Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

Posted on May 10, 2013May 10, 2013 by mysansar

drunkard भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न। अन्य केहीले भने पतिको प्रकार पनि होला नि त, त्यो पनि थाहा पाउँ न भन्ने जिज्ञासा राखे। त्यही जिज्ञासालाई शान्त पार्न माइसंसारकै एक शुभचिन्तक महेशले आफू वरपरको समाजमा देखिने आठ प्रकारका पतिको बारेमा वर्णन गरेका छन्। यो चाहीँ बुद्धले भनेको होइन नि फेरि|

ल सुन्नुस पतिका प्रकार :

१) सोमरस पति
सँधै तीन घ्याम्पो रक्सी धोकेर घरमा आई स्वास्नी पिट्ने| रक्सीको नशा चढेपछि घरकी स्वास्नी हो वा बाहिरिया आइमाई हो छुट्टयाउन नसक्ने| भाँडोमा रगतको बान्ता नगरुन्जेल ठाडो बोतल लाउन नछोड्ने|

२) शक्तिमान पति
बेलुकी घर आउँदा स्वास्नीले मासुको सितन र ठर्रा टेबुलमा ठिक पारेकी रहिनछ भने वा जुवामा हारेर आएको होस् वा भनेको मानिन भनेर होस् अथवा जेसुकै कारणले होस् घरकी स्वास्नीलाई पिटी पुरुषत्व देखाउने| स्वास्नीमाथि हात हाली पिट्नु, लछार्नु-पछार्नु त मानौँ उसको पुर्ख्यौली अधिकार हो|

३) खोपे (शो केश)पति
पत्नीलाई सजिएर केवल आफ्नो घरको खोपामा वा शो केशमा मात्र बसिरहोस् भन्ने, घरबाट छिसिक्क कतै बाहिर निस्कन त के, झ्यालबाट यसो बाहिर चियाउन पनि नदिने| उसलाई कतै जाने पर्ने भयो भने पनि आफू चाँडै घर आई आफ्नो निगरानीमा त्यहाँ पुर्‍याई दिने| आफू बाहेक पत्नीले अरु कोही लोग्नेमान्छेलाई आँखा उठाएर नेहेरोस् भन्ने| अरु कोही लोग्नेमान्छेसँग यसो बोलेको देख्यो कि त ऊ त्योसँग सल्की भनेर आरोप लगाउने।

४) पुरुषार्थ पति
घरकी पत्नीबाहेक बाहिर अरु जति धेरै केटीहरुसँग सम्बन्ध राख्न सक्यो, उति आफूले पुरुषार्थ देखाएको ठान्ने| ऐनामा आफ्नो अनुहारको चाउरी नदेख्ने तर बाहिरका केटीहरुको यौवन देख्ने|

५) वाकवाक पति
आफूले पत्नीलाई जति तथानाम गाली गरे पनि पत्नीले चाहीँ चुपचाप टाउको निहुराएर एक शब्द नबोली सुनिरहोस् भन्ने इच्छा गर्ने| जति आफूले पत्नीलाई धेरै गाली गर्‍यो, उति नै आफ्नो वाककला राम्रो भएको ठानी गर्व गर्ने|

६) पानीमरुवा पति
घरमा (प्रायजसो संयुक्त परिवारमा) आमा, दिदीबहिनीहरुले बिना कारण वा सानो कारणले आफ्नी पत्नीलाई पिटे पनि, गाली गरे पनि, मार्ने आए पनि आफू चाहीँ थरथर काम्दै कोठाको एक कुनामा गई थचक्क बसी टाउको घुँडामा लुकाउने|

७) विलासी पति
पत्नी भनेको केवल आफूले चाहेको बेलामा आफुसँग ओछ्यानमा समय बिताउने र छोराछोरी जन्माउने मात्र हो भन्ने ठान्ने| सोच्छ कि पत्नी त केवल उसको व्यक्तिगत आवश्यकता पूरा गर्न मात्र बनेको हो|

८) अलौकिक पति
यो लोकमा पाउन अति दुर्लभ तर कतै कतै पाई हाल्न पनि सकिने| पाउन दुर्लभ किनभने प्राय जसो अरु भन्दा धेरै फरक खाले| अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने, सबै भन्दा ठूलो कुरा: पति र पत्नी भनेको जीवनरुपी रथका दुइ पांग्रा हुन् र जीवन सफल पार्नका लागि हामी दुवैलाई समान रुपमा एक अर्काको आवश्यक छ भनेर बुझ्ने|

[तपाईँले देखेसुनेको आधारमा यसो थपघट गर्नुपर्ने पतिका प्रकार भए तल कमेन्टमा वर्णनसहित लेख्नुहोला है। बढी भोट पाएको प्रकारलाई यहाँबाट मुनि ९ नम्बरबाट क्रमशः थप्दै जानेछौँ]

93 thoughts on “पतिका आठ प्रकार, तपाईँ कस्तो ?”

  1. उपासक उदास says:
    May 14, 2013 at 6:27 pm

    पति मात्र किन , पत्नीहरु पनि त उत्ति नै प्रकार का हुन्छन नि हाम्रो समाजमा ! … त्यो सुची मा केहि थप्न मन लाग्यो जस्तो कि ,८. अमर प्रेमी . ९. आदर्श १०. इर्ष्यालु ११. इच्छानुकूल १२. उद्दण्ड आदि . आफू कुन वर्गमा पर्ने हो आफै निधो गरे वेश.

    Reply
    1. Rabi Nath says:
      May 18, 2013 at 7:53 am

      मित्र उदासक

      माइसंसारमा तपाइको यो के पहिलो पटकको प्रवेश हो कि क्या हो? पछिल्ला लेखहरु पढ्ने गर्नु भयको भय त पक्कै पनि यस्तो कमेन्ट लेख्नु हुने थिएन होला |

      Reply
  2. cRIS says:
    May 14, 2013 at 5:36 am

    मूड अनुसार १ देखि ८ नै भियाइञ्छ होला! 🙂

    Reply
  3. Durga says:
    May 14, 2013 at 4:17 am

    मेरो एकजना दाइ हुनुहुन्छ नजिकको नातेदार | उहा आफ्नी श्रीमती (मेरी भाउजु)लाइ जहाँ जादा पनि जे गरे पनि सधै साथमा राख्ने गर्नु हुन्छ | उहा भाउजु बिना कहिले केहि गर्ने वा कहिँ जाने वा केहि खाने वा केहि हेर्ने वा सुन्ने वा कसैलाई भेट्ने वा केहि भन्ने इत्यादी केहि पनि गर्नु हुन्न | श्रीमतीलाई समेत नाबोलायाको कुनैपनि निम्तोमा उहा कहिले पनि जानुहुन्न | मैले थाहा पाय सम्म आजसम्म ति भाउजु बिचरा न त आफु एक्लैले केहि निर्णय गर्न सक्नु हुन्छ न त घरमा एक्लै भयको बेलामा कुनै काम मा कसै लाइ निर्देशन दिन सक्नु हुन्छ न त एक्लै कपाल बनाउन जान सक्नु हुन्छ न त कतै भोजपार्टीमा जाने बेलामा कुन रंगको वा कुन पहिरन लगाउने निर्णय गर्न पाउनु हुन्छ न त आफुले लाउने ब्रा र पेन्टीको साइज नै थाहा छ यति सम्म कि न त उहा आफुले खाने औषधि पनि कुन ब्रान्डको हो र यो दिनको कति चक्की खाने र किन खाइन्छ भन्ने नै थाहा छ | उहाले गर्न नसक्ने अरु पनि थुप्रै कुरा हरु त छन् तर अहिलेलाई यहाँ यत्तिले नै कुरा बुझ्न सकिने छ |
    यो सबै कसरि भयो त? कहिलेकाही घरका अरु सदस्यहरुले भन्ने गरेको सुनेको छु कि दाइले भाउजुलाई यत्ति धेरै माया गर्ने रे कि उहाले बिहे गरेको भोलि पल्ट देखि नै भाउजुलाई कहिले कतै एक्लै नछोडी केहि गर्न नदी सबै उहा आफैले नै गरिदिनु हुने रे दिउसो जागिरमा जादा बाहेक | मैले पनि दुइ चार पटक सुनेको छु “किन तिमीलाई मैले गरिदियको मन परेन?” भन्ने जस्ता वाक्यहरु | उहा आफ्नी पत्नीलाई सधै काखमा राखेर नर्सरीका गीत गाउदै चम्चाले खुवाउन चाहनु हुन्छ यदि परिवारमा उहाको वश चलेदेखि त |
    यसरि भाउजुको व्यक्तिगत कुराहरुको निर्णय पनि सबै आफुले गरिदियर उहाले श्रीमतीलाई अपाङ्ग बनायको होइन कि आफ्नो श्रीमतीलाई बढी भन्दा बढी माया गर्ने सर्वश्रेष्ठ श्रीमान् साबित गर्न खोज्नुभयको जस्तो लाग्छ परिवारमा हामीलाई | तर यहाँ माइसंसार का पाठकहरुलाई चाही खोइ उहा कस्तो प्रकारको पति पर्नुभयो जस्तो लाग्छ कुन्नि?

    Reply
  4. ishwari says:
    May 12, 2013 at 7:21 pm

    मेरो त खै के खै के ! खाली mobile मा झुन्डिने अनि काम मा ढिलो पुग्ने ! दिक्क लाग्दो ! एउटा कुरामा लगेसी तेसै मा एकोहोरिने ! पैसा को मामिला मा त ठिकै छ. सबै मा deal गर्छु ! last झुर लाग्छ कैले कैले! आफु लै ड्रिंक्स गर्न मन लाग्छ वहा पर्नु भो गौतम बुद्ध!
    खै के खै के 🙁

    Reply
  5. Bimala POUDEL says:
    May 12, 2013 at 3:03 pm

    मेरा पति कतै पनि परेनन लौ न के भको हो । मेरा पति पैसाको मामिलामा १०० प्रतिशत मलाइ बिश्वास गर्छन् उनको कमाइ र मेरो कमाइको तजबिजी मेरो अनुसार चल्छ । खाता सँयुक्त छ । मेरो र उनको कमाइ त्यहिँ जान्छ ।
    तर बाँकी कुरा उनी आफ्नो अनुसार चल्छन् । जस्तै घुम्न मन लागे एक्लै जान्छन् । खाना बनाउन मन लागे आँफूले चाहेको जस्तो बनाउँछन् । र बेला बेलामा घरमा कडा रक्सीको सीतन चलाइरहन्छन् । कम्यूटरमा झुन्डिन्छन् । म सँग र बच्चा बच्ची सँग बोल्ने एक मिनेट पनि समय हु्न्न । १५ बर्ष यता बुढा बुढी छोरा छोरी मिलेर कतै घुम्न गएको कुनै रेकर्ड छैन । कतै जाम् न भन्यो भने यो जमानामा पनि लोग्ने सँग टाँसिएर घुम्न पर्छ भन्ने के छ आँफै मिलाएर गए भै हाल्यो नि छोराछोरी लिएर भन्छन् । राती अबेर सम्म कम्यूटरमा झुन्डेपछि थाकेको बेला सुत्छन् अनि घुरेर हैरान पार्छन् यसले गर्दा छिमेकीको कुकुर नभुकेको रातै हुन्न । म तिनको काखमा कहिल्यै सुत्न सक्दिन र उपचार गर्न जाउ न भन्यो भने तेरा बाउ डा हुन् र भन्दा बित्तिकै उपचार हुन्छ भन्छन् । कम्ती सुत्छन् अनि बढी रिस मात्रै देखाउँछन् ।

    Reply
    1. Mahesh says:
      May 12, 2013 at 6:54 pm

      बिमला जी,
      हो यो चाही माथि मैले उल्लेख गरेका भन्दा पुरै बेग्लै किसिमका पति परेछन् | यस्तो खाले पति पनि हुन्छन भन्ने मलाई खासै थाहा रहेनछ त्यसैले मेरो माथिको लेखमा उल्लेख गर्न पाइन यसको लागि माफ गर्नु होला | तर तपाइले यहाँ बताइदिनु भो बिमलाजी यसको लागि धेरै धन्यबाद |

      Reply
  6. रमेश लुइटेल says:
    May 12, 2013 at 1:46 pm

    यो लेख लेख्ने कि बिहे न गरेको र अरुको बाहिरी खोक्रो कुरा देखेर लेख्ने केटो हुनु पर्छ कि भने साह्रै पिडित स्वास्नी हुनु पर्छ !

    Reply
  7. sujan says:
    May 12, 2013 at 1:16 pm

    पतिका अरु प्रकारहरु ,

    D.S.P : दारु खाएर स्वास्नी पिट्ने
    S.S.P ; स्वास्नीको सारी भित्र पस्ने,
    A.I.G: अर्काको इस्त्री घप्पै पर्ने

    Reply
    1. Nabin says:
      May 12, 2013 at 7:03 pm

      ओ सुजन ब्रो

      कमेन्ट गर्नु भन्दा पहिला लेख त पढ्नुस अनि मात्र तपाइको कमेन्ट पढ्न मजा आउनेछ | | तपाइले पतिका अरु प्रकारहरु भनेर लेख्नु भएको रहेछ तर ति प्रकारहरु त माथिका लेखमा पहिल्यै उल्लेख भइसकेको छ नि| ति कुनै नया प्रकार परेनन् तर तिनी हरुलाई दर्जा दिनुभयको चाही राम्रो छ 🙂

      Reply
  8. पुष्प says:
    May 12, 2013 at 11:18 am

    अलौकिक होइन, लोकतान्त्रिक भन्नु पर्ला ।

    Reply
  9. रविन says:
    May 12, 2013 at 11:05 am

    अर्को प्रकारको पति पनि हुन्छन
    १. घरका अरुको कुरो पनि सुन्ने र आफ्नो पत्नीको कुरो पनि सुन्ने तर एकदम विचार गरेर मात्र उपयुक्त समयमा राय सुझाव लिने दिने र आवस्यक गाली गलौच पनि गर्ने.
    २. समय समयमा एसो पत्नी त तथा परिवारलाई घुमाउन लगी रहने र रमाइलो पनि गराउने अनि बाहिर पनि यसो समय मिलायर र एक अर्काको परिवारबाट एकदम सजग भै पर स्त्रीसँग रासलिलामा पनि लागिरहने.
    ३. यसो राति रक्सि खाएर ढिलो आउँदा श्रीमतीले कराईन भने अरुले सुनेर आफ्नो बदनाम हुन्छ भन्ने ठानी चुपचाप अर्को तिर फर्केर सुतिदिने र भोलि पटक आज यस्तै भयो भनेर श्रीमतीसँग माफी माग्ने फेरी यस्तै क्रम चाहिं समय समयमा दोहोराई रहने किनकि यस्ता श्रीमानका साथी संगी जमघट धेरैनै हुन्छन.
    ४. कहिले कहीं चाहिं श्रीमतीलाई अरुको अगाढी पनि गाली गरिदिने र फेरी महसुस पनि गरि हाल्ने.

    हा हा यी चाहिं मेरो बनि संग मेल खान्छन. यस्तो खालको लाई कुन स्तरमा राख्नु हुन्छ र आफ्नो बनि पनि लेख्नु होला.
    महिला र पुरुष दुबैले प्रतिक्रिया जनाई दिय अझै राम्रो.

    Reply
  10. razen says:
    May 12, 2013 at 2:12 am

    नम्बर ४ चाही बडो रोचक लाग्यो | ८ चाही सबैले बाहिर देखाउने दांत मात्र हो कि जस्तो लाग्छ |

    Reply
  11. Bkas says:
    May 11, 2013 at 10:23 pm

    आफ्नो त बिहे नै भाको छैन ! 😀

    Reply
  12. Krishna Bhusal says:
    May 11, 2013 at 8:45 pm

    बिदेसी पति
    पत्नीलाई सुख देउला भन्दै परदेश तिर जागिर गर्न हिडेको !

    Reply
  13. nabin raj gautam says:
    May 11, 2013 at 7:17 pm

    आफ्नो बढाई गर्नु ठुलो मुर्खता हो ८ नम्बर मा पर्छु भनेर,,,,,,,,,,, अहिले सम्म त म कुनै पनि नम्बरमा पर्दिन,, तर बिहे गरेपछी चाँही पक्कै पनि ८ नम्बर कै पती बन्ने हर संभब प्रयास गर्ने छु यदी असल श्रीमती परिन भने, खराब पारीन भने त कस्को के लाग्छ र भगवान या भाग्य भरोसा

    Reply
  14. Hari Gautam says:
    May 11, 2013 at 5:26 pm

    जति पनि पति क प्रकार हरु छन् नि २ नम्बर मा भएका पतिहरु नै असल हुन्छन | सोमरस घरमा नै श्रीमती संगै बसेर पिउदा छिमेकी हरु लै थाहा पनि हुदैन | अब श्रीमान काम गरेर गलेर आको हुन्छ यसो ज्यान लै हल्का बनाउन पिउनु नै पर्यो नि बाहिर खाएर तमासा देखाउनु भन्दा |||| |

    Reply
  15. nisha says:
    May 11, 2013 at 3:09 pm

    ट्यापे पति
    आफ्नो कर्तब्य पनि सम्झीयजस्तो गर्नी काम पनि गर्नी दाम पनि कमौनी बुढी लै लाउन खान को कमि पनि नगरनी तर पनि एशो बहाना बनाई साथीभै संग एशो बेलुका पख हल्का जमघट गरि एक दुइ सर्को तानिहालनी अनि हल्का सुर मा घर आउनि अनि आज मूड फ्रेश छ बुढी मजाक गर्नुपर्छ भन्दै बुढी लै काउकुती लगाउन थाल्ने बूढाहरु टयपे बूढा को प्रकार अनुसार नम्बेर नौ मा आसीन ग्रहण गरौन पाए कस्तो हुन्थ्यो होला कुन्नि …………

    Reply
    1. nabin raj gautam says:
      May 11, 2013 at 7:26 pm

      के हो निशा जि तपाईंको पती पनि म जस्तै पर्नु हुन्छ कि कसो

      Reply
      1. nisha says:
        May 11, 2013 at 10:52 pm

        नबिन जी एशो हासी मजाक पो हो त जस्तो लेख तेस्तै कमेन्ट हा हा ….

        Reply
        1. manisha says:
          May 12, 2013 at 4:26 am

          यो लेख हासी मजाक को जस्तो लागेन मलाई त| मैले पनि माथिका जस्ता धेरै पति हरु देखेको छु त्यसैले मलाइ लाग्छ महेशजी को यो लेख बडो सान्दर्भिक छ समाजमा वरिपरि भै रहेका अनि देखि सुनी रहेका |

          Reply
    2. Shankar says:
      May 11, 2013 at 7:27 pm

      तपाइको आफ्नो अनुभब ले पस्केको कुरा हामीलाई पनि सहर्ष स्वीकार !!

      Reply
    3. Bibek Dhakal says:
      May 12, 2013 at 10:23 am

      तेस्तो नि ट्यापे हुन्छ त? – काम पनि गर्नी, कर्तब्य सम्झिने, बुढी लाइ माया गर्ने? – ” अलौकिक ट्यापे” ? 😀

      Reply
    4. रविन says:
      May 12, 2013 at 11:13 am

      निशा जी यो ट्यापे पति होइन नि मेरो बिचारमा अशल र ब्यबहारिक पतिमा पर्छन. यति पनि नगरी संधै घरमा समयमा आउने र एकदम सरल भइयो भने त तिनै पत्नीले आफ्नो पतिलाई कस्ता फुर्तिला नभएका नामर्द भन्न थाल्छन. तपाइको भनाइ अनुसार तपाई अलि नकारात्मक सोच र झगडालु हुनहुन्छ कि कसो ??

      Reply
      1. Nisha says:
        May 12, 2013 at 2:56 pm

        होइन रबिन Jee तेस्तो नकारात्मक झगडालु होइन हजुर !!

        Reply
        1. रविन says:
          May 12, 2013 at 3:52 pm

          Nisha जी हामीले कसै संग पनि perfection खोज्नु हुँदैन कमि कमजोरी, गुण अवगुण सबैमा हुन्छ. सो अरुलाई पनि सुन्ने र आफ्नो पनि जीवन ब्यबहारिक तरिकाले मस्त संग बाच्ने यस्तै हो जिन्दगि. धेरै आदर्शबादी भयर मात्र हुन्न.

          तेसैले आफु पनि बाचौ अरुलाई पनि बाच्न देउ र आफुले सम्मान पाउन अरुलाई पनि सम्मान गर्नु पर्छ भन्ने मान्यता राखौ.

          Reply
  16. sanjay sil says:
    May 11, 2013 at 12:53 pm

    फेसबुके पति
    खाली आफु चाहि फेसबुकमा हजारौ केटिहरु लाई गफ दिने म तिमिलाइ माया गर्छु. म तिमि संग बिहे गर्न चाहान्छु bhanne तर आफ्नो श्रीमतीलाई भने केहि वास्तै नगर्ने पति

    Reply
  17. Bijay kerung says:
    May 11, 2013 at 10:05 am

    केवल पतिनै मात्र को प्रकार लेख्नु भयेछ पत्नी को बारेमा पनि लेख्नु भए हुन्छ जस्तै
    १. पति चै विदेश मा दुख गरि पैसा नेपाल पठाउने पत्नी ले अर्कै भालेलाई चारो हाल्ने.
    २.बिहे गरे पछि घरमा बृध सासु ससुराको सेवामा समर्पित नहुने.
    ३. ३/४ जना हुर्केका बच्चालाई छाडी अर्कै संग चम्पट ठोक्ने भएभरको जेथा लिएर.

    ४. पति लै सब्दिक अपमान गर्ने.
    ५. पतिलाई मानसिक तनाव दिने.

    स्मरण रहोस सबै नारी समान हुन्नन् आमा जनजी पनि नारिनै हुन्. यसो भनि रहंदा
    आमाको कुनै पनि मन हानी हुन्न भन्ने मलाई लागेको छ.

    र अर्को सत्य कुरा यो पनि हो कि छोरो जातले चिताए १२ वर्ष छोरी जातले चिताए १२
    मिनेट.

    Reply
    1. shashi says:
      May 11, 2013 at 9:37 pm

      विजय जी,

      पत्नी को बारेमा अस्ति नै लेखि सकियको लेख पढ्न छुटाउनु भए जस्तो छ | पत्नीका बारेमा तपाई लाइ जे जति भन्न मन लागेको छ ति सबै त्यहाँ लेखिसकियका छन् | चिन्ता नगर्नुस | त्यो लेखमा केवल पत्नीको बारेमा मात्रै उल्लेख गरियको हुनाले नै यो लेखको जन्म भयको हो | कृपया गत हप्ता तिरको पुरानो लेख पढी हाल्नुस गयर अनि त्यहाँ देख्नु हुनेछ पत्नीको बारेमा के लेखियको थियो |

      Reply
  18. Reman Gurung says:
    May 11, 2013 at 9:14 am

    लेख्नेले जे लेखेपनि भन्या जस्तो कोहि हुदैना ! त्यो त आ आफ्नो बानी हो !
    जे होस् श्रीमतीको पनि सम्मान गर्न जान्नु पर्दछ किनकी श्रीमती पनि एउटी
    आमा हुन् !

    Reply
  19. fulmaya says:
    May 11, 2013 at 5:19 am

    मेरो श्रीमान ८) अलौकिक पति मा पर्नु हुन्छ अहिले को युग मा त, उहाला भगवान राम भनछु म, तर उहालाई थाहा छैन, महिले उहासंग बिहे गर्दा कुनै धन सम्पति र कुनै जात को पछि लागेको होइन,हामी दुवै संग केहि थियन,हामी दुवै मिलेर दुख सुख गरेर एउटा घर बनायौ अहिले १ store छ हाम्रो १ छोरा,१ छोरी छन् प्राय जसो अरु भन्दा धेरै फरक खाले हुनु हुन्छ अति समझदार, सहयोगी, माया गर्ने, जे कुरामा पनि पत्नीको सल्लाह माग्ने, उसको हालखबर सोध्ने अनि उसको पनि आवश्यकताहरु र दुःखसुख बुझ्ने,म पनि उहाको सल्लाह बिना कुनै कम गर्दीन मत भगवान संग सधै यहि भन्छु मेरा हरेक जन्म मा उहाकै पत्नी हुन्न पाम

    Reply
    1. nisha says:
      May 11, 2013 at 7:27 pm

      फुलमाया जी अलि बढी नै खोक्नुभो कि

      Reply
      1. fulmaya says:
        May 12, 2013 at 3:00 am

        के हो निशा जि तपाईंको पती ट्यापे पर्नु भयो कि केहो?? राम्रो पति को कुरा सुन्न सक्नु हुन्न जस्तो छनी?

        Reply
  20. simit gauchan says:
    May 11, 2013 at 4:46 am

    घुस घुसे पति ___
    स्वास्नी जति कराए पनि नबोल्ने केहि नभन्ने , सुरु सुरु आफुले चाहेको गर्ने , एकल निर्णय गर्ने , बाहिरे केटि पाए स्वास्नीलाइ फकाई फकाई त्यो केटि सित मोज मस्ती गर्ने , तर स्वास्नी लाइ भने यथा स्थितिमा राख्ने आफु चाहि सुख सयल मोज मस्ती मै गरु , मरुन बरु अरु दुर्लवहरु भन्ने !!!
    सिमित –

    Reply
  21. ranjan says:
    May 11, 2013 at 12:52 am

    चार नम्बर पो हो कि क्या हो म त !!!! हे हे हे

    Reply
  22. parvati usa says:
    May 11, 2013 at 12:49 am

    महेश जी को सत्य लेखाइ मलाई एकदम मन पर्यो हाँस्दा हाँस्दा मन चंगा भयो दिनभरिको लागि, धन्यवाद

    Reply
  23. Sara says:
    May 10, 2013 at 9:35 pm

    म चाही गर्ब को साथ् भन्न सक्छु कि मेरो fiancé चाही हुनेवाला नम्बर आठ पति!!!!

    Reply
  24. Pankaj says:
    May 10, 2013 at 8:09 pm

    म पनि ९ नम्बर थप्न मन लाग्यो ‘पत्नी बिनाको पति’ 😛

    Reply
  25. आशा says:
    May 10, 2013 at 7:40 pm

    हा हा हा…. सारै रमाइलो लाग्यो….

    Reply
  26. Satya says:
    May 10, 2013 at 7:26 pm

    ९. तुरुन्त पानीमरुवा पति: श्रीमान श्रीमतीको लागि सबभन्दा खतरनाक पति यो हो / मैले दुइ चार वटा कुरा सुनेको देखेको छु / मेरो पतिले काम तुरुन्त सिध्याउन्छ तिमीले कति बेर गरेको भनेर श्रीमतीले नाठोलाई सुनाउँछ / कोही श्रीमती मेरो बुढो पोइ विराटनगर गए पछि तिमीलाई बोलाउन्छु भन्छन / कोही श्रीमती घ्वाट घ्वाट गर्छ स्वात्त छोडेर जान्छ भनेर अरुलाई गुनासा गर्छिन /
    यस्ता तुरुन्त पानीमरुवा पतिलाइ कम्तिमा पन्ध्र बिस मिनेट सम्भोग गर्नलाई उपचारमा बिशेष ध्यान दिनुहोस / यस्ता पतिहरुलाई मैले जानेको प्राकृतिक उपचार बारेमा जानकारी गराउन चाहन्छु / दिनको दुइ तिन घण्टा हिंडडुल गरेर साधारण ब्यायाम गर्नुस र पौष्टिक सन्तुलित भोजन गर्नुस / जन्क फुड, चिनी, चिल्लो बोसोयुक्त मासु नखानुस र पाँच दश किलो तौल घटाउने कोशीस गर्नुस / सागसब्जी फलफुल पानी प्रशस्त मात्रामा खानुस / सम्भोग गर्नु अघि सकिन्छ भने नुहाई धुवाई गरेर हतार नगरी पाँच दश मिनेट पाकक्रिया गर्नुस र बिस्तारै सहवास गरीरहनु र स्खलन हुन लागे लिंग ननिकाली एक दुइ मिनेट आराम गरेर बस्नुस / यो क्रम दोहराही रहनु होला /

    Reply
  27. ratna says:
    May 10, 2013 at 6:43 pm

    मने’पति

    सुन्दर कामुक मुस्कान
    पत्नीलाई माया गर्ने
    संगै लिएर हिड्ने
    परकेटी नठुग्ने
    आटिलो
    कहिलै हार नखाने
    गर्ने परेको बेहोर्ने
    मृत्युलाई नया प्रयोगको संज्ञा दिने
    उत्पन्न परिस्तिथिमा खेल्न सक्ने
    मिलाई मिलाई
    विरोधीको पानिपेट मै हान्ने
    भक्कु बोल्ने
    बोलेरै आफुलाई केन्द्रमा राखिरहने
    के बोलेको पुर्याउने
    के के नपुर्याउने ‘मने’

    Reply
  28. raj says:
    May 10, 2013 at 6:41 pm

    आज को जमाना मा कमसेकम पचास प्रतिसत पतिहरु नम्बर ८ मा पर्नु हुन्छ जस्तो लाग्छ है मलाई | तेसैले अति दुर्लभ भन्न चै सकिन्न |

    Reply
  29. dharmendra says:
    May 10, 2013 at 6:12 pm

    आफु त सधै पति नम्बर one

    Reply
  30. siri nepal says:
    May 10, 2013 at 5:24 pm

    म यसमा पर्छु उसमा पर्छु भन्दा पनि म सबै बानी सुधारेर कसरि नम्बर ८ मा पर्न सक्छु भनि सोच्नु उपयुक्त हुन्छ कि ???

    Reply
  31. द्रोण says:
    May 10, 2013 at 5:13 pm

    आज का नारीहरु एउतै पति का फ्यान छन् , त्यो हो ”सम्पति ‘

    Reply
  32. xyz says:
    May 10, 2013 at 3:35 pm

    Once, Yamraj ji was sad to learn that all bahadur Nepali husbands are under the control of their wives. They are nothing more than pussywhipes. He decided to chek this fact and ordered his assistant to have all married Nepali husbands, coming dead, be placed in one room. The assistant of the Yamraj gathered all dead Nepali husbands inside one big room, actually, a very large room. There were many dead husbands – some husbands died in Gulf countries, others in normal day to day traffic accidents; some have even killed themselves and so on.

    Yamraj makes an entry. He ordered dead Nepali husbands be categorized into two groups – one to the left who do not obey the orders from their wives or the brave ones to fight back and, to the right, those who obediently follow the orders of their wives. All the dead souls gathered inside the room shifted to the right side of Yamaraj, except one. Yamraj was very sad to be confirmed of – all Nepali husbands are pussywhipes. However, when he saw one guy standing at the left, he felt very proud of him. “Ah, there we have a brave man here”.
    Yamraj called that lone guy standing at the left and asked him why he did not join the crowd at the right? Yamraj had a baffling answer: “My wife had warned me not to follow the crowd.”

    Reply
    1. Vicky Dev says:
      May 11, 2013 at 7:27 pm

      Excellento!!!!!! Can’t stop laughing.

      Reply
  33. Kshitiz says:
    May 10, 2013 at 12:18 pm

    मैले चाही अलिकति बुझिन है….त्यो आठ नम्बर को अलौकिक( लोक मा नभएको) पति चाही पाउन अति दुर्लभ भनेर लेखेको छ, तर थुप्रै कम्मेंतेतोर साथीहरुले चाही आफु त्यहि वर्ग मा पर्छु भन्नुहुन्छ…..कसरि मिल्यो त कुरा ? मतलब, खासै दुर्लभ चाही होइन कि ? 😉

    Reply
    1. Gita says:
      May 10, 2013 at 7:23 pm

      क्षितिज जी,
      मतलब सजिलो छ बुझ्न लाइ | जो जो पतिहरु ले मा त ८ नम्बरमा पर्छु भनेका छन् उनीहरु शायद १ देखि ७ सम्मको नम्बरमा पर्छन होला त्यसैले त हतार हतार म त ८ नम्बर मा पर्छु भनेर आफै भन्न पुगिहाले नि |
      उनि हरु खास कति नम्बर मा पर्छन भनेर त उनीहरुको श्रीमती हरु बाट पो सुन्नु पर्छ त् साचो | अथवा अलौकिक भनेको अर्थ लोक मा हुदै नभयको भनेको होइन छन् तर कतै कतै मात्र भनेको हो | शायद उनीहरु त्यहि “कतै कतै ” भित्र नै परे होलान |

      Reply
      1. yamnarayan ( Dubai ) says:
        May 11, 2013 at 3:25 am

        गिताजी तपाइले ठिकै भन्नु भो, उनीहरु कति नम्बरमा पर्छन भनेर उनीहरुका श्रीमती ले नै जान्ने कुरा हो, तर हजुरको श्रीमान कति नम्बरमा पर्छन भन्नेकुरा लेख्न छुटाउनु भयेछ, फेरी अर्को कमेन्टमा छुतसुधार गर्ने कि ?

        Reply
        1. Hari Gautam says:
          May 11, 2013 at 5:22 pm

          गीताजी को पति त नम्बर१ मा नै आउनुहुन्छ नि हौ यामनारायण जी | खै त कुरा बुझेको ?

          Reply
        2. Gita says:
          May 12, 2013 at 4:30 am

          खोइ छुत सुधारु कि छुट ? :)))
          तर भोलि पर्सि पति प्राप्त भए पछि भनुला |

          Reply
  34. kamal says:
    May 10, 2013 at 11:30 am

    १) स्वास्नी को फरिया मुनि पस्ने पति…………..लज्जा त भन्दिए .

    Reply
  35. मणि says:
    May 10, 2013 at 10:51 am

    अनि लेखक चै बुद्ध नभएर बुद्धु भएर हो कि केहि “पति लिस्ट” छुटेको?

    रमाइलो त हो नि हउ!

    Reply
  36. ale says:
    May 10, 2013 at 10:45 am

    १ र ४ मा पर्नु भो होला, अझ ८ मा पो परेछु रे, अनि लेख मन परेन भन्नेहरु त १ देखि ७ सम्म पढ्नु भो होला सबै जोतिसले जस्तै मिलायो भनेर ८ त पढ्नु भय न होला के को लेख मन पर्थ्यो नि |

    Reply
  37. Dhruba says:
    May 10, 2013 at 10:41 am

    अरु त थाहा भएन तर देशमा स्वास्नी छोडेर विदेश जानेहरु ले चाहिँ नेपालमा अलि विश्वासिलो स्वस्थ्य मान्छेलाई श्रीमतीको जिम्मा लगाएर जानु होला । नत्र फर्किदा श्रीमती बाट एड्स लगाएत अरु यौन रोगको उपहार प्राप्त गर्नु पर्ला । त्यसैले यो कुन प्रकारको पति हो?

    Reply
    1. Sunita says:
      May 10, 2013 at 7:37 pm

      ठिक कुरा भन्नु भो ध्रुब जी ले |
      विदेशबाट फर्कदा श्रीमती बाट एड्स लाग्ने होइन कि बरु बिदेशमा बस्दा खेरिको क्रियाकलाप बाट लियर आयको एड्सको उपहार लोग्ने घर फर्के पछि घरकी श्रीमतीले प्राप्त गर्नु पर्ला |
      जुन कति परिवारमा भै पनि रहेको छ |

      त्यसैले बिदेह्स जाने बेलामा स्वास्नीलाई अरु स्वस्थ मान्छे लाइ जिम्मा लाउने होइन घरमा त बाकी परिवार हुन्छन बरु लोग्ने ले चाही विदेशमा स्वस्थ केटीहरु मात्र रोज्नु पर्यो यदि त्यता तिर नलागिकन बस्नै नसकिने नै हो भने |

      Reply
      1. Vicky Dev says:
        May 11, 2013 at 7:32 pm

        सुनिता जी,

        ध्रुब जी को लागि, योय भन्दा राम्रो / सटिक/ उत्तम / प्राक्टिकल जवाफ अरु हुनै सक्दैनथ्यो. सार्है चित्त बुझ्यो मेरो त.
        होस् गर्नुस है ध्रुब जी.

        विक्की देव

        Reply
    2. Dev says:
      May 11, 2013 at 9:52 pm

      ध्रुब जी को कमेन्ट बाटै थाहा हुन्छा कि तपाई कुन काम मा busy हुनुहुन्छा भन्ने नो कमेन्ट for that but खुसि यस बात को हो कि तपाई आफ्नी wife को स्वास्थ्य को ख्याल जयादै राख्नु हुनुहुदोरहेछ keep on ……. good for you when you go back to your home .

      Reply
  38. subba basanta says:
    May 10, 2013 at 10:39 am

    ल- ल -ल लेखक ज्यु तपाई ले चाही पुरुष पतिको बर्गिकरण गरेर बुद्धत्वो प्राप्त गर्नु भयो l २१ औ को शताब्दीको महान बुद्ध पुरुषलाई मेरो नमस्कार बुद्ध ले नै पत्नी स्त्रीको बर्गिकरण गरेको रहेछन भन्ने कुरा तपाइले पुरुष पतिको बर्गिकरण गरेर प्रस्ट पारिदिनु भयो l बुद्ध पनि तपाई जस्तै मान्छे नै त थिए होला l तर फरक यो चाही पक्कै कसम खाएर भन्छु तपाई राजाको छोरा राजकुमार चाही होइन

    Reply
  39. madan bajracharyarya says:
    May 10, 2013 at 10:37 am

    खोपे (शो केश) पति

    थियो तेस्तो यक पति साँच्चैकै/ अहिले त् मरि सके/ पाण्डे थरको हो त्यो/ न्युरोडको मूल सडकमै रन्जना हाल जाने बाटोको दाया पट्टि ३/४ घर पुर्व पट्टि उसको ठुलै घर थियो/ त्यो घरको सबै झ्यालहरु बन्द हुन्थ्यो/ त्यो घरमा पहिला त् पसल कवलहरु थिय/ तर ती सबै कवलहरु त्यो पाण्डे नमरुञ्जेल बन्दै रहे/ कसैलाई भाडामा पनि दिंदैनथ्यो/ उसको श्रीमतिले कहिले काही झ्याल खोल्थिन,तर अनुहार कसैले नदेख्ने गरि/ सार्हैनै राम्रै थिइन् भन्थे देख्नेले/ यसरि आफ्नी श्रीमतिलाई लुकायर सुरछित राखेको कारण चाहि त्यो पाण्डेको घरको महिलालाई उहिले राना सरकारले उठायर लगेकोले हो भनिन्छ/

    Reply
  40. devendra says:
    May 10, 2013 at 10:24 am

    …….रास्ट्र पति, सेना पति, पशु पति, सभा पति, परमाधि पति, आदि इत्त्यादी चै कस्तो पति हुन् त????

    Reply
  41. man limbu says:
    May 10, 2013 at 10:22 am

    बुदा नम्बर ४ मा पर्छु कि क्या हो??

    Reply
  42. SURENDRA hongkong says:
    May 10, 2013 at 10:21 am

    जस ले यी सब कु काम र कु कर्म गर्छ त्यो मेरो नजर मा ”पानी मरुवा, हुति हारा” लोग्ने हो/ अर्का कि छोरी चेली लाई स्वास्नी बनाए पछि उस लाई आदर र सत्कार गर्नु पर्छ भन्ने पनि सोच्ने गर्नु मेरो ख्याल मा उत्तम हो कि जस्तो लाग्छ/र म तपाई ले दर्साएको कुनै पनि नम्बर मा न पर्ने एक अशल पति मा पर्छु/

    Reply
  43. prajol says:
    May 10, 2013 at 10:18 am

    स्त्रीलम्पट पति, सानो छदा पनि केटि को पछि लाग्ने र बूदो हुदा पनि स्त्री कै पछि लाग्ने, उसको लागि स्त्री बय्हेक आरु कै छैन भन्ने पति …… स्त्रीलम्पट पति

    Reply
    1. Tenzing Gaba says:
      May 10, 2013 at 10:23 am

      उदाहरण :
      कामरेड प्रकास

      Reply
    2. dhan says:
      May 10, 2013 at 11:28 am

      मेरो दाई येही वर्गमा पर्नु हुन्छ. बुडो भै सक्यो. तेस्रो बिबाह गरेर पनि अझै आफुलाई सलमान खान सम्झिनु हुन्छ, बानी बेहोरा अल्लारे अनि बाउ आमालाई वास्ता नगर्ने र खाली स्त्री पछाडी हिड्न रुचाउने. र एउटा महत्व पूर्ण चाही छुटेछ लिस्ट मा – ” जोइतिङ्ग्रे”.

      Reply
  44. resham says:
    May 10, 2013 at 10:04 am

    -तानाशाही पति.
    -प्रतिगामी पति
    -प्रजातान्त्रिक पति
    -क्रान्तिकारी पति
    -अतिबादी पति
    -सभा को पति
    -राष्ट्र को पति
    -श्रीमतीको पति
    हे हे हे अरु पनि के के हो के हो

    Reply
    1. resham says:
      May 10, 2013 at 10:10 am

      -जुवाडे पति
      -ट्वाटे पति
      -लाख पति
      -करोड पति
      -रोड़ पति
      अरु पनि छन् कि हे हे हे
      पति भन्ने कुरा कति हो कति यो संसारमा .

      Reply
  45. Bibek Dhakal says:
    May 10, 2013 at 10:03 am

    ” जोइटिङ्ग्रे पति ” खै त लिस्ट मा?

    Reply
  46. bijaya says:
    May 10, 2013 at 9:57 am

    आफ्नो त बिहे नै भा छैन कुन म परिन्छ हेर्न बाँकी नै छ

    Reply
  47. manju says:
    May 10, 2013 at 9:56 am

    ९ किट किटे पती :
    ओहो आजकल वाइफाइ र स्माट फोनको जमनामा सभा समारोह होस या पारिवारिक भेटघाट वा पार्टी सधै आफ्ना औंलाहरु मोबाइमा किट किट गरी बस्ने, वरिपरिका साथी भाइहरुलाई वास्त नगर्ने किट किटे पति

    १० भिडिओ गेम एडिक पती : टेक्नोलोजिले फड्को मारेको समयमा यस्तो पती पनि जता ततै देख्न पाइन्छ है । ल्याप टपमा अरु काम छोडेर रात दिन भिडिओ गेम खेलेर श्रीमतिलाई दिक्क पार्ने भिडिओ गेम एडिक पती , अहो यस्तो पतिको चाही उपचार छैन है । बरु गजरिया पति, जडिया पती लाई ठीक पार्न सकियला तर ….

    Reply
  48. hosprasad says:
    May 10, 2013 at 9:52 am

    बानि ब्यहोरा सिध्धिएको पत्निको पछाडि मुसा जस्ता लाग्ने हुतिहारा पति चै खै नि ।

    Reply
    1. Tenzing Gaba says:
      May 10, 2013 at 10:26 am

      अस्ति सम्म त् “बालुवाटार क्वाटर” मा बस्थे आजभोलि चाही थाहा भएन
      गोर्खा तिर गए कि ?

      Reply
  49. ichiro says:
    May 10, 2013 at 9:48 am

    म चाही लास्ट नम्बर ८ को परेछु

    Reply
  50. tillu says:
    May 10, 2013 at 9:38 am

    आफु त पानीमरुवा पति परियेछ येस्तै हो जिन्दगि. ….

    Reply
  51. Raju Rana - Mahendra says:
    May 10, 2013 at 9:36 am

    होइन कति हास्न्या भन्या मलाई त सारै हासो लग्यो….खोइ खोइ कुन लम्बर मा परे हुम्ला –श्रीमतीलाई सोधेर लियर आम्छु है त

    Reply
  52. Binod Poudel, Jhapa says:
    May 10, 2013 at 9:29 am

    ९. हुतिहारा पति – आफ्नी श्रीमतीलाई कहिल्यै तृप्त पार्न नसक्ने अनि झोक्राएर अर्को तर्फ फर्किने लाक्षी पुरुष हरु यो अन्तर्गत पर्दछन
    १०. यस कुमार पति – श्रीमतीले जे जे भने पनि सधै yes yes मात्र भनि रहने, समय अनुकुल निर्णय गर्न नसक्ने अनि आफ्नी श्रीमतीलाई आफ्नी आमा सग सामंज्यसता गराउन नसकी जन्म दिने आमालाई समेत वास्ता नगर्ने अबस्थामा पुर्याउने महान पुरुष हरु यो अन्तरगत पर्नु हुन्छ
    बाकि पछि थपौला

    Reply
    1. Aakar Bhushan Nepali says:
      May 10, 2013 at 10:45 am

      आमा पनि त हेर्नको हुन्छन नि साथी | जन्म दिने भन्दैमा मट्टीतेल खन्याएर बुहारी मार्ने आमाहरुलाई चाहिं के भन्ने नि ? सबै कुरा सापेक्ष हुन्छ साथी |

      Reply
  53. शशांक लामा, न्युयोर्क says:
    May 10, 2013 at 8:36 am

    लु म धेरथोर रुपमा ८ लम्बरमा पर्दो रहेछु| खुशी नै लाग्यो! यहाँ न्युयोर्कमा ३ लम्बरे पति पनि देखेर ल्याएको छु|

    Reply
  54. Paru says:
    May 10, 2013 at 8:32 am

    साचै भन्नु पर्दा पत्नी लाई माया तथा सम्मान दिने पति त “अलौकिक” वर्ग मा नै परिसके जस्तो छ आजभोलि. जति सुकै पढेलेखे भनौदा, विदेश मै बसेका हुन् या स्वदेश मै राम्रो खानदानी कहलिएका पुरुष हुन् धेरैले पत्नी लै गर्ने बेबहार सारै निम्न प्रकार कै हुन्छन. संगै office बाट फरेको श्रीमान श्रीमती मध्ये श्रीमती ले थकाई नभनी चिया-पानि टकरौना पर्ने नभए “जागिर खाएर निहु खोजेकी” भनि झर्किने र फर्किने, उस्तै महापुरुष परेछ भने त श्रीमती लै भकुर्ने श्रीमान जमात को नि कमि छैन आजभोलि.

    अचम्म को कुरो त भगवान, महापुरुष वाणी चाही स्त्री कस्तो हुनु पर्छ, कस्तो बेबहार गर्नु पर्छ भन्ने कुरा मा मात्रै हुने केन्द्रित हुने गरेको मा महेश जी ले सारै राम्रो (observation) गरि घत लाग्ने पति बर्णन गर्नु भएको मा धन्यबाद .

    Reply
    1. jeevan says:
      May 10, 2013 at 8:53 am

      पारु जी सबै एउटै हुँदैनन् ….. अहिलेको जमानामा पति ब्रता बन्न खोज्नु भयो भने त हेपी हाल्छन नि … रुडिबादि सोचाइबाट माथि उठेर केटि हरु ले आफ्नो पहिचान आफै बनाउन जरुरि छ हाम्रो नेपालमा///
      पति ले पालेन भने भोकै मरिन्छ भन्ने सोच्ने र पति को जतिसुकै यातना पाए पनि तलाक नदि यातना सहेर बस्ने नारी को पनि त कमि छैन हाम्रो नेपाल मा!

      Reply
  55. Deepak Dangal says:
    May 10, 2013 at 8:30 am

    वाहियात लेख महाशय, मुखमा जे आयो तेही लेख्ने जुर आर्टिकल
    अब देखि फेरी लेख्ने कोशिश नगर्नु होला .

    Reply
    1. Paru says:
      May 10, 2013 at 9:09 am

      तेही त दंगाल जी, जे मुख मा आयो तेही लेख्ने? आठौ प्रकार को पति नि कहिँ देख्न सुन्न पाहिन्छ र आजभोलि ! लेखक ले क्या झुर लेख्या है , सातौ प्रकार मा कलम को बिट मार्नु पर्ने!

      Reply
    2. shashi says:
      May 10, 2013 at 9:41 am

      दीपक जी,

      किन मन परेन लेख? कि तपाई पनि माथि १ देखि ७ नम्बर सम्म किसिमका पति पर्नुभो जस्तो छ नि.. त्यसैले लेख वाहियात लाग्न गयो तपाइँ लाइ |
      मैले त महेशजी को उक्त लेखाइलाइ सारै समसामयिक देखे | हाम्रो समाजमा यस्तै पतिहरु नै प्रशस्त देखेको छु |

      Reply
    3. Ramesh Bhandari says:
      May 10, 2013 at 9:56 am

      आफुले लेख्न जान्नु पर्यो नि / उपमा दिन मन लाग्यो/ ……..खै के ले हो आफ्नो घर पनि बनाउदैन र अर्काको पनि बिगारी दिन्छ भन्थे बुढापाकाले सोहि पाराको कुरा जस्तो लाग्यो मलाई त !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!

      Reply
    4. Aakar Bhushan Nepali says:
      May 10, 2013 at 10:47 am

      Deepak जी लाई यो लेखको झटारो नराम्रो संग लागे जस्तो छ |

      Reply
  56. Rupesh says:
    May 10, 2013 at 8:29 am

    सहि कुरो प्राय हामी पुरूष नम्बर एक देखि सात सम्मकागुणले सुसज्जित छौ 😀 अनि घर-ज्वाई पति चाहि छुटे जस्तो लाग्यो ।

    Reply
    1. shashi says:
      May 10, 2013 at 9:45 am

      रुपेश जी,

      घरज्वाइ त पति भयनन नि | उनि त मुख्य रूपमा जुवाई परे | जुवाई का प्रकार भन्ने हो भने चाही उनिलाई संकेत गर्न मिल्छ तर यहाँ त केवल पतिको मात्र प्रकार देखाइएयको हो |

      Reply
  57. Sumn sangroula says:
    May 10, 2013 at 8:28 am

    म अलौकिक पति !

    Reply
  58. योगेश आदी says:
    May 10, 2013 at 8:28 am

    म त बुढीको कमेन्ट आउला कि भनेर पर्खिराको छु ! आफैले त के म एस्तो भनेर भन्नु हो गाँठे !!

    Reply
    1. द्रोण says:
      May 10, 2013 at 9:20 pm

      तपाइँ पनि ८ नम्बर कै हो |बुढी लाइ उचित सम्मान दिनु परिभाषा अनुसार ८ मै पर्छ |

      Reply
  59. तेन्जिंग गाबा says:
    May 10, 2013 at 8:26 am

    आफ्नो त् “प्रकार” नै छैन भनेर आत्तिसकेको थिए, धन्न “लास्ट” मा रहेछ, ढुक्क भए /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme