Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन मुछियो महिला हिंसामा राष्ट्रपति कार्यालयको नाम?

Posted on July 31, 2013July 31, 2013 by mysansar

sajha_sawal
नेपालमा राष्ट्रपति राष्ट्र प्रमुख र स‍ंविधानका संरक्षक हुन्। कार्यकारी नभई सेरेमोनियल पद भएकोले राष्ट्रपति विवादमा आउनु हुने स‍ंस्था नै होइन। तर राष्ट्रपति कार्यालयमाथि नै एउटा गम्भीर आरोप लगाइएको छ। बीबीसी मिडिया एक्सनले बनाउने साझा सवालको पछिल्लो कार्यक्रममा एक महिलाले आफूमाथि भएको हिंसाको उजुरी दर्ता गराउन जाँदा राष्ट्रपति कार्यालयबाट दबाब दिएर रोक्न लगाइएको आरोप लगाएकी छिन्। देशभरका २५० भन्दा बढी एफएमहरुमा प्रसारण हुने यो कार्यक्रम बजेको ४८ घण्टा नाघिसक्दा पनि राष्ट्रपति कार्यालयले यस्तो गम्भीर आरोपको कुनै खण्डन गर्न आवश्यक ठानेको छैन। कार्यक्रममा उनले भनेकी छिन्- ‘राष्ट्रपति कार्यालयबाट फोर्स आएपछि केही गर्न मिल्दैन’ भन्ने सहायक सिडिओ बलबहादुर मल्ल र रत्नप्रसाद पाण्डे हुनुहुन्थ्यो।’

यदि ती महिलाले राष्ट्रपति कार्यालयलाई लाञ्छना लगाएको हो भने उनीविरुद्ध कारबाही हुनुपर्थ्यो। हैन भने राष्ट्रपतिका सल्लाहकार भएको नाममा कानुन बमोजिम चल्न लागेको प्रक्रियामा हस्तक्षेप गराउन खोज्नेलाई कारबाही गरिनु पर्छ। राष्ट्रपति जस्तो देशको सर्वोच्च संस्थालाई विवादमा ल्याउने काम कुनै पनि हालतमा उपयुक्त हुँदैन।

ती महिलाले आफ्ना नेता पतिका बारेमा लगाएका आरोप सही हुन्/हैनन्, त्यसको निष्पक्ष छानबिन हुनुपर्छ। तर छानबिनको, न्यायको प्रक्रियामा नै जान अवरोध पुग्ने गरी ठूला शक्ति केन्द्रबाट दबाब दिने काम गलत हो। अझ राष्ट्रपति कार्यालयको नाम भजाउँदै दबाब दिनु लज्जास्पद काम हो।

के भनेकी थिइन् ती महिलाले साझा सवालमा ?

म कुमारीगाल, गौरीघाटमा बस्छु। म विगत दुई बर्षदेखि घरेलु हिंसामा पिडित छु। मेरा दुईजना छोराहरू छन्। उनीहरूलाई घरमा बन्धक बनाइयो, स्कूल पठाइएन, स्कूलको फाइनल परीक्षा दिनबाट रोकियो। अहिले त्यो बच्चाको मानसिक अवस्था नै जर्जर छ। बाबा हुनुहुन्छ। बाबाले लैजानुहुन्छ। विहान ७ बजे बच्चा घरबाट जान्छ। रातिको १० बजेदेखि उता ११, १२, १ बजेभित्र घरमा भित्र्याइन्छ। स्कूलको ब्याग बोकाइएको हुन्छ, ड्रेस लगाइएको हुन्छ। म आमालाई घरबाट निकालिएको छ र एउटा गैरसरकारी संस्था (नारी चेतनशील संघ) को सहयोगमा घरको तल्लो तलामा बस्न दिइएको छ।

मैले छोरा भेट्न पाउँ भनेर अदालतमा मुद्दा दायर गरेकी छु। अहिलेसम्म अदालतमा पेशी हुन सकेको छैन। यो सारिरहेको मेरो परिवार कर्मचारीतन्त्र, राजनीतिमा माथिल्लो अोहदामा छ। यसले गर्दा कुनै पनि काम अगाडि बढ्न सकेको छैन। मैले बौद्धको प्रहरीमा उजुरी गर्न खोज्दा समेत मेरो निवेदन दर्ता नगरी अपराधीलाई छोडिएको छ। हतियारसहित समाजको अगाडिबाट दुइपटक पक्राउ परेको मानिसलाई छोडिएको छ राजनीतिक फोर्सको आधारमा।

मेरो परिवार नेकपा (एमाले) को माथिल्लो राजनीतिक ओहदामा हुनुहुन्छ। म पनि नेकपा (एमाले) को संगठित सदस्य हुँ। तर, समस्या कस्तो भयो भने, मेरो परिवार माथिल्लो ओहदामा हुनुभयो। मेरो श्रीमानको मामा राष्ट्रपति कार्यालयको विशेष सल्लाहकार हुनुभयो। त्यसले गर्दा सिडिओ कार्यालयमा समेत मेरो निवेदन दर्ता भएको छैन। म रूँदै फर्केको छु। ‘राष्ट्रपति कार्यालयबाट फोर्स आएपछि केही गर्न मिल्दैन’ भन्ने सहायक सिडिओ बलबहादुर मल्ल र रत्नप्रसाद पाण्डे हुनुहुन्थ्यो।

म कहाँ गएर रोइन? मोहना अन्सारीको कार्यालय राष्ट्रिय महिला आयोगमा गइन की? प्रधानमन्त्रीको कार्यालयमा गइन की? म एकदमै घरेलु हिंसामा परे। म घरबाट निकालिए। मेरो आफ्नो नाममा भएको घर श्रीमानको नाममा पास गरिदिएँ। ‘मलाई यो समाजमा एकदम अप्ठ्यारो भयो, प्रेस्टिज भएन। मेरो दिमाग खुस्किने भो।’ भनेर भन्नुभयो। तत्कालीन अवस्थामा मलाई श्रीमानको दिमाग खुस्काएर मेरो नाममा घर राखिरहन जरूरी भएन। त्यसपछि, मलाई घरबाट निकालियो।

सात लाख तिरेर एक जना मान्छेलाई किनिएको रहेछ। ‘तँ त्यहीसँग जानुपर्छ। जसरी पनि जा। गइनस् भने तँलाई मार्दिन्छु।’ भनेर भनियो। त्यसपछि, म छाँगाबाट खसेजस्तै भएँ। सुरेश तामाङ भन्ने मान्छेलाई म चिन्दिन। मेरो घरमा भएको कपडा लगेर त्यो केटाको कोठामा झुण्ड्याइदिने गर्दा रहेछन्। अनि, कारमा मेरो श्रीमान र जेठाजु दुइजना छोरालाई उसको कोठामा लैजाने गर्दा रहेछन्। अनि, बच्चाले मम्मीको कपडा त चिन्ने भयो। अनि ‘हेर, उसको कोठा यो हो। तेरो मम्मी यहाँ पनि आउँथी।’ अनि सारा संसारभरि नै छोराले ‘मम्मीको फोटो त्योसँग छ। मम्मीको लुगा त्यसको कोठामा छ।’ भनेर भन्न गाह्रो भएन। मेरो ९ र ७ बर्षको दुइजना बच्चाको बालअधिकार खोसिएको छ।

म राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा ‘सोसियल एक्टिभिस्ट’ को रूपमा कार्यरत थिएँ। म आफै नजानी फँसेछु।

बौद्धमा एकजना श्याम ज्ञवाली भन्ने डीएसपी हुनुहुन्थ्यो। शुरूमा उहाँले वेवास्ता गर्नुभयो। पछि केस बुझेपछि गम्भीरतापूर्वक लिनुभयो। हाम्रै अगाडि उहाँको कार्यालयमा मन्त्री, नेताको फोन आयो। ‘मलाई जागिरको केही वास्ता छैन। एउटी महिला अन्यायमा परेको म हेर्न सक्दिन।’ भनेर जवाफ दिनुभयो। अहिले त्यहाँको डिएसपी फेरिनुभएको छ।

गएको २४ गते मलाई मार्नको लागि मेरो घरको प्रत्येक कोठाको सीसा फुटाइयो। म कसरी बाँच्ने? अदालतमा केस छ, पेशी सारिदिनुहुन्छ। दुइ बर्षदेखि अदालतमा अंश मुद्दाको केश छ, पेशी भएको छैन। त्यतिबेला ९ बर्षको छोरा अहिले ११ बर्षको भयो। छोरा मम्मीसँग बस्न तयार छैन। ‘मम्मीलाई पाए मार्छु।’ भन्ने अवस्थामा छोरालाई पुर्याइएको छ। रातिको १२-१ बजेसम्म छोरा भट्टिमा बस्नुपर्ने बाध्यता छ। मैले राम्रोसँग हुर्काएको ‘एक्टिभ’ छोरा अहिले मानसिक रूपमा विक्षिप्त अवस्थामा छ।

प्रहरीमा पनि मेरो निवेदन दर्ता भएको छैन। हतियारसहित पक्रिएको व्यक्तिलाई छोडिएको छ। म राति ९ बजेसम्म बस्दा पनि मेरो निवेदन दर्ता भएन। अहिले मलाई मार्न आइरहेको छ। घटना २४ गतेको हो। दिनदिनै पुलिस चौकी धाइरहेको छौं। माथिबाट महिला सेलको डीआइजीको फोन आएको छ रे! ‘तेरो घरको परिवार हो र तैंले त्यसो गरि लिनलाई?’ भनेर दवाव आएको छ रे! निवेदन नै दर्ता भएको छैन, म के गरूँ?

साझा सवाल कार्यक्रम रेकर्ड हुँदा उनले सुनाएको विवरण। कार्यक्रममा समयका कारण केही सम्पादन गरिएको थियो। हेर्नुस् कार्यक्रमको भिडियो। उनको कुरा ११ मिनेटपछि छ-

38 thoughts on “किन मुछियो महिला हिंसामा राष्ट्रपति कार्यालयको नाम?”

  1. K.S says:
    August 1, 2013 at 3:46 am

    जनताको कर बाट तलब खाएर फेरी जनतालाई नै सास्ती दिने राष्ट्र पति कार्यलयक सल्लाहा कार को नाम, अनि एमाले को उच्च नेता (सहि हो भने देश र पार्टी को नाममा कलंक -) को नाम सार्बजनीक गर्नु पर्छ, . त्यस पछि पो सबै जनताले थाहा पाउछ, कसता कस्त्ता अनुहार हरु पार्टी र राष्ट्र पति कार्यालयम जनत अको कर खाएर बसी रहेका छ भनेर . हुन त एमाले को पार्टी आफ्नै ठेगान छैन अलि अलि बचे खुचे का लाइ पनि कारवाही गर्यो भने भोलि बिचार हरु कुन पार्टी मा गएर बिलिन हुने हुन् वा फेरी नया १४३ नुम्बेर को पार्टी बनाउने अवस्था आउँन धेरै टाढा छैन.

    यथार्थ बुझेर पिडित लाइ कानून को उपहास नगरी कडा भन्दा कडा कारवाही हुनु पुर्छ.

    Reply
  2. Madhu says:
    August 1, 2013 at 3:23 am

    खोइ कसलाई के भनम…..कसको कमजोरी भनम……जसलाई भनेपनि..आखिर त्यो एक व्यक्ति हो….पुलिश पनि मान्छे…..बलात्कृत पनि मान्छे…बलात्कार गर्ने पनि मान्छे…..समाज भने पनि…..देश भने पनि….मानव बिना के नै बन्छ र…मान्छे नभएको ठाउंमा यस्तो पाप नै कहाँ हुन्छ र ….आखिर गल्ति गर्ने नै मान्छे……त्यसैले हरेक मान्छेले नगरे के हि हुन्दैन…..नत पाप….न निशाफ……त्यसैले आफूबाट सुरु गरौँ…………धेरै समय लाग्दैन समाज बदलिन……अन्न्याये नगरम…..अन्न्याये नसहूं!!!!!

    Reply
  3. गगने says:
    August 1, 2013 at 3:15 am

    यो महिलालाई अब सुरक्षा को जरुरत छ!
    अब यिनिमाठी ठुलै सणयन्त्रपुर्ण हिँसा र आक्रमण हुने सम्भाबना देख्छु म!
    शक्ति केन्द्रको आडमा अब यिनिलाई मानशिक रोगि वा पागल करार दिन सक्छन या षडयन्त्र पुर्ण तैरिकाले हत्या (जसलाई आत्महत्या बनाइन सक्छ) हुन सक्ने सम्भावना छ!
    रास्ट्रीय बहासमा आयको यो कुरा र घटनालाई परिचय लुकाउनुपर्ने जरुरि छैन तेसैले उक्त भिक्टिम पिडित हरुको पुरा पुरा परिचय र फोटो देखाउदा कुनै फरक पर्ला जस्तो लाग्दैन किन फेस स्क्राच गरेको हो?

    आक्रो कुरा प्रहरीको,
    यदि कुनै व्यक्ति कुनै उजुरी लियर प्रहरीकहा पुग्छ भने प्रहरीले त्यो दर्ता गर्नु पर्दछ! हद म्याद वा यो कारण र उ कारण भनेर फैसला गर्ने प्रहरीले होइन त्यो अदालत वा जिल्ला प्रसाशनले गर्ने हो प्रहरीले कुनै पनि उजुरी दर्ता गराई अघि बढाउनु पर्छ नाकी कुनै उजुरी वा मुद्दाको फैसला र निर्णय दियर किनारा लगाउने!

    महिला र दहित हिंशा शामंताबाद को सबैभन्दा गहन उत्पादन हो र आशाभ्य समाजको पराकास्ठ पनि यो कुरालाई गहनातासाथ अघि बढ़ायर कारबाही गरि निर्मुल पार्न तर्फ उध्धत्ता नभयसम्म शभ्य समाज निर्माणको र बिकाशको कुरा कपोलकल्पित मात्र हो!

    माथिको साझा सवालमा डा रेणु को कुरा गहन छ प्रहरी प्रबक्ता अलि पाउदुरे बुझिन्छ!

    Reply
  4. SURAJ says:
    August 1, 2013 at 1:27 am

    what is going on our country, this is really misearbles news, even we are not save in our own home or by own family. i am strongly condemn of this and hope we all too, i pray to the god she must get the justice by the ruler. , and alleged family must get the punishment.

    Reply
  5. bhakta says:
    August 1, 2013 at 1:26 am

    नारायण जी र सलोक्या जी ले जस्तै अरु मेडिया ले पनि जस्तै जस्तै भूमिका निर्बाहा गरिदिने हो भने समाज, नेता, कर्मचारी . पत्रकार , माग्ने , ब्यापारी , भू पु राजा आदी सबै लाइन मा नआए पनि सतर्क चै हुन्थेकि? साचै हो कि क्या हो – मेडिया भनेको राज्यको चौथो अंग ? अनुभुती टुसाउन के बेर…..

    Reply
  6. rosu says:
    August 1, 2013 at 12:42 am

    लहरो तान्दा पहरो आयो जस्तो पो भयो त सहज सवाल को कार्यक्रम/ बेलबारी को एउटी दलित को घटनाले रास्ट्रपति कार्यलाया सम्म मुछिन पुगेओ/ अब कसले चाई न्याय कसले सजाय पाउने हो/

    Reply
  7. bhakta says:
    July 31, 2013 at 10:30 pm

    महिला हिम्सा बढेको भन्ने कुरा प्रहरी डि आई जी स्वोयम ले बोल्नु भो – बढेको नभई महिला हिम्सा उजगार भयको हो / खुशीको कुरा नेपालका महिला हरु श सक्त बन्दै छन् , अन्याय बिरुद्ध लड्दै छन् / समयले बिस्तारै सिकाउदै छ/ दसक अघि सम्म लोग्नेले तिन दिन उठ्न नसक्ने गरि चुट्दा , सौता हाल्दा समेत नबोल्ने सहेर बस्ने महिला हरु आज भोलि चुप नबस्ने भाका छन्-यसो तटाङ्ग तुतुंग भो भने दौदिहाल्छन महिला सहयोगी खोज्दै / अस्ति सम्म म्याक्सी नलगाउने महिला हरु आजभोली हजुरमा , अजिले समेत कुर्ता सुरुवाल लगाउन थालेका छन् , हेर्दै जानोस टि सर्ट- पैन्ट लगाउन थाल्छन केहि बर्समै हजुर आमा हरुले / सब भन्दा ठुलो कुरा एजुकेसन हो – राज्यले महिलाई पढ्न चाहे जती निसुल्क ब्यबस्था मिलाई दिनु पर्छ / अनि सब ठिक हुन्छ /
    नेपालका प्रहरीको क्वालिटी छैन-यौटा प्रस्न अर्कै उत्तर !हो कि- मनि ह्याङ्गओवर … यूरोपका प्रहरी र टिचर हुन् क श्रेणी को school बाट प्रथम श्रेणीमा उतिर्ण हुनु पर्छ ! हाम्रो भने …? खालि बातै पिच्छे सहायोग चाहिन्छ भन्छन -कस्तो सहायोग रैछर हो ? स्विजर ल्याण्ड जस्तो बुझेका जनता हुन्थे भने पुलिस नै चाहिदैन थियो जहा पुलिस नै छैन …

    Reply
  8. Basanta Thapa,Maryland,USA says:
    July 31, 2013 at 9:19 pm

    एमालेका नेता झलनाथ अमेरिका आउदैछन क्यार \ कानुन के हो भन्ने राम्रो संग बुझेका एमाले का समर्थक र सहयोगी हरुले यो महिला हिँसा र अन्याय को केशमा नेता ज्यु लाइ के भन्दा हुन् हेर्न र सुन्न लालायित छु\ यदि म बसेको एरिया मा झलनाथ कामरेडको आगमन भए मेरो प्रश्न यी महिला ले लगाएको आरोप मै हुनेछ \कामरेड तयारि गरि आउनु होला \ यश , आराम र सम्पत्तिले राता पिरा तपाइका अनुहार कालानिला नहोस \ अझै पनि तपाइहरु माथि मेरो मान ,सम्मान र आस्था मरिसकेको छैन ! यो कुरा मनन गर्नु होला कामरेड !

    Reply
    1. रमन says:
      August 1, 2013 at 4:23 am

      लौ लौ जानोस माल लिएर स्वागत गर्न| संबिधान नबन्नेमा एउटा मुख्य गैर जिम्मेवारी झलनाथको पनि छ| हालैमा माधव नेपाल र सुशील कोइराला लाइ त् फूलमाला लाएर स्वागत गरे रे भन्ने सुने| यी दुइटा नेता पनि हुन् नेपालमा संबिधान बन्न नदिने चार चार बर्षमा पनि|
      प्रचण्ड र बाबुराम युरोप अमेरिका जान नै डराएका छन्|
      बरु कथित दलितलाई बेलबारीका घृणित र जंगलीहरुले कालो मोसो दलेको जसो यस्ता नेतालाई दलिदिएको फोटो हेर्न पाए नेताहरुले कुनै पाठ सिक्ने थिए होलान|

      Reply
  9. Basanta Thapa,Maryland,USA says:
    July 31, 2013 at 9:05 pm

    दुइ कुरा मा एक हुनै पर्छ \ यी महिलाले आरोप मात्र लगाएको हो भने यिन लाइ झ्यालखाना हालिनु पर्छ \यी महिलाले सत्य बोलेकी हुन् र उनि माथि यस्तो अन्याय भैरहेको छ भने सम्बन्धित व्यक्ति यिनका श्रीमान जो हिजोको असल एमाले (मदन भण्डारी – मन मोहन काल ,म पनि एक भू पु असल एमाले कार्यकर्ता थिए) \ का आजका खराब उच्च एमाले पधाधिकारी यिनका मामा जो रास्ट्रपति कार्यालय का बिशेष सल्लाहाकार र राष्टपति कार्यालय बाट फोन आएपछि हामीले केहि गर्न सक्दैनौ भन्ने सहायक सिडिओ बलबहादुर मल्ल र रत्नप्रसाद पाण्डे, उजुरी दर्ता नगर्ने प्रहरी चौकी का जिम्मेबार पदाधिकारी ,महिला सेल कि डीआइजी लाइ तुरुन्त कार्यबाही गरिनु पर्छ \
    खराब एमाले उच्च यी पदाधिकारी लाइ पार्टी बाट निस्काशित गरिनु पर्छ होइन भने देश भर का कुनै पनि महिला भोटर बाट एमाले लाइ एक भोट पनि दीइनु हुदैन \ मामा भनाउदो राष्टपति कार्यालय का बिसेष सल्लाहाकार यिन लाइ तुरुन्त पद बाट बर्खास्त गरिनु पर्छ \ रास्टपति कार्यालय बाट फोन आइ कानुनि कार्यबाही लाइ अगाडी नबढाउने सहायक सिडिओ हरु लाइ बर्खास्त गरिनु पर्छ \ सम्बन्धित प्रहरी चौकी र पैसामा बिक्ने सुरेस तामांग लाइ तुरुन्त कारबाही गरिनु पर्छ \
    झुटा आरोपी हो भने हदै सम्म को कार्यबाही र आरोप प्रमाणित भए हदै सम्म को कार्यबाही हुनु पर्ने कानुन बनिनु पर्छ \ हरेक समस्याको समाधान कानुनि प्रकिया हो यसको कडाइ र स्वच प्रकिया बाट हुनु पर्छ \
    देश बनाउछु ,देश र जनताको सेवा गर्छु भनि प्राटीको ठुलो पद ओगट्ने ,राज्य को साना र उच्च पदमा आशिन हुने यी गलत र अन्यायी हरु लाइ स्वाभिमानी नेपालि जनता हो कार्यबाही गरि छाड्नु पर्छ \ असल प्रहरी नबराज सिलवाल र श्याम ज्ञावाली हरु जस्ता प्रहरी लाइ जनताको साथ् सधै रहने छ भने खराब प्रहरी ,नेता ,प्रशासक र खराब जनता को विपक्ष मा सधै असल जनता रहनेछन \ यसको लागि सडकमा ओछ्यान लिएर लड्न मर्न तयार छौ \ अब ब्रिकितीले सिमा नाघिसकेको छ \यसको अन्त्य हुनै पर्छ \

    Reply
  10. Suraj Shrestha says:
    July 31, 2013 at 8:09 pm

    नेपालका सम्म्नानीय रास्ट्रपति श्री रामबरण यादवको जागिर पाकेको नै छ ! तलब बढेकै छ !!

    अलि पेट दुखेमा हावापानी बदल्न परिवारका सदस्यहरु र दल बल सहित जापान डुल्ने र करोड़ो खर्च गर्न पाएकै छ !!!

    सुख सुविधा साथ बस्न पाएकै छ !!!!

    जनता बारे बोलिले चिन्ता गरेको देखाउने र कामले माखोपनि न मार्ने नेताहरुको सर्वपरि गुण नै हो, यस बाट यीनी कसरि अलग हुन सक्छ !!!!

    सुरज श्रेष्ठ

    Reply
  11. बिनोद तिमिल्सिना says:
    July 31, 2013 at 7:07 pm

    लाज, नैतिकतका र उत्तरदायित्व नभएकाहरुले शासन संचालन गरुन्जेल यो देशमा यस्तै घटनाहरु सुन्नमा आईरहन्छन् बारम्बार हाम्रो समाजमा,साझा सवालमा उठेका सवालहरु त सामान्य हुन, हाम्रा समाजमा यस्ता हिंसा पिडितहरु कति छन कति जसको पहुँच कतै छैन। मुर्खलाई पो बरु बुझाउन सकिएला तर “जानेर बुझेर बुझ पचाउने” शासक र कर्मचारीतन्त्रको उपचार कसरी गर्ने हो!!!???

    Reply
  12. Bharat Mainali says:
    July 31, 2013 at 4:10 pm

    हुक्के, द्वारे, बैठकेहरुको त यत्रो कर्तुत छ भने श्रीपेच लगाएका नयाँ राजाले के बाँकी राखेका होलान र ? थुइया गनतन्त्र …

    Reply
  13. buddhi bhattarai says:
    July 31, 2013 at 3:19 pm

    यो नाताबाद ,कृपाबाद ,चाप्लुसिबाद,फरियाबाद ,नेताबाद ,कर्यकर्ताबाद ,नकचरोबाद ,……….. आदि सबै को उन्मुलन गर्नु अति जरुरि भै सक्यो नेपालमा नत्र भित्र भित्रै यस्ता पिल्सिनेहरुको संख्या सधै बाडिने रहने छ कसैले यहाँ न्याय पाउनेवाला छैनन् ……….

    Reply
    1. sunil says:
      August 1, 2013 at 1:21 pm

      कल्ले चाइ उन्मुलन garne ho त यी बादहरु ? हामि आफै बाट गर्नु पर्ने हैन र ? हामि आफु सक्छौ त यी बाद उन्मुलन गर्न ? गहिरिएर सोच्नुस त ?

      Reply
  14. राजकुमार says:
    July 31, 2013 at 2:24 pm

    पीडक एमाले को उच्च पद मा बसेको मान्छे रे ? नाम पनि प्रकाशित गर्दिनुस -चिनी राखौ
    एमालेको कलंकित अनुहार ..

    Reply
    1. Milan Rana says:
      July 31, 2013 at 11:46 pm

      अहिले सम्म जम्मा १४ वोटा कमेन्ट | थाहा हुदै छ बल्ल कस्ता कस्ता मान्छे हरु रहे छन् माइसंसार मा उफ्रिने | सब को सास दबेजस्तो छ नि एस्तो कुरा मा पनि केहि सब्द खर्चिन | अझ झन् एमाले ठुलै मान्छे हरु रैचन | अब एमाले को के बक्तब्ये आउने हो | संबिधान सभा को चुनाब मा अझै ठुलो पार्टी बन्ने रे | बन्यो येही पारा ले | अहिले यो माओबादी को इस्सु भएको भए येही कुरा बर्षौ चर्चा बन्थ्यो क्या रे र कारवाही नभए सम्म छोड्न पनि हुन्न | एमाले को भएको ले, अब एस्लाई साम सुम पार्ने त होला नि | ल हेरी हालम के चाही गर्दो छैन त आगामी चुनाब मा एक नम्बर मा हुने सपना देख्ने एमाले ले |
      मलाई त यो साझा सवाल मा आको रेणु यादव देखि लिएर DIG हो कि PIG हो सब खुराफाती नै लग्यो | सब आफु राम्रो बनौन खोज्ने अनि जोगिन खोज्ने |

      Reply
  15. achut says:
    July 31, 2013 at 2:16 pm

    नेताको घर को त हालत तेस्तो छ देश कस्तो होला?स्वयं ‘नारी चेतनशील संघ’ को कार्यकर्ता को त यो दुर्दशा रेछ ‘बेलबारी’ ले के को न्याय पाउलान खै…छि दिक्क लाग्दो…

    Reply
  16. Narayan says:
    July 31, 2013 at 1:27 pm

    अचम्म लाग्यो आजको यो article पढ्दा / यो घटना लाई नारी हिम्साको रुपमा किन र कुन कुना बाट देखिदैन ? एस्तो घटनामा सिंगो राष्ट्र नै जिम्मेवार हुनु पर्नेमा रास्ट्रपति कार्यालय किन अछुतो भयो? बास्तबिकता नै त्यस्तो भएपछी त्यो कुरा किन गर्न नहुने ? लोकतान्त्रिक मुलुक को रास्ट्रपति कार्यालय जनता भन्दा कसरि उच्च भयो?? अनि हिजो जुन समय मा राजाको हातमा शक्ति तथा सत्ता थियो त्यो बेलामा राज सस्था अनि राजपरिवार लाई खुलेयाम मुर्दाबाद भन्ने हरु अझै जीवित नै छन् त / तपाइको बिचारमा त तिन का छाती गोलीले छेडिनु पर्ने / सत्य र न्यायेका लागि भगवान लाई पनि गाली गर्न सकिन्छ / अलि बढीनै एक पछिय भयो जस्तो लग्छ यो लेख /

    Reply
  17. Ujjwal says:
    July 31, 2013 at 1:07 pm

    श्रीमानको सरकार र गणतान्त्रिक रास्ट्रपतिले कानमा तेलै मात्र हाल्ने हो भने, यो रास्ट्रकै इज्जत नहुने भयो!
    यी महिलाले न्याय पाउनैपर्छ! त्यो एमालेको खोल ओढने नेताज्यू को महान हस्ती पर्नु भो होला?
    अनुजा ( इटहरी बस काण्ड) जस्तो फटाहा महिलाको तारिफ गर्नभ्याउने रास्ट्रपति अहिले एउटि नारि अन्यायमा पर्दा किन मौन? शोचनीय बिषय छ यो!
    \

    Reply
  18. पुष्प says:
    July 31, 2013 at 12:24 pm

    ‘रास्ट्रपति’को हैसियत – घर झगडामा हस्तक्षेप !

    Reply
    1. madan bajracharya says:
      July 31, 2013 at 11:36 pm

      पुस्पज्यु;
      घर पनि समाज र रास्ट्रको यक अहम हिस्सा हो/ भयको घटना ले कानुन मिचेको छ/ कानुन जहा जव मिच्चिंछ त्याहा राज्यको दाइत्व हुन्छ/ राज्यले आफ्नो कर्तब्य ननिभाय रास्ट्र प्रमुखले त्यो दाइत्व निभाउनु पर्ने हुन्छ/ यदि रास्त्रप्रमुख भयर पनि राज्यले गरेको त्रुटिमा केहि गर्न सक्दैन भने के काम तेस्तो रास्ट्रप्रमुख?

      छाडा नेताहरु धेरै भयको देसमा रास्त्रप्रमुख सेरेमोनियल भनेर “निरह” बनायको किन आज हामि देख्दैछौं र तेस्को दुस्परिणाम पनि भोग्दैछौं/ रास्त्रपतिलाई निरह बनायको कारणले “गलत भयको बुझेर पनि तेस्मा सहमत गर्न बाध्य हुन्दैछन” रास्त्रपतिलाई निरह बनाउनेहरु/ रास्त्रपतिलाई निराहा नबनायाको भय अहिले बिबादित हुँदै गरेको कुनै बिबाद हुनै नसक्ने थियो/ चुनाव सहज रुपमा हुने थियो/

      Reply
      1. पुष्प says:
        August 2, 2013 at 9:26 pm

        खै के कुरा गर्नु भा ! राष्ट्रपतीको नाउँमा भएको यस्तो अन्याय उचित हो र मदनजी ?

        Reply
  19. abhi says:
    July 31, 2013 at 11:55 am

    केहि गरि यी महिलाले झूट बोलेको भए नि ? पहिले यसको छानबीन हुन पर्छ. आजकल चरित्र हत्या गर्न र आर्धिक लाभ पाउन पुरुष लाइ जबर्जस्ति फसाउन खोज्ने अलि चालु किसिमका महिलाहरु संगठित रूपमै सक्रिय छन्. यसको अर्थ यो नलागोस कि यी महिला पनि त्यस्तै हुन् भनेर…खालि छानविन चाही हुनु पर्यो भनेको….ताकि दोषी चाहे पुरुष हुन् या महिला…..सजाँय चाहिं पाउन.
    यसको रेफरेन्स मा आँफै छुँ……. अघिल्लो हप्ता मेरो एकदम मिल्ने साथि लाइ यस्तै एउटी महिलाले फसाउन खोजि……केटो अविवाहित भएकोले केटि ले विवाह गराई पाउँ भनेर जी.प्र.का मा उसको र आफ्नो फोटो सहित उजुरी हाली( याद रहोस फोटो त्यस्तो आपत्तिजनक थिएन…खालि दुइ जना संगै उभिएर खिचाएका थिए…मतलब उनीहरुको जान-पहिचान भएतापनि त्यस्तो केहि गैरकानूनी सम्बन्ध थिएन). र अर्को कुरा…मेरो साथि सरकारी अधिकृत हो……सायद त्यहि भएर अलि कति भए पनि पैसा पाउन ब्ल्याक मेल गरिएको हुन सक्ने अनुमान छ.
    खैर……बुझ्दै जाँदा त्यो केटि को ३-४ जनाको ग्रुप रहेछ र उनीहरुको मेन पेशा थाहा नभएपनि साइड पेश चाहिं अलि हुने-खाने लाइ फसाउने ..र गैर-कानूनी रूपमा सकेसम्म पैसा धुत्ने रहेछ. र जी.प्रा.का (जिल्ला चाहिं केटा र केटि दुबैको प्राइवेसिको लागि उल्लेख नगरिएको)मा उ विरुद्ध पहिउल्यै धेरै उजुरी परिसकेको रहेछ…..ब्लाकमेल र ठगि को…. प्रहरी प्रशासन तातीहाल्यो र केटि अहिले गायब छे.र उजुरी पनि खारेज भयो. बेकारमा मेरो साथि २-४ दिन डिप्रेशन बाट गुज्रिनु पर्यो…….समाजमा बेइज्जत भयो….हुनत अब सबैले उ निर्दोष भनेर थाहा पाइसके ….ल भन्नु अब एस्तो पढेलेखेको,सरकारी जागिरेलाई त यस्तो गर्छन भने अरु लाइ त क गर्लान येस्ता ले.त्यहि भएर भनेको …यस्ता केस छानबिन गरिन पर्छ. र दोषी जो होस् …..थुनिन पर्छ.

    Reply
  20. Pramod says:
    July 31, 2013 at 11:53 am

    मलाई पनि दुइ जना DIG को उत्तर सन्तोष जनक लागेन / प्रस्न एउटा छ, उत्तर अर्कै छ.

    Reply
  21. Bhiman says:
    July 31, 2013 at 11:23 am

    लौ मुख्य सचिबज्यु यता पनि नजर जाउस अरु त कसलाई भन्ने खै तपाइको अग्रसरताले भर्खरै बेलबारी घटनाको कारवाही सुरु भएको छ एसको पनि सुरु भएको सुन्न पाउ I

    Reply
  22. Hari Prasad Lamichhane-Saudi Arab says:
    July 31, 2013 at 11:12 am

    त्यो एमालेको नेताको परिचय किन लुकाइएको हो ? त्यसलाई पनि चिनौ न |

    Reply
  23. Nabin Shah says:
    July 31, 2013 at 11:05 am

    ल हेरौ है त अब कसले कस्तो कमेन्ट गर्दो रहेछ | एउटा सोल्टी को औकात त देख्हिहल्यो कस्तो हो भनेर | येत्रो घटना लाइ कति सजिलो संग लिन भनेको हो | यो कैसे ति महिला ले आफ्नो सास रहुन्जेल सम्म लड्न पर्छ र सबै जनता ले साथ दिन पर्छ | अहिले लाइ कुनै राजनीति रंग नदीहालौ फेरि लौ कुरा काट्ने बाटो पायो भन्लान साथी हरु ले | अब येह थाहा हुन्छ मान्छे को असली अनुहार |
    यो साझा सवाल भन्ने कार्येक्रम मैले पनि सुनेको थिए र उक्त नारि को आवाज सुन्दा मलाई लग्यो देश अब धेरै नै बिग्रिसकेको छ | अब देश लै राम्रो इस्थिती मा पुरौना को लागि महाप्रलाये नै हुन पर्दछ नत्र केहि हुदैन | एउटा साथी ले त घर को झगडा हो घर मै मिलाउ रे | कसरि भन्न सक्या होला | न्याय को लागि जाने हो कि एस्तो कुरा मा मिल्ने हो | तेसो भए त अस्ति बेलबारी घटना मा पनि मिले भैहाल्यो नि | कस्तो कुरो गरेको यार | धत् हामी नेपाली |

    Reply
  24. मन बहादुर तामांग says:
    July 31, 2013 at 10:53 am

    नारायणजीको कार्यक्रम संचालन ज्यादै राम्रो लाग्यो|
    प्रहरीका बिमला थापाका उत्तर बगम्फुसे र बेकार छन्| उजुरी किन दर्ता गरिएन भनेर सोधिएको छ उनी चाहि बजेटको कुरा गर्ने?प्रहरीका प्रबक्ताले सक्दो कोशिश गरे तैपनि उँहाको उत्तर सन्तोषजनक भएन| नारायनजीले कार्यक्रमबाट प्रहरीको हटलाईनमा फोन गर्नुभएको भए हरिबिजोग प्रत्यक्ष देखिन्थ्यो|
    डा रेणु राजभण्डारीज्युलाई धन्यवाद, उहाको प्रस्तुति ठिक लाग्यो| सही काम गर्ने प्रहरी पनि छन् संख्यामा थोरै भए पनि भन्ने कुरो साँचो हो| महिला आयोगको नाउँ परिवर्तन गरेर महिला वियोग राखे हुन्छ| केन्द्रमा अफिस राखेर के काम?
    भोलि राष्ट्रपति कार्यालयले के जवाफ दिने हुन् र प्रहरी प्रधान कार्यलयले पहिले आफ्नै प्रहरीका कर्तुतहरु बारे जवाफदेही हुनपर्यो|

    Reply
  25. sanjay says:
    July 31, 2013 at 10:13 am

    सबै प्रहरीले दबावमा आएर काम नगर्ने हो भने कस्ले के गर्न सक्छ र ? सबैलाइ चाकडी बजाउन ठिक्क छ । दरबारमार्ग आएर हप्ते उठाउन शिर काटेर हत्केलामा राख्न तयार छन् । दबादमा गलत काम प्रहरीले काम नगर्दिने हो भने धेरै समस्या आफै समाधान हुन्छ । राष्ट्रपति कार्यालयको भन्दैमा काम गर्नु पर्छ र गलत पनि ? भर्ना हुदाँ छाति नापि नापि लिए पनि यिनका छाति स्वाभिमानले कहिल्यै चैाडा हुने भएन । लाग्छ यिनलाइ पेशागत धर्म भनेको के हो थाहै छैन । स्वाभिमान भन्ने त इतिहासमा मात्रै पढे हुनन् । यिनिहरूले ।

    Reply
  26. samrat~ says:
    July 31, 2013 at 10:11 am

    बिचारी अन्याय मा परेको आइमाई लाइ चाडै भन्दा चाडै न्याय मिलोस अनि त्यो कानुन लाइ टेकेर अशाह्ये माथि अन्याय गर्ने पुलिस बर्ग जसले अपाङ्ग रास्ट्रपति को सल्लाह कार को जाबो फोन कल संग दबेर आफ्नो कार्य मर्यादा पालन गर्न खुट्टा कमाउने लाचार अफिसर लाइ कारवाही होस्. रास्ट्रपति को कानुनि सल्लाहकार लाइ राम्रो सबक मिल्ने गरि कानुनि सुनुवाई होस् अनि अन्त मा डी एस पी ज्ञवाली जसले अस्सह्ये आइमाई को साथ दिएर आफ्नो जागिर सरुवा हुने गरि मर्यादा पालन गर्यो लाइ सलाम ! चाडो भन्दा चाडो एस पी मा बढुवा होस्.

    Reply
  27. Raju Rana - Mahendra says:
    July 31, 2013 at 10:10 am

    चाक्लेसी गर्ने प्रचलन नहात्ददा सम्म निस्पक्ष्ह समाज निर्माण हुदैन

    Reply
  28. pemdorje pakhrin tamang says:
    July 31, 2013 at 8:41 am

    यो देश गुन्दराज को देश हो समस्या तला भन्दा माथि छ तर हामी तला खोजि रहेको छ अल्झेको छ अब नेता मन्त्रि रास्ट्रपति पूर्व राजालाई पहिले देखिको सबै लाई पुन छानबिन नगरी देश अगाडी बढे हामी सफल हुन्न | रोग त्यहाँ
    छ |

    Reply
  29. Harke says:
    July 31, 2013 at 7:46 am

    १. गर्नुपर्ने काम नगर्ने वा धेरै ढिलो मात्र गर्ने तर नगर्नु पर्ने काम वा गर्न नहुने काम भने तुरुन्त गरिहाल्ने….! नेपाली प्रसासन र सरकारको रोग बाट रास्ट्रपति कार्यालय कसरि अछुतो रहन सक्त्यो र ?

    २. यी पिडित महिला र बेलबारी बर्बरता की सिकार “माया सार्की” पनि पिडित महिला ! यिनी उच्च वर्ग (स्वघोषित) अर्की निम्न बर्ग (पर-घोसित) !!

    ३. यो एउटा घर-झगडा भन्दा धेरै केहि होइन ! अदालतलाइ निकास निकाल्न देउ….!

    Reply
    1. गगने says:
      August 1, 2013 at 2:28 am

      Harke ,
      ७०% भन्दा बढी महिला हिँसा घरेलु हुन् र सुरुवात घर-झगडा बाटै सुरु हुन्छ!
      जव मुद्दा दर्ता नै हुदैन भने अदालत ले कसरि निकासा निकाल्ने?

      Reply
      1. Harke says:
        August 1, 2013 at 1:54 pm

        हर्केको कमेन्टमा, मुद्दा दर्ता गर्न नदेउ भनेको छ र ? “अदालतले नै निकास दिनु पर्छ…” भन्ने बाक्यमा, मुद्दा दर्ता गर्न दिनु हुन्न भावना झल्किन्छ छ र ?

        १% होस् या ७०% तेस्को हिसाब तपैनै राख्नुस, तर मुद्दा दर्ता गर्न पाउने नागरिक अधिकारमा रोकावट गर्नेहरु पनि अपराधी नै हुन्….चेतना भया…!

        Reply
  30. द्रोण says:
    July 31, 2013 at 7:08 am

    मान्छे भन्छन गान्धी सोझो थ्यो , एउटा गालामा हान्दा आर्को थाप्थ्यो ( कुइरे सग मात्र हो कि ?) सोझो र सज्जन मान्छे भए कसरि गान्धी हुन् सक्छ ?
    तेस्तै नेपाल को सन्त कृष्ण प्रसाद भए , मानिस लाइ थाह छ उनको सन्त पना |
    तेस्तै रामबरण पनि सोजा मानिन्छन |

    मान्छे हरु धेरै धुर्त भए पछि मजा ले सन्त ,महात्मा को परिचय र सुबिधा लिएर बाच्न सक्ने रहेछन कि ?
    जस्तो फलाम धेरै तातेपछि रातो बाट पहेलो हुदै सेतो भएजस्तो |

    Reply
    1. madan bajracharya says:
      July 31, 2013 at 11:40 pm

      द्रोणज्यु/
      व्यंग अत्यन्त गहन तरिकाले गर्नु भयो/ नागरिकले गहन कुरा गरे बुझे पनि नबुझेको जस्तै गरि बस्छ लाज नभयका नेताहरुले/

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme