Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा

Posted on July 4, 2013July 4, 2013 by mysansar

ksuबैँक ब्यालेन्स देखाउने धन्दा नेपालमा खुबै फस्टाएको छ। नाम चलेका बैँकका जिम्मेवार मानिसहरु नै कमिसन खाएर यो धन्दामा छन्। अझ पत्रपत्रिकामा यस्तो कामको विज्ञापनसमेत छापिन्छ। त्यसैले नेपालमा अर्काको पैसा लिएर बैँक ब्यालेन्स देखाउनु खासै अपराधको विषय हैन जस्तो लाग्छ। तर जब यस्तै काम अमेरिकामा हुन्छ, तब दिनदशा बिग्रन्छ। अमेरिकामा नौ जना नेपाली विद्यार्थीलाई अहिले त्यस्तै भएको छ। गैर आप्रवासी भिसाको स्टायटस कायम राख्न कन्सास स्टेट युनिभर्सिटीमा अध्ययनरत उनीहरुले आफूसँग हुँदै नभएको रकम देखाएर फ्रड गरेको अभियोग लगाइएको छ।

केम्यानमा प्रकाशित समाचार अनुसार उनीहरुले आफ्नो पढाइका लागि र आफू अनि आफूमाथि आश्रित परिवारका लागि पर्याप्त रकम छ भनी देखाउन अरु विद्यार्थीहरुबाट रकम उधारोमा लिई बैँकमा राखेका थिए।

अभियोग पत्रमा उल्लेख भए अनुसार सन् २००८ को फलमा यी नौ विद्यार्थीहरुले आफूसित पर्याप्त रकम भएको गलत दावी गर्दै बैँकमा स्टेटमेन्ट लिएका थिए। उनीहरुले आफ्नै नेपाली साथी विद्यार्थीहरुसित रकम उधारोमा लिएर बैँकमा जम्मा गरेको र बैँकको चिट्ठी पाएपछि रकम फिर्ता गरेको आरोप त्यसमा छ।

सरकारी वकिलले अभियोग लगाइसकेपछि मंगलबारदेखि ग्रान्ड जुरीमा यो मुद्दामा सुनुवाई सुरु भएको छ। सहायक अमेरिकी अटोर्नी रिचर्ड हाथवेले वादी पक्षबाट मुद्दा लड्दैछन्।

अभियोग प्रमाणित भयो भने ती नेपालीहरुले बढीमा १० वर्षसम्मको कठोर कारावासको सजाय पाउने छन्। त्यसैगरी प्रत्येक ‘काउन्ट’का लागि साढे दुई लाख डलरसम्म जरिवाना हुनसक्छ।

को-को परे ?

केम्यानले अभियोग लगाइएका नेपाली विद्यार्थीहरुको नाम पनि सार्वजनिक गरेको छ-

  • महेन्द्र थापा, ३३ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा एक काउन्ट
  • खेम आचार्य, ४१ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • राजकुमार दानी, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट
  • सन्तोष घिमिरे, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा एक काउन्ट
  • लीलाबल्लभ पान्डे, ४१ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • लक्ष्मण पोखरेल, ३७ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा दुई काउन्ट
  • केशर प्रसाइँ, ३८ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा चार काउन्ट
  • गोविन्द पनेरु, ३२ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट
  • नारायण चापागाइँ, ४३ वर्ष, भिसा फ्रडको षड्यन्त्र गरेकोमा एक काउन्ट र भिसा फ्रड गरेकोमा तीन काउन्ट

अपडेटः क्यालिफोर्नियामा बस्दै आएका नारायण चापागाईं र पोष्ट डक्टरेट गर्दै गरेका राजकुमार डाँगीलाई धरौटीमा रिहा गरिएको छ। सन्तोष घिमिरे पढाइ सकेर नेपाल फर्किसकेका छन्। आयोवामा पक्राउ परेका केशर प्रसाईं त्यहाँको युनिभर्सिटीमा कार्यरत थिए भने लक्ष्मण पोखरेल, लिलाबल्भव पाण्डे र गोविन्द कँडेल केएसयुमा नै पिएचडी गरिरहेका छन्। खेम आचार्य त्यहीँ पोस्ट डक्टरेट गर्दैछन्।

 

63 thoughts on “नौ नेपाली विद्यार्थीलाई अमेरिकामा भिसा फ्रड मुद्दा”

  1. Raghu Dahal says:
    July 7, 2013 at 10:59 pm

    अमेरिकामा मात्र होइन यूरोपमा पनि सबैले यस्तै गर्ने हो, तर यो अपराध हो भन्ने चै था थिएन किनकी कागज नकली होइन पोइसा पनि त नकली होइन सर सापट लिनु दिनु त सामान्य जस्तो लाग्थ्यो, तर मान्छे को दिन दशा बिग्रेपछि अनेक हुने रहेछ , सबैले पाठ सिक्नु पर्‍यो….

    Reply
  2. madan bajracharya says:
    July 7, 2013 at 4:02 am

    आफ्नो छोरा छोरीलाई अमेरिकामा पढ्न पठाउन चाहने तर अमेरिकामा लाग्ने पढाई र बसाई खर्च व्यहोर्न नसक्ने अभिवाहक र तेस्तै आर्थिक अबस्था भयको र अमेरिकाले मान्यता दियको डिग्री बा योग्यता नभय पनि अमेरिका आउँन बा पठाउन चाहनेलाई मेरो सुझाव:

    ०१. अभावले अपराध गर्न बाध्य गर्न सक्छ/ अमेरिकामा अपराध माफी हुँदैन/
    ०२. सके सम्म दुईजना आउनुस/ खर्च धेरै बच्छ/
    ०३. भान्छामा प्रयोग हुने मसला उपचारको निमित पनि प्रयोग हुन् सक्छ!!!!
    ०४. सामान्य गाडी मर्मत गर्न अबश्य पनि सिकायर पथाउनुस/
    ०५. सामान्य आम्दानि हुनेको निमित धुम्रपान अत्यन्त महँगो हुन्छ!!!
    ०६. गलत काम नगरी बस्न सकिने अबस्था आय फर्कने प्रण गरेर आउनुस/
    ०७. हात चलाई हाल्ने, गालि गरि हाल्ने बानि छ भने त् आउंदैनआउनुस/
    ०८. भुलबस पनि कुनै अपराध गरेको छ भने समाउनु अघिनै नेपाल फर्कनुस/
    ०९. स्पेनिस भाषा सिकायर पथाउनुस/ यो भाषा जाने सानो काम सजिलै पाउँछ/
    १०. आर्थिक कमजोरीले महिलालाई बिशेस अप्ठ्यारो परिस्थितिमा पार्छ/
    ११. महिला प्रतिको कजोरिको हदसम्मको आशक्तिले पुरुषलाई बिपतामै पार्छ/
    १२. अमेरिका लामो बसाई गरेको सन्तान बात धेरै आसा नगर्नुस/
    १३. नेपालमा ३५ बर्ष नाघेकोले लोकसेवा दिन नपाउने कानुनको बिरोध गर्नुस/
    १४. नेपालमा रहेको आफ्नो अन्तिम पुंजी नमास्नुस/
    १५. अमेरिकाको नागरिकता लिनु अघि नेपालको संबिधान कुर्नुस/

    Reply
    1. neerose says:
      July 7, 2013 at 2:02 pm

      ०६. ‘गलत काम नगरी बस्न नसकिने …’ हुनुपर्नेमा अन्यथा हुन गयाकोले भनेर फेरी लेख्नु पर्छकि मदन जी!

      Reply
      1. madan bajracharya says:
        July 8, 2013 at 9:45 am

        निरजज्यु/
        गल्ति सच्याउनु भयकोमा धन्यबाद/

        Reply
  3. krishna gautam says:
    July 6, 2013 at 3:06 pm

    साथी हरु
    कुरो के बुझोउ भने कुनै साथीलाई विश्वास गरेर पैसा नामागु
    गोप्य रुपमा जे गरे पनि केहि हुदैन ,,,,,,,,,,,,, भाईमार्रा ले बिगारे ….बिचरा………..

    Reply
  4. bikash sharma says:
    July 6, 2013 at 1:20 am

    नेपालमा पनि त ब्यापारीहरुले पैसा सापटी लिएर व्यवसायमा लगानी गरेर नाफा कमाएका छन् । अब त्यो नाफा मेरो हो भनेर ब्यांकले दाबी गर्न पाउछ त ?

    पी एच दि गर्नको लागि त युनिभर्सिटीले नै financial assistanceship दिएको हुन्छ । bachelor पढ्न गएको जस्तो कदापी नै होइन । आफ्नो लागि त bank balance नै देखाउनु पर्दैन ।

    नेपालबाट प्रायजसो पी एच दि गर्न गएका हरु बिबाहित नै हुन्छन । अनि सालाखाला ६ बर्षसम्म आफ्नो श्रीमती र बच्चा छोडेर को पो एक्लै बस्न सक्छ र ? अनि आफ्नो परिवारलाई dependent को रुपमा ल्याउनको लागि यसरि सथिहरुसंग सापटी लिएर बैंक balance देखाउदा यसरि फसिंछ भन्ने थाहा पाएको भए कसले पो यस्तो गर्छ र ? बरु केहि समय कुरेर आफ्नै पैसा जम्मा गरेर बैंक balance देखाउन्छन नि । अर्को कुरा us मा प्रायजसो सबै international graduate students ले यसरि नै आफ्नो परिवार बोलाउने हो ।

    यो केश एउटा साधारण केश हो तर यसरि अपराधीकै दर्जामा राखेर जेलमा जाकिनु चाही त्यो स्थानका मानिसहरुको internationals लाइ हेर्ने नकारात्मक सोच हो । त्यस्तै हो भने त थाहा पाई पाई I – 2 0 बनाउने university का कर्मचारीलाइ पनि conspiracy को केशमा समात्नुपर्ने हो नि |

    पी एच दि गर्ने बेलासम्म कुनै पनि व्यक्तिले आफ्नो जिन्दगीको लामो समय दुख गरेर पढाईमै बिताएको हुन्छ । यो घटनाले us मा रहेका सबै internationals लाइ नराम्रो message जाने चाही पक्कै छ र अब तिनीहरुले पनि us को विकल्प खोज्नेछन |

    Reply
  5. Ganesh25 says:
    July 5, 2013 at 8:21 pm

    If anybody do or others do crimes, it does not mean that somebody also is allowed to do crime. Crime is crime, let others do but not you do.

    Reply
    1. hari dai says:
      July 6, 2013 at 9:17 am

      well, you better learn yourself peccadillo is different from a crime. FYI they are not convicted yet.

      Reply
  6. Ganesh25 says:
    July 5, 2013 at 8:17 pm

    The matter of doing illegal activities in the particular country against the rule/Law. Once anybody does such illegal work, that means committed crime and is a criminal. It is the basic principle of rule of Law.
    The above mentioned 9 nepalese has committed crimes.
    It may happened that they have committed more crimes and therefore FBI may investigate further including their families who has contributed or helped to do such crimes and punish them. It is the duty of care to follow-up the rules and not to do any crimes.

    Reply
  7. द्रोण says:
    July 5, 2013 at 4:13 pm

    ट्रेजर हन्ट मा जादा कहिले काही विपद आइलाग्छ ,इतिहास कथा हरु ले पनि देखाउछ |

    Reply
  8. gunjan says:
    July 5, 2013 at 11:57 am

    बिचराहरु !! दुनियाले यसो गर्छन यिनीहरु फ़सेछ्न. कोई बिदेस जाने वा मुलुकमा बस्ने मुला सागहरुले ओभानो भएर गालि गर्नु पर्दैन. सबैको गुदी सबैलाइ थाहा छ.

    Reply
  9. amrita thapa says:
    July 5, 2013 at 11:20 am

    बैंक ब्यलांस नक्कली वा सरसापट गलत होईन , सापट गरि परिवार बोलाउनु गलत होईन तर सापटी को पैसो मेरै हो भनि दाबी गर्नु गलत हो

    Reply
    1. Suraj says:
      July 5, 2013 at 10:36 pm

      अमृता दिदी, सापती लियको पैसा सापती दियको समय सम्मा दिदिको हुँदैनर। तेसो भय मलाई दिनुस् न त्योउ पैसा।

      Reply
  10. Jeevan Thapa says:
    July 5, 2013 at 10:47 am

    बैंक ब्यालेन्स किन खोजिन्छ भन्ने कुरा पनि बुझ्न नसक्ने हरुको कमेन्ट देखेर मलाई दया लाग्यो!
    सापटी लिगेर बैंक ब्यालेन्स देखाएर हुञ्छ?
    हुन् त जाल साझी गर्न खप्पिस हरुको लागि यो त सानो कुरो होला!!!

    Reply
    1. hari dai says:
      July 6, 2013 at 9:12 am

      मित्र तिमीलाई बैंक बलांस किन चाहिन्छ भन्ने थाहा रहेछ खुबै ठुलो कुरो भयो/ तेसैमा गर्ब गरेर बस. खासमा त्यो कुनै ठुलो अभियोग लागेको छैन हदै सम्म को सजाए दिने भनेको गम्भीर प्रकृति को अपराध को लागि हो. यिनी हरु लै लागेको आरोप सरकारी वोकिल आफैले खासै केहि होइन भन्छ तेसैले त २-४ हजार धरौटी मै छुटी सके. बैंक बलांस र फेडेरल reserve दुवै le बेक्ती अथवा देस कत्तिको धनि छ भन्ने देखौचा. हो तेसो भए चिन संग ऋण खोजेर आफ्नो फेडेरल रेसेर्वे को प्रोपर्टी देखाएर संसारलाई धाटने देस मा आफ्नै पैसाले बुडी पालना सक्छु भनेर प्रोपर्टी देखौन मिल्दैन? कुरागारो कुरेको दुख कुन gas स्टेशन को कुरिमा छन् मित्र क बुझ्थे कुरो.

      Reply
  11. ram kaji thapa says:
    July 5, 2013 at 9:48 am

    होइन , धेरै जान्ने भयो भने गु खाञ्छ भनेको येही हो ,साथीहरुले नेपाल जस्तै नेपाल बनाउन खोजेको होला तर के गर्ने अरु को देश कानुनले जे भन्छ तेही गर्छ , तेतिकै विश्वमा नमुना हुदैन ,तेतिकै बिकाश हुदैन . कानुन भनेको कानुन हो .यो बाट नेपालीहरुले पाट सिक्नु पर्छ कि देश बनाउन कानुनको दाहेरा भन्दा माथि जानु नहुने रहेछ भनेर .

    Reply
  12. Bhishma Karki says:
    July 5, 2013 at 1:30 am

    एउटा मान्छेले अर्को मान्छेलाई दुख र संकट परेको बेलामा मद्दत गर्न खोज्नु न्यायोचित आदर्श हो. एउटा साथीले अर्को साथीको लागि परेको बेलामा ज्यान त दिन तयार हुन्छ, पैसाको त के कुरा भो र. यदि मान्छे मान्छे बीचमा सहयोग नहुने हो भने हामी र पशुमा केहि फरक हुदैन.

    बिचरा निर्दोष बिद्यार्थीहरुले आफ्ना परिवार जनलाई झिकौनको लागि पैसा सापट लिनु कुनै अपराध होइन, र एस्तो कुरामा ती बिध्यर्थिहरुलायी तर्साउनु अमरिकी सरकारलाई नसुहाउने कुकृत्य हो. एसले विधिको साशन होइन, अमेरिकामा पनि विधिको कालो आतंक हुन्छ भन्ने कुरा इंगित गर्छ र यो अमेरिका जस्तो परिष्कृत सुशभ्य र बिकशित देशको लागि अशोभनीय र लज्जास्पद र भत्सर्ना योग्य अमानुषिक हरास्स्मेंट हो.

    यदि एंगेल्स ले मार्क्सलाई सहयोग साथीको हैशियेतले नगरेको भए “डास कपितल” लेखिने थिएन. हो यसकालागी मार्क्स को अध्भुत दिमाग पनि चाहिन्छ.. तर मैले भन्न खोजेको के भने एउटा साथीले अर्को साथीलाई गरेको हयोग स्वोभाबिक र प्रशंशयोग्य कर्तब्य हो र यसलाई दण्डित गरिनु हुन्न. बरु पुरष्कृत

    Reply
  13. Hari Dai says:
    July 4, 2013 at 9:41 pm

    हैन कुन कानून ले भन्छ पैसा लेन देन गर्न हुँदैन भनेर? कहाँ lekheko छ रिन तिर्न पर्दैन भनेर? तिनी हरु ले अद्को पद्को चलाये त क् भो? तेसो भये अमेरिका आँफैले चाइना सँग रिन किन लिने? पैसा सदै भरी बैंक मै राख्न पर्छ भन्ने के छ? नेपाल फर्कैदिये त केही नपिन्न सबै सँग PhD डिग्री छडै छ तर बापती देशको कनून लगायो भने चै दूबयो।

    Reply
  14. BALTIMOR says:
    July 4, 2013 at 6:22 pm

    स्टुडेन भिसा मा अमेरिका मा सारै गारो छ हजुर भन्न गारो बेथा सारो .नेपाल का साथी भाई ले अमेरिका छ भन्छन् .ग्यास स्टेशन को काम ले कैले काइ बेहोस् नै भैदिउ-भैदिउ जस्तो लग्छ .

    Reply
  15. Jeevan Thapa says:
    July 4, 2013 at 5:56 pm

    पैसो मात्र सापटी लिगेको त ठिकै हो तर जानी जानी नक्कली कागजपत्र बनाउन खोजिएको हो भने एस्तो कामलाई समर्थन जनाउनु हुन्दैन/ यस्तै २/४ जना नेपालीहरुले नै अरु सोझा नेपालीलाई अफ्ट्यारो बनाउछन/

    Reply
  16. रविन says:
    July 4, 2013 at 4:45 pm

    नेपाली ले मात्र होइन सबै गरिव मुलुक बाट गएकाहरुले यस्तो हत्कण्डा अपनाउछन. के गर्नु त आफ्नो देशमा लुटाहा, हत्याराहरुको मात्र राज चल्छ.
    सुखद भविस्य र पारिवारिक सुखको लागि गर्ने पर्ने बाध्यता हो. यो कुनै अपराध होइन.

    Reply
  17. Harke says:
    July 4, 2013 at 4:44 pm

    अमेरिकन university ले दिने scholarship ले एकजनालाई खान बस्न र पढ्न पुग्छ तर परिवार पाल्न भने पुग्दैन….यो नपुग्ने कुरामा गोर्खे दिमाग नलगाउन नै राम्रो हुन्छ…चेतना भया !

    Reply
    1. Cyclic says:
      July 4, 2013 at 8:21 pm

      हर्के ले कुन अमेरिका र कुन स्कलरशिप को कुरा गरेको हो बुझिएन, तर मैले देखेको अमेरिकामा त स्कलरशिप पाउने पैसा ले परिवार पालना नि प्रशस्त पुगेको देखेको छु ! नेपाली जीवन शैली तेत्ति भड्किलो नहुने भएकोले ३-४ जना सम्म को परिवार सजिलै पालना सक्ने पैसो दिएको हुन्छ जुन सुकै ठाउँ मा पनि, यदि स्कलरशिप छ भने !

      Reply
      1. Harke says:
        July 5, 2013 at 2:30 pm

        १६,००० देखि ३०,००० सम्मको तलब (करसहित) ले कसरि परिवार पाल्ने हो साइकल जी कुन्नि ?

        पाल्न त पुगेकै होला नी, बसेकै त छन नी ! ३-४ जना मात्रै होइन, ७-८ जना पनि !

        तर खातामा सापटी मागेर हाल्नु पर्छ क्या भिसाको म्याद थप्ने बेलामा र त्यो गैर-कानुनी हुने पो रैछ भनेको हो….हर्के ले !

        Reply
        1. Cyclic says:
          July 8, 2013 at 2:35 am

          अमेरिका मा Visa को म्याद थप्ने भनेको के हो फेरी ! F-1 र dependent को visa कसैले म्याद थपेको सुनेको समेत छैन..!! हर्के जी को सतही तर्क पढ्दा सारै हासो उठेर आयो मलाई त! तपाई को तर्क तपाई जस्तै सतही तर्क-बाज हरु लाई त पक्कै मन पर्यो होला तर अमेरिका मा Assistantship पाएर Graduate Studies मा संलग्न हुने हरु तथा तेस्तो जान्ने बुज्ने हरु लाई चाही निस्चय नै funny लाग्छ !!

          तपाई ले भने जस्तै १६,००० देखि ३०,००० को आम्दानी ले कस्तो जीवन हुन्छ भन्ने तपाई ले केहि थाहै रहेनछ भन्ने प्रस्ट भयो ! जे पायो तेही बकवास तर्क गर्न छोड्नुस, तपाई लाई पक्कै राम्रो हुनेछ !!

          Reply
  18. बेखालाल नेपाल says:
    July 4, 2013 at 4:04 pm

    पिएचडी पढेका डाक्टर साबहरुले त्यसरी चिटिंग नगरे हुन्थ्यो! जसरि भए नि पैसा कमाउने खालको मानसिकता पढाईमा नि लगाउन त भएन नि बिद्याको त नासै भैगो नि यसरि त!

    Reply
  19. HOME BAHADUR says:
    July 4, 2013 at 3:57 pm

    यो हाम्रो नर्वे मा सामान्य हो / हामी नेपाली संग पेइसो हुदैन / काम गर्दै कमाउदै अध्यन गर्ने हो /

    Reply
  20. गगने says:
    July 4, 2013 at 3:49 pm

    पैसा भन्ने कुराको मुख्य बिशेषता नै कहिले उसको एकाउण्टमा हुने कहिले अर्कोको एकाउण्टमा हुने गर्दछ! एता बाट उता जाने र उताबाट तेता जाने एउटाको एकाउण्टमा एकै ठाउमा सधै बसी रहने कुरा होइन भनेर भनिदिनुपर्यो यो अमेरिकी सरकार लाइ!
    पैसा भन्नेकुरामा एकै जनाको हक सधैभरी स्थापित भैरहन सक्दैन र यदि एक व्यक्ति वा सस्थाको एकाधिकार स्थाइप भै रहे तेसलाई पैसा भनिदैन भनेर सुनाइदिनु पर्यो यो अमेरिकी सरकारलाई!
    जुन समय उनीहरुले आफ्नो अधिकार रहेको भनेर त्यो पैसा उसको एकाउण्टमा देखायो त्यो समय अर्को कसैले त्यो पैसा प्रति हक दाबि गर्दै एकाउण्ट देखाउने व्यक्तिको स्वामित्वोमा आपत्ति प्रकट गरेको छैन भने कसैलाई के को टाउको दुखाइ?
    पैसा बनेकै लेनदेनको लागि हो!
    यो कुरा बुझाइदिन पर्यो यो अमेरिकी सरकार लाइ!
    किड्नी र मुटु त त्रान्स्फेर र ट्रान्स्प्लाण्ट हुने जमानामा पैसा!
    पैसाको त नियतिनै तेही हो र बनेकै तेत्तिको लागि हो!
    कहिले उसको एकाउण्टमा हुने कहिले उसको र कहिले अर्को को!
    जसलाई जतिबेला चाहिन्छ तेतिबेला स्वामित्वो ट्रान्सफर भै उसको एकाउण्टमा जान्छ भने तेस्मा कसिलाई के आपत्ति?
    यदि द्वैध स्वामित्वो को रुपमा देखिय वा तत्समयमा सो पैसा माथि अर्कोले पनि आफ्नो हो भनेर हक दाबि प्रकट गरि आपत्ति गरे पो कुरा बिबाद!
    यो कुरा अमेरिकी लाइ बुझाइदिनु पर्यो!
    मार्क्सिज्म को पुराण पढाउनुपर्ने भयको छ अमेरिकी लाइ.! आत्मियता परिवारवाद समाजबाद केहो भनेर पढाउनुपर्ने भयको छ अमेरिकी लाइ!

    Reply
    1. बेखालाल नेपाल says:
      July 5, 2013 at 8:23 am

      अमेरिकी सरकारले आफ्नो आम्दानीको स्रोतबाट दस लाख छ कि छैन भनि सोधे के तपाई मेरो छिमेकीको आम्दानी ३ लाख छ मेरो साथी सुरेश को आम्दानी ५ लाख र पल्ला घरे साहिला को सम्पति २ लाख छ लौ १० लाख भै हाल्यो भन्ने?????

      बिनोद चौधरीले कहिँ बाट सापटी लिएर नेपालको तर्फ़बाट फोर्ब्समा पहिलो अर्बपति दर्जा गराएको ठिकै हो जस्तो लग्यो तर्क सुनेर हैन त

      पैसा कमाउन जे जस्तो गरे पनि जायज होला तर बिद्या आर्जन गर्नु भनेको एकदम छुटै बिषय हो!

      Reply
      1. गगने says:
        July 6, 2013 at 1:47 am

        हेल्लो बेखालाल नेपाल जी,
        यो कार्यको लागि माग भयको आबस्यक रकम र सो कुरामा आफ्नो आम्दानीको श्रोत बाट भन्ने कन्डिसन छ?
        यदि छ भने म फेरी सोध्न चाहन्छु कान्सास स्टेट युनिभर्सिटि र तपाइँ लगायत सम्बन्धित हरुलाई
        आफ्नो क्यारियर डेभेलोप गर्ने अध्ययनको क्रममा रहेको व्यक्तिको आम्दानीको श्रोत के हुन्छ? तेत्रो पैसो आम्दानीको श्रोत भैदियाको भय तेस्को त्यो युनिभर्सिटिमा पढ्न जाने आबस्यकता हुदैन थियो होला है (कतिलाई त)!
        बैंक स्टेटमेण्ट को रकमले कसैको आम्दानि र श्रोत कसरि थाहा लाग्छ?
        तेस्को लागि त स्यालरी पेइङ्ग भौचर मागेको भय हुनेनी बरु किन स्टेटमेण्ट? कि स्टेटमेन्ट संगै स्यालरी पेइङ्ग स्लिप वा काम गर्ने ठाउको एप्वोइण्टेड कनट्राक्ट पनि ले भनेको भय हुने!
        एउटा पुर्णकालिन अध्ययनको विद्यार्थीको आम्दानीको श्रोत ले भन्ने अर्गनाइजेसन महा मुर्ख्याइ हो कि होइन?
        तपाइले के बुझ्नुपर्ने भने बैंक स्टेटमेन्ट माग्नुको मतलब उनीहरुको आम्दानि वा आम्दानीको श्रोत आदि माग्नु होइन बरु त्यो त यदि आबस्यक परेको खण्डमा म यति पैसा निकाल्न वा खर्चिन सक्ने क्षमता छ वा मसंग यति रकम मौज्दात छ भनेर देखाउनु हो!
        त्यो अनैतिक तबरले वा अपराधिक तरिकाले उपलब्ध गरि देखाउनु भयन र जुन समयमा जसले सो रकम आफ्नो हो भनेको छ तेस्मा अर्कोले स्वमित्वो दाबि गर्नु भयन!
        आबस्यक रकम मौज्दात देखाउनु पर्ने कारण सो देशमा मान्छे ल्यायर असरल्ल नपारुन वा सार्बजनिक र सरकारी भत्ता दाबि नगरुन भोलि खानबस्ने नपायर सडकमा नपुगुन र सरकारले जवार्दस्ती हेर्नु नपरोस, बेरोजगार र अपराध नबढोस भनेर अध्यायन गरुन्जेलाको लागि आबस्यक खर्च उपलब्ध गराउन सक्छकि सक्दैन वा आबस्यक परेमा परेको बेला आबस्यक रकम निकाल्न सक्छ कि सक्दैन भन्ने आसय हो भन्ने मैले बुझेको कुरा हो!

        Reply
        1. बेखालाल नेपाल says:
          July 6, 2013 at 8:15 pm

          सायद अमेरिकी सरकार पढाईको नाममा permanently उतै जीवन गुजारा गर्ला भन्ने चिन्ता होला! अर्को money laundering को चिन्ता पनि छ जो इस्लामी आतंकिहरुले बखुबी प्रयोग गरेको थियो सेप्टेम्बर ११ को आतंकि हमलामा! सो उनिहरुले सोहि अनुसारको कानुन बनाए जो बिल्कुल जायज छ ! कसैलाई यो अमेरिकी कानुनमा चित्त बुझेन भने के हामी गैर-अमेरिकीले बिरोध गर्ने र चुनौती नै दिने?? के कुरा गरेको ????

          करियर डेभेलोप क्रममा अमेरिका अध्ययन गर्नका लागि खर्च नपुगे नि भारत तथा अरु छिमेकी मुलुकमा पिएचडी गर्न प्रयाप्त नै हुन्छ! तर जसरि पनि अमेरिका नै हन्निनु पर्ने! भन्नाले कुरो बुझियो नि! अमेरिकी सरकारको माथि उल्लेखित पहिलो बुदा त साचो रहेछ नि!

          सायद हामीहरु बीचमा धेरैलाई २०६३ साल पछिको हावाले निक्कै ग्रसित पारिसकेको छ|

          Reply
      2. neerose says:
        July 6, 2013 at 4:07 pm

        बैंक स्टेटमेण्टमा ‘यो पैसा पारि साइलाको, अनि यो तिन हजार माथ्लाघरे ठुलोबुबाको, पुच्छारको दुइ हजार कान्छा ससुराको अनि यो मितिको पांच हजार कान्छो भाइको
        यो तिन सय चाहि मेरो भनेर लिखियाको हुन्छा र?’
        तमसुक माग्याहो कि स्टेटमेण्ट?
        बिनोद चौधरीले त आफ्नो सम्पति लगानी आदिको भ्यालुयासन देखायर फोर्ब्स मा नाम दर्ता गरेको हो यदि उसलाई पनि बैंक स्टेटमेण्ट देखा भनेको भय सापटी धितो राखेर वा कार र जग्गा बेचेर तिन पाच महिनाको स्टेटमेन्ट बनाउनु पर्ने थियो होला वा भुत्रो पनि दर्ता गर्दिन भन्ने थियो होला!
        बिनोद चौधरीको त क्याल्कुलेटिभ भ्यालुयासन देखायको हो बैंक स्टेटमेण्ट र मौज्दात देखायको होइन बेखालाल!

        Reply
        1. बेखालाल नेपाल says:
          July 7, 2013 at 9:18 am

          प्रतिष्ठित नेपाली अरबपति बिनोद चौधरीको सम्पति फोर्ब्सले मुल्यांकन गरेको हो त्यसमा प्रश्न उठाउने कुरै छैन! मानौ उहाको सम्पति मुल्यांकन गर्दा २ करोड डलर नपुगेको र सापटी लिएर १ अर्ब डलर पुर्याएको भए हामी पहाडेहरु न्वारन देखिको बल लगाएर आलोचना गर्थ्यो होला अनुमान गर्नुस! त्यतिकै त कुरा काटेकै थियो! अब माथि भिसा फ्रड परेका सबै हामी जस्तै पहाडे परेकोले सहानुबुटी गरेको हो नि हैन र! कुरा किन लुकाउने?

          Reply
  21. Bishnu Chapagain Tanahun ,Hal Australia says:
    July 4, 2013 at 1:45 pm

    गैरकानुनी रुपमा बसेका १ करोड भन्दा बढी लाई चाही नागरिकता दिने भनेर पास गर्छ अमेरिकी सरकार , तिनी हरु त पैसा तिरेर पढ्न लागेका हुन् नि , कुनै अपराधिक काम त गरेका होइनन्नि ,अमेरिका मा मात्रै होइन UK , Australia जहाँ पनि अधिकाम्स Asian students ले गर्ने तेही नै हो.

    Reply
  22. sunny says:
    July 4, 2013 at 1:17 pm

    सबै नेपाली खुरापाती छैनन् . खुरापाती हरुले आरु को नाम बद्नामे गरेका हुन् , पसिना को कमै खाने नेपाली पनि लाखौ मा छन्.

    Reply
    1. ramesh says:
      July 4, 2013 at 2:14 pm

      सापट लिएर सापटी फिर्ता गर्दा पनि कहिँ अबैध हुन्छ?

      Reply
      1. neerose says:
        July 6, 2013 at 3:54 pm

        रोयर म डुबे मलाइ बाचा मेरो अन्तिम आशा र भरोसा त मात्रहो तेरो पैसाको ब्याज समेत तिर्छु एक ढेड महिना को लागि हो भनेर सापटी लियर दश बर्ष सम्म नतिरी अहिले तेरो पैसा दिन्न भन्ने त अबैध भाछैन यहा!
        अब त्यो दुइ तिन महिना बैंक बालेंस र स्टेटमेन्ट को लागि सापटी लियर के हुन्छ फिर्ता गरेको छ भने त्! फिर्ता नगरी खायापो पाप!

        Reply
  23. man bdr says:
    July 4, 2013 at 12:06 pm

    लगभग सबै नेपाली बिद्यार्थीले यसै गर्छन परिवार बोलाउने बेलामा | मान्छे दिन-दहाडै लुट्ने र गोलि हानि भाग्ने डकैतहरु धेरैलाई समात्न पनि सक्दैनन् र समाते पनि छोडीदिने देशमा ५-७ हजार डलरको ब्यालेन्स देखाउदा क्रिमिनलको दर्जा दिनु पनि सोझा-साझा बिदेशीहरुलाई अमेरिकी बडप्पन देखाएको जस्तो लाग्छ | त्यसै पनि साथी-भाइ संग ऐचो-पैचो गरेर भए पनि परिवार पाल्छु भन्नु के अपराध हो, चोरी-डकैति गर्या हैन नि !

    Reply
  24. Lama Laut says:
    July 4, 2013 at 11:45 am

    यो पनि नेपालीहरुकै गोप्य उरुरी बाट भएको हो/ किनकि नेपालीको बनि त थाहा छदैछ, बाँदरले आफ्नो घर नि बनाऊदैन अर्काको पनि बनाउन दिदैन/ म आफै tired भएर नेपालीको बनि देखेर अहिले म ८ वर्ष देखि छुट्टै छु/ Illegal भन्दा नेपाली लाई पनि केहि गर्न नआउने – सरकार ठगेर भत्ता खाने, tax छल्ने, गरिबलाई दिने apartment म़ा किर्ते काम गरेर बस्ने, driver license बिना गाडी चलाउने देखि के सम्म बाँकि राखेको छन् र/ Illegal Nepali मित्रहरुको र Pilot को training लाई भनेर आएर gas स्टेशन मा ठगेर बस्नेहरुको सल्लाह मानेको भए मेरो हालत त्यहि हुन्थ्यो होला, अझ जेलमा पो हुन्थे कि /

    राजदूत छ नेपालको जसले माखो मारेको देखिन्न, त्यसबाट के को आशा गर्न सकिञ्छ नेपालको हितमा? नेपालीको cultural कार्यक्रम उदघाटन गर्नेबाहेक केहि देखिन्न, अनि एउटा दैनिक प्रशासन बाहेक कुनै creative कार्यक्रम देखिन्न/ उदाहरणको लागि, US President बंगलादेश पुग्छ, माल्दिप्स पुछ, र नामै नसुनेको अफ्रिकी मुलुक पुग्छ तर त्यस्तो Everest र बुद्धको देश पुग्न सक्दैन/ के एउटा तगडा diplomacy को अभाब छैन? मह जोडी को स्वागत गर्ने राजदूतको duty हो? कि काम नभएर गरेको ?

    बाणिज्य दुत बनाएको छ नेपालले जसलाई आफ्नो responsibility के भन्ने थाहा छैन होला नत कुनै specialization छ ब्यापारको क्षेत्रमा; उही दशा – गीत गाउने बाहेक केहि छैन/ कस्तो हाँसो उठ्छ भने व्यापार promotion हैन मह जोडीको र कलाकारहरूको पो प्रोमोशनमा तल्लिन देखिन्छन / सरकार पनि कस्तो होला बाणिज्यमा पोख्त मान्छे लाई दुत नबनाउने तर जसले रिजाउन जाञ्छ त्यसलाई बनाउने/ होला उनि अरुकुरामा राम्रा होलान तर त्यसको मतलब एउटा भट्टी पसलेलाई बाणिज्य दुत बनाउनु पर्छ भन्ने हैन/ एउटा भट्टी पसलको ज्ञानले बाणिज्य दुत हुनलाई qualification पुग्छ र ? जो संग knowledge छैन, vision छैन, र diplomacy को D थाहा छैन भने के को नेपालको बाणिज्यमा देन दिन सक्छ? अब बाणिज्य दुत हुनलाई नेपाल चम्बेर्स ओफ कमर्स को सिफारिस न भै नहुने बनाउन सकिने बनाउने पर्छ जस्तो लाग्छ मलाई त/ आशा छ नेपाल चम्बेर्स ओफ कमर्सले lobby गरोस त्यसको लागि/

    Reply
  25. jyoti says:
    July 4, 2013 at 11:10 am

    in my knowing !!!this news is some how little bit pumped.may be they might borrowed money from their friend and made bank statement to bring their family in us.after sometime they gave borrowed money back to their friend.they all are scholor to get phd degree!!!! their is littile bit misunderstanding between state government!!!

    Reply
  26. Saroj says:
    July 4, 2013 at 11:08 am

    अमेरिकामा १० मिलियन मेक्सिकन र अरु हिस्पानिक मुलका इलिगलहरु छन्, अमेरिकी सरकार ९ जना नेपाली विद्यार्थीको पछाडी किन लागेको छ ; यो एउटा हामी नेपाली हरुको लागि महत्वपूर्ण प्रश्न हो ! अमेरिकामा ७५०००० भन्दा बढी बिदेशी बिद्यार्थीहरु छन्, प्राय सबैले यस्तै खालको जाली डकुमेन्ट बनाउने हो, तर अमेरिकी सरकार यी ९ जना नेपाली बिद्यार्थीको पछाडी किन लागेको छ ; यो हामी नेपाली हरुको लागि महत्वपूर्ण प्रश्न हो | यो घटना कुनै अर्को नेपालीले नै पोल लगाएर घटेको घटना हो| एउटा नेपाली बिद्यार्थीले बाहिर काम गर्दै पढेको देखि नसहेर अर्को नेपालीले पोल लगाएर अमेरिका बाट डिपोर्ट गरेको घटना हरु पनि धेरै छन् | अर्कोले प्रगति गरेको देख्न नसक्ने हाम्रो पुरानो मानसिकता हो, अर्काको खुट्टा तान्ने र तिकडम गर्ने हाम्रो धर्म हो | विदेशमा जति सुकै बर्ष बसौ हाम्रो पुरानो नेपाली मानसिकता कहिले पनि जादैन ; हाम्रो खुट्टो तान्ने प्रवृति कहिले पनि हट्दैन | कसैले पोल नलगाउन्जेल अमेरिकामा यस्तो कुराको अनुसन्धान हुदैन ; एउटा कुनै गोबर प्रसादले यी ९ नेपाली लाइ फसायो | अमेरिकाको गल्लि गल्लिमा हिड्ने मेक्सिकन लाइ अमेरिकाले कहिल्यै पनि डिपोर्ट गर्दैन, किन ? उनीहरु बीच एकता छ | खुचिङ्ग भन्दै कमेन्ट गर्ने कि, यी ९ नेपालीको पक्षमा देश विदेशमा भएका सबै नेपालीले आवाज उठाएर हामी नेपाली नेपाली बीचको एकता देखाउने ?

    Reply
    1. bibek dhakal says:
      July 4, 2013 at 6:38 pm

      सरोज जी को तर्क सायद ठिक पनि होला, सायद कोहि नेपालि ले नै “पोल” लगाएर यस्तो गरेको हुन सक्छ- उहाँले उदाहरण पनि दिनु भाको छ पहिले यस्तै केसमा कुनै कुरौटे नेपालिले नै “पोल” लगाको कारणले डिपोर्ट सम्म भाको. हो तपाइंले भने जस्तै नेपालीहरुको कुरौटे, अरुको खुट्टा तानेर रमाउने प्रबृत्ति अझै पनि छ, जतिसुकै सभ्य देशमा बसेपनि….तर सरोज जी, आफु यदि सहि भयो भने जस्ता सुकै ले जे सुकै “पोल” लाओस कि सारा टोली लाओस, केहि लछारपाटो लाउन सक्दैन…..आफु जून राज्यमा बसेको छ सो राज्यको नियम अन्तर्गत नबसेपछि सो राज्यले बिरलै भएपनि गर्ने यस्ता कारवाहीमा अरुलाई दोष दिनु भन्दा आफ्नो कमजोरीलाई पहिले मुल्यांकन गर्नुपर्यो! इल्लिगल्ली बसेपछि डिपोर्ट गर्ने वा कानून बमोजिम कारवाही गर्ने अधिकार सायद धेरै देशलाई हुन्छ- फरक यत्ति हो यस्ता कुरा खासै वास्ता गरेको हुँदैन…..तर तथ्याङ्क तेर्साएर फलानोलाई कारवाही गरिनस हाम्लाई मात्र के खान गरेको भन्न अलि मिल्दैन होला, यदि गल्ति प्रमाणित भएमा…
      तैपनि यो कसको अन्तिम सुनुवाई भैसक्या छैन, राम्रै निर्णय को आस गरम र अरु नेपालीहरु पनि बेलैमा सजग होउन!

      Reply
    2. subash says:
      July 4, 2013 at 9:16 pm

      सरोज जी,

      बैंक ब्यालेन्स देखाउनु कसरि जाली हुनगयो ? बैंकले दिएको ब्यालेन्स स्टेटमेन्ट कसरि जाली डकुमेन्ट हुन गयो? आफैले बैंक स्टेटमेन्ट बनाए पो जाली हुन्छ, बैंकले नै सहि छाप हानेर दिएको डकुमेन्ट कसरि जाली भयो? बैंक स्टेटमेन्टमा बैंकले खालि फलाना व्यक्तिको फलाना मितिमा येति पैसा छ भनेर लेखिदिन्छ जुन कुरा झुठो होइन. बैंकलाइ त्यो पैसा कहाँ बाट ल्याएको हो केहि मतलब हुन्दैन. साथीभाई संग सापटी लिनु कुनै गैरकानुनी कार्य होइन. पाए बैंक बाट पनि त लोन लिन सक्थ्यो नि त. बैंक बाट लोन लिंदा केहि नहुने, साथीभाई संग लिंदा गैरकानुनी हुने!

      Reply
  27. Milan Rana says:
    July 4, 2013 at 11:07 am

    ल अब सबै students हरु सबै ले तेसरी नै हो dependent बोलाउने | तिनी हरु मात्रै होइन सबै अमेरिका गएका नेपाली साथी हरु ले गर्ने नै तेही हो | कोइ संग हुदैन तेती धेरै पैसा | तर यो हद सम्म को मुद्दा लग्न नपर्ने हो | होइन भने सबै student हरु अफ्ठ्यारो मा पर्ने भए | तर यो नकारात्मक कमेन्ट गर्ने हरु लाइ थाहा नपाई किन होला गालि गरेको नेपाली लाइ | उनि हरु को केहि दोष छैन |

    Reply
  28. saila says:
    July 4, 2013 at 10:26 am

    अमेरिका मात्र नभएर विदेश मा पढ्ने बिध्यार्थीहरुले ९०% ले बैंक ब्यलेंश येसरिनै देखाउने हो…..सबैले काम पौदैना र घर बाट पनि पैसा पथौन सक्दैन…येसरी बिध्यर्थिको बैंक ब्यलेंश जाच गर्ने हो भने धेरै बिदेशी बिद्यार्थी हरु लै कारबाई हुन्छ..

    Reply
    1. Shree... says:
      July 4, 2013 at 8:07 pm

      हैन मैले कुरा नबुझेको हो कि! साथीहरुको पैसा राख्दैमा कसरि वीसा फ्रद भयो? के साथी हरुको पैसा चाहिं फ्रद गरि कमाको हो र? साथीहरुले ऋण दिन सक्दैन र? ठिकै छ केहि दिन मा नै फिर्ता गर्यो रे, तर तेस्को मतलब फ्रद कसरि भयो? तेस्को मतलब त चाहियो भने साथीहरु छन्.. जमानत जस्तै, आफनै पैसा त student भएर कसरि देखाउने… काम पनि गर्न नमिल्ने अनि आफ्नै खाता मा पैसा हुनु पर्ने अनि सापटी लिएर देखौन्दा फ्रद रे? के वीसा लाई नै सापटी लिन सकिन्न र.. के खाडी मा जाने दाजु भै हरुले सापटी लिएर जान्छन, के त्यो पनि फ्रद हो र? हो तिर्न सकिएन भने अर्कै कुरा!

      Reply
  29. dave says:
    July 4, 2013 at 10:07 am

    सबै नेपाली बिद्यार्थी हरु लै सचेत रहन सल्लाह दिन्छु??? यस्तो पनि हुन सक्छ भनेर एकचोटी सोचौ अब देखि

    Reply
  30. Gyanendra says:
    July 4, 2013 at 9:58 am

    साथीहरु ति नेपाली बिधार्थीहरु सबै पी.एच.डि. स्कलर्स हुन् , उनीहरुले गरेको केहि पनि हैन |
    आफ्नो परिवार लेरौनाको लागि आफ्नो साथिहरुसंग पैसा सापटी लियर बैंकमा राखेका हुन् स्टेटमेन्ट को लागि त्यो पनि आफ्नै खातामा , अनि पछि आफ्नो साथीहरुलाई फिर्ता गरेका हुन् | कहाँ छ त्यस्तो नियम जहाँ साथीसंग ऋण लिन नपाउने? यो घटना ले मलाई लाग्छ अमेरिकी सरकारलाई लज्जा बोध हुनेछ | आशा गरौ सबै साथीहरु छुट्ने छन् र आफ्नो पढाई मा लाग्नेछन | नेपालीहरु प्रति परेको अन्यायलाइ सहानुभूति राख्ने कमेन्ट गरिदिनोस न लान्छना भन्दा पनि|

    Reply
  31. Mahendra says:
    July 4, 2013 at 9:25 am

    यस्तो आल्तु फाल्तु कमेन्ट देख्दा मलाई साह्रै दु:ख लाग्यो | साथी हरु ले अलिकति बुझेर मात्रै समाचार लेख्ने र कमेन्ट गर्ने बानि बसाल्नु पर्यो | यो सम्बन्धि ताजा समाचार यहाँ हेर्नुस| http://www.nepalipost.com/index/?a=read&catid=15&id=14409

    Reply
  32. diwakar says:
    July 4, 2013 at 9:01 am

    अति उत्तम ! जुन देश मा बसिएको छ त्येहा को नियम अक्षरस पालना गर्नुपर्छ ! यिन लाइ सहानुभूति देखाउने कुनै बाटो देख्दिन !

    Reply
  33. harka shrestha says:
    July 4, 2013 at 9:01 am

    एक्कासी बढी रकम देख्यो भने त छानबिन सुरुहुने देशमा बिचरो नियत खराब नभए पनि फस्ने भो !!

    Reply
  34. राम चन्द्र says:
    July 4, 2013 at 8:59 am

    नेपाल जस्तो सोचेर हुन्न बिदेस मा बाँदरे प्रबिदी ले काम चल्दैन बिदेस मा । अमेरिका मा बसेर केइ गरौला भन्ने मान्छेले नकारत्मक सोच राक्नै हुन्न । लाटो लड्छ १ बाठो लड्छ २ ।

    Reply
  35. पुष्प says:
    July 4, 2013 at 8:32 am

    यो एउटा प्रवृत्ति हो र यसलाई मलजल गर्ने स्वयम् अमेरिका नै हो । होइन भने आजसम्म के हेरेर बसेको थियो ? के यस्तो काम दश जना, त्यो पनि नेपालीले मात्र गरेका होलान् ? यो त चारो हालेर माछा मारेजस्तो भो नि अमेरिकी सरकार ! उनीहरूलाई तुरुन्त रिहा गरी नेपाली फर्काउने काममा नेपाल र अमेरिका सरकार लाग्नुपर्छ ।

    Reply
    1. madan bajracharya says:
      July 8, 2013 at 9:50 am

      पुष्पज्यु
      ठिकै भन्नु भयो/ आफ्नो आर्थिक स्थिति खस्कंदै गयाकोले ठुप्रियको अप्रवाशी अमेरिकाको लागि बोझ भयको देखिन्छ तेसैले निहु खोजेको हो कि जस्तो लाग्छ/

      Reply
  36. सुरेन्द्र हंगकंग says:
    July 4, 2013 at 8:12 am

    जे सुकै गर मलाई, जता सुकै लैजाऊ मलाई यो खोरपाती दिमाग त् मेरो नेपाली हो……
    जे गर्न पनि पछि न पर्ने बिर गोर्खाली लाई सलाम छ है …….अझ अगाडी बढ नेता तिम्रो साथ छन्/

    Reply
  37. Shankar Dhakal says:
    July 4, 2013 at 7:39 am

    सायद केस चलेको यो पहिलो घटना होला तर येही कारण ले illegal भएको मलाई पहिले पनि थाहा छ | २००९ मा Baltimore city community college मा पनि येस्तै भएको हो | तेती बेला ५०-६० भन्दा धेरै नेपाली हरु लै Everest बैंक को कागज नक्कली बनाएको भएर समाएको हो जस मध्ये sevis त्यो college मा आएको १०-१५ जना illegeal भए अरु ले transfer पाएनन् | नेपाली विदार्थी हरु 90%-95% ले नेपाल बाट पैसा लाएर पढ्दैनन् र 80 %-85% ले नेपाल बाट अथवा येही बाट नक्कली कागज बनाएर पढ्छन तयेसैले त्त्येसरी चेक गर्ने हो भने लगभग 85 % नेपाली student फ़स्छन |

    Reply
    1. गगने says:
      July 4, 2013 at 3:58 pm

      Shankar Dhakal जी,
      तपाइले भनेको कुरा सहि हो ला!
      तर यहा भनिय अनुसार उनीहरुले नक्कली कागज वा नक्कली बैंक स्टेटमेण्ट बनायर प्रयोग गरेको नभई उनिहौर्को आधिकारिक एकाउण्टको आधिकारिक बित्तिय सस्थाबाट दियको बैंक एकाउण्ट स्टेटमेन्ट बुझायको जस्तो बुझे मैले त! यो त फ़्रड होइननि हो र?
      तपाइँ र मेरो बिचमा बिस्वोसको राम्रो सम्बन्ध र आदान परदान छ केहि महिनाको लागि वा बर्षको लागि तपाइले मलाइ केहि हजार वा लाख सापटी दिनुभयो भने कसलाई के आपत्ति?
      त्यो त नितान्त तपाइँ र म बिचको कुरा होइन र?
      अमेरिकी बित्तिय सस्था (केडिट कार्ड) आदिले अर्को लाइ पैसो दिन नपाउने? यदि मैले आफुलाई दियको क्रेडिट कार्ड बाट पचास हजार डलर निकालेर बैंक मा राखी स्टेटमेन्ट बनायर प्रयोग गरे कसैलाई के आपत्ति? त्यो कसरि गैर कानुनि हुन्छ!
      जहासम्म मैले यो पढेर बुझे यी नेपालि हरु ले तेस्तो कुनै नाजायज वा गैर कानुनि रुपमा पैसो लियका छैनन् र सो पैसोको कुनै गैर कानुनि प्रयोग पनि गरेको छैन!
      त किन मुद्दा?
      हो नक्कली बैंक स्टेटमेण्ट अनाधिकृत तबरले बनायर प्रयोग गरेको भय कुरा अर्कै!

      Reply
      1. Shankar Dhakal says:
        July 4, 2013 at 9:29 pm

        यो case मा सहि हो गगन जी तर मैले त उदाहरण मात्र दिन खोजेको हो |

        Reply
  38. bibek dhakal says:
    July 4, 2013 at 6:54 am

    मरिहत्ते गरेर बस्न खोजेका थिए…..बस्ने भैहाले नि १० बर्ष, अमेरिकाको सरकारी भोजनमा रमाउदै!!
    राम्रो नियतलेले , बैधानिक तरिका पुर्याएर , पढ्ने उधेस्यले जानेहरु भन्दा जसरि हुन्छ बिदेश जाने तर सेटल नभएसम्म मरिकाटे नफर्किने उधेस्यले जानेहरु हावी भए….यस्तैले गर्दा राम्रो पढ्ने उधेस्यले जान खोज्नेहरुलाई समेत गारो हुने होला…
    हरे नेपाली हरु!

    Reply
  39. दीप says:
    July 4, 2013 at 6:24 am

    नेपाल जस्तो मानेर बिचरा हरु ले तेस्तो कार्य गरे अब १० बर्स जेल मा सड्नु पर्ने हुन्छ एदी अदालत बाट जेल जाने आदेश भएमा / अम्रिका, युरोप तिर तेसै देश को बिकाश भएको होइन किन भने नियम , कानुन लाइ सब ले मान्नु पर्दछ र पालन गर्नु पर्दछ तेसैले त २ पैसो कसैले खायो भ्रस्टाचार गर्यो भने पनि जेल जानु परदछ | १ डलर कर कसैले चल्यो भने पनि जेल सजाय हुन्छ अनि तुरुन्त तेस्को फैसला हुन्छ अनि जेल जानु पर्दछ / तेसैले त अम्रिका, युरोप का मानिश हरु कानुन को पालना गर्छन, बदमासी, fraud केहि गर्दैनन् अनि देश धनि भाको छ | नेपाल मा भए फलानो नेता को छोरा, बिचरा भनेर छोड्ने चलन हुन्छ तर अम्रिका को कानुन पर्यो अब अदालत ले के निर्णय गर्ने हो ?

    Reply
  40. योगेश आदी says:
    July 4, 2013 at 5:01 am

    नेपालमा एकै पटक जाबो २ लाख भन्दा बढी पैसा पठाउदा त सोसल नम्बर खोजेर ~याख~याख पार्ने देशमा त्यस्तो धन्दा कुन सम्भव हुन्थ्यो र ? कसैको बैंक खातामा एक्कासी बढी रकम देख्यो भने त छानबिन सुरुहुने देशमा बिचरो नियत खराब नभए पनि फस्ने भो !!

    Reply
  41. Fugyaljen says:
    July 4, 2013 at 4:19 am

    नेपालीहरुले के के गनेॅ, नक्कली काग़ज़ वनाएर शारणाथीॅको काग़ज़ वनाऊने,ढुकुटी खेलेर पैसा ठागने,डलर हुणडी गनेॅ,२५०डलरको संघ संस्था खोलेर नेता हुने, ग़ज़ब छ

    Reply
  42. MOHAN says:
    July 4, 2013 at 3:51 am

    आखिर यो मन त् मेरो नेपाली नै हो नी. नानी देखि लडेको बानि अहिले चटक्कै छोडेर त पो जाने.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme