Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

जोखिम उमेर समूहमा यसरी बढ्दैछ कोरोनाभाइरसको संक्रमण

Posted on October 22, 2020 by Salokya


कोरोना भाइरसको संक्रमणले सबैभन्दा जोखिममा ६० वर्षमाथिका व्यक्तिहरुलाई पार्ने विश्वको अनुभवले देखाएको छ। नेपालमा पनि सुरुमा यो उमेर समूहमा संक्रमण देखिएको थिएन। तर बिस्तारै यो उमेर समूहमा संक्रमण बढ्नु चिन्ताजनक छ। माथिको चार्टमा जोखिम उमेर समूहमा बढिरहेको संक्रमण हेर्न सकिन्छ। चार्टलाई ठूलो बनाएर हेर्न यहाँ क्लिक गर्नुस्।

नेपालमा लकडाउन गर्दा दुई जना मात्र संक्रमित थिए। लकडाउन मार्च २४ देखि गरिएको थियो। अर्थात् यो वर्षको १३ औँ साता थियो। २८ औँ हप्तासम्म लकडाउन कायम रह्यो।

यो अवधिमा २५, २६ र २७ औँ सातामा जोखिम उमेर समूहमा संक्रमण उकालो लागेको देखिन्छ। यो त्यो बेला थियो जब विदेश विशेष गरी भारतबाट नेपालीहरु नेपाल प्रवेश गरेर घरतिर लागेका थिए।

त्यसपछि यो उमेर समूहमा संक्रमण कम देखिन्छ।

२९ औँ सातामा लकडाउन खुला गरिन्छ। त्यसको प्रभाव ३२ औँ सातादेखि देखिन सुरु हुन्छ। त्यसपछि जोखिम उमेर समूहमा संक्रमणको संख्या उकालो लागेको लाग्यै छ।

४३ औँ सातामा रेखा तलतिर गएको देखिन्छ। तर यो अहिले चलिरहेको साता हो। साताका केही दिन बाँकी नै रहेको हुँदा यो रेखा यसरी नै मुनि नआउने निश्चित छ।

जोखिम उमेर समूहमा संक्रमण बढेसँगै अहिले नेपालमा मृत्युको संख्या पनि बढिरहेको छ। मृत्युको संख्या बिहीबार ८ सय नाघ्नेछ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme