Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नर्वेमा काम: अवसर कि भ्रम

Posted on June 12, 2012June 12, 2012 by mysansar

-अनुप खनाल-

अहिले नेपालबाट नर्वेमा कामको लागि ६ महिने भिसा पाएर आउनेको होडबाजी चलेको छ, धेरै साथीहरुले मलाई इमेल, फोनबाट सोधिरहनु हुन्छ। तर नेपालमा यहाँको वास्तविकतालाई धेरै नै बङ्ग्याइएको छ। विशेष गरी कन्सलट्यान्सीहरुले यसलाई बिजनेसको रुपमा लिएर धेरै बढाइचढाइ कुराहरु गरी राखेका छन्, त्यसैले मैले यहाँ देखेको वास्तविकतालाई लेख्न खोजेको हुँ।

स्वदेशमा काम गरी केही अनुभव बटुलेका र विदेश जान चाहनेहरुको लागि नर्वेले भर्खरै सुरु गरेको ६ महिनाको ‘जब सर्च भिसा’ दिने नीतिले सबैमा एउटा उत्साह थपेको छ। तर यहाँको वास्तविकतालाई नबुझी हतारमा निर्णय गरेर आउने जोसुकैलाई पनि यो सबैभन्दा समस्याको विषय हुनसक्छ।


यसरी नर्वेले दिन लागेको भिसालाई धेरैले कामको ग्यारेन्टीका रुपमा हेरेका छन् तर यो भनेको नेपाली दक्ष कामदारलाई नर्वेले मान्यता दिने मात्र भनेको हो। यस्तो मान्यता अरु युरोपियन देशहरुलाई पहिलेदेखि नै दिइएका भए पनि नेपालको लागि भने यो पहिलो पटक हो । त्यसैले धेरैले यसलाई यथार्थभन्दा फरक ढंगले बुझेका छन्। यहाँ काम गर्न आउनेले आफैले काम खोज्नु पर्दछ र यहाँ काम पाउनु भनेको असंभव जस्तै छ।

काम खोज्न आउनेहरुको लागि पहिलो समस्या भनेको यहाँको भाषा हो। नर्वेजिअनहरु अङ्ग्रेजी राम्रो बोल्न सक्ने भए पनि उनीहरु अङ्ग्रेजी बोल्न रुचाउँदैनन् र कसैले जागिरको लागि आवेदन दिँदा उनीहरुको पहिलो शर्त भनेको नर्वेजिअन भाषा जानेको हुनु पर्ने हुन्छ।

यहाँका सबै पत्रपत्रिकाहरु नर्वेजिअन भाषामा नै छापिन्छन्। जब खोज्नको लागि नेपालमा जस्तो अफिसमा गएर आवेदन हाल्ने काम यहाँ हुँदैन, यहाँ त सबै काम इन्टरनेटबाट गर्ने हो, तसर्थ कसैले जब खोज्न चाहन्छ भने ऊ नर्वेजिअन भाषामा दक्ष हुनुको साथसाथै कम्प्युटर सम्बन्धी ज्ञान हुनु पनि उत्तिकै आवश्यक छ। नर्वेले विज्ञान तथा प्रविधिमा धेरै विकास गरी सकेको छ, यहाँ सबै कामहरु अत्याधुनिक मेसिनहरुबाट हुन्छ र नर्वेजिअनहरु एकै जनाले धेरै काम गर्न जानेका हुन्छन्। तसर्थ हामीले नेपालमा जानेको ज्ञान तथा कामको अनुभव यहाँको लागि एकदम कम हुन्छ। जस्तो भनौँ: नर्वेको एक सिभिल इन्जिनियरले नक्साको कामदेखि आँफै excavator चलाउने र बाटो पिच गर्ने काम समेत गर्छ।

नर्वेमा काम हुने भनेको ५-६ महिना मात्र हो, बाँकी महिना सबैतिर हिउँ पर्ने हुँदा विकास निर्माणका कामहरु सबै बन्द हुन्छन्। राम्रो कम्पनीमा काम पाउन सके त पैसा राम्रो कमाउन सकिन्छ। तर जागिर पाउन त्यति सजिलो छैन किनकि यहाँ उनीहरुकै मान्यता प्राप्त विश्वविद्यालयमा पढाइ सकाएका विद्यार्थीहरुले पनि जागिर नपाएको यथार्थ छ।

नर्वेमा खान, बस्न तथा यातायात एक्दमै महँगो छ। भर्खरै पहिलो समूह अन्तर्गत नर्वे प्रवेश गरेका नेपालीहरुलाई यहाँको एअरपोर्ट झरेदेखि नै समस्या परेको बताउँछन्।

होटलमा धेरै दिन बस्न एक्दमै महँगो हुन्छ, काम खोज्न कहाँ जाने हो केही थाहा हुँदैन। विदेशमा काम गर्ने मिठो सपना बोकेर आउनुभएका तथा कहिलै घर छोडेर एक्लै नबसेका साथीहरुलाई यहाँको पहिलो बसाइ नै अत्यन्तै पीडादायी हुन्छ। दुई हप्ता अगाडि कामको लागि ओश्लो एअरपोर्ट झर्नु भएका एक जना साथीको सबै पैसा, लत्ताकपडा एअरपोर्ट मै लुटिएपछि हामी पढ्दै गरेको university मा सहयोगको लागि खबर गर्नु भयो र हामीले यहाँको नेपाली हरु बाट थोरै पैसा सन्कलन गरी राखेका छौ। धेरै साथीहरुले आफुहरु काम खोज्न कहाँ जाने भन्ने अन्योल रहेको बताइरहेका छन भने कसैले चाँही काम माग्न जाँदा कसैले पनि चासो नदेखएको गुनासो गरेका छन ।

खान र बस्नको लागि पुग्ने मात्र भए पनि कुनै काम गरुं न त भनु भने पनि नेपालबाट जुन कामको लागि भिसा लगाएर आएको हो यहाँ तेही काम मात्र गर्नु पर्ने हुन्छ, ६ महिना भर काम नपाए भिसा नवीकरण हुँदैन र कामदार आफै घर फर्कनु पर्ने हुन्छ। तसर्थ हुने खाने हरु त काम नपाए पनि ४-५ लाख खर्च गरेर १-२ महिनामा घर फर्कन सक्लान् तर ऋण गरेर यहाँ काम खोज्न आउनेहरुले भने आउनु अघि एकपल्ट राम्रोसँग सोच्नु पर्ने हुन्छ।

तसर्थ यहाँंआउनु अघिनै आफु बस्ने ठाउँ, काम गर्ने ठाउँ निश्चित गरी आउने सक्नेहरुलाई त समस्या पर्दैन तर consultancy को मात्र भर परेर यही आएर काम खोज्छु भन्नेहरुलाई भने यो तीतो सत्य भोग्नु को कुनै विकल्प छैन। तेसैले आउनुअघि नै सम्बन्धित निकायबाट सबै कुराको जानकारी लिने र यथार्थ बुझ्ने हो भने संभावित दुर्घटना बाट बच्न सकिएला।

111 thoughts on “नर्वेमा काम: अवसर कि भ्रम”

  1. Pingback: नर्वेमा अब नेपालीले ‘जब सर्च भिसा’ नपाउने « Mysansar
  2. Mandip from Nepal says:
    August 27, 2012 at 4:47 am

    खनाल जी लाई धन्यवाद , राम्रो सुझाबको लागि. साथै के. सी. जी लाई नि उहाको अनुभवको लागि . सबैले आ आफ्नो विचार लेख्ने न हो. कसैको विचार राम्रो लाग्दा खुसि हुने र कसैको विचार नराम्रो लाग्दा रिश उठ्नु स्वबबिकै हो. कसैले खनाल जी लाई राम्रो मित्र को रुपमा link गरे भने कसैले के.सी.जी लाई Consultancy को Agent को रुपमा तिखो प्रहार समेत गरे . विदेश मा जानेले धेरै जसोले दुक्ख पाएका छन् र यो सत्य नि हो. तसर्थ धेरैले खनाल जी लाई साथ दिएका छन्. तर हरेक सिक्काको दुइवटा पाटो हुन्छ भन्ने बिर्सनु हुदैन . विदेश मा दुक्ख छ भने अवसर नि त छ. समय र परिवेश संग जुझ्न नसक्ने हार्छन र हराउन छन् . बाहिर बस्नेलाई स्वदेसी माटोको माया छ. आत्मामा नेपाल आमाको मिठो सम्झना छ. तर स्वदेशमा बस्नेलाई विदेश जाने तिब्र चाहना छ. किनकि येह अवसर छैन, उचित कम छैन. कम गरेर खान्छु भन्दा नि कम गर्ने बाताबरण छैन. तसर्थ विदेश जानु नराम्रो होइन तर बिदेशमा गएर त्यहाँ को invioronment मा fit हुने गरि जना सक्नु पर्छ न कि नाम बदनाम गरेर लुक्न का लागि . साथीहरु नेपाल र नेपाली प्रति सच्चाई नै माया र सद्भाव छ भने छाती माथि हात राखी सहि र साचो सुझाब मात्र लेख्ने गरौ. मैले माथिका केहि comment पढ्दा केहि साथीहरु ( नाम नलेखौ ) ले छद्म नाम रही time pass गर्न मन गडनते कुरा लेखेको जस्तो नि पाए. साथीहरु , please , सहि अनुभब र जानकारी दिएर नेपाल र नेपाली को हितमा थोरै भए नि कम गरौ. तपाई हरुको सानो र सहि सुझाब कसैको लागि अमुल्य र दिगो मार्ग दर्सन हुन् सक्छ.

    पुन धन्यवाद ति तमाम साथीहरुलाई.

    Reply
  3. Umesh says:
    June 20, 2012 at 1:19 am

    अरु ले भन्दा आफैले भोगेर jannu उतम मानिन्छ तेसैले साथी हो, तपाई जसजसलाई नर्वे जान,कम गर्न अथवा अरु कुनै देस जना कम गर्न हेर्न ,पैसा कमौना मन छ गए हुन्छ..जीवन मा दुख सुख सबै हुन्छ नि,,जस्तो मा नि बच्न सक्नु र सिक्नु पर्चा अनि को जीवन को मज्जा हुन्छ त.तर तपाई आफैले प्रोसेस गरेर आउनु हुन को लागि सल्लाह दिन चाहन्छु.जसले गर्दा तपाई को धेरै पैसा जोगिन्छ,,एरोप्लाने तिच्केट एंड विसा फी मात्र लाग्छ..लुक अट “http://www.udi.no/Norwegian-Directorate-of-Immigration/Central-topics/Work-and-residence/ “ use this site for applying to norway,do not go to consultancy.It will be helpful for you,Thank you.

    Reply
  4. shankar says:
    June 17, 2012 at 5:07 pm

    नेपालमा केहि पनि गर्न नस्कने हरु हुन् विदेशमा जाने, यो बुझ्दैनन् कि आफ्नो मुल्यवान समय अर्काको निम्ती खर्च गरि रा छु

    Reply
  5. kamal says:
    June 17, 2012 at 11:53 am

    वास्तब मा तपाइको लेख ले नेपाली लै सहयोग गर्ने छ . यो लेख मा धेरै कुरा सत्य छ जुन देश मा जाडो हुनु हुन्छा त्यहाँ को कोहि न कोहि नेपाली लाई पैसा को लोभ नगरी फोन गरेर अथवा कुनै मिडिया संग बुझेर जानुस तर मा भन्दिन सबै कुरा पत्यार गर्नुस कर्म संग भाग्य को पनि बिश्वास गर्नुस. कर्म , लगन र भाग्य ले साथ दिया दुख जहाँ गया पनि हुन्छ तर पछी हट्न चाही हुन्न

    Reply
  6. kamal says:
    June 17, 2012 at 11:43 am

    सबै देश मा यस्तै न छ समस्या

    Reply
  7. joshee_prakash says:
    June 16, 2012 at 1:36 pm

    Things to remember before coming Norway!
    १) Norway is rich country but not industralised country like UK, Germany, Sweden. So possibility of getting industry based work is little. There is also saying that Norway is country with blue eyed Arab as Its economy is based mainly on oil industry. But unlike the Arabian, norwegian do their work on their own. They do not hire driver for their car, rarely hire workers in their farm. Involve themselves in building and painting their house. In otherwords they prefers do their work on their own, partly because it is expensive to hire workers and they themselvs have multidirectional craftship. So possibility of geting work for foreigner especally dark colour asian and african is very less and if found it would be mainly a lower class cleaning and helping job.
    2) Eventhough Norwegian speak good english, they prefer norwegian skill in office. So mastering in norwegian is important and one of the direct or hidden requirement in getting job.
    3) They hardly recognise the educational qualification obtained from third world countries. In many case one need to give licencing exam in other to work in Norway. In fact with my knowledge, there less than 5 nepalese medical doctor working in clinical work, and this is mainly because of the requirement of language and licencing exam.
    4) Norway is expensive country. Living cost is quite high. So flll your pocket sufficiently for the period until you gets job in Norway. it is very sad to mention here that I saw pictures of some nepalese(hiding their face with cap) begging in Oslo street.
    5) If lucky to get job, certainly is is better than nepal, at least in term of money but can not say in term of social life.

    Reply
  8. Tara Thapa says:
    June 16, 2012 at 3:44 am

    नर्वेमा खाने, बस्ने, तथा यातायातमा महँगोमा संसारमा नम्बर १ मा परेपनि यहाँको कुनै पनि निजि तथा सरकारी संस्थामा जागिर पाईयो भने(इन्डियन, पाकिस्तानको रेस्टुरेन्ट बाहेक) तलब पनि नम्बर १ छ नि ! तलब स्केलमा सानो मा काम गरेपनि लगभग उस्तै हो भन्नु को अर्थ हाई प्रोफाइलको भन्दा थोरै कम ! तर यो नठान्नु कि तपाईहरुलाई लोभ्याउन खोजेको ! सुनेको बास्तविक कुरा पनि लेखनु पर्यो नि ! कन्सल्टेन्सीको भरमा झ्वाम्म हाम नफाल्नु होला !आउनु भन्दा पहिला कहाँ बस्ने, कहाँ काम गर्ने निस्चय गरेर मात्र आउन सल्लाह दिन्छु यदी साह्रै नै आउन चाहनेहरुलाई !

    Reply
  9. अनुप खनाल (लेखक ) says:
    June 16, 2012 at 12:02 am

    हेल्लो Sony, Akash,Narayan,Bindash …

    मेरो लेखमा तपाईहरुको कमेन्ट पढेर Consultancy हरुले कसरि मान्छे भुटेका रहेछन भनेर म त दंग परे . तपाई हरु जुन जुन पेशा को भन्नु भएको छ उनि हरुले तेही तेही पेशा मा job दिने भनि राखेका छन् , नर्स लाई हस्पिटलमा , ईन्जिनीरलाइ construction कम्पनीमा , Teacher लाई स्कुलमा आदि आदि यो सबै १०० % झुठ हो. Consultancy हरु संग एक जनालाई पनि जागिर लाईदिने एउटा पनि कोटा छैन . काम त तपाई येन्ही आएर आफै खोज्ने हो र काम खोज्ने भनेको इन्टरनेट बाट मात्रै हो जुन तपाई तेन्ही बसेर नि हेर्न सक्नु हुन्छ नर्बेमा कत्तिको चान्स छ भनेर. मेरो सल्लाह बिना भाषा आउदै न आउनुस . Some useful job searching sites.
    1. http://www.finn.no
    2. http://www.manpower.नो

    A vacancy published on http://www.manpower.no :
    ******Nurse to Health Insurance*******
    For our customer we are looking for two nurses to health insurance, 100% position. Responsibilities are serving full-line function in health insurance. Work Monday – Friday. Start-up is required in June.

    QUALIFICATIONS:
    Registered nurse
    Good Norwegian skills written and oral
    Have work experience as a nurse

    Good Luck ! – Anup Khanal (Norway)

    Reply
  10. Sakuntala says:
    June 15, 2012 at 4:14 pm

    २० बर्ष पहिले यूरोप आएकाले बाटो बाटो रुखमा उम्रेका डलर यूरो टिपी सकेका छन् l त्यहि उम्रेका सम्पति यूरोप बिदेशमा घर जग्गा किनेर ७ पुस्ता कमाएर ढुक्क संग बसी सकेका छन् l पछी आएका यूरोपको रुख ढल्न लागेको बेलाम के कमै के सुख पाउला ? अस्ट्रेलिया क्यानाडा अमेरिकाको दाजोमा यदि यूरोप सेन्गेंन भित्र देशमा टिक्न सके उत्तम छ l अब भने सरल सजिलो पटकै छैन् l अति दुख कस्ट पिडा दुख हण्डर खानु पर्छ lयूरोपमा काम, बस्ने ठाउ नै पाउन असम्भन भै सक्यो l तर पेपर बन्येर टिक्न सके बेलियम नभए स्विज़ेर्लंद नभए जेर्मन नभए स्वीडेन नभए लासम्बर नभए फ्रान्स नाबह्ये स्क्त्लांड आदि आदि देशमा काम बसोबास गर्न सकिन छl यस्तो किसिमको छनोट अमेरिका अस्ट्रेलियामा पाउदैएन् l अमेरिकाको अस्ट्रेलियाको गाइ चडाएर गाडी चढेर हिडेपनि यूरोपमा जस्ति इतिहास मोजमस्ती आनद संस्क्र्ति भाषा रहन सहन सहर बोकेको अनुभब पाउन सकिन्न l तसर्थ मेडिकल हिसाबले यूरोप थिक छ l

    Reply
  11. tulashi dahal says:
    June 15, 2012 at 1:00 pm

    till now no one is telling the country is better 4 Nepalese , 2 some extent it is true but i think difficulties are along with them . just they r there 2 pik up the money without labour so they r suffering alot .so they should change their thought at first. they r going 4 hard labour n suffering to earn little bit

    Reply
  12. yukta says:
    June 15, 2012 at 10:17 am

    बहिनि सब् भन्दा पहिले तपाई फररर नोर्गे भाषा बोल्ने र लेख्नु सक्नु पर्यो र नोर्वे कुन ठांउको अस्पताल हो त्यो राम्रो संग बुझ्नुहोस मेरो बुझाई मा थ्रोम्सो मेडिकल अस्पताल थ्रोम्सो मा चाहि नेपालि डाक्टर हरु पनि हुनुहुन्छ एक जना नेपालि पत्रकार साथी जो थ्रोम्सो मा नै बस्नु हुन्छ वहां संग एक पल्ट सोधि हेर्नुस वहां बाट तंपाई ले पक्का पनि सह्योग पाउनु हुनेछ। मेरो बिचार मा तंपाई आफै नै डाईरेक्ट कोसिस गरेमा राम्रो होला। वहाँ को फेसबुक ठेगाना यो हो http://facebook.com/tek.giri

    Reply
    1. manish says:
      June 15, 2012 at 1:18 pm

      साथि हरु हो

      के को विदेश, विदेश भन्नु भएको हो? म MBA होल्दर हु र ८-९ बर्ष बेलायत बसे, म संगै गएका साथि हरु १० बर्ष पुर्याएर तेही को स्थाई बसोबास भिसा पाएर बसेका छन. म स्वोदेश फर्किएर आफ्नै जग्गा मा आधुनीक तरिका ले तरकारी खेति, बाख्रा पालन गरेर बसेको छु मात्रै १०-15 लाख जति को लगानी मा. अहिले जस्तै नभए पनि मासिक ४०-५० हजार कमाइ हुन्छ. बेलायत मा पनि कर कटाएर तेस्तै १ -१.५ लाख कमाइ त हो अझ बच्ने त तेही ४०-५० हजार हो.आफ्नो मालिक आफै बनेको छु, गाउ घर को चाडवाड, बिबाह ब्रतबन्ध को रमाइलो पाएको छु. आफ्नै माटो मा आफ्नो पन पाएको छु र दिन प्रतिदिन एस फारम लाइ बृद्दी गर्ने हौसला पाएको छु र भविस्य उज्जल देखेको छु , के यो कुरा विदेश मा आफ्नोपन नभएको, रुखो मानसिकता अनि तल्लो स्तर को काम मा कठिन परिश्रम गर्नु भन्दा १० गुणा राम्रो छैन र?

      Reply
  13. Narayan says:
    June 14, 2012 at 9:32 pm

    सर्बप्रथम समय सान्दर्भिक लेख लेख्नु भएकोमा अनुपाजिलाई धन्यवाद । म पनि नर्वेमा नै भएको कारणले धेरैजना साथीभाइ, आफन्तहरुले ईमेलमा सोध्नुहुन्छ यो प्रकारको भिसाको बारेमा । दिनहु जसो उत्तर लेख्दा लेख्दा वाक्क भाईसकेको थिए तपाईंको यो लेख पछी भने राहत मिलेको छ किनभने त्यस्तो ईमेल आयो भने मैले यो लेखको लिन्क पठाइदिने गरेको छु ।
    यहाँ मैले यो लेखलाई समर्थन गरेभने नेपाल बसेका अधिकान्सले मलाई धारेहात लगाउनेछन भने बिदेसमा बसेकाले यथार्थ भन्लान ।
    यो लेखमा बिभिन्न साथीहरुको कमेन्ट पनी पढ्न पाइयो । प्रायजसो कमेन्टमा भनेजस्तो यहाँ प्रमुख समस्या भनेको भाषाको नै हो । यदी कोही भाषामा पोख्त छ भने जागिर पाउनको लागी खासै समस्या हुँदैन । हालसम्मको अवस्था हेर्दा नेपालअबाट आएका र भाषामा पनि पोख्त साथै नर्वेमै अध्ययन गरेका (कम्तिमा पनि नर्वेको कुनै विश्वबिद्यालयमा मास्टर्स पुरागरेका र नर्वेजियन भाषाको लेभल २, जुन कामगर्नको लागि न्युनतम आवश्यकता हो) भएकाले रामै काम पाएको देखिएको छ । तर त्यस्तो शख्या भनेको २-३ प्रतिशत होला । बाँकी सबैले गर्ने भनेको तल्लो स्तरको काम (यो शब्दको लागि माफि चाहन्छु किनकी यहाँ हरेक कामलाई सम्मानका साथ हेर्ने भएकोले तल्लो स्तरको भन्न त नमिल्ने हो) नै हो जुनकाम स्थानियहरुको साथ साथ अरु युरोपिएनहरुको पनि रोजाइमा पर्दैन । म पनि यहाँ आएपछी काम खोज्दै जाने क्रममा भेटेको भनेको रात को २-३ बजे उठेर माइनस २० – ३० डिग्रीको जाडोमा घर घरमा पत्रीका बाड्ने हो । जुन देशमा छ महिना जाडो हुन्छ त्यस्तो स्थितिमा कहिले काही जगन्य अपराध गरेर यो काम गर्न आइपुगेको आभास हुन्छ । त्यो कामपनी पहिला पहिला पाउन सजिलो थियो रे किनकी तेतीबेला धेरै विद्यार्थीहरु आउँदैनथे । पछील्लो समयमा जब नेपालअबाट सेल्फ फाइनन्समा विद्यार्थीहरु आउनथाले तेस्पछी यहाँको अवस्था अली फरकै भएको छ । कामको लागि नेपाली नेपालीमा कम्पिटिसन सुरुहुन्छ । एकले अर्काको खुट्टा तान्ने काम गर्छन् नेपालीहरु । तेस्मा झन यो भिसाबाट आउने थपियो भने कती बिजोग हुने होला । यहाँ मास्टर्स पढ्न आएका अधिकान्स विद्यार्थीहरु पढाई भन्दा कामलाई बढी प्राथमिकता दिएका भेटिन्छन् र जसो तसो पढाई पुरा गरे पनी अनेक बाहाना बनाएर नेपाल नफर्किने धुनमा लागिरहन्छन । यस्तो स्थितिमा नेपाल प्रतिको धारणा परिवर्तन हुने निस्चितप्राय छ । तेसैले जस जस्ले आफुलाई शिक्षित छु र नर्वेमा स्किल्ड भिसामा आउन खोज्नु भएको छ, फेसबुक र च्याटमा ब्यस्त राख्नु भन्दा तलको लिन्कमा गएर आँफैले पढ्नु भयो भने तपाईंको भलो हुनेछ । तेस्बाट तपाईंले कोन्सल्टेन्सिलाई दिने खर्चकोसाथै यथार्थ आँफैले बुझ्न पाउनु हुने छ । यसलाई अर्ती भन्दा पनि सल्लाहको रुपमा लिनुहोला ।
    लिंक:
    http://www.udi.no/Norwegian-Directorate-of-Immigration/Central-topics/Work-and-residence/Apply-for-a-residence-permit/Skilled-jobseekers/

    Reply
  14. Anup says:
    June 14, 2012 at 9:21 pm

    होइन हाम्रो नेपालीहरुलाई बुझुना कतिगारो हो भनेको? माथि अनुप जी ले एती सरल भासमा सबै कुरा स्पस्ट संग लेखेर पनि बुज्न नासकेकोहोला. मा पनि नर्वे मा २ वर्षा बसेर आएको हो, कम पुन गारो छ तर पायो भने कमै राम्रो छ. तर अनुप जी ले भनेजस्तै पदी सम्बंदी नर्वे मा कम पाउनु भनेको एकदम मुस्किल छ. मेरो विचार मा यो विसा चाही हिघ स्किल भएको मान्छे हरुलाई मात्र हुनुपर्छा जुन चाही अरु रुएओपेअन् कौन्त्र्य हरुमा पनि लागु छ. चोन्सुल्तान्च्य को मर्फत्बता नर्वे जानु भनेको एउटा धोका मात्र हो.

    Reply
  15. Tek Raj Bhatta says:
    June 14, 2012 at 7:57 pm

    Hi! I am living in Oslo, Norway from the past 2 months and I am here in skilled job seeker visa. Truly speaking, I totally agree with the perception presented by Anup ji. However most of the persons residing in Nepal shows the eagerness to leave the country to earn the handsome amount here in abroad thinking the grass is greener on the other side but they face the bitter reality when they arrive here. Firstly the barrier of language creeps as soon as u r here in Europe. Without language u r bound to get indulged in unskilled work which does not require communication like cleaning, dish washing etc. These so called jobs are now a days hard to find as the person bearing the European passport can move freely here and work legally. For example the countries like Poland, Portugal, Spain, Greece etc are undergoing huge recession. The citizens of these countries love to come and work here as the payment seem better here than their native country. They are prioritized than the denizens of Asian or African countries. Next the degree you earn In Nepal has no value here until u can showcase your job proficiency along with fluency in both written and oral language. These days I receive calls from some of my friend asking to be here in this visa. When I tell them these reality they often present the mindset of dissatisfaction that I left the Nepal and I am barring them to be here showing these negative points. In case of student visa u will be granted the permission to work 20 hours/week and much to the relief the university doesn’t charge tuition fee here. That could be the huge bonus if u truly want to be here for the purpose to acquire knowledge. You can work part time and pursue your studies at the same time.

    Reply
  16. Sony says:
    June 14, 2012 at 7:56 pm

    आदरणीय दाईहरु लेखक, युक्त, अनुप र शिव
    मेरो नाम sony र म 35 वर्ष पुगे +२ pass, कॉम्मुनिटी मेडिकल एसिस्तंस
    CMA हु, मैले चाही एक महिना अघि नर्वेमा वोर्किंग विसाको लागि apply गरेको छु र Norwegian language पनि सिक्दै छु,, र मलाई consultancy le चाही Hospital ko काम हो भनेको छ,, Yaसमा आउदा मलाई राम्रो हुन्छ कि हुदैन होला? मेरो करिब नेपाली एक लाख खर्च भयो अनि एदी विसा लाग्यो भने अर्को 5/6 लाख लाग्छ भन्छ consultancy ले र के के शिप मुलक काम सिकeमा मलाई तेता फाईदा हुन्छ भंदिनुस ,, हजुरहरुले सुजाब दिदा सहोदर दिदी बहिनी सम्झी सत्य तथ्य बताई दिए म मेरो खर्च र दुखबाट बाच्ने थिए की ? धन्यबाद!

    Reply
    1. Kamala says:
      June 15, 2012 at 12:12 am

      तपाईलाई consultancy ले हस्पिटल मा काम मिलाईदिन्छ भन्ने कुरा १००% झुठ हो। एक त तपाई संग एहाको मेडिकल काउन्सिल ले तपाई को certificate लाई चिन्दैन र अर्को तपाईलाई येहा को भाषा औदैना. तपाई एकपल्ट सोच्नुस त…….नेपाल मा त चीन, बंगलादेश, इंडिया या आरु देशबाट मेडिकल पढाई गरेकाले बिना नेपाल मेडिकल काउन्सिल को अनुमति काम गर्न पाउदैन भने यूरोपियन देश मा कसरि पाउनु ?? अनि बिना येहको भाषा हस्पिटल मा बिरामिहरुसंग कसरि कुरा गर्नु हुन्छ ??

      मलाई थाहा भएसम्म तपाईले Aupair को काम भने पाउन सक्नु हुन्छ, तर aupair को कमाई भने राम्रो हुन्न।

      Reply
  17. yukta says:
    June 14, 2012 at 1:40 pm

    सर्व प्रथम त टुरिष्ट भिसा लिएर तपाई हरु नर्वे प्रवेश गर्न नै गार्हो हुन्छ किन भने त्यहाँ जानु भनेको कि त हवाई जहाज बाट हो या त रेल अनि बस ! जहा बाट प्रवेश गर्न खोजे पनि त्यहा को पुलिस ले कालो कपाल देख्ने बित्तिकै केरकार गरि हाल्छन झन नेपाली भन्ने बित्तिकै तपाई ले जति सुकै तिनी हरुलाई आफ्नो परिचय , आफ्नो कागज पत्र ,२-४ हजार युरो देखाउनुस तर ईनी हरु को मन मस्तिस्क मा के छ भने नेपाली हरु नर्वे मा पैसा कमाउन आएका हुन् अरु केहि होइन हामीले छाडी दियो भने ईनिहरु नर्वे मा लुकेर काम गर्छन त्यसैले ईनिहरुले तपाई लाइ त्यहा बाट कि त डिपोर्ट गरि दिन्छ या त यसैलम ( रिफुजी ) लिन कर गर्छन अनि तपाई मजबुरन ईनीरु को पछी लागेर इमिग्रेसन पुलिस कहा जानु पर्छ त्यस पछी तपाई को अन्तर्वार्ता सुरु हुन्छ पुर्ब तयारि गरेर जानु भएको छ भने कुनै एउटा नेपाल फर्क्यो भने तपाईलाई जिउ ज्यान को खतरा हुन्छ भन्ने कथा सुनाई दिनुस या त तपाई पक्का पिडित नै हो नेपाल बाट बिस्थापित भएको नै हो भने पनि नोर्वेजियान इमिग्रेसन अधिकारी ( UDI OFFICER ) ले हामी नेपाली लाई १००% मा १% पोजिटिब र ९९% नेगेटिब रिजल्ट दिन्छन र अन्त मा बिसेस निगरानी मा नेपाल डिपोर्ट गरि दिन्छ , केहि गरेर तपाई को भाग्य बलियो भएर इनी हरु को निगरानी बाट बचेर आफ्नो मान्छे को मा पुग्नु नै भए पनि बिना काम गर्ने इजाजत पत्र र टेक्स पेपर (WORK PERMIT & TAX PAPER) छैन भने र तपाई लाई त्यहाँ को भाषा आउदैन भने कुनै पनि नोर्वेजियन कम्पनि अनि नर्वेजियन हरु ले तपाई लाई काम दिदैन अनि बिकल्प के त ? नर्वे मा लगभग ३०-३५ हजार को हाराहारी मा पाकिस्तानी हरु को बसोबास छ , ओस्लो मा इनी हरु को आफ्नो कपडा , किराना , पसल अनि इन्डियन रेस्टुरेन्ट को व्यापार छ प्राय: नेपाली हरु लाई हिन्दि भाषा बोल्न आउछ अनि पाकिस्तानी हरुले बोल्ने भनेको नै हिन्दि भाषा हो तर इनी हरुले हिन्दि भाषा लाई उर्दु भाषा हो भन्छन इनी हरु को मा तपाई ले काम पाउनु भयो भने भाषा को समस्या पर्दैन तर नर्वे सरकार बाट जे जति तोकिएको सेलरी हो त्यसको तपाई ले आधा पनि पाउनु हुन्न र उल्टै श्रम शोसन मा पर्नु हुन्छ किन भने त्यो भनेको कालो काम हो अनि त्यस बेला सम्म तपाई ओवर-स्टे भै सकेको हुन्छ त्यो तिनी हरुलाई थाहा हुन्छ र थाहा भए पछी जति गाली गरे पनि जति काम मा जोताए पनि यो नेपाली पुलिस कहाँ जादैन भनेर झन -झन काम मा ३-४ महिना को तलब रोकी रोकी जोताउछ अनि तपाई ? कति पैसा खर्च गरेर जानु भएको थियो ? कहिले उठाउने उल्टै माथि बाट सधै पुलिस को डर . एउटा कुरा मेरो १० बर्ष को नर्वे को बसाईमा त्यहाको सिविल नोर्वेजियन मानिस हरु बाट सधै माया र सदभावना पाए उनि हरु बाट एउटा कुरा सधै सुन्न पाए नेपाली हरु ईमान्दार र सोझा हुन्छन तर सिविल जनता ले नेपाली लाई जति माया गरे पनि नर्वे को यु.डी.आई. ले मेरो अनुभव मा नेपाली हरुलाई नेपाल मा जति सुकै पोल्टिकल समस्या जतिसुकै ज्यान कै खतरा परे पनि पोजिटिब दिदैन,एक जना पुलिस अधिकारि सग मैले सोधेको पनि थिए उसले यसो भनेको मलाई आज सम्म याद छ तिम्रो देश मा somaaliyaa जस्तो भुख मरी छैन यु डी आई ले हेर्ने भनेको त्यस्तो केस लाइ मात्र हो. म पनि २००१ मा नर्वे मा गएर येसैलेम लिए २००४ मा दोस्रो नेगेटिब पाए अनि यु डी आई बाट १५ दिन भित्र देश छोड भन्ने पत्र पाए तर मैले त्यति बेला सम्म भाषा फरर बोल्ने भै सकेको थिए नोर्वेजियन साथी हरु बनाई सकेको थिए त्यसैले वहाँ हरु कै सहयोग मा देश छाडिन , मजाले काम गरे नेपाली ले गर्ने काम भनेको वाहि भासके ( कार्यलय , अस्पताल , स्कुल , डिपार्ट्मेन्ट स्टोर , सफाई गर्नु ) हो , यदि तपाई कालो मा काम गर्नु भएछ भने तपाइ को हाथ मा साहुले क्याश पैसा दिन्छन् तर तपाई लिगलि काम गर्नु भएको हो भने तपाइको सेलरि टेक्स कटाएर बैंक मा जम्मा हुन्छ तर एउटा कुरा के छ भने यु डि आई ( इमिग्रेसन ) र टेक्स बिभाग बिच मा सम्बन्ध नभएर हो कि हेरचेक्राय ले गर्दा हो प्राय: २००८ भन्दा अगाडि आएर असाईलेम गरेर टेक्स पेपर पाएर काम गरेका हरु को पछि केस उडे पनि जस्ले नर्वे छाडेनन लुकेर बसे उनि हरु को पनि आफुले दिएको ठेगाना मा हरेक बर्ष त्यहि साल को नयां टेक्स पेपर आउथ्यो जस्तो मेरो २०१० सम्म आई रह्यो। आजकाल छ्यापछ्याप्ति पत्र पत्रीका हरुमा नोर्वे मा जागिर पाईन्छ भन्ने आशय को बिज्ञापन हरु आई रहेको देख्छु तर म के भन्न चहान्छु भने तपाई मा स्किल भएर मात्र काम चल्दैन यदि तंपाई सित मानिलिउ एउटा कार्पेन्टर को स्किल छ तंपाई सित सर्टिफिकेट पनि छ तर त्यस प्रमाणपत्र ले नर्वे मा काम पाउदैन कारण तंपाई ले नर्वे को कुनै प्राबिधिक स्कुल बाट कार्पेन्टर सम्बन्धि तालिम लिएको हुनु पर्यो नर्वेजियन् स्कुल् बाट् भाषा तालिम लिएको हुनु पर्यो त्यस्को लागि तंपाई ले नर्वे को कागज पाउनु पर्यो त्यो सम्भव नेपालि हरुको लागि छैन कालो मा बसेर झन त्यो तालिम लिने सम्भव नै छैन तर एउटा कुरा के छ भने यदि तंपाई ईन्डिएन खाना बनाउन दक्ष हुनुहुन्छ भने कालोमा पाकिस्तानि र थोरै मात्रमा ईन्डिएन हरु ले खोलेको रेस्टुरेन्ट मा यदि तंपाई को त्यहां आफ्नो मान्छे छ भने कामको लागि मद्दत पाउनु हुन्छ छैन् भने त्यो पनि नसोच्नुस किन भने जति सुकै लोभलाग्दो चडाइबडाई गरेर कन्सलट्यान्सी हरुले पत्रपत्रीका मा नर्वे मा गएर क्रोनो ( पैसा ) टिप्न पाइन्छ भन्ने बिग्यापन छापे पनि यथार्थ मा २००८ भन्दा पहिले जति राम्रो र नेपालिहरुको लागि राम्रो गन्तब्य स्थान थियो हालको दिनहरु मा जस्ले जे सुकै भने पनि राम्रो छैन त्यसैले पैसा फसाउनु भन्दा पहिले एक पल्ट राम्रो संग सोचेर मात्र पाईला चाल्नुस। बिद्यार्थी हरुको लागि भने राम्रो होला जस्तो मलाई लाग्छ . म पनि २०११ मा आई ओ एम भरेर नर्वेको लामो बसाई पछि नेपाल फर्किएको हु त्यसैले मैले आफुले जे जति त्यहा को बारेमा जानेको कुरा हरु लेखेकोछु.

    Reply
  18. akash says:
    June 14, 2012 at 11:03 am

    हेलो मेरो नाम आकाश र म २० वर्ष पुगे +२ pass, मैले चाही वर्खारै नर्वेमा वोर्किंग विसाको लागि apply गरेको छु र Norwegian language पनि सिक्दै छु,, र मलाई यहाँ consultancy ले चाही agriculture मा काम हो भनेको छ,, एसमा आउदा मलाई राम्रो हुन्छ कि हुदैन होला र के के शिप मुलक काम सिकामा मलाई तेता फाईदा हुन्छ भंदिनुस ,, हजुरहरुको सुजाब राकदिनु होला >

    Reply
    1. yukta says:
      June 14, 2012 at 5:20 pm

      मेरो अनुभव मा नर्वे मा साउथ तिर र मिडल तिर मात्र आलु र जौ खेति हुन्छ एक दुइ ठाउ मा आधुनिक साग सब्जी , फलफुल खेति गरेको देखेको थिए त्यहि पनि त्यो काम नर्वेजियन किसान हरु खुद आफै नै गर्छन हो माछा फार्म चाही नोर्थ मा पनि छ र साउथ मा पनि त्यहाँ चाहि नेपाली र अरु बिदेशी कामदार हरु संग चाहि मेरो भेट भएको थियो अग्रिकल्चर मा वोर्किंग भिसा भन्ने कुरा बेल्जियम स्पेन तिर चाही हुन्छ रे भन्ने सुनेको थिएँ तर नर्वे तिर खोइ ?? म आफै कन्फ्युज भएँ . आफै विचार गर्नुस .

      Reply
  19. Lekh Rumba says:
    June 14, 2012 at 9:17 am

    हामी नेपालीहरु को बानी एकदम खराब छ | जहाँ खाल्टो छ त्यहाँ खस्ला है भनेर अरुले देखाउदा वास्तै नगरी तै खाल्टोमा हाम्फालने |काग ले कान लग्यो भन्यो भने कान नै नाछ्मी काग को पछि हिड्ने हामी नेपालीमा बानी परेको छ | यो नेपालीको बाद्याता हो कि चेतना नभय हो त्यो चै भगवान नै जानुन !!!!

    Reply
  20. Dilip Adhikari, UK says:
    June 14, 2012 at 4:38 am

    साथीहरु हो , सबैको मिश्रीत कोमेंट्सहरु ठिकै लाग्यो र कुराहरु धेरै जसो सहि नै छन् , मेरो पनि बिदेस यात्रा को लगभग १ दसक जतिको अनुभब भएको नाताले येही कुरा भन्न चाहन्छु कि जसले जे सुकै कुरा गरेपनि बिदेस सजिलो चाही पक्कै छैन , चाहे त्यो यूरोप होस्, अमेरिका या अन्य कुनै ठाउँ l म पनि येस्तई सोच्थे सुरु सुरुका दिनहरुमा , धेरै सपनाहरु देख्थे विदेशको बारेमा तर त्यो सबै सत्य हैन रहेछा l तेसैले मेरो पनि भनाइ येहिनै हो कि सकिंछा भने स्वोदेसमै बसेर केहि गरौ येदि आउने पर्ने भएमा चाही धेरै कुराहरु बुझेर अनि आफु जस्तो सुकै situation मा पनि fit हुन सक्छु भन्ने दह्रो अठोट लिएर मात्रै पाइला अगाडी बढाउनका लागि सुझाब दिन चाहन्छु l

    Reply
  21. shiba says:
    June 14, 2012 at 1:46 am

    नर्वे को यथार्थ धेरै ले लेखेको पाइयो मैले पनि कमेन्ट गरे तर याँहाको कानुन अनुसार बिध्यर्थिले हप्तामा २० घण्टा काम गर्न पाउने उल्लेख छ बिदेसी बिद्यार्थी को हकमा पनि लागु छ! यो हप्ताको २० घण्टा asain बिद्यार्थी लै नभयर अफ्रिकन गरिब बिध्यर्थिलाई भनेर कानुनले दिएको रहेछ त्यो पनि तल्लो तहको काम सरसफाई, पत्र पत्रिका घर घरमा लगिदिने धेरै एसियन अफ्रिकन सबैले गरेको देखेको छु बिदेसिको लागी कानुन हरु बदल्दै छ त्यो २० पनि गर्न नपाउने हुन सक्छ काम पाउन सजिलो छैन गोरो र खैरो कपाल काम पाउने पहिलो नम्बेर आउछ कालो र गहु गोरो अन्तिम नम्बेर मा पर्छ भाषा पनि चाहिन्छ भरपर्दो रेफरेन्स चाहिन्छ कामको अनुभब हुनु पर्छ चाहे जेसुकै कामहोस्! बत्च्लोर पढ्न अंग्रेजी भाषा मा छैन एसको लागि पनि १ बर्ष याँहाको भाषा पढेर मात्र भर्ना हुनु पर्छ यदि मास्टर डिग्री को लागि हो भने अंग्रेजी पाउनु सक्नु हुन्छ यंह काम न पाए पनि बस्न पढ्न सकिन्छ भने आउनुस कॉल्लेज फी त सस्तो नै छ बस्नु खानु महँगो छ ५०००० रुपैयाँ भन्दा बढी पर्छ सिंगल कोठा भाडा तपाई भाग्य मानि हुनुहुन्छ भने सस्तो घरभाडा अनि काम पनि मिल्न सक्छ

    Reply
    1. Pradeep says:
      June 14, 2012 at 5:12 pm

      Student visa with permit to work vaner dinchha, and it is for everybody, you can work up to 20 hrs a week and full time during semester vacations, this applies for everybody not for any particular nations. But the big gest problem is to get a job, without a fluency in their own language you will never get a job. Early morning, paper throw, toilet cleaning, washing utensils where language is not needed they get but competition is very high……….please please if you want to go for work and study go to some English speaking country like New Zealand, Canada or United States, for Europe come to study in government quota scheme or pursuing PhD or post doctoral degree, then you will not have any problem. Though you feel bad to see your own country mates doing hard work. If somehow you enter France/Spain/Italy/Belgium/Polland its easier than Norway, specially Paris, its like Kathmandu so many parts and you will get work easily in Indian/Srilankan and Pakistani resturants or Hotels but work is same low level work and illegal!!!!!!!! Most unsafe place in Europe for me is Paris, because of blacks, Norway to be very frank for students its very safe as they stay in Hostel. I have the experience of staying in Europe in a very good position, now also I am in Germany, still I will come back to Nepal and work in NEPAL, Nothing like your own country!!

      Reply
  22. Prakash Mani Paudel says:
    June 13, 2012 at 11:14 pm

    म पनि विदेश जान क लागि भनेर धेरै कन्सल्तान्च्य गय तर सबैले राम्रो कुरा गर६न् . तर रेअलिटी एस्तो ६ के गर्न. म एन्ग्लिश मा डिग्री सकेर जब खोज्दै६उ तर यो काठमाडौँ मा जब ६ऐन . म विदेश जान खोज्दै६उ. मेरो सपना नर्वे थियो तर के गर्न जब पाउन कति गारो हो तीहा. . कुन तरिका ले युरोप जान सकियाला.

    Reply
    1. योगेश आदी, न्यूयोर्क says:
      June 14, 2012 at 4:57 am

      प्रकाशमणि भाई, तपाइको यूरोपको मोहले मलाई मेरो बिगत याद आयो / म पनि बिएल सकेर केहि हुन्छ कि आशामा १९९९ मा यूरोप गएको थिए, त्यहाँ कामको खोजीमा ४/५ ओटा यूरोपको देश चाहारे; दुख झमेला कति व्यहोरे त्यो अहिले नलेखौ, अन्तमा ३ महिना पछी नेपाल फर्केर अरु अध्ययन पुरा गरेर देशमै ७ बर्ष जागिर खाए, जागिरको दौरान जीवनमा कहिल्यै पढेर पनि नसिकिने धेरै कुराहरु सिके / यसर्थ धर्य राख्नुस, तपाइले देशमा नै नोकरी पाउनुहुनेछ, शुभकामना !!
      यूरोप सजिलो छैन, अमेरिका भन्दा धेरै अर्थमा फरक छ / म अति सामान्य केहि उदाहरण दिन चाहन्छु /
      – अमेरिकामा अंग्रेजी जान्दैन भनेपनि तपाइले जान्ने भाषाको अनुवादक खोजेर ल्याउछन / भाषाको कारणले कसैले झमेला व्यहोर्न नै पर्दैन /
      – अमेरिकाको न्यूयोर्कदेखि कुनै पनि स्टेटमा जानुभए पनि; कुनै पनि व्यक्तिले “एक दिनमा” कमाउने करिब ९०-१०० डलरले सामान्य खाना पेटभरी उ एक्लैलाइ खान “एक महिनाको” लागि पुग्छ / जबकी यूरोपमा करिब २५० यूरो जति लाग्छ /
      – यहाँ कागजपत्र नभएको कुनै व्यक्ति जघन्य अपराध नगरी २० वर्ष नै सामान्य रूपमा बसेपनि कसैले दुख झमेला दिदैन / यूरोपमा व्यक्तिको कानूनी समय व्यतित भएपछी पुलिसले खोजि खोजि प्रक्रिया अगाडी बढाउछ /
      यसर्थ आवश्यक भाषा र कामको सुनिश्चितता नभै यूरोप जाने काम अहिलेलाई विचाराधीन राख्नुस /

      Reply
      1. Prakash Mani Paudel says:
        June 14, 2012 at 10:12 pm

        योगेश जी सुझाब का लागि धन्नयबाद. तर बास्तबिकता भोग्न धेरै गारो हुदो रहे६अ .

        Reply
  23. भुवन गुरुङ- Dubai says:
    June 13, 2012 at 11:00 pm

    तपाईं सँग academic qualification छ भने आउनुस् खाडीमा। काम अनुसारको सान यहाँ पनि छ। युरोपमा त्येती धेरै पैसा किन खर्च गर्नु हुन्छ त्यो पनि तल्लो स्तरको कामको लागि ?

    Reply
    1. Sudip Sharma says:
      June 14, 2012 at 8:17 pm

      सहि कुरा गर्नुभो गुरुङ सर ले !! नेपालीलाइ गोराले हगेको पनि बास्ना आउछ अनि किन खर्च नगरुन लाखौ रुपैया यूरोप अमेरिका जानलाइ ..त्यो पनि रेस्टुरेन्टमा भाडा धुने र भान्छा को भुइँ पुछ्ने काम को लागि..पढे लेखेको र skill भएको मान्छेलाई खाडी मा आकर्षक तलब सुबिधा मा काम पाइन्छ नि..१० लाख रुपैया निकाल्न सक्ने नेपाली ले १० हजार खर्च गरेर तालिम सिक्न डराउछन्..के गर्नु..आफु पनि नेपाली नै परियो..कति आलोचना गर्नु ||

      Reply
  24. Hari Prasad Lamichhane says:
    June 13, 2012 at 10:31 pm

    राम्ररी रोमनमा टाइप गर्न पनि न जान्ने तर ठुलो ठुलो भाग खोज्दै हिड्ने नेपाली परम्परा ले गर्दा यी दलाल हरु को पेशा फस्टाएको छ I धेरै पढेलेखेका भनौदा नेपाली हरु पनि साल दुइ साल अरब मा ल्याएर गइटि हनाउन पर्ने छन् , सरकार भन्दा नि तेस्ता दलाल हरु को चक्कर काट्ने बेकुप हरु नै धेरै जिम्मेवार छन्

    Reply
  25. Gunaraj says:
    June 13, 2012 at 10:18 pm

    UK मा हुने साथी हरुले औटा सल्लाह दिनुपर्यो ….university मा MBA पद्नको लागि Dependent लिएर UK आउदा कस्तो होला ??

    Reply
    1. bheshraj says:
      June 15, 2012 at 1:25 pm

      गुणराज जी

      अहिले सम्म dependent ले काम गर्ने सुबिधा छ तर भोलि के हुन्छ भन्न सकिदें. किनभने आप्रवासी घटाउने उपाय मा पहिलो लक्ष नै बिदेशी बिद्यार्थी बनेका छन. यो १-२ बर्ष मा बिदेशी बिद्यार्थी को लागि धेरै अप्ठ्यारा नियम बनेका छन शायद अब एउटी नियम आउन बाकि छ त्यो हो बिद्यार्थी dependent लाइ काम गर्न नदिने नियम,, शायद धेरै दिन कुर्न नपर्ला यो नियम को लागि.

      Reply
    2. bheshraj says:
      June 15, 2012 at 2:02 pm

      गुणराज जी ले सल्लाह माग्नु भएको छ, तेस्मा पनि १७ वटा रातो? अचम्म लाग्छ मान्छे हरु देखेर.

      Reply
      1. Gunaraj says:
        June 16, 2012 at 6:04 pm

        धन्यवाद भेषराज जी

        Reply
  26. shiba says:
    June 13, 2012 at 7:56 pm

    नर्वे मा पनि लुटिन्छ किन लूट दैन? यूरोप को अरुमुलुक आर्थिक डामाडोल मा फसेको कारण अरु देश बाट लुटेरा यहि नर्वे मा थुप्रेको छ नि …..अनुप खनाल जी बिहान बिहान गोर्खा पत्र पढ्नु हुन्न ? adressa .no कहिले कहिँ भित्रि पन्न खोलेर पढ्नुस कति जना लुटिन्छ नर्वे मा कसैको इज्जत कसैको सम्पत्ति अनि NTNU कै साथी हरु कोइ स्पेन मा कोइ लण्डन लुटेको इ मेल मैले पनि पदेकै हो फेरी देश को नामे किन नभन्ने ?

    Reply
  27. Subhav ,London says:
    June 13, 2012 at 5:57 pm

    बिनिता k .c . जी को comment पढ्दा उहा नर्वे मा नै हुनुहुन्छ र ‘विदुषी’ हुनुहुन्छ भन्ने कुरामा कुनै शंका गर्ने ठाउँ छैन ! उहाले ठोकुवा १०० यूरो जति average मा कमाउन सकिने पनि दावा गर्नु भएछ ! हाल सम्म को कमेन्ट मा उहाले बाहेक नर्वे मा काम गर्न आउने हरु लाई सजिलो छ भनेर कसैले लेखेको देखिएन ! उहाको सल्लाह धनि बाउ आमा का बिग्रेका सन्तानको हक मा ठिकै होला तर गरिब र मध्यम बर्गीय का छोरा छोरी ले चाही एक पटक सोच्नै पर्ला है ! मैले युरोप मा काम पाउन कति गाह्रो छ र भाषा को कस्तो समस्या छ भनेर माथि अर्को कमेन्ट मा नै भनिसके ! नर्वे आउने हरुले बिनिता जी को ठेगाना र फोन नम्बर लिएर आए ठुलो सहयोग होला कि ? एस्तो मौका बारम्बार आउदैन बिनिता जी संग तुरुन्त सम्पर्क राखौ र भोलिपल्टै देखि प्रतिदिन १०० यूरो कमाउन सुरु गरौ !!!!!!!!!

    Reply
  28. Kiran says:
    June 13, 2012 at 2:09 pm

    सम्पूर्ण विवरण यो लिंक मा गएर हेर्न सकिन्छ, कन्सलटेनसिले पनि यहि बाट हो सूचना प्राप्त गर्ने:
    http://www.udi.no/Norwegian-Directorate-of-Immigration/Central-topics/Work-and-residence/Apply-for-a-residence-permit/Skilled-jobseekers/
    र अरु बिधार्थी भिसाको बारेमा पनि यहि उल्लेख छ, राम्ररी पढ्नुहोला सबै स्पस्ट लेखेको छ

    Reply
  29. jay lamsal(Norway) says:
    June 13, 2012 at 1:54 pm

    भाषा नभैकन यो देस मा आएर स्किल जोब पुला भंये कुरा एकदमै गारो कुरा हो. एदी language राम्रो साग औचा भने probability अलिकति हुन्छ नत्र सारै गारो ६. येह औनुभंदा पहिलेनै सोच्येरा औडा हुन्छ… तर येहा आउने almost सबैले आफुलाई खान बस्ने काम त गरिरकै चां………

    Reply
  30. barun Joshi says:
    June 13, 2012 at 1:52 pm

    यो लेखमा सत्यता छ I सजिलो गाह्रो भनेको सबै ठाउमा हुन्छा सत्यता लाई भुझेर नर्वे को visa apply गर्दा यहाँ आयर रुख बाट खसेको जस्तो महसुस नहोस, ठागीयाको महसुस नहोस I
    यो लेखलाई http://www.mysansar.com मा मात्र सिमित नराखी अन्य पत्र पत्रिका मा पनि प्रकाशित गरि दिनु हुन ति पत्र पत्रिका सम्म पहुचा भयका लाई अनुरोध गर्दछु.
    NRNA-Norway

    Reply
  31. dipak shrestha says:
    June 13, 2012 at 12:02 pm

    विदेश भन्ने बितीक्कै नेपालमा भन्दा जे पनि राम्रो हुन्छ भन्नेरमरीमेतना खोज्ने अनि बिदेसमा अलपत्र परेर बस्नु पर्ने अवस्था न निम्तयौना नेपाली दजुभैहरू को लागि एस प्रकारको सूचना प्रसारण गर्नुलाई मैले ठुलो धर्म ठानेको छु |

    Reply
  32. Narayan says:
    June 13, 2012 at 11:21 am

    के पो त गर्ने हो मित्र हरु??? मैले त दुइ महिना भन्दा अघि नै नर्बे को लागि डकुमेन्ट पठाई सके अब थोरै समयमा रिजल्ट पनि आउछ होला / मैले के गर्दा ठिक होला कृपया उचित सल्लाह को लागि अनुरोद गर्छु.

    Reply
    1. Anup says:
      June 13, 2012 at 12:17 pm

      नारायण जी,
      कुरा प्रस्ट छ, नर्बेजियन भाषा बोल्न जानेर मात्रै भएन | अनुपम जी ले लेख्नु भएको छ कि सबै कुरा इन्टरनेटबाट हुन्छ यसको मतलब लेख्न पनि जान्नु पर्ने भो |
      यदि तपाई यी कुरामा दक्ष्य हुनुहुन्न भने किन बेफजुल खर्च गर्ने ? यदि कोइ कुबेरको ढुकुटी खुला छ भने गर्नुस न त फुपू को श्राद्ध……. के भो त हान्दिनुस नर्वे यात्रा HAVE NICE त्रिप

      Reply
  33. bindash says:
    June 13, 2012 at 11:19 am

    सुझाबको लागि धेरै धेरै धन्यवाद,अनि अर्को कुरा त्यहाँ तपाईहरु भने को नेपाली दाजु भाईहरु पनि हुनु हुदो रहेछ काम गर्दै हुनु हुदो रहेछ |अनि मुख्य कुरा त्यहाँ कामको लागि ६ महिने भिसा दिने कुरा त सचिनै हो तर यहाँ education consutancy हरुले त्यहाँ जना को लागि bachelor pass हुनु पर्छ भन्दै छन अनि पैसा पनि ४-५ लाख लाग्छ भन्दै छन् अनि job पनि sure लगाउछौ भन्दै छन् अब एस्तो कुरा मा बिस्वाश गरेर पैसा हाल्दा कति उपुक्त होला?त्यहाँ मान्छेनै नगई job fix. गर्न मिल्छ र?अनि bachelor pass चेर्तिफिचते भए viss सजिलो संग लाग्छ भन्दै छन् .+२ को ले viss लेलाग्ने चान्स कम छ भन्दै छन् | म के गरौ अन्योलमा छु |

    Reply
  34. Ganesh Puri says:
    June 13, 2012 at 10:35 am

    साथी हो, म नेपालमा यौटा बैंकमा मनागेर को कम गर्छु र म संग खाडी देश मा कम गरेको अनुभब पनि छ अनि मलाई नेपालको राजनीति देखरे दिक्क लागि सको छ यसो विदेश जानी सोच बनेको छु के तपाई हरु ले भने जस्ते छ त नर्वे ??? के मैले काम नपौला त तेहा …………your valuable suggestion pls……….

    Reply
    1. Sudip Sharma says:
      June 13, 2012 at 11:49 am

      साथि नेपालमा ‘मनागेर’ जागिर छाडेर चाही अमरिकामा पनि नआउनुस भन्छु म त ..नर्वेमा भाषा नआउदा, भनेजस्तो काम नपाउदा, अनि महिनाको २ लाख रुपैया बस्न खान खर्च हुदा नेपाल को राजनीतिको दिक्क तपाइलाई सामान्य लाग्नेछ.

      Reply
    2. Anup says:
      June 13, 2012 at 12:08 pm

      माथि श्री अनुपम खनालजी ले यत्ति प्रस्टसंग लेख्नु भाको छ कि यो भन्दा सरल केहि छैन |
      यदि तपाई माथि उल्लेखित कुरामा दक्ष्य हुनु हुन्छ भने कसै को सल्लाह लिनु जरुरि छैन र यत्ति कुरा नबुझेपछि तपाइलाई सल्लाह दिने व्यक्ति नै गधा हो |
      र सेतो सधै सेतो देखिन्छ कालो कालो नै |
      तपाईको खाडी देश को अनुभब भन्दा पनि मुख्य कुरा त नेपालको एउटा बैंकको मेनेजर हुनु बर्ष मान पुन नेपालको अर्थ मन्त्रि हुनु जस्तै लग्यो |

      Reply
  35. Hem says:
    June 13, 2012 at 8:14 am

    साह्रै राम्रो सुझाब| नेपाल कन्सल्टेन्सी ( भै तोपेलेका) ठग दलालहरुलाई केहि कारबाई नहुनाको कारणले अनेक सोजा साझा सपना बोकेका र पिडितहरु बाहिर गएर केहि हुन्छकी भन्ने असाकै सिकार भएका छन्|
    कमसेकम यो लेख पड़ने हरुले भन्ने सोच्ने मौका पौनेछन्| मनका तरंगको सिकार हुन बाट समयमै सिक्नु पर्दछा|

    Reply
  36. Ravi Aryal says:
    June 13, 2012 at 4:45 am

    घर छोडेर बिदेशमा संघर्ष गर्नु भनेको कठिन त हुन्छ नै ..तर नेपाल मै बसेर बेरोजगारीको पिडा सहन गर्नु अझ कस्टकर हुन्छ!यो लेखमा नर्बे मा कसरी संघर्ष गर्ने अनि नर्वेका राम्रा अवसर हरु लाई कसरी आफ्नो पोल्टामा पर्ने अनि जीवनस्तर उकास्ने भन्ने बारेमा केहि लेखेको देखिएन!हरेक मौकाका पछाडी राम्रा र नराम्रा दुवै पक्ष हुन्छन.हामी नेपाली लाई विदेशमा दुख गर्नु नियेती जस्तै बनेको बेलामा नर्बे जस्तो समुन्नत र धनी देशबाट धेरै फाइदा लिन सकिन्छ!अंग्रेजी भाषा त कोरिया र जापान मा पनि बोलिन्न के नेपाली ले आफ्नो प्रगती गरेका छैनन् त ???

    Reply
    1. ankit sharma says:
      June 13, 2012 at 2:03 pm

      “यो लेखमा नर्बे मा कसरी संघर्ष गर्ने अनि नर्वेका राम्रा अवसर हरु लाई कसरी आफ्नो पोल्टामा पर्ने अनि जीवनस्तर उकास्ने भन्ने बारेमा केहि लेखेको देखिएन!”

      तपाइलाई consultancy ले जस्तो मिठो मिठो कुरा मात्रै सुनाउने मान्छे चाहिएको जस्तो छ ! मुख्य कुरा भाषा हो त्यो नजाने सम्म केहि हुदैन र कुनै पनि भाषा सिक्न बर्सौ लाग्छ! लेखकले भनेकै छ नेपाल बाट नै काम पक्का गरेर आयो भने मिल्छ भनेर त्यो भन्दा बढी बिदेशमा कसैले कसैलाई येस्तई गर भनेर भन्न सक्दैन ! तेस्माथी भाषाको कारणले गर्दा दुख पौनी कुरा भनेकै छ ! युरोप आउन सजिलो छ तर टिक्न गारो छ !

      Reply
    2. shuvachintak says:
      June 13, 2012 at 2:23 pm

      रविजी, अनुपजीले गर्नु भएको कुरा एकदम ठीक हो! लेखक मित्रले नर्वेमा बेहोर्नु पर्ने संघर्षबारे लेख्नु भएको छ जुन कुरा हरेक यूरोपियन मुलुकमा लागू हुन्छ ! तपाइले संघर्ष नै गर्छु भने पनि सक्नुहुन्छ तर तपाइँसंग पुग्दो समय हुदैन जसले गर्दा आशाभन्दा निराशा बढी हुन सक्छ! उहाले आफ्नोतर्फबाट सक्दो कोशिश गर्नुभएकोमा धन्यबाद दिन चाहन्छु र यो भन्दा अगाडी तपाइँहरुको बुद्धिविवेकले जसो गर्दा ठीक लाग्छ गर्नुहोस, उन्नतिको कामना !

      Reply
  37. bkpandey says:
    June 13, 2012 at 4:35 am

    आफु संग योग्यता भएको लाई अवसर हो ,तर तिमि दछ्य हुनु पर्यो ,जुन देसमा जानेहो त्यो देसको भाषा जान्नु पर्यो, तर २००९ तिर बेलायती सरकार र म्यानपावोर का गिद्ध ले गर्दा हजारौ नेपालीले धेरै दुख पाए, तर नेपाल सरकारले यस्ता माफिया र नेताको पगडी बानेका भ्रस्टचारी लाई ,तथा यिनका कार्यकर्ता ( चरी,चक्रे ,गणेस,युवा संघ,) ले देस र जनतालाई खाली दुख दिन बाहेक केहि गर्दैनन् भने नेपाली लाई किन ??? बहुदलीय प्रजातन्त्र,लोकतन्त्र,गणतन्त्र आएको २२ बर्स भएछ,यसको उपलब्धि भने हुनु पर्ने केहि छैन ,खाली अबाभ मात्रै छ ??? यो भन्दा त् पंचायती प्रणाली नै नेपालको लागि राम्रो हो भन्ने मलाई लागि रहेछ, त्यस बेला पनि जनताले भोट हाली आफ्नो उम्मेदवार लाई जिताउन सक्ने थिए जो हार्यो उ घर बस्यो, ऐले त चार चुनाब छेत्र बाट हारेका पनि समानुपातिक ????? बाट अरुले जितेको चुनाब कोइराला भएको भएर उपप्रधान मन्त्रि पनि बन्ने बाटो भएको यो बहुदलीय प्रणाली नेपालको लागि एक,दुइ,तिन राम्रो नभएको हामी सबैको सामु छ,अब नेपालमा सबै नेपालीको हित चाहने पार्टी बनाउन अत्यतै जरुरि छ, एन.आर.एन.र नेपाल भित्र का स्वतन्त्र नेपालीले गम्भीरपुर्ब सोच्ने अवस्था आएको छ.कुनै सुझाब ?????

    Reply
  38. dm says:
    June 13, 2012 at 3:35 am

    Please go through this link:

    http://www.udi.no/Norwegian-Directorate-of-Immigration/Central-topics/Work-and-residence/Apply-for-a-residence-permit/Skilled-jobseekers/

    Reply
  39. Kishor says:
    June 13, 2012 at 3:07 am

    मैले कुरा बुजे तर एकपटक त कसो विदेश नजाने?? जे होला देखा जयगा !! एस्तो विचार गरि आउने धेरै हुन्छन!! तर साबधान अब पहिला जस्तो सजिलो छैन विदेश !!!!!

    Reply
    1. Ram Thapa says:
      June 13, 2012 at 2:28 pm

      गांठ निकै कमाएका छौ भने यसो नर्वे तिर पनि गएर खर्च गरौँ न त ? कति नर्वे ले मात्रै नेपाल लै अनुदान र चन्दा र अन्य आर्थिक भौतिक सहयोग दिने त ? तपाइंले त्यहाँ सिद्ध्याउनु भएको डलर एक दिन नेपाल आइ हाल्छ नि अनुदान को रुप मा जुन चाही हामीले भोट दिएर जिताएको कुनै नेताले झ्वाम पार्छ |

      Reply
    2. Sunil Shrestha (belgium) says:
      June 13, 2012 at 7:15 pm

      किशोरजी, जे होला देखा जयगा तपाइले भनुभयो, एक ताल लक् try गरनुश, तर हामीले जे सोच्छौ, तेती युरोपे सजिलो छैन, ५० जना मा १ लाई लक् साथ् देला तर युरोपे आउनुभए पछि थाहा पाउनुहोला, मेरो पनि कथा तेस्तै थियो,हो, याहा जे कामलागि पनि भाषा र डिप्लोमा चाहिन्छ, normal काम को लागि पनि यहाँ को भाषा मा exam दिनुपर्छ, पास भयो भनेबेतिकै काम दिन्दैन, तेस्को लागि आफ्नो पालो पर्खिनु पर्छ, अनि कम्पनी तिर काम गर्ने हो भने daily basis या एक हप्ता को contract काम दिन्छ, काम पनि direct company ले दिने होइन, काम खोजिदिने अफिस मा गएर नाम दर्ता गर्नु पर्छ, त्यो पनि आफुले राम्रो काम गर्नु सक्यो भने मात्र भोलि या अर्को हप्ता को लागि contract दिन्छ नत्र चान्स छैन, fix contract पाउन समय धेरै लाग्छ, restaurant तिर भने आफ्नो चिने जानेको भए महिनावारी काम पाउनु सक्छ, बेसी जस्तो नेपालीलाई काम दिने भनेको इन्डियनहरुले हो, त्यो पनि उनीहरुको restaurant मा या night shop मा या घरमा पुछ्ने काम, त्यो पनि इन्डियन येती हेपछ, तपाइले सोच्नु भयोहोला त्यसो भए म किन बसिरहे को होला भनेर ! मेरो यहाँ को पस्स्पोर्ट पनि छ, तेसो भएपनि म सदै को लागि आफ्नो देश october 2012 फर्किंदैछु / हामीले सोचे जस्तो विदेशमा सजिलो छैन / लेख्नु धेरै छ तर लेखेर साधेछैन/

      Reply
  40. ashish says:
    June 13, 2012 at 3:02 am

    आशिष
    रबिंजी शायद ति दिनहरु हुरीले लगे होलान जब नोर्वेज़ियनहरु तपायेले भने जस्तै सोझासाझा इमान्दार छन् यी दिनहरुमा भनेर | हाम्रो आफ्नो नेपाल पनि त कुनै दिन संसारमा नै सोझासाझा इमान्दारहरुको शान्त सुन्दर देश थियो | तेसैले आफै सबैकुराको जानकारी लिएर सबैको सल्लहा लिएर गए देखि राम्रो हुन्छ होला भन्ने लग्दछ |

    Reply
  41. Binita KC says:
    June 13, 2012 at 2:59 am

    अनुम खनालले भने जस्तो दु:ख त यहाँ नर्वे अर्थात युरोपभर schengen हुँदैन। उहाले भनेको वाहियात हो । युरोपमा भनेको एक देशमा काम नपाए अर्को देशमा गएर काम गरिरहेका छन । नर्वे होस कि अरु युरोप schengen का देशहरु हुन आएको २,३ महिना त बातावरण बुझ्न, त्यहाँको समाज, चलन बुझ्न त लागि हाल्छ नि । यहाँ जो पनि शुरुमा आएका छन सबै कामको भिशामा आएका होइेनन, शुरुमा थोरै समयको भिसा लिएर पछी क्रमश, १,२,३ बर्ष सम्म कानुन अनुसार बस्न, काम गर्न कागज बनाउन सक्छन। तपाईं अनुम खनाल पनि शुरुमा त्यहाँ भोग्नु भए होला, तपाईं पनि क्रमश बुझ्दै गएर अहिले समाचार लेख्नु भएछ तर यथार्त भनेको तपाईंले वर्णन गरे जस्तो होइेन। नेपाल बरु दु:ख पाएका छन, काम छैन यहाँ त अरुकोमा काम गर्न पर्छ भन्ने नै छैन सके आफुले होलसेल बजारमा ३,४ सयको समान किनेर समय- समयमा लाग्ने पब्लिक मार्केट, रेष्टुरेन्ट, मेला, बाटोमा बेच्न सकिन्छ, दैनिक आरम सँग ८० देखी १००, १५० युरो सम्म कमाउन सकिन्छ । यहाँ अरुकोमा काम गर्न आउनै पर्छ भन्ने छैन आँफै काम गर्न सकिन्छ , अनुम खनाल जिले पनि त्यही गरे हुन्छ । तपाईं जो सुकै लाई मेरो सुझाव भनेर आउन सके युरोप schengen आउनुस् ( युके भने होइेन), नेपालमा के छ र काम पाइदैन, बरु यहाँ धेरै कुरा सिक्न सकिन्छ, जीवनमा केही परिवर्तन पकै हुन्छ। तपाईंले अरुकोमा काम गर्नै पर्छ भनेर नआउनुस्, आँफै थोरै लगानी लगाएर राम्रो आम्दानी गर्न सकिन्छ, र त्यो सबै युरोपमा अफ्रिकन, एसियन ले गर्ने गर्छन्, चाइनिजहरुले पनि होल्सेलमा समान किनेर सडकमा २,४ घण्टा बसेर बेच्छन र पैसा कमाएका छन, सडकमा बेच्दा पुलिसले पनि खासै केही गर्दिन, पर्यटकिय क्षेत्रमा अरु थुप्रो त्यहाँका स्थानिय पनि गरेकै हुन्छन । यो सबै मेरो युरोपमा बसेर जानेर, बुझेर आधारमा हो, कसैलाई जान्नै परेमा मलाई संपर्क गर्दा हुन्छ । युरोप सबै भन्दा वेष्ट देन अरु देश। बिनिता

    Reply
    1. Anup says:
      June 13, 2012 at 12:36 pm

      बिनिता जी,
      तेशो भए तपाईले किन आफ्ना नातागोता…छिमेकी.. जिल्ला बाशी हरुलाई नलग्नु भा त…. अथवा नपठाउनु भा त ?

      Schengen भिसा भन्दैमा तपाई यूरोप भरि घुम्नु पाउनु हुन्छ ? बरु तपाई को कुरा चाही एकदम असत्य हो | सायद तपाई त्यो agncy को एन्ट जस्तो लग्यो | सुभाव जी ल lekhnu भा छ पढ्नुस |

      Reply
      1. Amisha says:
        June 14, 2012 at 3:20 pm

        Binitaji,
        Are you living in Norway? I would like to contact you can you please give me your email address? As far as i know Anup ji is 100% correct.. As i am also living in Norway since 4 yrs persuing my doctorate degree, I would like to suggest everyone before coming here please becareful with these agents as Binitaji.. who can just manupulate you but reality is very much different. It is very difficult to get job here in Norway because of language. I totally agree with Anup ji…..

        मन परे हरियो, नपरे रातो 0 0

        Reply
    2. Ram Thapa says:
      June 13, 2012 at 2:43 pm

      विनीताजी, तपाइंको कुरामा धेरै खोट छन, तपाइंले बाटो बाटोमा गएर, मेला मेलामा गएर समान बेच्नु हुँदो रैछ, त्यहि हो नेपाल बाट स्नातक को डिग्री लिएर नर्वे गएपछि गर्ने काम? अनुप जी ले लेखेको सही हो, तर विनीताजी, तपाइंको लह लहैमा लागेर नर्वे गएर तपाइले जस्तो गर्यो भने नेपाली को रहेको इज्जत पनि स्वाहा हुन्छ, तपाइंले काठमान्डू भरी जसरि सुकुम्वासी, बाहिरका, भित्रका, इन्डिया का हरुले फुटपाथ पनि बाँकी न राखेर सामान बेचेका छन्, त्यहि सम्झेर अब नर्वेका फूटपाथहरु, गल्लि, फेंसिंग, चौर, सार्वजनिक सौचालय, स्कूल कलेज का तार वार भित्ताहरु सबै तिर झलल समान झुन्ड्याएर बेच्नलाइ धेरै एजेन्ट खोजेको हो कि ? नेपाल लाइ नर्वे त होइन अब नर्वे चाहिं नेपाल हुने भो तपाइंको लाइन फोलो गर्यो भने | अनुप जी नर्वेको विश्व प्रसिद्ध टेक्नोलोजी कलेजमा पढ्नु हुन्छ, कुनै सडकछाप ब्यापारी होइनन | केहि कुरा तपाइंको सही होला तर बिजोग चाही बिजोग नै हुन्छ, बरु विनिताजी, यसो गरे कसो होला, नर्वेको चिसो मौसममा बाटोमा बसेर ग्राहक पर्खिनु भन्दा जे जति नेपालीहरु त्यहाँ भौंतारिनु पुग्छन, उनीहरुलाई बास, गाँस, भाषा तालीम, जब सर्च आदि सस्तोमा मिलाइदिए हुन्थ्यो, होस्टेल नै खोले पनि त भो, त्यो बिजनेस राम्रो चल्ला | पछी काम पाए भने अन्तै जलालान, नगए तपाइंलाई मासिक भाडा र खुराकी खर्च तिर्दै गर्छन, कि कसो ?

      Reply
    3. ankit sharma says:
      June 13, 2012 at 3:51 pm

      consultancy छ हो ? नदेखाका सोझा साझा युवा लाइ दिएको गफ हो यो ! यहाँ हामीलाई अलि पचेन ! भाषा औदैना भने समान कसरि किन्ने अनि कहाँ बेच्ने ? नर्वे मा एती जाडो हुन्छ कि जाडो को समय मा बाहिर बस्न मुस्किल हुन्छ अनि को मुर्ख समान किन्न आउछ ? visa लिएर युरोप चिरेर कुन देश जानी ? २५ ओटा भाषा सिकेर आको हुन्छ मान्छे ? नोर्वे मा काम नपाएर कहाँ जानी डेनमार्क? अनि dennish बोल्न आउनु पर्दैन त्यहाँ ? कि जर्मनी ? तेस्को लागि german बोल्नु पर्यो ! फ्रान्स को लागि फ्रेन्च ! सोल्टी गफ धेरै भो ! तपैले भनेको कुरा कति अधिकारिक छ ? तेसरी काम गरेर बसेको मान्छे को statistics छ ? अनि ६ महिने visa आफ्नो योगेता अनुसार को काम को लागि हो, बाटो मा समान बेचेर कुन बेला काम खोजनी ? वाहियात कुरा गर्नी? ढाँटेको कुरा काटे मिल्दैन भनेको येही हो !

      Reply
      1. Anup says:
        June 14, 2012 at 12:32 pm

        ल अंकित जी किन confuse हुनु भाको ? बिनिता जी ले लेख्नु भाछ्नी schengen मा नेपालमा जस्तै दुक्ख हुन्न रे schengen भाषा सिके भैहाल्यो नि…. हाहाहा दुख नै हुन्न हाहाहा

        Reply
    4. arun says:
      June 13, 2012 at 4:33 pm

      यो पक्का पनि कन्सल्टेन्सी को मान्छे हो एसको कुरा मा बिस्वाश नगरौ है साथी हो

      Reply
    5. Ramesh says:
      June 13, 2012 at 5:01 pm

      बिनिताजी सायद इटालीमा बस्नु हुन्छ होला. इटालीमा चै beach मा बसेर बिनिताजी ले भन्नु भय झ्है समान बेच्न illegally पाइन्छ. तर पुलिसको डर २४ घण्टा हुन्छ. नर्वेमा चै तेसरी business गर्ने न सोचे पनि हुन्छ. दिन को १००-१५० यूरो कमाउन अति नै गारो हुन्छ. बिनिताजी को लेख अति नै भ्रामक छ.

      Reply
    6. Sunil Shrestha (Belgium) says:
      June 14, 2012 at 12:19 am

      बिनिताजी, schengen visa घुम्न को लागि दिन्छ,schengen visa ले युरोप को सबै schengen देशहरुमा घुम्न पाहिन्छ हो तर work परमिट नर्वेको दियो भनेर schengen Switzerland मा पकै पनि काम गर्न पाउदैन या युरोप कुनै schengen मा, schengen work परमिट भनेर मैले सुनेको त छैन, तेसकारण नेपाली दाई भाई र दिदि बहिनि हरुलाई येस्तो दुख दारी, बिजोग दारी सुझाव नदिनुहोला, तपाइले भने जस्तै फूथ्पथ मा समान बेच्नु सजिलो छैन, फूथपात मा या public मार्केट मा बेच्नुको लागि पहिले नै नगरपालिका मा reserve गर्नु पर्छ र कर पनि तिर्नु पर्छ, तपाई ले भने जस्तो फ्री मा बेच्नु दिदैन, माथि Anupji र Ram Thapaji जे भन्नु भयो त्यो एकदमै सही हो, मैले देखे को छु फ्रान्स को Eiffel Tower मुनि या वारीपरि बेच्नेलाई police र securtiy gaurd ले लखेटेको र पिटेको, तपाइले लेखे र भने जस्तो सजिलो छैन/

      Reply
    7. Pradeep says:
      June 14, 2012 at 4:58 pm

      बिनिता जी, खै म पनि युरोप निकै बसेर धेरै अनुभव बटुले को मान्छे हुँ! Schengen भिसा भन्ने मेरो पनि लागेको हो र मेरो युरोप को अनुभव पछी नै मैले मेरो कमेन्ट राखेको हो, युरोप मा यूरोपान सरकारी university बाट offer आएर कोटा मा अथवा phd मा जान म कसैलाई रोक्दिन हैन भने तहाँ गएर नेपाल म़ा भन्दा तल्लो स्तर को कम गरेर महिना म़ा २००० यूरो कमाउन धेरै स्किल हुनुपर्छ र भाषा को राम्रो ज्ञान हुनु पर्छ खै बिनिता जी ले के काम गर्नु हुन्छ अनि कहाँ बाट यो लेख लाई वाहियात हो भन्नु भो भगवान लाई thha होला मलाई बिनिता जी को युरोप को ज्ञान देखेर अचम्म लाग्यो! म अहिले पनि जर्मनी म़ा छु खै नर्वे भन्दा जर्मनी राम्रो छ धेरै गुना बाँकि Schengen states म़ा जहाँ गए पनि भाषा जानेन भने केहि काम छैन, बिहान बिहान नर्वे को त्यो जाडो म़ा नेपाली हरु ले गर्ने काम भनेको पत्रिका फाल्ने हो मैले आफ्नै आखाँ ले देखेको कुरा हो यो! कि बेलुका भारतीय हरु को रेस्तुरांत म़ा भन्दा माझने हो बिचार नेपाली हरु को भनाइ तेही हो आइ हालियो के गर्ने घर गए सबै ले खिल्ली उदौछां बरु दुख भए नि युरोप कै चिसो हावा खुन भन्छन दलाल हरु लाई भेटे पिट्ने कुरा निकै गर्छन! युरोप तेती राम्रो भए इ दलाल हरु किन जादैनन् नेपाल म़ा बसेर नेता जसरि दलाली गर्नु भन्दा त उनि हरु नै युरोप जान्थे नि राम्रो छैन भन्ने था छ अनि जादैनन्! बिकसित जुम्ला हो भन्छन दलाल हरु युरोप लाई अनि यो कुरा धेरै हद सम्म साचो हो!

      Reply
    8. bheshraj says:
      June 15, 2012 at 1:42 pm

      बिनिता जी
      के एजेन्ट ले जस्तो गफ गर्नु भएको? आएको २- ४ महिना सम्म केहि जानिदेन, तेती बेला सम्म काम पाइदें अनि रेल को टिकट किन्ने पैसा पनि हुदेन, तर तपाइँ भने गोजी मा एक सुको नभएको अबस्था मा व्यापार गर्ने कुरा गर्नु हुन्छ? तपाइँ को गफ १००% धोका हो. देश भित्र निरास भएका हरु लाइ गलत आश्वासन दिएर “ताप्के बात उम्केर भुंग्रो” मा नापार्नुस. कानुनु अधिकार भएका हरु लाइ, येही स्थायी बसोबास गर्ने अधिकार पाएका लाइ यूरोप बेस्ट हो तर सिमित अबधि को लागि पढन वा मौसमी काम को भिसा मा आएका हरु लाइ कति गार्ही छ यूरोप? म पनि यूरोप मा लामै समय बस्दै छु. भने साथीहरु लाइ चोट पर्ला तर जानकारी को निम्ति २००९-१० मा टाएर ४ अन्तर्गत बेलायत आउने नेपाली बिद्यार्थी हरु पार्क मा सुतेका थिए, र गुरुद्वार मा गएर दुइ छाक निशुल्क खाना खाएर पेट पाल्दै थिए, अनि ठग्न पल्किएका नेपाली रेस्टुरेन्ट हरु ले खाना र बस्न दिएर सित्तैमा काम मा जोताएका थिए ति बिबश नेपाली हरु लाइ, अनि तेता तिर जीवन सहज हुन्छ भन्ने भ्रम मा दलाल मार्फत बेल्जिएम, पोर्तुगल गएका थिए थुप्रै नेपाली हरु , अनि तपाइँ हरु लाइ जानकारी को निम्ति केपी ओली, गच्छेदार, मह जोडी लाइ PHD को प्रमाणपत्र बाढ्ने ठग गोपाल पौडेल ले “स्पेन मा वोर्क परमिट मिलाइदिने” भनेर ठग धन्दा चलाएको थियो.

      Reply
  42. Subhav ,London says:
    June 13, 2012 at 2:00 am

    एक जना मेरै नाता को बहिनि लाई काठमाडौँ मा भेट्दा भनिन, मलाई नर्वे बाट job offer आएको छ, महिनाको ३ लाख नेपाली तलब हुन्छ रे, म त ६ लाख तिरेर जाने विचार मा छु ! उनको कुरो सुनेर म छागो बाट खसे झैँ भए , उनको योग्यता भनेको SLC पास मात्र हो र अलि अलि नर्स को तालिम लिएकी रहिछन , मैले उनलाई धेरै सम्झाउन खोजे तर उनि म संग पौठेजोरी खेल्न थालिन र भनिन, मेरो एकदमै नजिक को साथीले मिलाउन लागेको के उसले झुठो बोल्छ ? तेस पछी म चुपचाप आफ्नो घर तिर लागे ! म आफै ब्रिटिश नागरिक भएको नाताले नर्वे मा काम पाउन कति गाह्रो छ भन्ने कुरा राम्ररी बुझ्दछु ! तर कसले पत्याउने ? “भिर बाट खस्ने गोरु लाई राम राम भन्न सकिन्छ तर काध थप्न सकिन्न” ! UK मा इंग्लिश बोल्न त गाह्रो परेर नेपालीको बिजोग छ नर्वे मा के हालत होला? जे होस् पंक्तिकार को कुरा पत्याउने को भलो नै होला ! हैन एक पटक TRY नै गर्नु पर्छ भन्ने लाई सुभकामना !

    Reply
  43. Amrit says:
    June 13, 2012 at 12:48 am

    सबै कुरा सहि हो अनि भाषाले हुने समस्या एकदम सत्य हो / के गर्ने देश को हालत नै येस्तई छ/ सबैलाई बाहिर जना बाध्य बनाएको छ / तर एउटा कुरा भने मलाई चित्त भुजेना/ मैले देखेको युरोपएंनहरुको बिसेस्ता कुनै एक बिसयमा हुन्छ र त्येस बाहेक कुनै नया कुरा गर्न परेमा उनीहरु हिच्किचौछान्न/ तर हामी नेपालीहरु छिट्टै नया सिप सिक्न सकछौं / त्येस कारण यो अवसरलै सहि सदुपयोग गर्ने छेमता भए नर्वे जानलाई केहि समस्या हुन्न/ मलाई थाहा छ नर्वे को कुनै कोलेजमा धेरै नेपाली प्रोफेस्सोर अनि रेसेअर्चेर छन्/ तर अनुप जीले भने जस्तै आफ्नो औकात अनि सिपलै हेरेर कुनै दलालको कुरा नसुनी तरी गर्नुहोला/ भाषा भनेको बिस्तारै सिक्न पनि सकिन्छ/ एदी तपाई दछ्य हुनुहुन्छ भने देश को ताल येहीहो टायार बालेर कतिन्जेल बस्ने/ भन्न सजिलो छ देशमा नै केहि गर्ने प्रयास गर्नु पर्चा / तर अहिलेको आवस्तमा गारो छ, व्यवहारिक रुपमा/

    Reply
  44. dil tharu says:
    June 13, 2012 at 12:33 am

    मित्र हरु धेरै पढेकै हुनु हुन्छा भने सकभर विदेशको चक्कर नलगौनुस एकपल्ट जनै इछ्छाया छ भने खाडी मुलुक मा जानुस तपैले पढेअनुसार काम पनि पाउनु हुन्छा पैसा पनि कमाउनु हुन्छा यूरोप अमेरिका भन्नु मात्र हो त्यो भन्दा धेरै खाडीमा कमौना सक्नु हुन्छा तपहरुको पढे अनुसारको कम अनि सिप सिक्ने मौका पनि पाउनु हुन्छा पछी गएर त्यो सिप नेपालमा पनि लागौना सक्नु हुन्छा …अमेरिका यूरोप भनेको उनुहरुको देश भन्दा बाहिरको पधेछा छ भन्ने सितिमित्ति विश्वास गर्दैन्न …उनीहरुको देशकै डिग्री हुनु पर्ने ..समस्या यो पर्यो कि interview मा बोलौदैन्ना …कम्पनीमा छिर्ने गार्हो एकपल्ट छिर्यो भने तपैहरु कम गर्न सक्नु हुन्छा अमेरिका यूरोप तिर …..तपाइको जानेको मान्छे कुनै छ राम्रो कम्पनीमा काम गर्छा तपाई संग कुनै कामको लागि योगेता नेपालमा पाढेको हुनुहुन्छा भने काम लाग्ला उसले आफनो सिनियर लै भनेर interwiew मा बोलौना सक्छा …तेहिबेला तपैले त्यो कामको बारेमा राम्रो सित बयान गर्न सक्नु भयो भने काम पाउन सक्नु हुन्छा नेपालको पढ़ैले काम गर्ने भनेको येतिनै हो आफैले काम खोज्छु नेपालको डिग्री छ भन्नु हुन्छा भने ..धेरै समय खेर जान्छा काम खोज्दा खोज्दै …मेरो अनुभब एस्तो लाग्छा …

    Reply
  45. manish yadav says:
    June 13, 2012 at 12:20 am

    नर्वेमा होस, युरोपका अरु देशहरु, एसियाका पनि कोरिया, जापान लगायत सबै देशहरुमा त्यहा काम गर्न होस वा पढ्न, त्यहा जानेले त्यहाको भाषा सिक्नुपर्ने हुन्छ, तर नेपालमा हेर्नुस त कुन विदेशी आएर के गर्छ? कसैलाई मतलव छैन, जसले जे गरेपनि हुने, कसैले पनि यहाको भाषा जान्नुपर्ने आवश्यक छैन, उल्टै नेपालमा सिसि बोतल बटुल्ने देखि लिएर कलेजमा पढ्ने, पढाउने ईण्डियनहरु निर्धक्कका साथ हिन्दी बोल्छन, केही नेपालीहरु समेत उनीहरुसंग हिन्दी बोलेर आफूलाई जान्ने र अरु भन्दा ठुलो सोच्छन यार !!

    Reply
  46. Man says:
    June 13, 2012 at 12:18 am

    नेपाली हरु लाई इन्टरनेट मा फस्बूक र त्वीटर चलाउदै फुर्सद छैन. साचीकै भन्नु पर्दा विदेश जना को लागि (पढाई होस् वा बैदेशिक रोजगार ) सबै कुरा इन्टरनेट मा खोज्न सकिन्छ आफैले निबेधन पाठाउन सकिन्छ. consultancy को भर पर्नुनै पर्दैन. येसो गर्दा जुन सुकै देश मा जादा, त्यहाँ को नियम कानुन मा पनि अफसे आफ ध्यान जान्छ. एसको मतलब आफ्नो condition के छ आफैलाई ऐना जस्तै छर्लंग हुन्छ. यो मेरो आफ्नो सोचाई हो र येसरी गएका प्रसस्था साथी हरु छन् र म आफै ले पनि यसै गरेको हो.

    Reply
  47. Pradeep says:
    June 13, 2012 at 12:16 am

    म अफूं पनि नर्वे मा बसेर राम्रो संग त्यहाँ को परिस्त्थिति हेरी बुझी नेपाल फर्केको मान्छे हुम, पेसा ले डाक्टर म बर्गन भन्ने सहर मा बसेको थियन! तर नेपाली हरु को दुख हेर्दा मलाई अति नै कस्ट हुन्थ्यो! धेरै जना नेपाली भाई र बहिनि हरु ले कन्सल्टेन्सी का एजेन्ट हरु लाई भेटेको बेला मा पिट्ने कुरा गरि रा थिय! यो वर्ष अहिले म जर्मनी मा छु, फेरी नर्वे को कोटा मा पढने मौका पाएको छु! तर पहिले को अनुभव र नेपाली हरु को दुख हेर्न नसक्ने भएका ले जर्मनी मा नै बस्ने निर्णय गरें! नर्वे भन्दा जर्मनी धेरै अगाडी छ एदी काम नै गरेर पढने हो भने! कोटा मा नर्वे को पढाई को अफर आयो भने मैले तेस्लाई नराम्रो भन्दिन हैन भने म सबै नेपाली साथी हरु लै नर्वे हामफालेर जान हुदैन भन्न्चु! यो नर्वे को बारेमा अति राम्रो लेख लेख्ने अनुप जी लै म धन्यबाद दिन चाहन्छु र कन्सल्टेन्सी का agent को सपना मा नर्वे नजान अनुरोध गर्दछु पुगेर रुनु भन्दा नजानु नै राम्रो! नर्वे का मान्छे हरु को ईंग्लिश एक दम राम्रो vaye पनि उनि हरु पढाउनु भन्दा अरुमा प्रयोग गर्दैनन्!! देस बिकसित भए पनि नेपाली हरु लाई त्यो ठाउँमा काम गर्न अति नै गारो छ यो चेतना नभई नर्वे नजानु होला!! दुख गर्छु भन्ने छ भने तयार भएर जानु होला!! नर्वे वोर्ल्ड को सबै भन्दा महँगो ठाउं हो!!!!!! नमस्कार!!!

    Reply
  48. Ram says:
    June 12, 2012 at 11:47 pm

    निकै मनपर्यो. मलाईपनि एकजनादिदीले फोनगरेर यो बिषयेमा सोध्नुभएकोथियो. वास्तविककुरा सुनाएर नाउनेसल्लाह दिएकोथिए, तेस्पछी फोनआएकोछैन. राम्रो सल्लाहादिनाहुदैना नेपालीलाई. आफुगयो हामीलाई नआइजभान्छ भन्छान्न

    Reply
  49. Milan Kanchha says:
    June 12, 2012 at 11:05 pm

    नर्वे मा भएका नेपाली (बिद्यार्थी समेत) हरुको केहि contact information दियो भने चासो र प्रश्न भएका हरुलाई सजिलो होला कि? बिचल्ली बाट बच्न सकिन्छ कि?

    Reply
  50. Durga Adhikari says:
    June 12, 2012 at 10:53 pm

    यो धेरै राम्रो सुझाब हो/ यसरि विदेश जानु भन्दा पहिलेनै तो देशको बस्तु स्थिति थाहा पाउनु धेरै राम्रो कुरा हो/ क्यानाडाको बारेमा साथीहरुलाई थाहा छ भने लेख्नु होला/ मलाई क्यानाडामा जाने नेपालीहरुले गर्नु पर्ने पुर्ब तयारीको बिषयमा जान्न उत्सुकता लागेको छ/ durga834 @aol .com

    Reply
  51. vishwa malla says:
    June 12, 2012 at 10:15 pm

    धेरै खुसि लाग्यो तपाई लाई धेरै धेरै धन्न्यबाद यो तपाइको लेखले धेरै साथीहरु को आखा खोलिदिने छ .

    Reply
  52. Bijay says:
    June 12, 2012 at 9:59 pm

    राम्रो जानकारी … थपेर भन्नु पर्दा , प्राय जसो सबै Non -English Speaking यूरोपिएन देशहरुमा, समस्या भाषाको हुन्छ / काम पाउन सोचे जस्तो सजिलो हुन्न बरु नेपाल बाट कामको टुंगो लगाएर मात्र आए बेश हुन्छ /

    Reply
    1. bindash says:
      June 13, 2012 at 12:14 pm

      बिजय जी,नेपाल बाट पनि कामको टुंगो लगाउन मिल्छ?
      अनि त्यहाँ skill job भएका हरुलाई मात्र viss दिने हैन र अनि कसरि दिन्छ र viss?
      मा यहि confuse छु भने को…

      Reply
  53. shiba says:
    June 12, 2012 at 9:48 pm

    सत्य यथार्थ कुरा हाम्रो नेपाली समाजमा पज्दैन जो जसलाई जुन जुन भिसा मिल्छ नेपाल को कन्सल टेंसी लाई कति सम्म बुझाउन सकिन्छ, आज साथीले भन्दा बढी नै बुझाउने.. विध्यार्थी भिष टुरिस्ट भिषा मीटिंग फिट्टिंग जे जसो मिलाउन सकिन्छ मिलायर हामफाल्दा हुन्छ धेरै भय डिप्रेसन होला धेरै भय यह बाउ या साउ को पैशा जाला … आउनुस आउनुस नर्वे मा स्वागत गर्न तयार छ ,,,,,,, काम को कुरा …..??? काम त तपाइलाई नै पर्खिबसेको छ! किन भने तपाई साथी भाइलाई यथार्थ पच्दैन …. अरुको कुरा पत्यार लाग्दैन ..आउनुस तपाइको पर्खाइमा नोर्बे को हरेक सहरमा काम पर्खेर बसेको छ तपाई कै पर्खाइमा……

    Reply
  54. BINOD THAPA says:
    June 12, 2012 at 9:42 pm

    अनुप जी, तपाइले बडा राम्रो सुझाव दिएको मा मुरी,मुरी धन्यबाद छ | हाम्रो दाजु – बैनी हरु,जो नर्वे जना को लागि सोची रहनु भएको छ अथवा प्लान्निंग बनाई रहनु भाको छ भनि अनुप जी को सजेसशन लै विचार गरेर मात्र स्टेप लिनु होला |

    Reply
  55. Anup Khanal (NTNU) says:
    June 12, 2012 at 9:15 pm

    २३ गुना लेख्नु पर्ने मा ६५ गुना हुन गएको मा सचयिएको छ . Sorry China !

    Reply
  56. ankit says:
    June 12, 2012 at 9:07 pm

    युरोप आउनु अगाडी सोचे हुन्छ ! जून सुकै ठाउँमा त्यहाँ को स्थानीय भाषा औदैना भने न-आए हुन्छ ! यहाँ आफ्नै खर्च मा पदन अनि भाषा सिक्नी हो भने केहि बर्षमा काम पहिनछ ! नेपालको घोकन्ते बिद्याले हुदैन !

    Reply
  57. Anup Khanal (NTNU) says:
    June 12, 2012 at 9:06 pm

    रबिन जी
    एउटा त्यो केस लाई हेरेर मैले नर्बेमा चोर डाँका को बिग बिगी छ भन्न खोजेको होइन तर पहिलो लटको साथी हरु लुटिएको भन्ने कुरा चाही सत्य हो . देशको नामै चाही नतोकु होला, तर हाम्रो भन्दा ६५ गुना ठुलो देसको साथी हरु तेस्तो काममा एकदम अगाडी छन्. तेसैले आफु जोगिएर बस्नु नै जाति नि होइन र ?

    Reply
  58. yogesh says:
    June 12, 2012 at 8:58 pm

    just for example, I have done Master in norway, speak good english and resonably sound norwegian but still hunting for job from last several month. Reality is Norwegian give first priority their own, then comes american enad white europian, then lantin then only comes African and asian.

    Reply
    1. pramila says:
      June 13, 2012 at 12:54 pm

      same story here is Australia as well, even though you are capable , experienced and qualified, our turn always comes at last even for the position of Receptionist or Clerk. However they love to employ Nepalese in Hospitality industry.

      Reply
    2. Ram Thapa says:
      June 13, 2012 at 2:51 pm

      Oh friend, you did Master’s degree in Norway, so you learned horrible English. It is hard to find good job in Norway with your level of English. Please check all words you wrote above again in English dictionary and compare your English skills. By the way, it should perhaps be better to invest your time and money in mastering Norwegian language. Best wishes !

      Reply
      1. joshee prakash says:
        June 14, 2012 at 3:34 am

        बिसयमा छलफल गर्नु छैन भाषा सब्द स्पेलिंग केलायर बस्छौ विद्वान मित्र ? के काम गर्दै छौ मित्र धेरै फुर्षद छ जस्तो छ नि ?

        Reply
      2. raj sharma says:
        June 14, 2012 at 7:15 am

        You should read properly what he wrote before you comment here ,he said for example in the first sentence and he gave very logical explanation to help others ,problem is people like you who don’t listen what other are saying using your “brain” if you ‘ve few.

        Reply
  59. kuldip acharya says:
    June 12, 2012 at 8:32 pm

    म युरोप को रेसिदेंस होल्दर हो ,युरोप बसेको १५बर्स हुन लाग्यो आज तपाई मार्फत नर्वे को कुरा पदना पाए खुसही लाग्यो,युरोप आउना खोज्ने सबै नेपाली हरु लै autai कुरा k भन्न चाहन्छु भने language र केहि शिप लिया र आउनुस अनि मात्र सफल हुनु हुन्छा होइन भने नेपाल को पैसा इनी हरु लै खुव या र के हि हुने वाला छैन इनी हरु ले हामी लै कुकुर लै जस्तो व्यवहार गर्छा ,

    Reply
  60. arun says:
    June 12, 2012 at 8:18 pm

    अस्ट्रेलिया को राम्रो uni हरुमा भर्ना हुन र आफैले फी तिरेर पढ्न सके मात्र हो नत्र यी pvt college मा पद्नु को कुनै अर्थ छैन

    Reply
    1. Prakash Gautam (London) says:
      June 13, 2012 at 2:04 pm

      अस्ट्रेलिया मा मात्रै होइन बेलायतमा पनि धरैजसो private college हरु तेस्तै छन्. र तेस्त college मा पढ्न आउने student हरु पनि तेस्तै हुन्छन.

      Reply
  61. युपी अविरल says:
    June 12, 2012 at 8:15 pm

    जानकारीको लागि धेरै धेरै धन्यवाद !!
    मैले पनि जाने सोच बनिरहेको थिय अब यक चोटी सोच्न बाध्य भय .

    Reply
    1. manish says:
      June 13, 2012 at 6:36 am

      सहि विचार पुर्याउनु भयो तपाइले र अरु लाई पनि सके सम्म यो खबर पुर्यौनुस ….. हामीलाई पनि रहर ले तपाई हरुलाई यो खबर दिन मान्न लागेको हैन तर यहाँ आए पछी दुख पाइन्छा भनेर मात्र सजग गरुन खोजेको हो … यहाँ आएर दुख पाएका हरुले भन्दा नेपालमा रहेका हरुले त चाही जाने हामि लाई चहि न आइज भन छस भन्ने गर्छन रे …. तेस्तै हो भने भिर बाट लड्ने गोरुलाई राम राम भन्न सकिन छ तर काध थाप्न सकिन्न …..

      Reply
  62. Hom Nath Adhikari says:
    June 12, 2012 at 8:01 pm

    काम को लागि एकेडेमिक क्वालिफिकेसन चाहिन्छ कि चाहिदैन ? यदि चाहिन्छ भने कति हुनु पर्छ ? कृपया थाहा हुने हरुले बताई दिनु होला है

    Reply
    1. संदेश भण्डारी says:
      June 12, 2012 at 8:30 pm

      BEng गरेर केहि बर्ष अनुभव भएको भए बेश ! सिस्टम एन्जिनिअरिन्ग गरेर अलिकति अनुभव भएको भए अति बेश. एक्वाकल्चारमा मास्टर डिग्री र अनुभव भएको भए झन् बेश, आदि इत्यादि !

      Reply
    2. manish says:
      June 13, 2012 at 6:32 am

      होम नाथ जी … कामको लागि एदी तपाई संग पेत्रोलेयम एन्गीनीरिंग , ओफ्फ्शोरे एन्गीन्नेरिंग को डिग्री छ भने मात्र काम लाग छ काम पाउन अरु बिषयमा जागिर पाउने भनेको आशा नै नगरे हुन छ …. पैन्तिंग गर्न पनि डिग्री भएको चाहिं छ यहाँ त्यो पनि नर्वेगियन …..

      Reply
  63. Arun says:
    June 12, 2012 at 7:48 pm

    एक दम बस्तुपरक लेख / बेलायत आएको विद्यार्थी हरुको जस्तो बिचल्ली नहोस नर्वे जाने हरुको /

    Reply
  64. Prem says:
    June 12, 2012 at 7:43 pm

    साह्रै राम्रो सुझाब| नेपाल कन्सल्टेन्सी ( भै तोपेलेका) ठग दलालहरुलाई केहि कारबाई नहुनाको कारणले अनेक सोजा साझा सपना बोकेका र पिडितहरु बाहिर गएर केहि हुन्छकी भन्ने असाकै सिकार भएका छन्|
    कमसेकम यो लेख पड़ने हरुले भन्ने सोच्ने मौका पौनेछन्| मनका तरंगको सिकार हुन बाट समयमै सिक्नु पर्दछा|

    Reply
  65. arun says:
    June 12, 2012 at 7:40 pm

    नेपाली हरु लाइ एथार्थ र भलो हुने कुरा त गरनै हुन्न है यो विदेश जाने माम्लो मा. एक दुइ बर्ष पहिले अस्ट्रेलिया आउने को पनि हालत तेस्तै थियो र एस्तो छ यंह आउने ले दुख पाय का छन् पढाई भन्ने कुरा केहि राम्रो छैन र याँहा PR तेसै सरकार ले दिन्दैन भन्दा धेरै लाइ रिस उठ्ने गर्थ्यो नेपाल मा education consutant हु भन्ने हरु थानकोट नकाटी संसार को गफ हाकेर मान्छेलाई बेबकुफ बनाउछन र तेई भर मा परेर सब ले विदेश जाने साथ् रुखमा पैसा फले को हुन्छ र त्यो पैसा टिप्न जाने हो जस्तो गर्छन / अहिले खाडी मुलुक बाहेक को देश मा जान खोज्ने हरु केहि पैसा खर्च गर्न सक्ने र कम्प्युटर इन्टरनेट को सामान्य ज्ञान भय का हरु नै हुन्छन तैपनि त्यो बाट ज्ञान लिने र बुझेर मात्र जान खोज्ने कोइ हुन्न सबैलाई ठुलो जहाज चढ्न पाए पुग्यो ; तेसैले नेपाल मा भय का यी education consultancy दलालहरु लाई सम्बन्धित निकाय ले कारबाही नगरी हुन्न भन्ने हाम्लाई लागिराछ. अहिले पनि education consutancy हरुले अस्ट्रेलिया मा PR पाइन्छ भन्दै ढाट्ने गरे को भेटिन्छ जब कि अस्ट्रेलिया मा PR को लागि कति नियम हरु परिबर्तन भय को कुरा ति दलाल हरु लाइ नै पत्तो छैन
    वा भयर पनि बतौदैनन

    Reply
  66. Lohani Indra says:
    June 12, 2012 at 7:38 pm

    अनि अर्को कुरा, नर्वे पुगेपछि त refugee camp गएर slander गरेर पनि टिक्न सकिन्छ नि भनेर आउने साथिहरुलाई पनि भनिदिनु कि अहिले नेपालीहरुको refugee case ९९.७% negative हुन्छ ! अनि court decision पछी immidiate home country depot गर्ने नयाँ प्रणाली लागु भैसकेकोछ भनेर !

    Reply
  67. Mahendra Gorkhali says:
    June 12, 2012 at 6:28 pm

    अनुप जी,
    तपाईं नर्वेमा हुनुहुँदो रैछ, म पनि ओस्लो तीन पटकसम्म गएको छु र एकपटक मा ३ हफ्ता सम्म बसेर आएको छु, कामकोलागि होइन तर ट्रेनिंग र मीटिंगको काम परेकोले | हाल म लण्डनमा बस्दछु | तपाइंले लेख्नु भएको कुरा शत प्रतिशत सही हो, किनकि अर्कै काम परेर जाँदा पनि त्यहाँ बसाइ निकै कष्टकर भयो | सुत्नु त स्टार होटेलमै सुतेको हो (Slotsparken Apartment Hotel) मा तर भाषाको समस्याले गर्दा न राम्रो खाना किनेर खानु पाइयो न आफूलाई मन परेको चीज किन्न | तामिल, चाइनिज, इन्डियनहरु होटेलमा रैछन, फरर नर्वेजियन बोल्ने तर काम चाही हाम्रो कोठाको झ्यालको ऐना पुछ्दैथिए, कोही टोइलेट सफा गर्दै थिए | आफूलाई कस्तो कस्तो लाग्यो |

    यु के मा त नेपालीहरु, विशेषगरी पढ्ने बहानामा बेलायत काम गर्न छिरेका विद्यार्थीहरु, ले नेपालीको नाम बदनाम गरेकै छन, तेसैले हालको सरकारले गैर युरोपेली विद्यार्थीलाई देखि सहन्दैन किनकि तिनीहरुले कामै तेस्तो गरेका हुन्, अब नर्वेमा पनि बदनामी कमाउने नै हुन्, घर घर, अफिस अफिस चहारेर त्यहाँ काम हुने वाला छैन | अन्तमा त्यहाँ पनि नेपालीकै शिर निहुरिने हो | बाउ आमाले दुक्खले कमाएको पैसा डलर बनाएर ल्याएर नर्वेमा खर्च गर्दा नर्वेलाई त फाइदै हुने भयो नि, तेसैले त्यस्तो स्कीम निकालेको हुनु पर्छ |

    तपाईंसित इमेलमा केहि कुरा गर्न मन लाग्यो, तर त्यो विषयको होइन | मेरो ठेगाना हो, [email protected].

    Reply
  68. Resham says:
    June 12, 2012 at 6:19 pm

    कुनै पनि ठाउमा जानु भन्दा अगाडी तेस ठाउको कुरा भुझ्नु राम्रो. अनि आफुले गर्ने काममा सीप सिकेर राम्रो द्क्छ्याता हासिल गर्दा जहाँ पनि मान्छेले अबसर पाउन सकिन्छ . ठगिएर बर्बाद हुनु बाट जोगिनु राम्रो.

    Reply
  69. rabin says:
    June 12, 2012 at 6:17 pm

    मैले नबुझेको, “….दुई हप्ता अगाडि कामको लागि ओश्लो एअरपोर्ट झर्नु भएका एक जना साथीको सबै पैसा, लत्ताकपडा एअरपोर्ट मै लुटिएपछि ….”
    जहाँसम्म मैले देखेको, सुनेको, बुझेअनुसार नर्वेमा माथि भने जस्तो लुटिए भन्ने बिस्वास लागेन, किनकि नर्वे भन्ने देशमा चोर, डाँका भन्ने एकदमै कम छ | हामीले एकचोटी नर्वेजियन साथीहरुसंग सोधेको थिंए कि, “तिमीहरुको देशमा न्यायाधिशले भ्रस्टाचार गर्यो भने कस्तो सजाँय हुन्छ ?” हाम्रो प्रस्न सुनेर नर्वेजियन साथीहरुले केहि भन्नै सकेनछ | उनीहरुले भनेछ की, “एस्तो हुनै सक्दैन र सोच्न पनि सक्दैन” | एस्तो छ नर्वे भन्ने देश | एकदम शान्त, सोझो र इमान्दार नर्वे |

    Reply
    1. sandip says:
      June 12, 2012 at 9:18 pm

      you will know the reality once you are in Norway. For me Norway is 200% unsafe than nepal because I had no problem, never been pick pocketed, but In norway i looted. So even though staticics says ther is very less crime in norway, as i am being a suferer, I am 200% unsafe than in Nepal

      Reply
    2. manish says:
      June 13, 2012 at 6:24 am

      तेस्तो हैन रबिनजी ….. नर्वेमा पनि चोर हुन्छन मेरै कोठामा एक दिन एउटा चोरले झ्याल फुटालेर चोर्ने प्रयास गरेको थियो … तर संयोगले म कोठा भित्रै भएकोले केहि चोर्न पाएन र मलाई देखेर चोर भाग्यो … नर्वेमा बिषेशत चोर्ने लुट्ने भनेको ड्र्ग एडिक्ट ले हो …. र माथिको समाचार पनि १००% सहि हो … यहाँ आएर दुख पाएका हरुले भन्दा नेपालमा रहेका हरुले त चाही जाने हामि लाई चहि न आइज भन छस भन्ने गर्छन रे …. तेस्तै हो भने भिर बाट लड्ने गोरुलाई राम राम भन्न सकिन छ तर काध थाप्न सकिन्न …..

      Reply
    3. Surya says:
      June 13, 2012 at 8:18 am

      “मैले नबुझेको, “….दुई हप्ता अगाडि कामको लागि ओश्लो एअरपोर्ट झर्नु भएका एक जना साथीको सबै पैसा, लत्ताकपडा एअरपोर्ट मै लुटिएपछि ….”
      जहाँसम्म मैले देखेको, सुनेको, बुझेअनुसार नर्वेमा माथि भने जस्तो लुटिए भन्ने बिस्वास लागेन, ”
      यो चाही सहि हो मैले पनि सुने बजे सम्म/

      Reply
  70. Om Nath Koirala says:
    June 12, 2012 at 5:49 pm

    राम्रो सुझाव दिनु भएकोमा धन्यवाद ! नेपालीहरु विदेश भने पछी आखा चिम्लेर हाम फाल्छन र आफ्नो भएभरको सम्पति पनि सक्छन र पाउनु सम्मको दुख पाउछन | यस्ता सुझाउहरुले विदेश जानु अघि धेरै पटक सोच्नु पर्ने हुन्छ |

    Reply
  71. shiba says:
    June 12, 2012 at 5:29 pm

    खै एस्तो सजिलोसंग नर्वे को विसा काम गर्न पाउने कुरा मैले सुनेको छैन म ५ वर्षा देखि नर्वे मा छु! एस्तो खालको पोलिसी हुनु त् राम्रो हो!र नर्वे ,मा काम गर्न पाउने हो भने नेपाली को लागि खुसीकै कुरा हुने हो तर युरोप मै बेरोजगारी बढेको बेला नेपालिलाई रोजगारी दिने कुरा हावा हुन सक्छ! नर्वे आफ्नै देश मा पनि बेरोजगारी छैन भन्न सकिदैन याँहा पनि बेरोजगार छन् अब भाषा त अलग छ बिना भाषा कुनै काम गर्न सकिदैन यो भुझ्नै पर्ने हुन्छ! अहिले सम्म याँहा नै यहि पढेको र काममा दक्षेता भकोले मात्र काम गरेको देखेको छु! नेपाल को हाम्रो दक्षेता लाई मन्नेता दिन्न पक्का हो! नेपाल को नर्स, डाक्टर,इन्जिनीर, धेरैले याँहा काम गरेको छन् तर यहि पढेका मात्र छन् अहिले सम्म! नेपाल बाट आउने भने हावा हो आइ हाले भने पनि हावा नै खानु पर्छ! कुनै पनि टेक्निक काम युरोप भन्दा बहिरकोलाई दिदैन गर्न नै मनाही छ घर बनाउने होस् यह मेकानिक जे गर्दा पनि यहि पढेको ले मात्र गर्न लाउछ र यदि नेपाल बाट एस्तो हावाको भरमा आउनु हुन्छा भने सोचेर मात्र आउनुहोला नर्वे मा बस्ने घर सम्म सजिलै भाडा मा पाउदैन एकपटक सोच्नुस है साथी भाई मा यो नर्वे मै २००७ देखि बस्दै छु नफस्नु होला सुझाब तपाइलाई

    Reply
  72. Sisir says:
    June 12, 2012 at 5:19 pm

    तपाई को कुरा सहि हो जस्तो लग्यो ..
    मेरा २ मित्र केहि महिना अघि ६-६ लाख जति खर्च गरि येस्तई भिसामा नर्बे गएका थिए , उनिहरुलाई तपैले भने जस्तै समस्या पर्यो भन्थे … consultancy मिठो कुरामा भुल्नु भन्दा पहिले येसो इन्टरनेट तिर गूगल गरेर बुझेको भए केहि फाइदा हुने थियो …

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme