Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दक्षिण एसियामा कोरोना : नेपालको संख्याले छिट्टै श्रीलंका र माल्दिभ्सलाई उछिन्ने

Posted on June 1, 2020June 1, 2020 by Salokya

दक्षिण एसियामा सबैभन्दा पहिला कोभिड-१९ पुष्टि भएको देश नेपाल थियो। नेपालमा पहिलो पटक कोभिड-१९ भेटिँदा चीन बाहिर ९ देशमा मात्रै यसको पुष्टि भएको थियो। त्यतिबेला नेपालमा यो पुष्टि गर्ने प्रयोगशाला पनि थिएन। हङकङ पठाएर पुष्टि भइसक्दासम्म ती व्यक्ति निको भइसकेका थिए। त्यसपछि लामो समयसम्म नेपालमा दोस्रो केस देखिएन। १९ मार्चदेखि २३ मार्चसम्म कोभिड-१९ संक्रमित संख्याको सूचीमा नेपाल दक्षिण एसियामा सबैभन्दा तल थियो। तर मे महिनाको अन्त्यसँगै नेपाल अब श्रीलंका र माल्दिभ्सकै हाराहारीमा आइपुगेको छ।

http://www.mysansar.com/wp-content/uploads/2020/06/ice_video_20200601-035235.webm

माथिको बार चार्ट रेसमा तपाईँ देख्न सक्नुहुन्छ, पछिल्लो समयमा नेपालको पनि गति बढेको छ।

दक्षिण एसियामा सबैभन्दा अग्रस्थानमा भारत छ। भारत विश्वमै टप ७ मा रहेको छ।

दक्षिण एसियामा दोस्रो स्थानमा पाकिस्तान छ। लकडाउन खोलिसकेको पाकिस्तानमा फेरि लकडाउन लगाउने कि भन्ने तयारी भइरहेको छ।

तेस्रो स्थानमा बंगलादेश छ। चौथोमा भने अफगानिस्तान छ।

पाँचौँ, छैटौँ र सातौँ स्थानमा केही संख्याको दूरीमा माल्दिभ्स, श्रीलंका र नेपाल रहेका छन्। मे ३१ सम्ममा माल्दिभ्स १६७२, श्रीलंका १६३० र नेपाल १५७२ मा छ। श्रीलंकामा दिनहुँ पाइने केस कम हुँदै गएको छ। माल्दिभ्समा पनि नेपालको जस्तो लगातार संक्रमितको संख्या वृद्धि भइरहेको छैन। यो हिसाबले हेर्ने हो भने एक दुई दिनमै नेपालले माल्दिभ्स र श्रीलंकालाई जितेर दक्षिण एसियामा पाँचौँ धेरै संक्रमित भएको देश हुने बाटोमा छ।

विश्वको हेर्नुस्-

1 thought on “दक्षिण एसियामा कोरोना : नेपालको संख्याले छिट्टै श्रीलंका र माल्दिभ्सलाई उछिन्ने”

  1. madan bajracharya says:
    June 1, 2020 at 8:58 am

    “उच्छिन्यो भने” अस्ति फाली सकेको प्रचन्द्रले लगाईदियको अविश्वासको पगरी खोजेर लगाई दियर राज्यभिशेक गरी दिनु पर्छ यस्तो उहिलेको रत्नपार्कको चर्वी जस्तैको क्वेरन्ताइन बनाएर कोरोना नलागेकालाई समेटा कोरोना बाट सन्क्रमित गर्नेलाई। ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme