Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीन वटा मूलधारे अनलाइन मिडियालाई हुस्सु बनाउने एउटा समाचार

Posted on July 19, 2020July 19, 2020 by Salokya

नेपालका मूलधारे अनलाइनहरु खासै हेर्नुहुन्न भने तपाईँले शनिबार राति एउटा गजबको तमाशा हेर्न छुटाउनु भो। भारेभुरे अनलाइनहरुको कुरा छाड्नुस्, नेपालका तीन वटा नाम चलेका मूलधारे अनलाइन मिडिया ‘हुस्सु’ भए।

इकान्तिपुर, अन्नपूर्ण पोस्ट र हिमालखबरमा शनिबार राति नेपाली कांग्रेसको पदाधिकारी बैठकको एउटा समाचार प्रकाशन भयो, जुन खासमा वर्षले हेर्ने हो भने पोहोर २०७६ सालको चैत महिनामा बसेको बैठकको निर्णय थियो। नेपाली मिडियाको डेस्कमा अहिले मान्छे हैन मेसिन बस्छन् भन्ने एउटा व्यङ्ग्य अहिले प्रख्यात छ। त्यतिविधिसम्म त होइन होला, मेसिन भए त उसले मेमोरी सर्च गरेर यस्तो व्यहोराको निर्णयको समाचार त पहिले नै हालिसकेको थियो भनेर ‘अलर्ट’ गराउँथ्यो होला, कि कसो?


कान्तिपुरमा कोरोना परीक्षण दायरा तत्काल व्यापक बनाऊ : कांग्रेस [१३ निर्णय] शीर्षकमा समाचार छापिएको थियो। त्यसको अर्काइभ लिङ्क यहाँ क्लिक गरी हेर्न सकिन्छ।

त्यसैगरी हिमालखबरले ‘संकटबाट जोगाउन सरकारलाई हरसम्भव सघाउने: यस्ता छन् कांग्रेसका १३ निर्णय’ शीर्षकमा समाचार राखेको थियो। हेर्नुस् हाम्रोपात्रोमा देखिएको शीर्षक-

त्यसैगरी अन्नपूर्ण पोस्टले कांग्रेस पदाधिकारी बैठकका १३ निर्णय शीर्षकमा समाचार हालेको थियो।

ट्विटरतिर पुरानो समाचार हालेको भन्दै उडाउन थालेपछि बल्ल ती मूलधारे मिडियाको होस खुल्यो। इकान्तिपुरले समाचार डिलिट गरेर त्यसमा भूलवश पुरानो वक्तव्य सम्बन्धी समाचार पोस्ट हुन गएको भन्दै क्षमा माग्यो। उसले ट्विटरमा समेत यो सूचना राख्यो।

भुलवश ‘कोरोना परीक्षण दायरा तत्काल व्यापक बनाऊ : कांग्रेस [१३ निर्णय]’ शिर्षकमा २०७६, चैत्र २५ गते नेपाली कंग्रेसले जारी गरेको व्यक्तव्य सम्बन्धी समाचार पोस्ट हुन गएकोमा क्षमा चाहन्छौं ।
– सम्पादकhttps://t.co/P3Ts06Yt9O

— ekantipur (@ekantipur_com) July 18, 2020

तर अरु दुई मूलधारे अनलाइनहरुले भने यतिसमेत गरेनन्। उनीहरुले लाजै पचाएर सुटुक्कै समाचार डिलिट गरे। आफूले गल्ती गरेको भनेर सूचनासम्म दिएनन्।

अन्नपूर्ण पोस्टको त्यो समाचार प्रकाशन भएको पर्मालिङ्कमा गएर क्लिक गर्दा यस्तो देखिन्छ-

त्यसैगरी हिमालखबरले पनि लाजै पचाएर समाचार सुटुक्कै डिलिट गरेछ। त्यो समाचार प्रकाशन भएको पर्मालिङ्कमा गएर क्लिक गर्दा यस्तो देखिन्छ-

मूलधारेहरुकै ताल यस्तो भएपछि अरु अनलाइनहरुको गति के होला त? यसो हेर्दा मध्येको यो लोकपथ भन्नेले लगाएको जुक्ति चाहिँ इथिक्सविपरीत छ। फेसबुकमा हेर्दा यो समाचार १८ जुलाई (साउन ३) शनिबार ९ बजेर २२ मिनेटमा हालिएको छ।

तर समाचारमा गएर क्लिक गर्दा भने २०७६, २५ चैत देखाइएको छ। अर्थात् यो समाचार प्रकाशन भएर आफू हुस्सु भएको थाहा पाए पछि मिति परिवर्तन गरेर ब्याकडेटमा प्रकाशित भएको देखाइएको हो। यसो गरेको कसैलाई थाहा हुँदैन होला भनेर फेरि पनि डबल हुस्सु भएछ यो अनलाइन।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme