-पंचम अधिकारी-
बुढापाकाको आशिर्वाद लाग्छ भन्थे, ठ्याक्कै हो रहेछ । म भुन्टे हुँदा दसैंको टीकामा गाउँ चहार्दा बाजेबज्यैको आशिश सुन्थें- सन्तानले डाडाँकाँडा ढाकुन् । नेपाली बाजेबज्यै पुस्ताको यस्तो आशिर्वादले अहिले युरोप, अमेरिका, अस्ट्रेलिया र एशियाभरि मात्र होइन अफ्रिका र ल्याटीन अमेरिकासम्म नेपाली फैलिएका छन् । संसार नेपालीले ढाकिँदै छ ।
संसारको जुन कुनामा पुगे पनि दसैं-तिहारमा घर फर्कने मनसुबा हुन्छ, सबै नेपालीको । काठमाडौंका नेपालीमा ‘गाउँ फर्क अभियान’ भए झैं विदेसका नेपालीमा ‘देश फर्क अभियान’ छ अहिले । अनि डाडाँकाँडा ढाकुन् भन्ने बाजेबज्यै पुस्ता घर फर्केकालाई भन्छन्- “नानी, यतै बसेस् ।”
हो, अब सबै प्रवासी नेपाली नेपाल मै रमाउनु पर्छ ।
नेपालका आर्यवंशी, मँगोलवंशी र तिनका बिचमा आउने सबै वंशी नेपाल फर्कनै पर्छ । नेपालका सन्तान-दरसन्तान नेपालै फर्केर मातृभूमी मै बस्नैपर्छ भनेर ‘नेपाल बन्द’ नै गर्नु चाहिँ नपरोस् है ।
धेरै सोचे पछि मैले पत्ता लगाएँ, नेपालीहरू नेपाल मै बस्नुपर्ने बुँदागत कारणहरू-
१, विदेसमा रहने नेपालीका निम्ति जीवन भनेकै काम हो । तर, नेपालमा कति मज्जा छ । अलिअलि काम हो, ज्यादा गफ चल्छ । अड्डा जानुस् वा कलेज, सँस्था चलाउनुस् वा ब्यापार, गफै गरेर खाने हो । नेपालमा गफै गरेर दिन जान्छ भने हाम्रो पसिनाले विदेशी भूमी किन सिँचित गर्नु ?
२, विदेसमा काम गर्नेले कति कमाउँछन् र ? अरबतिरकाले घर चलाउने हो, युरोप-अमेरिकातिरको खर्च काटेर महिनामा हजार-पन्ध्र सय डलर वा युरो कमाउने त हो । त्यो पनि वर्षमा एक पटक देश फर्कँदा प्लेन टिकट र उपहारले स्वाहा हुन्छ । काठमाडौंकासँग कुरा गर्यो भने करोड घटीका कुरा गर्दैनन् हिजोआज । काँग्रेस-एमालेका नेता हुन् रे करोडमा बिक्ने त । प्रचण्ड एण्ड कम्पनीले त लडाकूको पैसा र एन-सेलबाट अरबमा चक्कर चलाउँछन् रे । कसले भन्छ नेपालमा पैसा छैन ?
३, बडे राजाको शासन गयो । अब छोटे राजाको चल्छ नेपालमा । राजनीति गर्नुस, चक्कर चलाउनुस् । शानशौकत राजसी छ । एउटा पार्टीको अग्रणी नेता भएपछि जिन्दगीभर चलिरहन्छ । नगर र जिल्ला तहको नेता भए ‘नवसामन्त’, राष्ट्रिय स्तर मै पुगे ‘छोटे राजा’ । राजनीतिमा सफल हुने क्षमता नभए अर्धक्षमताले चल्ने एन. जि. ओ. मा लाग्नुस् । रवाफ चल्छ नै । विदेसमा दोस्रो दर्जाको नागरिक भएर किन खट्नु ?
४, यदी तपाईँ बाहुन-क्षेत्री-ठकुरी हो भने त झन् विदेसमा दोस्रो दर्जाको नागरिक बन्नुको कुनै अर्थ छैन । नेपालमा जस्तो ‘माथिल्लो जात’ भन्ने सम्मान संसारमा कहाँ पाइन्छ ? हुँदाखाँदाको ‘माथिल्लो जात’ भन्ने तमकझमक छोडेर विदेसीको मजदूर किन बन्नु ?
तपाईं ‘माथिल्लो जात’ को होइन ? त्यसो भए झन् नेपाल फर्कने बेला यही हो । समावेशीको लहर छ । एउटो पद पाईहालिन्छ । जात वा मधेशीको राजनीति गरे पनि उँभो लाग्ने ‘प्राइम टाइम’ यही हो ।
५, पढेलेखेकाका निम्ति पनि नेपालमा प्रशस्त अवसर छ । नेपालमा प्रशस्त आयोजना छन् । सिर्फ कार्यान्वयन नभएका मात्र हुन् । अब निर्माण शुरू हुन्छ । पहिले अनपढहरूको सत्ता चलेकोले काम सुस्त भयो । अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै ‘डाक्टर’ छन् ।
६, सहरमा धुवाँ-धूलो र जामैजाम छ । गाउँमा अभाव र उजाड छ । मुलुक ‘असफल राष्ट्र’ बन्छ की भन्ने चिन्ता छ । संसार कै गरिबतम् राष्ट्रहरूको सूचीबाट उक्लने लक्षण तथ्याकंमा छैन । तर जोडका साथ भन्नुपर्छ, निराशाका कुरा नगरौं । नकरात्मक नसोचौं । सकरात्मक सोच लिएर देस फर्कौं ।
-हाल बेल्जियम
पंचमजी, नमस्ते
१ नेपाली जन्मिन्ने बितिकैं १०,००० ऋण छ बन्छन यो कसले गरेको ऋण होला ? जन्मे को बच्चा को के दोष छ र ऋण बोक्नुपर्ने ,देश को प्रति बेक्ती आय शोरोत निकाल्नुस अनि फरिन्नुस मेरो परदेशी मित्रहरु ……………
नेपालीहरु सबै नेपाल फर्कियो भने फेरी बाबुराम को चस्मा फूटाऊला ?
दलदल मा पसेका लै बाहिर बाट बचाउने कि आफै हाम्फाल्ने ?
“मात्र ३५ बर्ष नाघेकाले लोकसेवा जांच दिन नपाउने सरकारी जागिर खान नपाउने कानुन हटाई देवस डाक्टर ईन्जिनियर बनेका बिदेसियका धेरै नेपाली नेपाल फर्कन्छन”
पंचमज्यु;
बिदेसियको नेपालीलाई देस फर्कने आह्वान मात्रै प्रसनिय तर अरु कुरा ठिक लागेंन/ कस्तो ठुला साना जातको कुरा गर्नु हुन्छ तपाईं? सम्पूर्ण नेपालीको जात नेपाली मात्रै हो/नेपाल माथि गौरव गर्ने नेपालीलाई चिनाउने सब्द मात्र नेपाली हो/
कोहि पनि कसैको साला भिनाजु दाई भाई बुबा काका आदि हुन् सक्छ/ यकै व्यक्ति साला र भिनाजु हुन् सक्छ/ त् नाताले पनि व्यक्तिलाई चिनाउन्दैन/ बाहुन नेवार राई लिम्बु आदि अरु जात थर जनाउने सब्दहरु कुनै पनि देसको नागरिकको नाम पछाडी लत्किन सक्छ; त् ई सब्दले पनि कसैको परिचय दिंदैन/
बिस्वले चिनेको नेपालको नागरिक भनेर चिनाउने सब्द मात्र “”नेपाली” हो/ सच्चा नेपाली जता सुकै रहे पनि नेपाली नै हुन्छ/ आफ्नो देसको लागि “सक्नेले सकेको जति गर्नु पर्छ” / तर धेरैको धेरै बाध्यता हुन् सक्छ जसवाट उसले चाहेर पनि पार पाउन नसक्ने हुन् सक्छ/ त् अरु केहि गर्न नसके पनि देसको बारेमा राम्रोत कसैले पनि सोच्न सक्छ/ कमसेकम यति त् गरुन जो जता सुकै बसे पनि/
अब बिदेशमा बसेका नेपालीको बारेमा/ हेर्नुस मात्र राम्रो सोचेर देसको बिकास गर्न सकिंदैन/ केहि गर्न सक्नु पर्छ; यसको लागि योग्यता र अबशर दुवै चाहिन्छ/ योग्य भयर पनि अबशर पायन भने के हुन्छ; अबशर खोसियामा के हुन्छ भन्ने कुराको उदाहरण अरुको लिनु पर्दैन बिदेसियको नेपालीको उदाहरण लिय पुग्छ/
हाम्रो देसमा गलत शासन पद्धति र गलत नेताको सरकार बनेको कारणले लाखौ नेपालीले अबशर मात्रै नपायको होईन नेपालमा नेपालीले पाउने अधिकार समेत लुताउनु परेको थियो/ देसमा बसेर केहि गर्न चाहेर पनि केहि गर्न नसकेकै कारण आज लाखौ नेपाली बिदेसियकोछ/ तर कोहि पनि बिदेशमा मर्न चाहँदैन स्वदेसमै फर्केर केहि देसको निमित केहि गरे देसको माटोमै मर्न चाहन्छ/
देसको निमित आफुले केहि गर्न नसके पनि आफ्नो सन्तानले त् केहि गर्न सकोस भनेर बढी योग्यता र सामर्थ कमाउन नै धेरै नेपाली बिदेसियको छ/ बिदेसमा योग्यता र सामर्थ बटुलिसकेका धेरै नेपाली आज र अहिले पनि नेपाल फर्कन चाहन्छ/ तर उनीहरुलाई फर्कन अनेकौ बाधा ईनै आफु सम्पन्न हुन् देशलाई लुट्ने नेताहरुलेनै अनेकौ बाधाहरु तेर्सौन्दै आयकोछ/ उदाहरण म अरु धेरै दिन्न मात्र नेपालमा ३५ बर्ष नाघेकाले लोकसेवा जांच दिन नपाउने, सरकारी र सरकारको स्वामित्वो रहेको संस्था तथा कार्यालयहरुमा जागिर नपाउने कानुन को उदाहरण दिन्छु/
हेर्नुस अमेरिका जर्मन आदि देसमा डाक्टर बन्न दसौ बर्स अध्ययन गर्नु पर्छ/ अझ बिशेसग्य डाक्टर बन्न त् १५ बर्ष भन्दा बढिनै लाग्छ/ त् उनीहरु आफ्नो डाक्टरी पढाई सकाउन्जेल उसको उमेर ३५ बर्स कति सकेको हुन्छ; त् उ अब नेपाल फर्कन चाहेर पनि नेपाल फर्कन नसक्ने कसले बनायो? पंचायत कालिन यो कानुन आज सम्म पनि खारिज किन नगरियको हो भन्ने कुरा नै बुझी नसक्नु छ/
नेता र राजनैतिक दलको सिफारिस नपाउनेले ठुला पद जागिर मात्रै होईन कुनै कम्पनीको मजदुरी समेत पाउने अबस्थामा पुरयाईसक्यो/ नेता र दलले सिफारिस नगरे कुर्सि नै खालि रहने कुराको प्रमाण अख्तियार दुरुपयोग निवारण आयोग जस्तो संस्थामा त् बर्सौ सम्म कार्यालय प्रमुख नियुक्त नभयकोले प्रमाणित गर्छ/ राजदुत देखि प्रहरीको उच्च अधिकारि र न्यायधिस समेत सिफारिसमा नियुक्त गर्ने नेताहरुलाई के भन्ने?
हेर्नुस मित्र चाहे कोहि जति सुकै धनि होस्, महल जस्तो घरमै बस्ने किन नहोस उसले आफ्नो पेटमा अघाउने भन्दा अरु केहि खान सक्दैन र उसको शरीरको आकार भन्दा ठुलो भुमि ओगत्नै सक्दैन/ धनले कोहि प्रसंस्नित हुँदैन/ प्रसंस्नित हुन् प्रसंसनिय नै हुनु पर्छ/ आफुले आफुलाई बा आफन्तले दियको मान पदवीले कसैलाई सम्मानीय बनाउन्दैन/ यो कुरा स्वदेस्मै बस्ने र बिदेसियको नेपालीले राम्रै बुझेको छ/ तर ई नेताहरुले ……./
हामि बिदेसियका नेपालीलाई उसको योग्यता र सामर्थ अनुशार देसमा फर्केर बाधा गर्ने ईनै नेताहरु नै हुन्/ ईनिहरुको आफन्तबाद नै नेपालीलाई नेपाल फर्कन बाधा पुर्याउने ठुलो पर्खाल बनेकोछ/
नेपाल मा यस्ता बकम्फुसे गफ गर्ने धेरै भए…… अब काम गरेर देखाउने मान्छे को जरुरी छ///
It seems very interesting topic to discuss at this time. I think we have two ideology to discuss for this issue. One is a personal issue which differs in each individual, ideology inside a personal issue could be how a human being restrain himself from being prosperous and satisfied with his ability to work wherever the opportunity available. The different ideology from the social perspective could be why not a human being as a member of a society could not create his own world with all the institutional structure that fulfill his basic needs.
The discussion on these two aspects has to be done thoroughly to get to the conclusion, Why the migrant citizens has to get back to their country?
पंचमजी,
“कुराले चिउरा भिज्दैन” / भावनाको सागरमा कल्पेर परीका कथाहरु सुनुन्जेल आफ्नै पटपट फुटेका कुर्कुच्चा पनि बिर्सन्छौ, हामी !!
– चाहेर हुनेभए, कसले राम्रो चाहदैन र ? मिरिक्क परेकी पुतली जस्ती श्रीमती छोडेर कसलाई विदेशिने रहर हुन्छ र ?
लेख्न, भन्न सजिलो छ तर यथार्थको धरातल सोचेजस्तो समथल छैन /
तपाइले भन्नु भएजस्तो; नेता बन्न, एनजीओ चलाउन, काम पाउन, व्यापार गर्न सजिलो छैन / व्यापार व्यवसाय शुरु गर्न त्यति सजिलो हुनेभए नेपालमा बागचाल, क्यारमबोर्ड खेल उहिल्यै लोप भैसक्थ्यो ! बरालिन कसलाई सौख होला र !
जातपातका कुरा, छोटे राजा आदिका कुरा उठाउनु भएको मिलेन / असान्धर्विक सामाग्रीहरु राम्रो शिर्षकमा जोड्न खोज्नु भयो /
– अन्तमा; शिर्षक र अन्तको ११ ओटा शब्दहरु मात्र असाध्यै मनपर्यो अरु पटक्कै मन परेन !!
(यो शिर्षकमा धेरै राम्रो लेख्न सक्नुहुन्थ्यो)
सारै मन पर्यो. एक छिन् त अख बाट आसु पनि अय्यो हो. धन्यवाद.
विदेश मा कम राम्रो छ भन्ने ठिक्कै छ. तर कम गारो छ , दुख छ भन्ने नेपाल फर्कनु बेश.
पहिलो राम्रो लेख.
खै पत्रकार जी ले सचे नेपाल मा आउनु भनेका हुन् कि ब्यांगे गरेको चाही बुझिएन. पुरा लेख पढ्दा अलि के हो के हो लग्यो.
तर राम्रो लेख . नेपाली लै नेपाल राम्रो लाग्ने नै भयो.
दुख सुख गरेर नेपाल मा केहि गर्नु र तेही विदेश मा खेर फाल्नु.
हाम्रा नेता ले राम्रो गरुन नेपाली को मर्म बुझुन येही छ दशैं को सुभकामना.
in last comment i said it’s a really awesome and inspirable article because the writer of this article stay in foreign coutnry like U.K., USA or Canada but he forgot that what was his background. Don’t try to cheat your own soul and be cool and think what was your root. We have our own cultural divarsity, own geopolitics and rich natural resources, it is our own uniqueness.
Hey friends ! Wherever we go but We keep in mind, our culture, our nation and our background. Thank you for really awesome and inspirable article.
२४ घण्टा मा २१ घण्टा बत्ति गए पछि ke गर्नु नि ???अफ्फ्नो देश भनेर मात्र भएन क्यारे..
१.काम गरे आनुसार को पैसा नि त ६ नि बिदेस मा.
२.आफु र आफ्नो परिवार लाई आराम ले पुग्छ अझ वच छ पनि बिदेस को कमै ले.घुस न खाई कन पनि.
३.त्यै पोलिटिक्स मा लगेर त देश बिग्रियो त..अझै आफ्नो देश लाई कति बिगार्नु पोलिटिक्स मा लगेर.बिदेस मा तल्लो लेवेल को काम गरे पनि ,काम र काम गर्ने लाई धेरै इज्जत गरिचा.नेपाल मा रेस्तुरांत मा काम गर्ने को कै इज्जत छ होला???र कैले होला??
४.आज कल त नेपाल मा तल्लो जात भाको धेरै फाइदा छ नि ..कति धेरै कोटा हरु पाहिन्छ तल्लो जात भए पनि…अधि बसी कोटा..जनजाती कोटा..बाहुन -क्षेत्री-ठकुरी भएर क गर्नु..
५.डाक्टर भर के गर्नु त्यो हुन लाई नि ठाउँ ठाउँ मा घुस खुवाउनु पर्यो ..राम्रो निर्माण को काम मा आफु ले अवसर पाउन घुस दिनु नै पर्छ नत्र काम पावुन नै सकिन्न .
६.धुवा धुलो खाएर आफ्नो आयु घटाउन त अयिन्न आफ्नो देश.
बरु हजुर नै विदेश पलायन हुनु होस्…मेहेनत गरेर आराम संग बस्नु होस्…
पंचमजीको “देश फर्क” परदेशी नेपालीहरु शिर्षक सहितको लेख निकै मार्मिक लाग्यो मलाई / सायद आज देशले पनि यहि अपेक्षा गरेको छ कि बाध्यता बिबसता अनि आफ्नो आफ्नो इच्छाले बिदेशी भुमि मा स्थाई अस्थाई बसोबास गरिरहेका नेपालीहरुले केहि ज्ञान शिप र धन लिएर आफ्नै जन्म-भुमि फर्किएर मातृभूमि मै केहि गरुन भन्ने , तर भत्काउन र बिनाश गर्न जति सजिलो थियो र हुन्छ त्यस लाइ सपार्न र फेरी पुनर्निर्माण गर्न सयौ गुणा बढी श्रोत र साधनको नितान्त आबश्यक पर्दछ / बिगार्न र तहस नहस गर्न जति जोश र जागर हुन्छ सपार्न र बनाउन त्यति उत्सुकता जागेर आउला जस्तो लाग्दैन , त्यसैले समग्रमा भन्नु पर्दा यदि मलाइ जस्तै सम्पूर्ण गैर-आबासिय नेपालीहरुले यस्तो माहान कार्यलाइ चिन्तन मनन गर्ने हो भने यस्तो राम्रो कामको उच्च मुल्यांकन गर्दै सर्ब प्रथम यो काम हामीबाट नै शुरुआत गरि एउटा राम्रो उदाहरण प्रस्तुत गर्ने कि!
बेल्जियम , सैन्त्रुदिन
यो बेग्यात्मक लेख हो साथीहरु खै कुरा बुजेको…..सव्ये तरिकाले गरिएको यो लेख निकै मन छुने खाल्को छ……….
राम्रो व्यङ्ग । तर केही साथीहरूले नबुझे जस्तो लाग्यो ,यस्तो व्यङ्गलाइ पनि सिरीयस्ली लिइदिँदा ।
बाटै भुल्यो नभन
——————–
एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन
प्रदेशीले फर्की आउने, बाटै भुल्यो नभन
किसान हुँ हलो-जुवा, देख्छु हर रात
शरद याम तोरी फुल्ने, फाँटै भुल्यो नभन
पाखुरी यो थाक्या छैन, देश बन्या छैन
देशका लागि केही गर्ने, आँटै भुल्यो नभन
दु:ख लाग्छ चाड-वाड, गाउँघर् धेरै टाढा
प्यारो मेरो संस्कृतिको, पाटै भुल्यो नभन
दशैं-तिहारको बहाना, देशको झन् सम्झना
जय जय नेपाल !!! गाउने, छाँटै भुल्यो नभन
एक-दुइ दशैं बिराउँदैमा, माटै भुल्यो नभन |
प्रदेशीले फर्की आउने, बाटै भुल्यो नभन ||
सबै देशी-परदेशी मित्रहरुप्रति दशैं-तिहारको शुभकामनासहित यो (गज़ल) कोसेली !
-मनोज कार्की,परदेशी विद्यार्थी (हाल ओहायो, अमेरिका )
मुद्रण-भुल सुधार: माथिका हरफमा परदेशीको सट्टा ‘प्रदेशी’ हुन गएकोमा क्षमा चाहन्छु |
“परदेशीले फर्की आउने बाटै भुल्यो न भन |”
जहाँ देश रेमिटेन्स बाट चलेको छ तेहा यी कुरा तेती चित्त बुझेन
अर्को कुरा बाहुन भन्दै जात को कुरा आयो बेल्जियम मा बसेर पनि सोचाई त निम्न बर्गकै रहेछ मित्र अब जात भात भन्दा विचार लाई सम्मान गर्न सिक ,,,,,फेरी गफ नै हाकेको भर मा पुग्ने भय किन तेही बसिरको त गफ मात्रै लगाउदा अलि ठिक लागेन ??
नेपाली हुनु मा एकदम नै गर्ब छ!!!!!!!!!!!!!!!
लेख तितो सत्य रहेछ ! देशलाई सिंगापुर बनाउने सपना बाँडेर झिंघापुरमा रमाउने यी कुवाको भ्यागुताहरूको राम्रोसंग बर्णन गरियाछ, धन्यबाद!
जतिसुकै जे लेखे पनि आफ्नो देशको माया त छदै छ देश त फर्कने नै हो अहिले परिस्थिति अलि फरक भयको छ कर्म भुमि विदेश भय पनि सायद बिदेशमा बस्ने सबैजसो नेपालीहरुले आफ्नो देश फर्कने कुनै न कुनै योजना बनायाकै देखेको छु कोहि केहि रकम जम्मा गरेर त कोहि
अवकाश (retirement ) मा केहि गर्ने भनि ./ राजनैतिक अवस्था र हामीहरुको स्वयंको मनस्थिति सकारात्मक नभय सम्म हाम्रो देशको उपचार छैन. हामीहरु अरुको खेदो खन्ने काम मात्र गरिराखेका छौं. भ्रस्टचारी र राजनैतिक नेताहरुलाई सबैभन्दा बढी बिदेशमा बस्नेहरुले नै support गरेको मैले पायको छु. आफ्नो काम छीटो garauna र newspaperko र हल्लाको आधारमा राजनैतिक पार्टीलाई चन्दा \. आफै सुधारौ, आफ्नो सन्ततिलाइ वास्ताबिक्ताको बोध गराउ नेपालको माया जगाउ दुर्गा भवानीको आशिर्बदले सबै दुस्ताहरुको नाशभई हाम्रो पुस्तामा नभय पनि आर्को पुस्तामा नेपाल स्वोर्ग हुने कल्पना गरौ.
त्येस्तो काइते लेखमा पनि कति धेरै कमेन्ट ? दशैंको बिदामा बेल्जियमका ब्रोले येस्सो के सन्कायीदिए , हामी सबैजना जाड खाएको साढे जस्तो सन्किदिने !!! यहाँ सबैजना उनै ब्रो को ताई न तुई को गफ मा आफ्नो बिध्वता छाँटदै बस्छौं, उता उनि हाम्रो ताल देखेर हास्दै होलान!!!
## परदेशीको पिर ##
विदेशिनेको पिडा देशमा बस्नेले सायदै महसुस गर्ला… बायुपंखी घोडामा चढेको परीका कथाहरु सुनुन्जेल आफ्नै पटपट फुटेका कुर्कुच्चा पनि बिर्सेझै; विदेशबाट पठाएको डलर र फेसबुकमा झिलिमिली फोटो देखुन्जेल विदेशको दु:ख कसले, किन अड्कल काटोस् !!
– हामी त समयको दास मात्रै हौ / थाकेका माछा झैँ, छाल कै गतिमा मच्चिनु बाहेक बिदेशमा केहि छैन / मिरिक्क परेकी पुतली जस्ती श्रीमती छोडेर कसलाई विदेशिने रहर हुन्छ र ? अझ, त्यै माथि छर-छिमेकका इमरान हास्मी अनि गुलसन गब्बरहरुको त्रास र शंकामा…..
विदेशको धरातल सोचेजस्तो समथल छैन / विदेश भनेको, उही शशांक दाइले भनेजस्तै; “टाढाबाट सुनेको ढ्यांग्रोको मिठो आवाज जस्तै हो, जति नजिक गयो उति कान खाने !!”
– योगेश आदी…
In English there is a method people use which is known as ” Ironical sarcasm” . The artical starts with patriotic sentiments and paragrap below it dramatically changes into satire.
Ironically ironic is that the one that resides in Belbium ( foreign nationa ) is the one that writes such an artical of patriotic sarcasm.
Interesting.
यहि आर्टिकल लाइ अलि संबेदन सिल भएर र अलिकति मिहिनेत गरेर लेखेको भए क्या दामी हुन्थ्यो,टाइटल धेरै राम्रो छ लेख पनि राम्रो होला भनेको त ताइ न तुइ हात लाग्यो दुइ भने जस्तै भयो,न त व्यंग्य न त यथार्थता,साथि येस्ता कुरा मा अलि संबेदन सिल बनौ न हो,
तर सिर्सक मार्मिक छ हो सच्चाई भन्ने हो भने सबै प्रबासी नेपालि नेपाल फर्केर आफुले जानेको सिप र आफुले कमाएको पैसा को लगानी गरे हामीले बिदेशी को डलर ताक्नु पर्ने थिएन,
आशिस
स्विस
हिड्दै गर साथि हामि आउदै गरौला!
प्लेनमा गयौ भने आकासाँ भेटौला!
पानि जहाजाँ गयौ भने भारताँ भेटौला!
ट्रेनमा गयौ भने रक्सौलां भेटौला!
बसाँ गयौ भने देशाँ नै भेटौला!
सईकलां गयौ भने गाउतिरै भेटौला!
हिडेर गयौ भने घरतिरै चौरमा भेटौला!
हुन्न?
अब के भन्ने त, लाखाट्या स्याल जस्तो भैयाछ के देश फर्क भन्ने खै! फर्क्या हो दुइ दुइ चोटी, तेता गया यता फर्क यता आय उता फर्क! खद्दर बुन्ने तानको बिडो जस्तो हुनुपर्या छ! न यता केई छ न तेता केई छ, न यता केइ भो न तेता केइ भो! खै के भन्ने यता न उता पो हुने भैयो त! दलदलमा फसेको घोडा जस्तो हुने रैछ बिदेसिया पछी त! जत्ति निस्कन्छु भनेर बल गर्यो तेत्ति दबिदै डुब्दै जाने!
उताको देश र भेष सम्झिदा छोडेको दुख लाग्छ! फेस र मेस हेर्दा छोडेर गज्जब गरेछु भन्ने लाग्छ!
यताको फेस र चेस हेर्दा आयर ठिकै गरेछु भन्ने लाग्छ! केश र गेस हेर्दा चाहि धत् भन्ने लाग्छ!
जे होस् अब फर्किने भन्या तेस्तै हो बरु देश नै यता ल्याउनुपाय हुन्थ्यो!
पंचमजी ! जहाँ बसेपनि यो मन नेपाली भए पुगेन र ???!!!!
मन मात्रै नेपाली भएर नेपाल मातृभूमीलाई केही फाईदा होला जस्तो मलाई लाग्दैन ।
साथीहरु, हामी सबै एक न एक दिन अवश्य नेपाल फर्किनु पर्छ l बिदेशी भूमिमा जति दुख कस्ट गरेपनि हाम्रो पहिचान, हाम्रो आफ्नो भनेको हाम्रो देश नेपाल हो l हामी सबै नेपालीहरुलाई आफ्नो देश प्रति अथाह माया भएपनि हामीहरु बिबश छौं l बिदेशी भूमिमा पसिना बगाउनु हाम्रो खुशी होइन, हाम्रो मजबूरी हो l
मलाई लाग्छ, हाम्रो देशमा एकपटक फेरी कोतपर्बको इतिहास दोहरिनु पर्छ जसमा स्वार्थी, घुसखोरी र देश बेच्ने नेताहरु, भ्रस्टचारी मन्त्रीहरु र बेइमान कर्मचारीहरुको अन्त्य होस् l त्यसपछि अनि बल्ल सही मानेमा नयाँ नेपाल को जन्म हुन्छ l
मित्र एस्तो तुक न बेतुक को लेख गाई जात्र को दिन लेखे को भए राम्रो हुन्थो , कलम कुनै तार्किक र सत्य लेख को लागि दिनु होला / जुन पाठक को लागि पनि उपयोगी होस् / जय नेपाल !!!!!
नेपाल मा मात्रै होइन, बेल्जियम तिर पनि गफै गरेर खाने रैछा क्यारे! यो बेल्जियम बासी लेखक को लेख पढेपछि तेस्तै लग्यो मलाई त!
Wow……wow……….! कुनै जवाफ नै छैन…………कत्ति राम्रो ब्यङ्ग हो यो/ तर एस्लाई धेरै जना ले नबुझ्दा भने दुख: लग्यो!
जे होस् तपाई लेखक लै मेरो hats off !!!!
हाम्रो मित्र ले भने जस्तो सजिलो छैन नेपालमा:
१.नेपालमा आहिले को राजनीतिक सिस्टम नै ठिक छैन. यदि म नेपाल गएर राजनीति मा लाग्न खोज्ने हो भने कि त कुनै नेता को चाक कनउनु पर्छ त्यति गरेर नि कहाँ माथि पुग्न सकिन्छ र. प्रचण्ड, बाबुराम सुशील माकुने जस्ता हरु मर्दा नि पालो आउन्न. सोच्छा भाबना ले राजनीति गर्ने लाई नेपाल को सिस्टम मा नै ठाउँ छैन. नेपाल मा जहिले सम्म यो सेनिओरिटी को आधार मा नेता हुने चलन हट्दैन मैले १०० वर्ष मा नि खासै केहि होला जस्तो लाग्दैन. हामी ले अमेरिका को जस्तो राजनीतिक सिस्टम प्रयोग गर्दैनौ, कुनै नया मान्छे राजनीति मा आउने अवसर नै हुदैन. तैसेले संबिधान मा पार्टी को ठुलो मान्छे राज्य को ठुलो मान्छे हुने कुरा हटाउनु पर्छ. जसले गर्दा जो सुकै ले नि आफ्नो पार्टी भित्र जसलाई नि challenge गर्न सक्छ राष्ट्र प्रमुख हुन सक्छ.
२. नेपाल मा जब सम्म कर्मचारी लाई hire र fire गर्ने कानुन आउदैन अनि भास्त्रचारी लाई धेरै ठुलो सजाए दियिदैन भास्त्रचार मा कुनै कमि आउदैना.
३. नेपालमा जबसम्म जन्म कैद लाई कैदी जेल मै मर्ने गरि उपयोग गरिदैन. दण्ड हिनता को क्रम जारी नै रहदैन. सिधै मान्छे मर्नेलाई मिर्तुदंड दियेदैना तबसम्म मान्छे मार्ने कुरा सामान्न हुन्छ
४. जब सम्म नेपाल मा FBI जस्तो गुप्तचरी सस्था, जसले जो सुकै लाई नि समात्न सक्छ माथि को आदेश मान्नु पर्दैन कसैले कानुन को उल्लंगन गर्ने लाई पुरा शक्ति दिदैन यो नेता कर्मचारी अनि ब्यापारीले आहिले को क्रम जारी नै गर्छन.
५. आदलत ले जब सम्म सबै केस हरु लाई कम्तिमा १ महिना अलि जटिल केस लाई १ बर्स भित्र फैसला गर्न सक्दैन. केहि हुने सम्भावना नै छैन.
-पंचम अधिकारी जी, तपाई ले कहिले को फर्कने ticket काट्नु भयो ? कि छुट्टि मा नेपाल जाने सोच छ र सबै लाइ दशैं को बेला मा हावा दारी कुरा गरेर मन बिगार्न लागेको. remittance बेगार देस चल्ने आवस्था छैन, बेकार मा बकम्फुस्रे बकवास सुनाउने. तपाई ले बेल्जियम को VISSA त्यागेको प्रुफ दिन सक्नु हुन्छ ? देस को माया सबै लाइ छ, तर कुरा यहाँ देस को माया को मात्रै छैन नि …..
भैरव अर्यालका व्यंग्यका खेस्रा जस्ता रहेछन व्यंग्यका बुदाहरु / हामीलाई भूपी शेरचनका कविताले मन छोयो / रुपचन्द बिष्टले हाम्रो भातेपनको राम्री चिनारी देखाएर गए / मन छोयो, आत्मामा छेद त हान्यो तर बानी-बेबाहारमा चै केहि परिवर्तन गर्न सकेनम / तपाईको व्यंग्यका बुदाहरु पनि एकदम सटाक छन् / पड़ियो, मनोरंजन भो, एकछिन हो त नि जस्तो लाग्यो / फेरी ब्याक टु मंगलमान अमेरिका, युरोप, अरब, कोरिया, जापान, अस्ट्रेलियाको सपना देख्यो /
पंचमजी,
यस्तै कुरा हो तपाई, म र हाम्रा नेताहरु र अर्ति र उपदेश दिनेहरुले गर्ने पनि । सुझाव, सल्लाह, सोचाई, विचार सवैको एकदम घतलाग्ने, चित्तबुझ्दो र मार्मिक, मननिय भयपनि, ब्यबहार सब उल्टाउल्टा मात्रै भइरहेको छ । त्यसैले त नेपाली चेलीहरू पहिलेपहिले बम्बैमा अरुबाट थाहा नपायर वा जबरजस्ति बेचिन्थे, आजकल अरब लगायत मुलुकमा स्वच्छिक रुपमा बेचिन्छन (हाउसमेड, नाच्ने, भिजिट आदिनाममा) ।
मैले तपाईको बिचार अतत्यन्तै अशल मनसुवाको भयको पायतापनि कुनै न कुनै त हुनुपर्यो नि राम्रोकामको सुरुवात गर्ने । के तपाई वा म वा तपाईको बिचारमा सहमत हुने कुनै एकजनाबाट यो कामको सुरुवात होला !!!??? कहिले सम्म ???!!! बास्तबमा हजारौ माईलको यात्र १ पाहिलाबाट सुरुहुन्छ । हाम्रा बिध्वान भनिएका बाबुराम भट्टराई प्रधानमन्त्री भएको १ बर्षभन्दा बढी भयो । (किनभने उनि मात्र यस्ता ब्यक्तिथिए जसमाथि सबै त नभनौ धेरैले आशा, बिश्वास र भरोसा राखेका थियौं ) आजसम्म पनि, कुनै यउटा काम छैन, जुन दिगोहुने गरि सकारात्मक सुरुवात भयको होस । अर्को कुरा बिदेशमा भएका थोरै ले मात्र खुसिसाथ जिबन बितायका होलान, नत्र अधिकांशले अत्तेन्तै कडा परिश्रमले मात्र जिवन गुजारिरहेका छन । हामिलाई यो पनि थाहा छ कि केहि अरवी मुलुक र मलेसियामा रहेका नेपाली दाजुभाईहरुको मात्रै दैनिक करिव ३ जनाको दरले मृत शरिर नेपाल फर्कने गर्छ । कसलाई होला त्यो रहर !! मरनै परेपनि बिदेशि भूमिमा । ल म सुरु गर्छु भन्नेनै को निस्कने हो?? र त्यसले गर्ने राम्रो सुरुवातको बिश्वासको आधार के हुने र उसको पछि को लाग्ने??? तर पनि सुरुवात त कसैन कसैले गर्नै पर्छ । गरौं सुरुवात ………………………………………………………………………… सकारात्मक कामको ।
मलाई यो “देश फर्क’ परदेशी नेपालीहरू” खुब मन पर्यो !!!
सुरज श्रेष्ठ
मित्रले लेख लेख्न खोज्नु भएको वा व्यंग्य गर्नुभएको प्रस्ट भएन, यदि यो सकारात्मक लेख हो भने जातीय मुद्द्दा उठाउनु एकदमै गलत हो । हामी सबै नेपाली एकै हौ ।
हाल बेल्जियममा भएका मित्र पहिले तपाई नेपाल फर्केर देखाउनुहोस …. हो चालु हरुको लागि नेपाल सोर्ग हो …. सोजा साजा काम गरेर देखाउने लै बाच्न गारो छ … म नेपाल को उनिवेर्सिटी को मास्टर (टिउसन न चल्ने बिसयाको ) – १६००० महिना को कमाइ …. २ छोरा छोरी को गुर्न्तारिया पढाई …. कोठाभाडा ….. औसधि खर्छ … खर्च न पुग्ने …. कहिले बिधार्थी नेता को झापड खइयेला डर …. professor होइन मास्टर भनछन् … पार्टी नेता मास्टर को प्रोमोसन ….. ल मलाइ भानुवास त – कारणहरु ?
पंचम जि
हामि साच्चै गफ गर्न सिपालु छौ,पाए जति गफ गर्छौ,हेर्नुस न बिदेशमा पनि तपाई हाम्रो बानि उस्तै छ है!!!!!!
देश फर्क भन्न खोज्या हो कि नफर्क भन्न खोज्या हो केहि नि मेसो पाउन सकिन मैले त | पहिलो बुंदामा गफ गरेर खाने रे, दोस्रोमा भ्रस्टाचार, तेस्रोमा शोषक बन रे, चौथोमा जतित्व, पाँचौमा प्रसस्त आयोजना छन् रे कार्यन्वयन मात्र नभाको रे – गजब छ बा अनि अन्त्य मा नकारात्मक लेख्नु लेखेर नकारात्मक नसोचौ रे | यो व्यंग्य हान्न खोज्या हो कि के हो मैले त केहि नि बुझिन है |
व्यंग्य हो कि साचै भन्न खोजेको हो की पनि बुझिन मैले त
केहि पाउन केहि त गुमाउनु नै पर्छ| be proud to be nepali.
किताबी कुरा
नेपाल मा जति को खुसि विदेश मा कहाँ पाउन सकिन्छ नि …
पढाई सक्ने बितिकै छोरो फर्किन्छ नेपाल …पुग्यो अमेरिका घाटी बाट नै माथि आउन आटिसको..
र सबै जना फर्किनु पर्छ!!!!!
अनि लेखक बेल्जियम मा हुनुहुदो रयेछ..तपाई फर्किने चै हो कि होइन ..कि अरु लै मात्र भन्या हो !!
यति धेर्रै अक्कल र उपाय जानेको मान्छे आफु छैन कहिले फर्कने हो, हाल त बेल्जियम मै “मजदुरी” गर्दै हुनुहुदो रहेछ !!!
राम्रो सल्लाह !
अरु २-३ बुँदा मलाई पनि थपौ थपौ लाग्यो :
७. सुपरमार्केटमा राखेको “अर्गानिक खानेकुरो” हेरेर “यो त् धनीमानीले मात्र खाने हो / हाम्रो त् के औकात र ?” भनेर थुक निल्नुको अर्को बिकल्प अधिकांस प्रबासी-नेपालीहरुसंग हुदैन
तर
सोच्नुस त् हामी बिपन्न हुदा (विदेश पलायन हुनु अघि) कत्ति खाइयो कत्ति त्येस्तो अर्गानिक खाना त् र अझै हाम्रो घर मुनिको पाखो बारी पहिरोले लगेको छैन केवल बाझो मात्र भएको हो /
८. Tailor Made / Hand Made कपडाको कस्तो इज्जत छ बाहिर बिदेशां / झारे-झुरेको त् के औकात त्येस्तो बस्त्र लगाउने उता /
तर
सोच्नुस त् हामी बिपन्न हुदा (विदेश पलायन हुनु अघि) कत्ति लगाइयो कत्ति त्येस्ता Tailor Made / Hand Made कपडा त् / अझै पनि हाम्रो ति सेते दर्जी दाई छदैछन / उनको शीप मरेको छैन अझै बरु अझै माझिएको होला /
,,,,,,,,,,,,त्येसैले
Let’s go आफ्नै गाम,
Let’s have आफ्नै organic माम,
, विदेसमा काम गर्नेले कति कमाउँछन् र ? अरबतिरकाले घर चलाउने हो, युरोप-अमेरिकातिरको खर्च काटेर महिनामा हजार-पन्ध्र सय डलर वा युरो कमाउने त हो । त्यो पनि वर्षमा एक पटक देश फर्कँदा प्लेन टिकट र उपहारले स्वाहा हुन्छ । काठमाडौंकासँग कुरा गर्यो भने करोड घटीका कुरा गर्दैनन् हिजोआज । काँग्रेस-एमालेका नेता हुन् रे करोडमा बिक्ने त । प्रचण्ड एण्ड कम्पनीले त लडाकूको पैसा र एन-सेलबाट अरबमा चक्कर चलाउँछन् रे । कसले भन्छ नेपालमा पैसा छैन ?
के गर्ने साथी ? एक पटक आफै नपरी चेत आउदैन कसैको | यहाँ ले भनेको सुन्ने वाला को छ र? हुन त हजुरलाई पनि बेल्जियम पुगेपछि बल्ल चेत आएछ | कि सबै नेपाली लै २-४ महिना मात्र भने पनि बेल्जियम लानु पर्यो | तर ढिलाई भए पनि हजुर को चेत आएकोमा धन्यबात त अवस्य दिनु पर्यो, अझ आफ्नो आत्मा को कुरा अरुलाई बढ्नु भएको मा मुरीमुरी धन्यबात !
सुन्नुस्न हाम्रो देश कस्तो भने, हामि गाडी बिदेशी चलाउने, अनि झन् तेल त नेपाल मा चण्डी छैन | अनि सबै लाई आफ्नो कुरा ठिक लाग्ने, अरुको कुरा नसुन्ने | अझ सरकारी जागिर तेस्माथी पनि हाकिम भंदौदो छ भने कुरै अर्को | तेही अझंग को साँप ( सरकारी हाकिम) सेता छाला को पछाडी कुंइ कुंइ गर्दै हिड्दा उल्टै आफ्नो सान बढेको सम्झने | उखान छ नि ” वालुवा को घर बने जस्तो ” |
अरु केहि गर्नु पर्दैन हाम्रो सुन्दर देश मा सबै इमान्दार भए पुग्छ | हाम्रो त अब अलि पालो गयो, तर छोरा नाती ले तपाई ले सोच्नु भए जस्तो सोच्ने आवस्त आउँदैन| देश मा पानि मात्र राम्रो दाम मा संसार लाई बेच्न सक्यो भने पैसा राख्ने थुन हुँदैन | तर मौका आयो भनेर १० रुपैया को पनि २० रुपैया मा बेच्ने थाले पछी कसरि इमान्दारिता हुन्छा र? मलाई एती पूर्ण बिश्वास छ कि एदी हामी सबै नेपाली इमान्दार मात्र हुने हो भने ५-१० वर्ष मा देश बंछा |
लेख्न पनि सतही नै खोजेकोले होला खिचडी नै भएको, बुदामै लेख्न थाल्यो भने खै के खै के होला, तेही भएर… कुनै एउटा मात्र बिषय (जस्तै तपाई को हेडलाइन) लाइ नै मुख्य बिषय बनाएर, सम्भावनाका सहि र सम्भब(तपाई को बढे र छोटे राजा, जन जाति लाइ छोडेर) बुदा हरु, लेख्नु भएको भए लेख गहन हुन सक्थ्यो कि, (No offence , मेरो धारणा मात्र हो)
फेरी बाहुन / ठकुरी /छेत्री को कुरा कता बाट आयो ???? यो मान्छे को सोच निम्न वर्ग को छ भनेर यसै बाट पुस्टि हुन्छ/
केहि सन्देशमुलक लेख सोचेर लेख को लिंक खोलेर हेरे तर पढ्दै जादा त बकम्फुसे गफ पो रहेछ. जसले जे भने पनि नेपाल र नेपाली को खिल्ली नेपाली ले नै उडाउनु चाही अलिक सोभनिए लागेन. आज देस मा सान्ति सुब्यबस्था र अवसर भएको भए बिदेसिने चाहना कुन नेपालीलै थिओ होला र. तर लेखक ले अवसरको बयान त
लेखक लाई बंग्यको नोबल पुरस्कार नै टकराय मैले , सारै घत लाग्यो|||
What a stupid writing? Is this satirical or a serious one? This kind of writings by the bahuns have confused Nepali people.