Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खिरारे र लोसिंका नियुक्ति पछाडिका षड्यन्त्र

Posted on May 15, 2013May 15, 2013 by mysansar

[हामी नेपालीहरु षड्यन्त्र सिद्धान्त रच्न ज्यादै खप्पिस छौँ। दरबार हत्याकान्डदेखि मदन भण्डारीको दुर्घटनासम्मका षड्यन्त्र सिद्धान्त कसले बिर्सेको होला र। ठूला घटनामा मात्र हैन, साना घटनामा पनि षड्यन्त्र देख्छौँ हामी। लोकमान सिंह कार्कीबारेको ब्लगमा मदन बज्राचार्यले त्यस्तै एउटा षड्यन्त्र सिद्धान्तबारे तर्कपूर्ण कमेन्ट लेख्नुभयो। थप बहसका लागि उचित होला कि ठानेर त्यही कमेन्टलाई मूल ब्लगमा तानिएको हो]

सर्वोच्च अदालतका प्रधानमन्त्री खिलराज रेग्मीको नेतृत्वमा चुनाव गराउन खोज्नु र लोकमानलाई अख्तियार प्रमुख पदमा नियुक्त गर्नु पछाडि ठूलै षड्यन्त्र भएको हुनसक्छ। यदि खिलराज रेग्मीलाई चुनावको नेतृत्व गर्न नदिएको भए भोलि हुने चुनावमा धाँधली गरेर जित्नेविरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्थ्यो र सर्वोच्च अदालतले धाँधली गरेर जित्नेलाई लोप्पा खुवाई दिनसक्थ्यो। तर सर्वोच्च अदालतकै प्रधान न्यायाधीशको नेतृत्वमा चुनाव गरायो भने धाँधली गरेर जित्नेविरुद्ध कहाँ मुद्दा हाल्न जाने ?

रेग्मीले त प्रधान न्यायाधीश पदबाट राजिनामा दिन्न भनिसकेकै छन्। चुनाव सकिएपछि रेग्मी फर्केर सर्वोच्च अदालतको प्रधान न्यायधीशको कुर्सीमा बस्न गइहाल्छ। अनि उसैको नेतृत्वमा भएको धाँधलीपूर्ण चुनावमा उसैलाई मुद्दा ठोक्न त सकिँदैसकिन्न क्यारे। अनि धाँधली गरेको सबै पच!!!!

नेपालको कानुनले समेत घटनामा मुछिएको र प्रतिवादी वा वादीसित सम्बन्ध भएको न्यायाधीशले मुद्दामा सुनुवाई र फैसला गर्न पाउँदैन भनेको छ। सर्वोच्च अदालतकै प्रधान न्यायाधीशको नेतृत्वमा भएको चुनावमा भएको धाँधलीविरुद्ध पर्ने रिटमा प्रतिवादी त सर्वोच्च अदालतकै प्रधान न्यायाधीशलाई नै बनाउनै पर्ने हुन्छ। यसो हेर्दा सर्वोच्च अदालतै विरुद्ध जस्तो। जुन कुरा व्यवहारिक हिसाबले पनि सम्भव नै हुँदैन।

त्यस्तो रिट त प्रधान न्यायाधीश नेतृत्वको सर्वोच्च अदालत भन्दा माथिको निकाय मै राख्नु पर्ने हुन्छ। देशमा सर्वोच्च अदालतभन्दा माथि कोही छँदैछैन। यसो हेर्दा रास्ट्रपति भएतापनि ऊसित कुनै अधिकार नै छैन। अब बाँकी रह्यो “घाइते बाघ जस्तो माओवादी, भोकाएको ब्वाँसो जस्तो मधेशवादी, स्याल जस्तो कांग्रेस र लुरे कुकुर जस्तो एमालेको चार दलको सिन्डिकेट। अरे चुनावमा धाँधली गर्ने त यिनीहरु नै हुन् नि। के यिनीहरुले गर्ने धाँधलीकोविरुद्ध यिनीहरुले नै केही गर्लान् त ? तैँ चुप मै चुप।

मित्रहरु, सर्वोच्च अदालतको प्रधान न्यायाधीशको नेतृत्वमा चुनाव गराउने व्यवस्था गरेर यिनीहरुले अब हुने चुनावमा युद्ध स्तरमै धाँधली गर्ने योजना गरेको हुनसक्छ। सायद तराईमा मधेशवादी दल मात्रलाई जिताउन पारीको सिमा रक्षा बल पनि परिचालन नै हुन्छ कि; नहुने भए खिलराजलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउन पारीकाले किन पो सघाउँथ्यो?

अब यस्तै कुरो लोकमानलाई अख्तियारको प्रमुख बनाएकोमा पनि भएको हुनसक्छ। फौजदारी अभियोग नलागेको र भ्रस्टाचार नगरेको मधेशवादी नेता सायदै कुनै होला। अनि माओवादीकै आयोगले समेत माओवादी नेता र कार्यकर्ताहरुले भ्रस्टाचार गरेको ठहर गरी नै सके। कांग्रेस र एमालेलाई कोट्यायो भने त फेहरिस्त नै तयार हुन्छ। अब यस्तो अवस्थामा लोकमानलाई नबनाएर रामप्रसाद श्रेष्ठ जस्तो ब्यक्तिलाई यिनीहरुले अख्तियारको प्रमुख बनाउँछन् त ?

37 thoughts on “खिरारे र लोसिंका नियुक्ति पछाडिका षड्यन्त्र”

  1. Hari says:
    May 18, 2013 at 12:55 pm

    लोकमानलाई धेरै गालि गर्नु नै बेकार हो किनभने लोकमान आँफै आएको होइन ४ दलका ताउकेहरुले नै ल्याएका हुन् . त्यसकारण लोकमान भन्दा खराब त ४ दलका टाउके नै हुन् नि

    Reply
  2. मन says:
    May 16, 2013 at 1:27 pm

    षड्यन्त्रकै कुरा गर्दा अर्को षड्यन्त्र?
    चार चार बर्षमा पनि एउटा संबिधान नबनिनुमा के षड्यन्त्र छ? नंया संविधानको खाका र खेस्रा लिएर दलहरुमा विस्तृत छलफल भएकै थियो तर आखिरमा संबिधान सभामा भोट नै नगरी किन संबिधान सभा समाप्त गरियो? किन? के हामी नेपालीहरु कसलाई यो साबित गर्नु छ कि चार बर्षमा पनि हामी संबिधान बनाउने लायक छैनौ?

    ती ६०१ मध्ये बाटै कसैलाई पनि आगामी चुनावमा जिताएर ल्याए संबिधान बन्ला भन्ने के ग्यारेन्टी छ?

    षड्यन्त्र पछि षड्यन्त्र रच्नु र गराउनुमा अनि आपसमा पदको भाग बन्डामा व्यस्त रहने कुप्रबित्ति त्यागेर हामी सचेत भएर यसबेला पनि नसुधरिए अनि वर्तमान, विगत र इतिहासबाट पाठ नसिके यसको अन्त दुखदायी पीडादायी प्रलयले मात्र गछ होला|

    Reply
  3. द्रोण says:
    May 16, 2013 at 12:20 pm

    मदन्जिले एक स्टेप अगि बढेर ठुलो सम्भाबना लाइ औल्याउनु भयो | यो उहाको खुबी हो र अनुभब ,अध्यान हो |
    सड्यन्त्र को जग मा बसेको नेपाल को राजनीति मा जे पनि हुन् सक्छ |

    Reply
  4. sanu says:
    May 16, 2013 at 5:20 am

    पुष्पजी ,
    चित्त नदुखाउनु होला , सुभेछुक भएर भनेको हु ..येदि लोकमान कार्की को नियुक्तिमा तपाई केहि गलत देख्नु हुन्न भने राँची धेरै टाढा छैन . त्यहाँ सुबिधा नि राम्रो छ रे ..कस्ता कस्ता खुस्केका त निको भएर फर्केका छन | साच्ची तपाई चाही “क्यासवादी” पट्टि पर्नु भएछ 🙂

    Reply
  5. Harke says:
    May 16, 2013 at 4:42 am

    मदन जी लाइ लेख पनि लेख्नुस भनेको धेरै भाको थियो…यो पोस्ट पछि, मदन जीको अरुपनि तार्किक लेखहरु पढ्न पाईयोस…!

    Reply
    1. madan bajracharya says:
      May 16, 2013 at 8:09 am

      हर्केज्यु
      मेरो नेपाली सुद्ध छैन/ प्रतिक्रया मात्रै लेख्दा त् तेरो नेपाली असुद्ध छ यहा गल्ति छ उहा गल्ति छ भन्छन नक्कली मावोबादीहरुले/ माथिको लेख पनि मैले लेखकै रुपमा लेखेको थियन/ अब यसमा पनि कहा कहा गल्ति देखाउने हुन् तिनीहरुले खै/ तर मलाई यतिमै सन्तोस छ कि उनीहरुले हाम्रो लेखाई मै मात्र गल्ति देखाउन सकेकोछ/ तर हाम्रो त् लेखाइमै मात्र गल्ति हुन्छ तर नक्कली मावोबादीको त् गराइमै गल्ति मात्रै होईन अरुनै के के हुन्छ हुन्छ/

      Reply
      1. पुष्प says:
        May 19, 2013 at 11:15 am

        मदनजीको सोच यतिबिघ्न तल्लोस्तरको हुनसक्छा भन्ने ज्ञात थिएन . सायद संगत गुनाको फल होला । तर यति कुरो मनन गर्नुस कि न त माओवादीको पक्षमा लेख्दैमा कोही नक्कली वा सक्कली माओवादी हुन्छ न त विरुद्धमा लेख्दैमा नक्कली वा सक्कली राजावादी । आशा छ यसरी व्यक्तिगत तहमा ओर्लिएर अभद्रता प्रदर्शन गर्नुहुनेछैन ।

        Reply
  6. Aakar Bhushan Nepali says:
    May 16, 2013 at 2:52 am

    “घाइते बाघ जस्तो माओवादी, भोकाएको ब्वाँसो जस्तो मधेशवादी, स्याल जस्तो कांग्रेस र लुरे कुकुर जस्तो एमाले” ha..ha.., You make my day, Madan sir.

    Reply
    1. राजु says:
      May 17, 2013 at 11:38 pm

      (सत्तामा बस्न नपाएको र मधेस गुमेको) कांग्रेस घाइते बाग जस्तो,( आक्रमण लुटपाट र षड्यन्त्र मा खप्पिस) मावोबादी हुँडार जस्तो, (एता पनि ठिक उता पनि ठिक गर्ने ) एमाले स्याल जस्तो (जता पद र भ्रस्टाचार गर्न मिल्छ उतै मात्र कुद्ने) मधेसबादी भुस्याहा कुकुर जस्तो |

      Reply
  7. Daya Khanal says:
    May 16, 2013 at 12:54 am

    साथी हो पहिले एउटा राजतन्त्रले लुटेको अहिले ६०१ सुँगुरहरुले लुटेको भन्दा कयौ गुना बढी थियो
    एसको मतलब लुट्न दिई रहौ भन्ने होइन
    आकास तिर फर्केर थुक्दा आफ्नै मुखमा पर्छ , बाहिर जताभाबी पनि थुक्नु भएन सभ्य मानिस ले ,
    तेसैले मित्रहरुको राजतन्त्र फर्कियोस भन्ने कमेन्ट पनि अर्थपूर्ण लागेन
    यो अत्तास लाग्दो yo संक्रमण कालको कालोबादल अब केहि समय मा फाट्छ धैर्य गरौ

    Reply
  8. Pramesh says:
    May 16, 2013 at 12:22 am

    बास्तबमा अहिले देश माओबादीको रणनीति अनुरुप चलिराखेको छ र खिलराज रेग्मी र लोकमान कार्की को नियुक्ति पनि यसै रणनीतिक प्रकृया मध्येको एक हो| माओबादीले “ढाडमा टेकेर टाउकोमा हान्ने” भनेको यहि रणनीति हो| माओबादीले पहिले देखि नै भन्दै आएका छन् कि अहिलेको राजनीतिक व्यवस्था उनीहरुको लक्ष्य हैन जुन साचो हो| उनीहरुको लक्ष्य त एकलौटी कम्युनिस्ट शाशन गर्ने नै हो जसमा उनीहरु कतिबद्द छन्|

    उनीहरुले बेलाबखतमा भन्दै आएको अर्को कुरा हो, “नया संरचना बनौन सम्पूर्ण पुरानो संरचना भात्कौनुपर्छ|” अहिले उनीहरु यहि प्रक्रियामा छन्| पहिला राजा फाले, त्यसपछि संसद, आर्मीलाई मुढे तालले चलाउन प्रचण्डको पालामा नसकेपछि, अहिले आएर बडो कुटनीतिक ढंगले आर्मीलाई पनि आफ्नो बनाए| त्यसपछि के त? न्यायपालिका| सर्बोच्च अदालतले बेला बखतमा माओबादिको हुर्मत पनि लिदै आएको छ, उदाहरणको लागि बालकृष्ण ढुंगेल प्रकरण| त्यसैले खिलराज रेग्मीलाइ सरकार प्रमुख बनाउनु भनेको अदालतलाई पनि आफ्नो बनाउने प्रकृयाको सुरुवात हो| यी सबै कदमहरुमा माओबादीको दुइवटा स्वार्थ छन्: एउटा, यी सस्थाहरु माथिको जनताको विश्वास हटाउने, यिनीहरुको संरचनामा फेरबदल गर्ने, निस्पक्ष्यतामा प्रस्न चिन्ह लगिदिने र अर्को, यिनीहरुलाइ आफ्नो (माओबादीको) बसमा पर्दै लाने| अख्तियारमा पनि तेही हो, सकेसम्म आफ्नो मान्छे हाल्ने, नसके कसैलाई पनि बस्न नदिने| लोकमान कार्कीको नियुक्ति यसै अन्तर्गतको प्रकृया हो| माओबादीका नेताहरुलाई भ्रस्ताचार्को आरोप लागिरहेको बेलामा बचावटको राम्रो उपाय पनि हो|

    कांग्रेस, एमालेको खासै केहि भूमिका छैन अहिले| माओबादीले उनीहरुको कुरामा हो हो भन्ने तर जसरि भएपनि आफ्नै एजेन्डामा सहमति गराउने हो| केहि गरि आफ्नो कुरा तल परेर सहमति भएमा कर्याँबयनमा वस्ती गर्दैनन्| जस्तो कि घर जग्गा फिर्ता जस्ता मुद्दामा माओबादीले कति पटक सहमति गर्यो तर कर्यांबयनमा टेर पुच्छर लायेना| बास्तबमा अहिले कांग्रेस, एमालेलाइ माओबादीले “मुर्गा” बनाएर राखेको छ|

    माओबादीको साथी भनेको मधेसबादी (बिसेष गरि उपेन्द्र यादवको समूह) र लिम्बुवान लगायतका जातिवादी (“संघियाताबदी”) समूह हुन्| लिम्बुवानको नेता कुमार लिंग्देंको बोलि, उपेन्द्र यादवको बोलि प्रचण्डको भन्दा खासै फरक छैन| जेपी गुप्ता, गच्छेदार, महन्त ठाकुर आदि चाही माओबादीका मान्छे हैनन्, तर मधेशी मोर्चाको नाममा उनीहरुलाई पनि आफ्नो एजेन्डामा सहमत बनौन सक्ने क्षमाता चाही माओबादीमा छ| बैद्यको पार्टी पनि रणनीतिक हिसाबले खोलेको हो बास्तबमा उनीहरुको एजेन्डा एउटै हो| “सडक र सदन दुबैतिर बाट सत्ता हात पार्ने” भनेको यहि हो| आफ्नो पार्टीको आफै बिरोध गरेपछि बिरोधि पनि आफ्नै भयो| सडकमा कांग्रेस एमालेले बिरोध गर्नु भन्दा, आफ्नै पार्टीले (बैद्यले) बिरोध गर्नु (अथवा गरेजस्तो गर्नु) माओबादीलाई फाइदाको कुरा भयो| विरोधीको नेतृत्व पनि आफ्नै सथिभाइले गरेपछि त विरोधीलाई पनि माओबदिकै चालमा हिडाउन सकिने भयो| केहि गरि चुनाब नजित्ने स्थिति भो भने बैद्यको गुटलाई परिचालन गरेर चुनाब नै हुन नदिने अर्को रणनीति हो|

    माओबादीको अधिबेशन किन गोप्य हुन्छ? महत्वपुर्ण दस्ताबेजहरु किन गोप्य हुन्छन? यो त भनिरहनु नपर्ला| उनीहरुको देखाउने दात र चपाउने दात छुट्टछुट्टै छन्| देखाउने भनेको सबैले देखेकै छौ, वास्तविकता भनेको एकलौटी कम्युनिस्ट शाशनको लक्ष्य प्राप्ति हो| तपाई हामीले सोचेभन्दा धेरै नै गृहकार्य गरेको छ माओबादीले र अहिले सम्म सफल पनि हुदै आएको छ|

    बेलाबेलामा “नेपाललाई जंगबहादुर चाहिन्छ” भनेर प्रचण्डले भनेको सुनेकै होला| बास्तबमा प्रचण्डले भन्ने गरेको “जंगबहादुर” प्रचण्ड नै हो| सबैतिरबाट देशलाई असफल भएको देखायेपछी जनतामा निराशा छाउछ अनि कुनै एउटा अद्भुत शक्ति आएर समस्या समाधान गरिदियोस भन्ने सोच्छन अनि को आउछ त? प्रचण्ड| अहिले पनि धेरै नेपालीले “जंगबहादुर” चाहियो भन्न थालिसकेका छन्|

    अहिले आएर एमाले सकियो भन्नु माओबादीले एउटा स्टेप पुरा गर्यो भनेको हो| उनीहरु पहिला राजा, त्यसपछि एमाले, अनि कांग्रेसलाई ध्वस्त पर्न लागेका छन्| राजालाई हटाए, एमाले लगभग सकिनै लग्यो, अब को स्टेप भनेको कांग्रेस हो| हेर्दै जाउ कांग्रेसलाई कसरि समाप्त पार्छन| सायद, लोकमान कार्कीले सबै कंग्रेशिलाई भ्रस्टाचार मुद्दा लाउदै जेल पठाउदै गर्ने हो कि? हेर्न बाकि नै छ|

    Reply
    1. Haramohan says:
      May 18, 2013 at 1:14 pm

      लोमासिं ले माओबादि समेत नभनी सबै भ्रष्टाचारीलाई कारबाही गर्यो भनेता राम्रै भयोनि

      Reply
  9. पुष्प says:
    May 15, 2013 at 10:38 pm

    मदनजीलाई रामप्रसाद मनपर्ने, कसैलाई को मनपर्ने, कसैलाई को । अाखिर रामप्रसाद वा अरू कोही स्वतन्त्र भनिने नै किन ? स्वतन्त्र व्यक्ति त प्रसुतिगृहमा मात्र पाइन्छ । होइन भने यो संसारमा कोही पनि स्वतन्त्र छैन । रेग्मी र कार्की िनयुक्तिमा पनि षड्यन्त्र देख्नु नेपालीको मनोवैज्ञानिक समस्या कारक हुनसक्छ ।

    Reply
    1. lorke says:
      May 16, 2013 at 12:29 pm

      पुष्प जी, माओबादि चस्मा फुकालेर हेर्नोस अनि देखिन्छ कार्की कत्तिको चोखो हो र उसलाई किन ल्याको हो भनेर / हैन भने तेही अख्तियार ले दोषी भनेको मान्छे प्रमुख बनेर आए पछि तेहा को कर्मचारी को मनोबल कस्तो हुञ्छ? तेही माकुने हारेर प्रधानमन्त्री हुदा हरुवा भनेर रुवाबासी गर्नु भो तपाइहरुले / आफुले जितेको चै जितेको अरुले जितेको को झेल्ली भन्न पाइञ्छ ?

      लोर्के

      Reply
  10. krish says:
    May 15, 2013 at 8:12 pm

    कमेन्ट त सारै तर्कपूर्ण रहेछ गाँठे../ कस-कसलाई चुनाव जिताउनुछ धाँदली गरिदिने खिरारे, अनि सर्वोच्च अदालत रेग्मी , न्याय प्रणाली नै रेग्मी, तराई मा मधेसवादी जिताउने रेग्मी , भ्रष्टाचारीलाई उन्मुक्ति दिने लोमासी , सिङ्गै नेपाल त यिनै दुईजनाको भरमा रहेछ ..कस्तो बिध्द्वतपूर्ण तर्क…./

    Reply
  11. Luna says:
    May 15, 2013 at 7:46 pm

    धन्यबाद मदनजी सबल तर्कको लागि ।
    अब राजा मार्फत मुलुकको शासन हाकियोस् भनेर पहल गर्ने कि यिनै स्वार्थी नेताहरुलाई बाघ ब्बासो बन्न दिइरहने ?

    Reply
    1. Harke says:
      May 16, 2013 at 4:57 am

      देशको साशन त जनताको अभिमत अनुसार जो सुकैले चलाए (माओ, कांग्रेस, माले, राजा, मधेसबादी आदि) हुन्छ लुना जी…!
      तर कानुन र बिधि मुताबिकको साशन हुनुपर्यो….! जस्तो कि:
      १. २ बर्षको संबिधान सभा भनेर निर्वाचन गर्ने र ४ बर्ष भत्ता पचाउनेलाइ जरिवाना तिराउनु पर्यो
      २. संबिधान नलेख्नेलाइ सभासद र नेतालाई जेल हाल्नु पर्यो….त्यो भनेको जनताले दिएको अख्तियारको दुरुपयोग हो !
      ३. ज्यानमारालाई जेल पठाउनु पर्यो….सिंहदरबार र बालुवाटार होइन …!

      जसले चुनाब जित्छ…जनताले तोकेको अबधि भरी तेसैले नियमानुसार साशन गर्छ….! येस्मा “क्वान्टम-फिजिक्सको” कुनै जटिल सिद्दान्त त छैन…!
      तेसैले आफैलाई राजनीतक बैज्ञानिक नै ठान्ने औंठाछाप नेताले ब्याख्या गरिराख्नु पनि त पर्दैन र जनताले तिनको भासन सुनेर समय खर्च गर्नु पनि पर्दैन…! होइन र ?

      Reply
      1. Luna says:
        May 16, 2013 at 4:53 pm

        हर्के जी
        तपाईका कुरा सही छ , मिठो पनि छ .
        छोटकरीमा के भने मुलुकको राजनीतिक परिस्थितिले यस्तो मोड लिईसक्यो कि
        कुनै पनि दलले बहुमत ल्याउन नसक्ने प्रस्ट देखियो — यसको असर नेपालको
        राजनीति अस्थिर भईरहने भो —— अस्थिर राजनीतिका बेफाईदा —- यहा लेखेर साध्य छैन , प्रस्ट भई’रा छ सब ———
        महत्वपूर्ण सबाल मुलुकको अस्तित्व संग छ ———

        Reply
        1. Harke says:
          May 16, 2013 at 11:44 pm

          मुलुकलाइ त क्यान्सर लगाइएको छ लुना जी,
          क्यान्सरका ब्याक्टेरियाहरु देश भित्रै छन् (नेताको रुपमा) तर दक्षीणतिरबाट परिचालित छन् ! कहिले एउटा दलमा ब्याक्टेरिया भारी हुन्छन कहिले अर्कै दलमा….!

          भारतीय राशनकार्ड होल्डर मन्त्री क-माओबादिमा प्रवेश गरेको स्थितिमा अहिले कुन-दल ब्याक्टेरिया ग्रस्त छ भन्ने त छर्लंग नै छ !

          क्यान्सर लागेको स्थितिमा जसरि अंग काट्नु पर्ने बाध्यता आउछ (एन्जेलिना जोलीले हालसालै काटेको जस्तै क्या), तेस्तै अबको चुनाबमा (भयो भने) जनताले ब्याक्टेरिया ग्रस्त नेता र दललाई काट्नुपर्ने जरुरत छ !

          कुरो मुलुको अस्तित्वको: देशलाई क्यान्सर लगाएर, मुलुकको अस्थित्व र जीबिकामा एउटा मात्रै छान्न बाध्य पार्न परिएको छ….चेतना भया !

          Reply
  12. Satya says:
    May 15, 2013 at 7:01 pm

    यी चार दलका शिर्ष नेताहरुले संबिधान सभालाइ भंग गरे भने अझै तिनिहरुलाई नै नेता मानी उनीहरुले जे जे अलोकप्रिय निर्णय गरे त्यहि नेपाली जनताले मानी रहनु पर्ने किन? बिद्यार्थी संगठन र पार्टीका युवा नेता-कार्यकर्ताहरुले सर्व प्रथम यी चार दलका शिर्ष नेताहरुलाइ घोक्राएर निकाल्नु पर्छ या त यिनीहरुले गरेको निर्णय मान्दैनौं भनेर उनीहरुको घर घेरेर राजिनामा गराउनु पर्छ / जबसम्म नेपालको राजनीति र प्रसाशनमा बाहुन छेत्रीको हावी हुन्छ / तवसम्म नेपाल आमालाइ यसरी नै यिनीहरुले बलात्कार गरिरहन्छ /

    Reply
  13. raj says:
    May 15, 2013 at 6:44 pm

    लोसिंका बारेमा १०० % सहमत तर खिरारे को बारेमापनि परिका बाहेक अन्य कुरा मा १०० % सहमत | आफ्नै घरमा नलाएकहरु को जमात भएपछि अरुलाई किन दोष दिनु पर्यो, आफ्ना राम्रा भए पो अरु लै गाली गर्ने |

    Reply
  14. Raames says:
    May 15, 2013 at 6:32 pm

    यिनीहरु सबैलाई ठिक पार्न मैले पनि रणनीति बनाइराछु / म नेपाल आमाकी सपुत हुँ /

    Reply
  15. ekraj says:
    May 15, 2013 at 3:12 pm

    नेपाल का राजनीति दलहरुका सड्यन्त्र गनेर पार लगाउने संख्या भन्दा धेरै ठुलो छ र त्यो नै इनिहरुको मुख्य पेश पनि हो) इनिहरुले आफ्नो स्वार्थ को लागि आफ्नी आमा बेच्न बाँकि राख्दैनन्) लुटेर खानेमा सबै मिल्दछन र खाली नमिल्ने भनेको एउटाले लुट्न पायो र अर्कोले पाएन अथवा लुटेको बुटी भाग बंडा गर्दा भाग सानो ठुलो भयो भने
    इतिहास कोत्तौदा मदन भाज्रचार्य जी को भनाइ मा धेरै नै मिल्दो तर्क पैन्छा

    Reply
  16. Jitsuku says:
    May 15, 2013 at 2:26 pm

    Well written. We need to look from this angle too. Lets see how others react on it.

    Reply
  17. Bibek Dhakal says:
    May 15, 2013 at 1:52 pm

    सारा लेखको सार: ” हामि नेपालीहरु षडयन्त्र सिद्धान्त रचना खप्पिस छौं” 😀

    Reply
  18. Ram Bdr Thapa says:
    May 15, 2013 at 12:34 pm

    एमाले र कांग्रेस नभएको भए यो देश जात जाति भासा भासी को लडाई हुनेवाला थियो/ रोकियो ठिकै छ/ तराइ लै एक प्रदेश गरेको भए , पहाड प्रदेश र तराईमा बस्ने पहाडिया को हालत के हुन्थ्यो होला/ काठमाडौँ का नेवार नेता लाइ थाहा छ/ राजधानी लाइ नेवार राज्य बनेर अरु जाति खुसि होलान र/ कुनै जात लाइ दोष दिनु कुनै तुक छैन/ के नेपाल मा बाहुन छेर्ती सबै धनि छन् त? नेपाल क कति ठुला ब्यापारिक घराना बाहुन छेत्री छन् त? धनि र ब्यापारी धेरै जनजाति नै छन्/ त्यसैले जाति राजनीति नगरौ/

    Reply
  19. Mohan Subba says:
    May 15, 2013 at 12:14 pm

    षड्यन्त्र नै भए पनि नेताहरुले राजनीति सरल रेखामा हिडदैन भन्छन के गर्नु र ?

    Reply
  20. Sisir says:
    May 15, 2013 at 11:36 am

    षड्यन्त्रको सिद्धान्त नै सहि तर कुरामा दम छ ..

    Reply
  21. hitman says:
    May 15, 2013 at 11:09 am

    बज्रचार्य भाईको संकै संका माथि लंका पिट्ने, जातिय संकिर्णता भित्र रोम्मलिने, मुल बाटो भन्दा अन्धाकारतिर जाने बिचारमा के परिवर्तन आउला ?

    गोंगबु, काठमाडौँ

    Reply
    1. madan bajracharya says:
      May 16, 2013 at 2:22 am

      हितमान ज्यु
      संखा आशंका र सम्भावना नै सबै अविस्कारको आधार हो/ योजनाबद्ध तरिकाले गलत काम गर्न खोज्नुलाई षड्यन्त्र भनिन्छ/ बहुदलीय ब्यबस्था थाम्न नसकेका ४ ठुला दलका असफल असछ्यम नेताहरुको मण्डली रास्ट्रको “सदन” बनेको र रास्ट्रपतिलाई समेत तिनीहरुको हुकुम बजाउने हवल्दार बनाउंदै “सदन”ले मात्रै संसोधन गर्न सकिने संविधानलाई समेत केरमेर गर्नेको बिचारमा परिबर्तन आउनु पर्छ त् भन्नु भयन नि/

      अन्तमा म बज्राचार्य अर्थात नेवार भयकै कारणले “जातीय संकीर्णतामा रुमल्लिने” आरोप अगाउनु भयको हो भने त्यो आरोप तपाईंले आकासमा थुकेको जस्तो हुन्छ/

      Reply
    2. तेन्जिंग गाबा says:
      May 16, 2013 at 2:51 pm

      “नाम” बाट उमेर पत्ता लगाउने “सुत्र”
      खुसुक्क भन्न मिल्ने भए भनिदिनु हुन्थ्यो कि ?

      Reply
      1. sandesh says:
        May 16, 2013 at 9:17 pm

        तेञ्जिङ्ग गावा जी का कमेन्टहरुको त मा फ्यान न भाको छु | ठिक भन्नु भो|

        अनि मदनजि पनि गजबको मान्छे , रामप्रसाद श्रेष्ठलाइ अख्तियारको उपयुक्त देख्नु भए छ | एउटा कुरा क्या अख्तियार मा चै श्रीकान्त रेग्मी ठिक हुने थिए , कांग्रेसले प्रस्ताब गरेको भए पनि कतिपय कांग्रेसीले मन नपराउने मान्छे | कांग्रेसीलाई नै पनि जेल मा कोच्न तयार हुने मान्छेलाई त कांग्रेसी पूर्व मन्त्रि हरुले पनि बिरोध गरेका थिए भन्ने सुनिन्छ |

        Reply
        1. madan bajracharya says:
          May 17, 2013 at 7:47 pm

          संदेशज्यु/
          मैले अवकाश प्राप्त सर्बोच्च अदालतको न्यायधिस किन अख्तियारको प्रमुखको रुपमा उपयुक्त हुन्छ भनेको हानेर सायद विवरण र कारण दिइरहनु नपर्ला/ हुनत उहा जस्तै बा उहा भन्दा निर्भिक र भ्रस्टाचार बिरोधि हरु कयौं होलान; तर प्रमाणित त् उहानै हुन्/ अब फेरि खिलराज रेग्मिकै बारेमा/ हेर्नुस मित्र सबैलाई थाह छ खिल राज रेग्मीलाई चुनावी प्रधान सन्त्री बनाउनु हुन्न त् सबै दलकाले भनेका छन्/ तर तेसो भन्नेहरु सबै प्रायस पार्टी भित्र दोश्रो कमाण्डमा रहेको व्यक्तिहरु हुन्/ नेपालको राजनीतिमा प्रायस जहिले पनि ओश्रो कमान्डको नेताहरुले राम्रै कुरा गरेको पाइन्छ/ तर गर्ने बिक्ने झुक्ने त् पहिलो कमान्डमा रहेका नेताहरुनै हुन्/ सायद नेपालमा दोश्रो कमाण्ड मा रहेको बा दोश्रो पुस्ताको नेताहरुले राजनति सम्हालेको भय देसको यो गति हुँदैनथ्यो पनि होला/ अब म तपाईंहरुलाई भर्खरै प्रकाशित निम्न दुई समाचार हरुको सारमा ध्यान गर्न चाहन्छु जुन कुराहरुले खिल राज प्रसंगमा प्रभाव परेको छैन भन्न सकिंदैन:

          ०१. सर्वोच्च अदालतको प्रधान न्यायधिस लगायत देसको बिशिस्ट पदमा रही सकेकाले पनि सबै सुबिधा ब्यबस्थित भयको सुबिधा सम्पन्न आजीवन आवास ग्रिह पाउने ब्यबस्था गरेर कुरा घुमायर प्रधान मन्त्रि नभनियको; चुनावको निमित मात्रै मन्त्रि परिषद्को अध्य्छ्य बनायको व्यक्तिले पनि यस्तो लोभ्याउने सुबिधा पाउने गरेकोछ/

          ०२. खिर राजलाई प्रधान मन्त्रि बनाउनेमा विजय गच्छदारको पनि ठुलो समर्थन थियो/ अब यहि विजय गच्छदार सर्वोच्च अदालतको न्यायधिस रणबहादुर बमको हत्या र्ने भारतीय गुप्तचर एजेन्सीको बख्तर अहमद को गिरोह सिट हत्या भयको समयमा निरन्तर सम्पर्कमा रहेको भनेर नेपाल प्रहरीले आफ्नो प्रतिबेदनमा उल्लेख सर्वोच्च अदालतको कुनै पनि न्यायधिसलाई तर्साउन सक्ने समाचार मे १६, २०१३ मा नेपालजापान.कमको लिंकमा विक्ली नेपाल.कमले प्रकासित को छ/

          अब बिश्लेसन गर्ने काम mitrharuko

          Reply
        2. Tenzing Gaba says:
          May 20, 2013 at 6:28 am

          तपाइको प्रतिक्रिया पढेर नाकको आयतनमा बृद्दि भएको अनुभूति भयो…..जदौ

          Reply
      2. Aakar Bhushan Nepali says:
        May 16, 2013 at 11:52 pm

        सारै सटिक !
        जे होस् हामी मध्य कोहि कोहि चाहिं रहेछौं है खाईलाग्ने गरि कुरा बुझ्ने प्राणी ! कसो तेन्जिंग जी !

        Reply
  22. kishor says:
    May 15, 2013 at 11:03 am

    हिन्दि फ्लिम त हेर्नु बाको होला सायद, यो तेही कहानी मा आधारित छ ! गुन्डा दस हजार जनता को लास मा टेकेर कुर्सि मा पुगेको हुन्छ ! सम्पूर्ण पावर आफ्नो हात मा लिएको हुन्छ आफ्नो कुर्सि बचाउन पावर सक्दो प्रयोग गर्छ अनेक षड्यन्त्र गर्छ तर अन्त मा आफ्नो षड्यन्त्र आफै फस्छ र सत्य को जित हुन्छ तर नेपाल को राजनीतिक पृष्टभुमि हेर्दा कोइ पनि सत्य बादी छैनन् तर जंग बहादुर हुना खोज्ने धेरै छन् हेरुम अब कुनचाई जंगे आउने हो !

    Reply
  23. Toyannath Dahal says:
    May 15, 2013 at 10:50 am

    मदन सरको टिप्पणीमा निक्कै दम छ तर तर्क अनुमान र आशंकामा आधारित भएकाले पढदा निक्कै रमाईलो भयो । मिडियाले कुरा रेग्मी र लोकमानको गरेर सस्तो लोकप्रियता र समयको बर्वादी गर्न हुन्न । कलमबाजहरुले निर्वाचन बहिस्कारमा गएकाहरुलाई हतोत्साहि गर्न र छिटो चुनाव गराउन सरकार र दलहरुलाई दबाब दिने काम गर्नु मात्र राष्ट्र र नागरिक प्रतिको असल दायीत्व हुन्छ है ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme