Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिक अपडेट : २४ घण्टामा १४ हजार थप मत गनियो, के नेकपा एसले सिट पाउला?

Posted on December 2, 2022 by Salokya

समानुपातिक अपडेट : शुक्रबार राति ८ बजे

प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको छ। अब विभिन्न कारणले रोकिएको ठाउँका मतगणनामात्रै बाँकी छ। बिहीबार राति ८ बजेदेखि शुक्रबार राति ८ बजेसम्म २४ घण्टामा निर्वाचन आयोगको वेबसाइटमा १४ हजार मतको तथ्याङ्क मात्रै थप गरिएको छ। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले झण्डै १७ हजार ४ सय मत नपुगेर समानुपातिकमा सिट पाउन सकेको छैन। ट्विटरमा गोविन्द बेल्वासेको प्रतिक्रिया जस्तै क्रिकेटमा दुई बलमा १४ रन चाहिएको जस्तो अवस्था भएको छ नेकपा एसको। स्याङजा, बाजुरा र दोलखामा पुनः मतदान भएको भए गठबन्धनले त्यो संख्या पुर्‍याइदिने तिकडम गर्ला कि भन्ने चर्चाका बीच स्याङ्गजा र बाजुरामा पुनः मतदान नहुने भएपछि माधव नेपालको पार्टी केही हजार मतको अन्तरले समानुपातिकमा सिट पाउन र राष्ट्रिय पार्टीको मान्यता पाउनबाट चुक्ने देखियो। आवश्यक हुने मतको संख्या बढ्दै जाने तर पाउने भोट भने त्यसको तुलनामा नआउने भएकोले यस पटक भोट गन्दागन्दै कलमको मसी सकिने अवस्थामा चमत्कार भएमात्र जोगिने छ।

कसलाई कति सिट ?

विगत २४ घण्टामा १४ हजार मतको मात्रै तथ्याङ्क थप भएकोले दलहरुले पाउने सिटमा कुनै फेरबदल भएको छैन। सबैभन्दा बढी भोट ल्याएर एमालेले नै सबैभन्दा बढी सिट ३३ पाउने छ भने कांग्रेस एक सिटको अन्तरमा ३२ छ।

माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ। दुवैले १४-१४ सिट पाउने छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीले सात सिट पाउने छ। जसपा र जनमत पार्टी दुवैले ५-५ सिट पाउने छन्।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme