Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?

Posted on February 11, 2021February 11, 2021 by Salokya

आन्दोलनरत पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज (२०७७ माघ २८ गते बुधबार) राजधानी काठमाडौँमा प्रदर्शन र सभा गरेको छ। यस क्रममा एउटा फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ जसमा अगाडि प्रचण्ड र माधव नेपालसहितका शीर्ष नेताहरु देखिन्छन् भने पछाडि भारतको राष्ट्रिय झण्डा देखिन्छ। यही फोटोको बारेमा हामीले तथ्य जाँच (फ्याक्ट चेक) गरेका छौँ।

‘जनता टाइम्स’ अनलाइनले ‘प्रचण्ड–माधवले नेतृत्व गरेको जुलसमै भारतको झण्डा, यसरी खुल्यो नेपालविरोधी हर्कतको रहस्य’ शीर्षकको समाचार राखेको छ। समाचारको व्यहोरामा लेखिएको छ, ‘सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट अलग भएर छुट्टै समुह खडा गरेको नेकपा पुष्पकमल दाहाल, प्रचण्ड–माधव नेपाल (पुमा) समुहको जुलुसमा भारतीय झण्डाको प्रयोग गरेको छ।’ हेर्नुस् अर्काइभ लिङ्क। 

 

फेसबुकमा विशाल भट्टले राखेको यो फोटो बुधबार अपलोड गरेको एक घण्टामै ९१ पटक सेयर भइसकेको छ। फोटोसँगै ‘प्रचण्ड-माधव समूहले काठमाडौंमा आयोजना गरेको विरोध प्रदर्शनमा भारतीय झण्डा बोकेर प्रधानमन्त्री केपी ओलि विरुद्ध नारा लाउने भेटिएका छन्’ लेखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी राजनेता केपी शर्मा ओली नामको ग्रुपमा पनि यही फोटो सेयर भएको छ।

तीर्थ भट्टराईले पनि फेसबुकमा यस्तै व्यहोरासहित यही फोटो सेयर गरेका छन्। हेर्नुस् अर्काइभ लिङ्क

फेसबुकमा ‘भारतीय झण्डा बोकेर’ लेखेर सर्च गर्दा यही फोटो प्रशस्त भेटियो–

के हो तथ्य ?

यो फोटोलाई गुगल रिभर्स इमेज सर्चमा खोज्दा हामी ‘क. प्रचण्ड / Comrade Prachanda’ नामको फेसबुक पेजमा पुग्यौँ। प्रचण्डको यो भेरिफाइड फेसबुक पेजमा २९ डिसेम्बर २०२० मा यही फोटो अपलोड भएको छ।

भाइरल भएको भारतीय झण्डा भएको फोटो र यो फोटोका अरु सबै दृश्य समान छन् भने भारतीय झण्डा मात्र फरक देखिएको छ। हेर्नुस् प्रचण्डको फेसबुकमा अपलोड भएको फोटो र भाइरल भएको फोटो–

दावी : प्रचण्ड–माधव नेपालले नेतृत्व गरेको जुलसमै भारतको झण्डा प्रयोग भयो।

तथ्य जाँच : मिथ्या सूचना । प्रचण्डको फेसबुकमा सन् २०२० डिसेम्बर २९ मा अपलोड भएको फोटोलाई सम्पादन गरेर भारतीय झण्डा राखेको देखिन्छ।

4 thoughts on “के प्रचण्ड-माधव नेपालले नेतृत्व गरेको जुलुसमा भारतीय झण्डा बोकेर प्रदर्शन गरिएको हो?”

  1. Bishal says:
    February 14, 2021 at 12:09 am

    Namaste .

    मेरो समस्या mysansar.com ले सुनेपछि गरदेको थियो। म केहि बर्ष को लागि बिदेश बस्छु। मैले खाना नपाए पनि , नेपालको कुरा हरु हेर्छु। (१) मैले , ” आजाको कालीमाटीको तरकारी तथा फलफूलको मूल्य ” ( Kalimati Vegetable and Fruits Rate Today ) भन्ने लिस्ट आउछ। त्यो internet मा लिस्ट हेर्दा , पिंडालु ( Taro ) र तामा ( Bembo shoot ) को मूल्य देखिन। राखन भन्दिनु होला .

    Bishal

    Reply
  2. r s says:
    February 12, 2021 at 1:19 am

    https://www.nytimes.com/2021/02/01/world/asia/nepal-everest-fake-summit.html
    यस सम्बन्धी पनि लेख्नुस् दाजु ।
    https://www.youtube.com/watch?v=iJwHn2e7fak
    the liaison officer, a bureaucrat, is left off with a reprimand.

    https://kathmandupost.com/national/2021/02/11/nepal-bans-three-indian-nationals-from-climbing-mountains-in-nepal-for-faking-everest-ascent

    page 38 of the name of the liaison officer
    https://www.tourismdepartment.gov.np//files/publication_files/337.pdf

    Reply
  3. madan bajracharya says:
    February 11, 2021 at 10:57 pm

    पारीकोलाई मननपरे भत्किने भत्काईने अनि पारीनै दिजाइन गरियको बमोजिमा गर्ने गराउने ठेकेदारिको राजनीति गर्नेको शासकको शासन ब्यबस्थामा “रास्त्रवादको लालपुर्जा भयका नागरिकहरु मात्र “कमैया” बनेकोछ। जनप्रतिनिधिहरुको होईन गुतको प्रतिनिधित्व गर्नेले सदन कब्ज्यायकोछ्। गुतको सरदार नायक महानायक् सुप्रिम कमान्दर बनेकोछ् “आफ्ना बाट आफुलाई बिभुसित” गरायर। अनि गर्जिन्दैछ “यही हो लोकतन्त्र” भनि।अरे यो त् लालपुर्जा नेपालीको मोहियानी पारीको बनाउने षड्यन्त्रतन्त्र मात्रै हो। प्रमाण: नदी हाम्रो पानी पारीको, सम्झौता कस्तो:” हम लोटा भरके हमारा बाँकी सब “आपका” अर्थात नेपालमा पारिको ठेकेदारि राजनीति गर्नेको “माईबापका”। पद हाम्रो पदाधिकारी पारीको, ब्यबस्था; वारी बाधि र् खति, पारि खेती हुने, ब्यापार: हाम्रै सोहरेर हामीलाई नै बेच्ने पारिको साहु बन्ने।आधार:सन्१९४५मा बनेको देस सित हजारौ सालको घनिस्त भयकोले रे, मामाघर र् ससुराली भयकोले रे !!। अनि यस्तो कुराको बिरोध गर्ने बाधक बन्ने हताउने “महान क्रान्ति रे”।तेसैले यस्तै गर्ने गराउने चुनिने जितिने चुनावलाई अव सिद्धिने फालिने चुनाव बनाऔ।

    Reply
  4. गम्भीरमान says:
    February 11, 2021 at 5:13 am

    प्रचण्ड-माधव र ओली वा कसैले पनि जनसभामा भारतको झण्डा प्रयोग गरेर आफ्नै खुट्टामा आँफै बन्चरो हान्ने प्रयास गर्दैनन| एउटा दुइटा सरिता गिरी जस्ता तत्व घुसपेठ गरेर नराम्रो नियतले फोटो खिचाउन र देखाउन सक्ने भने हुनसक्छन| धन्य माई संसार! आखिर फोटोशप गरेका भन्ने प्रष्टै भयो| अनाहकमा त्यस्ता भ्रम फैलाउने नियतले राखेकाहरुलाई पनि सजाय हुनपर्छ र त्यस्ताको भर्त्सना गरिन पर्छ| एन महर, सन्ज्याल, तिर्थ भट्टराई जस्ता अरुलाई बेवकुफ बनाउने वा बुझ्दै नबुझी पोस्ट र शेयर गर्ने ब्यक्तिहरुलाई चेतना भया| प्रेस काउन्सिल किन मौन? जनता टाइम्सले त्यस्तो गल्ती फेरि नदोहोराउन|जवाफदेहिता भन्ने कुनै उढन्ता पक्षीको नाउ त होइन होला| यस्ता हलुँगो भएर हावाको वेगमा हल्का उढीहाल्नेहरुले अब माफ माग्ने हुन कि आत्मा गौरवमा रमाउने?
    ओलीजीको बिघटन सदर हुन्छ, ढुक्क हुनुस| नत्र पुनर्बिघटन हुन्छ|
    त्यतिले पनि नपुगे अब आउने प्रधानमन्त्री सबैभन्दा असक्षम, भ्रष्टचारी, दिशाहीन, नेत्रित्व र ब्यवस्थापन दक्ष शुन्य, छाउपडी बेवास्ते र हालैको संबैधानिक परिषदको नियुक्तीमा आफ्नो मान्छे भागबन्डा पाएका शेरबहादुर देउबा हुनेछन|

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme