Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खबरभित्रको खबर : लिनु पर्ने लिए, दिनु पर्ने चाहिँ बाँकी

Posted on July 14, 2020July 14, 2020 by Salokya

मिडियामा अचेल रमाइलो भइराछ। हिजो (२९ असार २०७७) मा अन्नपूर्ण पोस्टको पेज नम्बर ३ मा एउटा ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो। जसको फोटोसहित सात दिने ‘अत्यन्त जरुरी सूचना’ छापिएको थियो, उनी सोही पत्रिकाका साहु रामेश्वर थापाका आफ्नै भान्जा हुन्। अझ अर्को रमाइलो त के भने जसका लागि यो अन्यथा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने चेतावनीसहितको सूचना छापिएको थियो, उनी अहिले अर्को प्रतिस्पर्धी मिडिया कान्तिपुरका सर्कुलेसन म्यानेजर हुन् भन्ने बारे हिजोको ब्लग पढ्नुभो होला। अब आजको नयाँ कुरा हेर्नुस्। सूचना छापिएको भोलिपल्टै यसो भएछ।

 

यो पत्र अनुसार ‘भान्जा’सँग लिन बाँकी १ लाख ९७ हजार रुपैयाँ चाहिँ अन्नपूर्णले पाएछ। तर भान्जालाई दिन बाँकी १ लाख २० हजार ४७७ रुपैयाँ चाहिँ तत्काल दिएनछन्।

त्यो रकम चाहिँ आजको मितिले एक साताभित्र दिने बाचा रहेछ पत्रमा।

हेर्नुस् त जञ्जाल। लिन बाँकी १ लाख ९७ हजारमा दिन बाँकी १ लाख २० हजार ४७७ घटाउँदा बाँकी रहेको ७६ हजार ५२३ रुपैयाँ लिएको भए त कुरो सकिहाल्थ्यो नि। तर किन सकिन्थ्यो र यसरी। खबरभित्रको खबर बनाउनु पर्‍यो नि। त्यसैले पत्रिकामा फोटोसहितको सूचना छापेर बाध्य पारेर बोलाएर आफ्नै हात माथि पारेर, पहिला लिन बाँकी यति छ, ले भनेर लिएर, दिन बाँकी यति रहेछ, पछि दिन्छु भनेछन्।

गजब छैन त यो खबरभित्रको खबर ? 🙂

1 thought on “खबरभित्रको खबर : लिनु पर्ने लिए, दिनु पर्ने चाहिँ बाँकी”

  1. Udaya Gm says:
    July 14, 2020 at 10:17 pm

    हो सर । केही केहीको फुर्तिफार्ती देखिसक्नु, हेरिसक्नु थिएन । ढिलोचाँडोको कुरा हो । एकदिन सबैले भोग्नैपर्छ ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme