Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सडकमाथि रातो कार्पेट, त्यसमाथि सोफा : वाह मेयरज्यु क्या गजबको पारा !

Posted on February 19, 2021February 19, 2021 by Salokya


नेपालीटाइम्सको ट्विटरमा जब यो फोटो देखेँ, गजब लाग्यो। अचेल हाम्रा नेताहरुलाई नारायणहिटी दरबार खुबै प्यारो लाग्न थालेको छ। अस्ति भर्खर नेकपाको केपी ओली पक्षले यहाँ आमसभा आयोजना गरेको थियो। हिजो फेरि काठमाडौँ महानगरपालिकाले कन्सर्ट आयोजना गरेको रहेछ। दरबारमार्गको व्यस्त सडकमा आवागमन रोकेर सडकमा रातो कार्पेट ओछ्याइराखेको रहेछ। अनि त्यो रातो कार्पेटमाथि सोफा। सोफामा हाम्रा मेयर विद्यासुन्दर शाक्य ज्यु विराजमान।

Kathmandu Metropolitan City hosts a cultural program in Darbar Marg to mark the 70th Democracy Day.

Photo: @MachamasiAmit / Nepali Times pic.twitter.com/Wdd4GvUEdo

— Nepali Times (@NepaliTimes) February 18, 2021

मेयर ज्युले सय दिनमा गर्ने भनेका काम तीन वर्ष भइसक्दा पनि पूरा भए कि भएनन् भनेर खोज्नु पर्ने स्थिति छ। सपना त रेलसम्मका देखाइएका थिए काठमाडौँमा। रेल त के आउनु, झेल मात्रै भो।

यही मेसोमा महानगरपालिकालाई के सुर चल्यो कुन्नि, हिजो साँझ सांस्कृतिक महोत्सवको घोषणा एकाएक गर्‍यो। अवसर चाहिँ राष्ट्रिय प्रजातन्त्र दिवस भनियो। प्रजातन्त्र दिवस पहिले पनि आउँथे, जान्थे। तर यसरी दरबारमार्गमा सडक महोत्सव गरिँदैन थियो।

यसपालि भने सविन राई, मदन गोपाल, प्रकाश सपूत, प्रीति आले, मन्जु पौडेल, मिलन नेवारलगायत कलाकारहरुलाई समेत बोलाएर कन्सर्ट गरियो।

कार्यक्रम आयोजना गर्न कति खर्च गरियो भन्ने जानकारी शायद् महानगरपालिकाले सार्वजनिक गर्दैन होला। महानगरपालिकाको वेबसाइटमा नगर सभा र नगर कार्यपालिकाका निर्णयहरु समेत राखिँदैन। पारदर्शीताको मामलामा काठमाडौँ महानगरपालिका एकदमै पछाडि छ। अब कसैले सूचनाको हक अन्तर्गत निवेदन दिए मात्रै यो कार्यक्रममा कति खर्च भयो भन्ने थाहा पाउन सकिन्छ होला।

कोभिड १९ राम्रोसँग सकिनसकेको अवस्थामा सामाजिक दूरी कायम राख्नुपर्ने नियम कायमै रहेको बेला महानगरपालिकालाई यसरी किन कन्सर्ट गर्ने रहर जागेको हो कुन्नि !

4 thoughts on “सडकमाथि रातो कार्पेट, त्यसमाथि सोफा : वाह मेयरज्यु क्या गजबको पारा !”

  1. Shanobhai Rai says:
    February 21, 2021 at 12:33 pm

    संसार कोरोना को कहर बाट त्रसित छ तर हाम्रो जोइटिङ्ग्रे नेताहरुलाई भेडा जनता को भिडभाडमा आफुले आफैलाई राज्यको पैसा दोहोन गरि सिंहासनमा विराजमान भै सजधज बनेर देखाउन हतारो छ !

    Reply
  2. aakash says:
    February 20, 2021 at 8:29 pm

    corona ta developed country haru lai matra pir paarne rog ho….
    nepali le yasta kura pachai halchan ni…
    gareka kura dekhda ni goli thoknu parni …ji haru

    Reply
  3. yegya bahadur gurung says:
    February 20, 2021 at 5:35 am

    salo ko kartabya pura gare ko hola ?

    Reply
  4. GM says:
    February 20, 2021 at 12:58 am

    यी मेयर निकम्मा र बेकम्माका पराकाष्ठा हुन|प्रमाणित भईसकेका छन| सय दिनमा गर्छु भनेको काम सयबर्ष मेयर भए पनि गर्ने क्षमता छैन| उनलाई ओलीको आशिरवाद प्राप्त छ, त्यती नै पर्याप्त छ| जनता भांडमे जाए जस्तै गर्छन| आश्चर्य मान्नु परने के भने राजधानी जस्तो पढेलेखेका बुझेका ठाउँमा यस्तो मेयर पदमा रहिरहनु के कस्तो सुपर ग्लुले होला? ओलीको आशिरवाद बाहेक अन्य फ्याक्टर पनि त होला|जुन दिन त्यो फ्याक्टर बुझिन्छ, बुझे अनुसार क्षमता भएको र योग्य नेता चुनिन्छ, तब मात्र काठमाडौंको सफाई र बिकासले गति लिन्छ| रानीपोखरी निर्माणमा कती झेली गरे, सफाईको कुरा नगरु, मेयरलाई पच्दैन| टुँडीखेलमा शटर बनाए, भ्युटावर र के के|
    कोरोनाको बेला यस्तो कार्यक्रम गर्ने हो? शहर कुरुप बनाउनमा यिनै मेयरको ठुलो हात छ| पारदर्शिता कुन चरोको नाउ हो थाहा छैन| पहिले लाग्थ्यो उनको सट्टा केशव स्थापित भएको भए हुन्थ्यो तर उनी पनि अष्टलक्ष्मीलाई सिद्ध्याउन ओलीको चाकरीमा लागेका छन भन्ने सुन्दा स्थापित आँफैले आँफैलाई विस्थापित गर्न लागेछन| काम किन गर्न नसकेको भन्दा थोरै पनि लाजशरम नमानी फुसुफुसु मुस्कुराउछन| त्यतिका कर उठछ, पारदर्शिता खोइ? यही तालले हो भने भोली अर्को सरकार सत्तामा आयो भने गाह्रो पर्नेछ|
    कामानपाको कार्यबारे सुचनाको हक निवेदन गरेर सार्वजनिक गराउन पर्ने बेला आयो|
    नाउ चै विद्या ‘रे| काम चै अविद्या|सुन्दर पनि ‘रे|
    विश्वज्योतिको मालिक गरीबनाथ भने जस्तै भयो|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme