-डा. अनुपम पोखरेल-
‘एउटी १५–१६ वर्षकी केटी एक्कासि लड्छिन्। उनको दात टम्म कसिएको हुन्छ। आखा चिम्लिएकी छिन् तर बेलाबेलामा हल्का झिमझिम भइरहेको हुन्छ। साथीहरू दौडेर आउछन्। कोही पानी खुवाउने कोसिस गर्छन् त कोही उनको हातखुट्टा चलाउछन्। मुख टम्म पारेकोले पानी खुवाउन गाह्रो हुन्छ र हातखुट्टा निकै कडा भएको भेटिन्छ …… केही मिनेटदेखि आधा एक घण्टा यही स्थिति हुन्छ, ब्युझियेपछी मा केहि सम्झिन्न भनरे उनी भन्छिन ………. केहि साथीहरू यो छारे रोग हो भन्छन् त केही केटाहरू यो हिस्टेरिया हो भन्दै हासिरहेका हुन्छन् …… टोल छिमेकमा ‘यो रोग बिहे गरिदिए ठीक भैहाल्छ’ पनि भन्छन्।
के हो माथिको उदाहरण ? जुनसुकै रोगले ग्रसित भए पनि मानिस जब बेहोस हुन्छ, त्यसलाई ठट्टा या हासोको विषयको रूपमा लिनु हुदैन। बेहोस भएको व्यक्तिलाई सर्वप्रथम त नजिकको स्वास्थ्यकर्मीको जाच गराउनु पर्दछ। केही छारे रोग माथिको उदाहरण जस्ता पनि हुन्छन्। त्यसैले सही बिशेसज्ञ द्वारा पहिचान र उपचारमा ढिला गर्नुहुदैन। तर माथिको उदाहरणले चाही हिस्टेरिया भन्ने समस्याको एउटा रूप देखाउन खोजेको हो।
हिस्टेरिया भन्ने शब्दको उत्पत्ति आजभन्दा दुई हजार वर्ष अगाडि भएको हो। हिप्पोक्रेटस भन्ने ग्रीक चिकित्सकले त्यतिबेला यो समस्या स्वास्नीमानिसहरूमा मात्र देखे र स्त्री प्रजनन अङ्ग पाठेघरसग सम्बन्धित ठानेकाले त्यतिबेला हिस्टेरिया भन्ने नामाकरण गरे। बर्सौ सम्म यो समस्यालाई यसै प्रकारले हेरियो। झण्डै सय वर्षअगाडि यो समस्या यौन सम्बन्धी कुनै समस्या नभएका आइमाईहरूमा पनि हुनसक्ने भेटियो। त्यस्तै रजस्वला सुरु नभएका केटीहरू र महिनावारी हुन समाप्त भइसकेका वृद्धाहरूमा पनि यसरी वेहोस हुने समस्या भेटियो। फलस्वरूप यो समस्याको यौनजन्य तथ्यमा प्रश्नचिन्ह लाग्यो।
अनुसन्धानहरूले के देखाए भने यो समस्याको ‘यौन’सग कुनै सोझो सम्बन्ध छैन। बरु यो समस्याको तनावसग सम्बन्ध छ। तनाव नभई हिस्टेरिया हुदैन . तनावको प्रकार चाहिं जस्तो पनि हुन सक्दछ। पढाइको तनाव, नाता–सम्बन्धको तनाव, आर्थिक तनाव, इज्जतको तनाव आदि। यौनसम्बन्धी समस्याले पनि तनाव उत्पन्न गर्न सक्दछ। त्यसैले यौनसम्बन्धी समस्याले अन्य समस्याले झै तनाव उत्पन्न गराएर हिस्टेरिया भएको हो, न कि सोझै भन्न सकिन्छ।
अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा परिवर्तन (Convert) हुने हुनाले आजकाल यो समस्या कन्भर्जन डिसर्डर (Conversion Disorder) भनेर चिनिन्छ। अव्यक्त मानसिक तनाव शारीरिक लक्षणको रूपमा प्रकट हुने समस्या नै वास्तवमा हिस्टेरिया हो।
मास (Mass) हिस्टेरिया
हिस्टेरिया कहिलेकाहीं एक समूहका एकभन्दा बढी सदस्यहरूलाई हुन सक्दछ। यस्तो अवस्थालाई मास ९ःबकक० हिस्टेरिया भनिन्छ। केलाउदै जाने हो भने सो समूहमा एक यस्तो व्यक्ति भेटिन्छ, जो कुनै तनावले ग्रस्त भएको हुन्छ र हिस्टेरिया हुने प्रथम व्यक्ति हुन्छ। उसलाई हिस्टेरिया भएपछि अन्यमा पनि हिस्टेरिया हुन थालेको भेटिन्छ। यसरी पछि हिस्टेरिया हुनेहरू या त प्रथम व्यक्तिसग भावनात्मक सम्बन्ध भएकाहरू हुन्छन् या उनीहरू त्रासको कारणले सो अवस्थामा पुगेकाहुन्छन्। विद्यालय, छात्रावास जस्ता समूहगत रूपमा किशोर किशोरीहरू रहने स्थानहरूमा यो अवस्था बेलामौकामा भेटिन्छ।
हिस्टेरिया र अन्य मानसिक रोगहरू
हिस्टेरियाको अन्य मानसिक रोगसग गहिरो सम्बन्ध छ। केही व्यक्तिहरूमा पहिले नै मानसिक रोगहरू भएको अवस्थामा हिस्टेरिया उत्पन्न हुन सक्छ। केही मानसिक रोगहरूले व्यक्तिको तनाव बहन गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर हिस्टेरिया हुनसक्ने सम्भावना बढाइदिन्छन्। हिस्टेरियाको समयमै उपचार भएन भने अन्य मानसिक रोग उत्पन्न हनु सक्छ। यस्तो व्यक्ति आफुले तनावको पहिचान गर्न त्यति सजिलो नहुने हुनाले हिस्टेरिया अन्य कुनै व्यक्तिको सहायता विना ठीक हुन मुस्किल नै हुन्छ। यदि हिस्टेरियाको समयोचित समाधान नभएमा व्यक्तिमा हीनताबोध उत्पन्न हुनेदेखि विभिन्न प्रकारका मानसिक रोगहरु (डिप्रेसन, आत्तिने रोग इत्यादि) उत्पन्न हुन सक्दछन।
के विवाहले यो समस्या ठीक हुन्छ ?
विवाहले हिस्टेरिया ठीक गर्छ भन्ने धारणा गलत हो। विवाहले कसैकसैलाई पहिलेको तनावयुक्त वातावरणबाट मुक्त पारिदिने हुनाले वातावरणको परिवर्तनले हिस्टेरिया ठीक पारेको हुन सक्छ। तर कसै कसैलाई हिस्टेरिया विवाहपश्चात् उत्पन्न हुन्छ। कतिको हिस्टेरिया विवाहपश्चात् झन् च्यापेर आउछ। विवाहलेहोइन तनावको निदानले हिस्टेरिया ठीक हुन्छ।
तत्काल के गर्ने ?
सुरुको उदाहरणमा चित्रित दुबै कुरा ठीक छैनन्। जबरजस्ती मुख खोलेर पानी खुवाउनु तथा हातखुट्टा चलाउन खोज्नुले बेहोस भएको व्यक्तिलाई चोट लाग्न सक्छ। जिस्क्याउने व्यक्तिहरूले समस्याको गम्भीरतालाई नबुझेको ठहर्छ। सर्वप्रथम त यो बेहोसी हिस्टेरिया हो या होइन पत्ता लगाउनु अत्यावश्यक छ। स्वास्थ्यकर्मीले (मानसिक स्वास्थ्यमा तालिमप्राप्त भए राम्रो हिस्टेरिया भए नभएको पत्ता लगाउनसहयोग गर्न सक्दछन। हिस्टेरिया भनरे निर्क्यौल भइसककेा अवस्थामा बेहोस व्यक्तिलाई आराम गर्न दिनुपर्दछ। चोट नलाग्ने आरामदायी ठाउमा नचलाइकन आराम गर्न दिनु पर्याप्त हुन्छ। केही बेरपछि उसलाई विस्तारै होस आउछ। होस आइसकेपछि तुरुन्त उसग “तिम्रो तनाव के हो ?” भनरे कचकच गर्नु हुँदैन।
कसरी हुन्छ हिस्टेरियाको समाधान ?
तनावको पहिचान र त्यसपछि उपयुक्त निदान नै हो हिस्टेरियाको समाधान। अहिलेसम्म कुनै ट्यावलेट या इन्जेक्सन बनेको छैन जसले हिस्टेरियालाई ठीक पारोस्। तर औषधिहरूको प्रयोगले हिस्टेरियाका केही लक्षणहरूलाई क्षणिक रूपमा शान्त पार्दछन्। तनावको निदान नभए हिस्टेरियाका लक्षणहरू फेरि बल्झिने हुन्छ। निदानको लागि तनावको पहिचान आवश्यक छ। पहिचान गर्न त्यति सजिलो नहुन सक्छ। यस विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरूद्वारा पहिचान तथा निदान सम्भव छ।
त्यसैले हिस्टेरिया न त यौनजन्य समस्या हो , न त विवाहपश्चात् नै ठीक हुन्छ। हिस्टेरिया एउटा मानसिक रोग हो र वास्तवमा ‘म पीडित छु, मलाई सहायता गर’ भन्ने चित्कार हो, जुन वरपरका व्यक्तिहरूले संवेदनशील भएर बुझ्नखोज्नु आवश्यक छ।
( Jul 11, 2013 मा पहिलो पटक प्रकाशित)