Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

ऋणीको घरमा सुरक्षा गार्ड राख्दा लोकान्तरमा छापिएको समाचार छुमन्तर… गायब !

Posted on April 6, 2023April 12, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि गायब भएको समाचार पुनः साइटमा देखिएको छ।

तपाईँहरुलाई थाहै होला- नेपालमा एउटा यस्तो बैँक छ जसले आफूलाई साथी भएको बताउँछ। राम्रो पनि हाम्रो पनि भन्छ। त्यस्तो राम्रो, हाम्रो, साथीको समाचार एउटा अनलाइनबाट सुटुक्कै गायब भो।

कुरो झापाको हो। दमक नगरपालिकाका एक ऋणीले समयमा किस्ता नतिरेको भन्दै एनएआईसी एसिया बैंकले घरमा नै सुरक्षा गार्ड खटाएको समाचार सामाजिक सञ्जालभरी छ्याप्छ्याप्ती आएकै हो। अस्ति चैत २१ गते लोकान्तर अनलाइनमा पनि यो समाचार आएको थियो। यो समाचार सोसल मिडियामा पनि सेयर भयो। एउटा उदाहरण तल छ-

ऋण नतिरेपछि एनएआईसी एसिया बैंकले ऋणीको घरमै राखिदियो सुरक्षा गार्ड https://t.co/ywDOZ8kFTY

— Om Prasad Upadhyaya (@om_upadhyaya) April 4, 2023

अब त्यो माथिको लिङ्कमा एकचोटी क्लिक गरी हेर्नुस् त के हुन्छ ?

छुमन्तर !

गायब !!

समाचार गायब !!!

चलेको एग्रिगेटर हाम्रोपात्रोले पनि लोकान्तरको यो समाचारलाई तानेको रहेछ। तर यसमा पनि पूरा समाचार पढ्नुसमा क्लिक गर्नुस् त…छुमन्तर, गायब !

हेर्नुस् भिडियो-

तर इन्टरनेटमा एक पटक राखेको कुरा कसैले चाहँदै वा नचाहँदैमा त्यसरी गायबै गरी हाल्न सकिँदैन। कतै न कतै गएर त्यो बसेकै हुन्छ। के चाहिँ समाचार रहेछ र त्यसरी छुमन्तर गर्न बाध्य भएको रहेछ भनेर हेर्न चासो लागेर खोजिनीति गर्दा रमाइलो कुरा भेटियो।

यो हेर्नुस् छुमन्तर गरेर गायब पारिएको समाचारको स्क्रिनसट-

केही कुरा याद गर्नुभो?

लोकान्तरको मुख्य लोगोको मुन्तिर रातो ब्याकग्राउन्डमा केको विज्ञापन छ ?

हजुर, उही बैँक पनि साथी पनि…वाला एनआइसी बैँकको। अझ कर्जा सम्बन्धी फाइदाहरु समेत देखिएको छ यसमा त।

यो स्क्रिनसटमा देखिन्न तर पूरा पेज हेर्नुभो भने मुन्तिर फेरि अर्को उही बैँकको विज्ञापन छ। पूरा समाचारको अर्काइभ लिङ्क हेर्न यता क्लिक गर्नुस्। 

माथि एनआइसी एसिया बैँकको विज्ञापन अनि मुनि त्यही बैँकको बदनाम हुने समाचार भनेर गायब पारिएको पो हो कि ? तर समाचार पढ्दा भने त्यसो लागेन। समाचारमा ‘बैंकले धितो सुरक्षा गर्न भन्दै सुरक्षा गार्ड खटाएको हो’ लेखिएकै थियो।

‘दैनिक ९ बजेदेखि बेलुकी ५ बजेसम्म खटाइएका सुरक्षा गार्डले कँडेलको घरमा सुरक्षा दिने गरेका थिए’ पनि लेखिएकै थियो।

अझ रमाइलो, लेखिएको थियो- ‘बैंकले खटाएका सुरक्षा गार्डले घरमा आउनेहरूलाई सलाम गर्ने गरेका थिए।’

यति हुँदा पनि समाचार किन गायब पार्नु परेछ कुन्नि ?

-बैँकले विज्ञापन दिएको छु, पख्लास् भनेर थर्काएकोले हो कि ?

-आफैलाई बैँकको बदनामी भयो भन्ने चिन्ता लागेर सेल्फ सेन्सरसिपले हो कि ?

जे भए पनि जसले यो समाचार अपलोड गरेको हो, बिचरा उसको जागिर चाहिँ जोगिएको आशा गरौँ।

अब कसैले यो त प्राविधिक कारणले त्यसो देखिएको होला नि भनेर भन्नुहोला। हुनसक्छ। तर कस्तो अप्ठेरो-अप्ठेरो समाचारमा मात्र यसरी समाचार गायब हुने हो त नि !

यसमा क्लिक गरी हेर्नुस् त यो पनि गायब छ

एकपछि अर्को विवादमा महान्यायाधिवक्ता खाती– चुनावमा हस्तक्षेपदेखि गम्भीर मुद्दामा चलखेलसम्म https://t.co/jsSATuAdhU

— Ajay Anuragi (@anuragiajay1) June 21, 2022

यो पनि पढ्न मन लागे यता अर्काइभमा सुरक्षित छ।

कसैलाई लाग्ला- कुनै अनलाइनले आफ्नो समाचार देखाओ‌स् कि हटाओस् कि, कसैलाई के मतलब ?

त्यसो होइन, विश्वका अन्य देशहरुमा हुँदै आएको अनलाइन पत्रकारिताको अभ्यासहरु हेर्दा केही गम्भीर तथ्यगत गल्ती भएमा कारण वा जानकारी दिएर हटाउन वा सच्याउन सकिन्छ। तर त्यसो गर्नुभनेको लिङ्क नै नखुल्ने गरी डिलिट गर्नु होइन।  सोही लिङ्कमा यो समाचारमा यो सच्याइएको हो भन्ने वा यो कारणले समाचार हटाउनु परेको हो भन्न सकिन्छ।

यो त भयो विश्वका अभ्यास। नेपालको चाहिँ के छ त ?

नेपालको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने खण्डको बूँदा ८ मा यस्तो लेखिएको छ।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme