आज लिम्पियाधुरासहितको नेपालको नक्शा निशान छापमा राख्ने संविधान संशोधन प्रतिनिधि सभाले पारित गरेको दिन। फेसबुक हेर्दै गर्दा एउटा स्टायटसमा आँखा गयो- ‘६ सय १ भन्थे, पारित गर्न त २५८ ले मात्र भोट दिएछन्। बाँकी कहाँ गए?’
आजमात्र होइन, अरु धेरै पटक पनि मैले सांसदहरुलाई गाली गर्नुपर्दा ६०१ लेख्ने गरेको देखेको छु। कुराकानीमा पनि कतिले मोज गर्ने बेला ६०१ ले गर्यो भन्ने गरेको सुनेको छु।
एक पटक एक जना प्रख्यात गायकले ६०१ बारे फेसबुकमा लेखेका थिए। मैले कुरो यसो हो नि भन्दा उनले मैले सांकेतिक रुपमा मात्र ६०१ भनेको हुँ भनेर कुरा मोडे। मैले नयाँ संविधान लागू भएकै पाँच वर्ष हुन लागिसक्यो, अझै यस्तो संकेत त सुहाएन है भनेर भनेँ।
ती गायकमात्र होइन, अरु धेरैलाई पनि अझै ६ सय १ जना सभासद् छन् जस्तो लाग्ने गरेको छ।
६०१ संविधान सभा सदस्यको संख्या हो। दुई पटक संविधान सभाको निर्वाचन भएको थियो। पछिल्लो संविधान सभाले संविधान बनाएको थियो।
२०७२ सालमा नेपालको संविधान लागू भएपछि अहिले देशमा दुई सदनात्मक व्यवस्था छ। राष्ट्रिय सभा (५९ सदस्यीय स्थायी सदन) र प्रतिनिधि सभा। त्यसमध्ये प्रतिनिधि सभामा प्रत्यक्ष अर्थात् धेरै भोट पाउने उम्मेदवार जित्ने गरी देशभरबाट १६५ सांसद निर्वाचित हुन्छन् भने पार्टीले देश भरबाट पाउने कूल मतको आधारमा ११० जना समानुपातिक उम्मेदवार चुनिन्छन्।
अर्थात् प्रतिनिधि सभा २७५ जनाको हो।
त्यसमध्ये आज २५८ जना मात्रै उपस्थित थिए। उपस्थित सबैले पक्षमा भोट हाले। विपक्षमा एउटा भोट पनि परेन।
त्यसो भए बाँकी १७ को हिसाब खै त ?
१ जना सभामुख- भोट हाल्दैनन्।
४ जना नेकपाका सांसद- अनुपस्थित
गोपालबहादुर बम, हरिबोल गजुरेल, धनबहादुर बुढा र शिवकुमार मण्डल
३ जना नेपाली कांग्रेसका सांसद- अनुपस्थित
नागेन्द्र कुमार राय, सूर्य बहादुर केसी र ज्ञानकुमारी छन्त्याल,
५ जना जनता समाजवादी पार्टीका सांसद-अनुपस्थित
सरिता गिरी, सूर्य नारायण यादव, अमृतादेवी अग्रहरी, दुलारी देवी खत्वेनी र प्रमोद साह
४ जना निलम्बित भएकोले भोट हाल्न नपाउने
नेपाली कांग्रेसका विजय गच्छदार र मोहम्मद अफताब आलम,
जनता समाजवादी पार्टीका हरिनारायण चौधरी र रेशम चौधरी।
को-को सांसद किन भोट हाल्न गएनन् भन्ने बारे मनोज सत्यालले यहाँ खोजेर लेखेका छन्। कोही बिरामी भएर, कोही छोराको बिहेका लागि काठमाडौँ बाहिर, अनि कसैले त डायरिया भएर भन्ने कारण दिएका छन्।
नेपालको राजनीतिमा भारतको निमित दुलो बनाउन मात्रै कानुनन भारतको नागरिकता त्यागेको औपचारिक प्रमाण पेस गरेर नेपालअको संबिधान कानुन पालना गर्ने र् अरास्त्रवादी नहुने शर्त मा मात्रै पाउने नेपालको अङिक्रित नागरिकता भारतको नागरिकता नत्यागिकनै लियर भारतको निमित नेपालको सार्वभौम र् नेपाल र् नेपालीको बिरोध गर्दै आयकी सरिता गिरी माथि अझै सम्म पनि भारतको नागरिकता त्यागेको प्रमाण पेस नगरेकोमा उस्को अङिक्रित नागरिकता तुरन्त खारेज गरेर कानुनन जे सजाय हुन्छ त्यो देवस भनेर सर्वोच्च अदालतमा रित राखियोस। यो बारेमा सबै नेपालीले सिग्नेचर क्याम्पेन गरियुन किनभने नेपालको अङिक्रित नागरिकता देश द्रोही बन्ने लाईसेन्स होईन।
दोश्रो कुरा महाकालीसन्धि कालापनिमा भारतको कब्जामा कुनै न् कुनै किसिमले महाकाली सन्धि पनि गाँसियको छ् त्यो पनि सन्धि गर्नेहारुको महा गल्तिको कारण। महाकाली सन्धिमा गल्ती भयको कुरा सरकारले पनि स्विकारेकै छ् र् भारतले पनि त्यो सन्धि पालना गरेको छैन। त् महाकाली सन्धि पनि खारेज गरियोस भनेर अव सबै नेपालीले आवाज उथाउनै पर्छ।
तेस्रो कुरा लिपियाधुरा कालापनिको मुद्दामा भारतको सेनापती मार्फत नेपाललाई धम्क्याइनै सके। सेनापतिको धम्की भनेकै नेपाल माथि सैनिक कार्यवाही गर्ने हो। त् नेपालको भुमी फिर्ता मागे सैनिक धम्की दिने भारतको सेनामा नेपाली गोर्खाली भर्ती गर्न किन दिने? भारतीय सेनामा नेपालीलाई भ्र्ती गर्न दिने सन्धि तुरन्त खरेज गरियोस भनेर पनि आवाज उठाउनु पर्छ।
आफ्नै पार्टिको whip (कोररा) नमान्नेलाई जनताको कोररा लगाउन परने देखियो|
कुनै extreme केसमा असक्तताको कारणले उपस्थिती असमर्थ हुनाले फोन वा अनलाईन मार्फत सभामुखलाई “Yes” “No” ब्यक्त गर्ने नियम हुनपर्यो|विहेमा जाने, “अहिले जिल्लामा छु”, “सवारी साधन अभाव”, इत्यादी कारण स्वीकार्य हुनुभएन|
बिना ठुला कारण यस्तो राष्ट्रिय महत्वको बिषयमा अनुपास्थित जनाउने समानुपातिकबाट आएका सांसद त ठुलै कोरराका भागीरदार छन, प्रत्यक्षवाललाई जनताले चुनावमा हेर्नेछन|
मधेसी पार्टीले यो महत्वपूर्ण घडीमा जुन हामी सबै नेपाली एक हौ भन्ने द्रिढता देखाए, त्यसले पनि देश एक ढिक्का छन भने सन्देश प्रवाह गर्यो|
हाम्रो भुमी अतिक्रमण गर्ने, हामीलाई घुसपेश दिएर, प्रलोभनमा ल्याएर, नीच हरकत गर्न लगाउने र प्रभावित पार्न खोज्ने छिमेकी मुलुकलाई सुचित गरायो|
देशद्रोही चरित्रका सरिता गिरिलाई तुरन्त आजकै मितीदेखी सांसद पदबाट हटाइनु पर्छ र आगामी १० बर्ष सम्म कुनै राजनैतीक पद, निर्वाचित वा अ निर्वाचित, ग्रहण गर्नबाट बन्चित गराईनु पर्छ| उनको यो नाटक मन्चनले स्वाभिमानी नेपालीलाई चोट पुगेको छ|
अर्को एक्सन, प्राध्यापक लालबाबु यादव सरले भने जस्तै अँगीक्रितलाई पालिका तह भन्दा बाहेकको चुनावमा भाग लिन बन्देज गराइनु पर्छ|