर उपत्यका पोखरालाई भौगर्भिक रुपले अति नै रहस्यमय उपत्यकाको रुपमा लिन सकिन्छ। पोखरामा सेती नदीको रंग किन सेतो छ भन्ने कुराको जवाफ हामी धेरैजसोले सेती नदीको शिरमा चुनढुंगा पग्लिएर बनेको भन्ने रेडिमेड जवाफ सँधै सुन्ने गर्छौ।
गत सालको वैशाख महिनामा सेती नदीमा आएको बाढीको कारण बुझ्ने क्रममा सेती नदीको माथिल्लो भागको भौगर्भिक अध्ययन गरिएको थियो र सेतीको पानी सेतो हुने कारण बुझ्न सकिएको थियो।
अन्नपूर्ण चौथो हिमालभन्दा पश्चिममा रहेको अन्नपूर्ण भीमकाय खाल्डोमा रहेको पुरानो हिमतालमा हिमनदीले थुपारेको सेतो रंगको पिठो जस्तो सेतो माटो छ (चित्र नं १)।
यो सेतो माटोलाई वैज्ञानिक भाषामा सिल्ट भन्न सकिन्छ। हिम नदीले पुरानो हिमतालमा थुपारेको पिठो जस्तो माटो लाइ हिमपिठो पनि भनिन्छ।
यस्तो सिल्ट माटोमा अधिक मात्रामा चुनढुंगा र अरु विभिन्न किसिमका चट्टानको धुलो पिठो छ, त्यसैलाई सेती नदीले बगाएर ल्याउने गरेको छ। त्यसै कारणले सेती नदी सेतो हुने गरेको छ।
हिलो नलाग्ने माटो
मूलभूत रुपमा यसमा चुनढुंगाको धूलो बढी छ। यो सेतो चुनढुंगे सिल्ट माटो क्ले माटो होइन। सिल्ट भनेको वैज्ञानिक रुपमा क्लेभन्दा ठूलो र बालुवाभन्दा साना कणहरुले बनेको माटो हो।
पोखराको अर्मलाको जमिनमुनि रहेको सेतो “कमेरे माटो” भनिएको माटो पनि क्ले होइन र यो त्यही सेतीको शिरमा रहेको सेतो रंगको चुनढुंगे सिल्ट माटो हो।
सिल्ट भएकोले यसले हिलो हुँदैन र हातमा लिएर मुछेर फालिदिएमा हातमा हिलो लाग्दैन। हातल सुकेपछि टकटकाएर नै हात सफा हुन्छ। यदि कमेरो माटो हो भने त कमेरोले हातमा हिलो लाग्छ। हातमा लागेको हिलो टकटकाएर सफा हुँदैन, धुनै पर्छ।
अर्मलाको चुनढुंगे सेतो सिल्ट माटो सबैजनाले यहाँ उल्लेखित तरिकाले जाँचेर हेरे सिल्ट हो कि कमेरो माटो हो पत्ता लगाउन सकिन्छ।
कमेरे माटो हैन, सिल्ट माटो
अहिले सबैतिर अर्मलाको जमिन भित्र कमेरो माटो भएको भनिएको छ जुन आफैमा सहि होइन, यो त कमेरो जस्तो रंग भएको सेतो चुनढुंगे सिल्ट माटो हो। यो सिल्ट माटोमा बालुवामा जस्तो पानी सजिलै छिर्न सक्दैन र क्ले जस्तो पानी छिर्दै नछिर्ने पनि होइन।
चुनढुंगे सिल्टमा पानी छिरेर बग्न पायो भने यसले बिस्तारै बगेको बाटो खोल्दै जान्छ किनकि मसिनो चुनढुंगाको सिल्टका कणहरु पानीसँगै बगेर जान्छ।
यस्तो प्रकियालाई भौगर्भिक भाषामा पाइपिङ प्रकिया भनिन्छ। पानी बगेको भाग सानो दूलोको रुपमा परिवर्तन हुन्छ। कडा चुनढुंगामा पनि चुनढुंगा घोलिएर यस्तो दुलो बन्छ र गुफाहरु बन्छन्।
पोखरामा यस्ता गुफाहरु प्रशस्त छन्। यसैले अहिले अर्मलाको कारण खोज्ने क्रममा जसले पनि सजिलै कडा चुनढुंगामा जस्तो हुने समस्याको रुपमा बयान गरिरहेका छन् जुन आफैमा सही होइन।
कसरी बन्यो त सिल्टको थुप्रो?
अब अर्मलामा पाइने चुनढुंगे सिल्टको तह-तह परेको थुप्रो कसरी बन्यो भन्ने कुरामा एकछिन चर्चा गरौँ। पोखरा उपत्यकाको सेती नदीको बग्ने रुटभन्दा बाहिरी घेरामा यस्तो चुनढुंगे सेतो सिल्टको तह-तह परेको थुप्रो पाइने गरेको छ। जस्तो छोरेपाटनमा पुछारे खोलाको उत्तर पट्टी। हाल त्यहाँ जमिन प्लटिङ गरेर जग्गा विकास गरिएको छ। केही वर्ष पहिले त्यहाँ धापहरु थिए र चुनढुंगे सिल्टको उक्त धापमा बच्चाहरु डुबेर र पुरिएर मरेको कुरा अझै धेरै छोरेपाटनका पोखरेलीहरुलाई थाहा छ।
यो चुनढुंगे सिल्टको थुप्रो जम्मा हुने क्रम बुझ्नु पर्दा हामीले आजभन्दा झन्डै १४ हजार वर्षदेखिको कुरा सम्झिनु पर्छ। त्यो बेला सेती नदीमा अन्नपूर्ण चौथो हिमालभन्दा पश्चिममा रहेको अन्नपूर्ण भीमकाय खाल्डोमा (चित्र नं २) रहेको झन्डै काठमाडौँ उपत्यकाको आधा जत्रो आकारको ताल फुटेर चुनढुंगे माटोको लेदोसहित पोखरामा विशाल बाढी आएको थियो।
त्यो बाढीले ल्याएको लेदोमा चुनढुंगे सेतो सिल्ट, ठूलाठूला चट्टानका टुक्राहरु, ग्राभेल र बालुवा पनि थिए। पृथ्वीनारायण क्याम्पसको हातामा रहेको भीमढुंगा र महेन्द्र पुल बजारमा रहेको चिप्लेढुंगा ठूला चट्टानका टुक्राहरुका उदाहरण हुन्।
पानीसँगै आएको लेदोले हर्पन खोला थुनेर फेवाताल बन्यो, पुछारे खोला पनि थुनिएको थियो र ताल बनेको थियो। काली खोला पनि थुनेको थियो र ताल बनेको थियो। बेगनास ताल र रुपा ताल पनि यसैगरी बनेको हो। यसरी पोखराको वरिपरी सबैतिर प्रशस्त तालहरु बन्न पुगे। यहाँसम्म कि यस्ता तालहरु तनहुँको खैरेनी (कुम्ले खोला) सम्म बनेका थिए। तर यी तालहरुमा सेती नदीमा आएको विशाल बाढीमा आएका ग्राभेल र बालुवाहरु पुग्न सकेनन्। सिल्टमा हुने साना कणहरु ताल परेको पानीमा दुधिलो भएर धेरै समयसम्म तैरिएर रही बिस्तारै थेग्रिएको थियो र अहिलेको चुनढुंगे सिल्टको बाक्लो थुप्रो थुप्रिएको थियो।
काली खोलामा पनि यसरी बनेको ताल समयको परिवर्तनसँगै बिस्तारै सुक्दै गयो र सेतो सिल्टको लेदो थुप्रिएको धाप जमिनमा परिवर्तन हुनपुग्यो।
अर्मलामा पनि पहिले धाप थियो
हाल अर्मलाको घटना पछि त्यहाका सबै जेष्ठ नागरिकहरुले अर्मलाको दुहुनी खोला (नापी विभागले जारी गरेको नक्शामा यसलाई जुम्लेटी खोला लेखिएको छ, चित्र नं ३) क्षेत्रमा पहिले धाप भएको कुरा बताइसक्नु भएको छ।
यो चुनढुंगे सिल्ट माटोको धापमा बिस्तारै डाँडातिरबाट बगेर आएको पहिरोले ल्याएको ग्राभेल र बालुवा थुप्रिन थाल्यो र माथिल्लो तहमा खेतियोग्य माटो पनि जम्मा हुन थाल्यो र अन्तमा अर्मलामा धान खेति शुरु भयो।
साथै दुहुनी खोलाको पानी बग्ने बाटोलाइ बिस्तारै धान खेतमा परिवर्तन गरियो। यस कारणले नजिकैको पहाडको चट्टानका छिद्रहरुमा छिरेर बेसीमा मूल फुटी बग्नु पर्ने पानी दुहुनी खोलाबाट बग्नु पर्नेमा प्राकृतिक रुट नपाए पछि भित्रभित्र बग्न थालेको देखिन्छ।
भिडियो हेर्नुस्-
यो प्रक्रियाले अन्तमा दुहुनी खोलामा बग्नु पर्ने पानी भित्रभित्रबाट बगेर कालीखोलाको बगरमा चुनढुंगे सिल्ट माटोको थुप्रो छेडेर बगेको छ। सेतो लेदो पानीले दुहुनी खोला क्षेत्रमा रहेको ग्राभेल तहमुनि चुनढुंगे सिल्टको तहमा भित्रभित्र पाइपिङ गरी ठूलो दुलो बन्न गएको अर्मलामा देखिएको छ।
उक्त सेतो सिल्टको थुप्रोमा सानो दूलो बनेपछि दूलोसँगै दूलोको माथिल्लो भाग विस्तारै अर्धवृत्ताकार रुपमा भत्किँदै जाने गर्छ र दुलोको माथितिर भ्वांग पर्न थाल्छ।
भिडियो हेर्नुस्-
यस्तो भत्किने प्रकिया गोलाकार रुपमा हुने गर्छ। यसरी भत्किने प्रक्रिया क्ले र चुनढुंगे सिल्ट माटोमा जहिले पनि देखिन्छ। क्ले र सिल्ट बढी भएको माटोमा पहिरो गएपछि पहिरो गएको सतह धेरै जस्तो अवस्थामा चम्चाले घ्यु कोट्याएको जस्तो देखिने गरेको सबैलाई थाहा भएको कुरा हो।
यही प्रक्रिया अर्मलाको सिल्टको थुप्रोमा परेको दुलोको माथिल्लो भागमा पनि हुनगयो र परिणाम स्वरूप दुलोको साइज माथितिर बढ्दै गयो र भ्वाङ पर्न गयो (चित्र नं ४ग)
र अन्तमा माथिल्लो तहको वजनको कारणले ठूलाठूला भकारीको रुपमा भ्वाङहरु भत्किन थालेर यस्ता सिंकहोलहरु (चित्र नं ५) बनेको हो।
सिल्ट माटोमा अर्धगोलाकार भत्किने प्रक्रिया हुने कुरा हाल कालीखोलामा पानी निस्किरहेको दुलोको माथिल्लो भागमा सजिलै देख्न सकिन्छ (चित्र नं ६)।
नागथान बनाउन रकम उउठाउनुको साटो अध्ययन गरौँ
अहिले दुहुनी खोलाको पानीको प्राकृतिक बहाउलाई दुरुस्त पार्न खोला बग्ने नयाँ बाटो बनाउने प्रयास गरिएको छ तर यसको गहिराई प्रयाप्त छैन। खनिएको एक ठाउँबाट त पानी झनै सिल्टको भित्री तहमा छिरिरहेको हामी देख्न सक्दछौँ।
यसले समस्यालाई झनै बढाउने देखिन्छ। यदि तत्काल सिङ्कहोलको समस्या समाधान गर्ने हो भने दुहुनीखोलामा पानीको भित्री सतह पत्ता लगाएर खोलाको नयाँ बहाउ बनाउनु उपयुक्त हुन्छ। तर यो त्यति सजिलो काम होइन। यसका लागि मुनितिर पानी बगेको धारहरु पत्ता लगाउनु जरुरी हुन्छ।
यस्तो काम भूगर्भविद्हरुले (भुगोलविदले होइन) जमिनको भू-भौतिक सर्वेक्षण गरेर अध्ययन गरी गर्न सक्छन्। अहिले अर्मलामा नागको थान बनाउने भनेर रकम उठाउनुको भन्दा यस्तो अध्ययन गर्न तत्काल सरकारसँग माग गर्नु उचित हुनेछ।
भगवानलाई दोष दिएर भगवानमाथि अन्याय नगरौँ
हामी आफैले निम्ताएको प्राकृतिक समस्यालाई भगवानलाइ दोष दिएर भगवानप्रति अन्याय गर्नु भन्दा सम्बन्धित विशेषज्ञहरुसँग जतिसक्दो चाँडो जानकारी राख्न जरुरी हुन्छ। त्रिभुवन विश्वविद्याल को भूगर्भ विभागहरुमा यो समस्याको बारेमा जानकार धेरै विज्ञहरु छन् र यो समस्याको समाधान गर्न सक्ने सरकारी निकाय खानी तथा भूगर्भ विभागमा पनि जनशक्ति प्रशस्त छ।
कास्की जिविस र अर्मला गाविसले अर्मला क्षेत्रको भू-भौतिक अध्ययन गर्नको लागि दृढ संकल्पको साथ सरकारसँग माग अघि बढाएमा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागहरुले पनि सक्दो सहयोग रहने कुरामा कुनै दुई मत छैन।
घर बनाउन हुँदैन
अर्मला क्षेत्रमा कुनै पनि हालतमा घर बनाउन हुँदैन। चुनढुंगे सिल्ट माटोमा पानी नहुँदा यो अति कडा हुन्छ र सजिलै खन्न पनि सकिन्न। अनि यसले बनेको जमिन अति कडा पनि हुन्छ। त्यसैले जनमानसले भूलवश यसलाई बलियो जमिनको रुपमा लिन्छन् र घर बनाउने गर्छन्। तर, वास्तवमा त्यस्ता घरहरु अन्डामाथि लागेको पातलो तहमा बनाइने घर जस्तो मात्र हुनेछ। अब मानवीय क्षतिलाई रोक्न तत्काल सिङ्कहोल भएका क्षेत्रमा बस्तिलाई हटाउन जरुरी छ। पूजाआजा गरेर, कालो र रातो कपडा चढाएर यो प्राकृतिक प्रकोप रोकिन्न।
यहाँ घरहरु बन्न घरको जगको भिन्न किसिमको डिजाइन गरेर मात्र सम्भव छ यसको लागि इन्जिनियरहरुको मद्दत लिनु पर्दछ। यसैगरी, बौद्धिक समुदायले पनि कम्तिमा यस्तो विषम परिस्थितिको प्राकृतिक प्रकोपबारे आफ्नो व्यवसायिक हैसियत भूलेर भूगर्भविदले मात्र बताउन सक्ने समस्यालाई जथाभावी कमेन्ट नगरिदिए जनसमुदायमा अनावश्यक भ्रम पनि सिर्जना हुँदैन र संचार माध्यमले पनि गलत कुराको प्रचारप्रसार गर्दैन भन्ने कुरा हामी सबैले बुझ्नु जरुरी छ।
[दाहाल त्रिभुवन विश्वविद्यालय, त्रि-चन्द्र क्याम्पस, घण्टाघरका भूगर्भ विभागका सह-प्राध्यापक हुन्। उनले अर्मलाको स्थलगत भ्रमणपछि यो लेख तयार पारेका हुन्। उनका अन्य लेख र उनीबारे जानकारी उनको व्यक्तिगत वेबसाइटमा छ]
Thank you Ranjan Sir,I appreciate your article about Armala Problem.It is simple and comprehensive.
ENCROACHMENT OF LAND IN URMALA, KASKI CAUSING SINKHOLES IS MOST NONSENSE REASON-
WE SHOULD KNOW POKHARA (KASKI) IS BUILD OVER VOLCANIC LAND. EVERY MOUNTAINS FROM 4200 M ALTITUDE WERE ERUPTED BY A VOLCANO. REMEMBER EARTH’S OLDEST TROPICAL RAIN FOREST IS ALSO IN KASKI, MAKING IT WORLD’S WOUNDER.
TECHNICALLY
Pokhara is over Hydrothermal vents commonly found near volcanically active places, areas where tectonic plates are moving apart. Hydrothermal vents exist because the earth is both geologically active and has large amounts of water on its surface and within its crust. Common land types include hot springs, fumaroles and geysers, that’s why tourists enjoy hot springs at Bamboo (Rest village way to ABC).
Water in Seti River or water coming out from land is white because it is a mixture of Sulfate. And this is the main reason the oxygen isotope compositions of dissolved sulfate and water from hot springs making shallow drillholes (Sinkholes) causing sinking of land.
Main reason behind Sinkholes is the growing population in Kaski. Kaski must be save in order to save Earth’s oldest Tropical Rain Forest.
पोखरालाई फ्लोरिडा संग दाज्दा केहि उत्तर मिल्थ्यो कि ?
http://www.nature.com/news/florida-forecasts-sinkhole-burden-1.14337
राजनजी, लेख राम्रो लाग्यो, तपाइले यहाँ scientific article नेपालीमा लेखेको भएर होला, लेख पढ्न अलि अफ्ठ्यारो भएजस्तो महसुस भयो. तर यस्तो महत्वपुर्ण कुराहरु जनता समक्ष्य ल्याई दिनु भयो, हामी सबैलाइ sinkhole को बारेमा शिक्षा दिनु भयो, तपाइँलाई धेरै धेरै धन्यबाद!
Very scientific information from Ranjan sir about the Armala Problem. Still, there is lack of coordination of the concerned authorities on immediate response (considering such facts) as well as further precautions on other sides of Pokhara Valley regarding land use and construction of foundations/overall structures.
पुजा आजा मन को शान्ति को लागि गरेको हुन् | सायद न देख्ने भगवान ले आएर यो सब रोक्देलान भन्ने उनीहरुलाई पनि बिस्वास छैन होला |
दिर्घ रोगि , प्राक्रतिक बिपत मा परेका , मृत्यु दण्ड पाएका ले भगवानको आराधना गरेमा खिसी गर्न हुन्न , स्वाभाविक मान्न पर्छ |
भनेर के गर्नु, काठमान्डू का रैथाने जान्ने बुझ्ने भनाउदाहरु त ह्वाँ भीमसेनलाई पसिना आयो अब देशमा अनिष्ट हुन्छ, क्षमा पुजा गरेर संकट टार्नुपर्छ भन्ने खालको कुरा गर्छन र गरिरहेकाछन् ; बिचार अर्मलाबासी ले आफ्नै नाकअगाडी बिपत आइलाग्दा पुजाआजा गरेकोमा के आश्चर्य मान्नु र के सम्झाउनु? ??
धेरै राम्रो लेख लाग्यो. विद्वान/बैज्ञानिक हरुको लेख पढ्न सारै ज्ञान्बर्दक हुञ्छ. नेताहरु को लेख ले त रक्तचाप मात्रै बढाउने रहेछ. अब सर्ब साधारण हरुले जान्नु पर्ने भयोकि भूगर्भ विद हरुले खतरा छेत्र भनि औंल्याको ठाउँमा ज.द. हरुले बिकाश गरेको भनौ प्लतिङ्ग गरियको घडेरी किन्नु हुदैनारहेछा किनकि एक दिन त्यो आफ्नै वा आफ्ना भाबी सन्तानका लागि चिहान हुन सक्छ. धन्यवाद.
बच्चामा सुन्दै आएको थिएँ पोखरा पचास वष पछि भासिन्छ रे – कहिँ त्यसै भएको त होइन ?
यो लेखमा लेखिएको बस्ताबिकता नै अर्मलाको बस्ताबिकता हो.तेस कारण घर बनाउदा माटोको टेस्ट ,तेस्को बेअरिंग capacity कति ६ टेस्ट गरेर engineer को रेख देखमा घर बनाऊ . प्राकृतिक बनौट लाई बिनास गर्दा कालान्तर मा देखेको यो असर हो .अब सबै ले मनन गरौ.
धेरै राम्रो कुरा गर्नु भयो दाहाल सर… भगवान लाई मान्नु पर्छ. तर यो कुरा मा नाग पूजा गरेर केहि हुने वाल छैन
.
अति राम्रो लेख । मलाई त सार्है राम्रो लाग्यो । सर्वसाधारणले बुझ्ने भाषामा लेख्नु भएकोमा मूरी मूरी धन्यवाद । लेखमा चित्र नं ३ भने छुटे छ ।
अब तेहा को खोला लाइ बहाब परिवर्तन , ड्याम बनाउन तिर अर्बौ खर्च बन्द गरेर अर्मला को बासिन्दा हरु लाइ उचित मूल्य छेति पूर्ति दिएर दमौली, वा माथी दादा काडा, बाग्लुङ्ग , पर्बत तिर बसाइ सराइ गराउनु पर्दछ र तेहा अर्मला मा निजि वा सरकारी तह मा रेन्बो ट्राउट माछा पालन गरायो भने आर्थिक र tourist को लागि पनि हुने | प्रकर्तिक बिपत्ति जहाँ पनि आउन सक्छ जस्तै जापान मा दुइ वर्ष अघि सुनामी आयो र तेस सुनामीको कारण ले गर्दा जापान सरकार ले नेउकिलिएर बात निकाल्ने उर्जा सदा को लागि बन्द गर्यो तेसैले सरकार , जनता, बैज़निक ले मिलेर काम गरि जनता लाइ सतर्क गराउनु पर्दछ र येदि पर्कृतिक छेति भयो भने उचित छेति पूर्ति insurance वा सरकारी खर्च बात गर्नु पर्दछ ! सबै नेपाली लाइ insurance गर्नु पर्दछ घर बनाउदा भन्ने कडा कानुन घर बनाउनु भन्दा पहिले गर्नु पर्दछ | इन्सुरंस बिना को घर धनि देश मा हुदैन तेसै गरि इन्सुरंस बिना को गाडी चलाउन पनि पाइन्न र ठुलो प्रकर्तिक बिपाती हुदा बाहिरि देश, सरकार ले पनि सहयोग गर्ने चलन छ \
एकदम ग्यान बर्दक लेख छ !! बैगानिक हरु ले सत्य कुरो येसरी बाहिर ल्याउनु पर्दछ ! बिचरा अर्मला का बासिन्दा हरु लाइ insurance र सरकारले सहयोग गर्नु पर्दछ ! मलाइ लाग्दछ कि पोखरा उपत्यका घर बनाउनको लागि होइन कि यो उपत्यका मा ताल को बिकाश गरि tourist ल्याउनु पर्दछ घुमाउन को लागि किनकि संसारको मनमोहक हिमाली दृश्य येही बात हेर्न पाइन्छ !! मानब बस्ति लाइ बिस्तारै पोखरा बात हटाइ अनत्र सारी जस्तै भैरहवा, चितवन वा माथि डाडा काडा तिर बसाइ सारी पोखरा उपत्यका लाइ पार्कृतिक रुपमा छोडी जानु पर्दछ नत्र अरबौ रुपया यो सिल्ट माटो मा खनाई स्वा मात्र हुने हो | म एस्कुल मा पढेको बेला मा पोखरा को आयु ५० बर्स मात्र हो तेस्पची भासिञ्च भनेर कोहि बैज़निक ले भने भनेर हल्ला चर्चा हुन्थ्यो तर बास्तबिकता केहो थाहा भएँ तर आज डा. दाहाल सर ले धेरै कुरो येही लेख बाट जान्न सकिन्छ | धन्य बाद डा . रंजन दाहाल सर लाइ |
नजिकै बाट अबलोकन गरेर राम्रो लेख लेख्नु भएको छ. धन्यबाद. प्रा कृतिक प्रकोप को उपचार भगवान भरोसा गर्नु आशाहिन बिस्वास हो. बैज्ञानिक हरु सहितको राज्य को उपस्थितिले स्थानियाहरुलाई राहत मिल्न सक्छ .
आध्यात्मा पक्षमा विश्वाश गर्नेहरुले यस्तो प्रकोपको बेला दैवी शक्तिलाई गुहार्न पुग्छन् अनि धार्मिक पक्षका कार्यकर्ताहरु पनि विभिन्न काल्पनिक व्याख्या सहित सक्रिय हुन पछि पर्दैनन् तर सत्य तथ्य सहित वैज्ञानिक स्पस्टिकरणको आवश्यकता पनि थियो। भुगर्भ विभागका सह-प्राध्यापकद्वारा तयार पारिएको यस लेख पढेपछि जनमानसमा वास्तविक चेतना खुल्नु पर्ने हो अनि अबोध बालकमा रहेको जस्तो भ्रम पनि हट्नु पर्ने हो। बस्तीको दृष्टिले त्यहाँ हुन सक्ने असरको विचार पश्चात दीर्घकालीन निर्णय लिनु पर्ने पनि अपरिहार्य हुन आउँछ।
Good info and यदि सोम्बभ छ भने त्यो पानी को मूल बाट खन्दै पानी को मुललाई follow गर्दै जानेहो भने केहि रोकथाम गर्न सकिन्थ्यो किI
Thank you very much Ranjan sir for the comprehensive information.