-चर्चित ढुंगेल-
कार्यक्रमका सभापति महोदय,
(‘भारेभुरे’को सम्बोधन केलाई गरिरहनु?)
सर्वप्रथम मैले यो कार्यक्रममा आइदिनाले तपाईँहरुको सिङ्गो कार्र्यक्रम र स्वयम् तपाईँहरु पनि धन्य हुनुभएको छ। मजस्तो ‘अन्तर्राष्ट्रे ब्यक्ति’को ब्यक्तित्वको पहिचान गरेर ‘घ्याम्पो’ रित्तिनेगरी ‘धोकेर’ आउँदा पनि ‘खुट्टामै ढोगेर’ ज्याईँलाई झैँ प्रथम बक्ता बनाइ लिनुभएकोमा मेरो ‘दिल गार्डन गार्डन’ भएको छ। आज यो उमेरसम्ममा म थोत्रोलाई कसैले यत्रो सम्मान गरेको थिएन तर तपाईँहरुले गर्नु भो र मेरो ‘दिलखुस’ गरिदिनु भो। आम्मामामामा यत्तिको आयोजक त मैले भेटेकै थिइँन, भेट्नु पनि नपरोस्।
सभापति महोदय, जाँडको ‘प्वाङ्ग’ले जाँड र भतुवाले माण पाएन भने के होला? पक्कै पनि ‘खर्चेर ल्याएकी स्वास्नी सम्साँझै अर्कोसँग ‘कुले ठोके’पछि सुहागरात मनाउन नपाएजस्तै’ हुन्छ। अझै स्पष्ट भन्दा रातभरि फेरिलाएर दिउँसो जोगीले सिदा नपाएजस्तै वा होटलको कुनै ‘कामकारु’ले फ्राइडे पनि विदा नपाएजस्तै हो। ठ्याक्कै त्यस्तै, ‘धाराप्रवाह/नन्स्टप’ भाषण हान्ने म र आफुलाई महान ठान्ने म बोलक्कडलाई कसैले ‘तँ तीन मिनेट बोल’ भनेर समय तोकेर दिँदा मैले खोकेरै बिताइदिएँ। अनि कहाँबाट मेरा भनाइ राख्नु त? शनैःशनैः बोलेर ‘विश्व रेकर्ड’ राख्न खोज्ने म मनुवालाई ‘समयको तनुवा सिमा तोक्नु’ ‘खान बोलाएर’ ‘चुकुल लाएर’ दिउँसै ‘उँट बेचेर सुत्नु’जस्तै हो, बुझिलिनु भो। कहाँ, कहिले, कस्ले बोलाउँछ र ‘जिब्राको काइ’ उक्किनेगरी बोल्ने धोको पुरा गरौँला भनेर ‘रम खाइरहेका बेला’ बोलाइलिनु भएको र त्यही बोल्ने लोभले ‘सुत्ने काम’ थाँती राखेर आएको मलाई बोल्नै नदिने भएपछि माइकको फुँदो नबजारे मेरो खप्पर बजार्नु त?
सभापति महोदय, मैले उद्घोषक ‘क्षयोदय’लाई ‘सालाहरु’ भन्नुको पनि मिनिङ्ग छ नि यार। तपाईँलाई थाहै होला…. स्वास्नीका भाइलाई सालो, साला, सालोकेटो भनेर बोलाइन्छ। खासमा मेरी स्वास्नी यि ‘उद्घोषक क्षयोदय’कै ग्रामपञ्चायतकी हुन्। ‘तपाईँ आफैँ भन’, ससुराली गाउँको ठिटोलाई सालो नभने ‘बढाबाउ’ भन्नु त? अनि झन् मैले आºनै सालो जत्तिकै ठानेर ‘सालो’ भन्दा कालो मुख लाएर मैतिर झम्टिनु कहाँसम्मको नियानिसाप हो? अहिले त दहेज कम दियो भनेर भिना सालोसँग बोल्न पनि पैसा लागेझैँ गर्दछन्। यस्तो बेलामा पनि मैले ‘मिठो बचन’ले सम्बोधन गर्दा उल्टै अगुल्टैको रवाफ देखाउनु र ओठे जवाफ फर्काउनु कतिसम्म आपत्तिजनक क्षण हो। यस्तो गैरमर्यादित भाषा र तौरतरिका त मैले सुनेकै थिइँन र सुन्नु पनि नपरोस्।
सभापति महोदय, ‘मिनि उद्घोषक क्षयोदय’ हुँदाहुँदै माइकको टुटी खोसेर मलाई बहिस्कार गर्दै बाहिर निस्किन अह्राउने अर्को ‘माइक्रो उद्घोषक’ सालोको खेदपूर्ण, बिर्सनलायक र भत्सर्नायोग्य कदमको मलगायत सम्पूर्ण मेरा आसेपासे र लेपासेहरुको गम्भिर ध्यानाकर्षण भएको छ। हामी यो कुकृत्यको घोर निन्दा गर्दछौँ। मान्छेको पिउन पाउने र जिउन पाउने अनि खाएको ओकल्न पाउने र लागेको बोल्न पाउने अधिकारको हनन हुनेगरिको दुर्बब्यावहार गर्नु सभ्यता हो? यो कार्यक्रममा मलाई सम्बोधन गर्दा नै महान गल्ती भएको छ। मैले राजिनामा नदिए पनि अमुक संस्थाको कार्जेभार का.वा.लाई सुम्पिसकेको अवस्थामा मलाई नै अदक्षे भनेर सम्बोधन हुनुलाई हामीले कसरी बु¤ने? हाम्रो बुझाइ के छ भने यस्तो गरिनु/गराइनुमा विदेशी दातृराष्ट्रदेखि देशी भातृ संगठनसमेतको चलखोल हो, महोदय।
सभापति महोदय, म्ाातेका बेला बोलेको कुरोलाई पद र प्रतिष्ठासँग जोड्नु मुर्खता हो। होषमा नभएको मान्छेलाई जोसमा ल्याएको कस्ले हो महोदय? शान्त तलाउमा ढुङ्गा हानेपछि ज्वारभाटा उठ्छ। ‘खाएको’ बेला हात्ती पनि मुसो देखिन्छ महोदय। नढाँटी भन्छु, मेरा आँखाले तपाईँलाई पनि बिरालो जत्रो मात्रै देखेको हो। ‘नर्मल’ नभएको मान्छेले ‘फर्मल’ कुरो गर्दैन। यत्ति जाबो कुरोको चुरो बु¤न नसक्नु तपाईँ र तपाईँका अरौटेभरौटेहरुकै ‘अल्प विद्या भयंखरम्’ हो महोदय। केही महिनाअघि एउटा ‘सम्य र भब्य पार्टीमा’ ‘हरियो लेवल’ले घाँटी भिज्नेसाथै ‘दोहामा राजदुतपछिको दोश्रो मै हुँ’ भन्दा कसैले पनि बिरोधको ‘ब’ बोलेन। आज आºनै ससुराली गाउँको सालोलाई ‘सालेहरु’ भनेर ‘प्यार दर्शाउँदा’ मै माथि रिस, आबेग र आक्षेप बर्षाउँदा कस्तो भो होला? मैले यस्तो लोकोपकारी बोली र ब्याबहार गर्दा पनि मैलाई ननिको देखेर एउटा पत्रिकाले नाम शुद्ध लेख्दैन। मिडियाले नामै ‘हाइलाइट’ नगर्दाको पीडा तपाईँ अनुमान लाउन सक्नुहुन्छ महोदय?
म त सोमरसको लाइसेन्स भएको नोनसेन्स मान्छे, छ रियालको रौसीलाई छत्तिसमा बेच्नु जत्ति सानो कुरो हो नि ठिक त्यत्ति नै सानो कुरो हो बर्जित भए पनि दिउँसै पिएर हिँड्नु पनि। यहाँ अरुहरुले पेप्सीको क्यानमा लुमे भरेर तान्दै हिँड्दा त हुन्छ भने मैले ‘रातो’ पिएर हिँड्नु किन हुँदैन? पाँच मिनेट बढि बोलीसक्दा पनि एक मिनेट भयो भन्नु र अड्डी कस्नु किन हुँदैन? अन्तर्राष्ट्रिय संस्थाको गरिमामय पदमा आसिन मान्छेको चाँही ब्यक्तिगत जीवन हुँदैन र? हामीले चाँही ल्याङ्गल्याङ्ग गर्नै हुँदैन? हामीले चाहीँ गज्याङ्ग गर्नै हुँदैन? त्यसैले महोदय, हामी गाउँछौ, ‘हाम्ले पनि मातेको हेर पार्बती, तिम्रा बाउको खाइदेको होइन सम्पत्ति।’
व्यक्तिगत आछेप र दुराग्रहले भरिएको पनि ब्यङ्ग र साहित्य भनेर मान्नु पर्ने भयो है अब हामीले | व्यंग्यात्मक या अरु कुनै किसिमको साहित्यले त आम समाजको बिकृतिमा पो प्रहार गर्नु पर्छा त | यो सिधै एउटा व्यक्ती केन्द्रीत रचना भएन र? लेखन शैली राम्रो भए पनि उहाँको ब्याँग्यत्मक कलम सधैं एउटै ब्यक्तिमा केन्द्रित भएर चल्ने गर्छ के यही हो त बिशुद्ध साहित्य रचनाको धर्म ?
बडो राम्रो हुन्छ चार्चितजी को लेख । यो भन्दा पहिले मैले “ज्वाई” बारेमा उहाँको लेख पढेको थिएं । जुन पढे पनि उत्तिकै मज्जा आउँछ ।
सत्य बोल्ने अनी सबैको मन छुन सफल कलाकार चर्चितजी भन्न मन लाग्यो| लयर हुनपर्ने मान्छे हो तर दोहामा पुगेर पनि आफु भित्रको दम मर्न नदिई मरेका मनलाई बिउताउने अम्रित्ररस तपाई संगै छ है नाम जस्तै काम गर्नुस कामना गरें |
अहिलेका नेता अनि बाठा भनौदाहरुको यथार्थ चित्रण l
सेवाका नाममा संघ, संस्था हरुलाई च्याउ जस्तै उमार्ने र सोजासाजा लाई ठग्ने अनि आफ्नो दुनो सोजाउने माध्याम बनाइएको छ l व्यक्तित्व, छमता, आदर्स र नियतलाई नै मुलायांकन नगरी हाटहुट गर्ने, बलको भरमा काम गर्ने नेताकै ठिमाहारुलाई नै येस्ता संघ संस्थाको नेतृत्व दिइन्छ l
“परिणामस्वरूप बगेको पानीले मुलको प्रकृति त देखाउने नै भयो” l
चर्चीत ढुङ्गेल समकालिन ब्यङ्यकार मा ज्यादै आशालाग्दो नाम हो। समाजमा बिद्यामान बिक्रितीलाई सभ्य र शिष्ट भाषामा पनि दुरुस्त अर्थ दिँदै चोटिलो प्रहार गर्दै पाठकलाई ज्ञान र मनोरञन दुबै दिन सफल चर्चीत भाईको अग्रगामी पाइलाको कामना गर्छु।
केहि बुझेको भए त मार्दिनु,खोइ मेरो भेजा मा नघुसेको हो कि केहो हुन त पहिलो तिन हरफ सम्म त ध्यान दिएर पढे केहि नाघुसे पछि छोडिदिए,,,,,