-लक्ष्मण गाम्नागे-
यिनीहरूले हामीलाई हाम्रो दुर्गतीको कारण
पञ्चायती व्यवस्था हो भने।
हामीले पत्यायौं र पञ्चायतलाई ढाल्यौं।
हेर्दाहेर्दै यिनीहरूले झ्यालबाट पञ्चहरू हुले
र हामीलाई पार्टीको ढोकाबाट बाहिर निकाले।
यिनीहरूले हामीलाई
हाम्रो सम्पूर्ण दुर्भाग्यको कारण राजतन्त्र हो भने।
हामीले फेरि पत्यायौं
र राजतन्त्र विरुद्ध लड्यौं।
हेर्दाहेर्दै यिनीहरू
कहिले राजाको बाहुलीमा नाम चढाउन गए
कहिले पाउमा दाम चढाउन गए।
यिनीहरूले
सम्विधानसभा नयाँ नेपाल बनाउने कडी हो भने।
देशमा चमत्कार गर्ने जादुको छडी हो भने।
त्यो पनि हामीले मान्यौ
र भोट हालेर यिनीहरूलाई नै छान्यौं।
हेर्दाहेर्दै यिनीहरूले
सम्विधानसभालाई डान्स रेष्टुरेन्टमा ढाले
र मात्तिएर नाङ्गा नाङ्गै नाच्न थाले।
यिनीहरूले हामीलाई
धर्म भनेको अफिम हो भनेर पढाए।
हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं।
पुरेतहरूका जनै चुँडाल्यौं
र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं
र पूजारीहरूका लँगौटी उतार्यौं।
हेर्दाहेर्दै हामीलाई मन्त्रदान गर्ने यी गुरुहरू
हनुमानचालिसा पाठ गरेर मन्त्री हुने जपना गर्न थाले।
मसानबाबाहरूका खुट्टाको पानी अचाएर
शक्ति हत्याउने सपना देख्न थाले
हुँदाहुँदा यिनीहरू सत्ता आरोहणको लालसामा
भैंसीको पूजा गर्न थाले
भैंसीको।
यिनीहरूले हामीलाई फिलिमले विकृति ल्याउँछ भन्दै
सिनेमा हलमा आगो झोस्न लगाए
हामीले झोसेको आगो ननिभ्दै यिनीहरू त
राम्रा राम्रा फिलोइनहरू छानेर
फिला जोडेर नाच्न पो थाले ।
हाम्रो सिङ्गो जीवनलाई नरकतिर धकेलेर
यिनीहरूले स्वर्ग भोगे।
नेपाल आमालाई ब्रह्मनालमा सुताएर
वाकसको चावी खोसे र राष्ट्रिय ढुकुटी लुटे।
हामीलाई थाङ्नामा सुताए यिनीहरूले
र पिसाब फेरे हाम्रा सपनाहरूमाथि।
यसरी यिनीहरूले बारम्बार हामीलाई लत्याए
हामीले यिनीहरूलाई बारम्बार पत्यायौं।
यिनीहरूलाई पत्याउँदा पत्याउँदै
हाम्रा बराजुहरू भोकै मरे।
बाजे बज्यैहरू नाङ्गै मरे ।
यिनीहरूको आश गर्दागर्दै
हाम्रा बाबुआमाहरू रोगैरोगले थला परे।
यिनीहरूकै अकर्मन्यताले
हाम्रा कति भाइहरू
विदेशी भूमिमा बन्धक भएर रोइरहेका भेटिए।
कति जिउँदै गाडिए, कतिका घाँटी रेटिए।
कति हाम्रा छोरीचेलीहरू
उतै बलात्कृत भए, कति मारिए।
कति छोराहरूले
घरको छाना टाल्न किड्नी काटेर बेचे
कति आमाहरूले
भोकको ज्वाला सहन नसकेर
नावालक छोराछोरी सहित
खोलामा हाम फालेर आत्महत्या गरे।
जति वर्ष यिनीहरूको पुच्छर ढुङग्रामा हाले पनि
सधैं बाङ्गाको बाङगै भो
जति लुगा लगाइदिन खोजे पनि
यिनीहरूको नियत
सधैं नाङ्गाको नाङगै भो
अब त डर लाग्न थालेको छ,
यिनीहरूलाई पत्याउँदा पत्याउँदै
कुन दिन कुनचाहिँ छिमेकीले
हाम्रो थातथलोनै कप्लक्क खाने हो
र यिनीहरू सहित
हामी सप्पैलाई
दास बनाएर दाम्लोले बाँधेर लाने हो!!
सही छ…
गाम्नागे जी को कवितामा पनि उत्तिकै दम छ जति उहाँ को व्यंग्यात्मक लेख मा हुन्थ्यो….
लक्ष्मण गाम्नागे- सर तपाई तेहा गएपनि चाल तेहिहो
२४० वर्ष को कमजोरी २ वर्ष मा पुरा हुन्न
“हामीले पत्यायौं र मन्दिरहरू भत्कायौं।
पुरेतहरूका जनै चुँडाल्यौं
र झाँक्रीका ढ्याङ्ग्राहरू फुटाल्यौं।
ज्योतिषीहरूका घुँडा फुकाल्यौं
र पूजारीहरूका लँगौटी उतार्यौं।”
यस्तो अतिरञ्जित प्रचारबाजी केका लागि ? गाम्नागेजी गए हुन्छ नागार्जुन दाम थाप्न ।
यत्ति चांडै पशुपति र अरु मठ मन्दिरमा घटेको घटनाहरु बिर्श्या?
पशुपतिमा त नेपाली भट्ट नै राख्ने कुरा भएको हो, जसको विरोध नेकाले गरेको थियो । अन्य भारतमा भएका घट्नालाई नेपालको भन्ठान्नुभएको भए मेरो भन्नु केही छैन ।
भट्ट चाहे नेपाली होस् कि बिदेशी, धार्मिक क्षेत्र भित्र ढुंगा मुधा गर्ने त त्यै भुस्तिघ्रेहरुनै हुन् क्यारे|कि त्यो पनि भारतको “कुनै ठाम” मा भा हो कि त?
सामान्य झडपलाई ढुंगामुढा देख्ने गजबकै दृष्टि हो ।
जुन बादी आए पनि हामीले नेपाल बादी हुन सकेको भए आज यो अबस्थाको सिर्जना हुने थिएन |
यी ब्वासा र स्यालहरुको पछी नलागी हामीले आफ्नो काम गरेर बसेको भए आज यो दिन देख्नु पर्ने थिएन | किन पछी लाग्छौ ए भेडाहरु, ए रेबिज लागेका कुकुरहरु, १५ वर्षमा पनि देखेनौ माओबादीले देशमा के गर्यो के गरेन भनेर ? कि तिमीहरु नेपाल आमाका सन्तान होइनौ ? तिमीहरुलाई आफ्नो देशको माया छैन ? कि त तिमीहरु मानब रुपी दानब हौ | कि नेताहरुले हगि दिएर खा भने खाने कुकुर हौ | होइन भने आफ्नो देशमा भत्केको चाला किन देखाऊछौ ?
कोइराला , नेपाल ,ओली , भट्टराई वा दाहाल
सबका सब यी हुन् राष्ट्रिय दलाल
धन्यबाद गाम्नागे जी!
साँच्चै हामीले गफाडिको गफ पत्याएछौँ ।
दाम्लामा बाँध्नु पर्ने भैँसी मत्याएछौँ ।
रत्यौली हो कि ठट्यौली सबै पत्याएछौँ ।
आत्मीयताका भाका सबै लत्याएछौँ ।
नक्सा बिना कुनै कार्य योजना र म्यान्डिदेतको पालना भएन भने जनता सधैं झुक्किन्छ । स्याल पल्कदै जान्छ । मौलिक बिचारका नेताहरु लडाउन स्यालहरुको पछाडि जनतानै लागेपछी,आफ्नो महत्वलाई जनताले नभुझे पछी,मिठा मिठा कुरामा आफुले मनन नगरि,को सही को गलत पहिचानगर्न नसके पछी,बाहिरी हस्तक्षेप भन्ने एउटा भुतलाई नेताले विश्वाश गरुन्जेल,कठपुतली मानसिकताको राजनिती गर्दै अबसर खोज्ने क्रम चलिरहे सम्म हाम्रो देशको परिवर्तन हुन धेरै कथिन छ । तर एउटा सत्यकुरा हामी अहिले चौबाटोमा अल्मलिएका छौ । अलिकती समय लगाएर सही बाटो पहिचानगर्नु नै हाम्रो सफल गन्तब्यको यात्राको थालनी हो ।
तपाई को कविताले नेपाल को अहिलेको अवस्था हाई डेफ तस्विर हेरे जस्तो छर्लंग देखाएको छ तर त्यति हुदा पनि दुख को कुरा बैद्य माओबादी र अन्य दल को क्रिया कालाप हेर्दा कुनै परिवर्तन होला जस्तो छैन | जब सम्म यिनको सोच परिवर्तन गर्न जनता उठ्तैना – येस्ता हरुलाई कडा प्रतिवाद गर्दैन तब सम्म यिनीहरुकै बोलवाला हुने निश्चित छ |
ठिक हो पत्याउदा पत्याउदै ब्वाँसोले गाइको आन्द्रा भुँडी झिके जसरि खाइ सके | यो बादी उ बादी भन्ने नै छैन सबैको अन्तिम लक्ष्यनै त्यहि हो – भुँडी भर साँचो बुझाउ | अब मुटु मात्र हल्लिरहेको पनि बन्द गराउन लागि परेका छन |
तसर्थ
हे जनता तिमि जग
चोरलै सुलीमा चदायारा
साधुलाई चौतारीमा बसयारा
तिम्रो सासन तिमिनै गर
तिम्रो घर तिमिनै बनाउ,
काइते गूफ़,
भयो अब पुग्यो
पछि नलागी
आफ्नो बाटो आफै बनाउ
यात्रा गर्नु छ भने
गज्जब छ!
राम्रो लाग्यो!
धन्यबाद गाम्नागे जी!
अति सुन्दर लेख माथि को बस जलेको समाचार र यो भन्दा पहिला को आधुनिक छाडा दोहोरि हेर्दा हाम्रो देस मा पकै पनि गणतन्त्र होइन गनाउने तन्त्र/छाडा तन्त्र पसेछ एसको रोकथाम गर्न सरकार ले तुरुन्तै कडा भन्दा कडा पहल गर्नु पर्यो राम्रो काम को लागि हामी सारा जनताले साथ् दिनेछ एस्त उग्र र छाडा काम तुरुन्तै बन्द गरौँ सबै नेपाली लै निर्धक्क बाच्ने अधिकार पाउन पर्छ अन्त मा यो लेख पस्कउनु भएको मा धेरै धन्यवाद
पढ्दै पनि आङ सिरीङ्ग हुन्छ कठै मेरो देश ,कठै हामी नेपाली।।।