Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कि तलब रोज कि जागिर !

Posted on May 19, 2013May 19, 2013 by mysansar

नेपाल ब्रोडकास्टिङ च्यानल अन्तर्गत सञ्चालनमा आएको न्यूज २४ र ई २४ टेलिभिजनमा कार्यरत कर्मचारीले आन्दोलन रोकिएसँगै धमाधम जागिर छोड्न थालेका छन्। नियमित तलबका लागि भएको आन्दोलनको १० औँ दिन कर्मचारीलाई सम्बोधन गर्दै टेलिभिजनका सञ्चालक अनिल जोशीले आफूले नियमित तलब दिन नसक्ने भएकोले “जागिर खाने वा छोड्ने” निर्णय गर्न दवाब दिएका थिए। सम्बोधनपछि स्थापनाकालदेखि नै संलग्न अधिकांश कर्मचारीले जागिर छाडेका छन्। पछिल्लो समयमा प्रवेश गरेका पत्रकारहरु पनि क्रमशः जागिर छाड्ने स्थितिमा रहेको जानकारीमा आएको छ।

सम्बोधनमा जोशीले आफूले अझै एक वर्षसम्म तलब दिन नसक्ने बताउँदै अहिले जसलाई जागिर छोड्ने इच्छा छ उसले छोड्न सक्ने भन्दै धम्कीको भाषा प्रयोग गरेको त्यहाँ कार्यरत एक पत्रकारले बताएका छन्। उनका अनुसार नछोड्ने पत्रकार तथा कर्मचारीहरुलाई बिना तलब एक वर्षसम्म त्यहीँ काम गर्न पाइने ‘अफर’ पनि दिइएको थियो।

क-कसले छाडे?
अध्यक्ष जोशीले आफ्नो सम्बोधनमा जागिर छोड्ना धम्कीको भाषा प्रयोग गरेपछि र एक वर्षसम्म पनि तलब नदिने बताएपछि सम्बोधन सकिएको लग्दै समाचार वाचक तथा डेस्क सम्पादक प्रमोद न्यौपाले, अनुप आचार्य र डेस्क सम्पादक प्रभात देवकोटाले राजीनामा दिए। उनीहरुको राजीनामा बुधबार नै स्वीकृत भयो।

आफ्नो राजीनामा बारे समाचार वाचक तथा डेस्क सम्पादक प्रमोद न्यौपानेले आफ्नो फेसबुकमा लेखेका छन्- ३६३ दिनको न्यूज २४ को यात्रामा विश्राम। यो यात्रामा साथ र सहयोग गर्नेप्रति आभार।

अर्का समाचारवाचक तथा डेस्क सम्पादक अनुप आचार्यले आफ्नो फेसबुकमा लेखेका छन्-
anup

त्यस्तै बिहीबार पनि आधा दर्जन पत्रकार तथा क्यामेरापर्सनहरुले राजीनमा दिएका छन्। राजीनामा दिएकाहरुले पाउनु पर्ने तलब पाएका छैनन्।

न्युज २४ का न्युज कोअर्डिनेटर तथा चर्चित टिभी जर्नलिस्ट प्रेम बानियाँले पनि आइतबार यस्तो स्टायटस लेखेका छन्-
prem

१० दिने आन्दोलन
१० दिनदेखि नियमित तलबको माग गर्दै आन्दोलनरत न्यूज २४ टेलिभिजनका पत्रकार तथा कर्मचारीहरुले आन्दोलन सफल भएको दावी गरेका छन्। आन्दोलनको क्रममा रिपोर्टिङ, ६ प्रश्न, इस्यू अफ द डे, पावर न्यूज, जय स्वभिमान, मिसन चेन्ज, व्यूरोको नयाँ प्रोग्राम प्रसारण हुन सकेन। न्यूज २४ को इतिहासमै पत्रकार तथा कर्मचारीहरुले एकमुष्ट दुई-दुई महिनाको तलब बुझ्न पाए। (नौ जना बाहेक) तर बाँकी तलब भने उनीहरुले पाउन सकेनन्। बाँकी तलब दिने बारे यस्तो लिखित सम्झौता भएको थियो, जुन पालना भएन (हेर्नुस्-विश्व रेकर्डमा नाम राख्ने न्युज २४ को हरिबिजोग)

इ-२४ मा झन् बिजोग, १ वर्षदेखि तलब पाएनन्
१ वर्ष अगाडिको बैशाख १ गते सञ्चालनमा आएको पहिलो मनोरन्जनात्मक टेलिभिजन भनिएको ई २४ टेलिभिजनको स्थिति झन्- झन् नाजुक अवस्थामा आएको छ। ई २४ टेलिभिजनका अधिकांश कर्मचारीले विगत १ वर्षदेखि तलब पाएका छैनन् भने ई न्युज बाहेक सम्पूर्ण कार्यक्रमको निर्माण रोकिएको छ। अब विश्वले चिन्नेछ नेपाल!

19 thoughts on “कि तलब रोज कि जागिर !”

  1. [email protected] says:
    May 20, 2013 at 9:12 am

    पत्रकार बन्धुहरु, समयमा तलव नपाएर के भो त, भविष्यको लागि अत्यन्तै ठुलो सम्पत्ति कमाउनु भयो, त्यो हो अनुभव तथा कार्य दक्षता अभिबृद्धि । अहिलेको जमानामा अनुभव तथा कार्य दक्षताको आधारमा तलव र स्थान निर्धारण हुन्छ ।
    मेरो मतवल स्यालको अथक प्रयासमा पनि अंगुर टिप्न नसके पछि अंगुर नै अमिलो छ भनेर चित्त वुझाएको प्रसंग संग दाज्नु होइन ।
    जे जस्तो भए पनि न्यूज २४ ले तपाइहरुको लागि एउटा अनुभव बटुल्ने एउटा स्थान त दियो ।
    तर त्यो मात्र पनि होइन, न्यूज २४को ब्यवस्थापन पक्षको कमजोरी पनि पक्कै हो । न्यूज २४ एउटा संस्था हो, र अनिल जोशी एउटा ब्यक्ति । फेरी अनिल जोशीलाई टेलीभिजनको ब्यवस्थापन बारे ज्ञान नहुनु, हचुवाको भरमा काम गर्नु, आम्दानीको श्रोतको पहिचान गर्न नसक्नु, पत्रकार साथीहरुको सकारात्मक सहयोग नमिल्नु, ब्यवस्थापन समुहका पदाधिकारीहरुमा तारतम्य नमिल्नु, कामदार र ब्यवस्थापन बिचमा समय समयमा आबश्यक छलफल नहुनु ले पनि यो अवस्था वाट गुज्रिन परेको हुन सक्छ ।
    मेरो बिचारमा जागिरबाट फुत्त निस्केर हिड्नु भन्दा सवै एक जुट भएर समस्याको जड पत्ता लगाई निराकरण गर्नु वा पुनः हातेमालो गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ । तर त्यसको लागि ब्यवस्थापन पक्षले धम्किको भाषमा होइन अनुनयको भाषामा अगाडी बढ्नु पर्छ, फेरी पत्रकारबन्धुहरुले पनि अनुनयको भाषा आउनसाथ झन पेल्दा झनै हाम्रो पक्षमा निर्णय निकाल्न सकिन्छ भनेर पेल्ने तर्फलागे त्यसको नकारात्मक परिणाम नआउला भन्न सकिन्न । सवैभन्दा राम्रो भनेको दुवैपक्षले जित्ने सिद्धान्त हो जसलाई अंग्रजीमा वीन वीन थ्योरी भन्छन क्यारे ।
    अगाडी तपाइहरुको निर्णय …

    Reply
  2. Indra Dulal says:
    May 20, 2013 at 7:42 am

    हेर्नुस यो सतिली सराप्याको देश हो .यो देश मा राम्रो गर्नेको कहीले राम्रो हुदिन .तपाइँ हरुले कति दीन भोक नभनी अरुको डर नमानी कतिको धम्कि सहेर गरेको कामको परीनामा हो .यो पेसा बाट कति राम्रा पत्र्राकर हरु पलायन हुनेहुँन .तेसिले हे सति यो सराप फिर्त लियर राम्रा मान्छेको लागि उदार गरिदेउ .

    जय देश

    Reply
  3. Shailendra Dhakal (म्याउ ) says:
    May 20, 2013 at 6:05 am

    हुन त पत्रकारिता साहसिक , मर्यादित तथा संबेदनसिल तथा जिम्बेवारी पूर्ण पेशा हो. तर पनि नेपालका पत्रकारहरुले आफ्नो रोजी रोटि चलाउनको लागि अरुको करियर नै बर्बाद पार्न कत्ति न हिच्किचाउने , समाचार भन्दा शीर्षक फरक राखेर भ्रमित पार्ने , बढाई चढाई सानो कुरोलाई ठुलो झैँ पार्ने, अझ कुनै अवस्थामा त अनाबस्येक उत्तेजना फैलाई आफु हिरो समेत हुन खोज्ने . तेत्ति मात्र कहाँ होर ? पत्रकारिताको सक्तिको दुरुपयोग गर्दै अरुलाई मान्छे नै नगन्ने ,ब्यतिगत फाइदाको लागि कुनै एक पक्ष प्रति पुर्बग्रहि भै समाचार सम्प्रेषण गर्ने बानीले गर्दा होला मलाई पत्रकारहरु पटक्कै मन पर्दैन.तर पनि नेपालका केहि नाम चलेका सफल पत्रकारहरुलाई म हृदय देखि नै इज्जत गर्दछु !

    Reply
  4. योगेश आदी says:
    May 20, 2013 at 4:29 am

    त्यसै खेलाडी बिदेश मै लुकेका होइनन्, त्यसै कलाकार बिदेश पलायन भएका होइनन् !
    रहर कस्लाई थिएन र बाबुआमा श्रीमती छोराछोरीसँग उर्जाशिल उमेर बिताउने ?
    देशको हरेक तह र तप्का दुखेको छ । आर्थिक मन्दीको चपेटामा सबै क्षेत्र ग्रस्त छ । ब्रेन ड्रेन भनौ या ‘प्रतिभा पलायन’ ठुलो समस्या बनेको छ.. गरोस् पनि के ? भोको पेटले अरु मान्दैन!
    एउटा बौद्धिक जमातको त यो हविगत छ भने, नेपालका अन्य क्षेत्रको के होला ?? यो राजनैतिक अस्थिरता अरु ३/४ वर्ष लम्बिने हो भने नेपाल असफल राष्ट्रमा दरिन बेर छैन । चाँडै मुल कानून (संबिधान)को खेस्रामा देशलाई नउन्ने हो भने देशको माला फुस्किएर छताछुल्ल हुन बेर छैन ।

    Reply
  5. shreedhar says:
    May 19, 2013 at 10:34 pm

    नेपाल को समस्या नै जसले जे गर्यो अर्को ले तै गर्नु पर्ने अनि सबै लाइ डुबाउने . सानो बजार धेरै मीडिया हुनुको फल हो

    Reply
  6. rajesh says:
    May 19, 2013 at 5:52 pm

    मुलाहरू के के नै पत्रकार बने अरुलाई धम्कौना पैंचा भनेर सान देखौथ्यो बिना तलब कम गरेछ १_१ वर्ष सम्म तलब नपाउदा चुप लागिरहने पत्रकारले जनताको अधिकार कसरि सुसुचित गर्न सकिन्छ

    Reply
    1. diwakar says:
      May 20, 2013 at 8:24 am

      निस्पक्ष पत्रकार हुन राम्रो सस्था र राम्रो तलब हुनु पर्यो ! राम्रो सस्था र राम्रो तलब हुन लाइ राम्रो बिज्ञापन र प्रायोजक हुनु पर्यो राम्रो प्रायोजक र बिज्ञापन पाउन लाइ राम्रो व्यापार उधोग धन्धा हुनु पर्यो ! राम्रो ब्यापार र उधोग धन्धा हुन लाइ देश को परिस्थिति राम्रो हुनु पर्यो ! देश को परिस्थिति राम्रो हुन लाइ जनता ले मात्र ५ वर्ष को लागि एउटा पार्टी लाइ स्पस्ट भोट दिनु पर्यो ! नेपाल बन्ध, हड्ताल तोडफोड गर्ने पार्टी लाइ जमानत जफत गरिदिनु पर्यो ! जुन पार्टी ले एकमना सरकार बनाएर पनि केहि लछारपाटो लाउन सक्दैन त्येस्ता पार्टी को भोट द्वारा नै नेस्तुनाबुद गरिदिनु पर्यो ! हुन त २ करोड ६५ लाख जनता हरु नै २ करोड ६५ लाख दिसा तिर फर्केको देश मा कसरि पो यो सम्भब होला र ? चमत्कारी बाबा हरु मा बिस्वास गर्ने नेपाली हरु अहिले कुन सडको चमत्कारी बाबा ले टाइपिस्ट हरु लाइ कम्पुटर इन्जिनियर बनाइदेछन ! अब दिन गए बाबै “छोरा ले कम्पुटर इन्जिनियर गर्दैछ” नाक मुसार्दै भन्ने दिन ! बरु जो जति कम्पुटर इन्जिनियर बन्ने चाहाना छ एउटा थोत्रो टाइपिङ्ग मसिन खरिद गर्ने खट खट खट खट पार्ने !

      यो भैरे पनि उहिले पत्रकार बनि टोपलेको थियो ! एक वर्ष सम्म पनि पैसा नपाएपछि पत्रुकार भएर प्रमाण पत्र, नियुक्ति पत्र, तत्कालिन आइएदोस्रो वर्ष को किताब, एडमिसन
      रसिद बागमती मा सेलाएर २ वर्ष खेर गएपनि केहि छैन भनेर आइकम मा भर्ना भएर सन्तोष को सास लिएको थियो ! पत्रकारिता बाहिर देखे जस्तो पटक्कै हुन्न ! नेटवर्किंग बिजनेस जस्तो “बाहिर बाहिर हाई स्नेक भित्र भित्र कोदो(यद्दपि अहिले कोदो लग्जरि खाद्ध पदार्थ हो ) पिस्ने” हो !

      Reply
  7. basanta says:
    May 19, 2013 at 3:26 pm

    अब गास बास अनि कपास को लागि नभई नहुने अति आवस्यक कुरा पर्यो तलब..तलब बिना नै यति लामो समय सम्म हामी दर्सक हरुलाई समाज मा घटिरहेका घटना हरुलाई जानकारी गराउनु हुने यस टेलिविज नका सम्पूर्ण युनिट लाई मेरो हृदय देखिनै धन्यवाद ! अब यस टेलिविजन बाट प्रसारण भैरहेका केहि राम्रा कार्यक्रम हरुलाई अन्य टेलिविजन च्यानल मार्फत हेर्न पाइने छ भन्ने आशा गर्दछु !! आशा गरौ यस युनिट का केहि प्रतिभावान व्यक्तितो हरुलाई चलिराखेको टेलिविजन च्यानल हरुले हार्दिक स्वागत क़ा साथ् अवसर दिनुहुने छ !

    Reply
  8. उपासक उदास says:
    May 19, 2013 at 2:54 pm

    यो मामलामा गल्ती गर्नेले महसूस गरेर माफी मागोस .
    न्युज २४ टिवी च्यानललाइ कसैको ड़ेधो आँखा नलागोस !

    Reply
  9. Narayan says:
    May 19, 2013 at 2:18 pm

    जोशी सर को पनि त्यत्ति धेरै कमजोडी हैन नि बिचार च्याउ उम्रिए जत्तिकै channels हरु उम्रिएका छन् समाचार ले मात्र नेपाल का टेलिभिजन channels हरुलाई कत्ति थामोस ? राम्रो पोइसा दिएर बिज्ञापन दिने कम्पनी हरु महिना मा २० दिन बन्द हुन्छन अनि कता बाट पोइसा ल्याएर तलब खुवाउनु ?

    Reply
  10. Nishan Limbu says:
    May 19, 2013 at 2:10 pm

    यो समाचार पटक्कै राम्रो त होइन तर मैले नबुझेको कुरा चाहिं डेस्क सम्पादकले के के गर्छ ?
    यदि यस्ले भाषा सम्बन्धि पनि केहि गर्छ भने त अनुप जी को भाषा धेरै अशुद्द देखियो है।
    यसरी त समाचार कसरी ब्रोडकास्ट गर्ने हो ? कि फेसबूकले राम्ररी ट्रान्सलेट नगरेको हो ?
    एउटा सम्पादकले यस्तो मात्र लेख्ने हो भने त, जस्तो कर्मचारी उस्तै मिडिया हाउस भन्नु पर्ने पो देखें त मैले।

    Reply
  11. nepali,gorkhali. says:
    May 19, 2013 at 1:56 pm

    विश्व ले चिन्ने छ नेपाल,,, चिन्यो .

    Reply
  12. Ganesh15 says:
    May 19, 2013 at 1:09 pm

    Dear workers,

    Please engage a strong/experienced Lawyes’ team and
    Sue the 24 Channel management (Chief) and compell him to pay your salaries including interests, panelty for giving you hard time,
    for creating stress to you and your families and make him go to the Prison
    (Jail) for at least 10 years. Not only that – freeze his entire properties,
    tv stations, stores, land and his families assets, sale all on auction and get your salaries paid, his all panelties paid, your Lawyer’s fees paid by that money and bank-rupt that criminal. Will be alright and no more such criminals will be in Nepal.

    Reply
    1. Sunil says:
      May 20, 2013 at 8:27 am

      and Ganesh Ji, you except this to happen in Nepal?

      Reply
    2. Sunil says:
      May 20, 2013 at 8:34 am

      and Ganesh Ji, you expect this to happen in our nepal?

      Reply
  13. Bibek Dhakal says:
    May 19, 2013 at 12:23 pm

    ” उनका अनुसार नछोड्ने पत्रकार तथा कर्मचारीहरुलाई बिना तलब एक वर्षसम्म त्यहीँ काम गर्न पाइने ‘अफर’ पनि दिइएको थियो।”
    ए बाबा, यो त एउटा कमेडी टेलिफिल्मको डायलग भन्दा नि हास्यास्पद भो!
    हैन ति कर्मचारीहरुले पनि गालामा चड्कायेर – ” काम गरेको तलब दिन्छस कि गाला थाप्दै जान्छस? ” भनेर सोध्नु नि! यस्ता श्रममाराहरुलाई कुटेरै पैसा लिए नि पाप लाग्दैन!!

    Reply
  14. vim limbu says:
    May 19, 2013 at 9:27 am

    धेरै दुख को समाचार पड्नु पर्यो. त्यो फ़नटुस जोसी कस्तो सन्काहा मान्छे रहेछ.न्युज २४ ले येति ब्याबकता पाइरहेको बेला जब गिदड का मौत आता हाइ तो सहरकी तरफ भागता है, जै स्वाभिमान कार्यक्रम का प्रस्तोता प्रेम बानिया जी तपाइँ ले चाही के विचार गर्नु भा छ नि.
    अरु कार्यक्रम जे भएता पनि मेरो स्वाभिमान बाची रहोस. जै स्वाभिमान

    Reply
  15. Milan says:
    May 19, 2013 at 7:27 am

    अब विश्वले चिन्यो इ- २४ लाइ !

    Reply
  16. SUJAN says:
    May 19, 2013 at 7:02 am

    प्रेम बानिया ले छोडे कि छोडेन ? power news अबदेखि औंछा कि औन्दैना ?

    Reply

Leave a Reply to SUJAN Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme