मायाकुमारी शर्माले राजदुतको आसनमा बसेर कतारबासी नेपालीहरु माझ देखाएको बिद्रुप चर्तिकला सहिनसक्नु भएपछि उनको कुकर्मको धज्जी उडाएर मैले माइसंसारमा एउटा ब्लग लेखेको थिएँ। त्यसमा उनको आलोचना गरेबापत मलाई कतारबाट निकाला गर्नको लागि मे १ तारिखको दिन उनले कतार सरकारलाई पत्र लेखेकी थिइन्। पत्रमा मेरो कतारको आईडी नम्बरसहित मलाई अनौठा अनौठा आरोप लगाएकी थिइन (मायाकुमारीले लेखेको पत्र पढ्न यहाँ क्लिक गर्नुस्) शायद उनको बाक्लो दिमागमा कसैले घुसाइदिएको थियो कि मलाई देश निकाला गरे चार बर्ष सम्म उनले आफनो कमाउ धन्दा सहजतापूर्वक जारी राख्न पाउनेछिन्। मलाई डिपोर्ट गर्नमा बाक्लो दिमाग भएको मायाकुमारी एक्लैको योगदान छैन कतारमा रहेका ठग दलाल र त्यसका नवनाइकेहरुले पनि उतिकै दिमागी कसरत गरेका थिए। कतार प्रवेशदेखि नै निरन्तर रुपमा ठग दलालहरुको आँखाको तारो बनिरहन सक्नु नै मेरो कतार बसाईको अनेक उपलब्धि मध्येको एक हो। तर मायाकुमारी शर्माको मोटो दिमाग र रैथानेहरुको दलाल दिमागको फ्युजनबाट फुरेको सिर्जनशिल डिपोर्टको कलाविहीन नाटकले हावा खायो। मायाकुमारी शर्मा आफनो कुटनीतिक कर्ममा सानदार रुपले असफल भइन्।
मेरो अनुमानमा कतारमा रहेका चार लाख नेपाली मध्ये करिब २० जना जति मात्र नेपाली होलान् जसले राजदुत मायाकुमारीको असफल कर्मको प्रशंसा गर्छन्। तर त्यो प्रशंसा खुला रुपमा समुदायको अगाडि होइन, ढोकाको चुकुल लगाएर गर्छन्। किनकी तिनको प्रशंसा खाँटी प्रशंसा नै होइन। त्यसमा लोभ , लालच, कमाउ , हातलागी जस्ता बिभिन्न दुर्गन्धित बिभुषणहरुको मिसावट छ। ती खाइदेउहरु राजदुतपदको रापमा आफनो हात सेक्न पल्केका लोभिपापीहरु हुन। अध्यारो कोठामा बसेर नेपाली मजदुरको बिरुद्द षडयन्त्र गर्ने त्यो सानो झुण्डलाई कतारका सवै नेपालीले चिनेका छन। मायाकुमारीको बर्खास्ति पछी हनुमानजस्तो अनुहार भएको त्यो झुण्ड अहिले दुलो भित्र पसेका छन। दुलोभित्र छिरेको हनुमान झुण्ड केही समयको अन्तरालमा अनुहारमा नयाँ रङ्गको मुकुण्ड लगाएर चौरमा निस्केको देखेमा हामीले अचम्म मान्नु पर्ने छैन। यतातिर कतारका रहेका आम नेपालीहरुले अहिले खुसीले उमगं छन। तिनले अहिले लडाई जितेको महशुस गरीरहेका छन। तिनलाई आफनो टाउको माथि मडारीरहेको कालो बादल हटेर आफुमाथिको आकाश खुला भएको गाढा अनुभुती गरीरहेका छन। बिजयदशमीको मुखैमा फेरी असत्य माथि सत्यको जित भएजस्तो भएको छ।आखिर कु तर्क, कु कर्म र कु बिचारको आयु कति लामो हुन्छ र?
परदेशिएका हरेक नागरीकको लागी राजदुतवास र राजदुतनै सवैथोक हुन्छ। उसको सान्त्वना , आधार ,शक्ति ,शान , आत्मसम्मान सवै आफनो देशको राजदुत हो। त्यति मात्र होइन देश छोडेर आएको हामी परदेशीहरुको राजदुतावास नै हाम्रो देश हो र राजदुत हाम्रो अभिभावक हो। तर जव मायाकुमारी शर्मा राजदुत भएर कतार आईन उनले आफनो पदलाई सेवाको पद हो भन्ने चटक्कै भुलिन। उनले आफनो पदलाई शान र शक्तिको रुपमा बुझन थालिन। अनि केहि दिन भित्रै कतारबासी नेपालीहरुले कतारको नेपाली राजदुतावास भित्र मायाकुमारी शासनको स्वाद चाख्न पाइहाले। कतारबासी नेपालीहरु उनलाइ मन नपाराउने मात्र होइन असिम घृणा गर्छन। कतारको कानुन अनुसार खुलेआम उनको बिरोध गर्न नपाउने भएर मात्र सबैले मुख बन्द गरेका थिए।
मलाई डिपोर्ट गर्ने मेरो लेख के हामी आत्मदाह गरौँ भन्ने शीर्षकमा माईसंसारमा ११ अप्रिलमा छापिएको थियो। त्यतिबेला म अष्टेलियाको एउटा शहर सिडनी भ्रमणमा थिए। मेरो लेख प्रकाशन भएपछि मायाकुमारी म संग क्रुद्द भएकी छिन भन्ने उतै सुनेको थिए।मैले अष्टेलियामा रहदा नै मायाकुमारीले एउटा कार्यक्रममा कतारमा कि अव म छैन कि दिपक भेटवाल छैन भनेको कुरा पनि सुनेको थिए। कतारका एकजना रैथाने नेपालीले मेरो लेख पढेर मेरो मोवाइलमा मेसेज पठाएका थिए। उनले मायाकुमारी शर्माको हर्कतले वाक्क भएका नेपाली हरुले मेरो लेख पढेर अलिकति भए पनि शितल महशुस गरेका छन भन्ने आशयको मेसेज पठाएका थिए। बेलुका साँझ घर फर्केर मैले माईसंसारमा आफनै लेख पढेँ। मेरो मूल लेखको एउटा प्याराग्राफ सम्पादन गरेर हटाइएको रहेछ। सम्पादित गरिएको उक्त अंश यस्तो थियो-
देखिजान्ने भुक्तभोगिहरु भन्छन। देशको नागरीकको सम्मान , सुरक्षाको लागी खटिआएको दुतावासको मुलपात्रहरुको जीवन मरुभुमी कतारमा पनि हरीयाली छ। तीनले आफनो जीवनमा गजवको भाग्य बोकेर आएका छन। एक जना मुलपात्र ठगदलालको हवेलीमा बसेर हिस्विकीको चुस्कीलगाउदै बाहमासे जुवाको खालमा बसेर म्यारेजि दाउ हेरीरहेका हुन्छ। अर्को मुलपात्र मजदुरको रगतपसिना चुस्ने कुख्यातहरुको रात्रिभोजमा सरिक भएर रेडवाइनको नसामा ओठे सिठी फुक्दै साकिरा नाच नाचिरहेकी हुन्छीन। जीवनको लिला अपरम्पार छ।
उनको पठाएको मूल लेख जस्ताको तस्तै पूरै पढ्नुस्
उनले कतार सरकारलाई मलाई डिपोर्ट गर्नको लागी मे १ मा पत्र लेखेकी रहिछिन्। यस बिचमा मैले कम्पनीको कामको शिलशिलामा १८ दिन लामो चिनको भ्रमण गर्नु पर्ने भयो। १९ मे मा म बेइजिगंको लागी उडे। सायद मे १ मा मायाकुमारीले कतार सरकारलाई पठाएको पत्र १९ तारीखसम्म्ा पनि टुगो लागिसकेको रहेनछ नत्र मलाई एयरपोर्टमा नै रोकिन्थ्यो। म बिना रोकतोक चिनको बेइजिग उडे। र काम सकेर जुन ७ तारीखमा चिनको गोन्जाउ शहरबाट दोहा फर्किए। मलाई कतारएयरपोर्टको पासपोर्टमा छाप हान्ने ईमिग्रेसन अफिसरले दुवइ गएर फर्केको हो भनेर सोधे। मैले हैन भने। काहाँ गाको त भनेर सोधे? मैले चिन गएर फर्केको भने। मलाई कता कता शंका लाग्यो केही गडबढ त छैन भनेर किनकी मलाई ईमिग्रेशनमा कहिल्यै पनी यसरी प्रश्न सोधिएको थिएन। एयरपोर्ट बाहिर निस्किए पछी मलाई खासै यो कुराले त्यति पछयाएन।
कतारको सर्च एन्ड फलो अप डिपार्टमेन्टले बोलायो
भोलिपल्ट बिहान शनिवार म अफिस गए। लामो यात्रा बाट फर्केकोले मलाई अफिसमा काम गर्न त्यति जाँगर चलेन। मेरो मालिक भोलिपल्ट कतार बाहिर जादै थियो केही जरुरी कामहरुको बारेमा मालिक संग छलफल गरेर घर फर्किए। भोलिपल्ट बिहान ७ बजे मनभरी उमङ्ग बोकेर अफिस जादै थिए बाटैमा मलाई मेरो कम्पनिको पिआरओ ले फोन गरेर कतारको सर्च एण्ड फलोअप डिपार्टमेण्डले तुरुन्त हाजिर हुन बोलाको छ भने। अफिस आएर कुरा गरेर मैले गरौला भनेर मैले फोन राखे। अफिसमा गएर किन बोलाको होला भन्ने बिषयमा पि आर ओ संग छलफल गर्दा मेरो नाम नै किटान गरेर बोलाएको हुनाले मेरो व्यक्तिगत बिषयले नै बोलाएको हो भन्ने निधो भयो। म एक छिन झसङ्ग भए। कुनै अकल्पनीय परिबन्दमा परिँदै छैन भन्ने लाग्यो। आफुले कहि कतै गलत नगरेको हुनाले म ढुक्क हुने कोशिस गर्दै परेको चुनौतीको सामना गर्न मानसिक रुपले तयार हुदै थिए। यसपछी मैले कतारका केही मेरा हितैषि मित्रहरुलाई बोलाए र उनिहरुलाइ पनि साथै लिएर गए। बाटोमा जादा जादै मैले मेरा केही खास मित्रहरुलाई सर्च एण्ड फलोअप डिपार्टमेण्टबाट बोलावट आएकोले आफु जादै गरेको बताए। केही पर्न सक्छ तयारी अवश्थामा रहनु भनेर आग्रह गरे।
कतार प्रहरीसामु यसरी बयान दिएँ
म मेरो कम्पनीको पिआरओ लाई लिएर करीव नौ बजे हाजिर भए। मेरो डिपोर्टको फाइल बोकेर बसेको प्रहरी अधिकारी समक्ष पुगेपछी मेरो कम्पनीको पिआरओले मेरो चिनजानी गराए। कतारी अधिकारीले फाइल पल्टाउदै शुरुमै मलाई अरवि भाषामा सोधे।
तिम्रो दुतावाससंगको सम्बन्धमा के समस्या छ?
मैले केही समस्या छैन भने।
उसले फाइल पल्टाउदै भन्यो तिम्रो दुतावासले तिमीलाई डिपोर्ट पत्र पठाएको छ। यो तिमीहरुको सरकारको कुरा हो हामी केही गर्न सक्दैनौँ भने। भोलि तिमीलाई डिपोर्ट गर्नुपर्छ भने।
उसले फाइलबाट पत्र झिक्यो र मेरो पिआरओ लाई पढन दियो। मलाई नपढन भन्यो। मेरो पिआरओले पत्र पढेपछी मलाई भन्यो राजदुतको बिरुद्धमा लेख लेखेकोमा डिपोर्ट गर्न पत्र लेखिएको रहेछ।
कतारी अधिकारीले राजदुतको बिरुद्धमा लेखेको हो भनेर सोधे।
मैले हो भनेँ।
अरबी भाषामा मात्र बोल्ने कतारी अधिकारी र म बीचको सम्बादलाई मेरो पिआरओले दोभाषेको काम गरिरहेका थिए।
उसले किन लेखेको त भनेर सोधे? मैले मेरो राजदुतले समस्यामा परेका मजदुरहरुको पक्षमा काम नगरेको हुनालो त्यसको आलोचना गरेर लेख लेखेको बताएँ।
उसले मलाई आज यहीँ बस्नु पर्छ, भोलि तिम्रो पासपोर्ट र टिकट लिएर आउनु भनेर मेरो पिआरओलाई अर्हाए।
मैले म आफै भोलि पासपोर्ट र टिकट लिएर हाजिर हुने बताएर मलाई छोडिदिन अनुरोध गरेँ। मेरो कम्पनीको पिआरओको रोहवरमा भोलि हाजिर हुने गरी छोड्न राजी भए।
हिँडने बेलामा उनले मलाई सोध्यो तिमी दुतावासबाट डिपोर्ट रोक्नको लागी अर्को पत्र ल्याउन सक्छौ? मैले सक्छु भने। उसो भए भोलि हाजिर हुन आउँदा पत्र लिएर आउनु भने। मैले हुन्छ भनेर बाहिरिएँ।
म राष्ट्रघाती हैन
मलाई राज्यले डिपोर्ट गरेको थिएन। म कुनै राष्टघाती थिइन। मैले त आफनै देश जनताको भलो हुने कर्म गरेको थिए। मलाई त केवल मायाकुमारी शर्माले आफनो अधिकारको दुरुपयोग गरेर डिपोर्ट गरेकी थिइन। त्यसैले मलाई मेरो राज्यले अन्याय गर्न सक्दैन भन्नेमा ढुक्क थिएँ। नेपाल सरकारको परराष्ट मन्त्रालय मार्फत मायाकुमारीलाई गलाउन सकिन्छ भन्नेमा म ढुक्क थिएँ।
मलाई बाहिर कुरीरहेका साथिहरुलाई मैले भित्र भएको घटनाको बेलिबिस्तार लगाए।
हामीले एकै चोटी दुइटा काम गर्नु पर्छ भन्नेमा पुग्यौ। एउटा आफनो च्यानल प्रयोग गरेर एमाओबादी पार्टीको केन्द्रमा र सरकार प्रमुख समक्ष यो कुरा पुयाएर उताबाट दवाव दिन लगाउने, अर्को कतारमा रहेका सामाजिक संघसंस्थाका अगुवाहरुलाई दुतावासमा डाकेर राजदुतसँग कुरा गर्ने। हामीले भटाभट फोन गर्न थाल्यौँ। एमाओबादीको अध्यक्ष निकै व्यस्त रहेछन्। उनी समक्ष कुरा पुर्याउन सकिएन। तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई समक्ष कुरा पुर्याइयो। बाबुरामले आफनो कार्यकर्तामार्फत् मायाकुमारीलाई तुरुन्त निर्देशन पठाएछन् डिपोर्ट तुरुन्त फिर्ता लिनू। आफनो च्यानल मार्फत हामीले सरकारको मुख्यसचिवकोमा समेत कुरा पुर्यायौँ। मुख्य सचिवले परराष्ट्रमा कुरा गरेर परराष्ट्रबाट पनि उनलाई सरकारी निर्देशन आएछ कुनै पनि हालतमा डिपोट फिर्ता लिनू।
दूतावासमा छलफल
हामी १० बजेतिर दुतावास पुग्यौँ। संघसंस्थाको प्रतिनिधिहरु पनि आईपुगे। ११ बजेतिर मायाकुमारी शर्मा आफनो पति बोकेर दुतावासमा हाजिर भइन। राजदुतको कोठामा छलफल शुरु भयो। राजदुतले बिभिन्न लाञ्छना लगाउदै मलाई डिपोर्ट गर्नुको कारण बेलिबिस्तार लगाइन। मेरो लेखमा उल्लेख गरेको कतिपय सन्दर्भको प्रमाण पेश गर्न चुनौती दिइन। उनले भनेको कुराहरु सवै हावादारी कुरा थिए। समाजको अगुवाहरुले मलाई कुरा राख्न अनुरोध गरे। मैले करीव करीव यसो भनेर कुरा राखेँ-
”मेरो लेखको प्रत्येक शब्दहरु केलाएर बहस गर्नु भन्दा लेखको मुल आशय के हो भन्ने तिर ध्यान दिन जरुरी छ। मैले लेखेको मा कुनै आपति भए लेखको राजदुतले खण्डन छपाउन सक्नुहुन्छ वा प्रेश काउन्सिलमा उजुरी गरेर कानुनी उपचार खोज्न सक्नुहुन्छ। तपाईको आलोचना गर्ने अधिकार मेरो देशको संविधानले सुनिश्चित गरेको छ।तसर्थ तपाईको यो कदम आफनो अधिकारको दुरुपयोग हो।मेरो लेखको मुल आसय भनेको राजदुत मायाकुमारी शर्मा असक्षम राजदुत हुन जसले हाम्रो देशमा गरीमालाइ बचाएर नेपाली मजदुरको हकहितको पक्षमा काम गर्न सकिनन्। देशको थप बदनाम हुन नदिन र नेपाली कामदारहरुले थप सास्ति र हैरानीबाट मुक्तहुन राज्यले मायाकुमारी शर्मालाई तत्काल फिर्ता गनुपर्छ भन्ने धारणा हो। जुन धारणामा म अहिले पनि अडिग छु। मेरो धारणामा परिवर्तन गर्ने शर्तमा मलाई डिपोर्ट पत्र फिर्ता चाहिएको छैन। म आफनो धारणा परिवर्तन गर्नु भन्दा डिपोर्ट भएर मुलुक फर्कनु मेरा लागी रुचिकर छ। तपाईलाई एउटा निर्दोष नागरीकलाई डिपोर्ट गरेर गल्ति गरेको जस्तो महशुस भएको छ भने तपाई आफनो निर्णयमा पुर्नबिचार गर्न सक्नु हुन्छ।”
त्यसपछी बिभिन्न सामाजिक अगुवाहरुले आ आफनो धारणा राखे। धेरै जसोले दहि चिउरे कुरा राखे। मैले लेख लेख्नु पनि गलत र राजदुतले मलाई डिपोर्ट गर्नु पनि गलत भन्ने कु कर्त राखे। तर सवैको एकमुष्ट जोड डिपोर्ट पत्र फिर्ता लिनु पर्छ भन्ने नै थियो। केही पाका हनुमानहरुले झन मलाई अवदेखि राजदुतको बिषयमा लेख्दा राजदुतसंग सोधेर मात्र लेख्न सुझाए। हनुमानको कुरा सुनेर म हाँसे मात्र केही बोलिन। केहीले मैले राजदुत संग क्षमा माग्नुपर्छ भन्ने आशयको कुरा राखे। म आफनो ठाउबाट कति पनि बिचलित नभइ बसे। र क्षमा माग्ने आशयको मैले ठाडो इन्कार गरे। कुरा तन्कदै गयो कुनै निष्कर्ष निस्किएन। छलफलकै बिचमा मलाई मेरो मोवाइलमा नेपालबाट मेसेज आयो। मायाकुमारी शर्मालाई पाटी केन्द र परराष्ट मन्त्रलालयबाट मेरो डिपोर्ट फिर्तालिनको लागी निर्देशन भइसकेको छ। म झन ढुक्क भएँ। त्यसपछी मायाकुमारीको भाषा पनि फेरीदै जान थाल्यो। सवैले महशुस गरे मायाकुमारीले अव डिपोटको पत्र फिर्तालिन्छिन। तर उनलाई आफैले लेखेको डिपोर्ट पत्र आफैले फिर्ता लिन निकै असजिलो भएको जस्तो देखियो। एकजना समाजिक अगुवाले मलाई बाहिर एक्लै बोलाएर राजदुतलार्इृ निवेदन लेखेर सहज बनाउन सुझाए। मरीसकेको सर्पलाइ के मार्नु भनेर मैले राजदुतलाई सजिलो बनाईदिनको लागी निवेदन लेखेँ।
माफी मागेको थिइनँ
अघि छलफलको क्रममा राजदुतले उनि बिरुद्द मैले अमर्यादित कुरा बोलेको आरोप लगाएकी थिइन। मैले आलोचना गर्नपाउनु मेरो अधिकार भए पनि अमार्यादित शब्द बोल्नु गलत कुरा हो भने । म शालिन र मर्यादित भाषामा आलोचन गर्न रुचाउछु र मैले कतै भुल त्यस्तो अमार्यादित बस बोलेको रहेछु भने पनि त्यो गलत हो भने। तसर्थ मैले निबेदनमा पनि सोहि कुरा उल्लेख गरेर राजदुतको बिरुद्दमा कतै अमर्यादित कुरा बोलेको भए म आफै त्यसमा आत्माआलोचित हुदै आगामी दिनमा म थप जिम्मेवार ढंगले म आफनो बिचार लेख्ने छु भन्ने कुरा समावेश गरेर निवेदन दिए। मैले कहि कतै राजदुत संग माफि मागेको थिइन बरु झन समाजको सबै अगुवाहरु माफ प्रष्ट रुपले राजदुत प्रतिको मेरो धाराणामा परीवर्तन गर्नु भन्दा मलाई डिपोर्ट भएर मुलुक फर्कनु रुचिकर भनेको थिएँ तर कालो चेतना बोकेको राजदुतले हल्ला फिजाइछिन मैले उनको चरणमा छोएर माफि मागेको कारण उनको नौनि जस्तो मन पग्लिएर मलाई डिपोर्ट पत्र फिर्ता लिइन रे। हे भगवान झुटको पनि एउटा हद हुन्छ नि। बिचरा माया कुमारीलाई के थाहा स्वाभिमान मानिसको लागी आत्मसपर्ण भन्दा मृत्यु प्यारो हुन्छ भनेर।
अनि जोगिएँ डिपोर्टबाट
मैले निवेदन दिएपछि उनले डिपोर्ट पत्र फिर्ता लिने जनाउ दिइन। बेलुका ५ बजेतिर दश चोटी थपघट गरेर पत्र तयार भयो। म भोलिपल्ट डिपोर्ट आदेश फिर्ताको अर्को पत्र लिएर सर्च एण्ड फलोअप डिपार्टमेन्ट हाजिर हुनुपर्ने थियो। भोलिपल्ट बिहान दुतावासको पिआरओ र मेरो कम्पनीको पिआरओ लिएर दुतावासको पत्र सहित हाजिर भए। दुतावासको पत्र बुझाएपछि म डिपोर्ट हुन बाट जोगिएँ।
यिनको पद बर्खास्तिमा परेपछी मिडियामा यिनले दलालहरुले यिनलाई फसाएको हास्यास्पद अभिव्यक्ति दिएकी थिइन। त्यो अभिब्यक्ति पढेपछी बिविसीका एकजना पत्रकारले मलाई इमेल गरेका थिए। माया कुमारीको अभिव्यक्ति पढेर म निकै हाँसे। मैले उनलाई जवाफ फर्काएँ। यी महान जोकशास्त्री हुन् आफनो व्यग्यात्मक कर्मद्दवारा लोकलाई हसाइरहनु यिनको जीवनको अभिन्न कर्म हो।
यिनले आफनो बिरुद्दमा लेख्ने , बोल्ने सवैलाई दलाल भनेकी थिइन। यिनको परीभाषा अनुसार सवैभन्दा ठुलो दलाल साहित्यकार खगेन्द्र संग्रौला हुन जसले पेरीस डाँडालाई लाई गिज्याउदै मायाकुमारीको कु कर्मको व्याख्या गरेका थिए। दोस्रो नम्बरी दलाल कवि बिमल निभा हुन जसले कुख्यात मायाकुमारीको बर्णन गरेका थिए। सम्झदै जादा मायाकुमारीको परीभाषा अनुरुपको दलालागणको सुचि लामो हुने देखेको छु। त्यसमा लेखक पत्रकार देवेन्द्र भटराई , बिबिसी साझा सवालका प्रस्तोता नारायण श्रेष्ठ, कान्तिपुर पत्रकार होम कार्की, कतारका माओबादी इन्चार्ज सनिकुमार ओली, महिला अधिकारबादी रेणुराज भण्डारी। अझ तन्काउँदै जाँदा यो दलाल सूचीमा कतारमा रहेका चारलाख नेपाली अट्छन्। उनको कुकर्मको आलोचना गर्ने बिश्वभरी छरीएर रहेका दलालहरु त अझ कति छन कति?
मेरो बाटोमा उनी
आफनो अधिकारको दुरुपयोग गरेर मलाई मुलुक फिर्ता गराउन कु चेष्टा गर्ने मायाकुमारीको खाइपाइ आएको पद बर्खास्तिमा परेर मुलुक फिर्ता हुदैछिन। यिनको पद बर्खास्तिमा पर्नुको एउटा कारण मेरो डिपोर्ट काण्ड पनि थियो। आफनो देशको नगारीकको हक हितको पक्षमा क्रियाशिल हुदा एउटा अपराधिले झै डिपोर्ट खेप्नु पर्दाको पिडा सायद मायाकुमारी जस्तो राष्टिय लज्जाको पात्रले कहिल्यै अनुभुती गर्न सक्दैन। मेरो डिपोर्ट काण्डले कतारमा रहेका नेपालीहरु मात्र होइन बिश्वभरी छरीएर नेपालीहरुले यिनको असली अनुहार चिन्ने मौका पाए। राष्टिय मिडियाहरुले यिनको कु कर्मको धज्जि उडाए ।
असफल डिपोर्ट काण्डले यिनलाई यतिसम्म पोल्यो कि त्यसैको फलस्वरुप अपमान र तिरस्कारको खर्पन बोकेर मेरो लागी बनाएको बाटोमा आफै हिडेर नेपाल फर्कदैछन। मजदुर हकहितको पक्षमा सधै लडिरहने मेरो निरन्तर सक्रियतालाई मायाकुमारीको डिपोर्ट पत्रले झन हौसला दिएको छ। मजदुर हकहितहरुको पक्षमा पैरवि गर्दै मायाकुमारी जस्तो राष्टिय लज्जाको पात्रलाइ उदाङ्ग पार्ने लेख लेख्दा डिपोर्ट भएर मुलुक फर्कनै परेको भएपनि म सगरमाथा जस्तो शिर ठाडो पारेर मुलुक फर्कने थिएँ। र, त्यो क्षण मेरो जीवनकै एउटा गौरवमय क्षण हुने थियो। तर, आफनै देश र झण्डाको अपमान गरेको सजाय स्वरुप बर्खास्तगीमा परेर मुलुक फर्केर पहिलो पाइलो आफनो माटोमा टेक्दा उनलाई पनि मलाई जस्तै गौरव महशुस होला?
सन्दर्भ : राजदूत माया कुमारी को बर्खास्ती ,
धेरै कुरा आए, धेरैले राम्रो माने , अलिकतिले नराम्रो पनि माने रे, धेरैले लेखे , धेरै पत्रिकाले लेखे कतार र संसारभरिका धेरै online पत्रिकाले लेखे, धेरै संघ – संस्थाले लेखे , राजनीतिक पार्टीहरुले लेखे | अधिकतम सबैको लेखमा , मायाकुमारी आएदेखि नै कुनै गिरोह सक्रिय थियो, उनलाई आफ्नो फाइदाको लागि प्रयोग गर्न , ती तत्वलाइ सबै लेखमा, हनुमान, मानब तस्कर , दलाल , ढोके , एजेन्ट अरु यस्तै यस्तै विशेषणले चिनाएको छ | माया कुमारीको बर्खास्तीसगै ती सब खराब प्रवृतिको पनि आवरण प्रकाशमा ल्याउनु जरुरी छ | माया कुमारीले आफ्नो गैर कुतानितिग्य कर्मको फल त पाइन् तर जब सम्म लेखमा भनिएका खराब तत्व र प्रवृतिलाइ बाहिर ल्याइदैन , तब सम्म जो सुकै राजदूत आए पनि यो खराब भनिएको प्रवृति शिकार हुन्छ | भोलिको सम्भावित दुर्धटनालाइ रोक्न आजै खराब प्रवृति को भण्डाफोर गरौ र निरुत्साहित पारौ | ती खबर तत्व को हुन् भन्ने थाहा छैन भने यो उखानको मर्मलाई बुझौ , ‘नाचिनेको चोर बाउ बरावर ” | खराब प्रवृति कै कारण भीमसेन थापादेखि बाबुरामसम्म देशमा असफल भए भने अब आउने राजदूत कसरी बच्ला ? सम्भावित रुपमा सुनिनु सक्ने एउटा असफल कथाले अहिलेदेखि नै चिन्तित बनाएको छ |
केहि असजिलो बनाईको संरचनालाई अलि फरक रुपमा मजदुरको हकहितको लागी आउने छ होला, अब । मायाकुमारीको नेपाल प्रस्थान सगै ।
फेरि नेपालमा अहिले भखरैमात्र एरपोर्टमा हुने गरेको गतिबिधिमा प्रहरीले अनाबश्यक दुःख दिन थालेको सुनेको छु । आवस्यक डकुमेन्ट भए (आध्यागमान विभागले भनेको डकुमेन्ट भएनि) प्रहरीको लागी नि डकुमेन्ट चाहिने नत्र boarding pass नै लिन जान रोक्ने गारिन्छ । यसले गर्दा नेपालबाट उड्नको लागि हिडेको पनि एयरपोर्टबाट जान पाहिने हो होईन – दोधारमा विदाई हुनु परेको छ ।
मायाकुमारी शर्माले राजदुत (कतार)
प्रहरी प्रसासन (नेपाल) (कामअधिकार हातमा लिएको/दिएको नबुझिएको)
पदमुक्त हुनै पर्ने अपराध माया कुमारीले केहि गरेकी थियिनन, यु ट्युब मा उनको टफ टक शो हेरे थाहा हुन्छा कि उनि आफ्नो काममा अत्यन्त होसियार छिन र अत्यन्तै ट्यालेन्ट पनि छिन! यिनलाई मन नापरयिनुका निम्न कारण छन्:
१.कतार खुल्ला जेल हो भन्ने तितो सत्य बोल्नु , ताकी नेपालमा कहिँ कतै टिक्नु छ भने काम सुको नगरेनी बोलि चाही जोगाउनु पर्छ, थुप्रै राजदुत र मन्त्रीहरु बोलीको कारण पदमुक्त भएका छन्, मान्छे मार्दा झन् बढुवा भएका छन्, कतार खुल्ला जेल हो भन्ने विडियो गार्दियन पत्रिकाले प्रकाशित गरेको छ!
२.दुताबास आउनासाथ सरणार्थी कोठा हटाउनु, उनको लक्ष सरणार्थी बिहिन बनाउनु थियो नकि उनले त्यो हटाएर कुनै फाइदा लियिन, फाइदा त ति दलालले लिन्थे जसले कैयन सिधा नेपालीलाई ठगेर गलत भिसामा कतार लान्थे अनि बिजोग भएसी तेही दुताबासको सरणार्थी कोठामा ल्यायिन्थ्यो, अनि नेपाल फिर्ने खर्च हुन्त्यो नेपाल सरकारको, त्यो कोठा हटाए पछि टाढा बाठाको कमाउ धन्दामा चौपट पर्यो
३.माया कुमारीले नेपालबाट गलत तवरले कामदार पठाउने ४० कम्पनीलाई कतार मान्छे पठाउना नपाउने गरि कालो सुचिमा राखेका थिए
४.माया कुमारीले कतारमै पनि ४० भन्दा बढी कम्पनीलाई नेपाली कामदार मगाउन नपाउने सुचिमा राखेका थिए
५.जहाँ दिनमा ४०० मान्छे समस्या लिएर आउछ केहि समस्यता भैहल्छा, तर माया कुमारीलाई कतारको कुन हस्पिटलमा कति नेपाली बिरामी छ , कति मर्यो, कतिको लाश नेपाल पठाउनु छ, क कसको मुद्दा चल्दैछ सबै स्कुले विद्यार्थी जस्तो कन्ठै आउथ्यो, उनको काम प्रतिको लगाब हो यो , उ जस्तैको मागपछि कतार सरकारले कतारमा कामदारको लागि देशभर भब्य अस्पतालहरु निर्माण गर्दैछन
6जुन दिन यी पत्रकार भनौदा दुताबासमा (हिन्दि फिलिमको जस्तो जुन नया इन्पेक्टर आएनी जमिन्दारलाई भेट्नु पर्ने भने जसतै) आफै भेट्न गए , माया कुमारीले सिधै आउन रोके, किनकि माया कुमारीको मा सबै कामदारले सिधै भेट्न पाउथे, तर अन्य पत्रकार, दलालहरुले भने सहयोगी मार्फत अपोइनटमेन्ट लिएर मात्र भेट्न पाउथे , तेही बाट सुरु भयो दुस्मनी
७.अन्त्यमा चुनाबको बेला जनतामा गलत संदेश जाने र खास कतार सरकारबाटै फिर्ता बोलाउन दबाब आएकोले(कतार खुल्ला जेल भनेका कारण) उनि फिर्ता बोलैएका हुन् ,
मै खाउ ,मै लाउ , मै जान्ने , मै दलाल भन्ने दिपक ले फुर्ती नगरे भो, देशको राजदुतलाई अपमानजनक तरिकाले देश निकाला गर्दा खुसी हुने , थूक्क
रुक्मांगत लाई deport गर्न खोज्दा प्रचण्ड चट् यता दीपक लाई मार हान्दा मायाकुमारी ठाउँ कोठाउँMai खुत्रकै चट्
मलाई त के लाग्छ भने यो फिर्ति सवारी कतार सरकार को दबाबका कारण सम्भब भएको हो | नत्र सायद हुन्थेन होला अन्य कुरा हरु सहयोगी चै भए होलान तर मुख्य कारण चै कतार सरकारको नेपाल सरकार लाइ परेको दबाब नै हो, के गर्ने परजीवी भए पछि येस्तै हो, दानापानी आउने ठाउँ को कुरा त मानु नै पर्यो | तेती हुदा पनि हाम्रो नकचरो सरकार ले त पहिला प्रचण्ड को अनुमति माग्यो अनि बल्ल फिर्ता बोलाउने निर्णय गर्यो | के भन्ने एस सरकार लाइ, चार दल को कर्मचारी ? जे होस् दीपक भेटवालजी लाइ बधाई |
एउटा हात्तीले बोक्ने भारी एउटा गधाले कहिलै बोक्न सक्तैन । एउटा बैङ्कको शाखा अधिकृतमा सिमीत कर्मचारीले एउटा राष्ट्रको राजदूत जस्तो पदको जिम्मेवारी कसरी निभाउन सक्छन ? माया कुमारीले आफुमा भएका योग्यता जे जति थियो त्यही देखायिन । अब माया कुमारीको ठाउँमा जाने ब्यक्ती माया कुमारी जस्तै नहोस, दुखी र पीडित नेपाली श्रमिकहरुको सहयोगी बन्न सक्ने होस ।
सिदा सिदा भानुपर्दा, नेपाली ले नेपाली लाई फसाएको हो…… Nepal मा दलाल ले, सरकारी कर्मचारीले, र बिदेसमा आर्को नेपाली दलाल ले र अन्तमा एम्बेसी ले….. नेपाली ले नेपाली लाई फसाए को भएर नै बिदेसी ले मौका पाएको हो…….
फिलिपिनो हरु को बेस्ट सिस्टम छ, अरुको दाजोमा (गरिब देसको कुरा गर्दा), इन्डियन को पनि धेरै राम्रो भैसकेको छ यो मामलामा……
नेपाली र बंगलादेसी सबै भन्दा तल्लो इस्तर को…….
रामो सिस्टम बनाए कसैले खान पाउदैनन, खासगरी कर्मचारीले……. र येहिनै कडाई गरेमा समस्या कम हुन्थ्यो होला…….
यो दीपक भेटवाल भन्ने पनि कहाँ को कम क्ष र , उसले पनि २५/३० जना मन्क्षे लएर अलपत्र बनाएर अनि एउटा केरला को सोझो मालिक पाए पछि उसलाई ठग्न पाए पछि कमाएको हो, पहिला एसले दुवै तीर मेन पोवेर को दलाली गर्थ्यो, उसकी बुडी पनि मन पोवेर को दलाल नै हो
कार्यकर्ता भन्दैमा कृषि बिकाश बैँकको थर्ड क्लास अफिसरलाई टपक्क टिपेर जानु न बुज्नु रुखको टुप्पामा पुर्याइदिने अनि अहिले रुन्चे ताल देखाएर हुन्छ? जे भो १००% ठिक भो। (अहिले त प्रचण्डले भन्या म मान्छु र पनि भन्छन भाई)
काम गरे भनेर मात्र कहाँ हुन्छ र हजुर, ढंग पनि चाहियो नि | बोल्न पनि सक्न परो |
माया कुमारी र दिपकको जुँगाको लडाई रैछ | कुरो बुझियो |
राजदुत भए पछी गर्न हुने र गर्न नहुने कुराहरुको बारेमा नेपाल सरकारले तालिम दिदैन ? येस्ता नाम मात्रका पी. एच. डी. वालालाई राजदुत नै किन बनायौ हो, नया नेपालका गणतान्त्रिक राजा राम बरण यादव ज्यू ?
व्यक्तिगतरूपमा एकापसमा पानी बाराबार गरेर समस्या थप्नुको साटो यसलाई सुल्झाउनतिर लाग्नु बुद्धिमत्ता हो । नेपालमै कमाउन सकिने पैसामा विभिन्न जालझेलमा पारेर गणेश विकजस्ता युवाहरूलाई खाडीतिर लाग्न बाध्य पारिएका छन् । कतारमा मात्र चार लाख नेपाली युवाको थुप्रो लाग्नु मर्दासमेत अनुमति लिनुपर्ने मानवताविरोधी नियमकै कारण हो जस्तो लाग्छ । हुन त यो नियम सबै देशका नागरकिलाई लागू हुन्छ रे । तर राजनीतिकरूपमा रणभूल्लमा परेको देशको नागरिक हुनुको कारण नेपालीहरू बढी पेलानमा परेको हुनसक्छ । अझ कतिपय वा धेरैलाई त यस्ता क्रूर नियमका बारेमा पूर्वजानकारीसमेत नहुन सक्छ । त्यसमाथि दूतावासले प्रभावकारी भूमिका खेल्न नसक्नु अर्को कारण हुनसक्छ । त्यसैले समस्याको रूखलाई छाँटेर जनधनको क्षति बढाउनुको साटो जराहरू नै उखेल्नतिर लाग्नु बुद्धिमानी हुनेछ ।
“प्रधानमन्त्री” र “मुख्यसचिव” जस्तो मान्छेलाई कतारवाट नै फोन गरेर “डिपोर्ट” फिर्ता गर्न दबाब दिन सक्ने सामर्थ्यबान दीपकजीहरु जस्तालाई त्येसो गर्नेले “मरुभुमीमा ऊट-भेडा चराएर खबूज खादै गुजारा चलाउने बबुरो” लाई भेटे भने त “मृत्युदण्ड” को सिफारीस नै गर्ने रहेछन …….चेतना भया !!!
कुनै बेला स. यदुनाथ खनाल र डा. भेष बहादुर थापा जस्ता कुटनीतिज्ञ जन्माएको हाम्रो देश मा असल र क्षमतावान व्यक्ति को कत्रो अभाव ? माओबादी भएकै भर मा यस्ता २ पैसे हरुलाई राजदूत बनाएर पठाए पछि देश को नाम माटो मा नमिलेर के गरोस?
नेपालका राजनैतिक पार्टीहरुले यो घटना बाट केहि सिक्नु पर्ने छ !!!
आइन्दा राजदुत नियुक्त गर्दा परराष्ट्र बाट सेबा निर्ब्रित सचिब , सहसचिब लेबलका हरुलाई गर्ने कि? जो बिसौ वर्ष काम गरिसकेका र पररास्ट्र मामिलामा निपूर्ण हुन्छन !!
भागबन्डा मा पाहियो भन्दैमा जो पायो त्यहि लाइ नियुक्ति दिंदा देशकै बेइजत नहोस !!
हन हौ – माउबादी माउबादी भिडन्त चै किन भा’रच ? लेख पढ्दा दीपक को कुरा ठिकै लागे नि – एउटा कुरा ले चै छोयो के . के सबै कामदारले उनले जस्तो पुर्चांड रु बाब-राम लै फुन लाउन सौचन तु ? त्यो पनि एकै दिनमा ?
पार्टीको पहुच नहुने त मरिजाने रैछ त !
पररास्त्य ममिलाम कुनै अनुभव र ज्ञान नभएका एउटा बैंक क़ा कर्मचारी लै राजदुत बनाएर पठौछा ,अनि तेस्ले आफ्नु बेक्तिगत नाफा बाहेक कसरि देश र जनताको काम मा सहयोग र मदत गर्छ तानी
भेटवाल उम्केको माछा- उम्केको माछा ठुलो-
तहल्का मचियो ……..
भनिन्छ लहरो तान्दा पहरो गर्जिन्छ
साएद तपाई ले मजदुर हकहित का लागि लेख लेख्नु भएकै कारण आज तेस्को यो गति भएको हो कि भन्ने बुझिन्छ
कलमको मसि कहिलै नसकियोस मजदुर हकहित का लागि लेख लेख्ने हात कहिलै नाथाकुन येही हाम्रो कामना छ दीपक जी
भेटवालजी तपाई र मायाकुमारी मध्ये को डिपोर्ट हुने भन्नेमा तपाईको जित भो राम्रै भो | डिपोर्ट जो हुनु पर्ने उनि नै भईन | विश्व भर छरिएर रहेका नेपालीले ती देशमा कामको सिलसिलामा गएकाहरुको शोषण कति भै रहेको छ, कसको कारणले भैरहेको छ, जस्तो अहिले कतारकै अवस्था मेडियामा आइराख्या छ तेस्ता अवस्थामा सुधार ल्याउन सम्बन्धित पक्ष्यलाई प्रेसर दिन के कति सकिन्छ यी कुराहरुमा लाग्नु उपयुक्त हुन्छ | यी कुराहरुमा परिवर्तन ल्याउन त्यति सजिलो हुँदैन जति माया कुमारीजस्ता लाई डिपोर्ट गराउन | त्यसमाथि हाम्रो सरकारको, पररास्ट्रको र बैदेशिक रोजगार व्यवस्था बिभागका नीति काम कारबाईहरु कामदारको हितमा छन छैनन्, उनीहरुको सुबिधा तर्फ़ लाग्छन लाग्दैनन् तीनलाई पनि नजिकबाट नियालेर बाहिर ल्याउन सकिन्छ | अहिले सरकारले रेमिट्यान्सको नाउमा आँखा बन्द गरी नागरिकहरुलाई आगाको भुङ्ग्रोमा हाल्ने काम भैराख्या छ र त्यहाँ उनीहरुको चरम शोषण रोक्न अब के कति गर्न सक्नु हुन्छ? तपाइको लगायत अन्य कारणले पनि माया कुमारीलाई कल ब्याक गर्ने आधार बन्यो यसैलाई गर्ब गरेर मात्र नबस्नोस |
स्वाभिमान मानिसको लागी आत्मसपर्ण भन्दा मृत्यु प्यारो हुन्छ
The theme of the article is …..we have to struggle against them. Even they are in power….
मलाई सार्है खुशी किन लागिराछ भने सबै नेपाली दाजुभाई दिदीबहिनीले यसै गरि पद र कुर्शीमा बस्ने को गलत हैकम र शक्ति दुरुपयोगको बिरुद्ध बोल्ने र समर्थन जुटाउने हो भने, नक्कली, स्वार्थी, अनि भ्रस्ट नेता अनि कर्मचारीको धज्जी उड्ने छ ! अनि असल व्यक्तिहरू को समर्थन पनि भो भने हाम्रो देश ले चाडै नै प्रगति को छलांग मार्ने छ ! लेखकको साहस र लगनशीलता सह्रानीय छ ! धन्यवाद !
अब माओबादी ले यिन लाई राजदूत बाट फिर्ता बोलायर संसद को टिकेट दियामा सम्भिधान पनि राम्रै संग बन्दछ ,
तेस्तो नहोला (उनि संसद बन्ने, संबिधान बन्ने चाही होइन) भन्न पनि सकिन्न, माओबादी जो परे | अदालत ले हत्यारा ठहर गरेका बालकृष्ण हरु ले पाए, यिनले त कसैलाई मारेकै त छैनन् नि अझै!!!!
संबिधान सभामा त समाबेशी भन्दै हलो जोत्दै गरेको र लुगा सिलौदै गरेको ले सभासद खान्छन…. पार्टीको झन्डा बोक्ने र अगाडी अगाडी गएर ढुंगा हान्ने, २/४ त सरकारी सबारी साधन जलाउने , उस्तै परे १/२ जनालाई लछार पछार पार्ने त्यहि न हो सभासद हुन को लागि चाहिने qualification ..
यदीसंबिधान नै बनाउने हो भने समाबेशी को नाममा ढुंगा हान्ने लाइ होइन कलम चलाउने, अलिकति बुद्दिजिबि लाइ लैजाउ जसले ५० जनाको अगाडी एउटा त राम्रो तर्क राख्न सकोस… रातो पासपोर्ट र हरियो पासपोर्ट को फरक थाहा नहुने, अहिलेको जमानामा एउटा कम्पुटर चलाएर सानो काम गर्न नसक्ने लाइ लगेर के हुन्छ/
पहिले एक अन्सारी भन्ने राजदूत र यिनको कम उस्तै लाग्यो/ दुवै कम्युनिष्ट पार्टी का नेता भनुकी हनुमान रहेछन/ नेपालमा अहिले यिनीहरुकै खाँडो जागेको छ/ अब फेरी हेरौ को आउँछ/
हाम्रो परराष्ट्र मन्त्रालयको ठुलो भुल छ| तलका कुरामा ध्यान पुर्याएको भए राम्रो हुने थियो:
१. कुनै पनि व्यक्ति राजदुत नियुक्ति भए पछि कम से कम दुई साता सम्म तालिम दिन पर्छ| प्रोटोकल भनेको के हो, उदेश्य के हो? गर्नपर्ने काम के हो, कसरि खाने र व्यवहार गर्ने बारे घोटान दिएर तालिम दिई अन्तमा जांच पास गरे मात्र नियुक्त भएको देशमा जान दिईन पर्छ| नीजी र तटस्थ संस्थालाई सो तालिम र जांच गरिने व्यवस्था गरिन पर्छ|
परराष्ट्रका कर्मचारीलाई पनि राजदुत नियुक्ति गरिदा सो जांच पास गर्न अनिवार्य गरिन पर्छ| उदाहरणका लागि, परराष्ट्रका शिष्टचार महापाल भएका व्यक्तिले कक्टेल पार्टीमा राल चुहाउदै खाएका देखेर बिदेशी कुटनीतिग्यहरु हाँसेका छन्| तिनै व्यक्ति अहिले डेनमार्कमा राजदुत छन् र देशको धुजा धुजा परेका झण्डा फ़र्फ़राएका हामीले माई संसार मार्फत पढ्न पाएका थियौ|
२. परराष्ट्रले नहिच्काई मनिटरिङ्ग, सुपरिवेस्क्षण, अनुगमन र निर्देशन गर्नपर्यो|
पर राष्ट्र बाट निर्देशन र अनुगमन शुन्य प्राय छ| झन् सचिवबाट गएका राजदुतहरु र
शक्तिशाली पार्टीबाट नियुक्त पाएका राजदुतहरुलाई जे पायो त्यहि गर्न दिईन्छ|
राजदुतहरुलाई के गर्न सकिन्छ र के गर्न सकिंदैन भन्ने पहिले लिखितममा सचेत गराईन पर्छ| परराष्ट्र को फितलोपनले पनि देशको बद्नाम गराउने राजदुतहरु छन्|
समयमै सचेत गराए नागरिक र राष्ट्रले ठुलो दुर्घटना व्यहोर्न पर्ने हुँदैन|
अमेरिका, क्यानाडा, अष्ट्रेलिया र युरोपमा गएका अहिलेसम्म कति राजदुत हरुले नोकर चाकर भनेर लैजादै आफन्त हरुलाई त्यही छाडेका छन् त्यसको लेखाजोखा गर्ने
भेटवालजीहरु जस्तो चाहिएको छ|
माया कुमारी शर्मा अब शर्मानाक भएर तु. देश फर्कन पर्छ| भविष्यमा पनि कुनै सरकारी कामको लागि अयोग्य|
एमाओबादि पार्टी जति ठूलो छ त्यसका पार्टी का नेता र बुद्दिजिबि पनि त्यतिनै जिम्मेवार हुनु पर्ने हो तर जुन पृष्टभुमि बाट पार्टी खुल्ला राजनीति मा आयो र चुनाब मा ठुलो पार्टी को रुपमा स्थापित भयो त्यसको असर चाहि बिस्तारै देखिदै आउन थाल्यो किनभने अहिले सम्म पनि पार्टीलाई उभो लगाउने खालका कुटनीतिक व्यक्तित्व र बुद्दिजिबि पार्टी ले पाउन सकेको छैन र त्यसै को उधाहरण हो माया कुमारी ………..
Great!! Continue fighting against the odds. Honesty pays. None is allowed to suck the blood and enjoy. Arabi people who are just oil rich, bloody contractors..they don’t deserve anything if they can’t treat workers like human. On top of that, Nepali man power companies and suppliers are exploiting poor and troubled people..what a shame. Let’s point the fingers towards them. When new Ambassador comes to Qatar or any other country where Nepalese are working in large number, lets make them aware of such events and the situation of Nepalese brothers and sisters and force him/her to work seriously. People in kathmandu should come to the road and put pressure on government as well as Qatari ambassador in Nepal. Vandalize those man power companies which are not working fairly. Everyone of us can play a role from making people more aware of the situation and their rights but media people have immense power. Journalists..please move ahead. We will support you!!!!
सर्ब प्रथम त दीपक भेटवालजी तपाइलाई मुरी मुरी धन्यवाद
तपाइको आट सलोट गर्न योग्य छ! अब यहाँ (मलेसिया) हामीलाइ पनि तपाई जस्तै एउटा “दीपक भेटवाल” को खाचो खट्कियको छ! यहाँ पनि त्यस्तै छ हालत हाम्रो दुताबासको मलाई त यो पार्टीहरुले टिका लगायर राजदुत बनाउने प्रथा नै बन्द गरेर सम्बन्धित बिसयमा बिज्ञलाइ मात्रै राजदुत नियुक्ति गर्नु पर्छ,,,,,, होइन र ???????
सलाम ! सलाम अनि फेरी पनि सलाम !! तर लडाई पुरै जितिसक्नु भएको छैन है ? बध्येताबस पिल्सि रहेका ४ लाख नेपालीको दैनिकी पनि सहज बनाउन कोसिस गर्नु पर्छ, अहिले गर्जियेंन ले सुरु गरेकोछ योमुद्धा लाई येही मौकामै अन्तरास्ट्रिय रुपमै प्रसेपन गर्ने कोसिस गर्नुहोस! जे होस् देवेन्द्र भटराई को संगतले कलम चाही छुरा झैँ नै भयेछ ! मालिक हरु दुवै जना लाई झुम्रहा पुतली को जधौ !
दिपक जी अरुपनि माया कुमारी जस्ता असछ्य्म बेक्ती हरुको अन्तत येही हाल हुने निश्चित छ , तपाई लाई सलाम !!!! युद्ध सिद्धिएको छैन र अझ धेरै जबाफदेही बढेको छ ! देसको नालाएक नेता,प्रसासक को कारणले बेरोजगार भै बध्येताबस रोजीरोटी खोजीमा त्यहा पिल्सि रहेका ४ लाख नेपाली को अवस्था हेर्नुस्त? कतार मा एकजना तपाई जस्तो सहासिलो बेक्तित्यो को खाचो थियो जसले कतार मा रहेका बिदेसी कामदार हरुको वास्तविक अवस्था बारे अन्तरास्ट्रिय स्तरमा आवाज बुलन्द गरि उनीहरुको दैनिकी सहज बनोस ! म अन्दाज गरिरहेकोछु मायाकुमारी संग कुम मिलाई घर घरमा रात्रिभोज आयोजना गर्ने त्यहा
क्यास-माओबादी को रोझाइमा परेको दुर्गती !! होईन हो बैंकमा जागिर खाएर माओबादी को राजनीति गरेको भरमा राजदुत बन्छन भने हामीले के आश रख्नन सक्चौ !!
धिक्कार छ नेपालको राजनीति!!
इतिहासकै असफल राजदुत हुन् यिनी .
आफ्नो गल्तिको दोष निर्दोष नागरिकलाई थोपर्ने नालायक राजदुत हुन् यिनी.
अब आउनेले ओहोदा सम्हाल्न जानेकोहोस्.
माया कुमारीको पद्चूत गरेको मा कतार का चार लाख नेपाली बाट धन्य बाद त आउने नै छ! र यो एउटा नेपाल सरकार लाइ गतिलो पाठ पनि हो कि!अब आउने हरेक राजदुत सच्चा नेपाली र नेपालीको मजदुरी लाइ सम्मान गर्ने मन भयको आउनु पर्नेछ! ताकी पटक पटक मायाकुमारी हरु जस्ता लाइ जबर्जस्ति निकाल्न नपरोस!! र दिपक भेटुवाल जी लाइ सलाम!!
मलाई दुख लागयो ! ! !
यस अर्थमाकि हजुर हरु जस्तो देश को मजबूत खम्बाहरु बाहिर गएर काम गर्नु भएको छ , चोर फटाहा हरु देश को राजदूत भयी खाएका छन, कति मिठो सालिन अभिव्यक्ति दिनु भयो ? भबिस्यमा अरुपनि यस्तै सालिन सभ्य लेखहरुको अपेक्षा राख्दछौ ।
बस्ताब मा तिमि नै नेपाली कामदार बिरोधि हौ, राजदुतले त सहि नै भनेका हुन् नेपाली कामदारको लागि कतार खुल्ला जेल सरह छ भनेर.
कसले भान्छा नेपालीलाई कतार स्वर्ग छ भनेर?
नेपाली दाजुभाई त्यहाँ नब युग को दास भएर काम गरी रहेको छन यस्तो मनबता बिरोधि दासत्वको बिरोधमा बोल्नु पर्ने पत्रिकाले राजदुत बिरुद्द लगेर सम्पूर्ण नेपाली कामदारको भावना बिपरित कार्य गर्नु घोर आपत्ति जनक काम हो .
हामी कसैको दलाली गरेर नेपाली ले नेपाली माथि नै सोषण अत्याचार गर्ने काम छाडौ
ए पाजी, तिमीले लेख त पढयौ ? कि तिमि पनि उही महामहिम कै चेला पर्योउ ?
राजदुतको “खुल्ला जेल” अभिव्यक्ति को बिरोध कहाँ गरेको छ यो लेख मा ?
“खुल्ला जेल” अभिव्यक्ति दिने बित्तिकै उनको सबै कुकर्म पखालियो त ?
लिम्बु ब्रो,
कतार कस्तो छ ?
स्वर्ग जस्तो छ कि ?
खुल्ला जेल जस्तो छ कि ?
त्यो हेर्ने र भुक्दै हिड्ने काम राजदूतको हो र ?
भोली कतारले “ल अब देखि सबै ४ लाख नेपाली फिर्ता जाउ, अब आउनु पनि पर्दैन” भन्यो भने फेरी लम्पसार परेर डाको छोडेर “प्रभो !!!, गल्ती भो !!!, माफ पाउ !!! ” भनेर डाको छोडेर रुने?
हो कतार नराम्रै होला तर त्येसको उपचार के हो त् ?
लाठि नभाचि पनि सर्प मार्न जान्नेलाई “diplomat /कुटनीतिज्ञ” भनिन्छ,
सर्प मार्न लाठि हान्दा उल्टै आफ्नै खप्परमा लाठि बजारियर आफ्नै खप्पर पनि फुट्ने सर्पले पनि डस्नेलाई “माया कुमारी” भनिन्छ ………चेतना भया !!!
………………….. जदौ !!!
अब जे हुनु भैगयो जसले जस्तो कर्म गर्छ उस्तै फल पाउछ । अब सरकारले सोंच्नु पर्ने बेला भएको छ यसरी जिम्मेवार पदको लागि नियुक्ती गर्दा कुनै पनि पार्टिको सिफारिस बाट भन्दा बौद्दिक क्षेमतावान ब्याक्तिलाई नियुक्ती गर्नु जरुरी छ जसले आफ्नो पदभार समाल्न सकोस ।
खै के खै के .अब उनि त जन्छिन तर जो आए पनि .अब आउने चाही अलि बलियो भएर आउनु पर्ने देखिन्छा किनकि कतार मा जो आए पनि सुख संग बाच्न पाउने छैन | सबै लाई जानकारी होला .यहाँ राजनीति धेरै चल्छ नेपाल मा राजनीति गर्न नपाएर कतार भित्रिएको हरु छन् .यो पनि एउटा राजनीतिक कोमाल हुन् | म प्रतक्ष्य ३ पटक जति नेपाल एमबिसी पुगेको छु माया कुमारी शर्मा ले मेरै सामुने भनेको छन् .कतार बाट कि दिपक भेटवाल रहदैन कि माया कुमारी ..दिपक भेटवाल को चाही दिन बलियो रहेछ कतार छोड्नु परेन | माया कुमारी ले छोड्नु पर्यो — माया कुमारी ले के भने के गरे सबै बुझ्न चाहे ,दिपक भेटवालको लेखको शिर्षक राम्रो थियो .तर भित्रि केहि कुरा हरु गलत जस्तो देखिन्थ्यो .-जस्तो कि ztv चलाएर बस्ने कुरा मा .कार्य कक्षमा tv भए पनि त्यो tv चल्दै नचलेको कुरा .दिपक भेटवाल लेबर डेस्क हेर्ने भए पनि एक पटक पनि लेबर को समस्या लिएर त्यहा नपुगेको कुरा .हरु माया कुमारी भनेको छन् .| अब दिपक भेटवाल बिरुद्ध हो या बि बि सी ,को नारायण श्रेरेष्ट बिरुद्द हुन् उनले अदालतमा मुद्दा दर्ता गर्ने भनेको सुनेको छु | बाकी हेर्दै जाऊ– — —
भेट्वाल जि को डिपोर्ट सम्ब्न्धी कुरोहरु लाई बेलि-बिसतार सङ्ग पडे,नाम चाही माया रे तर काम चही उल्टो परेछ नि त ,बिचारा केहि पैसा कमाएर आफ्नो परिवार्लाई केहि मात्र मा सुख दिना सकिन्छ कि भनेर बिदेसिया हाम्रा दाजुभाइहरुको पिडामा अझ सहयोग गरी आत्मसम्मान का साथ बाच्न सिकाउनु पर्नेमा माया नगरे अझ दुख दिनेलाई भेट्वाल जि ले गर्नु भएको कुरो एक्दम ठीक लाज्ञा छ ।यो माया देवी हैन रछ यो त अचम्मै कै स्वास्नी मान्छे परेछ नि त गाठे । यस्लाई त पार्टिले गोर्खे लौरो हान्नु पर्ला नि त
जय स्वाबिमान्
जदौ
यस्ता कपुत्री हरु लाई पद दुरुपयोग गरेको काण्डमा आजिबन काराबास हाल्नु पर्छ, सब भन्दा ठुलो गल्ति डा. भट्टराई को हो जसको हैसियत क्रिसी बिकास बैंक चितवन मा बसेर जनता लाइ ठग्न सम्म मात्र थियो तर “माहामहिम माओबादी कार्यकतालाई कतार का लागि नेपाली राजदुत” बनाउनु देश र नेपाली जनताको लागि र पररास्ट्र को सबै भन्दा दुर्भाग्य हो .
“इज्जत भए बैज्जत हुन्छ” थुक्क नेपाली नालायक नेता तिमीहरु को भ्रस्टाचार मा लिप्त कर्यासैली”
अबस्य पनि एक दिन नेपाली जनताले तिमीहरु को एक एक गरेर हिसाब लिनेछ.
खै कसरि भन्ने राजदुत अब येस्ता कसैले टिका लाएर बनाएका दुत लाई टिके दुत भन्नु राम्रो होला र येस्ता टिके हरु बाट के आशा गर्न सकिन्छ र .