Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्थगित भएको इन्द्रजात्रामा उपप्रमले देखाएको ‘जात्रा’

Posted on September 2, 2020 by Salokya

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दशा लागेको छ कि के हो। एक पछि अर्को विवादमा पर्दैछन् उनी। पछिल्लो पटक सम्धि विवादमा फँसे। हुँदाहुँदा उनले फेसबुकमा जात्राको शुभकामना दिँदा पनि अर्को जात्रा भयो। हिजो इन्द्रजात्राको शुभकामना भनेर डिजाइन सिजाइन गरेर चिटिक्क पारिएको शुभकामना सन्देश उनको फेसबुकमा पोस्ट भयो।  कोरोनाका कारण काठमाडौँवासीले उल्लासपूर्वक आठ दिन मनाउने इन्द्रजात्रा रोकिएको थियो। तर त्यो फेसबुके शुभकामना सन्देशले अर्को रमाइलो जात्रा देखाइदियो।  हेर्नुस् त बिजोग, देशका उपप्रधानमन्त्री, त्यो पनि काठमाडौँबाट निर्वाचित भएका जनप्रतिनिधिको यहीँ हुने यत्रो ठूलो जात्राको बारेमा ज्ञान ! यसो भन्दै  ‘सम्धि’ विवादलाई समेत जोडेर फेसबुकमा कमेन्टको ओइरो लाग्यो। 

खासमा भएको के थियो भने त्यो शुभकामना सन्देशमा फोटो इन्द्रजात्राको थिएन, जनबहाद्यः  (सेतो मच्छिन्द्रनाथ) को जात्राको पो परेछ।

यहाँ क्लिक गरी हेर्न सक्नुहुन्छ अर्काइभ लिङ्क। archive.is मा यसरी स्न्यापसट सेभ गरे पछि स्टायटसै डिलिट गरे पनि यस्तो राखेको थियो भनेर हेर्न सकिन्छ। एक पटक मन्त्रिपरिषद्को कार्यालयको भेरिफाइड फेसबुक पेजबाट लकडाउनका बेला काठमाडौँ बाहिर जान पाउने निर्णय भनेर स्टायटस राखिएको थियो। पछि त्यस्तो निर्णय होइन भनेर खण्डन आयो। अनि विवाद आउँछ भनी फेसबुक पेजै डिलिट गरिएको थियो। त्यतिबेला कसैले यसरी अर्काइभ लिङ्क सेभ गरेको भए प्रमाण देखाउन हुन्थ्यो। स्क्रिनसट मात्र राखे त फोटोसप गरेको होला भन्ने ठाउँ पाइन्छ।

इन्द्रजात्रामा रथ यात्रा पक्कै हुन्छ, तर त्यस्तो अग्लो खालको रथ होइन, सानो तीन वटा रथको यात्रा- कुमारी, गणेश र भैरवको।

उपप्रधानमन्त्री ईश्वर पोखरेललाई पक्कै फोटो खोजेर डिजाइन बनाएर फेसबुकमा पोस्टिने समय छैन होला। यो काम उनकै सहयोगी वा सल्लाहकारकै होला। तर उनको नामको फेसबुक पेज भएकोले जिम्मा पनि उनैले लिनुपर्ने हुन्छ। त्यसैले उनले जिम्मा राम्रो मान्छेलाई दिनुपर्‍यो।

तर उनले जसलाई यो जिम्मा दिए, उसलाई चाहिँ यस्तो जात्रा सात्राको पटक्कै ज्ञान रहेनछ भन्ने देखियो। त्यसो भए चुपै बस्नु नि। इन्द्रजात्राको शुभकामना मात्रै लेखेर फोटो सोटो नराखी पोस्ट गर्नु !

फोटो राख्ने भएपछि यसो के को फोटो हो, सोधीखोजी गर्नु। अचम्म त के लाग्छ भने इन्द्रजात्रा भनेर गुगलमा फोटो सर्च मात्रै गर्ने हो भने पनि इन्द्रजात्रामा के कस्ता गतिविधि हुन्छन्, मज्जाले हेर्न सकिन्छ।  यति सामान्य बुद्धि पनि नलाउँदा आफू त डुबे, मन्त्रीलाई पनि विवादमा ल्याइदिए।

मन्त्रीको सोसल मिडिया ह्यान्डल गर्ने भएपछि यसो कमेन्टहरु पनि हेर्नु। कि अचेल सरकारको आलोचना हुन थालेपछि कमेन्ट हेर्न मन लाग्नै छाडेको हो ! नत्र त फोटो गलत पर्‍यो भनेर पोस्ट गरेको केही समयपछि नै कमेन्ट त आउन थालिसकेका थिए। तर मंगलबार दिउँसो १ बजेर २० मिनेटमा पोस्ट गरिएको मच्छिन्द्रनाथ जात्राको फोटो राखेर इन्द्रजात्राको शुभकामना दिएको स्टायटस बुधबार बिहानसम्म जस्ताको तस्तै रह्यो।

बुधबार बिहान ट्विटरमा ‘डाक्टर बाबा अनिल चे’ले लेखेपछि बल्ल त्यो स्टायटस इडिट गरेर फोटो हटाइयो, पछि हाथुद्यको फोटो राखेर फेरि स्टायटस इडिट गरियो।

स्टायटस इडिट गरिएको यस्तो विवरण स्टायटस छेउमा रहेको तीन वटा थोप्लोमा क्लिक गरी हेर्न सकिन्छ।

अर्थात् ‘इन्द्रजात्रा पर्वको अवसरमा हार्दिक शुभकामना ! (१६ भदौ, २०७७)’ लेखिएको स्टायटसको गलत फोटो १६ भदौ मात्र हैन १७ भदौको बिहानसम्म कायम रह्यो। १७ भदौमा बल्ल गल्ती थाहा पाएर हटाइयो र अहिले यस्तो बनाइयो-

त्यसो गर्दा इन्द्रजात्राको फोटो गलत परेकोमा माफी मागेर सच्याएको भए मन्त्रीको मानै हुन्थ्यो होला। अहो, आफ्ना मतदाताप्रति उत्तरदायी रहेछन्, गल्ती गरे पनि सच्याउने त रहेछन् नि भनेर। तर सुटुक्क फोटो फेरेछन्।

संस्कृति मन्त्रीको अर्को ‘जात्रा’

पख्नुस्, नमनाइएको इन्द्रजात्रामा देखिएको जात्रा अर्को पनि छ। संस्कृति मन्त्री योगेश भट्टराईले पनि ट्विटरमा इन्द्रजात्राको शुभकामना लेखेर एउटा फोटो हाले।

ईन्द्रजात्रा २०७७ को हार्दिक शुभकामना ! pic.twitter.com/m6KTtte1lf

— Yogesh Bhattarai (@yogesbhattarai) September 1, 2020

झट्ट हेर्दा ठीकै जस्तो लाग्छ। इन्द्रजात्रामा कुमारीको रथ यात्रा हुन्छ, यो कुमारीको फोटो हो नि जस्तो लाग्छ। तर होइन, यो फोटो जीवित देवी कुमारीको होइन। यो त कुमारीको जस्तो शृङ्गार गरेकी बालिकाको फोटो हो। इन्द्रजात्रामा काठमाडौँको वसन्तपुर दरबारमा रहेको कुमारी घरमा बस्ने कुमारीको रथयात्रा हुने हो।

धेरै जना झुक्किन्छन्, मान्छेलाई थाहा पनि हुन्न- इन्द्रजात्रामा कुमारी बाहेक गणेश र भैरवको पनि रथयात्रा हुन्छ भनी। त्यसैले कुमारी भन्ठानेर ‘कुमार’को फोटो खिच्नेहरु पनि हुन्छन्। संस्कृति मन्त्रीलाई यस्तो संस्कृतिबारे थाहा हुनुपर्ने हो। यसपालि यो जात्रा कोरोनाको जोखिमका कारण रोकिएको पनि थाहा हुनुपर्ने हो। यसबारे छोटो सन्देश पनि दिए कति जाति हुन्थ्यो।

सप्पै कुरा विदेशीको नक्कल गर्नु ठीक हुन्न। तर हेर्नुस् त, हाम्रा मन्त्रीभन्दा विदेशी (अमेरिकी राजदूत) ले दिएको शुभकामनाको ‘कन्टेन्ट’! हाम्रा मन्त्रीहरुले शुभकामना बाहेक केही लेखेनन्। तर अमेरिकी राजदूतले यस पटक मनाउन नसकेकोले अर्को वर्षको प्रतीक्षा गरेको भन्दै कस्तो अर्थपूर्ण सन्देश ट्विट गरे।

Happy Indra Jatra ईन्द्र जात्रा (Yenya), Kathmandu! As we can’t celebrate in front of majestic Gaddi Baithak, I’m already looking forward to next year’s extravaganza!? pic.twitter.com/wVLtb6N5ev

— Ambassador Randy Berry (@USAmbNepal) September 1, 2020

हाम्रा मन्त्रीहरुले नबुझेको कि ?

मन्त्रीका सल्लाहकारहरुले नबुझेको कि?

मन्त्रीका सहयोगीहरुले नबुझेको कि?

हामी आफैले कुरो नबुझेको ?

कि हामी सप्पै यस्तै त हो नि ब्रो !

7 thoughts on “स्थगित भएको इन्द्रजात्रामा उपप्रमले देखाएको ‘जात्रा’”

  1. nabin shrestha says:
    September 5, 2020 at 9:12 am

    sanchai ye comunist (nepali) haru le khatam nai parna lagyo nepal lai?

    Reply
  2. indra says:
    September 3, 2020 at 7:17 pm

    indra jatra ko subhakamanaa dinu bhaneko manauna sadak maa aau nautanki dekhau bhaneko ho ra?, salokya ko yo blog alli badhi nai bhayeko ho ki jasto lagyo.

    Reply
    1. Salokya says:
      September 3, 2020 at 9:41 pm

      पहिला के हो विषय पढ्नु पर्‍यो हजुर। पढ्दै नपढी, बुझ्नै नबुझी कमेन्ट गर्दिने? 😛

      Reply
  3. कमल says:
    September 3, 2020 at 7:09 pm

    यो बेला ईश्वर पोखरेलले देखाएको उपजात्रा शर्मानाक छ| यिनको कार्यकाल विवाद्स्पद मात्र होइन, असफल पनि भएको छ|विगत पनि त्यस्तै छ|
    बर्षौ अघि दिल्ली एयरपोर्टमा लाखौं भारु नेपाल ल्याउने ताका पक्राउ परेका हुन उनी|रोइलो गरेको पनि रेकर्डमै छ|काठमाडौंका क्षमाशील र विस्‍मृति पालन गर्ने जनताले भोट दिएर चुनाव जिताए|नीजगढको विमानस्थलको बाटो बनाउने क्रममा रुखकटानी बारे सोच्न पर्ने थियो तर निर्मम भईदिए| जती रुख काटेको हो, त्यसको सोधभर्नाको रुपमा रुखरोपन गराउन पर्ने हो तर गरेनन, गर्दैनन किनभने त्यो भोलिको लागि हो र त्यसले अहिले पैसो आउँदैन| यस्ता छन हाम्रा नेताहरुका सोच|ओम्नी प्रकरण सबैलाई विदितै छ|काम गरौ भन्ने भानुभक्त ढकाल र योगेश भट्टराईलाई डुबाउने यिनै हुन| मन्त्रीमन्डल पुनर्गठनमा ईश्वर पोखरेललाई विदा दिन पर्ने निष्चित छ्| मौकामा विहे वन्धनमा परे भन्दैमा काठमाडौंका भावना बुझिदैन, संस्कार, संस्क्रिती र सभ्यतालाई आत्मसात गर्न जान्नुपर्‍यो| शम्धी नियुक्ती विवादले नेकपाको बिग्रदो छवि झन धमिल्याएको छ|

    Reply
  4. Nabraj says:
    September 3, 2020 at 6:11 pm

    शीक्षा को महत्तो एई हो l उपप्रधानमन्त्री vs राजदुत,कठै……

    Reply
  5. Ramesh Adhikari says:
    September 3, 2020 at 12:47 pm

    एउटा सामान्य ज्ञान समेत नभएको भान्जा, भतिजा वा अरु नजिकैको को हुन्छन पिए ।
    अनि उनीहरुले नै देखाईदिन्छन हाम्रा मन्त्रि भनाउदा को बिहे ।
    येही हो राम्रा लाइ भन्दा हाम्रा लाइ राख्दा को नतिजा ।

    Reply
  6. रमेश ढुंगाना says:
    September 3, 2020 at 8:36 am

    हामी सप्पै यस्तै त हो नि ब्रो ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme