Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

यसपालिको मिस नेपाल : चार वर्षअघि ‘ब्याक लागेको’, अहिले पास

Posted on December 5, 2020December 5, 2020 by Salokya


यस पटककी मिस नेपाल नम्रता श्रेष्ठ। फोटो साभार : हिडन ट्रेजरको फेसबुक

यसपालिको मिस नेपालको ताज नम्रता श्रेष्ठले जितेकी छिन्। शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले उपाधि जितेर मिस वर्ल्डमा सहभागिता जनाउने भएकी हुन्। यस पटककी मिस नेपालको एउटा रोचक संयोग पनि रहेछ।

हामी कलेजमा एक्जाम दिँदा सफल हुन नसक्दा भन्ने गर्छौँ नि, ‘ब्याक लागेको’ भनेर। ब्याक लागे पनि फेरि एक्जाम दिन पाइन्छ र त्यसमा पास हुन सकिन्छ।

मिस नेपालमा पनि त्यसरी ब्याक दिन पाइन्छ भन्ने कुरा थाहा थिएन। ताज जित्ने नम्रताले यसअघि सन् २०१६ मा पनि मिस नेपालमा सहभागिता जनाएकी रहिछिन्। त्यसमा उनी टप फाइभसम्म पुग्न सफल भए पनि उपाधि जित्न सकेकी थिइनन्। त्यतिबेला अस्मी श्रेष्ठले उपाधि जितेकी थिइन्।

कान्तिपुर अनलाइनले लेखेको समाचारमा पनि ‘नम्रताले यसअघि मिस नेपाल २०१६ मा पनि सहभागिता जनाएकी थिइन् । त्यो बेला उनी शीर्ष पाँचसम्म पुग्न सफल भएकी थिइन्’ लेखिएको छ।

सन् २०१६ मा मिस नेपाल प्रतियोगिता हुँदाको परिचयात्मक भिडियो। त्यतिबेला उनले आफ्नो उमेर १९ वर्ष बताएकी थिइन्।

यस पटकको मिस नेपालमा नम्रताको परिचयात्मक भिडियो। यसमा उनले आफ्नो उमेर २३ वर्ष बताएकी छिन्। अर्थात् उमेर पनि ठ्याक्कै मिल्ने ! अझ यो ब्लग लेखिसकेपछि केही साथीहरुले भन्नुभएको र मैले यादै नगरेको अर्को कुरा पनि रैछ। चार वर्षअघि र यसपालि पनि उनको कन्टेसटेन्ट नम्बर १८ नै रहेछ।


सन् २०१६ को मिस नेपालमा नम्रता फाइनलिस्ट थिइन् अर्थात् टप फाइभमा पुगेकी थिइन्। नम्रता, वर्षा लेखी, रोशनी खत्री, अस्मी श्रेष्ठ र सिर्जना रेग्मी टप फाइभमा पुगेकी थिइन्। यसपछि अस्मी श्रेष्ठ मिस नेपाल भइन्, वर्षा लेखी मिस नेपाल इन्टरन्यासनल भइन् अनि रोशनी खत्री मिस नेपाल अर्थ भइन्। सिर्जना रेग्मी र नम्रता भने त्यतिबेला खाली हात।

निरन्तर प्रयास गर्‍यो भने सफल भइन्छ भन्ने पाठ पनि भयो होला अब नम्रताले ताज जितेपछि, हैन र ?

कि पहिल्यै सेटिङ गरेर पहिले नै भाग लिइसकेकी प्रतियोगीलाई फेरि सहभागी गराएर ताज जिताइयो भन्ने विवाद आउने हो? यसै पनि यसपालि मिस नेपाल आयोजकको विषयमा निकै विवाद निम्तिएको तपाईँहरुलाई थाहै होला। प्रतियोगिताकी पूर्व सहभागी सहभागी समृद्धि राईले लगाएको आरोप भाइरल भएको थियो। आयोजकले त्यसपछि स्पष्टिकरण नै दिन परेको थियो।

1 thought on “यसपालिको मिस नेपाल : चार वर्षअघि ‘ब्याक लागेको’, अहिले पास”

  1. Milan says:
    December 5, 2020 at 10:40 pm

    Congratulations to all winners!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme