Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

कोरोना कालको बजेटमा के छ राहत र सहुलियत प्याकेज?

Posted on May 28, 2020 by Salokya


पोहोरको भन्दा आकार घटाएर ल्याइएको यस वर्षको बजेटमा कोरोना संक्रमण नियन्त्रण तथा उपचारको लागि तत्काल आवश्यक पर्न सक्ने औषधि, उपकरण तथा उपचार सामाग्रीका लागि ६ अर्ब रुपैयाँको व्यवस्था गरिएको छ। स्वास्थ्यमा यो वर्ष उल्लेख बजेट छुट्याइएको छ। पोहोर स्वास्थ्यमा ६८ अर्ब ७८ करोड बजेट रहेकोमा यसपालि ९० अर्ब ६९ करोड अर्थात् २१ अर्ब ९१ करोड बढी रकम छुट्याइएको छ। राहत र सहुलियतका के प्याकेज छन् त?

घरायसी साना विद्युत उपभोक्तालाई महसूलमा छुट-

    • मासिक १० युनिटसम्म- निःशुल्क
    • मासिक १५० युनिट- २५ प्रतिशत
    • मासिक २५० युनिट- १५ प्रतिशत
    • उत्पादनमूलक उद्योगलाई लकडाउन अवधिभर डिमाण्ड शुल्क छुट
    • माग कम हुने समयको विद्युत खपतमा ५० प्रतिश छुट

– घरेलु, साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराइने

– कृषि, घरेलु साना तथा मझौला उद्योग, उत्पादनमूलक उद्योग, होटल, पर्यटन लगायतका क्षेत्रका उद्योग व्यवसायलाई ५ प्रतिशतसम्मको सहुलियत ब्याजदरमा कर्जा

– संगठित क्षेत्रका श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम लकडाउन अवधिभरको लागि नेपाल सरकारले व्यहोर्ने

-नेपाली एयरलाइन्सले पार्किङ शुल्क, लाइसेन्स रिन्यु दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुर र हवाई इन्धनमा लाग्ने पूर्वाधार करमा छुट।

लघु, घरेलु तथा साना उद्योगी तथा व्यवसायीलाई लाग्ने आयकरमा छुटको व्यवस्था-

  • वार्षिक २० लाखसम्म कारोबार गर्नेलाई ७५ प्रतिशत
  • २० देखि ५० लाखसम्म कारोबार गर्नेलाई ५० प्रतिशत
  • ५० लाखदेखि १ करोडसम्म कारोबार गर्नेलाई २५ प्रतिशत

– लघु उद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष

– महिला उद्यमिद्वारा सञ्चालित लघु उद्यमलाई तीन वर्ष थप गरी १० वर्ष

– हवाई, यातायात सेवा, होटल, ट्राभल एन्ड ट्रेकिङ व्यवसायीलाई आयकरणमा २० प्रशित छुट

– इन्टरनेट सेवा प्रदायकले फिक्स्ड ब्रोडब्यान्ड सेवा प्रदान गर्दा ५० प्रतिशतसम्मको मर्मत सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर छुट।

– रेडियो र टिभी प्रसारण संस्थाले तिर्नुपर्ने कारोबार रकमको दुई प्रतिशत सेवा शुल्क घटाएर एक प्रतिशत कायम

सार्वजनिक खर्चमा कटौति

-आन्तरिक र वैदेशिक भ्रमण, कम प्राथमिकताका गोष्ठी, सेमिनार, परामर्श, सहायता, भैपरी खर्च, फर्निचर, सवारी साधन खरिद तथा मर्मत खर्चमा बजेट कटौति।

-कोरोना रोकथाममा फ्रन्टलाइनमा रहने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकबाहेक अरुलाई प्रोत्साहन भत्ता, अतिरिक्त समय भत्ता, बैठक भत्ता, खाना तथा खाजा खर्च, जोखिम भत्ता लगायतका सबै भत्ता साउन १ देखि खारेज

-अत्यावश्यक सेवा बाहेकका सार्वजनिक निकायका सबै रिक्त दरबन्दीमा नयाँ नियुक्ति रोक्का

भन्सार महसूल वृद्धि भएकोले महँगो हुने
चुरोट, सिगार, गुट्खा, पानमसला, हवाई इन्धन र एलपी ग्याँसबाहेकको पेट्रोलियम पदार्थ र सुन तथा सुनका गहना, फर्निचर (यसपालि मदिरामा भने भन्सार महसूल बढाइएको छैन)

1 thought on “कोरोना कालको बजेटमा के छ राहत र सहुलियत प्याकेज?”

  1. Sbh says:
    May 28, 2020 at 10:27 pm

    Nepal government just killed the electric vehicles by increasing the import tax. Electric vehicles are now three time expensive then yesterday. And the funny thing is that, the government is giving some kind of discount for
    night charging to promote the electric vechicle from tomorrow.Ironic!

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme