शनिबार राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखियो। उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाइयो।
लगत्तै सामाजिक सञ्जालमा आलोचना हुन थाले- निजी अस्पतालले आफ्नै कर्मचारीको उपचार पनि आफूले गर्न नसक्ने? किन पाटनमा पठाउनु परेको?
यसरी आलोचना गर्नेहरुमा ओपिनियन लिडर पत्रकारहरु पनि थिए। सर्सर्ती हेर्दा कुरा ठीकै जस्तो पनि लाग्न सक्छ। आफ्नै कर्मचारीको उपचार निजी अस्पतालले गर्न नसक्ने? उनीहरुको काम पैसा असुल्नु मात्रै हो? तर वास्तवमा पत्रकारसमेतले सरकारको निर्देशिकाबारे थोरै अध्ययन पनि नगर्दा आफू भ्रमित भई अरुलाई पनि भ्रममा पारेका हुन्। कोरोना (कोभिड-१९) का बिरामीहरूको निदान र उपचारमा प्रत्यक्षरूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरूलाई संक्रमणको संभावना वा जोखिम, शारीरिक तथा मनोसामाजिक असर बढी हुने सम्भावना भएकोले सरकारले केही निश्चित निर्देशिका बनाएको छ। त्यस अनुसार यस्ता संक्रमितलाई निश्चित अस्पतालमा मात्र उपचार गरिन्छ।
एपी वान टेलिभिजनमा कार्यरत पत्रकार समा थापाले आज बिहानै ट्विट लेखिन्–
उनको ट्विटको संकेत ग्रान्डीका कर्मचारीलाई पाटन अस्पताल पठाइएको प्रति लक्षित छ। उनले निजी अस्पतालको भूमिका महँगोमा पिसिआर गरिदिने भनी जुन लेखेकी छिन्, त्यो तथ्यगत रुपमा गलत साबित भइसकेको छ। निजी अस्पताललाई अहिलेसम्म पिसिआर विधिबाट परीक्षण गर्न दिने कुनै निर्णय नभएको बारे फ्याक्टचेक हामीले गरिसकेका छौँ। यहाँ क्लिक गरी पढ्नुस्-कसरी फैलियो कोरोना परीक्षण गर्न १५ हजार लाग्ने ‘फेक न्युज’?
पत्रकार थापाले फेसबुकमा पनि यसबारे स्टायटस लेखेकी छिन् जुन व्यापक सेयर भएको छ।
उनको स्टायटसलाई सांसद रामकुमारी झाँक्रीले समेत सेयर गरेकी छिन्। हेर्नुस् अर्काइभ लिङ्क।
त्यसैगरी फेसबुकको विभिन्न ग्रुपहरुमा पनि उनको स्टायटस सेयर भएको छ।
नक्कली ‘रुटिन्स अफ नेपाल बन्द’को पेजमा पनि उनको स्टायटस सेयर भएको छ।
के हो वास्तविकता ?
विश्वमा कोभिड १९ महामारी फैलिने क्रममा नेपालमा पनि यसको तयारी स्वरुप चैत महिनामा नै कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ लागू गरिएको थियो। कोभिड १९ भनेको महामारी हो। यसको सामना र व्यवस्थापन अलग किसिमले गर्नुपर्छ। तर त्यसो भन्दैमा अरु रोगहरुको उपचार रोक्न पनि भएन। गर्ने के त? यो निर्देशिकाले त्यसैको तयारी गरेको थियो। यस अनुसार स्वास्थ्य संस्थाहरुलाई पाँच तहमा विभाजन गरिएको छ। हरेक तहको सेवा प्रकार र व्यवस्थापन विधि छुट्याइएको छ-
यसअनुसार तह २ अर्थात् कोभिड क्लिनिक सञ्चालन गर्ने अस्पतालहरु यी हुन्। यी अस्पतालहरुको काम आइसोलेसन, नमूना संकलन तथा प्रेषण हो। अर्थात् शंकास्पद बिरामीहरुलाई मात्र यी अस्पतालहरुले आइसोलेसनमा राखी उपचार गराउने र नमूना संकलन गरी तोकिएको प्रयोगशालामा पठाउने काम गर्छन्। पोजिटिभ देखिएपछि यी अस्पतालहरुले बिरामीलाई लेभल १ वा लेभल २ अस्पतालमा पठाउनु पर्छ।
यसमा मन्त्रीस्तरको निर्णय भएर वैशाख ४ गते काठमाडौँका १४ वटा निजी अस्पताल थप गरिएका थिए। ती हुन्-
अहिले चर्चामा रहेको ग्रान्डी अस्पताल यसैमा पर्छ। अर्थात् यो निर्देशिका अनुसार तह २ अन्तर्गत पर्ने कोभिड क्लिनिक मात्र सञ्चालन गर्ने अस्पताल हुन्। ग्रान्डी मात्र हैन, यो सूचीमा भएका सुविधा सम्पन्न र महँगा निजी अस्पतालहरु मेडिसिटीदेखि नर्भिकसम्मले समेत तह १ बाट प्रेषण भएर आएका वा यी अस्पतालहरूले स्क्रीनिङ गरेका संकास्पद बिरामीहरूको प्रोटोकल अनुसार आइसोलेशनमा राखि उपचार गर्ने र नमुना संकलन| गरी नजिकको/तोकिएको प्रयोगशालामा पठाउने व्यवस्था गर्ने हो।
प्रयोगशाला परिक्षणमा पोजेटिभ देखिएपछि भने यी अस्पतालहरुले आफू कहाँ राख्छु भन्दा पनि पाउँदैनन्। सामान्य केसहरूलाई लेभल १ कोभिड अस्पतालहरूमा प्रोटोकल अनुसार एम्बुलेन्स मार्फत प्रेषण गर्ने व्यवस्था मिलाउने तर जटिल तथा अति जटिल केसहरू लेभल २ कोभिड अस्पतालहरूमा सिधै पठाउनै पर्छ। एम्बुलेन्स सेवा नपुग्ने क्षेत्रका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यथोचित व्यवस्था मिलाउनु पर्छ।
देशभरका लेभल १ र लेभल २ अस्पताल यी हुन्-
लेभल ३ अस्पताल काठमाडौँमा १ ठाउँमा र काठमाडौँ बाहिर धरान र कोहलपुर गरी तीन ठाउँमा मात्र छ।
त्यसैले ग्रान्डीले आफ्नै कर्मचारी भए पनि कोभिड १९ पोजिटिभ भेटिएपछि पठाउनु पर्ने लेभल १ वा लेभल २ को अस्पतालमा हो। यो भनेको कि राजधानीको लेभल १ को अस्पताल कि कीर्तिपुर आयुर्वेद, कि दुवाकोटको काठमाडौँ मेडिकल कलेज हो। कि भने लेभल २ को टेकु अस्पताल वा पाटन अस्पताल वा सशस्त्रको अस्पताल हो।
ग्रान्डीले आफ्ना संक्रमित कर्मचारीसँग सम्पर्कमा रहेका स्वास्थ्यकर्मीहरुसहितलाई आफ्नै अस्पतालमा आइसोलेसनमा राखेको छ। निर्देशिका अनुसार गर्नुपर्ने त्यही हो। उनीहरुमध्ये कसैलाई संक्रमण पुष्टि भयो भने पनि फेरि अर्को अस्पतालमा पठाउनै पर्छ।
महामारी फैलिएर संक्रमण बढ्दै जाँदा सरकारले निर्देशिकामा पनि परिवर्तन गर्दै जाला। तर अहिलेलाई यो निर्देशिका विपरीत जान कसैलाई अनुमति हुँदैन।
हो, निजी क्षेत्रका केही अस्पतालहरुले कोरोनाको डरमा अरु रोगको उपचार नै नगरेको, कोरोनाको आशंकामा अरु रोग लागेकालाई छुँदै नछोएको जस्ता समाचारहरु पनि आएका छन्। निजी क्षेत्रका अस्पतालहरुले त्यसो गर्नु हुँदैन थियो। तर कोरोना संक्रमितको उपचार अरु रोग लागेकाहरुसँगै गर्न नहुने भएर छुट्टै स्वास्थ्यकर्मी र छुट्टै अस्पतालमा पठाउनु पर्ने सरकारको निर्देशिका बमोजिम पाटन अस्पतालमा पठाएको विषयलाई लिएर सामाजिक सञ्जालमा राखिएका विचारहरु भ्रामक छन्। पत्रकारहरुले थोरै अध्ययन मात्र गरेको भए आफू भ्रमित हुनबाट जोगिन्थे र उनीहरुले अरुलाई पनि भ्रममा पार्न रोक्थे।
सम्बन्धित डकुमेन्टहरु-
कोभिड-१९ महामारीको सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६
Coronavirus disease (COVID-19) outbreak updates & resource materials
Yes, what you have explained is 100% true. As you have mentioned the journalists should do some in-depth study prior to writing something publicly otherwise tpeople will loose trust on media. We have a saying “TUPPO BAATA PALAYEKO”. I also noticed one of your quote on “JYAAN JOGAUNA BHERI MA HAAMPHALYO’ As being a media person one should do in-depth study and fact check as you did prior to put anything publicly.
Salokya ji,
It’s commendable what you are doing. Is it possible to take this level of in depth and factual journalism to other and more important issues such as high level corruption. I have read all the parts of your reporting on Nirmala’s case and I think it successfully changed the narrative towards punishing the real culprit. If you can do the same with other issues involving issues of high stakes to the country, that can leave behind a great legacy for your work and an example for future of journalism.
Good job mysansar team. The way you guys doing news postmortem is awesome. Keep it up!!