देशभर कोरोना भाइरस संक्रमणका लागि गरिने पीसीआर परीक्षणको संख्या विगत केही दिनदेखि घटेको छ। अक्टोबर १० मा सबैभन्दा धेरै १९ हजार ३२० कूल परीक्षण हुँदा ५ हजार ८ जनामा संक्रमण भेटिएको थियो। तर त्यसपछि भने परीक्षणको संख्या घटेको घट्यै छ। परीक्षणको संख्यासँगै संक्रमितको संख्यामा पनि कमी आएको छ। आज बुधबार भने कूल १३ हजार ९४७ परीक्षण हुँदा २ हजार ६३८ संक्रमित भेटिए। आजदेखि ७७ जिल्लामै सक्रिय संक्रमित भेटिएका छन्। कुन जिल्लामा कति संक्रमित भेटिए, माथिको म्यापमा हेर्नुस्। ठूलो म्याप हेर्न यहाँ क्लिक गर्नुस्।
आजको तथ्याङ्क अनुसार मोरङ र ललितपुरमा संक्रमितको संख्या एकदमै बढेको छ। यी दुवै जिल्लामा विगत २४ घण्टामा ३ सयभन्दा बढी संक्रमित भेटिएका छन्। काठमाडौँमा भनेर चार अङ्कबाट तीन अङ्कमा संक्रमितको संख्या घटेको छ।
धेरै संक्रमित भेटिएका जिल्लाहरुमा यस्तो रहेको छ उमेर समूह अनुसारको तथ्याङ्क-
यो चार्ट ठूलो बनाई हेर्न यहाँ क्लिक गर्नुस्।
संक्रमण बढिरहेका चार प्रमुख जिल्लाहरु ललितपुर, भक्तपुर, चितवन र कास्कीमा दैनिक संक्रमितको तथ्याङ्कलाई चार्टमा हेर्दा यस्तो देखियो-
यो चार्टलाई ठूलो बनाई हेर्न यहाँ क्लिक गर्नुस्।
सात प्रमुख जिल्लामा दैनिक संक्रमणको स्थिति बार चार्ट रेसमा हेर्नुस्-
यो बार चार्ट रेसलाई ठूलो बनाएर हेर्न यहाँ क्लिक गर्नुस्।
सात प्रमुख जिल्लामा संक्रमण-
जिल्ला अनुसार दैनिक संक्रमणको बार चार्ट रेस
यो बार चार्ट रेसलाई ठूलो पारेर हेर्न क्लिक गर्नुस्।