Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गोरखापत्र दैनिक कति छापिने खुल्यो, हेर्नुस् नेपाली छापाको असली ‘हैसियत’

Posted on May 29, 2021May 29, 2021 by Salokya


आफूलाई राष्ट्रिय दैनिक दावी गर्ने पत्रिकाहरु दिनमा कति छापिन्छ? यो एकदमै गोप्य विषय हो। प्रेस र प्रकाशकबीच यति गोप्य रुपमा कोड भाषामा यो अङ्कबारे ‘कम्युनिकेसन’ हुन्छ कि विश्वविद्यालयमा ‘कम्युनिकेसन’ पढेकाहरु ट्वाँ पर्न बाध्य हुन्छन्। विज्ञापनदाताहरुका लागि उनीहरुले यति छापिन्छ, उति छापिन्छ भनेर दावी त गर्ने गर्छन्, तर त्यो अङ्क निकै नै बढाइचढाइ गरिएको हुन्छ।

खासमा छापिने कति हो त? के कतै तथ्याङ्क पाइन्छ?

अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने बेला पहेँलो पुस्तक (यल्लो बुक) पनि सार्वजनिक हुने गर्छ। त्यसमा सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा हुने गर्छ। सरकारी अखबार गोरखापत्र संस्थानमार्फत् प्रकाशन हुने भएकोले त्यसमा यससम्बन्धी तथ्याङ्क हुन्छ।

यसपालिको यल्लो बुकमा उल्लेख भए अनुसार आर्थिक वर्ष २०७६/०७७ मा गोरखापत्र ६२ लाख ६६ हजार प्रति छापियो। यसलाई १२ महिनाले भाग गरियो भने प्रति महिना कति छापियो, त्यसको औसत हिसाब निस्कन्छ। हिसाब गर्दा ५ लाख २२ हजार १६६ प्रति महिनामा देखियो। अब यसलाई महिनाका ३० दिनको हिसाबले भाग गर्ने हो भने प्रति दिन कति छापिन्छ, त्यसको औसत निस्किन्छ। हिसाब गर्दा निस्कियो १७ हजार ४०५।

दशैँ र तिहारमा केही दिन गोरखापत्र नछापिने भएकोले यो औसतमा केही अङ्क यताउता हुनसक्छ। तर पनि एक किसिमको आकार त प्रष्टै देखिन्छ। सरकारी अखबार, जुन हरेक सरकारी कार्यालयमा जान्छ, त्यस्तो पत्रिकासमेत दैनिक जम्मा साढे १७ हजारको हाराहारीमा छापिने रहेछ।

अझ अंग्रेजी दैनिक राइजिङ नेपालको त बिजोग रहेछ। यसको औसत निकाल्दा त दैनिक ३४ सयको हाराहारीमा देखिने रहेछ।

देशभरका सरकारी कार्यालय ग्राहक हुने गोरखापत्र नै जम्मा साढे १७ हजार छापिने देशमा स्वघोषित एक नम्बर दैनिक कान्तिपुर, नागरिक, अन्नपूर्ण कति छापिएला त? तपाईँ स्वयं अनुमान गर्न सक्नुहुन्छ।

दावी भने चर्को छ। जस्तै कान्तिपुरले आफ्नो वेबसाइटमा सर्कुलेसन ४ लाख ५३ हजार दावी गर्छ। नझुक्किनुस्, यो अङ्क वार्षिक हैन, दैनिक भएको दावी हो। नपत्याए दैनिक रिडरसिपको दावी पढ्नुस् आधिकारिक वेबसाइटमा। 

काठमाडौँ पोस्ट अङ्ग्रेजी दैनिक भने ९५ हजार प्रति छापिने उसको दावी छ। 

कति छापिन्छन् भनेर अमेरिकी दूतावासले समेत क्लियर तथ्याङ्क निकाल्न नसकेको विकिलिक्सको केबलबाट देखिन्छ। विकिलिक्स अनुसार नागरिक ३० हजार, रिपब्लिका १५ हजार, राइजिङ नेपाल ५ हजार, काठमाडौँ पोस्ट ३० हजार, गोरखापत्र ५० हजार, कान्तिपुर १ लाख ५० हजार, दि हिमालयन टाइम्स ४० हजार, नेपाल समाचारपत्र ७० हजार, राजधानी ३० हजार छापिन्छ।

अघिल्लो यल्लो बुकसित तुलना गर्ने हो भने अघिल्ला वर्षहरुको तुलनामा पत्रिका झन् कम छापिन थालेको प्रष्ट हुन्छ। यो अघिल्लो वर्षको यल्लो बुकबाट-

अघिल्लो वर्ष ७१ लाख ९० हजार छापिन्थ्यो गोरखापत्र जुन यो वर्ष भन्दा ९ लाखभन्दा कम हो। राइजिङ नेपालको भने यो अवधिमा प्रकाशन बढेको छ।

अलि अगाडि गएर हेर्ने हो भने यो २०७४/७५ को-

 

यो २०७३/७४ को

यो चार्टमा हेर्ने हो भने चार वर्षको तुलना देखिन्छ।

यसमा देखिन्छ कि गोरखापत्र हरेक वर्ष कम छापिँदै गए पनि राइजिङ नेपाल भने यो वर्ष धेरै छापिएको छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme