Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यति एयरलाइन्सको जहाज दुर्घटनाका दुई अविश्वसनीय भिडियो

Posted on January 16, 2023 by Salokya

माघ १, २०७९ नेपालको उड्डयन इतिहासमा एउटा कालो दिनका रुपमा रहनेछ। नेपाली आकाशमा पहिलो पटक एटिआर ७२ विमान दुर्घटना भयो। नेपाली उड्डयन इतिहासमा सबैभन्दा धेरैको ज्यान गएको आन्तरिक उडानको दुर्घटना पनि बन्यो। मौसम सफा रहँदा पनि पोखरा एयरपोर्टनजिकै यो विमान दुर्घटना भयो। कारण थाहा पाउन बाँकी नै छ। तर धन्न एयरपोर्ट नजिकैको बस्तीमा विमान दुर्घटना भएन र थप हताहत हुन पाएन। विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए। ती मध्ये रातिसम्म ६८ जनाको निधन भएको पुष्टि भइसकेको छ। विमानमा नेपाली ५३, भारतीय ५, रुसी ४, आयरल्यान्ड १, अस्ट्रेलियन १, अर्जेन्टिनी १, कोरियन २, फ्रान्सेली १ यात्रु थिए। विमान दुर्घटनासँगै सामाजिक सञ्जालमा दुई वटा अविश्वसनीय तर खोजी हेर्दा साँच्चिकैका दुई भिडियो सार्वजनिक भए।

चेतावनी: यी भिडियोले तपाईँलाई विचलित बनाउन सक्छ।

उड्दाउड्दै कोल्टे परेको विमान

पहिलो भिडियो दुर्घटनाको केही समयमा नै भाइरल हुन पुग्यो। घरको छतमा बसिरहेका एक जनाले खिचेको जस्तो देखिने यो भिडियोमा उड्दाउड्दै विमानले सन्तुलन गुमाएर कोल्टे परेको देखिन्छ। कोल्टे पर्दै उडिरहँदा भिडियो घरले छेकिन्छ। तर एकछिन पछि दुर्घटना भएको जस्तो आवाज आउँछ।

विमान दुर्घटना हुँदै गर्दाको यो भिडियो अविश्वसनीय नै देखिन्छ। यस्ता भिडियो विरलै खिचिन्छ।

दुर्घटना भएको विमानभित्रबाट यात्रुले गरेको लाइभ

साँझ हुँदासम्म एउटा अर्को भिडियो भाइरल हुन थाल्यो। यो भिडियो भने भारतको गाजिपुरका बासिन्दाहरुले सेयर गर्दै भाइरल बनाएका हुन्। गाजिपुरका चार जना साथीहरु यो विमानभित्र थिए। ती मध्ये एक सोनु जैसवालले विमानभित्रैबाट फेसबुक लाइभ गरेको भनिएको छ। हामीले ओरिजिनल लाइभ भिडियो त भेट्टाएनौँ, तर भिडियो हेर्दा विमानको सिटमा यति एयरको लोगो, विमान बाहिरको दृश्य पोखराको प्रष्ट हुन्छ।

भिडियोमा यात्रुले कहिले विमान भित्र त कहिले बाहिर खिचिरहन्छन्। यात्रुहरु पनि आरामले बसिरहेका हुन्छन्। भिडियो खिच्दाखिच्दै एक्कासी सन्तुलन बिग्रेर होला भिडियो धमिलो बन्छ र चिच्याएको आवाज आउँछ। एकछिन पछि त आगोसमेत लागेको भिडियोमा देखिन्छ।

दुवै भिडियो हेर्नुस् युट्युबमा-

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme