Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आइतबार अमेरिकामा नेपालको लागि पदयात्रा

Posted on September 19, 2013September 19, 2013 by mysansar

यही सेप्टेम्बर २२ आइतबार अमेरिकाको बोस्टनमा हुने वाक फर नेपाल कार्यक्रमको मिति नजिकिँदै गर्दा कार्यक्रम उत्साहप्रद र ऐतिहासिक हुने आयोजकहरुले बताएका छन्। स्थानीय रिभेरको समुद्री तटमा हुने यस कार्यक्रममा हालसम्मको टिकट बिक्री र अनलाइन दर्ताको गणितलाई हेर्ने हो भने करिब ५०० जना पदयात्रीहरु संलग्न हुने अनुमान छ। अनलाइन दर्ता र वाकर स्पोन्सरबाट अहिलेसम्म करिब ११ हजार डलर उठिसकेको छ। बिहान ८३० बजे शुरु भएर करिब ५ घण्टासम्म चल्ने कार्यक्रममा वाकर दर्ता शुल्क, वाकर स्पोन्सर र कार्यक्रम स्पोन्सरबाट करिब ५० हजार डलर बराबरको रकम उठाउने लक्ष्य राखिएको छ। यसले नेपालमा सामाजिक क्षेत्रमा काम गरिरहेका १७ वटा विभिन्न गैरसरकारी संस्थाहरुलाई आर्थिक सहयोग जुट्ने छ।

कार्यक्रममा पदयात्राको साथै नेपाली संस्कृति झल्कने पन्चेबाजा, लाखे नाच, राष्ट्रिय गीत तथा अन्य सांगितिक कार्यक्रमहरु पनि हुनेछन्।

बोस्टनबाट शुरु भएको वाक फर नेपाल कार्यक्रम यसअघि संसारको पाँच ठाँउमा भइसकेको र हालसम्म १५०० भन्दा बढी पदयात्रीको प्रत्यक्ष सहभागितामा १ लाख अमेरिकी डलर भन्दा बढी आर्थिक संकलन भइसकेको छ। आइतवार बोस्टनमा भएतापनि विश्वभर छरिएर रहेका नेपाली तथा विदेशीहरुले नेपालको सामाजिक क्षेत्रमा केही सहयोग गरौं भन्ने अवसर वाक फर नेपालले प्रदान गर्नेछ। यस वाक फर नेपालमा संलग्न संस्थाहरुको छोटो परिचय

आमाको घर
दिलशोभा श्रेष्ठले आफ्नै घरमा सन् १९९८ देखि स्थापना गरेको यो संस्थाले वृद्धाहरुको लागि उचित आश्रय दिने काम गर्दै आइरहेको छ।

दी आमा फाउण्डेसन
यस संस्थाले गरिब तथा विपन्न केटाकेटीहरुलाई आश्रयस्थल, शिक्षादिक्षा र उचित वातावरण दिई उनीहरुको वृद्धि र विकासलाई सहयोग गर्दे आइरहेको छ।

बालसारथी एकेडेमी
घरबार र अभिभावकविहीन बालबालिकाहरुको शिक्षादीक्षाको लागि यस संस्थाले काम गर्दै आइरहेको छ।

बोष्टन स्ट्रङ
बोष्टनका वर्तमान मेयरद्वारा शुरु गरिएको यो अभियानले अप्रिल १५, २०१३ को बोष्टन बम काण्डका पीडितहरुको लागि सहयोग जुटाउँदै आएको छ।

इम्पावर दलित उमेन अफ नेपाल
नेपालका ग्रामीण भेगका दलित महिलाहरुको ससक्तिकरण र उनीहरुको हक हित र अधिकारको लागि यस संस्थाले काम गरिरहेको छ।

फाउण्डेसन फर इडुकेसनल चेन्ज नेपाल
नेपालको शिक्षा क्षेत्रको विकासको लागि काम गरिरहेको यस संस्थाले त्यस सम्बन्धि तालिम र अनुसन्धानहरु गर्दै आइरहेको छ।

फ्रेण्डस् अफ माइती नेपाल
माइती नेपालको भागीनी यस संस्थाले चेलीवेटी वेचविखन रोक्न तथा वेचिएका चेलीहरुको उद्धार र पुर्नस्थापन गर्दै आइरहेको माइती नेपाललाई अमेरिकाबाट स्रोतहरु जुटाउदै आइरहेको छ।

ग्लोवल इन्क्लुसिभ एडभेन्चर अर्गनाइजेसन
नेपालका सातजना महिला सगरमाथा आरोहीहरुको यस संस्थाले सातवटा महादेशका सबैभन्दा अग्ला हिमालहरु आरोहण गर्ने लक्ष्य लिएको छ।

हेल्प नेपाल नेटवर्क
संसारभर स्वंयसेवी भएको नेपालीहरुको ठुलो सामाजिक संस्थाले नेपालको ग्रामीण भेगमा शिक्षा, स्वास्थ्य र सामुदायीक विकासमा काम गर्दै आइरहेको छ।

हेरालो प्रतिष्ठान नेपाल
पोखरामा अवस्थित यस संस्थाले पोखराको पर्यटन, शिक्षा, वातावरण र स्वास्थ क्षेत्रमा विभिन्न काम गर्दै आइरहेको छ।

हिमालयन लायन्स क्लब न्युइग्ंल्याण्ड
लायन्स इन्टरनेसनलको एक इकाइ हिमालयन लायन्स् क्लबले नेपाल र बोष्टन वरपर विभिन्न सामाजिक कामहरु गर्दैआइरहेको छ।

माइसंसार फाउण्डेसन
यस ब्लगको सामाजिक संस्था माइसंसार फाउण्डेसनले नेपालका सामुदायिक विद्यालयहरुमा पुस्तकालय निर्माण लगायतका काम गर्दै आइरहेको छ।

नेपालको युवा
विश्वभरि छरिएर रहेका नेपाली युवाहरुलाई नेपालमा सकारात्मक परिवर्तनको लागि परिचालन गर्ने काम नेपालको युवाले गर्दै आइरहेको छ। नेपालको युवा वाकफर नेपालको आयोजक पनि हो।

नेपाली उमेन्स् ग्लोबल नेटवर्क
विश्वभर छरिएर रहेका नेपाली महिलाहरुको संजाल यस संस्थाले नेपाली महिलाहरु बिच सहकार्य, समन्वय र सहयोगको लागि काम गरिरहेको छ।

न्याय हेल्थ
स्वाथ्यसँग सम्वन्धित व्यक्तिहरुद्वारा संचालित यस संस्थाले नेपालको दुर्गम गाँउहरुमा समुदायमा आधारित निशुल्क स्वाथ्यसेवा दिंदै आइरहेको छ।

सेयरिगं रिर्सोसेज
शब्दबाट संसार चिनौं भन्ने कार्यक्रमको माध्यामबाट यस संस्थाले नेपालका गाँउहरुमा पुस्तकालय निर्माण र पढ्ने संस्कृतिको विकासमा काम गर्दै आइरहेको छ।

बोस्टनको वाकफर नेपालमा प्रत्येक्ष सहभागी नभएतापनि तपाईहरुलाई माथिका संस्थाहरुलाई आर्थिक वा अन्य सहयोग गर्न इच्छा छ? यदि छ भने सहयोग गर्ने विधी यस्तो छ।

बोस्टन वरपर हुनुहुन्छ भने वाकरको रुपमा सहभागी हुनुहोस्। अनलाइनमा १५ डलर तिरेर वाकरको रुपमा नाम दर्ता गर्न सकिन्छ।

त्यस पदयात्रा कार्यक्रममा पदयात्री र उनीहरुले सहयोग जुटाउन लागेको संस्थाको नाम छ उनीहरुलाई स्पोन्सर गरेर पनि सहयोग गर्न सक्नु हुनेछ।

थप जानकारीका लागि
http://walkfornepal.org/

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme