Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकै ठूलो धार्मिक वाकाथन- दीपङ्खा

Posted on October 19, 2013October 19, 2013 by mysansar

शुक्रबार एकाबिहानै ३ बजे ललितपुरबाट सुरु भएको दीपङ्खा यात्रालाई विश्वकै ठूलो धार्मिक वाकाथनका रुपमा पनि लिइन्छ। यो गज्जबको परम्परा अनुसार यस पटक करिब एक लाख सहभागी छन्। यो ब्लग तयार पार्दा यात्रामा सहभागीहरु बौद्धमा आराम गरिरहेका ‌छन्। बिहान ३ बजे पशुपति र गुह्येश्वरीको गेट खुलेपछि यात्रा फेरि सुरु हुनेछ। उनीहरुले उपत्यकाका महत्त्वपूर्ण स्थानमा ६० किलोमिटरभन्दा बढी पैदल यात्रा गर्छन्। यो यात्रालाई नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक परम्पराका हिसाबले एकदमै महत्त्वपूर्ण मानिन्छ। धार्मिक सहिष्णुतालाई पनि यसले उजागर गर्छ। बौद्ध परम्परा अनुसारको संस्कृति भए पनि हिन्दुहरु यसमा उत्तिकै जोश जाँगरका साथ सहभागी हुन्छन्।

Post by Dipankha Yatra.

Dipankha walk and this is the scene from Swoyambu! Each step hurts like hell….but this will be a… http://t.co/6n5Xdh1UV5

— Richa (@richashakya) October 18, 2013

ललितपुरको हिरण्यवर्ण महाविहार, इतिलन्हे नागबहालबाट शुक्रबार बिहान ३ बजे यो यात्रा सुरु भएको हो।

कस्तो अवस्थामा दीपङ्खा यात्रा हुन्छ?
सौरमासको सङ्क्रान्ति, चन्द्रमासको पूर्णिमा, रेवती नक्षत्र, हर्षण योग र आइतबार जस्ता पाँच योगको समागम भएमा ‘दीपङ्खा यात्रा’ मनाइन्छ।

यसअघि विसं. २०६२ असोज ३१ गते यस्तो योग जुरेको थियो। त्यसअघि विसं. २०२४ र विसं. १९९७ मा दीपङ्खा यात्रा भइसकेको थियो। यस पटक २०६२ सालमा जस्तो सबै मिलेको भए पनि बार भने शुक्रबार परेको छ। बारलाई त्यति प्राथमिकता दिइन्न रे।

धार्मिकशास्त्र वृषावदान अनुसार शाक्यमुनि बुद्ध वृषावतार हुँदा ‘श्री नीलमहावृषरत्न’ नामकरण भएको बोधिसत्वको चरित्रार्थ कालान्तरमा नीलथूलाई पशुपतिस्थित कैलाशमा लगी दिगवन्धनमा राखिएको अवस्थामा पुनः फर्काउने क्रममा ऋद्धिसिद्ध, तन्त्रक्रिया र आकर्षण विधिका कारण वृषदेव त्यहाँ बस्न नसकी तीन महिनासम्म दिग्भ्रम भई भौंतारिएर योगाम्बर चक्रस्थलभित्र पुग्नेबित्तिकै वर्तमान पशुवर्ण महाविहार इतिलन्हे नागबहालमा सिद्ध हुनुभएको संस्मरणमा श्री नीलथू पशुपतिबाट फर्केर आउनेक्रममा वास बसिआएका स्थानका देवस्थलहरूको अहोरात्र पैदल परिक्रमा गर्ने परम्पराअनुसार भव्यताका साथ ‘दीपङ्खा यात्रा’ मनाइने गरिन्छ।

वज्रयानी परम्पराअनुसार शुक्रबार बिहान करिब ३ बजे तीन जना गुरुले विधिपूर्वक पूजापाठ गरी सुरु गरिने दीपंखा यात्रा शनिबार लगनखेलस्थित महालक्ष्मीस्थानमा समापन हुनेछ।

Counting of kisli estimates #Dipankha participants to stand at 70~80,000 As of 8am heading towards Indrayani, Balkhu pic.twitter.com/hzw0RtpGNP

— Yalamandu (@yalamandu) October 18, 2013

रुट यस्तो छ-
इतिलन्हे नागबहालबाट बिहान ३ बजेदेखि सुरु भएको यात्रा ललितपुरको इलालन्हे (इलाननी, हिरण्यवर्ण महाविहार (क्वावहाल), क्वालखु, कोन्ति, स्वंथ, मंग, कोट, टंगः बहाल, तःबहा, लगनखेल, महालक्ष्मीस्थान, नखिपोट, बुंगमति, खोकना, कोयेना, चोभार, नेखु दोभान, पलिंगाल, लोहंगाल, हाँसपोता (झम्सिखेल), पचली, मतिलि बुद्धवारी, अट्को नारायण, काठमाडौँको मरु, भीमसेनस्थान, विष्णुमति, खुसिबही, किन्हुबही, सीतापाइला, फेखा, ईचंगु, हल्चोक, स्वयम्भू,विजेश्वरी, श्रीघः, थंवही, पकनाजोल, म्ह्येपी, पोरेपा (रानीवारी), लाजिम्पाट, साखोना, नारांहिटी, नक्साल, टङ्गाल, नकदेव, चण्डोल, चावहिल, महांकाल, खास्ती श्री बौद्ध महाचैत्य, बागमती, गुह्येश्वरी, पशुपतिनाथ, देवपाटन (गोल), वनकाली, गुथलोहं (पिंगलामाई), कोटेश्वर महादेव, कुटिविहार, सिकबहिल, इकुबहिल, च्यासल, क्वाछेँ (बालकुमारी), दुपाट, लुँखुसी, कनिबहाः, मतिक्व (वटुक) र महालक्ष्मीस्थान लगनखेलमा पुगेर समापन।

Head of #Dipankha procession now heading towards Koyena (Jal Vinayak) @ Chobhar, while the tail of the parade is still around Mangal Bazaar

— Yalamandu (@yalamandu) October 18, 2013

यात्रामा सहभागी लाखौं भक्तजन ती स्थानहरूमा हिँडेरै यात्रा गर्नेछन्। यात्रामा कुनै किसिमको विघ्नबाधा नहोस् भनी सुरुमै विधिपूर्वक पूजा पाठपछि यात्रा प्रारम्भ गर्ने गरिन्छ।

यात्रामा सहभागीहरूको स्वास्थ्य जाँचका लागि ठाउँ ठाउँमा स्वास्थ्य शिविर, खानेपानीको व्यवस्था, खाना तथा जलपानको व्यवस्था र शौचालयको व्यवस्थासमेत गरिएको थियो। केही दिन अगाडिदेखि नै रुटका बाटो र पुलहरुको विशेष सम्भार गरिएको थियो।

दीपंखा यात्राका लागि करिब रु. २४ लाख ५० हजार भन्दा बढी खर्च हुने अनुमान गरिएको छ। यो रकम नगरपालिका, अर्थमन्त्रालय, विभिन्न वित्तीय संस्था तथा स्थानीय जनश्रमदान सङ्कलन गरी जुटाइएको हो।

दीपंखा यात्राका लागि पदमार्ग निरीक्षण गर्न जानुपर्ने र यात्रामा सहभागी हुने भक्तजनले यात्रा हुनु एकदिन अगाडि किसली (सुपारीसहितको अक्षता) अर्पण गर्नुपर्ने प्रचलन रहेको छ।

Post by Dipankha Yatra.

Post by Dipankha Yatra.

Post by Dipankha Yatra.

9 thoughts on “विश्वकै ठूलो धार्मिक वाकाथन- दीपङ्खा”

  1. Sam Sharma says:
    October 22, 2013 at 8:07 am

    आध्यात्म तथा धार्मिक भावना हराइरहेको बर्तमान नेपालको परिस्थितिमा यस्ता धार्मिक यात्राहरुले (तत्कालिन) भावनात्मक एकता ल्याउछ / तर सबभन्दा महत्वपूर्ण कुरा, स्थायी निदानको लागि हामीले आफूभित्रै पूर्ण सकारात्मक सोचाइ ल्याएर आफ्नो मन भित्रका सम्पूर्ण बिकारहरुलाई नमारेसम्म समाजको दिशा परिवर्तन हुन सक्दैन / हालको (नेपाली) समाजमा बढ्दो (असीम) पैसामोह, स्वार्थीपन, आपसी बिस्वासको संकट, आपराधिक मनोबिग्यान, बिख्ण्डीत परिवार आदी बिकारहरुलाई कम गर्न सकारात्मक स्व-परिवर्तनको आवस्यकता छ /

    Reply
  2. ramesh shrestha says:
    October 20, 2013 at 3:04 pm

    पहिलेको दीपंखा यात्रामा त गएको थिएँ , तर येस्पाली कामले गर्दा जान पाईन l जे होस् येस्ता धार्मिक सहिस्नुता झल्काउने कुराहरु चै भै राख्नु पर्छ l

    Reply
  3. Kumar says:
    October 20, 2013 at 1:57 pm

    Great Tradition. Keep it up.

    Reply
  4. Sandeep shakya says:
    October 20, 2013 at 10:08 am

    Thank you mysansar for the valuable information, proud of our culture and traditions I have also participated in this epic journey its a lifetime opportunity and really adventurous!!

    Reply
  5. Laxman says:
    October 19, 2013 at 10:13 pm

    यो यात्राले Hindu र बौद्ध Lai बाधेर राख्ने रहेछ दशैँ र तिहार ले जस्तै खुशी लग्यो .

    Reply
  6. neerose says:
    October 19, 2013 at 7:19 pm

    जय हो!
    अर्को पटक कहिले हुन्छ म पनि सहभागी हुने छु (अबस्था र परिस्थितिले साथ् दियमा)

    Reply
    1. Sandesh says:
      October 20, 2013 at 3:16 pm

      नीरोसे जी,अर्को अब दुइ दसक पछि हुन्छ भन्ने सुनेको छु

      Reply
  7. suzee says:
    October 19, 2013 at 3:04 pm

    श्री नीलमहावृषरत्न
    हे काठमाडौँ , पाटन अनि आसेपासे बासिन्दा हरु , खै कहाँ हराएको !!!!
    लु ###श्री नीलमहावृषरत्न## भएपनि लेखे हुन्थ्यो नि ,

    ktm को समाचार मा चै कमेन्ट नै नहुने , हरे !!!!हरे !!!

    be proud of our valley’s culture!!!!!!!!!!!!!

    Reply
  8. Sagar (Sydney) says:
    October 19, 2013 at 1:25 pm

    नेपालको सुन्दरता भनेकै येस्तै unique culture and traditions त हुन्

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme