Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

त्यति राम्रो ‘ब्रान्ड भ्यालु’ भएको ‘नेकपा एमाले’ नाम अब कसले लैजाला? कानुनमा के छ?

Posted on July 1, 2020 by Salokya

नेकपाको स्थायी समिति बैठकमा नेकपा एमाले नामको पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन परेको बारे चर्चा भएछ। समाचारमा आएका कुरा पत्याउने हो भने प्रचण्डले कसले दर्ता गरेको भनेर सोधेछन्। प्रम ओलीले मलाई के थाहा, माओवादी केन्द्र नामको पनि दर्ता भइसकेको छ, मैले सोधेको छु र भनेछन्। एमाले दर्ता गर्न आएको पार्टीको अध्यक्षमा सन्ध्या तिवारीको नाम रहेछ। पहिले झापा भने पनि पछि उनी विराटनगरको भन्ने समाचार आयो। को हुन् सन्ध्या तिवारी भनेर अहिले खोजी भइरहेको छ, पत्ता कसैले लगाउन सकेको छैन। के एमाले नामको पार्टी दर्ता हुन्छ त? खासमा अलि बुद्धि भएको भए एक वर्षअघि नै त्यस्तो राम्रो ब्रान्ड भ्यालु भएको नामको पार्टी दर्ता हुनसक्थ्यो। तर कसैले वास्ता नै गरेनन्।

मैले त दुई वर्षअघि नै ब्लग लेखेको थिएँ- नेकपा एमाले नामको दल दर्ता गर्ने हो? एक वर्ष कुर्नुस्, सम्भव छ तर कसैले वास्ता नै गरेनन्।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी (ने क पा) नामको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता भएपछि यी दलहरुले छाडेको नाम के हुन्छ भन्ने बारे कानुनमा स्पष्ट छ।

सबभन्दा पहिला निर्वाचन आयोगले ने क पा दर्ता गर्दा दिएको पत्र हेरौँ।

यो पत्रमा एकीकरण भई माग गरेको बाहेकका नाम, झण्डा र चिह्न कुनै दलले प्रयोग गर्न नपाउने व्यवस्था गर्ने भनिएको छ यसमा। अर्थात् अब नयाँ दलले माग गरेको एमालेको सूर्य चिह्न उसले प्रयोग गर्न पाउँछ। त्यसबाहेक नेकपा एमाले, नेकपा माओवादी केन्द्र, गोलाकारभित्र हँसिया हथौडा चुनाव चिह्न कुनै पनि दलले प्रयोग गर्न नपाउने भएको हो।

तर यो प्रयोग गर्न नपाउने कहिलेसम्म त? निर्वाचन आयोगको पत्रमा सीधै उल्लेख छैन। त्यसमा राजनीतिक दलसम्बन्धी ऐनको दफा १० को उपदफा ७ बमोजिम भनिएको छ। के छ त त्यो ऐनको दफा र उपदफामा? हेर्नुस्-

दफा १० को उपदफा ७ ले स्पष्ट रुपमा एकीकरण भएको मितिले एक वर्षसम्म मात्र कसैले प्रयोग गर्न नसक्ने उल्लेख छ। एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको २०७५ साल जेठ ३ गते हो। अर्थात् २०७६ जेठ ३ गतेसम्म कसैले पनि नेकपा एमाले नाम प्रयोग गर्न पाउने छैन।

दर्ता भएको मिति मै जाने हो भने पनि २०७६ जेठ २३ गते यो म्याद सकिसक्यो।

अब यो प्रतिबन्ध हटिसक्यो। कसैले पनि नेकपा एमाले नामको प्रयोग गरी दल दर्ता गर्न सक्छन्।

भनेपछि अर्को चुनावमा नेकपा एमाले नामको अर्को दल आउन सक्छ। तर त्यो दलले सूर्य चुनाव चिह्न भने पाउने छैन।

नयाँ नेकपा एमालेको अध्यक्षमा सन्ध्या तिवारी र महासचिवमा मनिषकुमार उपाध्याय राखी २४ सदस्यीय कार्य समिति बनाएर ५ सय ७२ सदस्य रहेको सूची पनि निर्वाचन  आयोगमा बुझाइएको छ।

पार्टी अहिले नै दर्ता भइसकेको छैन। तर सबै कुराको प्रक्रिया पुर्‍याएर आयो भने आयोगले रोक्न भने सक्दैन। किनभने कानुनै त्यस्तै छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme