Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेन्सलेस बोर्ड

Posted on August 15, 2013August 15, 2013 by mysansar

-जुन-

scissors_clip_art मनोज पण्डितदेखि दिपक रौनियार अनि प्रचण्डमानसम्म सबैले हाम्रो सेन्सलेस सेन्सर बोर्डबाट पीडित भएको कुरा गरेका छ‌न्। हाम्रो सेन्सर बोर्डमा सिनेमा बुझेकाहरुभन्दा पनि दलबाट आएकाहरुको हालिमुहाली छ। तलको ब्यङग्य त्यसैमा आधारित भएर लेखेको छु। संलग्न फोटो चाँही एउटा सिनेमा सेन्सर गर्दाखेरिको नोट हो। फोटो सुदीप श्रेष्ठबाट अनुमति लिएर साभार गरेको हुँ।

निर्देशकले मलाइ बाहिर निस्कन आँखाले इशारा गर्यो । मैले बुझिन !
‘किन बाहिर जाने?’ मैले निर्देशकका काननजिक पुगेर खुसुक्क सोधेँ ।
‘अहिलेसम्म पर्खेकी म्याडम यिनै हुन, टयाक्सीभाडा तिर्देर आउनुस खडकाजी’ निर्देशकले यति भनेसी बल्ल कुराको चुरो बुझेर बाहिर निस्केँ । ट्याक्सी ड्राइभर ती म्याडमतिर भाडा पाउने आशातित नजर फालिरहेको थ्यो, म आएको देखेर म्याडम फन्केर भित्र पसिन ।
‘कति हो ?’ मन नलाइ-नलाइ सोधेँ । ‘छ सय’ ड्राइभरले रुखो स्वरमा जवाफ दियो ।
‘काँबाट हो र छ सय ?’

‘जाउलाखेलबाट लाग्दैन त छ सय?’ उ च्याँठ्ठियो। धेरै बहस गरेर फाइदा देखिन, हजारको नोट तेर्स्यायँ । उसले पुराना गैँडा फर्कायो । भवन भित्र पस्नै थालेको थियँ, ड्राइभरले बोलायो –
‘ए दाजु…तपाँइ को हो ?’
‘म को हुनु नी, खडकाजी हुँ’ म पनी च्याँठ्ठिएर उत्तर दिएँ । भित्रबाट मेरो निर्देशकले निरिह हेराइ फालिरहेको थ्यो।
‘याँ आउनुस तो….तपाँइ फिलिम निर्माताजस्तो देखिनुहुन्छ नी?’ उ नजिक जाँदैगर्दा सोध्यो ।
‘हो भाइ…तर कसरि थाहा पाउनु भो, चिनेजस्तो त लाग्दैन’ मैले भनेँ । उसले अर्को सयको नोँट मतिर तेर्स्याउँदै भन्यो।
‘दाजु लिनुस यो पनी, म पनी पहिला निर्माता थियँ, तपाँइको मर्का बुझ्छु’ त्यति भनेर उसले टयाक्सी हुँइक्यायो ।

मलाइ चक्कर आउला झैँ भैसकेको थ्यो । घामपनी उस्तै चर्को । हामी हाम्रो फिलिम ‘लभ इन थानकोट बोर्डर’ ‘सेन्सर’ गराउन ‘सेन्सलेस बोर्ड’ मा आएका थियौँ केही बेर अघीमात्रै । राजनितिक दलबाट नियुक्त भएकी सेन्सर सदस्य नआएर हाम्रो सेन्सर रोकिएको थ्यो। उनी आइन, मैले टेक्सी भाडा तिर्दिएँ। यति सेन्सर पार गर्न पाए प्रदर्शन गर्ने अर्को युद्दमा लाग्न हुन्थ्यो। मैले बनाएको फिलिममा अश्लीलता त छैन त्यहीपनी सेन्सर नगराइ प्रदर्शन गराउन नियमले मिलेन। आफु परियो नारीको शक्तिमा बिश्वास गर्ने मान्छे त्यसैले फिलिमपनी नारिप्रधान नै बनाएको थियँ।
**
Censor Board
निर्देशकजी हाम्रो फिलिमको डिभिडी बोकेर तयारी अवस्थामा थिए सेन्सर गराउन । प्रोजेक्टर र स्क्रिन तयार भयो ।
‘म्याडम ट्राफिकमा फसिस्यो की’ । अर्का छेपारे सेन्सर सदस्यले सोधे । उनी सत्तामा रहेको दलनिकट मानिन्थे
‘छोरिले चेन्नइ एक्सप्रेस हेर्ने भनेर हैरान पारि, हलबाट डेरा पुगेर सिधै आएकी’
उनले ओँठको लिपिस्टिक ओँठले नै मिलाउँदै भनिन।

‘हामीपनी आज साँझ स-परिवार जाने भनेर टीकट बुकिङ भाछ, म्याडमलाइ कस्तो लाग्यो कुन्नी’
‘यु नो आइ एम बिग फ्यान अफ शाहरुख….फिल्म त बबाल छ, फुल पैसा असुल, क्लाइमेक्समा अलिअलि आर्ट मुविजस्तो रहेछ’ उनले भनिन । सेन्सर सदस्य मख्ख पर्यो ।
‘ल अब शुरु गरौँ होला’ मेरो लुरे निर्देशकले सेन्सर सदस्यहरुको ‘चेन्नइ एक्सप्रेस’ छलफललाइ डिस्टर्ब गर्दै भन्यो । महिला सदस्यसहित चारजनाले गर्ने रहेछन ‘सेन्सर’ । समाजलाइ असर पर्ने खालका सामग्रि आमदर्शकहरुसम्म पुग्नबाट रोक्ने न्युट्रल डेन्सिटी फिल्टर रहेछन उनीहरु।
‘कति मिनटको छ हाम्रो खडकाजी?’ पुरुष सेन्सर सदस्यले सोध्यो मलाइ । मैले निर्दैशकतिर आँखा घुमाएँ ।
‘२ घण्टा १० मिनटमा सकिन्छ हजुर’
‘यसो गर्नुस न खाजा बरु अहिल्यै अर्डर गरिहाल्नुस है, आउँदै गर्छ । हामी सबै नन-भेज खान्छौँ’ सदस्यले भने। मैले टाउको हल्लायँ ।
‘लभ इन थानकोट बोर्डर’ शुरु भयो र शुरुमै ड्याम्म गर्दै निर्माता मुन्तिर मेरो नाम आयो ।

***
‘एक मिनट….एक मिनट….पज गर्नुस र थोरै ब्याक जानुस त’ हेर्दाहेर्दै मधेशी दलबाट आएका सेन्सर सदस्यले भनेँ । फिल्म रोकियो र थोरै पछाडी पुग्यो ।
‘साले सक्नेभए आइज’ यो संवादले भन्ने खोजेको के ?
‘बाटोमा आफ्नी प्रेमीकालाइ जिस्काउने केटाहरुलाइ नायकले च्यालेञ्ज गरेको दृश्य हो यो हजुर’ निर्देशकले प्रस्टायो ।
‘अनि केटी जिस्काउने केटाहरुमध्ये पछाडीका दुइटा कालो बर्णका, नायक पहाडी मुलको ? यसलाइ हटाउनुस, सामाजिक सहिष्णुताका लागि यो हाल्न मिल्दैन । ‘ उसले घोषणा गर्दियो । परेन फसाद ।
‘यो त मिल्दैन हजुर, हाम्रो कथाको मुटु नै यो दृश्य हो, यसपछिको दृश्य हेर्नुस न नायिकाले कसरी फाइट खेलेकी छिन, नारी कमजोर छैनिन भन्ने प्रष्ट पार्छ यसले’ निर्देशकले निरिहता ब्यक्त गर्यो ।
‘कलर करेक्सन गरेर ती केटाहरुलाइ गोरो बनाउनुहुन्छ भने मिल्छ नत्र कम्पर्माइज हुँदैन हेर्नुस ‘ उनी छेउ बसेका अर्का पातला सेन्सर सदस्यले भने । हामीले के भन्नु, फिलिम अगाडी बढयो ।
हामीले चल्तिकी नायिका लिएका थियौँ । यी हिरोहरुलाइ तह लगाउन नाम कमाएकी थिइन। नारिप्रधान फिलिम हुनाले पनी यी बलिष्ठ नायिकालाइ नलिइ सुखै भएन, मैले आफ्नै छोरिलाइ ब्रेक दिम भनेको निर्देशकले बारम्बार भनेको थ्यो – खडकाजी क्यारेक्टर म्याच हुन्न के !
‘एकछिन पज गरौँ त’ सेन्सरमध्येका मुख्य सेन्सरले भनेँ । उनको भुँडीले अलि अप्ठ्यारो पारेको महशुस मैले अगिनै देखि गरिरहेको थियँ।
‘त्यो ढुङगा हानेको दृश्यमा जानुस ‘ फिलिम अलिकति पछाडी सर्यो । ‘त्यो पछाडीको कपडा जुम गर्नुस त’ उनको आदेशपछि निर्देशकले रिमोटमा ‘जुम’ बटम थिँच्यो ।
‘ती ढुंगाहरुमध्ये कुनैले यो भारतिय झण्डामा लागेको हुनसक्छ। यो हटाउनुस ‘ हातको नोटबुकमा नोट गर्दै उनले भने।
‘लागेको त छैन नी, यो हटाउन मिल्दैन’ निर्देशकले अड्डि कँस्यो ।
‘हेर्नुस दुइ देशबिचको सम्बन्धमा आँच आउने काम गर्न अनुमति छैन, यो नहटाइ सेन्सर सर्टिफिकेट पाउन सक्नुहुन्न’ मुख्य सेन्सरको पनी अडडी आयो । मैले निर्देशकतिर इशारा गरेँ ‘यसमा बिचार गरौला’ भन्ने आशयको । फिलिम अगाडी बढेको पाँच मिनटपनी भएको थिएन, महिला सदस्यले रोकिन-
‘त्यो शब्द…..त्यो शब्द मिल्दैन….हटाउनुस’ उनी आक्रोशित भइन ।
‘कुन शब्द भन्नुभा? ‘मैले सोधेँ ।
‘तो तो…तपाँइ आफ्ना बच्चाका सामुन्ने यो शब्द भन्नसक्नुहुन्छ?’
‘कुनचाँही त्यो भुत्रो भन्ने शब्द’ मैले सोधेँ ।
‘कस्तो सोमत नभएको हुनुहुँदोरहेछ, आइ रियल्लि हेट दिज टाइप्स अफ सो कल्ड ननसेन्स फिलिम्स’ उनले भनिन ।
‘त्याँ कहाँ बच्चासँग भुत्रो भनेको छ ? तपाँइपनी भुत्राजस्तो तर्क नगर्नुस न ! दुइ केटा समुहहरुको झगडा हुँदा भुत्रो नभनेर हे प्रिय जाउँ अब लडन भन्छन त । ‘ निर्देशकले भन्यो ।
‘यो पहाडिया शब्द हो, मधेशमा प्रदर्शन गर्न हामीलाइ समस्या छैन’ मधेश दलबाट आएका सेन्सरले भने ।
‘….तर केटाकेटीहरुले सिकेर भोली घरमा प्रयोग गर्न थाले भने’? महिला सदस्यले बिरोध जनाइन ।
‘गरेछन भने भुत्रैसिति…तर यो शब्द हटाउनुपर्छ खडकाजी’ मुख्य सेन्सरले यति भनिसकेपछि फिलिम अगाडी बढयो । मैले टाउको हल्लायँ। केहिबेर फिलिम रोकिएन । कसैले सेन्सलेस भवनको घण्टि बजायो ।
‘खाजा आयजस्तो छ खडकाजी, रिसिभ गर्नुस है त’ मुख्य सेन्सरको आदेशपछि म बाहिर निस्केँ। गेटबाहिर एकजना मध्य पचासको मान्छे हातमा खाजाको प्याकेट समातेर उभिएको थ्यो ।
उसको बील हेरेर पैसो थमाएँ । टीप्सको आश गरेर उभिएको थ्यो, मैले गेट बन्द गरेपछि गनगन गर्दै बाहिरियो ।
खाजाका निम्ति मेरो फिलिमले अर्को ‘पज’ बटम खायो ।

**
खाजापश्चात तुरुन्त सुमधुर गीत आएकोले सबैजना त्यसमा झुमे । यो गीतमा छोरि कति नाँच्दिहुन भन्ने सोँचेर मन खिन्न भयो किनभने यसमा अहिले लडाकु नायिका नाचिरहेकी थिइन ।
गीत सकिँदाबित्तिकै, नायिका कलेज गैरहेको दृश्य थ्यो, उनलाइ कलेज जाने बिध्यार्थिभन्दापनी कलेजकी प्रिन्सिपलको रोल सुहाउँदो हो, भैगो कुटलिन भनेर म केही बोलेको थिइन किनभने शुटिङको केहि दिन अगी पत्रकार कुटेर चर्चामा आएकी थिइन । दृश्यमा यस्तो छ –
उनी अटेशमटेश लुगा लगायर हातमा पुस्तक समात्दै कलेजतिर जाँदैछिन, बाटोमा एकजना मोटो पात्रले उनलाइ घुरेर हेर्छ । निर्देशकका अनुसार यो दृश्यले दर्शकहरुलाइ हँसाउनुपर्ने हो रे, अब यो दृश्यमा मोटे पात्रप्रति रिसाउँदै नायिकाले भन्छिन – ‘ओेइ तेरो हजुरबुवालाइ झै के हेरेको ?’
सेन्सर सदस्य-३ जो अलि रिजर्भ प्रकृतिका देखिन्थे, उनी बम्किए ।
‘फिलिम भनेका समाजका ऐना हुन, अग्रजहरुको नाम लिएर यस्तो भन्ने? तेरो हजुरबुवाको शब्द हटाउनुपर्छ, यसले फिलिममेकिङको आधारभुत नियम मिचेको छ ।’
‘शारिरिक रुपमा बृहत पात्रलाइ जसरी प्रस्तुत गरिएको छ, त्यो क्षम्य छैन, तुरुन्त त्यहाँ एकजना लिखुरे पात्र राखियोस…’ सेन्सर प्रमुखले भने र मतिर हेर्दै भने ‘उहाँ खडकाजी पर्फेक्ट हुनुहुन्छ, उहाँलाइ राख्नुस, यो दृश्य र संवाद हटनुपर्छ’
‘तेरो हजुरबुवा शब्दलाइ तपाँइकी हजुरआमामा बदल्दा कसो होला ?’ यसपल्ट निर्देशक अलि नम्ररुपमा प्रस्तुत भयो ।
‘तपाँइकी हजुरआमाप्रति म सकारात्मक छु ‘ महिला सेन्सरले भनिन ‘यसले नारीको शक्तिलाइ प्रमाणित गर्छ, किनभने हजुरआमा पात्रसँग पुरुष पात्र डराएको स्थिति छ’
‘हस हजुरबुवालाइ हजुरआमामा बदल्छौँ हामी, अब अगाडी बढौ की? ‘ मैले भने र रिमोटमा प्ले बटम थिचेँ ।
मध्यान्तरभन्दा अगाडी फिलिम पुगिसकेको थ्यो- नायक पात्र अध्ययनका निम्ति चीन जाने तयारिमा छ र बिमानस्थलको दृश्य पर्दामा आइरहेको थियो पर्दामा, बा-आमा सहित लडाकु नायिका सबै मलिन अनुहारमा देखिए । नायकले भन्छ ‘म बेइजिङ पुग्दाबित्तिकै फोन गर्छु, चिन्ता नगर्नुस’
‘पज गर्नुस यहाँनिर’ अहिलेसम्म मौन सदस्य, जो बिपक्षी दलको सिफारिसमा सेन्सर बोर्डमा आएका थिए, उनी बोले ।
‘बेइजिङ शब्द राख्न मिल्दैन, हटाउनुस’ निधारका नशा तन्काउँदै उनले भने ।
‘नायक मेडिकल पढन चीन जाँदैछ कथामा, बेइजिङ नराखेर दिल्लीबाट फोन गर्छु भनेर राख्नु?’ निर्देशकको पारो तातेको हुनुपर्छ ।
‘दिल्ली राख्नुस या बेङलोर राख्नुस तर बेइजिङ मिल्दैन । दुइ देशबिचको परराष्ट्र सम्बन्धमा आँच आउने काम गर्न छुट छैन’ उनले भने ।
‘अनी बेइजिङ राख्न नमिल्ने ठाउँमा दिल्ली मिल्छ त ? ‘ म पनी जङगिएँ ।
‘नेपाल-भारत बिच अन्य देशसँग तुलनै गर्न नसकिने खालको बिशेष सम्बन्ध छ त्यसैले दिल्ली या बेङलोर राख्दा मलाइ समस्या छैन, तपाँइहरु के भन्नुहुन्छ ?’ बिपक्षी दलका सेन्सरले बाँकी सेन्सरहरुतिर हेर्दै भने । ‘मेरो समर्थन छ यसमा, तर बेङलोरभन्दा दक्षीण नजानुस’ मधेशि दलका सेन्सरले भने ।
‘अब हाम्रो कथाबस्तु नै मर्छ यसरी, यो मिल्दैन हजुर’ निर्देशकले पहिलेभन्दा नरम भएर भन्यो तर उनीहरु गल्ने देखिएनन । मैले निर्देशकलाइ यसो बाहिर बोलायर भने ‘पाण्डेजी चीन पढने ठाउँमा दिल्लीमा कुल्ली गर्न गएको देखाउँ । रि-शुट गरेर मिलाउँला’ ।
‘यसै हो भने यो फिलिम हैन, टेलिफिलिम हुन्छ खडकाजी’ निर्देशकले पीडा ब्यक्त गर्यो तर सेन्सरको सवाल थियो । मलाइ पनी अब हाम्रो फिलिम यहाँबाट हलसम्म पुग्दा लुङगी न कट्टु भइसक्छ झैँ लागिसकेको थ्यो।
‘हामीले अनुमति दिएको स्क्रिप्ट कपी हेरौ त खै? ‘ महिला सेन्सरले भनिन ।
‘ए प्रभु कुन अनुमति हो फेरि ?’ निर्देशकका आँखाबाट अब आँशु झर्नमात्र बाँकी थिय ।
‘स्क्रिप्ट एप्रुभ नभैकन फिलिम बनाउने ? डब्बामा थन्काइदिनु नपरोस !’ सेन्सर कडकिइन । फिलिम बनाउँदा फिलिमको नाम दर्ता गराउनुपर्छ भन्ने त थाहा थ्यो तर नेपालमा शुरुमै स्क्रिप्ट पढन लगायर अनुमति लिनुपर्छ भन्ने थाहा भएन । कहिँ नभाको के जात्रा हो यो ? फेरि स्क्रिप्ट पढने यीनै चेन्नइ एक्सप्रेसहरुले नै होला ।
यो नारिप्रधान फिलिमको बबुरो निर्माता म थियँ खडकाजी । यो सेन्सरले काजी हटाइदिएर बाहिर निस्कने बेलासम्म खडमात्रै बाँकी हुन्छुजस्तो लाग्यो ।

सेन्सरवालाहरुबाट फिलिम सद्दे राख्न मेरो निर्देशकको प्रयाश जारि थ्यो । बहसबाट हार मानेर म कुर्सिमा पल्टेको निदायछु ।

**
घर आएर उनीहरुले हटाउन भनेका दृश्य, संवाद हटायर हेरियो । बडो आनन्द आयो किनभने केही बुझिएन । पुर्णरुपमा फेमीली फिलिम बनेको रहेछ, निर्माताको फेमीलिलाइमात्र मन पर्ने । श्रीमती र छोरिले बडो चाख मानेर हेरिसकेपछि छोरिले एउटामात्र प्रश्न गरी ‘कस्तो राम्रो फिलिम बाबा, यसको कथा भन्नुस न ?’
‘डकुमेन्ट्रि टाइपको फिलिम हो, जो कोहीले बुझ्दैनन नानु’ मैले भने ।

**

(सिनेमालाइ समाजको ऐना मानिन्छ र प्राय: देशमा समाजले स्विकार्न नसक्ने सामाग्रिहरु दर्शकहरुसम्म नपुगुन भनेर सेन्सर बोर्डको गठन गरिन्छ जसले सिनेमा हेरेर बर्गीकरण गर्छ । जसरी कुनै पत्रिकाको सम्पादकमा भाषा र ब्याकरणको ज्ञान हुनु न्युनतम आवश्यकता मानिन्छ त्यस्तै सिनेमाको सेन्सर गर्नेहरु सिनेमाको भाषा बुझेका र बिश्व सिनेमासँग परिचित हुनुपर्ने न्युनतम आवश्यकता हो तर हाम्रोमा सेन्सर भन्नेबित्तिकै चुम्बनका दृश्य काटने, भारतको नाम लिनै नहुने, दैनिक जीवनमा प्रयोग हुने सामान्य शब्दहरु समेत प्रयोग गर्नै नहुने बुझिन्छ । दलको कोटाबाट जागिर खान आएका जागिरेहरुले भरिएको सेन्सर बोर्ड सेन्सलेस बोर्ड हो । अश्लील सिनेमाहरु रोक्ने नाममा स्तरिय सिनेमाहरु समेत पीडित भैरहेका छन)

21 thoughts on “सेन्सलेस बोर्ड”

  1. limbu subba says:
    August 17, 2013 at 9:01 am

    सबैको आ आफ्नो सोचाइ र बिचार हुञ्छ . तर त्यो सेन्सर बोर्ड ले काटेको सब्दहरु हेर्दा त एक किसिम ले ठिकै होइन र , तेस्ता छाडा शब्दको प्रयोगले त हाम्रो समाज मा बढिरहेको विविन्न हिँसा लाइ झन् बढावा दिञ्छ जस्तो लाग्छ मलाई. अब ए टी एम को कुरा गर्दा त त्यसको अर्थ त एनी टाईम मस्ती रे अब एस्तो सिनेमा ले के संदेश दिञ्छ नि .यो क्रिएतिव र होडबाजी को जमानामा.

    मलाई त रानीतिक निउक्ति गरे नगरे भन्दा पनि सेन्सर बोर्ड सदस्यहरु को शैछिक योग्यता र उनीहरुको छेत्र , जस्तै .. समाज शास्त्र, संस्कृति छेत्र, मेडिया बुझेका हरु छन् कि छैनन् भन्ने कुरा ठुलो कुरा जस्तो लाग्छ. सबै सिनेमाहरु लाइ अनुमति दियो भने बोर्ड को के काम भयो होला र फेरी… यो मेरो विचार हो…

    Reply
  2. Anil ktm says:
    August 15, 2013 at 7:23 pm

    यौटा कुरा मैले बुज्न सकेन/ हिन्दी फिल्म मा जति सुकै sex scene kissing scene भएको या छाडा शब्द प्रयोग गरेको फिल्महरु पनि हलहरुमा या CD DVD मा पाइन्छ/ तर नेपाली फिल्म को case मा अलगै निर्णय हुन्छ/यस्तो हिन्दी फिल्म चाही सेन्सर लाग्दैन र?
    कथा अनुसार या दृश्य अनुसार स्थानिय बोलचाल को भाषा प्रयोग गर्नु लाई छाडा भाषा भनिन्दैन जस्तो लग्छ/ जस्तो लूट मा प्रयोग भएको भाषा स्थानीय केटाहरुले बिशेस गरि काठमाडौँ का केटाहरुले बोल्ने भाषा हो/ तर ATM को भाषा चाही धेरै छाडा प्रयोग गरिएको छ एस्तो चाही रोक्न जरुरि छ/ हुन त हामी बच्चा देखि हिन्दी फिल्म हेरेर आइ रहेकोले नेपाली फिल्मको नेपाली भाषा कस्तो अनौठो लाग्छ अनि त्यसैले गर्दा फिल्ममा के नपुगेको जस्तो feeling हुन्छ/ हुन त १००, २०० करोड लगानी मा बनेको फिल्म र ४०, ५० लाख मा बनेको फिल्म को तुलना गर्न मिल्दैन/ राजेश हमाल ले लिने पारिश्रमिक र शहरुक खान ले लिने पारिश्रमिक आकास जमिन को फरक छ/ अनि जस्तो मूल्य त्यस्तै समान त हुने नै भयो नि..होइन र? अब नेपाली फिल्म उद्योग को विकास गर्ने हो भने पहिलो हिन्दी फिल्म को आयात कम गर्नु पर्यो अनि हाम्रो निर्माता, निर्देशक, कलाकार,अनि सेन्सर बोर्ड सबैले अलि बढी मिहिनेत गर्नु पर्यो र मुख्य कुरा दर्शक हरुले नेपाली फिल्म लाई अलि धेरै नै माया गर्नु पर्यो/ मैले बुझेको जब product राम्रो हुन्छ, सबैले त्यहि product किन्छ अनि त्यो उद्योग नाफा मा जान्छ अनि फेरी त्यसबाट अझ राम्रो product निस्किन्छ/ यो मेरो आफ्नो व्यक्तिगत विचार हो/ म कुनै फिल्म उद्योग संग सम्बन्ध भएको व्यक्ति होइन/

    Reply
    1. Suraj Regmi says:
      August 16, 2013 at 7:50 pm

      तपाई ले भन्न खोज्नु भएको कुरा ठिक छ तर तर्क मिलेन ! राजेश हमाल ले के शाहरुख खान जति पैसा नपाएर उनको जस्तो अकटिंग नगर्या हो र ? अनि फेरी रेखा थापा को जस्तो तर्क गर्नु भो अर्को ! किन नेपालीहरु ले नेपाली फिल्म हेर्दैनन् भन्दा नेपाल लाई माया नगरेर रे ! राम्रो फिल्म भए त् हेर्न गैहल्छौ नि लुट जस्तो !

      Reply
  3. promod says:
    August 15, 2013 at 3:30 pm

    यो सत्य हो, अस्लिल ता लाइ यही रुपमा बढावा दिने हो भने नेपाली सिनेमा हेर्न गएको भएंरा बाउ आमाले गालि गर्ने दिन आउनेछ. बेलैमा सोचौ. सेन्सेर्बॉर्द मा जिम्मेवार र कला को ज्ञान भएको मन्छे चैन्छा. माथि एउटा कागज मा दिएको सेन्सेर्बॉर को कमेन्ट (??) पद्द लाश लाग्छ. नेपालि फिल्म मा यस्तै नै सब्द प्रयोग भीरका छन्… यो दुखद हो. कला र आधुनिकता भनेको अस्लिलता होइन!!!

    Reply
  4. dhan says:
    August 15, 2013 at 11:56 am

    जता पनि राजनैतिक भर्ति भै राख्य बेलामा चलचित्र मात्रै किन अछुतो हुदो हो त?
    एस कथाले सेन्सर भन्दा पनि हालको देशको स्थिति र मान्छेहरुको सोचाइलाई प्रतिबिम्बित गरे जस्तो लाग्यो. सेन्सरले त धेरै थोरै ठिकै गर्दै छन् नि हैन र . पुरै ठिक हुन त देशको सरकार अनि सरकार चलाउने राजनीतिक दल र नेताहरु नै ठिक हुनु पर्यो नि. कमसे कम ATM जस्ता फिल्महरु त रोकिए नि. येतिलाई पनि सन्तोष नै मान्नु पर्चा अहिलेको लागि. कि कसो?

    Reply
  5. Sisir says:
    August 15, 2013 at 10:43 am

    श्रीमती र छोरिले बडो चाख मानेर हेरिसकेपछि छोरिले एउटामात्र प्रश्न गरी ‘कस्तो राम्रो फिलिम बाबा, यसको कथा भन्नुस न ?’
    ‘डकुमेन्ट्रि टाइपको फिलिम हो, जो कोहीले बुझ्दैनन नानु’ मैले भने ।
    Very Interesting reality.

    Reply
  6. Suraj Regmi says:
    August 15, 2013 at 10:15 am

    नेपाल का चलचित्र धेरै जसो अबैध रुपमा सम्पति कमाउने हरुले कालो धन लाई सेतो धन बनाउछन, लगानी डुब्यो भने पनि केहि फरक नपर्ने ! लगानी को दोब्बर-तेब्बर बनाएर देखाउने अनि डुब्यो भने पनि धेरै पैसा डुबेको देखाउन पाउने ! भारत मा पनि तेस्तै हो !
    पाकिस्तानको कराची मा बस्ने अन्डरओल्ड डन छोटा सकील को लगानीमा धेरै चर्चित सिनेमा हरु बनेका छन् ! सलमान खान र संजय दत्त ले खेल्ने सबै सिनेमा मा छोटा सकिल को लगानी हुन्छ ! ‘चोरी चोरी-चुपके चुपके’ फिल्म लाई त् सरकार ले नै जफत गरेर चलाएको थियो ! अहिले कानुनी रुपमा जानुपर्ने हुनाले मुम्बई पुलिस ले समेत डन हरुको लगानी मा बनेको फिल्म हरु रोक्न सक्दैन ! लोकप्रिय चलचित्र ‘दबंग’ पनि छोटा सकील र दाउद इब्राहिम को लगानी मा बनेको हो ! अन्डरओल्ड का प्रिय पात्र सलमान खान लाई अभिनय गराएर, उनकै भाई अर्बाज़ खान लाई पनि निर्माता को पात्र मा अभिनय गराएर सो फिल्म बनाइएको थियो !
    नेपाली सिनेमा मा डन हरु को लगानी ,
    काठमाडौँ का कुख्यात डन रोज राना ले आफैले लगानी गरेर बनाएको चलचित्र ‘टक्कर दुइ मुटुको ‘मा नायक को रोल मा आफै अभिनय गरेर र नायिका मा पनि आफ्नै प्रेमिका सौजन्य सुब्बा लाई राखेर कालो धन लाई सेतो पार्ने प्रयास गरेका थिए ! अधिकांश नेपाली चलचित्र झैँ उनको फिल्म ले पनि सफलता हासिल गर्न सकेन ! तर उनलाई फाइदा भयो ! लगानी १ लाख को गरेर १० लाख देखाउने चलचित्र का निर्माता हरु झैँ उनले पनि लगानी लाई दस गुना बढी देखाईदिए ! उनको साचिकै डुबेको पैसा भने काठमाडौँ का ठुला ठुला ठेकदार हरु ले बाध्यता पुर्बक भरपाई गरिदिए !

    Reply
  7. Jeevan Thapa says:
    August 15, 2013 at 9:39 am

    पढेर बडो मज्जा लिगियो !!! दुनिया कहाँ बाट कहाँ पुगिसक्यो हाम्रो नेपाल भ्यागुता जति उफ्रे पनि कान्ला मुनिको कान्ला मुनि भने जस्तै भाको छ !
    अब को ५० वर्षमा केहि होला कि ?

    Reply
  8. yang says:
    August 15, 2013 at 8:47 am

    प्रगति त्यसै हुदैन , हाम्रो देसमा सबै कुरा को बिरोध र बाधा मात्रै हुन६ , यस्ती सेंसोर हुने वाए त होल्लिवूद को सिनेमा आज को अवस्त मा हुने नै थिएन होला , द scarface वन्ने movie ३० वर्ष पैले बनेको सिनेमा हो जुन आज समाकै सबैवंदा ज्यादा chaada सब्द को प्रयोग वयेको बताइन६ .र पनि त्यो सिनेमा सराइ राम्रो बनेको ६ , होल्ली वुद मा सिनेमा को श्रेणी चुत्तैन६ . तर हाम्रो सेंसोर ले भने दृश्य काट्नु को साथै अनेक धुक्खा दिँदो रै६ , अब ३० वर्ष लग६ होला छुट हुनु नेपाली सिनेमा लाइ . यहाँ साना साना नानि बाबु हरु ले बोल्ने भासा हो जुन सिनेमा मा बोलिन६ त्यसमा क आपत्ति , बेद्सीन को क कुरा सबै मोबिले मा हेर्चन बिद्यार्थी हरु . दॊङ्गि हो सेंसोर बॉर्द

    Reply
    1. Suraj Regmi says:
      August 15, 2013 at 10:17 am

      ‘द scarface वन्ने movie ३० वर्ष पैले बनेको सिनेमा हो जुन आज समाकै सबैवंदा ज्यादा chaada सब्द को प्रयोग वयेको बताइन६’
      साथि ले अंग्रेजी फिल्म तेती हेर्नु हुन्न जस्तो छ !

      Reply
      1. Sisir says:
        August 15, 2013 at 11:03 am

        scarface भन्ने मुभी ३० वर्ष पैले १९८३ मा बनेको सिनेमा हो जुन ड्रग संग सम्बन्धित छ र येस्मा मारपिट र छाडा सब्दको प्रयोग व्यापक छ तर एस्तो छाडा सब्द प्रयोग भएका अंग्रेजी फिल्म धेरै नै छन् , अधिकाम्स ड्रग , underworld , माफिया , gangster हरुको फिल्ममा एस्ता सम्बाद हुनु सामान्य नै हो .. हिन्दि फिल्म bandit queen मा पनि प्रसस्त राष्ट्रिय भाषाको प्रयोग भएको छ ..
        हामी नेपाली चाही जुन फिल्म पनि परिवार संग बसेर हेर्न मिल्छ भनेर मात्र प्रस्न तेर्साउछौ , जुन परिवेश छ तेही अनुसारको सम्बाद हुदा मात्र सुहाउदो देखिन्छ बरु तेही अनुसारको सर्टिफिकेट दिनु पर्छ .. हेर्ने चोइस दर्सकको ..

        Reply
    2. Aakar Bhushan Nepali says:
      August 15, 2013 at 11:56 am

      “कस्तो राम्रो कमेन्ट, कमेन्टले के भनेको एक चोटी भन्नुस न Yang सर” !
      “Abstract टाईपको कमेन्ट हो, जो कोहिले बुझ्दैन”|

      Reply
  9. पुष्प says:
    August 15, 2013 at 8:11 am

    ‘…ले सक्नेभए आइज …’ – ‘हाम्रो कथाको मुटु नै यो दृश्य हो ।’ लौ गज्जब रहेछ मुटुदृश्य !

    Reply
  10. sundip says:
    August 15, 2013 at 7:53 am

    मलाई चै चित्त बुझेन है यो कथा…के निर्देशकको पैसा जोगाउने नाममा फिलिममा जे छ तेही सरसर्ती फिल्म मा राख्नु? येदि सेन्सर बोर्डको मान्छे हरु को न्युनतम आवस्यकता ( minimum qualification ) खोजिन्छ भने निर्देशक अनि निर्माता को पनि तेही अनुरुप हुनु पर्यो..हचुवा को भर मा फिलिम बनाउनु अनि सेन्सर बोर्ड लै मात्र दोष दिएर हुन्छ र?

    लेखक जिउ तपाई आफै नै फिल्म लै समाज को ऐना भन्नु हुन्छ, अनि आफै परिवार संग बसेर संगै फिल्म हेर्दा नै अफ्ठ्यारो हुने सब्द हरु हटाऊदा बिरोध गर्नु हुन्छ……येदि समाज को प्रतिबिम्ब को नाममा सबै देखाउन मिल्ने तपाई को तर्क हो भने, केटा-केटि सहबास गरेको द्रिस्य पनि नांगै देखाए भयो नि किन सेन्सर गर्नु पर्यो, किन सेन्सर बोर्ड चाइयो? तपाई को फिल्म पनि चल्ने अनि समाज को प्रतिबिम्ब पनि राम्ररी झल्कने…तपाईहरुलाई त फिल्म ले मागे पछि क गर्नु त भने पुग्यो होइन र?

    अर्को कुरा तपाई एक जना नाईका प्रति पुर्बग्राही भए जस्तो लाग्यो, पत्रकार लाई पिटेर चर्चित भएको भनेर उल्लेख गर्नु भएको रहेछ….येदि तपाईले र मैले एउतै घटना बारे सोची राको हो भने त्यो घटनामा पत्रकारको दोष छ भनेर तेती बेला नै भनिएको हो….तपाईले के तर्क गर्नु होला भने येदि फोटो खिच्न नदिने हो भने ति नाइका ले किन छोटो लुगा लगाएको त? के तपाई आफ्नु हात मा महँगो घडी अनि घटी मा सुन लगाएर हिड्दा, चोरले महँगो घडी झ्याप्प चोरेर लग्यो भने तपाई लाई कसैले ठिक्क भो महँगो समान किन लाउन पर्यो थियो त भन्दा कस्तो लाग्ला? अनि सबै भन्दा महत्वपूर्ण कुरा, हाम्रो देशमा कोइ कोइ पत्रकार भनौदा साथि हरुमा पत्रकार हुनमा येति घमण्ड छ कि, म जे गर्दा नि हुन्छ भन्ने भावना छ…..वहाहरुले अरुको privacy प्रति पनि खयाल राखी दिनु पर्यो भन्ने मेरो विचार हो

    Reply
    1. Sisir says:
      August 15, 2013 at 11:13 am

      सन्दिप जी , सबै फिल्म परिवार संगै बसेर हेर्न पर्छ भन्ने पनि कहिँ छ र ? एक्लै वा अरु साथि भाई संग बसेर पनि हेर्न सकिन्छ नि होइन र ?
      के तपैले अहिले सम्म हेरेका सबै फिल्म आफ्नो परिवार संग मात्र हेर्नु भा हो त ?

      Reply
      1. sundip says:
        August 15, 2013 at 5:00 pm

        सिसिर जी, प्रतिकिर्या को लागि धन्यबाद!
        तपाईको कुरा ठिक हो, तर येस्ता सब्दहरु राखेर मात्र फिल्म राम्रो हुने होर? मैले लेखक जिउले भन्नु भाको जस्तै राजनैतिक भागबन्डामा हुने नियुक्ति प्रति असन्तुस्ट छु , तर एक हातले मात्र ताली बज्दैन…दोष जति सबै अरुलाई थोपर्ने प्रविती हुन भएन भन्नु खोजेको मात्र हो. ..केहि गल्ति होला सेन्सर बोर्डको तर आफ्नु सरिर मा भैसी हिडेको नि देख्न सक्नु पर्यो नि!

        तेस माथि अहिले को फिल्महरुको प्रचार देख्नु भो होला नि, ATM आदि इत्यादी..तेस्तो खाले फिल्म ले समाज मा ब्रिकिती नफैलाई के गर्छ सोच्न पर्ने हुन्छ…

        Reply
        1. Sk says:
          August 16, 2013 at 1:09 pm

          “तपाईको कुरा ठिक हो, तर येस्ता सब्दहरु राखेर मात्र फिल्म राम्रो हुने होर? ”

          येस्ता सब्द राख्दैमा फिल्म नराम्रो हुन्छ भन्ने पनि त छैन नि | समाजको ऐना रे अनि समाजमा हुने कुरा नदेखाएर के देखाउनु? मान्छे ले मुख छाडदैन र समाज मा? के ठुलो कुरो भो येस्मा? के हलमा फिल्म हेर्न जाने कसैले मुख छाडेको कहिलै सुनेको हुदैनन् र? बच्चालाई लिएर फिल्म हेर्न पो जानुभएन | सबै फिल्म परिवारसंग हेर्न मिल्ने खालका त कहाँ हुन्छन र? फिल्म को नि target group हुन्छ नि |

          निकै नै hypocrite छौ हामीहरु | porn हेर्न चै युवाहरु सबै अगाडी, अनि तेस्तै bed scene, swear words भाको अंग्रेजी, हिन्दि फिल्म चै मज्जाले हेर्छौ, र नेपाली फिल्म मा तेस्तै भयो भने चाई नानाथरी कुरा गर्छौ |

          Reply
  11. राम चन्द्र says:
    August 15, 2013 at 7:52 am

    छाडा शब्द को प्रयोग फिल्म क्षेत्रमा समाज मा नकारात्मक असर पर्दछ । पारास को छोरा ले ज्ञाने माइलो लाई बेइमान भने पछी बेइमान शब्द हटौन लगाएको झै लाग्छ मलाई ।

    Reply
  12. harihar sharma says:
    August 15, 2013 at 7:31 am

    वाह, बस्ताब मै Senseless Board नै रहेछ
    बस्ता मा taxi वाला ठिक थियो /

    Reply
  13. pshailen says:
    August 15, 2013 at 5:38 am

    व्यंग्य कथा सारै मन पर्यो. अल्छी लागि लागि पढ्न सुरु गरेको तर कतिखेर सकिएछ थाहा नै भएन .
    अन्तमा;
    चलचित्रको कन्टेन्ट अनुसार श्रेणी क्रम छुट्टाएर क,ख,ग छुट्टाउने चलन हुने हो भने धेरै जसो बिसय बस्तु नकाटीकनै लक्षित दर्सक सम्म पुर्याउन सकिन्छ. संदेशमुलक येथार्थबादी कथाको लागि जुन जीलाइ धन्यबाद ♥

    Reply
  14. Lekali Nepali says:
    August 15, 2013 at 4:27 am

    मलाई खुब मन पर्यो यो कथा . साचिकै हो यो कथामा लेखिएको कुरा ? बिचरा निर्माता . यसबाट थाहा हुन्छा हाम्रो देश कहाँ छ हामि किन यो देशबाट विदेश भागी रहेका छोउ.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme