Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

प्रत्यक्ष र समानुपातिकको मतगणना सकिँदा : सत्ता गठबन्धन १३६ Vs विपक्षी गठबन्धन १०४

Posted on December 6, 2022 by Salokya

प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिँदा सत्तारुढ गठबन्धनलाई २७५ सदस्यीय सदनमा बहुमतको लागि दुई सिट अपुग हुन गएको छ।

सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेस, माओवादी, नेकपा एस र राष्ट्रिय जनमोर्चाले मोर्चा बनाएका थिए। पछि त्यसमा लोसपा पनि मिसिएको थियो। यी दलहरुले प्रत्यक्ष र समानुपातिक गरी कूल १३६ सिट जितेका छन् जुन बहुमतबाट दुई सिट कम हो।

तर नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका सर्लाही ४ का अमरेशकुमार सिंह कांग्रेसमा र एमालेबाट टिकट नपाएपछि स्वतन्त्र चुनाव लडेर माओवादी निकट रहेका रौतहट ३ का प्रभु साह र उनैले उठाएका रौतहट २ का किरणकुमार साह माओवादीमा नै प्रवेश गर्ने अनुमान छ। त्यसो भएमा सत्ता गठबन्धनको बहुमत पुग्छ।

विपक्षी गठबन्धनमा भने एमालेको ने्तृत्वमा राप्रपा र जसपाको मोर्चा बनेको थियो। यो गठबन्धनले प्रत्यक्ष र समानुपातिक गरी कूल १०४ सिट ल्याएको छ। यसमा मोरङ ५ बाट एमालेको टिकट नपाएर स्वतन्त्र उठेर जितेका योगेन्द्र मण्डल पुनः एमालेमा गए यो गठबन्धनमा १०५ सिट हुन्छ।

थप एक स्वतन्त्र विजयी बर्दिया २ का लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीका बुवा हुन्।

कुन दलले प्रत्यक्ष र समानुपातिकमा कति सिट जिते, तलको चार्टमा प्रत्येक दलको नाममा क्लिक गरी हेर्दा प्रष्ट हुन्छ-

अर्को चार्ट हेर्नुस्-

यो पनि हेर्नुस्-
आगामी सरकार कसको बन्ला ? यस्तो छ समीकरणका ५ सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme