Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भाइरल भएको ‘रअ’सित सहमति पत्रका शंकास्पद ४ विषय

Posted on April 15, 2021April 16, 2021 by Salokya


‘उज्यालो नेटवर्क’ नामको अनलाइनमा आज प्रकाशित एउटा ‘समाचार’मा रहेको पत्र अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। ‘रअ प्रमुख र ओलीबीच लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउनेसम्मको सहमति’ शीर्षकको यो ‘समाचार’मा एउटा प्रिन्टेड डकुमेन्ट राखिएको छ जसमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर प्रमुख रअका प्रमुख सामन्त गोयलको हस्ताक्षर रहेको दावी गरिएको छ। यो पत्र हेर्ने बित्तिकै शंकास्पद देखिन्छ। मलाई लागेका केही शंकाको विषय यहाँ लेख्दैछु।

१) उज्यालोको नाममा झुक्किने सम्भावना

उज्यालो नाम सुन्ने बित्तिकै देशभर सञ्जाल भएको उज्यालो रेडियो नेटवर्क जस्तो सुनिन्छ। धेरै मान्छे झुक्किएका पनि रहेछन्। उज्यालो रेडियोमा चाहिँ यो समाचार आएन भन्दै थिए केही मानिस। सबभन्दा पहिला त के बुझ्नु पर्‍यो भने यो ‘समाचार’ त्यो उज्यालो एफएम, उज्यालो अनलाइन र उज्यालो रेडियो नेटवर्कमा आएको होइन। यो त उज्यालो नेटवर्क नाममा अल न्युज नेटवर्क प्रा.लिले सञ्चालन गरेको छुट्टै अनलाइन हो।

यसका प्रधान सम्पादक बुद्ध लोप्चन हुन् जो प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री हुँदाको मन्त्रिपरिषद्‍मा माओवादीका तर्फबाट कानुन मन्त्री भएका अजयशंकर नायकका प्रेस सल्लाहकार थिए। उनी माओवादीलाई समर्थन गर्ने पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको प्रतिष्ठान प्रदेश कमिटीको सह-इन्चार्ज पनि हुन्।

उज्यालो रेडियो नेटवर्कका संस्थापक पाका पत्रकार गोपाल गुरागाइँले त ट्विटै गरी उज्यालोको नाम दुरुपोग गरेको आरोप लगाएका छन्।

नक्कली हो @Ujyaalo को नाम दुरुपयोग भो। pic.twitter.com/MPQCgdJFEC

— Gopal Guragain (@GopalGg) April 15, 2021

२) अनअफिसियल ट्रान्सलेसनमा हस्ताक्षर ?

अर्को शंकास्पद कुरा छ- डकुमेन्टको शिरमा अनअफिसियल ट्रान्सलेसन लेखिएको छ। यसको मतलब यो आधिकारिक डकुमेन्ट होइन, आधिकारिक अरु नै कुनै भाषा- नेपाली, हिन्दी वा कुनै भाषामा भयो होला मानौँ। यो अनौपचारिक रुपमा अनुवाद गरिएको डकुमेन्ट हो। तर अनुवाद गरिएको डकुमेन्ट भए पनि मुन्तिर भने प्रधानमन्त्री र गोयलको हस्ताक्षर गरिएको छ।

खासमा दुई देशबीच कुनै हस्ताक्षर हुँदा आधिकारिक डकुमेन्टमा मात्र हस्ताक्षर गरिन्छ, अनौपचारिक अनुवादमा होइन। तर यसमा अनअफिसियल ट्रान्सलेसनमै हस्ताक्षर गरेको देखाइएको छ। यो ज्यादै शंकाको विषय हो।

३) Please file it properly रे 😉

हाँसउठ्दो अर्को कुरा पत्रमा देखिन्छ। पत्रको मुन्तिर Confidential document भनेर अङ्ग्रेजीमा हातले लेखिएको छ। अनि त्यसैको मुनि Please file it properly लेखिएको छ। यस्तो खालको गोप्य कागजातमा ‘गोप्य’ अर्थात् confidential मात्रै लेखिन्छ। Please file it properly लेखिएको चाहिँ पहिलो पटक देखियो जुन शंकास्पद छ।

४) गोप्य पत्र कसरी चुहियो ?

यस्ता खालका गोप्य पत्र एक त चुहिँदै चुहिँदैनन्। रअका गुप्तचर प्रमुखले कतै पनि यसरी कागजमा साइन गर्दै हिँड्न नपर्ने हो। ल मानौँ गरेकै थिए रे। त्यसो हो भने पनि कसैको स्वार्थमा नै यो लिक हुनुपर्छ। आफैलाई हानी पुग्ने गरी बालुवाटारबाट त यो पक्कै लिक भएन होला भनेर सहजै अनुमान गर्न सकिन्छ। विपक्षीका कोही मान्छेले त्यो हदसम्मको एक्सेस भएर लिक गर्ला भन्ने पनि अनुमान गर्न गाह्रो छ। त्यसो भए रअले अथवा भारतले गर्‍यो होला त? त्यसो हो भने पनि लिक गर्नलाई त अलि भरपर्दो, विश्वासिलो मिडिया नै रोज्थ्यो होला नि। अहिले ओलीका विरोधीहरु कम्ता छन् र मिडियामा। किन उज्यालो नेटवर्क चैँ छान्थ्यो होला- त्यो पनि एउटा शंकाकै कुरा लाग्यो मलाई त।

4 thoughts on “भाइरल भएको ‘रअ’सित सहमति पत्रका शंकास्पद ४ विषय”

  1. Pingback: तीन दिनमा खुस्कियो ‘रअ’सितको भाइरल पत्रको पोल, माफी माग्दै धमाधम हटाइए समाचार « Mysansar
  2. Tilak Pokharel says:
    April 17, 2021 at 1:35 am

    And the other extremely suspicious point you missed: The Prime Minister of a sovereign nation never puts signature alongside that of the head of a foreign government agency. It simply doesn’t happen.

    Reply
  3. Pingback: प्रेस काउन्सिलले रअसितको ‘सहमति’ भन्दै भाइरल पत्र छाप्‍नेलाई सोध्यो स्पष्टीकरण, के गर्नसक्छ कारबाही? « Mysansar
  4. गगने says:
    April 16, 2021 at 7:53 am

    सोह्रै आना नक्कली देखिन्छ। यो कीर्ते अपराधको हद हो र कठोर कारवाही हुनुपर्छ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme