Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कथाः मसली भाउजू

Posted on June 30, 2012June 30, 2012 by mysansar

राममणि पोखरेल

असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ। आफ्नो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ। सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ। यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन। सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन्। अधिकांश आकाशे खेत बाझो पल्टेका छन्। थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन। राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ। गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउँछन्। हली, गोरु बिहानै खेतमा पुग्दछन्। आफू र जन-वन झण्डै बराबरी लगाउँछन्।

साँझमा पानी छिट्याएजस्तो भएको थियो। बाहिर काममा जानेहरू अलि ढिलो घरमा भित्रिन आउने गर्थे। खेतको काम प्रशस्त हुने गथ्र्यो। दिन लामा, रात छोटा हुादा थकाई मार्दै काम गर्दा पनि कामको भाग बढी देखाउन सकिने। जोत्ने, आली काट्ने, बियाड उखेल्ने, रोप्ने आदि काम गर्नुपर्ने। खेतको कामको व्यस्तता छ भने बारीको कामको पनि व्यस्तता थपिन लाग्या छ। अघौटे मकै पूरै पाकेर भाँच्ने समय भएको छ र पाकेको मकैलाई सुगाले ज्यादै खेदो गर्छ। केटाकेटी लगाएर टिन ठटाएर हाहा-स्यूास्यूा गरेर धपाउन बाध्य हुनपर्छ। अझ नजिक बाँसझ्याङ्ग भएका स्थानमा त मकैको खेदो पाइलो गर्छ सुगाले। मकैको घोगैपिच्छे सुगा सलबलाउँछन् र ठुङ्छन्।

राकसे बूढाको गाईले साँझ दूध दिएन, दुहुन बसेको नरमानलाई लात्तीले हानेर बलड्यान खेलाइदियो। नरमान तीन हात पर उछिट्टयिो। गोबरमा लटपटिन पुग्यो। नरमानले गाईको फाँचो धुन मात्र के लागेको थियो, ढुङ्ग्राको पानी पोखिनुको साथै ढुङ्ग्रो विपरीत दिशामा घोप्टिन पुग्यो गाईको खुट्टाले। गोबरमा लटपटिएको शरीर लिएर नरमान जेठीमैयाँलाई गाईले दूध नदिएको खबर सुनाउन पुग्यो। कोठीको चामल झिकेर नाङ्लोमा राखेर निफन्दै थिइन् जेठीमैयाँ। के कुतल पर्‍यो। घाँस पनि पुगेन कि भनेर चर्चा भएन, त्यतातिर कसैको ध्यान गएन।

नाङ्लामा केलाउँदै गरेको चामल भान्साकोठामा राखेर जेठीमैया सारी सुर्कदै आागनमा आइन्। ठूलो स्वरले “कुन राँडीले गाईलाई टुनामुना गरिदियो भनेर कराउन लागिन्। कुन राँडीका आाखा र छौडा लागे भन्दै आागनमा चक्कर काटिन्। बूढीका आाखा राता भए। चाडबाडका दिन अनेकथरिका राँडहरूलाई यहीँ गाड्न मुन्ट्याउँछन्। ए नरमान जा धामी बोलाउन, पुछारघरे साहिला घरमा आइपुग्या होला, बोक्सी राँडीहरूको करामत हो। ब्याएको तीन महिना भएको छ।” जेठीमैयाँको आाखा गाईको थलामा घुम्न सकेन। गाईको थलामा घाँस छ, छैन। चरणबाट आउँदा गाईले पेट उकासो, उकासेन। दिउँसो खोले पनि पायो पाएन आदिबारे जेठीमैयाँको सोच पुगेन।

दूध किन दिएन भन्नेतिर मात्र मन कुतकुत्तियो, आक्रोशित मात्र भइन् बूढी। बेला न कुबेला राँडीहरू घर-आागन-गुवाली चाहार्न आउँछन्। दशथरिका प्रश्न सोध्न तम्सिन्छन्। तरकारी, नून भुटुन चाहिन्छ बजिनीहरूलाई, राँडीहरूको केही खाएको न पाएको बोक्सी राँडी छिर्किनी गर्न आएकी थिई, उसैको नजर लागे क्यार। शोभ सालधुप र झुम्रो सल्काएर गाईको तारैतिर घुमाई दे, त्यही केही क्षणपछि नजर भगाएर दिन्छिन् कि जेठीमैयाँको आक्रोश थामियो यति भन्दै।

बुहारी शोभा सालधुप खोजेर, घुमाउनतिर लागी। सासूका वचन कानमा थापिरही, केही जवाफ गर्न सकिन। सासूका मुखबाट व्यक्त भएका असभ्य शब्दहरूसाग ऊ सहमत भने थिइन। शोभालाई बोक्सी विद्या भन्ने कुरीतिगत सोचाइमा त्यति विश्वास थिएन। विरोध गर्ने आाट पनि भएन।

अलिकति घाँस थपिदिन्छु, पेट उकासेपछि केही क्षणमा दिन्छ कि बाच्छो बाँधेको छु। नरमानले नरम जेठीमैयाँलाई जवाफ गर्‍यो। मकैको थाङ्ग्राको बलामा ल्याएर रित्तो ढुङ्ग्रो झुण्ड्यायो।

केही क्षणपछि बूढीको बक्बक् पुनः प्रारम्भ भयो। जथाभावी कुरा छाद्न थालिन्। दिउँसो त्यही लखवेश्या पापिनी सङ्गारे आइमाई उमेरमै पोइलाई अघि लगाएर, दुईवटी छोरी चेपेर जीवन घिसार्दै छनि, नक्कली विधवा भएर पनि कोरीबाटी गरेर हिाड्छे। चाउरी परेको गालाको मुजा थाहा छैन। छोरी पधलेर पोइ खोजेर हिाड्न आाट्याछन्। आमालाई बैासले छाडेको छैन। केही क्षणअघि मुन्टेकी थिई यहा। बजिनी निकै समयसम्म थच्चिई। बारह सत्ताइस कुरा बखानी। त्यसको देवर विदेश गएर पैसा कुम्ल्याएर पठाएको समाचारसमेत फलाक्थी। त्यस बजिनीको देवरले पठाएको सम्पत्तिसाग हाम्रो के नातो र स्वार्थ। चोथालेको देवर थियो, पोइ बनाएको हो कि, पैसा पठाइदिएकाले सुखका दिन आए भन्थी।

नरमान बूढीका कुरा कान थाप्दै गुवालीको बलेसीमा घुर बाल्दै थियो। मच्छडले गाई-गोरु ज्यादै छट्पटाएका थिए। वषर्ँ यस्तै हो। गोवरग्यास र बिजुलीको कारण र पानी नजिकै जमेपछि भुसुना र मच्छड लाग्नु स्वाभाविकै हुन्छ नि, गर्मी पनि त अति छ।

पर दोबाटोको छेउमा सञ्जयले आमाको चर्को स्वर सुनेको थियो। केही नबोली सरासर आागनमा आएर उभियो। आमालाई भान्साकोठामा बसेर जथाभावी फलाक्दै गरेको देख्यो, सुन्यो। आमा यसरी किन उम्लिरहेकी थिइन्। ज्वालामुखी पड्केजस्तै। आखिर यो फलाको र ईष्र्या, डाह कोमाथि खन्याएको हो बुझ्न चाहृयो।

आमाको आवेग र आक्रोश कम गर्न, शालिन तरिकाले नरम स्वरमा सञ्जयले सोध्यो ? के भयो आमा, किन यसरी ठूलो स्वरले जथाभावी गाली गर्दै हुनुहुन्छ। घरमा त नरमान र बुहारी मात्र छन्। बुइनी पनि देखिएकी छैन। साना नानीहरूलाई तपाईंका यी शब्द वाणसाग कुनै साइनो र सम्बन्ध हुादैन। भयो के ?

“बाबु खेतबाट दिनभरिको कामले लखतरान भएर खेतालाका साथ आउँदै हुनुहुन्छ।”

दिनभरि बजारमा घुमेर आएको छस् ता, पाहुनाजस्तो भएर टुपलुकिएझैा। घरमा कस्तो घटना घट्छ, कस्ता मान्छेले के टुनामुना गरेर जान्छन्। घरमा परेको बिघ्नबाधामा न उमेर पुगेकी छोरीलाई चासो छ, न बुहारीलाई, न जागिर खाएको छोरालाई। हण्डर खेप्नुपर्ने त हामी दुई जोई-पोइले मात्र त हो नि। उमेरले बूढो भनेर पार पाइएको छैन। हण्डर र मुक्तमान कति भोग्नु, जीवनभरि दुःख गर्न लेखिया रहेछ। दिनभरि घरमा बसेर अनेकौँ लण्ठा भोग्नु न हो।

“कमसेकम तपाईंले बुझेको, तपाईंलाई मर्का परेको झ्याउला पन्साउन परेको दिकदारी चोट हाम्रा सामु राम्रो तरिकाले बुझाएर भने पो न्याय, अन्याय र मर्का कस्तो पथ्र्यो बुझ्न पाए पो बोल्नु त”, सञ्जयले आमालाई कडा शब्द भावभङ्गी मिलाएर आागनको कुर्सीमा बस्तै व्यक्त गर्‍यो।

पार्वती र शोभा पनि आागनमा आएर त्यही समयमा ठिङ्ग उभिए। उनीहरूको अनुहार गम्भीर चिन्तायुक्त देखिन्थ्यो। एक प्रकार स्थिति बेग्लै हुन गयो। वास्तविक कुरा खोतल्नु सञ्जयको कर्तव्य नै थियो। सबै जना आागन र दलानमा भेला भए। जेठीमैयाले उठाएको रडाको बारे पार्वती र शोभा अनभिज्ञ नै थिए। मेलोमेसो नै थिएन। झोल घोप्ट्याएजस्तो अनुहार पारेर नरमानले भन्यो गाईले दूध दिएन।

गाई सबेरै बाँधेको, खोलेपानी पनि दिन भ्याएको थिएन। खेतको चटारोले सबको ध्यान खेततिर केन्दि्रत भएको छ। शोभाले घोसेमुन्टो लगाएर डराई डराई भनी। सञ्जयले बोल्न नपाउँदै बूढी सबका सामु कुर्लिन्। मसली आएकी थिई, थोरै बात चुटेर गई। राँडीका मुखका दाँत झरेका छन्। अनुहार हेर्दै बोक्सीजस्ती लाग्छे। पोतो बसेको अनुहार छ। लेघ्रो तानेर चिप्लाई घसेर बोलेर गाड्छन्। काकीको त गाई दूध दिादै छ, थाकेको छैन। मेरो भैासी त थाक्यो, साटोपाटोको चाँजोपाँजो मिलाउन भनेको भनेर लेघ्रो तान्थी। निकै समय थचारिई। काम न काजकी बजिनीलाई पिाधमा फोका उठुञ्जेल बसे पनि के बित्ने लवस्तरीको। के तन्तर मन्तर गरेर गई, गाईले टाङमुनि बस्न दिएन। नरमानलाई नै पल्टाई दियो। तिमीहरूलाई भाग बस्न पाए भई हाल्ने, पुर्‍याउनु टार्नुसाग कुनै सरोकार छैन। छोराबुहारी र छोरीको सामु भुत्भुताएपछि बूढीको रिस आधा घट्यो। एकपल्ट आाखा फर्काएर पूर्वी आकाश हेरेर मौन भइन्। शोभा केही नबोली भान्सामा प्रवेश गरिन्। पेटभरि घाँस खान दिउँ दूध, देला नि। गाईवस्तु यदाकदा यस्तो भइहाल्छ नि। आमाको बानी पनि ठीक छैन क्या। बढी अर्कालाई आरोप र दोष लगाउनुहुन्छ पार्वतीले आफ्नो मनको कुरा गरी।

आमाले टिप्पा खाइन्। तालाई लवस्तरी, नक्कली। लाद्रो भर्न पाए भइहाल्छ। पोइको घर खान सकिनस्। बाबु र दाजुको कमाईमा भाउजूलाई कजाएर खान पल्केकी छस् र गोडा पसारेर हसुर्छेस्। टार्न पुर्‍याउने मान्छे दोषी हुन्छ। टार्नु पुर्‍याउनु नपर्नेलाई सधैा हाइसञ्चो।

निकै गम खाएर सञ्जयले आमाको रिसलाई कम गर्ने प्रयत्न गर्‍यो। आमालाई सम्झाउने किसिमले भन्यो तपाईंले जीवनको लामो यात्रा पार लाउनुभएको छ। सत्तरीको नजिक पुग्नु भो। केश फुलेर हिमालजस्तै सेता भएका छन्। तपाईंको रिस कम भएको छैन। दायाँबायाँ बुझ्न हुन्न। कसैसाग रिस उठ्नेबित्तिकै बोक्सीको आरोपमा मान्छेलाई मुछ्नु हुन्न। अपराध हुन्छ। सक्नेले मुद्दा लगाइदिन सक्छन्। दाँत झर्नेबित्तिकै बोक्सी हुादैन। विधवा अथवा एकल महिला हुनु अपराध होइन, बाध्यता हो। तपाईंका छोरा छन्। उनका छोरी मात्र छन्। तपाईंसाग सम्पत्ति छ, उनी गरिब छिन्। आफूले सम्मान पाउन अर्काको पनि सम्मान गर्न जान्नुपर्छ।

सञ्जयले यति लामो कुरा गर्दा जेठीमैयाँ कान थापेर सुनिरहिन्। एक शब्द पनि फर्काउन सकिनन्। आफूले गल्ती गरेको महसुस गरेर जवाफ नफर्काएको हुनसक्छ। बूढीको अनुहार मलिन भएको र पश्चाताप महसुस गरेको जस्तो लाग्दथ्यो।

केही क्षणको मौनतापछि सञ्जयले आफ्ना कुरा फेरि भन्न थाल्यो बिचरी मसली भाउजूले भैासीको दूध बेचेर छोरी पढाएकी छन्। देवरले विदेशबाट पैसा पठाइदिन थाल्या छ। सुखका दिन आए भनेर खुसी छन्। नागरिकता बनाइदिन अधिकार पाए महिलाले छोराछोरीको नागरिकता बनाउन अब देवर-जेठाजुको शरण पर्न परेन गाईले दूध नदिनुको कारण त पेटभरि खोले-घाँस खान नपाएर पो त हो त। बुढेसकालमा सम्मान खोज्नेकी अपमान। तपाईंले व्यक्त गरेका शब्दहरू र शब्दवाण मसली भाउजूले थाहा पाइन् भने के हुन्छ ? जीवनको नियति यस्तै कठोर हुन्छ कि नरम ?

सञ्जयले सम्झाएपछि जेठीमैयाको रिस केही कम त भयो तर भुत्भुताउन भने केहीबेरसम्म थामिएकी थिइनन्। के युग आयोआयो हगेका लिाडको शासन सहनुपर्ने, लाद्रो भर्न पाएपछि जे बोल्दा पनि हुने, अरूले पचाई दिनुपर्ने त्यसो त अब संसारमा भगवान् पनि छैनन्, धामी, झाँक्री, ज्योतिषी सब नष्ट भए, बोक्सी नभए धामी किन चाहियो। गोठको धूप किन गर्ने, कुलाइन पूजा किन गर्ने ? आदि बकवासपछि बूढी भित्र प्रवेश गरिन्।
पार्वती र शोभा केही बोलेनन्। नरमान गाईलाई खोले दिन थाल्यो। सञ्जयले घरमा भएका सबैले सुन्ने गरी पुनः आफ्नो भनाइ राख्ने प्रयत्न गर्‍यो।

विगतको युग नै त्यस्तै थियो, मान्छेले आफ्नो शक्ति चिन्न-बुझ्न सकेका थिएनन्, अँध्यारो युगमा निरीह भएर बाँचेका थिए, एक्लो जीवन बिताएका थिए। भौतिक प्रगति भएको थिएन। अँध्यारो युगले दिएको गलत संस्कृति र अन्धविश्वास हो। बोक्सीका कुरा अब गर्दै हिाड्नु अपराध हुन्छ। अब हामी नयाँ युगमा प्रवेश गरेका छौँ। भोलि उमेर, सम्पत्ति र छोराको धाक नदेखाई मसली भाउजूसाग यी आज व्यक्त गरेका बकवास र आरोप अब आइन्दा कसैलाई लगाउने छैन भनेर माफी माग्नुपर्छ भन्दै सञ्जयले आमालाई सम्झायो।

सञ्जयका घरमा भएका कुरा थाहा पाएर हो या नपाई हो, मसली भाउजू बिहान सबेरै त्यस घरमा आइन्। राकसे बूढाका घरपरिवार सब चुपचाप भए। मसलीले जेठीमैयाँलाई नमस्कार गर्दै आागनको कुर्सी तानेर बसिन्। केही क्षण सब मौन रहे। मसलीसाग बोल्ने आाट गरेनन्। केही क्षणको मौनतापछि मसली आफैाले भनिन्- “काकी तपाईंलाई देख्दा आमा देखेजस्तै लाग्दथ्यो र आदर गर्दथेा। कसैको नम्रता, श्रद्धा र आदर्शलाई कमजोरी ठानेर दशथरिका आरोप लगाउन कति निन्दनीय छ” भन्दै बसेको ठाउँबाट उठेर बाटो लागिन्। कसैले पनि उनलाई बस भन्न सकेनन् र विषय र प्रयोजन पनि कोट्याउन चाहेनन्। -मधुपर्क, २०६६ जेठ

[तपाईँको पनि कथा, लघुकथा माइसंसारमार्फत् बाँड्न चाहनु हुन्छ भने पठाउनुस् [email protected] मा]

6 thoughts on “कथाः मसली भाउजू”

  1. Abhi says:
    July 2, 2012 at 5:08 pm

    आफु नि भेटनरी डाक्टर, दस वर्ष जति अगाडी भैसी बिरामी भएर उपचार गर्न जादा भैसी लाई Milk Fever भन्ने रोग लागेको रैछ, दुइ बोतल काल्सियम र अरु औसधि दिएपछि सन्चो भयो . भोलिपल्ट ति भैसिधनी ले भनेको सुनेको . भैसी लाई कालो मशान पनि लागेको रैछ धजा पनि उठाइयो डाक्टर लाई नि बोलाएर सलाइन लगाइदिए अनि भैसी सन्चो भयो . अब म के भन्नु आज यो कथा ले त्यो घटना सम्झन पुगे .

    Reply
  2. mahesh says:
    July 1, 2012 at 2:20 pm

    राम्रो कथा, पढदा पढ्दै सिद्दिएकै थाहा पाइएन

    Reply
  3. manju AUS says:
    July 1, 2012 at 12:36 pm

    कथा राम्रो लाग्यो गाउघर को परिवेस मा छ तर यसमा बोलेका सब्दहरु कता कता राम्रो लागेंन तिनै सब्द नराख्द पनि कथा को भाव त बुझिन्थियो होला नि ? …

    Reply
    1. Sachin says:
      July 4, 2012 at 9:03 am

      मन्जू जी
      हाम्रो गाउ घर अनि सहर तिर येसरी नै बोल्छन, घटना र परिवेश लाई यथार्ता दिन लागि एस्ता सब्द हरु प्रयोग गरिएका हुन्.अन्यथा नलिनु होला.

      Reply
  4. ryan says:
    July 1, 2012 at 11:03 am

    समय को परिबर्तन संगै नेपाली हरुले आफ्नो स्वादमा पनि परिबर्तन गरेका हुनकी जस्तो लाग्छ मलाइ. पहिले को दहि चुराको को ठाउमा कतिपयेले दहीलाई परिबर्तन गरि रक्सि र चिउरालाई परिबर्तन गरि मासु बनाएका छन्. तर सबै ठाउमा सबैले येस्तई गरेका छन् भन्ने चाहि होइन. जे भएपनि असार १५ लाइ सबैले धुमधामसंग मनाउचन यो नै सबै भन्दा ठुलो कुरा हो .

    Reply
  5. योगेश आदी, न्यूयोर्क says:
    July 1, 2012 at 6:48 am

    गाउँ घरको परिवेश र परिघटनाहरू दुरुस्तै उतारका छन् / कथा पढुन्जेल मैले आफुलाई धने काकाको घरको पिढीमा बसेर आफुले चर्तिकला हेरे जस्तै पाए…

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme