Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

Posted on June 2, 2021 by Salokya

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। उनीहरुले घटनाबारे छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरीय आयोगलाई के बयान दिएका थिए? धेरैले बिर्सिसके होलान्। पढ्नुस् पारस, हिमानी र कोमलको बयान।

Nepal-prince-Paras-Shah
श्री ५ शाहज्यादा पारस वीर विक्रम शाह
समितिः सरकार, राजदरवारमा भएको १९ गते जुन पारिवारिक जमघट थियो, त्यसमा सरकारको उपस्थिति छ भन्ने जानकारी हामीलाई प्राप्त भयो । त्यसबाट सरकारले के नजर गरिबक्स्यो, के अनुभव गरिबक्स्यो, त्यो सबै जानकारी भएको सुनेको कुराहरु चाहीँ हामीलाई प्राप्त भएमा रिपोर्ट दिन सजिलो पर्ने थियो ?

जवाफः अब, हामी पुग्यौं त्यहाँ त्यस्तै अन्दाजी साढे ७ भन्दा अलि ढिलो पुग्यौं । हामी त्यही …. ७ ।४० तिर पुग्यौं, सबै जना आइसकेको थियो । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढिलो पुग्यौं । ७ ।४० तिर पुग्यौं, पुग्दाखेरी अ… युवराजाधिराज अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने–मैले कोक मात्र खाने विचार गरेँ ।

ए कोकमात्र खाने ! म त ह्विस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो । अ ….. कुरा गर्दाखेरी के भो भन्दाखेरी हैन यहि विवाहको कुरा भइ राखेको छ। मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुवै जनाले हुन्न भन्नु भयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइ राखेको थियो, त्यत्ति हुँदा हुँदै आठ बज्यो । सबै जनालाई ड्रिंक्स सिंक्स टक्राइबक्स्यो ।

आठ बज्यो आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरी सरकारबाटै सवारी चलाइबक्सेका, फेरी …… ड्रिंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो । एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइमा नै सुकला भयो, म, गोरख, निराजन र राजिव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलो बुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ माथि सवारी चलाउँछौं भनेर हामी चार जना भएर माथि खोपीमा सवारी चलायौं, त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि त्यहीं नै सुताएर गयौं हामीले ।

करीब साढे आठ, जस्तो भाथ्यो, साढे आठ त्यस्तै ३१।३२, आठ ३१ ।३२ होला। हामी तल आयौं। वत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमा बडामहारानी सरकार जहाँ राज होइबक्सेकोथ्यो त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइ राखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, वाहिर कुरेर बसिराखेको थिएँ, त्यहाँ भित्रको मिटिङ्ग आधा घण्टा जति चल्यो होला, मेक्सीमम आधा घण्टाजति चल्यो होला । त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर ड्रिंक्स लिई बक्सेको थियो, महाराजाधिराज सरकारले ।

हामीले चियर्स पनि गरेको छैनौं, भर्खर ड्रिक्स लिई बक्सेको थियो, यसै बीचमा अब हामीचाँही एतापट्टी कुनामा थियौं हजुर, देखिएन युवराजधिराज सवारी भएको । अ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….

समितिः कुना भनेको त्यो बडामहारानी सरकार राज भएको कुर्सितिर कि?

जवाफः होइन क्यारेमवोर्ड छ नि ।

समितिः क्यारेमवोर्ड यो?

जवाफः क्यारमबोर्ड, क्यारमबोर्ड छ नि ।

समितिः त्यो वारको पछाडि ?

जवाफः हो, बारको पछाडि त्यो …… कुनामा हामी बस्ने कुना त्यही हो । हामी Youngs हरुको, अब त्याहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरै जस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइन, मैले सवारी भएको भनेको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग ग¥यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुने वित्तिकै ३ फाएर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागि बक्सदाखेरी एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरी ३ राउण्ड जस्तो लाग्छ फर्स्ट मैं त्यो पनि आवाज ।

महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो ड्याङ्ग ड्याङ्ग एउटा यस्तोमा एउटा यस्तोमा । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै । दुइजना कुदेर गयौं । डा. राजीव चाही महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिड्ने होइन, हुकुम भयो। त्यही नै मैले पछाडी फर्केर बहिनीहरु सबै जनालाई ढल्नलाई सुत तिमिहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्वरहरु पनि महेशकुमार र रवी शम्शेर दुवै जना पनि मेरै छेउमा थियो । दुवै जनालाई पनि मैले लाइन क्रोसियरमा राखें ।

यत्तिमै यत्ति हुँदा हुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धिरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा enough, you done enough damage भनेर second time फर्केर जाँदाखेरी, धीरेन्द्र सरकारले के हुकुम भयो भने you done damage हुकुम भयो । त्यति हुकुम हुँदाखेरी ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुइटा त्यो पनि धीरेन्द्र सरकारलाई, राम्रो सँग सम्झन सकेको छैन । ढलिबक्स्यो । धीरेन्द्र सरकार ढलिबक्स्यो, ढलिबक्से वित्तिकै त त्यसपछि त अरुहरु मान्छेहरु त one after another को ढल्यो को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिन । म पछाडि फर्केर बहिनीहरु सुताउन थाली सकेको थिए, अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें।
त्यो चाही फर्स्ट मै ठूलो बुबा सँगसँगै ३ जना ढलेको छ। त्यो First Automatic weapon MP-5 को फाएरले ३ जना ढलेको छ । वाहिर सवारी भयो, फेरी फर्केर सवारी भयो, त्यसपछि त्यो सानो weaponMP-5 automatic त्यो फालिबक्स्यो, त्यो weapon महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो weapon टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो weapon लिई बक्स्यो, म्यागजिन पनि झिकिबक्स्यो । त्यही भइमा राख्दीबक्स्यो त्यो । अब के भन्ठानी बक्स्यो भने त्यही एउटा मात्र होला भन्दठानी बक्सेछ । दाइले चाही अरु पनि बोकिबस्केको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबस्केको थियो, चारवटा थियो weapon । एउटा चाहीने बन्दुक लेफ्ट साइडमा थियो ह्यान्ड गन। ह्यान्ड गन चाहीँ लेफ्ट साइडमा थियो । दाहिने वगलिमाः MP5 थियो । भिरिबक्सेको Shot Gun र एम १६, त्यो Automatic हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानीबक्स्यो, कान्छो बुबालाई पनि हानी बक्स्यो, यता खड्ग विक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो first attack मै कता कता दागेर वाहिर सवारी भयो । त्यसछि हामी त कुनैमा थियौं । वाहिरपट्टी के भयो मैले त देखिन फेरी भित्र सवारी भयो । सवारी भएर ठूलो बुबालाई ………………

समितिः समयको त्यस्तो कुनै ग्याप लामो ग्याप त हैन ?
जवाफः छैन, एक मिनेट पनि छैन, ३० सेकेण्ड होला म्याक्सिमम्, म्याक्सिमम् भए ३० सेकेण्ड, भित्र बाहिर भित्र वाहिर गरिबक्स्यो । सवारी भयो ठूलो चाही बन्दुक एम १६ एम १६ ले पहिले नै ठूलो बुबाको माथमा हानिबक्स्यो, सट त्यस पछि यता सवारी भयो, खड्ग फुपाजु ढलिबक्स्यो, कुमार खड्ग त्यो वारको ठ्याक्कै तल ढलिबक्स्यो ।

…………. हजुर, उतापट्टी गोरख, ठूलो बुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो, …… श्रुति, त्यसपछि श्रुति मैले आएको देखिन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्कि बस्क्यो, युवराजाधिराज सवारी भयो, यतापट्टी ढली राखेको थियो हजुर, पहिला कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमिलाई के भयो तिमीलाई के भयो भनेर सवारी भई माथि पट्टी सुतिबक्स्यो, खड्ग फुपाज्यूको माथि ढलेर कवर गरिबक्स्यो । युवराजधिराज सवारी भयो ड्याङ्ग ड्याङ्ग point blank ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो भएको म यताको कुनाको मेचमा त्यो वारको मूनिबाट त्यो चाही राम्रो सँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ ।
भएर आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टिएर गएर उसको यस्तोमा लागेको हो । त्यो चाही लागेको उसलाई । अब त्यस पछि फेरी वाहिर सवारी भएको हो कि म राम्रो सँग सम्झन सकिन, वाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतिन चोटी गरिबक्स्यो भित्र, वाहिर, Third time सवारी हुँदा चाही यता … अ… शाहज्यादी जयन्ती दिदी, केतकी अ… श्रुति ३ जनालाई हानी बक्स्यो । श्रुती Third time ‘। अनि बाहिर सवारी भयो युवराज सरकार चाही मैले त्यसपछि, यता कुनामा सवारी भयो, त्यो अग्लो मेच जस्तो छ नि हजुर, त्यो, कुनामा सवारी भयो, त्यसपछि डाइरेक्ट नजरमा हामी प¥यौ ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या please …… गई बक्स्योस भनेर त्यो विन्ति जाहेर गरें मैले । नत्र भए सवै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै वारको मुनि रवि थियो । अ…… महेशको पछाडि मेरो वहिनी छ । पछाडी मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना वहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा वहिनी चाँही त्यो सोफा जस्तो छ त्यसको पछाडि राखेको थिएँ ।

एकदमै कभर गरेर राखेको थिए मैले । मैले चाही दाइसँग के गरिबक्स्या हामी यस्तो यहाँ त हामी मात्र छौं please …. one by one सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो, त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भाछ भनेर मैले कान्छो बुवाका गएँ । पारस मेरो खुट्टा चलाउन मैले खुट्टै चलेन अं. …… मेरा खुट्टा खुम्च्याउन सक्दिन खुट्टा चलाई देउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन ।

त्यसपछि यता केटाकेटीलाई हेर भन्नु भयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार निराजनको त वाहिरै कुरा भयो मैले त्यति देखेकै छैन । अनि त्यो बेलामा हेर्दा खेरी मुमा भर्खर उठि बक्सिराथ्यो, ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्ति माथि होइसिन्थ्यो । मुमाले चाही घचडेर उठिबक्सेको देखें । म जभउि गरेर उठाएँ मुमालाई । …… मठिक छैन, म ठिक छैन भन्नु भयो, माथबाटपनि रगत आइराखेको यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिने अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिए पहिला ।

अधिराजकुमारीको रगत रहेछ । त्यतिगरे पछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन । त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकाँ गएँ । वाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठाने, मूमा वडामहारानी सरकरको खोपिमा भन्ठानें । दौडेर त्यहाँ गए त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार ……

समितिः मुमा वडामहारानी सरकार भनेको उता सानो बैठकमा …
जवाफः उता सानो बैठक, वाहिर पट्टीको । त्यहाँ होइबक्सन्थ्यो । त्याहाँ जाँदासम्म firing बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिए त्यो वेलासम्म कोही फायरिङ्ग भइ राखेको थियो । वाहिर ….. त्यो चौरमा फायरिङ्ग भइ राखको थियो । लास्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरी वाहिरबाट हानीबक्सेको मुमालाई पछाडी दुइटा वाहिरबाट हानीबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन मैले नदेखेको कुरा म भन्न सक्दिन । मैले देखेको कुराचाही यति हो । म पनि त्यसपछि मान्छेहरुलाई हेरें, सवैजना ढली राखेको छन् । खुट्टा चलाई देउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिदैन यता केतकी फुपुलाई हेर भन्नु भयो, कान्छो बुबाुले । म खुट्टा पनि चलाउन सक्दिन म हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आपूmमुमा कहाँ गएँ मुमावडामहारानी सरकारकाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर ए.डि.सी.हरुलाई भित्र ल्याएँ । त्यो ए.डि.सी.हरु वाहिर गयो, वाहिर जाँदाखेरी ….. हरु ठ्याक्क आइराखेको थियो ।

म वाहिर पुग्नु र ADC हरु आइपुग्न almost सेम टाइम थियो । अनि त्याहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल पहिला, भित्र लगें घाइते मान्छेहरु सबै जना पहिला उठाएर यलभ दथ यलभ सबै जनालाई जो जो पहिला गए जो जो हाल्न सकें पठाएथें, ५—६ मर्डरहरु थिए । जो जो आए हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडिसी दौडेर आयो he shot himself, he shot himself भन्दै आयो।

त्यसपछि भाइ कहाँ भन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबै जना डाउन ठुलोमुमाको chance नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठुलोमुमाको चान्स छैन, दाइचाही ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडिसीले हाल्यो, म अगाडी बसे, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समोतेको थियो पछाडी अर्को एक जना थियो । दुइजना चाही म र दुईजना एडिसी अर्को एक जना ड्राइभर भएर अस्पताल पु¥याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा उ आयो, उता उताबाट घुमेर आयो त्यहाँ त फायरिङ्ग भइ राखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट वाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलो बुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।

यो राजीव कहाँ थ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन, हजुर, म पछाडि गर्दै थिए यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन, सबभन्दा पहलिा चाही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीं म गएर मान्छेहरुलाई हेर्न गएको । ए.डि.सी. हरुलाई मैले नै बोलाएर त्यो शिशा ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।

समितिः सरकारले कति weapon use भएको देखिबक्स्यो ?
जवाफः मलाई जहाँसम्म लाग्दछ एउटा एम १६ यूज भएको छ । Glock यूज भएको छ । चारवटा यूज भएको छ । मैले त्यो 12 bore फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहीं फायर भएको देखेको छु मैले । यो एम १६ फायर भएको देखेको हुँ ।

समितिः युवराजधिराजको कसरी ? ।
जवाफः मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, ब्रिजमा हानिवक्सेको ।

समितिः– यसको पछाडि के यस्तो कारण ?
जवाफः– यो विवाहकै हो हजूर । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर गएको जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएपछि पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरी जो जो against अघि जो जो ] with अब भाई र म ] with जहिले पनि वीथ । दाइको त हामी जे जे हुकुम हुन्छ त्यही गर्ने मान्छे । भाई र म ] with थियौं । अब राजिव त डा. ] with भयो, श्रुती, गोरखहरु र अरु बहिनीहरु against थियो विवाहकोमा । मेन कुरा यही नै जस्तो लाग्दछ । मेन कुरा यही हो जस्तो लाग्दछ ।

समितिः– तर त्यो दिन त्यहाँ त्यो कुरा चल्यो कि चलेन ?
जवाफः– म संग कुरा गरिवक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जाने बित्तिकै के मर्जीभयो भने मलाई मूमासंग पनि कुरा गरें, आफु मुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्यो बेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

समितिः– राम्रो मुड थियो ?
जवाफः– लागेको जस्तो भएको थियो । एकदमै राम्रो थियो मूढ । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइवक्सेको थियो, त्यहाँ तल होइवक्सँदासम्म त ।

समितिः– सरकार माथि कसले पु¥याएको ?
जवाफः– हजूर । हामी चारजनाले पु¥याएको । हामी चारजना, एकजनाले कहाँ सक्नु !

समितिः– बोकेरै लगिवक्स्यो ?
जवाफः– दुईजना साइडमा म पछाडि यसरी उचालेर गोरख र भाइले, अं…. राजीव र भाइले दुईजना साइडमा मैले पछाडी समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि ……

समितिः– तल सुताइवक्स्यो ?
जवाफः– तल, मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाईलाई भनेको वेपनहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला …..

समितिः– त्यो कोठाबाट ?
जवाफः– कोठाबाट । माथिको कोठाबाट । जुन मेन गद्दी थियो, त्यो गद्दी भन्दा तल अर्को एउटा बेड … ऊ ….. ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको ।

जवाफः– वेपन्सहरु ?
जवाफः– वेपन्स अब त्यो, त्यस्तो त बोकिवक्सेको छैन । एमपी ५ र मैले देखेको छैन कहाँ थियो । अँ, …… अनि एम १६ चाहिनी त्यो तखताहरु छ नि, जाने बित्तिकै तखताहरु जस्तो छ ।

समितिः– त्यसमा कार्टिजहरु पनि निस्किराखेको थियो ?
जवाफः– हो, त्यो तखतामा छ । त्यो होला … अँ…. बटृाभित्रै बक्स भित्र नै थियो । त्यो तखतामा नै देखेको थिएँ मैले । त्यो चाहीं एम १६ चाहिनी । …… पनि म चिन्छु हजूर जहिले पनि चलाईवक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

समितिः– अरु सरकारलाई सम्झिनुपर्ने त्यस्तो केही बाँकी ?
जवाफः– म अब सम्झें भनेदेखि, म त्यही सम्झन खोजिरहेको छु । त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । अब सक्नेजति गरेको हो । बचाउन खोजेको हो मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोंच्दाखेरी । जे जति गरें त्यो कम भयो जस्तो लाग्छ आफूलाई।

समितिः हस् त ।


श्री ५ शाहज्यादी हिमानी राज्यलक्ष्मी देवी शाह

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारी भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त ग¥यौं । अब सरकारलाई के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामीलाई रिपोर्टको लागि सजिलो पर्छ ।

जवाफः– डिटेलमा त अब के भयो हामीलाई त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामी गएको आफुमुमा सवारी भयो ८ बजे । त्यसपछि ठूलो बुबा सवारी हुँदाखेरी अलि अगाडि समय त मलाई थाहा छैन ठूलो बुबा सवारी हुनु भन्दा पहिले crown prince लाई निराजन सरकार, पारश, राजीव ज्वाई, गोरख बोकेर खोपीमा सवारी चलाको । पछि महाराजाधिराज सवारी भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..

कान्छा वुवा लाई हानी बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरी आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै

समितिः यसमा, अतिरिक्त जानकारी सरकारलाई छ, छैन ? अनि आफ्नो चाही ?
जवाफः हामीतिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाही उतापट्टी राज होइबक्सेको होला, वारको उतापट्टी?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टी एउटा कर्नर छ, त्यसमा हामी ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टी चाहिने यतापट्टी साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।

समितिले राजा ज्ञानेन्द्रसँग कुनै बयान लिएन। लिन सकेन। तर तत्कालीन बडामहारानी कोमलसित भने प्रत्यक्षदर्शीका रुपमा एउटा प्रश्न सोधेको थियो। यस्तो थियो प्रश्न उत्तर

श्री ५ बडामहारानी सरकार कोमल राज्यलक्ष्मी देवी शाह

समितिः सरकार, नारायणहिटी राजदरवारमा यही १९ गते घटित घटनामा सरकारको गाथमा समेत चोट लागेको खवरले हामीलाई मर्माहत तुल्याएको छ । सरकारको शीघ्र स्वास्थ्य-लाभको कामना गर्दै सरकारमा श्री ५ महाराजाधिराज सरकारबाट उक्त घटनाका सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन हुकुम भई गठित उच्चस्तरीय समितिको तर्फबाट घटना घटेको समयमा सरकारको समेत समुपस्थिति थियो भन्ने जानकारी प्राप्त भएकोले सरकारलाई सो सम्बन्धमा भएको जानकारी यस समितिलाई उपलब्ध भएको खण्डमा समितिलाई आफ्नो कार्यसम्पादनमा सहयोग पुग्ने दृष्टिकोणले हामी यहाँ उपस्थित भएका छौं । सरकारको स्वास्थ्य स्थितिलाई विचार गर्दै सरकारबाट यस समितिलाई त्यस घटना सम्बन्धमा केही जानकारी बक्स हुन्छ कि ?

जवाफः त्यस दिन त्रिभुवन सदनमा आयोजित पारिवारिक कार्यक्रममा म पनि गएको थिएँ । श्री ५ युवराजाधिराज सरकार अलिक चाँडै सुकला भइबक्सन गएको सुनें । केही समय पश्चात् गोली चलेको आवाज आयो र त्यो गोली सिलिङ्गमा लाग्यो । त्यस पश्चात् श्री ५ महाराजाधिराज वीरेन्द्र सरकारको घाँटीको दाहिने भागमा गोली लागेको देखें । कुमार गोरख र कुमार खड्गलाई पनि गोली लाग्यो । त्यसपछि मलाई पनि पछाडिबाट लाग्यो र म लडें । त्यतिबेला मलाई सास फेर्न कठिनाई भएको महसूस भयो। शान्ती राज्यलक्ष्मी म माथि पर्यो र वहाँको रगत मेरो टाउकोमा लागेको थियो । राजीव र पारसले घाइतेहरूलाई लग लग भनी कराएको सुनें । शान्ती म माथि लडेको हुनाले त्यसपछि मैले अन्य कुरा देख्न पाइनँ ।

1 thought on “यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान”

  1. गफाडी says:
    June 4, 2021 at 1:19 am

    आह फोटोमा कती राम्रो परिवार!
    हातमा ग्लास लिएर बस्ने दाईले र उँहाका परिवारले कैलेकँही संगीतकार प्रविण गुरुङ र ट्याक्सी चालक खडगीका परिवारबारे पनि सोच्दा होलान? सुजाताका ज्वाँईले ती दाईका बारे के सोच्दा हुन? एउटा पछि अर्को वितण्डा मचाउदै जाने अनि हामी रैती बनेर सहेर बस्ने?
    खोज पत्रकारिताले खोइ त जमानाको नमिता-सुनिता काण्ड खोजेर तथ्य ल्याएको? कनिका, सोनिका, खनिका जे जे हुन्छ हामी चाँही रमिते बनेर हेरीरहन्छौ| लाखौं सही गरेर नारायणहिटीमा बुझाउदा चेतनाको बिर्को त्यो बेला थोरै पनि खोलेको भए बीरेले राजतन्त्रको कोर्स चेन्ज गर्न सक्ने थियो होला| उल्टो भुजेललाई नक्कली ड्राइभर खडा गरेर मज्जाले नौटंकी रचाए| नेपाली जनतालाई वेवकुफ नै ठाने|
    नेपाली जनता अहिले महाद्विविधामा परेका छन|
    गणतन्त्र फालेर राजतन्त्र ल्याउँ भने ताल त्यही हो, कोही सुधरिनेवाला छैनन| कमल थापा र उस्तैहरुको भोलि बोलबाला हुनेछ|
    ओलीलाई हटाएर शेरे आउनुको कुनै तुक छैन| दुवै उस्तै हुन|
    त्यै भएर ओलीबाबा नै जैलेसम्म हुन्छ नागरिकता बाँढदै बालुवागिट्टीटार बसने निश्चित छ| बालुवागिट्टी सोरेर देशलाई धनी बनाउनेछन, रेलगाडी र पानी जहाजको यात्राामा जानेछन|
    ओलीलाई जसरी त्यसरी हुन्छ चुनाव चै आफ्नै प्रधानमन्त्रित्वमा गराउन नसके हार्छु भन्ने लागेको छ|जब बालुवागिट्टीटारको कुर्सी खुस्किन लाग्यो भने एकताको गोटी फाल्दियो, भईगो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme