Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?

Posted on July 16, 2021 by Salokya

त्यसो त नेपालमा अर्काको फोटो र समाचार,  लेख ड्याम्मै कपि गरेर आफ्नोमा पेस्ट गर्नु सामान्य जस्तै हो। अर्थात् कपिराइटलाई धेरैले राइट टु कपि (कपि गर्न पाउने अधिकार) का रुपमा पनि बुझेका छन्। तर पछिल्लो समय जिम्मेवार नेपाली मिडियामा यसो गर्न हुन्न है भन्ने पनि चेतना बढ्दै गएको छ जुन निकै सकारात्मक हो।

आज एउटा मिडियामा प्रकाशित फोटोबाट स्केच बनाएको दावी भएपछि अर्को मिडियाले माफी मागेर हटाएको उदाहरण देख्न पाइयो। नेपाली मिडियाको इतिहासमा पहिलो पटक यस्तो भएको जस्तो लाग्यो मलाई।

प्रिय @ekantipur_com
यो मैले सेतोपाटी लागि खिचेको तस्बिर लिएर तपाईंहरूले स्केच बनाएर intellectual cheating गर्दै हुनुहुन्छ।
एउटा artist ले अर्काको art चोर्दा मन दुख्न पर्ने।
खै के हो के?
त्यसै माथि सुधीर शर्माको बाइलाइन ! pic.twitter.com/rBVzFeb7mu

— Neesha Bhandari (@NeeshaBhandarii) July 16, 2021

यो कथाको सुरुवात नीशा भण्डारीको यो ट्विटबाट सुरु हुन्छ। उनले लेखिन्, ‘यो मैले सेतोपाटीको लागि खिचेको तस्बिर लिएर तपाईंहरूले स्केच बनाएर intellectual cheating गर्दै हुनुहुन्छ।’

शुक्रबारको कान्तिपुर दैनिकको विचार पृष्ठमा प्रधान सम्पादक सुधीर शर्माको लेख छापिएको थियो। ‘बालकोटको बार्दलीमा खुम्चिएको अतिवाद’शीर्षकको यो लेखमा कान्तिपुरका कलाकार कृष्णगोपालको एउटा स्केच छ।

यही स्केचलाई नीशाले intellectual cheating गरेको आरोप लगाएकी हुन्। आफूले सेतोपाटीका लागि खिचेको फोटोबाटै यो स्केच बनाएको उनको दावी हो।

उनको फोटो यस्तो छ-

Photo of the day! by @NeeshaBhandarii pic.twitter.com/Lr125KW7dY

— bhanubhakta (@ibhanubhakta) July 14, 2021

फोटो र स्केचमा केपी ओलीको पोजदेखि लिएर बार्दलीको रेलिङसम्म पनि उस्तै देखिएको छ। त्यसो त यस्तै खालका अरु थुप्रै फोटोहरु पनि सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका थिए। उदाहरणका लागि उकेरामा प्रकाशित यो फोटो–

यी फोटोहरुबाट प्रभावित भएर केही फरक बनाएर स्केच बनाएको कुरा अर्कै हुन्थ्यो होला। किनभने यो सार्वजनिक ठाउँको दृश्य थियो। तर फोटोको जस्ताको तस्तै देखिने गरी स्केच बनेको कारण दावी आयो।

फोटोलाई स्केच बनाउँदा कपिराइट हनन् हुन्छ कि हुँदैन भन्ने विषयमा नेपालको कानुनमा स्पष्ट केही देखिन्न। तर विदेशमा अर्काको फोटोलाई आर्टवर्कमा जस्ताको तस्तै उतार्नुलाई पनि कपिराइट हनन् गरेकै रुपमा लिइन्छ।

यो विषयमा एउटा प्रख्यात केस कलाकार Jeff Koons को छ। उनको यो आर्ट

खासमा यो फोटोको कपि भएको भन्दै कपिराइट हननको मुद्दा पर्दा अदालतले उनी दोषी ठहर गरेको थियो। थप जानकारी यता

नेपालका स्केच आर्टिस्टहरुले त्यति याद नगरेको भए आजको कान्तिपुरको केसले धेरैलाई याद गर्नुपर्ने पक्कै बनाउँछ होला।

नीशा भण्डारीको दावी पछि कान्तिपुरले अनलाइन संस्करणमा उक्त स्केचलाई हटाएर फोटो राखेको छ र मुनि टिप्पणीमा लेखेको छ- यो लेखमा पहिले प्रयोग गरिएको स्केच फोटोपत्रकार निशा भण्डारीले सेतोपाटीका लागि खिचेको फोटोबाट प्रेरित देखिएकाले क्षमायाचनासहित हटाइएको छ ।

1 thought on “किन ‘कान्तिपुर’ले यो ‘स्केच’ छाप्दा माफी माग्नुपर्ने स्थिति आयो?”

  1. Pingback: खिच्‍ने एक जनाले, नाम छापिने अर्कैको : कान्तिपुरको अर्को ‘काण्ड’ – MySansar

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme