-विरोध कट्टेल-
एमाओबादी निकट ब्यापारी तथा प्रचण्डका दाहिने हातको रुपमा चिनिएका अजय सुमार्गीले हेलो नेपालबाट कर्मचारीहरुलाई बलजफती धम्कीपूर्ण तरिकाले पत्र पढ्न पनि नदिई स्वेच्छिक अवकासको आशयको पत्रमा हस्ताक्षर गराएका थिए। त्यो पत्र त्यस बेला पढ्न नदिए पनि अहिले आन्दोलनको क्रममा गोप्य रुपमा हेलो नेपाल भित्रबाट नै बाहिर आएको छ ।
बहुराष्ट्रिय कम्पनि टेलियासोनेराले सन् २०११ मा गैर कानुनी तरिकाले नेपाल स्याटलाइट टेलिकम(हेलो नेपाल)मा ७५ प्रतिशत लगानी गरेपछि गत जुन २०१२ देखी उक्त कम्पनिमा कार्यरत कर्मचारीहरुलाई बलजफति धम्की पुर्ण तरीकाले निष्कासन गरेको थियो । जुन क्रम अझै जारी छ । टेलियासोनेराले आफ्नो साझेदारी लगानी रहेका अजय सुमार्गीलाई प्रयोग गरेर कुनै जानकारी विना कार्यलयमा थुनेर विना मितिको पत्रमा हस्ताक्षर गर्न लगाएको थियो । पत्र हेर्नुस् कस्तो व्यहोराको थियो
कर्मचारीहरुलाई थुनेर धम्की दिएर निस्कासन गर्ने तर पत्रमा चाहीँ आफ्नो मन खुसी राजिनामा गरेको हो भनेर लेखेको छ । आ-आफ्नो काम गरीरहेका कर्मचारीहरुलाई बोलाएर एक्कासी भोलि बाट हामीलाई कर्मचारी चाहीदैन यहाँ हस्ताक्षर गर्नुस, नगर्ने भए भोलि बाट अफिस भित्र छिर्न पाउनु हुदैन भनेर धम्की दिएर हस्ताक्षर गर्न बाध्य बनाएको थियो । तर पत्रमा भने २०६८ साल वैशाख २० गते कम्पनिले Golden Handshake अन्तर्गतको VRS योजना प्रकाशीत गरेको कुरा समेत लेखेको रहेछ । कम्पनीले न यो योजना प्रकाशीत गरेको थियो न कुनै जानकारी नै थियो । हस्ताक्षर गर्नलगाएको पत्रमा कुनै मिति थिएन । अझ आश्चर्य जनक कुरा त आफुले नै मनलागेर राजिनामा गरेको लेखेको छ तर कुन पद वाट राजीनामा गरेको त्यो चाहिँ खालि छ । वलजफती कोठामा थुनेर धम्की दिएर हस्ताक्षर गराएता पनि पत्रमा भने आफु खुसी राजिनामा गरेको हो भनेर लेखेको रहेछ । थाहा छैन खाली राखेको ठाँउमा सुमार्गीले कुन मिति आफैले भरे ।
यहि पत्र बाट थाहा हुन्छ की सुमार्गीले कति धम्की दिएका थिए जुन धम्की बाट डराएर कर्मचारीहरुले प्रायः खाली पत्रमा हस्ताक्षर गर्न बाध्य भए ।
यस्तो अन्याय पुर्ण तरीकाले निकालिएका कर्मचारीहरु सँगठीत भएर ससम्मान पुनर्वाहलीको माग राखी आन्दोलनमा उत्रीए पछी आन्दोलन भाँड्ने मनसायले सुमार्गीले कतपय कर्मचारीहरुलाई अरु कुनै ठाँउमा जागीर लगाइदिने आश्वासन दिएका छन् । एक दुई जनालाई फेरी १०-१५ दिनको क्नट्रयाक्ट गरेर काम गर्न पठाएका पनि छन् । जति पनि कन्ट्रयाक्टमा फिल्डमा पठाएका साथीहरु छन् उनिहरुले पाउनु पर्ने फिल्ड भत्ता पनि दिइएको छैन ।
टेलियासोनेरा द्दारा सँचालित हेलो नेपालमा अजय सुमार्गीको प्रयोग गरेर करीव ८७ जना कर्मचारीहरुलाई बलजफति धम्की पुर्ण तरिकाले निकालेको विरोध श्वरुप कर्मचारीहरु सँगठीत भई आन्दोलीत भइ रहेका छन् ।
Why people are mixing the workers problem in Sumargi’s company with Prachanda? Do anyone have proof that Sumargi and Prachand have joint venture company? I would like to request to bring for public notice to such evidence in any can produce.
बलराम जी को कमेन्ट पढेँ । उहाँ उहाँले बिकसित देशको श्रम कानूनको ब्याख्या गर्दै तिमीहरुलाई एक महिना पहिलाको नोटिश दिएर अनि एक महिनाको थप तनाखा दिएर निकालेको भए सहि हो भनेर ब्याख्या गर्नुभएको रहेछ । उहाँले बिकसित देशको हवाला दिएर लेखेको यो झुठ कुरालाई मैले सहन सकिन र साथिहरुको जानकारिको लागि बिकसित देश फ्रान्समा श्रम कानूनमा रहेका केहि बुँदाबारे जानकारी गराउँछु ।
• कुनै निश्चित तोकिएको समयलाई मात्र कर्मचारी राख्ने हो भने दुइ बर्ष भन्दा कम समय सीमा तोकेर अस्थाइ अनुबन्धन पत्रमा सिग्नेचर हुन्छ काम दिने र काम गर्नेको । तर दुइ बर्ष भन्दा बढी अस्थाइ पदमा राख्न पाइँदैन । राखे त्यो पद स्वत स्थाइ हुन्छ ।
• अस्थाइ पदमा नियुक्त गरिएको छ भने महिनाको पाँच दिन उसको परिक्षण काल हुन्छ । परिक्षण काल काटेपछि सितिमित कामदारलाई निकाल्न पाइँदैन । निकाल्न यो अर्थमा पाइन्छ कि उसले साँच्चैनै पदिय मर्यादा बिपरीत एकदमै ठूलो गल्ती गरेको छ भने । नत्र टोलरेन्स गर्न सकिने गल्तीहरु छन् भने उसलाई लिखित चेतावनी दिने, काममा एक दुइ घन्टा उपस्थित हुन नदिने , एउटा पदमा काम गर्नेलाई अर्को पदमा पठाइदिने सम्मको जरिवान दिइन्छ ।
• कुनैपनि पदमा स्थाइ नियुक्ती भएपछि बढीमा दुइ महिना परिक्षण काल हुन्छ । तर अधिकृत या सरकारी कर्मचारीका हकमा लामो पनि हुन सक्छ । यो परिक्षण काल काटेपछि पदमा रहेको मानिस निकाल्ने कुरै आउँदैन । उहि माथि नै मैले ठूलो गल्तीको कुरा गरेको छु । यस्तो ठूलो गल्ती रहेछ भनेमात्रै निकाल्ने हो ।
• तर कुनैपनि उद्योग या इन्टरप्राइजेजहरु पैसा नभएर टाट पल्टियो भने कर्मचारी निकाल्न पाइन्छ । तर क्षतिपूर्ती दिनुपर्छ । यसमा बेस्सरी नेगोशिएसन हुन्छ ।
• अस्थाइ काममा सँलग्न छ भने उसको अनुबन्धन पत्र समाप्त भएपछि उसलाई पनि क्षतिपूर्ती दिनुपर्छ । क्षतिपूर्तीको रकम कूल तलबको १० प्रतिशत हुन आउँछ ।
• कुनैपनि काम बाट निकाल्न परेको खन्डमा एक महिनाको बढि तलब दिएर निकाल्ने भन्ने कुरा आउँदैन । उसको सँचित बिदाको रकम पुरै दिनुपर्छ । तिन बर्ष भन्दा बढी काम गरेको अबस्थामा निकाल्नुपर्दा तीन महिना तलब बराबरको क्षतिपूर्ती दिनुपर्छ तर यो भन्दा कम्ती काम गरेको भए निकाल्दाखेरी गरिने नेगोसिएसनमा भर पर्छ ।
• साहुले कामबाट निकाल्ने हो भने दुइ महिना अग्रिम नोटिश दिनुपर्छ तर तीन बर्ष भन्दा बढी काम गरेको भए तिन महिना पहिला नोटिश गर्नुपर्छ र यो नोटिश अबधिमा पनि निश्चित समय बाहिर काम खोज्न जानकालागि दिनुपर्छ ।
थुप्रै कुराहरु श्रम कानूनमा भएपनि मैले सबै उल्लेख गर्न सक्दिन यहाँ । तर तपाइँले दिएको क्लज सरासर झुठ्ठा छ । यदि तपाइँले सहि जानकारी दिन चाहनुहुन्छ भने कृपया कहाँको कानूनको हवाला दिनुभएको हो लेख्नुहोस । हामीपनि पढेर भनौँला । तर यो सुमार्गीले सरासर कर्माचारीहरुमाथि बेइमानी गरेको हो । दील खोलेर ति कर्मचारीहरुको पुन स्थापनाको आन्दोलनलाई समर्थन गरौँ साथी हो । कसैको हनुमान बन्नुभन्दा पहिला उसको उदेश्य बुझौँ ।
अन्जली जी मैले एङ्ग्लिश कमन ल को कुरा गरेको हो ! र त्येसैको आधार मा कुरा गरेको हो ! मलाई तपाई को तर्क पनि ठिकै लाग्यो यो माने मा कि “दुइ बर्ष भन्दा कम समय सीमा तोकेर अस्थाइ अनुबन्धन पत्रमा सिग्नेचर हुन्छ काम दिने र काम गर्नेको” मात्र काम गर्ने को हक मा साथै यो पनि बुज्नुस अन्जली जी काम गराउने का पनि केहि नियम हुन्छन अनि रोजगारी सिर्जना गर्ने लाइ केहि सुबिधा हरु पनि कानुन मा दियियेका हुन्छन !यो प्राय सबै देश हरु मा नै हुन्छ !मैले फ्रान्स को इनिसियल रुप मा श्रम कानुन त पढेको छैन ! येश बारेमा ध्यान आकर्सन गराउनु भो हजुर लाइ धन्यबाद !हजुर लाइ एउटा सुझाब के दिन्छु भने त्येहा को कर्पोरेट ल, कमन बिजनेश ल तिर पनि समय पुगे ध्यान दिनु होला , कम्पनि टाट पल्टिनु र कम्पनि बन्ध हुनु मा कानुन को हक मा धेरै ठुलो भिन्नता छ र यश का कानुनी उपचार पनि छुट्टा छुट्टै छन् !
यहा हरु को केश मा यहा हरु पहिला काम गर्न जानु भयो तर कुनै लिखित कागजात बिना !
काम छाड्नु भयो लिखित कागजात सहित ! उहा हरु ले भन्नु हुन्छ जबर्जस्ति निकाल्यो भनेर ! कागज मा के लेखिएको थियो भन्ने उहा हरु लाइ थाहा थिएन ? या त्यति बेला पैसा लिएर त्येहा सहि गर्नु भो ? यहा कुरा बुझ्दा न त काम गराउने को नियत नै ठिक देखिन्छ र न काम गर्ने को !तर कानुन को आखा मा यो आन्दोलन (भांडभैलो) लाइ उचित देख्न सकिदैन ! हुन त मलाई एस्तो कुरा मा डिबेट गर्न छैन ! मलाई कसै को हनुमान बन्नु पनि छैन ! जब देश को भूगोल, समाज, संस्कार अनि राजनीति ले देश मा टिक्न नसक्ने बाताबरण गराउछ ! त्येस्तो देश मा कोहि कसै को हनुमान बन्नु को के अर्थ? मेरो सवाल मा भन्नु हुन्छ भने जिन्दगि को ३१ वर्ष मा म देश मा मुस्किल ले १६ वर्ष मात्र बसे म जस्ता लाइ हजुर का प्यारा नेता हजुर का प्यारा कर्मचरी जबर्जस्ति काम पाए प्यारा ब्यापारी नपाए ठग हरु को हनुमान बन्नु को के तात्पर्य ? कुनै समय मा हनुमान बन्ने हरु को नै आज यो दुर्दर्सा यहि ब्लग मा पढ्न पाइयाछ !
Mme. Anuradha, हजुरले फ्रान्सको उदाहारण दिएर सबै विकशित देशहरुमा “श्रम-मैत्री ” कानून छ भनेर जेनरलाइज गर्न खोज्नुभाको रहेछ तर यहालाई अवगत रहोस २००९ को विस्वब्यापी मन्दी को बेला अमेरिका र वेलायत जस्ता विकसित देशहरुमा समेत १ महिनाको छोटो नोटिसको भरमा उनीहरुकै कैयौं नागरिकहरुले जागिर बाट हात धुनु परेको थियो. सायद फ्रान्स अलि बढी नै श्रम लै सम्मान गर्ने देश भएर होला या मन्दी को असर त्यहाँ नपरेर हो, तपाइले त्यो अनुभव गर्नु परेन .
कुनै पनि कुरा लाइ जायज नाजायज कानुनी गैर-कानूनी भन्नु भन्दा पहिला सोको पृष्ठभूमि र अवस्थालाई पनि एकपल्ट मुल्यांकन गर्न जरुरि छ.
हजुरलाई कत्तिको थाहा छ Mme., यहाँ प्राइभेट कम्पनीमा जागिर खोज्ने इन्जिनियरहरु – चाहे कनट्रयाक्ट गरेका हुन् या नगरेका – त्यो कम्पनि मा कम्ति मा एक वर्ष पनि टिक्ने मनसाय राखेका हुदैनन्. राम्रो अवसर पायो भने चटक्कै १ महिने वा १५ दिन को नोटिस दिएर ताप कसिहल्चन. याहा मैले खाली तलब बेलामा नदिने र शोषण गर्ने ठेकेदार कम्पनि को मात्र कुरा गरिरहेको छैन बल्कि नाम चलेको र समयमै तलब दिने “एन जी ओ” , प्राइभेट कम्पनी वा इञ्जिनियरिङ्ग कलेज को “staff turnover” ( कर्मचारी फेरिने दर) यदि हेर्ने हो भने तपाइँ आफै छक्क पर्नु हुन्छ. के कर्मचारी ले चाही बिचैमा छोड्दा त्यो कम्पनी वा कलेज लाइ चाही अन्याय गरेको हुन्न? उनीहरुलाइ नया मान्छे राख्दा र काम सिकाउदै अर्को १-२ महिना बित्छ.
मैले यसो भैरहदा सुमार्गी को समर्थन वा विरोध जो को “विरोध” गरेको पक्कै हैन. मैले खाली एउटा प्राइभेट कम्पनीको जागिर को बारेमा सानो कुरा औल्याएको मात्र हो. नेपाल मा एउटा चित्त नाबुझ्दो के छ भने याहा खाली तल्लो, पिछडिएको , कम्जोर भनेर सहनाभुती राखिन्छ, उनीहरुको पक्षमा बोल्ने मात्र हुन्छन . एउटा मोटरसाइकल ले आइ.एन.जी.ओ को गाडी लै पछाडी बाट हानेर त्यो मोटरसाइकलको हेडलाइट फुटे सोहि एन जी ओ ले बेहोर्नु पर्ने हुन्छ. त्यो गाडी कुच्चेको मोटरसाइकलले तिर्ने त परे जाओस. एउटा घरमा काम गर्न बसेको केटोलाई राम्रै तलब दिएर पढेर लेखाएर राखेको अवस्थामा सो केटाले कुनै कुरा कुरा बिराएमा/सामानहरुको दुरुपयोग गरेमा र घरवालाहरुले गालि गरेमा -अनि त्यो केटाले चित्त नबुझेर सो घरवाला विरुद्द सोषण गरेको उजुर गरेमा सहनाभुती त्यो केटा पट्टि नै हुन्छ- न कि त्यो “धनि” परिवार पट्टि …किनकि जे जस्तो अवस्थामा पनि हामिमा पृष्ठभूमि नबुझी गरिब, पछि परेको, अशक्त हरु पट्टि सहानुभूति राख्ने बानि छ!!
कुनै बेला श्री ८ गिरिजा बाट पनि यो भन्दा बडी अत्याचार थियो भने नबिर्सनु होला | तर यसको मतलब यो होइन किन प्रचण्ड ले जे गरि रा छ त्यो ठिक हो, तर त्यसको शुरुवात भने श्री ८ गिरिजा प्रसाद को राज बंस बाट शुरु भएको हो, जुन अहिले सम्म प्रचलन मा छ | किन भने श्री ८ क बम्सज श्री श्री श्री झुसिल कोइराला पनि बाबु राम सिट मलाई कुर्सि छाड भन्दै छन्
श्री ६ प्रचण्ड बीर बिक्रम पुष्पकमल दहाल सरकारको आसिर्बादले यो देशमा जे पनि गर्न सकिनछा भन्ने उदाहरण हो यो सबैको जानकारी भया/
Some telecom companies in Nepal have opened for entirely different purpose to serve the vested interest of their owners. In the beginning, the owners, along with corrupt politicians and civil servants, will grab the ever precious frequency in the value of nuts. Then they pretend to operate their service and company by doing some menial jobs of setting up basic things and equipments for communication. Then all they do is scout or goat some multinational telecom to for multibillion take over.
Actually this whole thing is a set up and syndicate by these politicians and some business man to capitalize on the frequency sale.
हेर साथी, सुमार्गी, प्रचण्ड, बाबुराम सबको वास्तविक अनुहार देखिसकियो | अव जे भो भो , न त यी कांग्रेस-एमालेका टपरटूंयाले केही गर्छन | त्यसैले अब चुप्प्प लागेर नयाँ जागिर खोज कि तानाशाहलाई पुकार,देश बच्ने शर्तमा |
यो गलत कदम को सबैले बिरोध गर्नु स्वभाबिक हो / तर सुमार्गी लाई कारबाही गर्न कसले सक्ने ? किनकी आज देश बनाउछू भन्ने प्रचण्ड, सुमार्गी जस्तो ब्यापारीको पैसाको दास भएर पुरै देश को कानूनलाई आफ्नो मुठीमा राखेको समय छ / अहिले तपाईहरुलाई गर्न चाहे बैध्य पक्ष ले सहयोग गर्न सक्छ तर उनिहरुले पनि तपाईहरु को सेंटीमेंट लाई सुमार्गी संग बारगेनिंग गर्ने अस्त्र को रूप मा लिन सक्छन। अली अली लेनदेन मिलेपछि बैध्य बा हरु पनि चुप हुन्छन् / तेसै ले तपाई हरु को समस्या समाधान हुन गारो छ।
डाँकाहरुले मात्र गरिखाने देशमा अरु के भन्नु र खोई ? जताततै डाँका र तिनका दलाल मात्र देखिन्छन | सोझा-साझा मानिसले आशा गर्ने अलिकति मात्र ठाउँ भएपनि केहि भन्नुको तुक हुन्थ्यो | त्यो पनि नभएपछि बोल्नुको के अर्थ रह्यो र |
आन्दोलन के को लागि हो प्रस्ट भएन l
येदि केहि दिन पहिले को सम्बन्धित ब्लग अनुसार, आस देखाएर काम लगायो, अहिले आस पुरा भएन भन्ने हो भने, तेस्को बिरोध को कुन तुक छैन l कुनै पनि लिखित कागजात बिना, मौखिक आस्वासन र मौखिक भबिस्यको आशा मा फोकट मा अर्काको काम गर्नु हुन्न थियो l सुमार्गी को मौखिक आस्वाशनको बिरोधमा अदालत वा अरु कुनै कानुनी उपचार छैन l
माथि बलाराम मित्र ले भनेको जस्तै – येदि नियुक्ति पत्रमा उल्लेख भए अनुसार को स्केल बमोजिम कुनै दिनको तलब दिन बाँकी रहे सुमार्गी ले नाक को चालले फ़र्स्येउट गर्नु पर्छ. तेस्को लागि कानुनी उपचार को बाटो होला .. जागिर बाट निस्कासन गर्दा पूर्व निर्धारित कम्पनिको नीति नियम मिचेर, प्रि-नोटिस नदिई, वा तलब बक्यौता बाँकी रहेका जस्ता कुरामा बिरोध हो भने ठिकै हो .. तर जागिर बाट निकाल्नै पाइन्न, हाम्लाई जिन्दगी भरि जागिर चाहिन्छ भन्ने माग हो भने चै – अलिक ठिक लागेन. नेपाल सरकार को लोकसेवा पास गरेको लाइ बाहेक संसार भर यो नियम छैन.
विदेशतिर कुनै पनि बेला कम्पनि वा कामदार मध्ये एकतर्फी निर्णयले नै जागिर बन्द हुन्छ.. जागिर गुमाएर मान्छे घर बार बिहिन हुन्छन .. तर पनि आन्दोलन .. चक्काजाम .. आगजनी हुन्न. जागिर बाट निस्कासन स्वाभाविक प्रकिय्रा हो .
फेरी- लिखित नियम सर्त अनुसार मर्का मा हुनुहुन्छ भने लड्नुस, होइन भने खोइ के भन्नु .. नेपाल हो जे मन लाग्छ गर्नु होस्…
पुनश्च- म पनि भन सुन नहुदा अवसर नपाई बिदेसिएको हु .. मलाई सुमार्गी को बारेमा येही ब्लग पढेर थाहा भएको हो.
साथी धेरै पछि सुमार्गीको बारेमा थाहा पाउनु भा रहेछ…. यो मान्छे राजाको साशन कालमा राज बहादुरको पछि पछि हुन्थ्यो…. लोकतन्त्र पछि प्रचण्डको पछि पछि छ….. डाका हो डाका….
आफ्नो बुताले भन्दा भनसुन र सोर्स फोर्सले जागिर खाने प्रबृत्ति भनु कि बाध्यता भनु -ले गर्दा तपाइँहरुको यो दुर्दशा भएको हो | तर यसो भन्दैमा नाजायाज़ प्रलोभन देखाएर पाँच पाँच बर्ष सारै थोरै तलबमानमा काम लगाउने र मतलब पुरा भएपछि शक्तिको आडमा डर धम्कि देखाएर राजिनामा गर्न लगाउने त्यो सुमार्गी नामधारी कुमार्गी अनि यसका मतियार स्वदेशी प्रभुद्वय प्रचण्ड एंड महरा कम्पनिलाइ जति भर्त्सना गरेपनि कम हुन्छ | तपाइँहरुको यो न्यायिक आन्दोलनमा हाम्रो नैतिक समर्थन छ |
बलराम भन्ने मित्र कुन अन्तर राष्ट्रिय कम्पनी को कुरा गर्दै हुनुहुञ्छ? if a company ask the employee to leave the company, company gives huge compensation not one month notice and one month salary, this happens only when company fires you if the company is not satisfied with your work.
अर्को कुरा साथि कुरा नबुझेर कमेन्ट नगरौ . what you know about the engineers in the hello nepal? I have seen the work of these guys, most of them college graduates and in a very short period of time they learned a lot and did a very admirable job. तपाई जागिर नपाएर बिदेश गएको होइन बल्कि नेपाल मा सेलरी कम पाउने भएर बिदेश गए जस्तो छ . पावरफुलको पावर बाट आउनेले त कौनसा हाई सेलरी पाएको थियो हेल्लो नेपाल मा ?यी यिन्जिनियर को लागि working in hello nepal was like a service to country, for the investors it was like how to sell the company and get the profit for themselves only not the employees and company.
But these guys worked hard with very low salary (NRS 9K, 10K) who were really shown nice dreams in the future….. what hello nepal had done to them is really pathetic
पहिले नै हस्ताक्षर गर्नुको साटो कानुनी लडाई लड्नु पर्थ्यो. त्यति सारो डर लागेर हस्ताक्षर गरेको हो भने फेरि त्यहि ठाउँमा कसरि नडराई काम गर्नु हुन्छ अब? जबर्जस्ती नै हो भने मुद्दा हाल्नुस, अनि आफु जागिर योग्य हो भने, अन्यत्र ठाउँ खोज्नुस. आन्दोलन गरेर जागिर खाने परम्परा हटाउनु पर्छ. यहाँ सब राजनीति भैराखेको देखिन्छ. प्रचण्ड होस् या बैद्य, माकुने होस् या रामचन्द्र, कसैको साथ् नाखोज्नुस, आफ्नो क्षमता मा बिश्वास राख्नुस.
किन सुमार्गीलाई सराप्छन हो नेपालीहरु ! हिम्मत छ भने प्रचण्ड लाइ ठिक पारन ! हुक्के, बैठके, ढोके चम्चेले ता मौलामा पो चौका हानेका ! त्यो कम्पनीमा को को ले तर मारेको छ त्यो खोज्न चैँ नलाग्ने खालि यस्तो गर्यो उस्तो गर्यो भन्दै सराप्दै बसेका छन ! किन प्रचण्ड र त्यो लाइसेन्स दिने संचार मन्त्रि चैँ दुधले नुहाएका छन ?
सुमार्गी भनेको प्रचण्डको पनि बाउ हो साथि, सुमार्गीले प्रचण्ड लाइ पनि बेचेर खाने हिम्मत गर्छ . सुने अनुसार प्रचण्ड को पैसा सुमार्गी ले ठुलो चलखेल गरेको छ, प्रचण्डले थाहा पाएर पनि केहि गर्न सकेको छैन .
मलाइ मान्छे चाहियो भने राख्छु अनि चाहिएन भने कति समय सेवा गरेको हो त्यो अनुसार केहि मैनाको पैसा दिएर विदा गर्ने सुलभ कानुन हुनु पर्दछ अनि पो प्राइभेट कम्पनीहरू पनि धेरै खुल्छन , अवसरको नि त्यति समस्या पर्दैन । जबरजस्ति जागिर दिनै पर्छ भन्नु गलत हो । बरू ६ मैना काम गरेकोलाइ १ महिनाको , १ वर्षलाइ २ महिना गर्दै जति धेरै सेवा गरेको छ त्यतिनै बढि बोनस दिएर विदा गर्ने नियम हुनु पर्छ ( उदाहरण ) ।
हाम्रो देशको यस्तो जबरजस्ति काममा राख्नु पर्ने नियम मलाइ कहिले पनि मन परेन । यस्ले निजि कम्पनीलाइ निरूत्साहित मात्र बनाउदछ ।
यो आन्दोलनलाई मेरो पनि पुरै समर्थन छ .. … कानुन मिच्ने अधिकार कसैलाई पनि छैन.. चाहे त्यो सुमार्गी होस् चाहे प्रचण्ड नै..
यो आन्दोलन उहाहरुको मात्र नभयर सम्पूर्ण नेपाली दाजुभाई हरु को नै भन्नु पर्ला कि, बुढी मारिन भन्दा पनि काल पल्क्यो भन्ने डर भने जस्तो, यदि गलत कुरा ले सफलता हात पर्यो भने यो नै रिति बस्न सक्छ |
सम्पूर्ण प्रमाण हरु संकलन गरेर त्यो सुमार्गी भन्ने कुमार्ग बुद्धि भएको ब्यापारीलाई सजाय हुनुपर्छ…
डाकाहरु पोसेर देश र जनताको सेवा गर्छु भन्ने तथाकथित बरिष्ट नेताहरु लाइ कसरि गालि गरूँ, मलाइ त चिच्याउन मन लागेको छ /
केवल नाम सुमार्गी . काम अध्वमार्गी .
आन्दोलनको शक्तिले अजेयलाइ पराजित बनाओस.
यदि तपाई हरु लाइ १ महिना पहिला नोटिस दिएको छ र एक महिना को थप स्यालरी दिएको छ भने हेल्लो नेपाल को कदम एकदमै सहि छ !किन भने अन्तर राष्ट्रिय नियम मा कुनै काम गरि रहेको कर्मचारी लाइ जागिर बाट निकाल्नु पर्दा एक महिना अगाडी नोटिस दिने र एक महिना को स्यालरी दिने(प्राय खुला अर्थतन्त्र भएका देश हरु मा यहि मान्यता कै वर पर नियम भएको पाइञ्छ ) ! बिस्व मा कुनै पनि अमुक कम्पनि ले कुनै अमुक व्यक्ति लाइ जिन्दगि भरि जागिर दिने ठेक्का लिएको हुदैन ! अझ प्राइभेट कम्पनि मा ! साथि हुन त तपाई लाइ जागिर गुमेको अवस्था मा दुख होला ! तर यहा फलानो र ढिस्कानो मा मेहनत गर्न भन्दा आफ्नो स्किल बढाउन र अन्य राम्रो जागिर खोज्न सुझाब दिन्छु ! मलाई तपाइँ हरु ले सुमार्गी को चम्चा पनि भन्नु होला तर साथि नेपाल मा हजुर जस्ता पावरफुल हरु ले पावर को बल मा जागिर ओगटे पछि बिदेशिन बाध्य नेपाली हु, सुमार्गी को हो कि कोमार्गी को बारेमा तपाई हरु कै लेख बाट जान्ने मौका पाए ! मेहनत, लगन, आत्मा विश्वास अनि काम प्रति कि दछता ले मात्र जागिर खाने कोसिस गर्नुहोस !
कम्पनि ले तपाई हरु को दछता लाइ अस्विकार गरेर राख्न नै चाहदैन भने किन जबरजस्ती गर्नु हुन्छ ? जबर्जस्ति ले जागिर पाइञ्छ ?
देश मा थोरै भए पनि तपाईजस्ता हरु बीच लगानी गर्न आट गर्ने लगानी कर्ता(कानुनी दयेरा भित्र रहेर लगानी गर्न हरु ) लाइ कुम्लो कुटुरो बोकाएर नखेदौनु होस् मेरो कामना तथा सुझाब येही छ आगे हजुरहरु कै मर्जी !
Hello Balaram Ji,
Good comments and initiation but poor insights, if you really talk about a month notice, there are certain things which we need to observe. I dont know what Nepali constitution rules but not any company can give immediate effect termination unless there is a major misconduct or breach of rules. If it is related to performance of job then the standard is to give three consecutive warning letters with full detials of what went wrong, the employee has to sign the same letters acknolwedging same. When there are three warning letters in employee’s personal file, and if a company stands to terminate the empployee, company would have two choices: hand over a termination letter to employee giving a month notice or hand over a termination letter with imediate effect but the must, gives a month remuneration as compensation and also continues to sponsor his/her visa for one month until he/she finds a job to transfer his/her visa, if accommodation was provided he/she shall stay for that month period too. Some companies ask the employee to submit resignation instead of giving termination letter just as gesture of goodwill.
Above are the normal international practices, since you mentioned, I thought of sharing few things. Now going back to our case in Nepal, we dont know what our constitution rules on this case. We also do not know about compensation provided henceforth. We cant simly judge living outside the country( including me) or talking without having to understand fully. May be the things done are fully complied with our rules and regulations! On that case victims( supposedly) are to protest against our current legislation not employer. But if things were done against rules and regulations, I fully support employees. What I would do as non victim stakeholder:
A. If there were contracted compensations given and terminations followed by warning letters or was due to major misconduct or breach of rules, I would say all victims, please start building up your Resume/CVs and looking for jobs with healthy competition and selection process.
B. If employer meets all requirement of Nepalese legislation(even if it is different than international standards and doesnt meet the international standards), I would say all victims stop maligning employer, you are barking at the wrong tree. This is not the place you get your justice. Leave him alone, give him a break!
C. If employer doenst comply with Nepal’s government rules then I am with all of the victims, I am ready to sign the petition if I were to. Lets sue this company and the owner.
D. If employer meets the Nepali’s government rules and legislation but the rules and legislation do not meet the international standard, again, I am with you guys, lets sign the petitions to protest this and call for change! But it is not gonna help your current case, we will be relieved after new legislatives from Government of Nepal.
Thanks
Pradip : dumb from far but far from dumb.
बलराम जी, तपाइले भन्नुभए जस्तै एक महिना अगाडी नोटिस दिने र एक महिनाको श्यालारी दिएर निकाल्ने कम्पनी हरुले पनि मिति बिना को लेटर मा मैले स्वैच्छिक आवकाश लिएको हु भनेर सिग्नेचर गर्न लागौछां कि? एस्तो त संसार को कुनै देशमा हुने जानकारी हामीलाई भएन. येदि सुमार्गी को यो कदम ठिक र न्यायेसंगत हुन्थ्यो त किन तेस्तो चिठी मा शहि गराउन जरुरि हुन्थ्यो? अदछ्य कर्मचारी भए कराण खुलाई काम बाट निकाल्न किन सकेन? अनि अर्को कुरा चाही, पावर लगाएर जागिर पाएका हरु भए अहिले सो पावर कता हरायो र एस्तो हुन पुग्यो? मान्न सकिन्छा कि कुनै कम्पनी ले कसैलाई जिन्दगि भरि जागिर दिने ठेक्का लिएको हुदैन, तर के कस्तो अवस्था मा जागिर बाट निकाल्न सकिन्छ पनि ब्याख्या गरिएकै हुन्छ. एस्तो अवस्था मा कानुनी बाटो बाट कर्मचारी निकाल्न जुनै कम्पनी ले पनि सक्छ. तर जसरि सुमार्गी ले निकाले, त्यो सतप्रतिशत गैर कानुनी छ. मेरो बुझाई चाही yehi ho
अन्जली जी मेरो निजि विचार मा त कुनै कम्पनि ले त्येसरी फाएर गर्छ भने मा जिन्दगि त्यो कम्पनि मा फर्केर हेर्दिन किन भने मलाइ मेरो स्किल थाहा छ र अर्को कम्पनि मा त्यो या त्यो भन्दा अझ राम्रो जागिर पाउन सक्छु भन्ने आत्मा विश्वास छ ! हो ४ महिना अगाडी मेरो पनि आफु ले काम गरि आएको कम्पनि मा सेलरी को बारेमा अन्बन भाको थ्यो अर्को कम्पनि ले धेरै अफर गर्यो उता गए फेरी पछि पुरानो कम्पनि ले त्यो भन्दा धेरै अफर गर्यो फेरी नया छाडेर पुरानै मा आए ! तपाई लाइ एउटा सुझाब के दिन चाहन्छु भने काम सुरु गर्नु भन्दा अगाडी कम्पनि संग कन्ट्रयाक्ट गर्नुस ! सेलरी के हो, बोनस दिन्छ कि दिदैन ?
बार्षिक बिदा (सरकारी बिदा बाहेक ) कति हो ? वोर्किंग हावर कति हो ? अनि कम्पनि ले निकाल्दा या आफै निस्किदा कुन प्रक्रिया बाट के कति सहुलियेत मा निस्कने ? यी यावत कुरा हरु तपाई जागिर सुरु गर्नु भन्दा अगाडी नै कन्ट्रयाक्ट पेपर मा साइन गर्नु भए को छ भने त्यो पेपर को आधार मा तपाई हरु को न्याय श्रम कर्यलाये या अदालत ले दिने छ !
तपाई हरु लाइ थाहै भएको कुरा हो २००८-९ मा आर्थिक मन्दी भए को बेला कति जना को रोजगारी खोसिएको थियो ! मेरो साथि जुन संसार को सबै भन्दा ठुलो मध्ये एक बैंक मा काम गर्थ्यो बिहान काम मा गएको मान्छे भरे फर्किदा हात मा एक महिना को नोटिस जसमा एक महिना को अग्रिम सेलरी पाउने र आजको मिति ले एक महिना को दिन मा काम बाट निकालिने थियो ! अब त्येश को लागि उसले पनि सडक तताउने ? तपाई हरु जस्तै नारा जुलुस र हुल दंगा गर्ने ? उस मा आत्मा विश्वास थियो ! अहिले एउटा लोकल बैंक मा काम गर्दै छ ! त्येहा को सेलरी पुरानो मा भन्दा अझ राम्रो छ !
त्येसैले भन्छन नि मौसम मनसुन को र जागिर भनसुन को – कहिले भरोसा हुदैन ! आफ्नो हात मा स्किल छ भने यसरि रुन्चे रुवाई गर्नु नै पर्दैन !
बलराम जी,
कुरा तपाई ले ठीकै गर्नुभएको छ तर पनि साएद तपाइंले नेपाल छोडेको धेरै भएर होला यता को वोर्किंग सिस्टम बारे अलि बेखबर हुनुहुन्छा कि जस्तो लग्यो. तपाइंले भन्नुभए जस्तो skilled manpower नेपाल मा धेरै कम छन्. भएका मध्ये पनि धेरै जना त “भनसून” को अभाव मा आफ्नो दछ्येता भन्दा तल्लो काम गर्न बाध्य छन्. अर्को कुरा नीति, नियेम येति कम्जोर छन् कि सुरु मा गरेको contract कम्पनी ले honour गर्छ नै भन्ने पनि छैन. एउटा उदारहण त देखिहल्नुभायो. येदि कुरा अदालत सम्म नै पुगे पनि decision को लागि कति कुर्नु पर्छ केहि ठेगान हुदैन. तेसैले नेपाल को सन्दर्भ मा कुनै developed country संग तुलना गरेर हुन्छ जस्तो मलाई लाग्दैन. देश मा चुस्त legal system पनि नभएको अवस्था मा पिडित को आवाज सम्बन्धित ठाउँ मा पुर्याउने एउटा माध्ययम येस्तै आन्दोलन नै हुन जान्छ. मैले यो भन्न खोजेको होइन कि येसरी आन्दोलन गर्नु ठिक हो, just एस्ता आन्दोलन किन हुन्छन भन्ने आफ्नो बुझाई राखेकी हुँ. तेसो त सबै खाले आन्दोलन गैर कानूनी नै हुन्छन. देश मा दुइ पल्ट भैसकेको जन आन्दोलन, माओबादी को so called जन बिद्रोह कुनै पनि legal थिएनन्. गैर कानून हो भनेर कहिले केहि नगरेको भए साएद संसार मा केहि परिबर्तन हुदैन होला. यो अवस्था मा चाही आफ्नो हक अधिकार को लागि आवाज उठाउनु कुनै रुन्चे रुवाई मात्र हो जस्तो मलाई लाग्दैन. के थाहा, सायद येस्तै रुन्चे रुवाई ले भोलि strong श्रम कानून बन्न मदत हुने हो कि. मनसून ले नभए पनि भन्सॊन ले खत्तम पार्न लागेको देश मा गतिलो सिस्टम बनाउनु चाही अत्यावश्यक भैसक्यो.
तपाईं को साथि को बैंक job experience को गहकिलो example दिनुभयो तर नेपाल का बैंक हरु मा चाही दछ्येता ले पद पाएका कति छन् र भनसून को कृपा ले बसेका कति छन्, त्यो थाहा हुनु पर्यो पहिला. तेस्पछि तपाई आफै भन्नुस यो सन्धर्भ मा आन्दोलन को विकल्प के हुन सक्छ.
बलराम जी,
तपाईको बिचारमा म पनि आसहामत छु र मलाई पनि मुख फर्काउन मन लाग्यो
१. तपाईले जसरि एङ्ग्लिश law गर्नु भयो तर एउटा कुरा याद गर्नुस कि एङ्ग्लिश कानुन नेपालमा लागु हुदैन अर्को कुरा अर्कोकुरा नेपाल स्याटलाइट टेलिकम multinational कम्पनी हैन, टेलियासोनेरा multinational कम्पनी हो एसले नेपाल स्याटलाइट टेलिकमको share किनेको हो तेसैले नेपाल स्याटलाइट company नेपालको कानुन अनुसार चल्छ न कि एङ्ग्लिश ल..
२. अर्कोकुरा “तपाई नेपाल मा हजुर जस्ता पावरफुल हरु ले पावर को बल मा जागिर ओगटे पछि बिदेशिन बाध्य नेपाली हु” भनेको कुरा एकदमै मनागढ़न्ते छ किनकी तपाईकै अर्को कमेन्टमा “जिन्दगि को ३१ वर्ष मा म देश मा मुस्किल ले १६ वर्ष मात्र बसे” अब १६ वर्ष को कलिलो ऊमेर मा तपाईले k कस्तो जागिर खोज्नु भयोर पाउनु भएन त्यो पनि अलि हासोलाग्दो भएन र !!!!
३. अर्कोकुरा तपाई पो हुने खाने परिवारको हुनुहुदो रहेछ र १५-१६ वर्षकै उमेरमा विदेशजाने सौभाग्य पाउनु भयो तर गरिब नेपालीको छोरो ले कहाँ बाट लाउने एकै चोटी १०-१२ लाख रुपैया कहाँ बाट देखाउने ४०-५० लाख रुपैया बैंकमा.
अनाम शर्मा जी,
विदेश भन्न ले एस एल सी पास गरे पछि म भारत बाट इन्टरमिडियट गरे !
बि कम पछि एल एल बि अनि एम कम गरे त्येश पछाडी भारत कै प्रतिष्ठित युनिभरसिटि बाट मेनेजमेन्ट को कोर्स सके पछाडी नेपाल आए जागिर खोज्न !
तर त्यो बेला या त राजाबादी ले जागिर पाउथ्ये यात माओबादीले !एउटा नेपाली बैंक का डाइरेक्टर ले त मुखै फोरेर भनेका थिए ! एक जना लाइ जागिर दिदा ४ जना को दुस्मन होइञ्छ भनेर !
जहा गए पनि केवल कता बाट आएको भनिन्थ्यो ! हरेश खाई म फेरी भारत फर्किए र त्येहा एउटा बिमा कम्पनि मा जागिर खाए, जुनियर अफिसर मा
काम गर्दै जादा विदेश को कम्पनि ले राम्रो अवसर र तलब दिने भए पछि मा विदेश तिर नै लागे ! येतै दत्त चित्त दिएर काम गर्दा अहिले आफुलाई राम्रै भए को ठान्दछु ! र अन्त मा हुने खाने को छोरा हुनु मा आफैलाई भाग्यसाली ठान्दछु ! ” नेपाल मा धनि लाइ गरिब बनाएर गरिब लाइ धनि बनाउछु” भन्ने मुर्ख मानसिकता को बिरोधि हु ! धनि लाइ धनि हुन दिएर नै गरिब लाइ धनि बनौन सकिन्छ !
नेपाल को कानुन ६५ % इंगलिस कानुन मै आधारित थियो ! अनाम जी नभए एक पटक कानुन को अध्यन गर्नुस
तपाईं हरुको न्यायिक लडाई को सफलताको लागि हार्दिक शुभकामना !!!
अनि अर्को कुरा, आफुलाई जागिर बाट निकाल्ने कम्पनी लाइ फर्केर हेर्ने वा नहेर्ने भन्दा पनि I think the issue here is त्यो कम्पनी को त्यस्तो अत्याचार सहने कि बिरोध गर्ने भन्ने हो. नियम संगत तरिका ले काम बाट निकाल्नु र सुमार्गी ले जस्तो जबर्जस्ति गैर कानूनी ढंग ले डर त्रास देखाई निकाल्नु मा आकाश जमिन को फरक छ. qualified मान्छे लाइ अर्को कम्पनी मा काम पाउनु ठुलो कुरा होइन तर जो बाट अन्याय भोग्नु परेको छ, तेस्लाई चाही येत्तिकै छोड्ने?
तपाँइहरुको आन्दोलन सफल रहोस । शुभकामना ।