Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कैलाश सिरोहियालाई के आपत‍् आइलाग्यो यस्तो !

Posted on August 27, 2020 by Salokya


देशको नम्बर वान मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियालाई के आपत् आइलाग्यो यस्तो। बिहीबार साँझ उनले गरेको एउटा ट्विटले उनी तनावमा परेको देखिन्छ। उनले ट्विटमा लेखेका छन्- ‘मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।’

ट्विटमा अगाडि लेखिएको छ, ‘यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत: कपोलकल्पित र भ्रामक कुरा हो।’

सिरोहियाले सोल्टी होटलसँग जोडेर के कस्ता मनगढन्ते हल्ला फिजाइएको भन्ने बारे चाहिँ उल्लेख गरेका छैनन्। सिरोहियाबारे कुनै पनि छापा वा अनलाइन मिडियामा कुनै पनि प्रकारका समाचार आएका थिएनन्। सोसल मिडियामा पनि गाइँगुइँ बाहेक नामै तोकेर कतै केही लेखेको देखिएको छैन। (मैले नदेखेको पनि हुनसक्छ)

मलाई सोल्टी होटलसँग जोडेर मनगढन्ते हल्ला फिजाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।यो मेरो चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णत: कपोलकल्पित र भ्रामक कुरा हो।यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको छ

— Kailash Sirohiya (@KailashSirohiya) August 27, 2020

तर भित्र-भित्र उनकै भाषामा ‘चरित्रहत्या गर्न गलत नियतले फैलाइएको पूर्णतः कपोलकल्पित र भ्रामक कुरा’ निकै फैलिसकेको रहेछ। र त, देशको सबैभन्दा शक्तिशाली मिडिया हाउसका मुख्य व्यक्ति ट्विटरमा आएर आफ्नो व्यक्तिगत विषयमा प्रष्टिकरण दिन बाध्य भए।

सामाजिक सञ्जालमा यसरी प्रष्टिकरण दिँदा दुई तर्फी प्रभाव पर्न सक्छ। पहिलो, आफूविरुद्ध आएका विषयमा प्रष्टिकरण। अर्को, यो विषयमा थाहा नपाएकाहरुले पनि ‘ए, के रैछ कुरा भनेर सोधखोज गरेर झन् त्यो ‘हल्ला’ फैलिने स्थिति बन्नु।’

त्यसैले सामाजिक सञ्जालमा नेगेटिभ कुरा फैलिए त्यसलाई सामना गर्न बनाइने रणनीतिहरुमा हतार हतार सीधै प्रतिक्रिया नदिन सुझाइन्छ। जस्तै उदाहरणका लागि यो बेलायती सरकारले सरकारी र सार्वजनिक संस्थाका सञ्चार हेर्ने व्यक्ति, नीति बनाउनेहरु, सिनियर म्यानेजर र स्पेसल एडभाइजरहरुका लागि तयार पारेको RESIST मोडलमा छ चरणको प्रक्रिया यस्तो छ-

यसमा पाँचौँ चरणमा मात्र प्रतिक्रियात्मक प्रक्रिया रहेको छ। त्यसअघि पहिचान गर्ने, मनिटर गर्ने, सिचुएसनल इन्साइट लिने र त्यसपछि त्यस्तो ‘हल्ला’को प्रभाव कस्तो पर्ला भनेर विश्लेषण गर्ने गरिसकेपछि मात्र सार्वजनिक रुपमा प्रतिक्रिया कसरी जनाउने, प्रतिक्रियाका लागि विकल्प के छन् हेर्ने आदि पर्छ।

तर तनावका बेला मानिसले यी सब हेरेर बस्न नसक्ने स्थिति पनि हुने होला।

सिरोहियाले ट्विटमा ‘यस्तो दुष्प्रचार सुरु गर्ने र हल्ला फैलाउने सबैको खोजवीन गरी उनीहरुमाथि सख्त कानूनी कार्वाही गर्न प्रहरीमा उजुरी दिइएको’ पनि जानकारी दिएका छन्। अब यो उजुरीमा कस्तो कारबाही हुन्छ, वास्तवमा फैलिएको हल्ला के रहेछ? कसले त्यस्तो हल्ला फैलाएछ? भएको के रहेछ? किन त्यस्तो हल्ला फैलाइएछ? आदि बारे विस्तृत जानकारी आउने अपेक्षा पनि मानिसहरुले गर्ने नै भए।

हेरौँ, के के विषय सार्वजनिक हुने हो !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme