चर्चित ढुंगेल/अनन्त पोखरेल
कतार– दोहा सहरदेखि झण्डै ७० किलोमिटर टाढा रहेको जमेलियाको मजरामा कार्यरत रामबहादुर नेपाली सात बर्षदेखि एउटै दैनिकी भोगिरहेका छन्। उनी विहान चार बजे बिउँझिन्छन्, उठ्छन्, हातमुख धुन्छन् र फ्रेस हुन्छन्। झण्डै वीस लिटर जाने जार साइकलको पछाडि बाँध्छन् र लाग्छन् दुई किलोमिटर टाढा रहेको एउटा मस्जिदमा चिसो पानी थाप्न। मालिकले ६ वर्षअगाडि मर्मत गर्न भनि लगेको कुलर नल्याइदिएपछि हरेक बिहान पानीको जोहो गर्न यसरी नै मस्जिदतिर भौँतारिने गरेको उनले सुनाए। उनी उखपात गर्मीमा पिचरोडको तातोमा साइकल पेल्दा हत्तुहैरान हुन्छन्। उनलाई गर्मी महिनाहरु नआइदिउन् जस्तो लाग्छ। फ्रिज छैन, भर्खर ल्याएको चिसो पानी एकाध घण्टामै तातिन्छ।
रामबहादुर र साथीहरु त्यही मजरामा पहिले सब्जी खेती गर्थे। मालिकले दिएको चामल हुन्थ्यो। ताजा सब्जी टिप्थे, पकाउँथे, खान्थे। तर अहिले घाँस खेती मात्रै छ। सब्जी किन्नुपर्छ। किन्दा खर्च हुन्छ। चामलबाहेक सवैथोक किन्नुपर्छ। चामल मालिकले दिन्छ– दुई जनालाई एक महिनाको एक बोरा। ६ सय रियाल तलव छ। त्यसबाट कति खानु? कति बचाउनु?
उनीसँगै एउटै काम गर्ने बंगलादेशी कामदारको भन्दा उनले सय रियाल कम तलव पाउँछन। विहान दुई सिफ्ट काम गर्छन्। मालिकको अर्को मजरामा तीन/चार हजार बाख्रा छन्, तिनै बाख्राका लागि रामबहादुर र अन्य तीन बंगलादेशी विहान साढे पाँच बजेदेखि साढे दस बजे र दिउँसो साढे दुई बजेदेखि सा“झ पाँच बजेसम्म घाँस काट्छन्, मुठो बाँध्छन्, बोकेर बाटासम्म ल्याउँछन् र राख्छन्। घाँस काट्ने तीनवटा मेसिन छन्। तीनै मेसिनमा घास टुक्रयाउँछन्। गाडि आउँछ, लोड गर्दिन्छन्। घाँसलाई पानी हाल्छन्। मल हाल्छन्।
उनको काम आठ घण्टा घाँससँग कुस्ती खेल्नु हो तर उनी आफ्नै लागि ओभरटायम गर्छन्। पुर्ख्यौली पेसा सिलाइबुनाइ उनलाई आउँछ। वरपरका मजरामा काम गर्ने नेपाली र ति नेपालीका सम्पर्कबाट चिनेका साथीभाइले नया“, उद्रेका लुगा लिएर आउँछन्। रामबहादुर सुलाइदिन्छन्, तुनिदिन्छन्, आइरन पनि लाइदिन्छन्। यसरी उनले सिलाएको, आइरन गरेको बाट महिनामा एक सय पचासदेखि तीन सय रियालसम्म बनाउँछन्। यत्ति पैसा बनाउन उनले हरेक दिन रात बाह्र, एक बजेसम्म जागै रहनु पर्छ।
‘मालिक हप्तैपिच्छे एकभारी लुगा लिएर आउँछ,’ थकित रामबहादुर भन्छन्, ‘आइरन लाइदिन्छु। कहिले पाँच रियाल दिन्छ। कहिले उहिले नै दिएको भन्छ। कहिले पछि दिउँला भन्छ।’ उनी निरासामिश्रित भावमा निःशुल्क ओभरटायम गर्नु परेको गुनासो सुनाउँछन्।
उनका आफ्नै दाजु जमेलियामा ‘हाउस ड्राइभर’ थिए। उनैले लमजुङ्गका लालबहादुर भन्नेसँग पाँच सय रियालमा भिषा किनिदिएर रामबहादुर कतार आएका रहेछन्। ‘दाजुले घरको पैसा घरमै राखेर आइज भन्यो, मैले काठमाण्डौंमा कान्छी भाउजुलाई भिषाको पैसाबापत पन्द्र हजार दिएर आएको। यता आएर कमाएर दे भनेको भए पनि त हुन्थ्यो नि। तर दाजुले किनेको भिषाको पैसा तिर्न म भाइले उतै ऋण खोज्नु पर्योआ’, रामबहादुरले दुखेको पोखे।
दुई बर्षसम्म उनले महिनाको चार सय रियाल तलव थापे। खानलाई एक सय एक्ट्रा पाउँथे। ‘दुई बर्षपछि पचास रियाल तलब बढेर साढे चार सय भयो। उत्तीबेलै म विदामा नेपाल गएँ’, रामबहादुरले भने, ‘यता आएको साढे तीन बर्षपछि विदा पाएँ। छुट्टी काटेर आएपछि एक सय बढाइदियो। अहिले भर्खरै पचास रियाल बढाएर छ सय पुगेको छ।’ दुतावासले प्रमाणित गर्ने गरेको न्युनतम तलब (बेसिक नौ सय र खानको तीन सय रियाल)ले लाखौ“ रामबहादुरलाई सम्बोधन नै गर्दैन।
एउटा बंगाली साथीले नेपाली बोल्छ। उनको पीरमार्का सुनाउने नजिकको मान्छे नै उही हो। बोल्ने कोही नभएर भाषा बिर्सिने अवस्था आउन दिएको छैन रहेछ बंगालीले।
उनी बर्षमा बढिमा दुईपटक दोहा आउँछन् पाँच, छ महिनामा पाएको एकमुष्ठ तलव पठाउन। अरु बेला सरसापटी पाउँदा अरुहरुलाई नै पैसा पठाउन लाउँछन्।
उनको हेल्थ कार्ड छैन। हेल्थ कार्ड नहु“दा कुनै पनि अस्पतालमा उपचारमा छुट पाइ“दैन, प्राइभेट अस्पतालमा महङ्गो पर्छ, सरकारी अस्पतालमा भर्ना हुन मुस्किल हुन्छ। इन्सुरेन्स छ/छैन उनलाई थाहा छैन। कामको बेला केही भइहाले क्षतिपूर्ती नपाउने सम्भावना धेरै हुन्छ इन्सुरेन्स नभए। हुनेहरुको पनि कामदेखि बाहेकको समयको इन्सुरेन्सले कभर नै गर्दैन। सुतेको सुत्यै भएकाका परिवारले केही पनि पाउँदैनन्।
‘नुवाकोट चैनपुर बसोबास गर्ने हामी पूणर््ँरुपमा खेतीकिसानी गर्छाै“। बुबा कतार गएपछि एक खलो खेत जोड्न भ्यायौ“। परिवारमा हजुरबुबा, आमा, बुवा अनि दुई दाजुभाई र हामी तीन दिदीबहिनी छौ“। जेठी दिदीको बिबाह भैसक्यो’, तीन महिनादेखि घर जान प्रतिÔारत रामबहादुरको परिवारसँग सम्पर्क गर्दा माइली छोरीले छोटकरीमा यति जानकारी दिइन्।
रामबहादुरका जेठा छोरा काठमाण्डौंको एउटा कलेजमा १२ कÔामा अध्ययनरत रहेछन्। अरु गाउँमै पढ्दै छन्।
आफ्ना वुवाले भोगिरहेको ‘दर्दभरे कथानक’बारे जानकारी दिएपछि रामबहादुरकी माइली छोरी भन्छिन्, ‘हामीलाई पढाउनको लागि बुबाले कतारमा बसेर दुःख गर्दै हुनुहुन्छ। हाम्रो परिवार ठूलो छ, चाडपर्व मान्न धनै चाहिन्छ। खेतीपातीबाट आफुलाई खान मात्र ठिक्क हुन्छ। घरब्यबहार चलाउन वुवाले विदेशमा दुःख गर्नुपरेको हो।’
‘कस्तो अवस्थामा वुवाको अभाव महसुस हुन्छ?’ भनेर सोधेपछि उनले आङ्खना बुवा टाढा हु“दा स“धै अभाव महसुस हुने गरेको बताइन्। चाडबाडमा अझै नरमाइलो अनुभव हुने बताउँदै गर्दा उनको बोली रोकियो। फोनमा सु“क्क सु“क्क आवाज मात्र आइरह्यो।
माइली छोरीले एसएलसी दिए पनि पास भने गर्न सकिनछन्। अबको छुट्टिमा घर गएर तिनै छोरीको विवाह गरिदिने योजना रामबहादुरले सुनाए। जेठी छोरीको बिबाहमा समेत घर जान नपाएका उनी सात बर्Èको अवधिमा दोस्रोपटक घर जाने ‘कोसिस’मा रहेछन्। हरेक दुई बर्षमा कम्पनिको खर्चले आइजाइ गर्न पाउने नियमकानुन छ।
धेरैअघिदेखि परिवारसँग टाढा रहेका उनले यो पटक चा“डै गरेर दशै“, तिहार मनाउँला भनेर सरसामान किनेर ठिक्क पारेका रहेछन्। परिवार उता घरमुली पखिर्ने, रामबहादुर यता ख्रुज(एक्जिट परमिट) र टिकट पखिर्ने। दुबैतिर पर्खाइमा बाटोभरि पोखिएका आ“खामा निरासाको तुवा“लो पोतिदिएर दशै“, तिहार बिदा भए तर पर्खाइमा अझै ति आ“खाहरु थाकेका छैनन्। यता रामबहादुरलाई ‘मजबुत बक्सिस’ दिन्छु भन्दै तीन महिनादेखि अल्झाउँदै गरि“दो रहेछ भने उता घरतिरकाले सोध्दा रामबहादुर ‘टिकट आएन’ भन्दै अल्झाउँदै गर्दा रहेछन्। दुबैतिर आसाको त्यान्द्रो बाँकी छ। त्यही त्यान्द्रोले एकअर्कालाई बाँधेको छ। गम्भिर मुद्रामा रामबहादुर भन्छन्, ‘आखिर एउटा यहि आसा त रहेछ, जसले एकमुठी प्राण् धानेको छ।’
आशु आयो सर, म पनि गल्फ म बसेको , तेसैले
यो लेख पढेर चित्त धुख्यो . साल मुसल्तेहरु लै नेपाल मा फोहर बागमती सफा गर्नु लगाउनु पर्ने, यी सोसक हरु लाई नेपाल मा भेटियो भने बादेर सिस्नुपानि लगाउनु पर्छ
Human salvation in the 21st century is the worst thing humanity has to offer. Middle eastern countries, despite being economically sound, are sucking the blood out of Nepali workers. The reason behind this is our political inefficiency and less focus towards this sector. Even the Qatar’s case was something unheard of, to almost all Nepalese until the western media bring that into light. That being our problem should had alerted us before anybody else. Unfortunately,that’s not the way it is.
This problem should solved in the political level. Nepali government should come up with strict proposal of not sending any workers beyond minimal conditions. Our brothers are the hero behind creating the lavishing Middle Eastern empire so there is no way they are going to turn down our proposal. But despite hearing too much of bad news about there, our responsible ones still seem reluctant towards this.
साले चोर शासकहरुले हाम्रो स्वर्ग जस्तो देशलाई चुसेर खत्तम पारेको परिणाम राम बहादुर जस्ता
लाखौ प्यारा दाजुभाई दिदीबहिनीहरुले यो दुर्गति भोगनु परेको हो ! दुर्गतिको कारण बुझेर हरामी शासकहरुलाई तह लगाउन उपाय नअप्नाएसम्म हाम्रो नियति यस्तै रहिरहनेछ ! अन्याय सहेर बस्नु
हुदैन ! जागौ सबै न्यायको खातिर !
एन आर एन र विभिन्न संस्था संग भएको करोडौ पैसा बिलासिता र मनोरन्जनात्मक कार्यमा खर्च नगरेर रामबहादुर जस्तो दुख तथा अन्याय मा परेका आफ्ना नेपाली दाजुभाई मा खर्च गरे कसो होला ??
नेपालमा भर्खर भएको चुनाब बाट गतिलो नेतो छानिएर समयेमै संबिधान बनाई सके सम्म को रोजगारी सिर्जना गराई बिदेसिएका हामीलाई पनि नेपाल नै फर्कने बाताबरण निर्माण गरोस भन्ने एउटा झिनो आशा देखि अरु केहि गर्न सकिन्न / विदेशमा घोटिए जस्तो हामी नेपाली आफ्नै माटोमा घोटीन पाए नेपाल साचीकै स्वर्ग बन्ने थियो ……….
यहा देशका सम्पूर्ण टेलर हरुमा भारतीय कलीगढ़ छन त्यो पनी नपाएर मालीक हरू हैरानमा हुन्छन ..अनि सिप भएका रामबहादूर हरू लहलहैमा बिदेसिएका छन एस्तो हुनमा कस्को दोस? यो रास्ट्र,मैनपावर,दलाल की स्वयं रामबहादूर ???
नेपालीले परदेश मा गर्ने काम भनेको के के हुन् त ?
१, सुरक्छा गार्ड , वेटर ,क्यसिअर,
२, पाईप मर्मत गर्ने, रंगरोगन गर्ने
३ सडक सफा गर्ने घर,ब्यपारिक केन्द्र होटेल एयार्पोर्ट सफा गर्ने आदि आदि
४ निर्माणाधिन स्थल मा मजदुर को काम गर्ने,
५ भेडा, उट, चराउने , महिला हरु खदामा काम गर्ने आदि आदि हुन् / यी काम गर्न परदेश आउदा दलाल तथा म्यानपावरलाई तिर्नु पर्ने रकम एक लाख देखि २ ३ लाख सम्म तालपरे दलालले त्यो भन्दा बडी लीदिन्छ / अनि सरकारका कर्मचारी राष्ट्र सेबा भन्दा भ्रस्ट बडी छन् / नेपालको गा बि स सचिब / नगरपालिकाको सचिप देखि श्रम मत्रालय हुदै एयार्पोर्ट सम्म भ्रस्ट कर्मचारी छन्/ नेपाली बेरोजगार जनता भेडा हुन् अनि तिनको व्यपार गर्ने म्यानपावओर हुन् / त्यो व्यपार मा शहयोग गर्ने भ्रस्ट सरकारी कर्मचारी हुन् / हरेक परदेसिने नेपालीको आफ्नो आफ्नो कथा छ ब्यथा छ /
आफ्नै नेपाली दाजु भै लाई भेडा भन्ने तपाई चाई के हो नि, सबै जना जानी जानी भेडा बनेका हुन् त / नेपाली ले विदेश तेस्ता काम नपाए के मन्त्रि को पिए को जागिर खान्चन त…………….साथी नेपाली दाजु भै जानी जानी भेडा बनेका चाई होइनन है , त्यो उनीहरुको बाध्यता हो.
चर्चित र अनन्तले सुनाएको राम कहानीले त मनै भक्कानियो !!!
मेरो पनि तेस्तै तेस्तै हो देस फरक भाषा फरक काम फरक.आयको ४ वर्ष भयॊ पैलो एक बर्ष बिहान ९ बजे देखि बेलुकी १२~१ सम्म काम गरियो खान बसंन पाइयो तलब पाइयन .दोश्रो वर्ष बाट तलब पाइयो तर यहाँ को सरकार ले दैनिक ८ घण्टा हप्ताको ६ दिन काम गर्ने कामदार लाइ तोकेको तलब को ६०% मात्र पाइयको छ घर जने भनको पनि तेस्तै हो ४ वर्ष पुरा भयॊ आयको घर पनिजान पाइयको छैन ……..