Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको ‘लहर’ हैन ‘रहर’ : तपाईँ पनि यो चर्चित गीतका शब्दहरुमा झुक्किनुभएको त छैन?

Posted on August 20, 2020 by Salokya

यस पटकको तीज घरै बसेर मनाउनु पर्ने स्थिति आएको छ कोरोना भाइरसका कारण। यो पालि ‘सोचे झैँ जिन्दगी रैनछ..’ भन्ने गीत अलि चल्यो। तर सदाबहार गीत त उही ‘तीजको रहर आयो बरी लै’ नै हो। यति धेरैले मन पराएको र हरेक वर्ष बज्ने गीत भए पनि अचम्मको कुरा के भने यो गीत धेरैले गलत गाउने गर्छन्। यो गीतका वास्तविक शब्दहरु धेरैलाई थाहै छैन।

गीतको सुरुको बोलदेखि नै गलत बुझाई छ। खासमा ‘तीजको रहर आयो बरी लै’ हो। तर कतिपयले गाउँदा ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन्। तीजको ‘लहर’ त कसरी आउँछ र, ‘रहर’ चाहिँ आउने हो।

तँ बढी जान्ने भएको? तँलाई चाहिँ कसरी थाहा भो के हो भनेर सोध्नुहोला। यो गीत लेख्ने चेतन कार्की हुन्। उनैले भनेको कुरा त पत्याउनु हुन्छ होला नि। कार्कीले नै यहाँ भने अनुसार ‘तीजको रहर’को अर्थ माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि हो।

गीत सुरु हुन्छ ‘गा‍‍औँ स्वर खोलेर दिदी र बहिनी’बाट।

तर यसलाई केहीले ‘गाउँ सहर खोलेर’ देखि ‘गाउँ सहर छोडेर’समेत गाउने गरेका छन्।

‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। त्यसो हैन, गीत लेख्ने चेतन कार्कीका अनुसार ‘नाचौँला मिलेर दामली सैनी’ हो।

के हो त दामली भनेको? नाम लिई भनेको भए अर्थ पनि छ। दामलीको अर्थ के ?

गीतकार कार्कीका अनुसार ‘दामली’को अर्थ ‘उमेर मिल्ने कोही’ हुन्छ। अनि सैनी भनेको नि?

सैनीको अर्थ भने गण्डक क्षेत्रमा ‘मितिनी’ हो।

अर्थात् गीत यस्तो हैन-

गाउँ सहर छोडेर दिदी र बहिनी

नाचौँ न मिलेर नाम लिई सैनी

तीजको लहर आयो बरी लै

तीजको लहर आयो बरी लै

गीत यस्तो चाहिँ हो

गाऔँ स्वर खोलेर दिदी र बहिनी

नाचौँला मिलेर दामली सैनी

तीजको रहर आयो बरी लै

तीजको रहर आयो बरी लै

म्युजिक नेपालले अहिले त गीतको लिरिकल भिडियो समेत बनाएको रहेछ-

4 thoughts on “तीजको ‘लहर’ हैन ‘रहर’ : तपाईँ पनि यो चर्चित गीतका शब्दहरुमा झुक्किनुभएको त छैन?”

  1. prabin gautam says:
    August 22, 2020 at 8:14 pm

    Geet sunda
    Swor haina
    Sahar nai suninchha
    Gayikako uchharan le nai sabailai Sahar lageko hola

    Aru uchharan thik chha

    Reply
  2. Nibedan Baidya says:
    August 22, 2020 at 4:17 pm

    गीत यस्तो चाहिँ हो

    गाऔँ स्वर खोलेर दिदी र बहिनी

    नाचौँला मिलेर दामली सैनी

    तर Lyrics मा त फेरी :

    नाचौँ न मिलेर नाम लिई सैनी देखियाे त ???

    Reply
    1. Salokya says:
      August 23, 2020 at 1:49 am

      अलि राम्रोसित हेर्न परो दामली सैनी नै लेखिएको छ त।

      Reply
  3. Ratna Thapa says:
    August 21, 2020 at 12:53 pm

    एकजना गाउनेको नाम चाहिं नेपालीमा सुषमा श्रेष्ठ रे अंग्रेजीमा उसको नाम सुस्पा श्रेष्ठ रे। … हैट म्युजिक नेपाल पनि कस्तो जोकर

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme