Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हामी कस्तो बहादुर ?

Posted on June 22, 2012June 22, 2012 by mysansar

-डील्लीराम भण्डारी “यात्री”-

पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने) लेब्रा (मजदुर), सबसे कचडा कामकर्नेवाला (सबैभन्दा निच वा फोहोरी काम गर्ने मान्छे) भन्ने थियो।

हामी नेपाली नेपाल आमाका बीर सन्तान अनि गोर्खाली “बहादुर” भनेर गौरव गर्छौ। पृथ्वीनारायण शाह, बलभद्र कुँवर, बहादुर शाह, भीमसेन थापा लगायतका वीरहरुले कुनै बेला इतिहासमा नेपाली जनता, नेपाल राष्ट्र, नेपाली राष्ट्रियतामाथि औँला उठाउने विदेशी शक्तिमाथि देखाएको पराक्रम र बहादुरीको उपजनै “बहादुर” हो भनेर बुझिन्छ। शब्दकोषमा हेर्ने हो भने पनी “बहादुर” भनेको अडिग,निडर,पराक्रामी,कार्यसम्पादनमा दक्ष भन्ने नै देखिन्छ। यो त कुरा भयो “बहादुर” भनेर बुझ्ने हरुको हकमा।

तर खाडी राष्ट्रहरुमा बुझेर वा नबुझेर नेपालीहरु माथि “बहादुर” शब्दको उपमा लगाएर प्रसस्त अपमान अनि घृणाको दृष्टिले हेर्ने गरेको मैले देखेको अनि भोगेको पनि छु।

समय भएसम्म मैले वास्तबिकता बुझाउने प्रयास पनि गरेँ। कतिले बुझे र महान अर्थ बोकेको शब्द अनि नेपाली प्रतिको घृणा बोध पनि गरे भने कतिले आफ्नै ब्याख्यालाई साँचो ठान्दै बिभिन्न झुटा उदाहरण समेत प्रस्तुत गरे।

सरसफाईमा कामगर्ने, सडक मजदुर अथवा अदक्ष्य, कमसल खालको जुनसुकै काम गर्ने भारतीय नै भएपनि “बहादुर”को उपमा दिईनुले बहादुर कुनै श्रेष्ठ कामको पर्यायवाची नभई निच, सानो र घृणित कामको उपज बनाइएको प्रष्ट हुन्छ।

स्मरण रहोस आजको स्वार्थि संसारमा काम “जस्तो सुकै भएपनि सानो ठुलो हुँदैन” भन्ने आदर्शको नारा मात्र भएको अबश्था छ। अधिकंश दाजुभाइहरुको बास्तबिक नामसँग गासिएर आउने बहादुर शब्दले कहिलेकाहिँ परीचय पत्र वा पासपोर्टमा नामको पछाडि बहादुर देखेपछि उनिहरुको क्षमता,प्रतिभा,अनि अनुभबको मापन नै नगरि अदक्ष्य,लेबर काममा भर्ति गर्ने चलनले बास्तबमै ग्लानी समेत हुन्छ।

हुनत हामी बिदेशमा कामगर्ने नेपालीहरु सच्चा बहादुरको वास्तबिक अर्थ बुझाउन सैद्दान्तिक र ब्यबाहारीक रुपबाट समेत प्रस्तुत हुन तत्पर नहुनाले पनि झनै अपब्याख्या र भ्रमले जरा गाड्दै गएको छ।केहि दिन पहिले दोहाको नेस्नलको सडक किनारा बाट गुज्रदै थिएँ ,भारतीय मुलको एउटा ट्याक्सी ड्राईभरले नजिकैका नेपाली दाजुलाई “बहादुर” भनेर के बोलाएको थियो किनहो कुन्नि नेपाली दजुको पारो तात्यो मेरो न्वारन खाईतिस् ? आदि इत्यादि भनेर यति गालि गरेकि जुन शब्द मैले यहाँ राख्नु सान्दर्भिक ठानिन। तसर्थ कसैले बुझेर वा नबुझेर दिएको श्रेष्ठतालाई केहि नेपालिले ग्रहण गर्न नसकेको अबस्था छ।

बास्तविक “बहादुर”को सहि अर्थ सैद्दन्तिक र ब्यबाहारीक रुपमा पहिचान गराउन हामि आफ्नै ज्ञान,बुद्धि,शिप,अनुभब र बिबेकको प्रयोग गर्नु आबश्यक छ। हाम्रा पुर्खाले तर्बार खुकुरी अनि भाला चलाएर गोर्खालि बहादुरको नामले चिनिएका थिए भने अब कलम चलाएर एक्काएसौं सताब्दिको उपजको रुपमा हामि नेपाली कलमबीर अनि सच्चा”बहादुर”को नामले बिश्व जगतमा प्रस्तुत हुन सके भ्रम पालेर हामि बहादुर हरु प्रति घृणा गर्ने कुअर्थ लगाउने अथवा अपब्याख्या गर्नेहरुको दिमागमा घाम कसो नलाग्ला ?

बहादुर शब्दलाई तपाईँले पनि यसरी गलत अर्थमा बुझेको देखे भोगे वा सुन्नुभएको छ कि ? आफ्नो अनुभव तल कमेन्टमा बाँड्नुस्।

47 thoughts on “हामी कस्तो बहादुर ?”

  1. हरिप्रसाद ग्यवाली says:
    June 28, 2012 at 4:17 pm

    बहादुर शब्द शब्र्दार्थको हिसाबले नराम्रो हो भन्न त मिल्दैन।तर पनि जसरी यो शब्दको प्रयोग भारतीय मित्रहरूबाट हुने गर्छ,त्योअसान्दर्भिक नमिल्दो र हेपाहा शैलीमा प्रयोग गरिएको पाइन्छ।कतिपय अनभिग्यँताको कारण पनि यो शब्द प्रयोग गरेका हुन्छन् उनीहरू।एकपल्टको कुरा हो, त्यति बेला हामीहरू बनारसमा पढ्न बसेका थियौँ।एक दिन त अचानक स्वामीजिी (प्रधानाचार्य)ले एक जना साथीलाई उसको नाऊँ भनेपछि फेरि बहादुर भन्दै बोलाएको मैल सुनेँ।मलाई खटाइ सकनुभएन।फटाफट निजसङ्ग गएर मैले प्रतिवाद गर्दै भनेँ,”तपाईँले आफ्नै विद्यार्थीलाई पनि हेप्ने?”उनले आफ्नो अनभिग्यँता प्रकट गर्दै माफि मागेर आइन्दा त्यसो नभन्ने बचन दिएका थिये।हामीले सोँच्नु आवश्यक छ कि दर्बानको रूपमा होइन, साँच्चै नै बहादुरीको काम गरेर देशलाई समृद्ध बनाउन सके कसले हो हामीलाई हेप्ने?विदेशमा बसेर हैन ,आफ्नै देशमा उन्नति गर्न सके देश समृद्ध बन्छ बन्छ।

    Reply
  2. DIL BAHADUR BOHARA CHHETRI says:
    June 26, 2012 at 2:45 pm

    -डील्लीराम भण्डारी “यात्री”-
    साथीहरु हामीले सबै भन्दा पहिले हेरौकी यो लेख लेख्ने को हो ? -डील्लीराम भण्डारी “यात्री”- उसको नाम मा कुनै बहादुर लेखिएको छैन ,
    हाम्रो देश को चलन नेपाल मा पहिले नाम राख्ने कसले त ? पण्डितले .पण्डित को त ? बाहुन . किन बाहुनको नाम मा बहादुर हुदैन .
    -डील्लीराम भण्डारी “यात्री”- साथीलाई बहादुर भनेको मन परेन होला किन भने नेपाली लाई अरब को कुनै पनि ठाम मा बहादुर भन्दैन . म यहाँ दुवै मा राम्रै पोस्ट मा छु मेरो माने मा पनि बहादुर छ . तर आज येत्रो १२ साल सम्म मलाई कहिले पनि बहादुर भनेर बोलाएको छैन .साथी हजुरलाई बहादुर भन्दा मन दुख्छ भने तो हजुरको कुरा हो (.पुगनपुग एक दशकको खाडी बसाईको क्रममा हजारौं विदेशीसँग हेलमेल भयो। बिभिन्न देशका नागरिकहरुले नेपालीहरुलाई बास्तविक नाम वा ब्यक्तिगत नाम भन्दा पनि “बहादुर” भनेर नै बोलाउने गर्छन्। प्रसंग उठेको बेलामा केही ब्यक्तिसँग मैले “बहादुर”को बारेमा उनीहरुको बुझाइ वा धारणा बुझ्ने मौका मिल्यो। उनीहरुको तर्क बहादुर मुक माफि (दिमाग नभएको), माफिमालुम (काम गर्न नजान्ने) लेब्रा (मजदुर), सबसे कचडा कामकर्नेवाला (सबैभन्दा निच वा फोहोरी काम गर्ने मान्छे) भन्ने थियो।) यो चाही १००% गलत हो

    Reply
    1. Yam Chand says:
      September 16, 2012 at 8:40 am

      दिल भाइ,

      तपाइँ धेरै भाग्यमानी हुनुहुन्छ भन्ने मलाई लागेको छ. भारतीय हरुले हामि नेपालीहरुलाई खाडीका देश हरुमा त के बैतरणी पार गरेर आएको उत्तरी अमेरिका (क्यानाडा/यु एस ए ) मा समेत हेप्न छोडदैनन्. मेरो दर्जामा जहाँ कमसे कम १० जना पुर्व भारतीय/पाकिस्तानी हरु मेरो मुनि काम गर्छन, तैपनि यो भन्न पछी पर्दैनन् कि “अरे हमारे घरमे तो एक बहादुर काम कर्ता था यार, यार हमारे मोहल्ले में तीन गोरखे वाचमेन थे” इत्यादि इत्यादि. तपाइंले अलिक धक छोप गरे जस्तो लाग्यो. हामि नेपालीहरुको नियति पुखौं देखि एक – दुइ पैसा जगेडा गर्न भारत तीर गएर सानो तिनो काम गर्ने रहेको छ. जुन किसिमको background हाम्रो छ, सानो तिनो काम बाहेक भारतमा केहि काम त नेपालीहरु ले पाउन गाह्रो छ. खुला सिमानाले गर्दा भारतबाट आउने हरुले नेपालको रास्ट्रपति को दर्जा सम्म पाएका छन् तर हामीहरुले बहादुर या गोर्खा भन्दा माथि जान धेरै गाह्रो छ र मा लेखक संग सहमत छु. जय देश!

      Reply
  3. narayANarayan says:
    June 26, 2012 at 2:43 pm

    मैले चै देखेको छ र सुनेको पनि छ तर मलाई चै धेरै ले पाकिस्तानी भन्ठानेर होला सायद बहादुर भनि हाल्दैनन तर बिशेष त इन्डियन र इजिप्ट अनि कतारी हरुले भनेको सुनेको नरमाइलो लाग्छ !

    Reply
  4. sam says:
    June 26, 2012 at 12:10 pm

    गोर्खा =पाले (इन्डियन thinks )
    बहादुर = article मा भने जस्तै
    पर्बतारोहन मा ख्याती प्राप्त जाति शेर्पा =भारी बोक्ने (eastern european +other white tourists thinks )
    यस्तै सोच छ बिदेशी हरुको /

    हाम्रो आर्थिक अवस्था र हाम्रो आफ्नै कारण ले माथि उल्लेखित सब्द र अरु पनि धेरै सब्ध को वास्तविक अर्थ change हुँदै छ हामीलाई थाहा छैन

    Reply
  5. Niraj says:
    June 25, 2012 at 5:38 pm

    मैले( खाडी) कतारमा काम गरेको १० वर्ष भयो तर ‘” बहादुर” भन्ने सब्दलाई एती सारो अपहेलना गरेको थाहा छैन,जति लेखक महोदयले भन्नु भाको छ.,हाम्रो कम्पनिमा ५००० भन्दा बढी नेपाली कामदार छ, एदी उनीहरुलाई तेस्तो कामचोर,मुक माफी (दिमाग नभएको) भनेको मैले ऐले सम्म सुनेको छैन,एदी बहादुरको अर्थ” मुक माफी ” भैदिएको भए ३ लाख नेपालीलाइ भिसा दिएर राख्ने थिएन होला.

    लेखक महोदय.
    नेपाली हरुलाई,
    उनीहरुले बहादुर भनेर भन्दा पनि ९५% ले “सोल्टी” भनेर बोलको साएद याद गर्नु भएन होला.

    Reply
  6. Gorkhali Shrestha says:
    June 24, 2012 at 6:52 pm

    जसरि बहादुर भन्दा रिस उठ्छ, तेसरिनै मदिसे, धोति, सत्तु, आदि आफ्नै तराई बाशी भाई बन्धु लाइ सम्बोधन गर्दा मजै लाग्छ हैन त् ? खुकुरीले हानेर देखाउने बहादुरी को जमाना गयो. अब यो जमाना को बहादुरी देखाउनुस. हिंग नभयेनी, बराजुको हिंगको टालो लिएर कति सून्घौने ? आफ्नो इज्जत अरुको मुखबाट सुन्नु छ भने पहिले अरुको इज्जत गर्न जान्नुस.

    Reply
  7. Anil says:
    June 24, 2012 at 3:42 am

    पनि खाडी मुलुक को दुवैइ मा बिगत १२ वर्ष देखि काम गर्दे आयको छु तर मैले काम गर्ने कम्पनी मा एस्तो सब्द सुनेको छैन हाम्रो कम्पनी मा १०० नेपाली काम दार छन् कसैइ लाई पनि उनीहरुले मुक माफि (दिमाग नभएको), माफिमालुम भनेको सुनेको छैन मैले सुनेको त (नेपाली नम्बर वहित ) नेपाली नम्बर १ हुंछ /खुल्लु नेपाली गूड़ भन्छन ( सबै नेपाली राम्रो छन् )
    माफ गर्नु होला
    माफिमालुम भनेको (काम गर्न नजान्ने ह्येइन)
    (माफिमालुम भनेको – थाहा छैन

    Reply
  8. देबहरी, नारानघाट says:
    June 23, 2012 at 4:25 pm

    अरबमा नेपालीलाई “हमार” चै भन्छन है ।

    Reply
  9. Bhawanee Tiwari Thebe says:
    June 23, 2012 at 3:26 pm

    नेपाली हरुलाई “बहादुर” भनेर बोलाउने चलन (हेलाको द्रिस्टीले )त्यस बेला देखि सुरु भएको हो जुन बेला देखि हाम्रो नेपालको पश्चिमी भाग बाट कम शिक्षित नेपालीहरु भारतको विभिन्न भागमा दरवान (पाले) को रुपमा काम गर्न थाले / उनीहरुको नाममा बहादुर जोडिनु नै प्रमुख कारण हो / जस्तै हरि बहादुर, राम बहादुर, हर्क बहादुर, श्याम बहादुर आदि इत्यादी / भारतीय हरुलाई उनीहरुको नाम उच्चारण गर्न सजिलो हुने बहादुर भन्ने शब्द नै पछी गएर नेपाली पाले (गार्ड) हरुलाई “बहादुर” भनेर बोलाउने चलन बसेको हो इन्डियामा /
    यो चलन इन्डिया मा बाहेक अरु कुनै मुलुकमा छैन / र भारतमा धेरै नेपालीहरुले दरवानको रुपमा जागिर खाइरहेको अवस्था हाल पनि भएकोले जुन जुन भारतीयहरुले नेपालीहरुलाई हेर्ने द्रिस्तीकोण तल्लो स्तरको काम गर्ने भन्ने छ उनीहरुले मात्र नेपालीहरुलाई बहादुर भनेर बोलाउने हो / युरोप वा अमेरिका तिर पनि नेपाली इन्डियन हरु संगै बस्ने गर्छन तर उनीहरुले नेपालीहरुलाई बहादुर भनेर बोलाउने हिम्मत गर्दैनन् /
    हामी सित पनि एकै कम्पनीमा भारतीयहरु काम गर्छन तर हामीलाई आदर नै गर्छन र हामी पनि उनीहरुलाई आदर नै गर्छौं / यो सब व्यक्तिको मानशिक्तामा भर पर्ने हो जस्तो लाग्छ मलाइ /

    Reply
  10. Lalita says:
    June 23, 2012 at 10:22 am

    This world loves to hate other race, I don’t know why. In america white and black, in australia white and black(aborginals), In Iraq Siya and Suni, In philippines muslim and Cristians …..even in india hindu and muslim had enough hating each other but I think they have realised and moving on with their positive thinking. Now its time for us to realise and move on with name calling like Pahadi…Madhesi…Bhote…Jyapu and so on. Love others.

    Reply
    1. mahesh says:
      June 23, 2012 at 1:25 pm

      छाडी दिनुस एस्तो कुरा! दरवान, कुल्ली ले कमाएको भए पनि सेना ले कमाएको भए पनि बहादुर शब्द प्रति गर्व गर्न पर्ने आबश्यकता देख्दिन. हुन् पर्ने बुद्दिमान हो न कि बहादुर. कारगिल मा देखाइएको बहादुरी, जाफ्ना मा देखाइएको बहादुरी, फकल्याण्ड, हेल्मंद, बग्दाद मा देखाइएको बहादुरी कसको निम्ति हो? यहाँ कालापानी मेताइएको छ, सुस्ता मिचिएको छ, कारगिल र हेल्मान्द को बहादुरी ले के गर्ने? कारगिल मा भारतीय को निम्ति बहह्दुरी देखाएर रेल मा फर्किएर देहरादुन आऊदा कस्तो होला? महाकाली तर्दा अनि त्यहाँ को अतिक्रमण हेर्न पर्दा र त्यो बारे मा चुक्क बोल्न नसक्दा के होला हालत? अनि अझै हामि बहादुर थिऔ, र छौ भनेर गर्व गर्ने? मलाइ एक जना बिदेशी ले विदेश मा नै दुइ जना नेवार साथि नेवार भाषा मा कुरा गरेको र मैले नबुझेको थाहा पाएर “तिम्रो देश को भाषा बुझ्देनौ तर अंग्रेजी चाहि बुझ्दछु, कस्तो अचम्म” भनेको थियो, तेस्तै भारतीय को सिमा अतिक्रमण हुदा उनि हरु को निम्ति बहादुरी देखाउछु, ब्रिटिश को निम्ति बहादुरी देखाउछु तर आफनी निम्ति किन देखाउदेनौ? भन्यो भने के होला? तेसकारण जसले जसरि भने पनि बहादुर शब्द आदरपूर्ण सम्बोधन होइन.

      Reply
  11. paryabechhyak says:
    June 23, 2012 at 7:08 am

    सहि कुरा हो बहादुर र गोर्खा सब्दाबली को बिदेशी को सोचाई मा बदलाव आएको/ करिब तिस बर्ष पहिले को कुरा हो – पुर्बी जर्मनी बात पश्चिम जर्मनी जाँदा नेपाली ले पश्चिम जर्मनी को विसा चाहिने नियेम सुरु गरेको/ ट्रेन म़ा बोर्देर पससपोर्ट चेक हुँदै थियो/ नेपाली पासपोर्ट देख्ने बित्तिकै खोइ विसा भनेर सोधपुछ गर्न थाले/ लामो सम्बाद पछी नेपाली हरू गोरखाली हो भन्ने थाहा पाए पछी ‘ये तेसो भए विसा चाहिंदैन भनेर जान दियो/ केहि महिना अगाडी को कुरा हो – होंगकोंग म़ा ट्रांसित भएर यात्रा गर्दै थिएँ – नेपाली भएको हुँदा ट्रांसित विसा बिना नभई यात्रा गर्न नपाउने भनेर टिकेट नै इस्सु भएन/
    बिगत केहि दसक म़ा नेपाली बारे दुनिया को सोचाई म़ा कति बदलाव आएको भन्ने कुरा अनुमान गर्नुस ! नेपाली – बहादुर – गोर्खा – जे भने पनि नेपाली प्रति संमान घटेको पक्कै हो/

    Reply
  12. Basanta says:
    June 23, 2012 at 7:08 am

    नेपाली त वास्तबा मै बहादुर हुन् तर माथि उल्लेखित सबै सब्दहरु को लागि बहादुर होइनन यो भारतीय भुमि बाट उपज भएको सब्द हो भारतीयहरुले नेपालीलाई गुलाम बनाउनको लागि प्रयोग गरिने सब्द हुन् एकदम तल्लो स्तरको सब्द हो तर भारतमा पनि धेरै लै थाहा छन् कि बहादुर भनेको लिडर नडराउने भन्ने तर सब्दको अर्थ यहाँ अर्कै लागिएको छ .

    Reply
  13. ryan says:
    June 23, 2012 at 6:56 am

    जुन बेला नेपाल मा देश को लागि आपनो सरिर बलिदान गर्ने बिर पुर्खा हरु थिए तेही समएमा बहादुर सब्दले निकै चर्चा पाएको थियो र सबै को मुख मा झुन्डिएको पनि थियो . जब नेपालका लागि बहादुर भनिएका र मानिएका बास्तबिक बहादुर सदाका लागि यो संसार बाट बिदा लिए उनीहरु संगै बहादुरिता पनि गयो र यो सब्द केवल इतिहास क पन्ना हरुमा सिमित रयो. उनीहरु पछिका नया जेनेरेशन ले बहादुरीको नाममा हिंसात्मक कामहरु गर्न थाले . जो हिम्सात्मा र फटाइ काम गर्न अगाडी सर्छ उसलाई बहादुर सब्दले उस्काउने काम गरिन थालियो र एस्ता असामाझिक कामले बाहुल्येता लिन थाल्यो . जसको फल सोरुप आज आएर निच र तल्लो इस्तार्को काम गर्नेहरुलाई यो संघया ले बोलाउन थालियो र बिसेशी भूमिमा पनि यो सब्दले निकै नै चर्चा पायो .जसले गर्दा कतिपय बिदेशी भूमिमा काम गर्ने नेपालीहरुलाई राम्रो तरिकाले लिने र सम्मान गर्ने गरिदै न .यो नेपाली को लागि धेरै नै नराम्रो कुरा बनेको छ.

    Reply
  14. Hem says:
    June 23, 2012 at 6:13 am

    यो भएको भारतमा गएर ढोके, दरबान बसेर कमाएको बहादुरी हो र भारतीयलेनै उता पनि नेपालीलाई येही नामले चिनाई दिएका होलान | कलमले बताउन गार्हो हुन्छ तिनीहरुलाई सच्चा बहादुरी चिनाउन खुकुरीको धारको चोटले मात्र सक्छ | भारतीय मुलको ट्याक्सी ड्राईवर्ले नेपालीलाई हियाएको हो श्रेष्टता र आदर भावले बहादुर भनेर बोलाएको होइन | तसर्थ तुच्छ संग ब्यबहार गर्दा तुच्च्छनै बन्नु पर्छ |

    Reply
  15. rajesh bhandari says:
    June 23, 2012 at 4:46 am

    खोइ लेखक मित्रले कहाँ बाट सुन्नु भयो म पनि बिगत ८ वर्ष देखि अरब मै छु कुनै पनि अरबी मूल का मानिश हरु ले बहादुर भनेर बोलाको सुनेको छैन सायद लेखक मित्र भारतीय कम्पनि मा काम गर्नु हुन्थ्यो जस्त्यो लाग्यो मलाई त

    Reply
  16. बिस्वाश says:
    June 23, 2012 at 3:25 am

    थोरै बहादुर साच्चिकै बहादुर भए पनि अधिकांश बहादुरहरु भारततिर ढोके, चौकीदार र निम्न कोटिका मजदूर भएकोले होला बहादुर शब्दको अपव्याख्या भएको | यदि यस शब्दको गरिमा बढाउने हो भने राम्रा राम्रा कामको अवसर देशमै श्रीजना गर्नु पर्यो | अर्काको ढोके , चौकीदार भएर बहादुरहरुले जीवन यापन गरुन्जेल यो शब्दको गरिमा बढ्ने छैन | उदाहरणको लागि मधेशी भन्ने शब्द गाली थियो त्यसलाई मधेशीले शक्तिमा परिणत गरे | बहादुरहरुले पनि बहादुर शब्दलाई कर्मले गौरवमय बनाउन सक्छन |

    Reply
  17. Suprabhat Shrestha says:
    June 23, 2012 at 2:10 am

    यो लेख बास्तबमै हृदयी स्पर्शी छ/तर के गर्ने?हाम्रो आफ्नै देशमा शान्ति पुर्बक बसेर रोजगारी गर्न पाए मरुभूमिमा गएर प्राणको बाजी त छदैछ इज्जतकै बाजी लगाएर काम गर्न जाने बाध्यता आउने थिएन/हामी सबैलाई थाहा छ देशका नेताहरुले देशलाई हेर्दा हेर्दै खाल्टोमा हालीहाले/हामी मुकदर्शक मात्र छैनौ,हामी जनता बिदेशमा यस्तो काम गरेर आर्जन गरेको पैसाबाट देश चलेको छ,त्यसैबाट नेताहरु निर्लज्ज भत्ता डकारी रहेका छन/ देश चलिरहेको छ/देशको उद्योग धन्दा सबै बेचेर खाइ सके/हामीले काम नगरे देशको उपाएनै के छर ?

    Reply
  18. तेजप्रसाद अधिकारी says:
    June 23, 2012 at 12:11 am

    लेखक संग म सहमत हुन सकिन । म पनि खाडी मुलुकमा दशक भन्दा बढी समय बिताई सकेको छु तर केहि एकाध इन्डियन हरु बाहेक अरु देशका नागरिकले नेपाली लाइ ‘बहादुर’ सम्बोधन गरेको थाहा पाएको छैन । अरु देशको नागरिक ले त झन् नेपाली हरु इमान्दार, मेहेनेती, मिलनसार र सच्चा हुन्छन भनेर भनेको सुन्न सकिन्छ । रक्सि पिउने र जुवा खेल्ने बानीले अलिकति बदनामी बनाएको छ नत्र नेपाली लाइ हेर्ने दृष्टिकोण खाडी मुलुकमा लेखक ज्युले भने जस्तो छैन । हरेक देशमा नेपाली कामदार को माग उच्च हुनु नेपाली इमान्दारिता को परिणाम हो । हामीले इन्डियन लाइ भैया, धोति भने जस्तै उनीहरुले हामीलाई बहादुर भन्छन बस त्यत्ति हो । अब कोहि नेपाली बहादुर भनिन लाज मान्छ भने त्यो उसको व्यक्तिगत इच्छा हो । तर मैले यहाँ कतिपय नेपाली आफुलाई बहादुर भनेर चिनाउन खुसि भएको पनि भेटेको छु ।

    Reply
  19. Suraj Nepali says:
    June 22, 2012 at 11:23 pm

    श्री भवानी प्रसाद तिमिल्सिनाको कुरा एकदम उचित लाग्यो|
    बहादुर भन्ने शब्द नेपालीहरु ब्रिटिश भारतमा सेनामा भर्ना भए देखिन चलि आएको शब्द हो | पछि मजदुरी, चौकीदारी, होटेल/रेस्टुरेन्टमा, भारतीय परिवारको घरमा काम गर्ने नेपालीहरुलाई यो शब्द प्रयोगले भारतीय समाजमा पर्याबाची हुन गएको हो | हामी नेपाली (पहाडिया) हरुले धोति भनेर भारतीयहरुलाई हेपेर प्रयोग गर्ने शब्द जस्तै बहादुर भनि नेपाली (बिशेष गरेर जनजातिहरुलाई) हरुलाई भारतमा प्रयोग गर्दछन् | मेरो विचारमा यस्तो ब्योहार गर्नेहरुमा शिक्षा र सभ्य संस्कारको कमी झल्किन्छ |

    सुरज नेपाली

    Reply
  20. Rajendra says:
    June 22, 2012 at 11:17 pm

    I agree with your motto.
    But I guess Jyapu’s love to be called jyapu. (This I guess because, recently I seen a photo in newspaper for “Miss jyapu Contest”. 😀
    Actually, its not the words that creates problems, its actually prejudices people have for certain class of peoples that causes problem.

    Suppose someone says, “He is a Nepali”. Do you feel good? Do you feel bad? Actually, we can’t tell. It depends on, “On which tone that is said”. If it is said with a sense of Respect we feel proud and good. If it is said on the tone of disgust or hatred, we feel bad.
    So, name is not problem, its about how people think about us.

    Reply
  21. bhakta says:
    June 22, 2012 at 10:31 pm

    यदी मसँग गोरखालीहरु ( बहादुर ) भईदिएको भए मैले बिश्वका सम्पूर्ण बाँकी भु-भागहरु जित्नेथिए। मलाई बिश्वका कुनै शक्तिसँग डर लाग्दैन तर “गोरखाली” को नाम सुन्ने बित्तिकै मेरो मुटु काँप्छ। ~ एडोल्फ हिटलर, जर्मनी

    Reply
    1. anup says:
      June 23, 2012 at 2:32 am

      यो हिटलर को भनाइ हो र? साथीहरु पनि ज मन लग्यो तेही लेखिदिने …मैले पढे सम्म यो भनाइ जर्मन सम्राट विलिअम केइजर को हो जो नेपाल भ्रमण औडा बोलेको बोलि हो….

      Reply
      1. kastoori says:
        June 23, 2012 at 12:01 pm

        त्यो भनाइ विलियम कैजरकै हो, हिट्लरको होइन; मैले त कुन चाहि शासकको हो अर्को भनाइ पनि सुनेको थिएँ- “धनमा अमेरिका, साहसमा इज्रायल, एकतामा जापान अनि सेनामा “गोर्खाली” पाएँ भने म संसारलाई एउटै बनाइदिन्छु।”

        Reply
        1. mahesh says:
          June 23, 2012 at 1:14 pm

          कस्तूरी जी
          गोर्खाली को बारे मा केजर ले नै भनेका हुन् तर अलि कुरा मिलेन, जति बेला विलिअम केजर थिए तेती बेला इजराइल भन्ने देश नै थिएँ. एसको अस्तित्व त १९४८ मा भएको हो.

          Reply
      2. bhakta says:
        June 23, 2012 at 5:50 pm

        म अमेरिका गको छुइन, अमेरिका छरे भनेको सुनेको भरमा पत्यायको हु! कतिपय कुराहरु बिना प्रमाण पत्याउनु पर्ने हुन्छ , ईच्छा छैन भने नपत्याए कुनै भाटे कारबाही हुन्न / हिटलर र महेन्द्र राजाको तेतिबेला राम्रो सम्बन्ध रहेछ , हिटलर नेपाल गका पनि रहेछन , हिटलरले महेन्द्रलाई उपहार देको voxwagen मोटर हेटौडा बाट बोकेर लगेको फोटा म संग अझै सुरक्छित छ / सुनेको – तेतिबेला महेन्द्र संग नेपालि सेना माग गर्दा महेन्द्रले भनेछन बेलायत संग पहिलेनै एग्रिमेन्ट भएकोले नमिल्ने भनेकाले रे ……
        मेरो आशय -भनेको नेपालि बहादुर रहेछन र त सबैले मन परौदा रछन को हो ! यौटा यो कुरा पनि साचो हो – सक्कली नेपालि जहा गए पनि भोकै मर्नु पर्दैन, एक पटक विदेशीले नेपालीको बानि , काम चाखे पछी छाड्न मान्दैनन -यो चाही मैले र साथीहरुले भोगेको कुरो / पत्याए पत्याउनुस नपत्याए नपत्याउनुस – यो अर्थमा नेपालि बहादुर !

        Reply
    2. shailendra dhakal says:
      June 23, 2012 at 7:08 am

      हुन त एस्तो कुरा सुन्दा दङ्ग पर्नु पर्ने हो म पनि.तर यो भनाइ हिटलरले भनेकै थिए भनेर कहिँ प्रमाण देखाउना सक्नु हुन्छ? पाकिस्तानीहरु पनि तेस्तै खालको कुन्नि कसले “पाकिस्तानी सेना हाम्रो साथमा भए हामी संसार जित्ने थियौ” भनेको थियो रे भनेर भन्दै थिए.अनि त्यो बेला मलाई यो बाणीको याद आको थियो.बेला बेलामा कुन्चाई सेनापनिले भनेको रे भनेर पनि सुन्नमा आउछ.देशको इतिहासको लागि गर्ब गर्नु बस्ताब मै जायज हो.पुर्खाको कुरो सम्झेर दङ्ग परि बस्नु भन्दा भबिस्यको लागि सोच्नु अझ बुद्दिमानी हो.हामी सब लाइ थाहा नै छ दुनियामा हाम्रो औकात कति छ भनेर.नैरास्यताको अन्तिम बिन्दुमा मैले यो भन्न खोजेको पक्का होइन.बरु भोलि हामीले अरुको सामुन्ने कसरि उभिने भनेर चिन्ता गरेको मात्र हो.हामी धेरै पछाडी परि सक्यौ मित्र हरु.कसले के भन्छ भनेर सोच्ने हरुले प्रगति कहिले गर्दैनन्.हाड गल्ने गरि मिहेनत गर्नेले नै एकदिन अबस्य सानदार इतिहास पाउने छ.चुप चाप मिहेनत गरौ ,लागि रहौ.सत्रु हरुले टाढा बाट सलाम गर्ने छन्.केहि दसक लाग्न सक्छ

      Reply
  22. krishna says:
    June 22, 2012 at 10:21 pm

    भारततिर पढ्ने ताका यस्तै अनुभव भएको हो मलाई पनि I अझ हामीलाई Are you a Gorkha or a Nepali? भनेर सोध्ने पनि थिए … गोरखा भनेको पाले, चौकीदार नै भन्ने बुझेको जस्तो लाग्यो मलाई I यो बुझाई को लागि उनीहरु कम हामी नै बढी जिम्मेवार भएको पाए मैले I तर यो अरु को चियो चर्चा गर्न मन पराउने, काम गरि खाने लाई हेला गर्ने संस्कृति भएका व्यक्तिहरुमा नै बढी हुन्छ I त्यसकारण आफ्नो योग्यता र सिप अनुसार श्रम गरौ, अरु को खिसी ट्युरी नगरौ कसैले गर्छ भने मतलब नगरौ I

    Reply
  23. निमेस says:
    June 22, 2012 at 10:14 pm

    कसैले बहादुर बारे नराम्रो कुरा गरेमा निम्न नाम लिनु होला /
    बहादुर शाह – राजाका भाइ
    रण बहादुर शाह – नेपालका राजा
    जंग बहादुर राणा – नेपालका प्र म
    सूर्य बहादुर थापा – नेपालका प्र म
    लोकेन्द्र बहादुर चन्द – नेपालका प्र म
    शेर बहादुर देउपा – नेपालका प्र म
    राम बहादुर बोम्जन – little buddha

    लाल बहादुर शास्त्री – भारतका प्र म
    बहादुर शाह जब्फ़र – मुगल सम्राट (अकबरका छोरा)

    Reply
    1. xyz says:
      June 23, 2012 at 7:18 am

      There are people who like to live in the (unfounded) glory of the past. Come to the gound, live at present and then you know what bahadur really stands for.

      Reply
  24. एम बि टि मल्ल says:
    June 22, 2012 at 9:11 pm

    पस्सिम तथा दक्षिण भारत का अधिकांश शहर हरु मा चौकीदार र पियन हरु लाई बोलाइने भाषा नै बहादुर हो / येशैले अचम्म मान्नु पर्ने केहि छैन /

    Reply
  25. xyz says:
    June 22, 2012 at 4:50 pm

    This is nice article, there may be differences in real or operation day to day and literal interpretation of the words. The word Bahadur may mean strong, courageous, fearless etc inside Nepal and Nepali diaspora but within South Asia, I think, common day to day usage is cheap, stupid labour. Being a Nepali I am very sad to say this. Lots of Bangladeshis take the meaning of bahadur. Even Indian press was one calling King Birendra as King Birendra Bahadur. Sher Bahadur, Surya Bahadur, Krishna Bahadur, Khum Bahadur etc did nothing to add on to the image of Bahadurs. I am taking care of how the word Madhesi, once a derogatory word suddenly turns out to be respectable word. Now, the word is little bit depreciated with the Madhesi parties going nuts.

    Reply
  26. Shree Basant says:
    June 22, 2012 at 3:59 pm

    यो भएको भारतमा गएर ढोके, दरबान बसेर कमाएको बहादुरी हो र भारतीयलेनै उता पनि नेपालीलाई येही नामले चिनाई दिएका होलान | कलमले बताउन गार्हो हुन्छ तिनीहरुलाई सच्चा बहादुरी चिनाउन खुकुरीको धारको चोटले मात्र सक्छ | भारतीय मुलको ट्याक्सी ड्राईवर्ले नेपालीलाई हियाएको हो श्रेष्टता र आदर भावले बहादुर भनेर बोलाएको होइन | तसर्थ तुच्छ संग ब्यबहार गर्दा तुच्च्छनै बन्नु पर्छ |

    Reply
  27. Tham Kumar Giri says:
    June 22, 2012 at 3:56 pm

    लेखक ले बास्तविकता भन्दा पनि बहादुर नाम प्रति वहाको आफ्नै व्यक्तिगत घृणा र अपमान लाइ लेख मार्फत ओकले जस्तो लाग्यो……खासमा मा पनि मध्ये पुर्वमा कम गर्न थालेको झन्डै ९ बर्ष जति भयो र मैले कम गर्ने कमपनीमा ७०% (५०००)भन्दा बढी नेपाली हरु ले काम गर्छन.केहि भारतीय हरुले अपबद्को रुपमा बाहेक अरु मुलुकका मान्छेले नेपालीहरुलाई होच्याएको र बहादुर नाम प्रति नकारात्मक सोच राखेको मैले पाएको छैन बरु सबैको नामको पछाडी बहादुर हुदा सबै नेपालि एउटी परिवारका सदस्य हुन् कि भनेर झुक्किएको चाहि पाए. अरुले हामीलाई के सोच्दो होला भन्ने आत्मा हीनताबोधले गर्दा नै यी सबै नकारात्मक सोच को उपज हो मात्र हो यो लेख

    Reply
    1. Ramesh Shrestha says:
      June 23, 2012 at 8:58 am

      नेपाली को इजत अरु कसैले हैन नेपाली ले नै बेचेको हो…. के र भन्नु र खै…. नेपाली हरु को काम को लेवेल नै security guard जस्तो मान्दो रहेछ इन्डियन धोति हरु ले….. आफुलाई नि नेपाल बसुन्जेल धोति हरु साब खाली सिसि पुरानो कागज जस्तो लग्ठेओ……
      नेपाल मा राम्रो रोजगारी नभए सम्म एस्तो हुने नै भयो….नेपाली नेता हरु लै नेपाल को इज्जत बेच्दै गोजी भर्दै फुर्सद छैन…बिचार गरिब नेपाली हरु रोजगारी को लागि बिदेसियेरा सानो तिनो काम गर्ने पर्यो..येस्तई नेपाली सब जना सानोतिनो काम नै गर्ने जस्तो सोच आइ सकेछ इन्डियन धोतिःहरु लै आजकल त……पढे लेखेका लै हेप्न नसके नि हल्का syatar हान्न खोज्ने रिचा जाठा हरुले…

      Reply
  28. robin k c says:
    June 22, 2012 at 3:45 pm

    इंडिया र खाडी मुलुक मा बहादुर सब्द को अपहेलना गर्छन, त्यो सबैलाई थाहा भयकै कुरा हो, युरोप ऑस्ट्रेलिया अमेरिका तिर repect छ नेपाली हरुलाई यसरि चिन्दछन maount everest चढ्ने शेर्पा वा गोर्खा भनेर चिनिन्छा , निच मनिष र निच देश को निच बेबहार साहना बाध्य बनायक छन् हाम्रा नेताहरुले हाम्रो प्यारो नेपाली दाजु भाई हरुलाई . नेता लै किन गाली भनेर मलाई अर्थ नगर्नु होला , गहिरियारा आफै सोच्नुष, उत्तर पहुनु हुनेछा,

    Reply
  29. Mitra Ghimire says:
    June 22, 2012 at 3:14 pm

    इंडिया मा पनि यस्तै छ . अब कामको बहादुर हैन , खुकुरी भाला उठाउने बहादुर हैन, उत्पादन र ब्याबसायिक बहादुरी देखाउन आजको समय सान्दर्भिक हुने छ ! चौकीदार, कुल्ली, भान्से, घरेलु काम जस्ता काम छोडेर सानै भएपनि व्यापार, ब्यबसाय र अध्ययनलाई प्राथमिकता दिने हो भने हाम्रो समाजलाई पुकार्ने बहादुरको उपनाम बिस्तारै हट्दै जाने छ ! जागो नेपाली भाई जागो ! यात्री जी को मुल्यांकन ठिक ठिकै छ तर सबै नेपालीलाई भने बहादुर पक्कै पनि भन्दैनन् नस्लभेदमा फरक छ!

    Reply
  30. Deep says:
    June 22, 2012 at 2:21 pm

    I have noticed many instances where Bahadurs are recognized for simplicity, honesty, being dutiful and easily manageable. I have even seen the cases where guys working through contractors (middle parties), have been hired as an employee. Of course low profile jobs are prefixed to them, and this is applicable not only in India and Middle East, but equally in other parts of the world as well.
    In order to change this global perceptions over us, we (current and upcoming generation) need to work out developing academic, technical and professional skills to prove that we are equally fit for medium and high profile jobs too.
    Given the facts where we are, it’s our prime responsibility to maintain the identification and standards set forth by our ancestors in the past which were suitable in that time, and to create new level of identification and standards that can cope with the need of modern and dynamic time and world.

    Reply
  31. buddhi bhattarai (malaysia) says:
    June 22, 2012 at 1:46 pm

    भन्दा कतिपय साथीहरुको दिल दुख्न पनि सक्छ तर वास्तविकता अर्कै छ यहा (मलेसिया) मा यहाका पुराना मानिसहरुले नेपाली भनेर चिन्दैनन् गोर्खा भन्यो भने चिन्छन! म यहाँ आउने बेला २००१ ताका यहाँ नेपालीलाई निकै इजतका साथ हेरेको पायको थिया नेपाली भनेका सबै आर्मी हुन्छन भन्ने यहाका सोझा साझा मान्छेको सोच रहेको पायको थिए! पढे लेखेका मान्छेले त् नजिकैको देशको जानकारी लियाकै हुन्छ! सबैले मलाई सोध्ने गर्थे त किन आर्मी नभयको भनेर,,,, मैले आफुले बुझेको उनीहरुलाई बुझौथे ! तर जब यहा नेपालीहरु संख्या बढ्यो नेपाली रेस्टुरेन्टहरु खुले त्यसपछी बल्ल यहा सुरु भयो बहादुरहरुको बहादुरी रक्सि खायर दिउसै रोडमा सुत्ने आफु-आफुमा रक्सि खयर झगडा गर्ने ……… आदि आदि गर्न लागेपछि नेपालीको सम्मान यहाँ घट्दै गयो….. त्यस पछी यहाँ बहादुरको बदनामी गर्यो यहाको दुताबासले कसैलाई इजत गर्दै नगर्ने अनि आफ्नै नेपालीलाइ दुख दियर खुस खाने जे काम का लागि गए पनि पैसानै खोज्ने …….. यस्तै यस्तै कामले गर्दा यहाँ नेपालीको बहादुर सब्दको अपब्यख्य भयको छ’यहाँ “बहादुर” सब्द भन्दा “गोर्खा” सब्दको इज्जत छ यहाँ त…………

    Reply
  32. sanjeev adhikari pokhara says:
    June 22, 2012 at 1:38 pm

    स्मरण रहोस आजको स्वार्थि संसारमा काम “जस्तो सुकै भएपनि सानो ठुलो हुँदैन” भन्ने आदर्शको नारा मात्र भएको अबश्था छ। अधिकंश दाजुभाइहरुको बास्तबिक नामसँग गासिएर आउने बहादुर शब्दले कहिलेकाहिँ परीचय पत्र वा पासपोर्टमा नामको पछाडि बहादुर देखेपछि उनिहरुको क्षमता,प्रतिभा,अनि अनुभबको मापन नै नगरि अदक्ष्य,लेबर काममा भर्ति गर्ने चलनले बास्तबमै ग्लानी समेत हुन्छ।

    Reply
  33. bhuwani prasad timilsina says:
    June 22, 2012 at 1:29 pm

    मा पनि खाडी मुलुक को दुवैइ मा बिगत १२ वर्ष देखि काम गर्दे आयको छु तर मैले काम गर्ने कम्पनी मा एस्तो सब्द सुनेको छैन हाम्रो कम्पनी मा १०० नेपाली काम दार छन् कसैइ लाई पनि उनीहरुले मुक माफि (दिमाग नभएको), माफिमालुम भनेको सुनेको छैन मैले सुनेको त (नेपाली नम्बर वहित ) नेपाली नम्बर १ हुंछ /खुल्लु नेपाली गूड़ भन्छन ( सबै नेपाली राम्रो छन् )
    माफ गर्नु होला
    माफिमालुम भनेको (काम गर्न नजान्ने ह्येइन)
    (माफिमालुम भनेको – थाहा छैन )

    Reply
  34. dev says:
    June 22, 2012 at 1:25 pm

    कयौ नेपाली हरु यस्ता छन जसको नाम संग बहादुर जोडियर औछा,… उनिहरु आफैमा
    यस्तो सोच बाट संग्कर्मित छन  की, म बहादुर ko छोरो ……
    ……….मनौकि उनिहरुको टाउको त यक सजावोट को बस्तु हो, यस्तै किसिम का
    ………..ले गर्दा सबै नेपाली लाई yautai किसिमले हेर्ने गर्छन बिदेसी
    हरु,

    Reply
  35. sundar says:
    June 22, 2012 at 1:08 pm

    I’m 100% agreed with Dili ji, मैले पनि धेरै देखेको छु एस्तो घटना हरु अनि तेस्मा हाम्रो पनि धेरै गल्ति हरु छन् अन्य मुलुकको नागरिक ले होच्याउने हिसाबले बहादुर भन्दा हाम्रा नेपाली दाजु भाइहरु केहि भन्न सक्नु हुदैन, अनि जसो भने पनि आफ्नो प्रतिक्रिया केहि दिनु हुदैन तेस्मा पनि कतिपय हाम्रा दाजु भाइको असली नाम नै राम बहादुर, श्याम बहादुर, कृष्ण बहादुर जस्ता similar नाम धेरै हुने भयकोले पनि………. एस्तो धेरै घटना भोग्नु हाम्रा नेपाली दाजुभाई बाध्य छन् .

    Reply
  36. HARKANAMAN SHAHI says:
    June 22, 2012 at 12:35 pm

    रोचक अनि बुझ्नु पर्ने चर्चा उठेको मा सारै खुशी लाग्यो, लेख्नु हुने संवाददाताले यस्तो कुरा को प्रसङ्ग दिन दिने उठाउनु पर्छ, नत्र नाराबाजी र हुलदंगा बाहेक केहि गर्न नजान्ने हरुको लागि आज धेरै ठुलो सबक दियको छ ”बहादुर” शब्दले.

    बहादुर को अर्थ ”आदर्षिक शाहाशी” हो, अब यो शब्दलाई बुझ्नुको लागि कुनै इतिहास पढ्नु पर्दैन हामी अक् स्वयम् नेपाली ले बुझ्नु पर्ने कर्तब्य हो हामी को हौँ भनेर..

    आफु सक्छम आफ्नो लागि त बन्नुस, अरुको लागि नबने पनि ?

    Reply
  37. Rakesh says:
    June 22, 2012 at 12:18 pm

    I do agree with the author’s view and which I consider the negative attitude and hostile attitude of people towards other communities. But it should start from Nepal not from outside. In most cases, Chettris and Bahuns are quite advance in expressing anti-Semitic terms to other castes. The MUST think if they hurt when someone says Bahadurs in that perspective, the same people must stop first saying Jyapu, Bhote, Madhise, …..and so on based on their languages.
    Recently, the court has passed a law or redifned the same verdict stating that anyone who abuses other community with anti-semitic terms will be punished for 15 years.
    Though it is too political in Nepal and taking into account the same theory as a basis of anti-semitism, we are not too far when we hear people saying Sarkis, Danuwar or Chamar to Thakuris, Chettirs and Bahuns……simply because they speak the same language Nepali and are out of power now. They misbehaved and misued their power considering they are the best and the rest are lower class. This is the whole thing about power they are abusing other communities with anti-semitic langauges.
    In addition, it is the language that helped to concentrate power.
    If you are hurt saying such terms to you then do not retaliate in the same manner. You simply realised the mis-definition of one term/word, Can you imagine the height and width of trouble and emotional injury the Nepali language is providing to other communities?

    Reply
    1. Nimish says:
      June 23, 2012 at 6:05 am

      राकेश,

      “Anti-semetism” is hatred and discrimination shown towards Jews so I don’t think we can use it as a general term to describe hate speech and racism in Nepal (Unless of course the Nepali person in question is Jewish).

      I do agree with your argument. “Do onto others as you would have others do onto you,” goes a proverb. Nepalis should speak up against discriminatory speech such as ‘bahadur” that is pointed against them by outsiders. However, they should also speak out against hate speech within Nepal itself (Madhise, Dhoti, Jyapu, etc.).

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme